Monday, December 30, 2019

डेडिकेटेड फिडरमा चरम लापरवाही

सोमवार, पुष १४, २०७६
दोषीलाई कारबाही गर्न अख्तियारमा पठाउन सुझाव
⇒ प्राधिकरणको कमजोरी
⇒ संकलन विनियमावली कार्यान्वयन नगर्नु
⇒ समयमै बक्यौता असुल नगर्नु
⇒ पुनरावलोकनका लागि प्रयास नगर्नु
⇒ प्रतिवेदनलाई पूर्णता नदिई पत्राचार गर्नु
⇒ डाटा डाउनलोड गरी सुरक्षित नराख्नु
नेपाल विद्युत् प्राधिकरणको नेतृत्व, पदाधिकारी र कर्मचारीहरूबाट ट्रंकलाइन र डेडिकेटेड लाइनको राजस्वसम्बन्धी गम्भीर विषयमा चरम लापरवाही भएको पाइएको छ । संघीय संसद्को सार्वजनिक लेखा समितिद्वारा गठित छानबिन उपसमितिले यस्तो निष्कर्ष निकालेको हो । विद्युत् प्राधिकरणको डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् सुविधा लिने ग्राहकबाट उठाउनुपर्ने बक्यौतासम्बन्धी अध्ययन गरी उपसमितिले लेखा समितिमा बुझाउन तयार पारेको प्रतिवेदनमा यस्तो निष्कर्ष निकालिएको छ । तत्कालीन विद्युत् महशुल निर्धारण आयोगले डेडिकेटेड र ट्रंक लाइनमा दोब्बर महशुल निर्धारण गरेपनि समयमै विलिङ नगर्दा गत चैतसम्म ११ अर्ब पुगेकोमा सो बक्यौता हालसम्म १४ अर्बभन्दा बढी नाघिसकेको प्राधिकरण स्रोतले जनाएको छ ।
उपसमितिले विद्युत् प्राधिकरणले दोस्रो पटक बनाएको उपसमितिले हालसम्म प्रतिवेदन दिन नसकेको उल्लेख गरे पनि प्राधिकरणलाई व्यवस्थापन समितिलाई दिइसकेको प्रतिवेदनले महशुल उठाउनुपर्ने उल्लेख गरेको छ । प्राधिकरणले समयमै टीओडी मिटर डाउनलोड नगरेकोले सोको स्पष्ट विवरण नभएको बेला सबै उद्योगहरूलाई महशुल तिर्नुपर्ने सुझाव वैज्ञानिक नभएको टिप्पणी पनि हुने गरेको छ । तर, उपसमितिको प्रतिवेदनपछि विद्युत् प्राधिकरण नेतृत्वले बक्यौता महशुल तिर्न र नतिरेमा लाइन काट्ने भन्दै केही उद्योगहरूलाई पत्र काटेपनि उद्योगीहरूको सामुहिक विरोध र उद्योग मन्त्रालयको विद्युत् प्राधिकरण पछि हटेको छ ।
उद्योगीहरूले विद्युत् प्राधिकरणले उद्योग व्यवसायनै धराशायी हुने गरी महशुल तिर्नका लागि दबाब दिएको भन्दै केही उद्योगहरूले सरकारको उच्च तहसम्म मिनाहाका लागि पनि पुगेका छन् । मन्त्रिपरिषद्ले समेत विज्ञ समेतको सहभागितामा एक उपसमिति गठन गरी यसको समाधान खोज्ने प्रक्रिया अघि बढाइसकेको छ । ट्रंकलाइन र डेडिकेटेड लाइनको विवाद उत्कर्षमा पुगेको बेला तयार पारेर पनि सार्वजनिक नगरिएको प्राप्त उपसमितिको प्रतिवेदनमा यसमा चरम लार्पवाही भएको भन्दै प्राधिकरण नेतृत्व, पदाधिकारी, महशुल संकलन विनियावली अनुसार संकलन नगर्ने तथा ६० दिन पुगेपछि लाइन नकाट्ने वितरण केन्द्रका कर्मचारीहरूलाई लगायतलाई कारबाही गर्नुपर्ने र त्यसका लागि अख्तियार पठाउने उल्लेख छ तर उनीहरूको नाम भने उल्लेख छैन । 
डेडिकेटेडको महशुल कार्यान्वयन गर्नुपर्नेमा प्राविधिक पक्षलाई कठिनाई देखाइ खपत समयअनुसार रेकर्ड नराखी प्राधिकरणले कार्यान्वयनमा नल्याएको र निर्णय पुनरावलोकनका लागि नियमन आयोगलाई लेखी पठाएको नदेखिएको उल्लेख छ । यसमा प्राधिकरण नेतृत्व, पदाधिकारी र कर्मचारीहरूले हचुवाको भरमा राजस्वसम्बन्धी गम्भीर विषयमा चरम लापरवाही गरी छुट बिल भनी पत्राचार गरेकोले सोको विस्तृत छानवीन गरी दोषीलाई कारवाही गर्न थप अध्ययन गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई निर्देशन दिने उल्लेख छ । प्रतिवेदनअनुसार यस्ता ग्राहकहरूलाई विद्युत् उपयोग गरेको समय अवधिलाई वैज्ञानिक पुष्टि गर्न विद्युत् खपत समावधिको विश्लेषण र तिर्नुपर्ने प्रिमियम रकमको यकिन गरी छुट बिलको व्याख्या र प्रक्रियासमेत विद्युत् वितरण नियमावली २०६९ बमोजिम हुने गरी जारी गरी बक्यौता रकम असुल गर्न प्राधिकरण सञ्चालक समितिलाई निर्देशन दिने उल्लेख छ ।
प्राधिकरण सञ्चालक सदस्य भक्तबहादुर पुनको संयोजकत्वमा गठित उपसमितिले समितिमा पेश गरेका प्रतिवेदनमा सञ्चालक समितिले स्वीकृति नगरेको र नैतिक प्रश्न उठ्ने कुराको ख्याल नगरी सोही उपसमितिलई पुन सो प्रतिवेदनको प्राविधिक पक्ष अपर्याप्त भएको एक महिनाभित्र थप अध्ययन गर्न निर्देशन दिएको र अर्को प्रतिवेदन नआई छुट बिल भनी ग्राहकलाई पत्राचार गर्ने जस्तो विवादास्पद निर्णय गरेकोले यसबारे थप स्पष्ट पार्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । 
प्रतिवेदनले छुट बिल जारी भएपछि ३५ दिनभित्र सम्बन्धित ग्राहकले सो महशुल बुझाउनुपर्ने वा चित्त नबुझाएमा पुनरावलोकन गर्न सकिने तथा मिटिर रिडिङ भएको ६० दिनभित्र ग्राहकले विद्युत् महशुल नबुझाएमा सो ग्राहकको लाइन काटी वक्यौता असुल उपर गर्नुपर्ने व्यवस्था महशुल संकलन विनियमावली २०७३ मा भएको हुँदाहुँदै पनि प्राधिकरण नेतृत्वले सो प्रावधान कार्यान्वयन गरेको नदेखिएकोले सो कार्यान्वयन गर्न निर्देशन दिने उल्लेख गर्दै प्रतिवेदनमा संकलन विनियावली २०७३ मा भएको व्यवस्था बमोजिम डाटा डाउनलोड गरी सुरक्षित नराख्ने, ग्राहकको परिसरमा जडान गरिएको टीओडी मटिरको डाटा सुरक्षित नराख्ने तथा विनिमावली बमोजिमको प्रावधान अबलम्बन नगर्ने कार्यकारी नेतृत्व एवं पदाधिकारीहरूले जिम्मेवारीपूर्वक कर्तव्य निर्वाह नगरी राज्य कोषमा जम्मा हुनुपर्ने अर्बौ रकम हालसम्म पनि प्राप्त नभई थप जोखिममा पारेकोले यससम्बन्धी थप अध्ययन तथा अनुसन्धान गरी कारवाही अघि बढाउन अख्तियारलाई निर्देशन दिने उल्लेख छ । प्रतिवेदनले महशुल दरमा आवश्यक परिमार्जन गरी सममानुकुल, न्यायसंगत र व्यवहारिक बनाउन हालको कार्यकारी नेतृत्वले सम्बन्धित निकायमा पत्राचार गरी प्रकृया पूरा गर्नुपर्ने कानुनी प्रावधान रहेको अवस्थामा सोही नगरी गैरजिम्मेवारीपना देखाएकोले ग्राहकलाई मर्का परेको देखिएको हुँदा निजलाई कानुनी कारबाही गरी यथाशिघ्र विद्युत् महशुल पुनरावलोकन गर्न नियमन आयोगलाई समन्वय गर्न सञ्चालक समितिलाई निर्देशन दिनुपर्ने औल्याएको छ ।
प्रतिवेदनमा महशुल उठाउनका लागि कर्तव्य निर्वाह गरेको नपाइएको उल्लेख छ । सम्बन्धित वितरण केन्द्रका पदाधिकारीहरलाई कानुन बमोजिम कारबाही गर्न सञ्चालक समितिलाई निर्देशन दिने तथा सञ्चालक पुन नेतृत्वको पहिलो प्रतिवेदनलाई नौ महिनासम्म गुमराहमा राखेको र स्वीकृति नभएको प्रतिवेदनकै आधारमा कार्यकारी निर्देशकको निर्णय बेगर छुट बिल भनी ग्राहकलाई पत्राचार गरेकोले कार्यकारी निर्देशकलाई सचेत गराउन निर्देशन दिने यसमा उल्लेख छ । सार्वजनिक लेखा समितका सभापति भरत शाहले भने डेडिकेटेड र ट्रंक लाइनको बक्यौतासम्बन्धी गठन गरेको उपसमितिले यसबारे अध्ययन गरिरहेको जानकारी दिए । यसबारे उपसमितिका संयोजक डा. मीनेन्द्र रिजालसँग भने सम्पर्क गर्न खोज्दा फोन उठेन । 

जलविद्युत्मा ८५ अर्बको लगानी स्वीकृत

सोमवार, पुष १४, २०७६
लगानी बोर्डले तीन जलविद्युत् आयोजनाको लागि ८५ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गर्ने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको ४२ औ बैठकले सो निर्णय गरेको हो ।
कोरियाली कम्पनीको लगानीमा निर्माण हुन लागेको २१६ मेगावाटको माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाका लागि करिब ६५ अर्ब, चिनियाँ कम्पनीले नै निर्माण गर्न लागेको ५० मेगावाटको मस्र्याङ्दीबेसी जलविद्युत्का लागि ११ अर्ब ७७ करोड ५४ लाख तथा नेपाल टेलिकम समेतले लगानी गर्न लागेको ३७ मेगावाटको त्रिशूली ३ बी आयोजनाका लागि ८ अर्ब २२ करोड ७४ लाख बराबरको लगानी स्वीकृति गर्ने निर्णय गरेको हो । बोर्डका प्रवक्ता बलराम रिज्यालका अनुसार अरुण तेस्रो जलविद्युत् परियोजनाको छ्याङकुटीदेखि दिदिङ प्रवेशमार्गमा रहेको मुआब्जा विवाद सम्बन्धमा अध्ययन गर्न गठित छानवीन समितिलाई प्राविधिकहसहितको थप जनशक्ति उपलब्ध गराई दुई महिनाभित्र यथार्थ विवरण पेश गर्ने गरी पुर्नगठन गर्ने निर्णय बैठकले गरेको छ ।
बैठकले कर्णाली प्रदेशको वीरेन्द्रनगर, प्रदेश–३ को बनेपा र चितवन, सुदूरपश्चिम प्रदेशको गोदावरी–अत्तरिया, गण्डकी प्रदेशको हेम्जा, प्रदेश–१ को उर्लावारी तथा प्रदेश–२ को पर्सागढीमा एकीकृत कृषि परियोजना विकास गर्न सम्बन्धित प्रदेश सरकार-संघीय मन्त्रालयलाई परियोजना हस्तान्तरण गर्ने प्रक्रिया अगाडी बढाउन लगानी बोर्डको कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ । साथै परियोजना कार्यान्वयन प्रक्रियालाई अघि बढाउन विकासकर्ताको छनोट गर्ने लगायतका कार्यमा आवश्यक प्राविधिक सहयोग, समन्वय तथा सहजीकरण गर्न पनि बोर्ड कार्यालयलाई निर्देशन दिने निर्णय समेत बैठकले गरेको प्रवक्ता रिज्यालले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री ओलीले ठूला परियोजनाहलाई विना अवरोध कार्यान्वयन गर्ने वातावरण निर्माण गर्न सरकार प्रतिवद्ध रहेको बताउँदै विकासका लागि सबै निकायबीच प्रभावकारी समन्वय हुनुपर्ने बताए ।

Sunday, December 29, 2019

२३ हजार मेवाका आयोजनाको वित्तीय व्यवस्थापन जटिल

आइतवार, पुष १३, २०७६
जलविद्युत् क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी सीमा घट्ने गरी नेपाल राष्ट्र बैंकले नयाँ सर्कुलर जारी गरेपछि २३ हजार मेगावाट बराबरका आयोजनाको वित्तीय व्यवस्थापन जटिल हुने देखिएको छ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद सम्झौता (पीपीए) गरेर वित्तीय व्यवस्थापनको प्रतीक्षामा रहेका, विद्युत् विकास विभागबाट सर्भे अनुमतिपत्र (लाइसेन्स) लिएका तथा उत्पादन अनुमतिपत्रका लागि आवेदन दिएका आयोजनाहरुको वित्तीय व्यवस्थापनमा संकट देखिएको हो ।
जलविद्युत् क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी सीमा घट्ने गरी नेपाल राष्ट्र बैंकले नयाँ सर्कुलर जारी गरेपछि २३ हजार मेगावाट बराबरका आयोजनाको वित्तीय व्यवस्थापन जटिल हुने देखिएको छ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद सम्झौता (पीपीए) गरेर वित्तीय व्यवस्थापनको प्रतीक्षामा रहेका, विद्युत् विकास विभागबाट सर्भे अनुमतिपत्र (लाइसेन्स) लिएका तथा उत्पादन अनुमतिपत्रका लागि आवेदन दिएका आयोजनाहरुको वित्तीय व्यवस्थापनमा संकट देखिएको हो ।नेपाल राष्ट्र बैंकले कृषि, ऊर्जा र पर्यटनलाई प्राथमिकताको क्षेत्र मान्दै क, ख र ग वर्गका बैंकले कूल कर्जाको क्रमशः २५, १५ र १० प्रतिशत यो क्षेत्रमा लगानी गर्नुपर्ने प्रावधान रहेकोमा यसलाई संशोधन गरी उद्योगलाई समेत थपेको छ ।
पहिले ऊर्जा र पर्यटनमात्र समावेश गरिएकोमा नयाँ सर्कुलरसँगै उद्योगअन्तर्गत निर्यातजन्य उद्योग, साना तथा मझौला, सिमेन्ट, गार्मेन्ट र औषधी उत्पादन कम्पनीसमेत थपिएको छ । अब तीनवटै क्षेत्रमा १५ प्रतिशत लगानी भए पुग्नेछ । “पहिले पर्यटन र ऊर्जाको हुँदा समेत जलविद्युत् क्षेत्रमा बैंकहरुले ३ प्रतिशतभन्दा कम लगानी गर्दै आएका थिए । अहिले उद्योगसमेत थपिएपछि अब जलविद्युत्का लागि बैंकहरुबाट लगानी गर्ने सम्भावना धेरै कम देखिएको छ,” स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था ईप्पानका अध्यक्ष शैलेन्द्र गुरागाई भन्छन्, “यसबाट सरकारले जलविद्युत् विकासलाई कम प्राथमिकतामा राखेको देखिन्छ ।
”विद्युत् प्राधिकरणको तथ्यांकअनुसार पीपीए भएर पनि ३ हजार मेगावाटका आयोजनाको वित्तीय व्यवस्थापन हुन सकेको छैन । यीमध्ये कतिपय आयोजनाहरुले त वित्तीय व्यवस्थापन भएर व्यापारिक रुपमा उत्पादन भइसक्नुपर्ने भएपनि हालसम्म वित्तीय व्यवस्थापन हुन सकेको छैन । त्यसैगरी सर्भे लाइसेन्स लिएका १७ हजार ७ सय ५० र उत्पादन अनुमतिपत्रका लागि आवेदन दिएका २ हजार ५० मेगावाटको आयोजनाको वित्तीय व्यवस्थापनमा समेत राष्ट्र बैंकको यो सर्कुलरले समस्या आउने जलविद्युत् प्रवद्र्धकहरु बताउँछन् । ईप्पानका उपाध्यक्ष कुमार पाण्डे पीपीए भएर वित्तीय व्यवस्थापन हुन बाँकी र अध्ययन अघि बढाएका आयोजनाहरुको वित्तीय व्यवस्थापनका लागि राष्ट्र बैंकको सर्कुलरले ठूलो संकट ल्याएको बताउँछन् ।
“ऊर्जा र पर्यटन दुवै क्षेत्रमा लगानीको हिस्सा १५ प्रतिशत रहेकोमा ऊर्जाकै लागि वार्षिक रुपमा न्यूनत्तम १५ प्रतिशत लगानीको लागि व्यवस्था गर्नुपर्ने बेलामा उद्योग पनि थपिएपछि अब जलविद्युत् आयोजनामा लगानीका लागि ठूलो संकट आउने देखिएको छ,” उनले भने । सरकारले १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । त्यसका लागि मात्र पनि १० वर्षमा करिब १५ खर्ब रुपैयाँ थप आवश्यक छ तर नयाँ सर्कुलरले सरकारको लक्ष्य समेत प्रभावित हुने देखिएको छ ।

Wednesday, December 25, 2019

पुनर्निर्माणबाट अर्थतन्त्रमा ४.५ प्रतिशत योगदान 17 Shares

बिहिवार, पुष १०, २०७६
भूकम्पपछिको पुनर्निर्माणको कारण नेपालको अर्थतन्त्रमा औसत ४.५ प्रतिशत बिन्दुको योगदान गरेको प्रतिवेदन सार्वजनिक भएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँगको सहकार्य र नेसनल डेमोक्रेटिक इष्टिच्यूट फर इन्टरनेसनल अफेयर्स (एनडीआई-यूएसआईडी)को सहयोगमा गरेको प्रारम्भिक अध्ययनले यस्तो अवस्था देखिएको हो ।
उपलब्ध द्वितिय तथ्यांकको आधारमा सन् २०१५ मा भूकम्प गएपछि अघि बढेको पुनर्निर्माणका लागि भएको खर्चको विश्लेषण गरेर यस्तो प्रारम्भिक तथ्यांक तयार गरिएको हो । अध्ययनमा संलग्न त्रिभुवन विश्लविद्यालय अर्थशास्त्र विभागका उपप्राध्यापक डा. निर्मलकुमार राउतले भूकम्प गएको वर्ष नेपालको आर्थिक वृद्धिदर ०.२ प्रतिशत रहेकोमा त्यसपछिको वर्षमा ७.३९ प्रतिशत र सन् २०१८-०१७ मा ५.८९ प्रतिशत पुगेको भन्दै प्रारम्भिक अध्ययनले कुल गार्हस्थ्य उत्पादनमा पुनर्निर्माणले ४.४७ प्रतिशत बढाएको देखिएको बताए । “जीडीपी रेसियोमा पुनर्निर्माणको खर्च सन् २०१५-०१६ मा ४.५४ प्रतिशत रहेकोमा पछिल्लो वर्ष र त्यसपछिको वर्षमा क्रमशः ६.८३ प्रतिशत र ११.८२ प्रतिशत तथा सरकारको कुल खर्चको रेसियोमा सन् २०१५-०१६ मा १.१३ प्रतिशत रहेकोमा त्यसपछिका वर्षहरूमा क्रमश २.१२, ४.३८ प्रतिशत तथा सन् २०१८-०१९ ा २.२४ प्रतिशत पुगेको छ,” उनले कार्यपत्र प्रस्तुत गर्दै भने, “जीडीपीमा मुख्य योगदान दिने कृषि र वन, उत्पादन, निर्माण तथा होलसेल र रिटेल ट्रेडमध्ये सन् २०१५ पछि निर्माणको हिस्सा बढ्दै गएकोले लग अफ जीडीपी डायनामिक अर्डिनरी लिष्ट स्वाक्यरको मोेडेलमा विश्लेषण गर्दा अर्थतन्त्रमा ४.४७ प्रतिशत देखिएको छ ।”
प्रतिवेदनअनुसार निजी आवास निर्माणतर्फ जाइकाले डिजाइन गरेको दुई कोठा भएको घरलाई आधार मानेर तथा एक घर निर्माणका लागि सय दिनलाई आधार मानिएको छ । दक्ष जनशक्तिले ८ करोड २५ लाख दिन तथा अदक्ष जनशक्तिले १७ करोड २५ लाख गरी २५ करोड ५० दिन अर्थात १४ लाख २० हजारले रोजगार पाएको तथा हाल ५ लाख ५० हजारले रोजगार पाइरहेको प्रारम्भिक अध्ययनले देखाएको छ । भूकम्पपछिको पुनर्निर्माणका लागि सरकारले दिएको अनुदानका लागि मात्र ७ लाख ७० हजारले बैंकको खाता खोलेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।
छलफलमा बोल्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रारम्भिक अध्ययनले देखाएको तथ्य र तथ्यांकमाथि थप अनुसन्धान गर्नुपर्ने देखिएको बताए । “छोटो समयमा भएको अध्ययनले अर्थतन्त्रमा पुनर्निर्माणले दिएको योगदानको तथ्यांक आएको छ, त्यसैगरी यसले सिर्जना गरेको रोजगारीको पनि आएको छ । यसमा अरु धेरै क्षेत्रको विश्लेषण गर्न बाँकी छ,” उनले भने, “यसबारे प्रारम्भिक अध्ययन भएकोले यसलाई विस्तृत रुपमा अध्ययन आवश्यक छ ।” उनले प्रारम्भिक अध्ययनको प्रतिवेदनलाई प्राधिकरणले ग्रहण गरी यसलाई थप अघि बढाउनका लागि प्रयास गर्ने उनले बताए । पुनर्निर्माणले अर्थतन्त्रमा ठूलो योगदान पु-याए पनि यसबारे गहिरो अध्ययन नभएको भन्दै पुनर्निर्माणले बहुपक्षलाई पु-याएको योगदानबारे खोजबिन हुनुपर्ने बताए ।
प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृत एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्दराज पोखरेलले जीडीपीबारे थप अध्ययन आवश्यक रहेको बताए । उनले पुनर्निर्माणको कारण सीप हासिल, संस्थागत र नीति निर्माण, सामाजिक क्षमता अभिवृद्धि, विपन्न र पहुँचविहिन समुदायको विकास, बुझाई र सोचाईमा भएको परिवर्तन, पुनर्निर्माणमा निजी क्षेत्रको योगदान, निर्माण सामग्रीको उपयोग लगायतमा भएको फाइदाबारे समेत विस्तृत अध्ययन हुनुपर्ने पनि बताए । भूकम्पपछिको पुनर्निर्माणले धेरै दक्ष जनशक्ति उत्पादन गरेकोले ती जनशक्तिको भविष्यमा उपयोगका लागि नयाँ बाटो सिर्जना गर्नुपर्ने बताए ।
योजना आयोगका पूर्वसदस्य डा. गोविन्द नेपालले अध्ययनले देखाएको भूकम्पपछिको पुनर्निर्माणले अर्थतन्त्रमा पुर्याएको योगदानको प्रतिशतलाई थप पुष्टि गर्नुपर्ने बताउँदै यसका लागि थप गहन अध्ययन आवश्यक रहेको बताए । पुनर्निर्माणको योगदानको तथ्यांकका लागि अन्य क्षेत्रले त्यो बेलामा गरेको योगदानको अध्ययन र विश्लेषण हुनुपर्ने उनको तर्क थियो ।

Tuesday, December 24, 2019

तीन वर्षपछि स्थानीय र प्रदेशलाई पौने तीन अर्ब रोयल्टी

बुधवार, पुष ९, २०७६
सरकारले स्थानीय र प्रदेश सरकारलाई पौने तीन अर्ब बराबरको रोयल्टी वितरण गरेको छ । रोयल्टीबारे कानुन र नीति नभएपछि आर्थिक वर्ष २०७२-०७३ पछि वितरण हुन नसकेको रोयल्टी बल्ल सरकारले वितरण गरेको हो ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार प्राकृतिक स्रोत उपयोग वापत उठेको रोयल्टी वितरणका लागि सुत्र निर्माण गरी अर्थ मन्त्रालयमा सिफारिस गरेकोमा मन्त्रालयमार्फत मन्त्री परिषदमा लगेर स्वीकृति गरेपछि रोयल्टी वितरण भएको हो । दुई दिनअघि मात्र नियन्त्रक कार्यालयले रोयल्टी रकम पठाएको छ ।
महालेखा नियन्त्रक कार्यालयका सचिव गोपीनाथ मैनालीले अर्थ मन्त्रालयले निर्णय अनुसार सबै स्थानीय निकाय र प्रदेशलाई रोयल्टी रकम वितरण गरिएको जानकारी दिए । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ ले प्राकृतिक स्रोतको उपयोग वापत उठेको रोयल्टीमध्ये संघले ५० प्रतिशत तथा प्रदेश र स्थानीय सरकारले २५-२५ प्रतिशत रोयल्टी पाउने उल्लेख छ । नियन्त्रक कार्यालयका अनुसार, रोयल्टी वापत उठेको ५ अर्ब ७२ करोड ९० लाख रुपैयाँमध्ये स्थानीय सरकारले १ अर्ब ४३ करोड २२ लाख तथा प्रदेश सरकारले १ अर्ब ४३ करोड २२ लाख रुपैयाँ रोयल्टीवापत पाएका छन् ।
रोयल्टी पाएकामध्ये सबैभन्दा बढी प्रदेश–३ ले ५३ करोड १० लाख ७२ हजार पाएको छ भने सबैभन्दा कम प्रदेश–२ ले १ करोड ७६ लाख २५ हजार पाएको छ । नियन्त्रक कार्यालयका अनुसार, जलविद्युत, खानी तथा खनिज, पर्वतारोहण, राष्ट्रिय वन र संरक्षित वनवापत प्रदेश–१ ले २४ करोड ६७ लाख ९७ हजार र प्रदेश–५ ले २२ करोड ५७ लाख २२ हजार रुपैयाँ रोयल्टी वापत पाएका छन् । त्यसैगरी कर्णाली प्रदेशले ७ करोड १ लाख ३८ हजार, गण्डकी प्रदेशले २७ करोड २१ लख ८१ हजार तथा सुदुरपश्चिम प्रदेशले ६ करोड ८७ लाख ११ हजार रुपैयाँ पाएका छन् । पानी तथा अन्य प्राकृतिक स्रोतको रोयल्टी हालसम्म नउठेकोले सोतर्फ भने वितरण भएको छैन ।
संघीयतापछि ५० प्रतिशत संघ तथा प्रदेश र स्थानीय सरकारलाई २५-२५ प्रतिशत रोयल्टी वितरण गर्ने व्यवस्था गरिएपनि यस अघि भने केन्द्र सरकारले ५० र सम्बन्धित विकास क्षेत्रले ५० प्रतिशत लिन पाउने व्यवस्था थियो । जलविद्युत्को हकमा स्थानीय स्वायत्त शासन ऐन अन्र्तगत सम्बन्धित विकास क्षेत्रले पाउने ५० प्रतिशतमध्ये सम्बन्धित जिल्लाले १२ प्रतिशत र बाँकी ३८ प्रतिशत दामाशाही रूपमा वितरण गर्ने व्यवस्था थियो भने खानी तथा खनिजमा भने रोयल्टी वापत सम्बन्धित विकास क्षेत्रले ३० प्रतिशत पाउने व्यवस्था थियो । अहिलेको व्यवस्थाले भने सम्बन्धित स्थानीय तहले २५ प्रतिशत पाउने व्यवस्था ऐनमा गरिएको छ ।

Monday, December 23, 2019

एमसीसी अघि बढाउन संसदीय अनुमोदन अनिवार्य

सोमवार, पुष ७, २०७६
अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को सहयोगको ऊर्जा र सडक योजना अघि बढाउन संसदको अनुमोदन अनिवार्य रहेको मिलियन च्यालेन्ज एकाउण्ट (एमसीए) नेपालले जनाएको छ । संसदको गत वर्षे अधिवेशनमै परियोजना अघि बढाउनका लागि नेपालको संसदले कम्प्याक्ट सम्झौता अनुमोदन गर्नुपर्ने भएपनि नभएर हिउँदे अधिवेशनमा प्रस्तुत हुने बेलामा हाल सत्तारुढ दलका नेताहरुले विरोध जनाएपछि आइतबार कार्यक्रम गरी एमसीए नेपालले यस्तो बताएको हो ।
विश्वका २७ देशमा एमसीसीका परियोजना अघि बढेको र त्यसपछि कार्यान्वयनमा गएका १७ राष्ट्रहरुले संसदबाट अनुमोदन गरेको बताउँदै परियोजना अघि बढाउन गठित एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले नेपालमा पनि अनुमोदन आवश्यक रहेको बताए । “नेपालमा कानुन परिवर्तन हुँदा समेत परियोजना प्रभावित नहोस् र तोकिएको पाँच वर्षभित्रै पूरा होस् भनेर संसदबाट अनुमोदन गर्नुपरेको हो,” उनले कार्यक्रममा भने, “एमसीसीका परियोजना अघि बढेका २७ मध्ये १७ देशले यसको अनुमोदन गरेर कार्यान्वयनमा छन् ।” परियोजनाका अनुसार, घाना, भानुआटु, लाइबेरिया, नामिबिया, एल साल्वाडोर, जर्जिया लगायतका देशहरुले संसदबाट समेत यसको अनुमोदन गरिसकेको छ ।
कम्प्याक्ट सम्झौता संयुक्त राज्य अमेरिकाको सिनेट र हाउस अफ रिप्रेजेन्टेटिभ्स गरी दुवै संदनबाट अनुमोदन भएको हुँदा पारस्परिक सिद्धान्तको आधारमा पनि संघीय संसदबाट अनुमोदन गर्नुपर्ने बताइएको छ । सम्झौताले कार्यान्वयन चरणमा गएपछि देखापर्ने समस्याहरुलाई समाधान गर्न सहज गराई पाँच बर्षभित्रै पूरा गर्न सकिने, नेपालका अन्य प्रचलित कानुनहरुको अधीन र दायराभन्दा बाहिर रहने हुँदा स्थानीय कानुन तथा नियमले बाधा नपुग्ने तथा अनुमोदन पश्चात कार्य सम्पादनमा कुनै द्विविधा नहुने र स्थानीयस्तरमा कम्प्याक्टको अनुमोदनले यसको महत्व र अपनन्तव बढेर समयमै आयोजना सम्पन्न गर्न बलियो कानुनी आधार हुने एमसीए नेपालले जनाएको छ ।
अनुमोदनबाहेक परियोजना अघि बढाउनका लागि आयोजना कार्यान्वयन सम्झौतासहित विद्युत् प्रसारण आयोजनालाइ राष्ट्रिय गौरवका आयोजनाका रूपमा घोषणा गर्नुपर्ने, विद्युत् नियमन आयोगको गठनका लागि कानुनी बाटो खुलाउनुपर्ने लगायतका सबै सर्तहरु सरकारले पूरा गरिसकेको छ । आगामी असार १६ गतेदेखि नमूना रूपमा ऊर्जाअन्तर्गत ३१२ किलोमिटरको प्रसारण लाइन निर्माण र आधुनिक रुपमा १ सय किलोमिटर सडकको स्तरोउन्नति सुरु गर्ने परियोजनाले घोषणा गरिसकेको छ ।

Sunday, December 22, 2019

माथिल्लो कर्णालीको पीपीए फाल्गुनमा

आइतवार, पुष ६, २०७६
९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको बिजुली बंगलादेशले किन्ने निर्णय गरेसँगै त्रिदेशीय विद्युत् व्यापारको लागि ढोका खुल्ने निश्चित भएको छ । लामो समयदेखि नेपालबाट भारत र बंगलादेशमा बिजुली बेच्ने चर्चा चले पनि बंगलादेशको सार्वजनिक खरिदसम्बन्धी क्याबिनेट कमिटी (सीसीपीपी) ले माथिल्लो कर्णालीको बिजुली किन्न त्यहाँको उर्जा विकास बोर्ड (बीपीडीबी) लाई सहमति दिएसँगै त्रिदेशीय विद्युत् व्यापारका लागि ढोका खुल्ने निश्चित भएको हो ।
९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको बिजुली बंगलादेशले किन्ने निर्णय गरेसँगै त्रिदेशीय विद्युत् व्यापारको लागि ढोका खुल्ने निश्चित भएको छ । लामो समयदेखि नेपालबाट भारत र बंगलादेशमा बिजुली बेच्ने चर्चा चले पनि बंगलादेशको सार्वजनिक खरिदसम्बन्धी क्याबिनेट कमिटी (सीसीपीपी) ले माथिल्लो कर्णालीको बिजुली किन्न त्यहाँको उर्जा विकास बोर्ड (बीपीडीबी) लाई सहमति दिएसँगै त्रिदेशीय विद्युत् व्यापारका लागि ढोका खुल्ने निश्चित भएको हो ।
आगामी बर्षादेखिनै बिजुली खेर जाने भएकोेले यसलाई कति मूल्यमा, कहाँ र कसरी बेच्ने भन्ने चिन्ता भइरहेको बेला नेपालको निजी क्षेत्रसमेत उत्साहित बनेका छन् । “माथिल्लो कर्णालीको बिजुली किन्ने बंगलादेशको सहमतिसँगै त्रिदेशीय विद्युत् व्यापारका लागि ढोका खुला भएको छ,” स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का उपाध्यक्ष कुमार पाण्डे भन्छन्, “नेपाल विद्युत् प्राधिकरणको मागको प्रक्षेपणको आधारमा छिट्टै विद्युत् उत्पादन मागभन्दा बढी देखिएकोले, कसरी बेच्ने भन्ने चिन्ता रहेकोमा यसले बाटो खुला गरेको छ, थप प्रक्रिया अघि बढाउन सहज भएको छ ।”सहमतिसँगै भारतीय कम्पनी गान्धी मल्लिकार्जुन राओ (जीएमआर) प्रवद्र्धक रहेको सो आयोजनाको बिजुली भारतको एनटीपीसी विद्युत् निगम (एनभीभीएन) मार्फत बंगलादेशमा बिजुली व्यापार हुनेछ । यसअघि एनभीभीएनले जीएमआरलाई भारतहुँदै बंगलादेश बिजुली बिक्रीका लागि सहमति दिईसकेको छ ।
२५ वर्षसम्म बंगलादेशले करिब ३८ हजार १६० करोड टाका अर्थात करिब ५ खर्ब रुपैयाँ बराबरको बिजुली किन्नेछ । यसका लागि विद्युत् खरिद सम्झौता (पीपीए) वापत प्रतियुनिट ७.७१७२ सेन्ट खरिद दर तोकिएको छ । भारत हुँदै बंगलादेश जान प्रसारणलाइन उपयोग गरेवापत भारतले समेत ह्विलिङ चार्जका साथै एनभीभीएनले समेत केही रकम लिने भएपनि यसबारे अन्तिम टुंगो लागिसकेको छैन । सहमतिपछि थप प्रक्रिया अघि बढेर आयोजना निर्माण भएपछि ९ सय मेगावाटमध्ये ५ सय मेगावाट जीएमआरले बंगलादेशमा बेच्नेछ । त्यसैगरी जीएमआरले प्रतिस्पर्धाको आधारमा अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्दा दिनुपर्ने १ सय ८ मेगावाट विद्युत् नेपालले सित्तैमा पाउनेछ भने बाँकी भने जीएमआरले भारत वा बंगलादेशमा बेच्नेछ । सो आयोजनामा लाइसेन्सको सर्त अनुसार, २७ प्रतिशत स्वपुँजी निःशुल्क पाउने छ । जीएमआरले माथिल्लो कर्णालीबाट २५ वर्षसम्म बंगलादेशमा बिजुली बिक्री गर्न बंगलादेशले सहमति दिएको आयोजना प्रमुख केके शर्माले जानकारी दिए । उनका अनुसार, बंगलादेशको अर्थ र कानुन मन्त्रालयबाट थप स्वीकृति दिएपछि आगामी मार्चको अन्तिम अर्थात फागुनमा जीएमआर, एनभीभीएन र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) बीच पीपीएमा सम्झौता हुनेछ भने सम्झौतापछि जीएमआरले एक वर्षभित्र वित्तिय व्यवस्थापन गरेर आयोजना निर्माण सुरु गर्नेछ ।
“सहमतिपछि बंगलादेशले यसका लागि आशयपत्र (लोओआई) निकाल्नेछ र त्यसपछि जीमएमआरले ५ मिलियन डलरको बैक ग्यारेण्टी गर्नुपर्नेछ, त्यसपछि कानुन र अर्थ मन्त्रालयको स्वीकृति भएपछि फेरि १५ मिलियन डलरको बैक ग्यारेण्टी राखेपछि आगामी मार्चको अन्त्यसम्ममा पीपीए हुनेछ,” उनले भने । सन् २००८ मा जीएमआरले प्रतिस्पर्धाको माध्यमबाट लाइसेन्स लिएको थियो भने सन् २०१४ मा यसको आयोजना विकास सम्झौता (पीडीए) भएको थियो ।
निर्यात गर्ने गरी लाइसेन्स लिएको सो आयोजनाले करिब दुई वर्ष अघि बंगलादेशलाई बिजुली किन्नका लागि प्रस्ताव गरेको थियो । बिजुली किन्ने टुंगो नलागेको कारण जीएमआरको वित्तिय व्यवस्थापन गर्ने समय सकिएपनि लगानी बोर्डले थप गरेको छैन । जीएमआरले भने वित्तिय व्यवस्थापनको समय थप गर्नका लागि बोर्डमा आवेदन दिइसकेको र पीपीएको प्रक्रिया अघि बढेकोले  वित्तिय व्यवस्थापन गर्न सहज बनेको जनाएको छ । बिजुली किन्ने टुंगो नलाग्दा हालसम्म आयोजनाको निर्माण कार्य सुरु हुन सकेको छैन भने सन् २०२१ भित्र आयोजना सम्पन्न गर्ने लक्ष्य पनि पछाडी धकेलिसकेको छ । एक खर्ब ५० अर्ब लागत अनुमान गरिएको आयोजनाबाट २५ वर्षमा निःशुल्क ऊर्जा, इक्वेटीका साथै अन्य राजस्व गरी करिब ४ अर्ब ५० करोड पाउने जीएमआरले जनाएको छ । 
 
प्रधानमन्त्रीले बनाए कार्यदल
डेडिकेटेड लाइनको बिजुली प्रयोगबापतको बक्यौता उठाउन प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यदल बनाएका छन् । विद्युत् प्राधिकरणले उद्योगीलाई धमाधम अन्तिम पत्र काट्न थालेपछि उद्योगीहरू प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार गएका थिए। उद्योगी तथा प्रधानमन्त्री भेटपछि प्रधानमन्त्री ओलीले नयाँ कार्यदल गठन गरेका हुन् । प्राधिकरणले शिवम् सिमेन्टलाई गत मंसिर २४ गते सातदिने अल्टिमेटमसहितको पत्र काटेको थियो ।
 नेपाल उद्योग पसिरसंघका अध्यक्ष सतिश मोरको नेतृत्वमा उद्योगीहरू प्रधानमन्त्रीलाई भेट्न गएका थिए । उनीहरूको कुरा सुनेपछि प्रधानमन्त्री ओलीले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, ऊर्जा सचिव, प्राधिकरणका कर्मचारी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र उद्योग राज्यमन्त्री मोती दुगडलाई बोलाएर छलफल गरेका थिए । छलफलपछि उद्योगीहरूको गुनासो सुनुवाइ हुने तथा नयाँ रकम कायम गर्ने गरी बक्यौता उठाउने सहमति भएको भएकोले मन्त्री पुनको नेतृत्वमा नयाँ कार्यदल गठन भएको भएको उद्योगीहरूले बताए । उक्त कार्यदलले उद्योगहरूबाट नयाँ बक्यौता रकम निर्धारण गरी उठाउने प्रक्रिया समेत उल्लेख हुने गरी प्रतिवेदन दिने छ र त्यसैको आधारमा उद्योगीले बक्यौता रकम प्राधिकरणमा दाखिला गर्ने छन् ।

Tuesday, December 17, 2019

अमेरिकी परियोजनालाई ‘अरुण तेस्रो’ बनाउने खेलमा नेकपा

बुधवार, पुष २, २०७६
२०५१ कात्तिकमा तत्कालीन एमाले महासचिव माधवकुमार नेपालले विश्व बैंकलाई लेखेको पत्रकै कारण अरुण तेस्रो जलविद्युत् आयोजनाबाट विश्व बैंकले हात झिक्यो । चुनावपछि आफ्नो सरकार आएपछि अरुण तेस्रोमा हुने सम्झौता पुनरावलोकन गरिदिने आशयसहितको सो पत्रले १७ कात्तिकमा बैठक गरेर अघि बढ्ने निर्णय गर्न लागेको आयोजनाबाट बैंकले हात झिकेको थियोे । 
तत्कालीन एमालेले अरुण तेस्रोको मुद्दालाई राष्ट्रियतासँगै जोड्दै चुनावमा एजेण्डा बनायो र चुनावमा पहिलो दल पनि बन्यो । विपक्षमा हुँदा चर्को विरोध गरेको एमालेले सत्तामा पुगेपछि फेरि पुन नेगोसिएसन गर्ने भन्दै तत्कालीन जलस्रोत राज्यमन्त्री हरिप्रसाद पाण्डेलाई बासिङ्टन डिसी पठाए पनि विश्व बैंक फर्केर आएन । १७ करोड ५० लाख डलर सहुलियत ऋणसहित विश्व बैंकको नेतृत्वमा एसियाली विकास बैंक (एडीबी) ले १२ करोड ७० लाख डलर ऋण दिने बचन दिएको तथा ६२ करोड ३० लाख डलरको लगानी स्वीकृत भइसकेको यो आयोजनाबाट विश्व बैंक फिर्ता जानुलाई नेपालकै कालो धब्बाका रूपमा लिइएको छ ।
तत्कालीन एमाले नेताहरूले समेत यसलाई गल्तीको रूपमा स्वीकारेका छन् ।
पूर्वाधार क्षेत्रका लागि अरुण तेस्रोको अवशानको पीडाको कथा नसेलाउँदै फेरि अमेरिकी सहयोगको हालसम्मकै सबैभन्दा बढी अनुदानमा निर्माण हुन लागेको ऊर्जा र सडक परियोजनालाई सत्तारुढ दलभित्रबाटै तुहाउने खेल सुरु भएको छ । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को ५ सय मिलियन अर्थात हालको डलर भाउअनुसार ५७ अर्बको अनुदान र सरकारको १३ मिलियन डलरसहित निर्माण अघि बढ्न लागेको परियोजना तुहाउन खेल सुरु भएको हो । तत्कालीन एमालेका पूर्वउपाध्यक्ष तथा नेकपा नेता भीम रावलसहित माओवादीतर्फका देव गुरुङका साथै पर्यटनमन्त्रीसमेत रहका योगेश भट्टराईलगायतले बैठकमै एमसीसीका आयोजना अघि बढाउन नहुने आशयसहित विरोध गरेको सार्वजनिक भसकेको छ ।
संसद्को गत वर्षे अधिवेशनमै परियोजना अघि बढाउनका लागि नेपालको संसदले कम्प्याक्ट सम्झौता अनुमोदन गर्नुपर्ने भएपनि नभएर आगामी संसदमा प्रश्तुत हुन लागेको बेला आएको यो विरोधलाई अर्थपूर्ण रूपमा लिइएको छ । अनुमोदनबाहेक परियोजना अघि बढाउनका लागि आयोजना कार्यान्वयन सम्झौतासहित विद्युत् प्रसारण आयोजनालाइ राष्ट्रिय गौरवका आयोजनाका रूपमा घोषणा गर्नुपर्ने, विद्युत् नियमन आयोगको गठनका लागि कानुनी बाटो खुलाउनुपर्ने लगायतका सबै सर्तहरू सरकारले पूरा गरिसकेको छ । आगामी असार १६ गतेदेखि नमूना रूपमा ऊर्जा अन्र्तगत ३१२ किलोमिटरको प्रसारण लाइन निर्माण र आधुनिक रूपमा १ सय किलोमिटर सडकको स्तरोन्नति सुरु गर्ने परियोजनाले घोषणा गरिसकेको छ ।
हिउँदे अधिवेशनमा कम्प्याक्ट सम्झौता संसदबाट पारित नभएमा परियोजना अरुण तेस्रोझै तुहिने अवस्था छ । एमसीसीले अनुदान दिने सम्झौता गरेर सरकारले आफैले नै विकास समिति अन्र्तगत गठित मिलियन च्यालेन्ज एकाउण्ट (एमसीए) नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट हिउँदमा अनुमोदन नभएमा परियोजना अघि बढ्ने सम्भावना अत्यन्त न्यून भएको बताउँछन् । “एमसीसी परियोजना कार्यन्वयनका लागि छनोट भएका देशहरूमध्ये १७ वटाले संसदबाट अनुमोदन गरेर अघि बढाईसकेका छन्, नेपालले पनि गर्नुपर्छ,” उनी भन्छन्, “आगामी हिउँदमा पनि अनुमोदन हुन सकेन भने परियोजना अघि बढाउन सम्भावना कमनै हुन्छ, परियोजना सबैंको साझा बनोस र कानुनी हैसियत पाओेस भनेर परियोजना भएका देशहरूमा अनुमोदन गर्ने गरिएको छ ।” उनका अनुसार एमसीसीले अनुदान दिने सम्झौतापछि अर्थ सचिवको अध्यक्षतामा नागरिक समाजको प्रतिनिधिसहितको एमसीए नेपालको बोर्डले काम अघि बढाएको छ ।
सरकारले नै आफ्नो मातहत रहने गरी गठन गरेर काम अघि बढाइसकेको अवस्थामा सत्तारुढ दलको स्थायी कमिटीभित्रै तुलनात्मक रूपमा नेपालले अधिकत्तम फाइदा लिन सक्ने परियोजनाको विरुद्धमा पार्टीका वरिष्ठ नेताहरू संलग्न हुनुलाई घातक बाटोको रूपमा टिप्पणी गरिएको छ । “कुनै देशले नेपालको आवश्यकताको आधारमा परियोजना छनोट गरेर सरकारको नेतृत्वमा अघि बढाउन लागेको परियोजना अघि बढ्न दिन्न भनेर अघि बढ्न खोज्नु नेपालका लागि घातक बाटो हो,” अर्थशास्त्री डा. विश्व पौडेल भन्छन्, “हामीले अहिले यि सहयोगहरू नलिने हो भने त्यसको विकल्प अहिले विरोध गर्दै हिंड्ने माननीयज्यूले दिनुप-यो, त्यो प्रसारण लाइन बनाउने कि नबनाउने हो ? नबनाए देश कसरी विकास हुन्छ ।”
आजभन्दा ठीक १० बर्ष अघि अर्थात सन् २००८ मा अमेरिकी सरकारले नेपाल सहयोग लिनका लागि योग्य भएको भन्दै प्रतिस्पर्धामा भाग लिन आह्वान गरेको थियो । नेपालको आवश्यकताको आधारमा योजना छनोटका लागि आग्रहपछि नेपालले ऊर्जा र सडक परियोजना अघि बढाएको थियो । अमेरिकी संसदबाट समेत पारित यो परियोजना अघि बढाउन एमसीसीका प्रतिनिधिले हरेक वर्ष जसो नेपाल भ्रमणमा आएर प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, अर्थमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेताहरूलाई समेत भेटेर परियोजना अघि बढाउनका लागि छलफल गर्ने गरेका छन् ।
पूर्व अर्थमन्त्री डा. रामशरण महतदेखि कृष्णबहादुर महरा, ज्ञानेन्द्रबहादुर कार्की हुँदै अहिलेका अर्थमन्त्री डा. युवराज खतिवडालाई समेत भेटेर परियोजनाबारे छलफल गरिसकेका छन् । सबै सकारात्मक भएर निर्माणका लागि अन्तिम तयारीमा जुटेको अवस्थामा विरोध आएपछि वैदेशिक लगानीका लागि बन्दै गएको वातावरणमा समेत नकारात्मक सन्देश प्रवाह गर्ने देखिएको छ ।
निर्माण सुरु भएको पाँच बर्षभित्रै पूरा गर्नुपर्ने र त्यसपछि सरकारलाई हस्तान्तरण हुने अनि पूर्ण अनुदानमा आएको पैसामा बन्न लागेकोले न यसमा कुनै ऋण तिर्ने समस्या छ, न अरु समस्या नै । अहिले आलोचना गरेको जस्तो यसमा अमेरिकी सरकारको इण्डो प्यासेफिक रणनीतिको कुनै सम्बन्ध पनि छैन । यसको कुनै संगठन नभएको तथा यसले विश्वको विकास र शान्तिका लागि मात्र गर्ने अमेरिकी अधिकारीहरूको भनाई छ । रणनीतिको अवधारणा आउनु अघिनै अघि बढेको परियोजनालाई रणनीतिसँग जोडेर विवादमा ल्याउन नहुने तर्क उनीहरूको छ ।
नेपालमा अधिकांश परियोजनाको समय र लागत दोब्बर भइरहेको बेला समयमै र तोकिएको लागतमै प्रतिष्पर्धाको आधारमा बन्न लागेकोले यसलाई नेपालको परियोजनाभित्र हुन लागेको उच्चतम अभ्यासको रूपमा हेरिएको छ । समयभित्र परियोजना सम्पन्न नभएमा यसका लागि आएको पैसा स्वत फिर्ता जाने सर्त पनि छ ।
अर्थशास्त्री एवं पूर्व अर्थसचिव रामेश्वर खनाल प्रतिस्पर्धाको आधारमा अघि बढाइएको तथा कुनै ऋणको भारबिनानै अनुदानमा निर्माण हुन लागेको आयोजना नेपालको हित विपरित नभएको टिप्पणी गर्छन् । “नेपालकै लागि आवश्यक प्रसारण लाइन र सडक निर्माण गर्ने गरी अघि बढाइएको छ, पाँच बर्षभित्र पूरा गर्नपर्छ । सरकारकै संयन्त्रमार्फत निर्माण हुँदैछ,” उनले भने, “परियोजना नेपालको हित विपरित छैन, सबै कुरा पारदर्शी छ, सत्तारुढ दलभित्र किन यस्तो विरोध भएको छ, अचम्म लागेको छ ।”

विद्युत् वितरणमा विवादः प्रदेश कि प्राधिकरण

आइतवार, मंसिर २९, २०७६
केही महिनाअघि प्रदेश–५का मुख्यमन्त्री शंकर पोखरेलले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग बुटबलमा भएको छलफलमा आफूहरू विद्युत् वितरणका लागि तयार रहेको बताउँदै सम्पत्तिको हस्तान्तरण गर्न आग्रह गरे । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका प्रतिनिधिलगायत उपस्थित रहेको सो छलफलमा उनको आशय प्रदेश सरकारले विद्युत् वितरणको नेतृत्व लिन तयार छ भन्ने थियो । यसको ढाँचा लगायतबारेको जिज्ञासामा संघीय व्यवस्थाले प्रदेश र स्थानीय तहलाई अधिकार दिएपछि केन्द्रले गर्ने नभइ यसबारे संविधानको व्यवस्था अनुसारनै हुन्छ भन्ने उनको प्रतिक्रिया थियो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही भने स्पष्ट छन् । विद्युत् प्राधिकरणले आफ्नो सम्पत्ति प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने र त्यसपछि प्रदेश सरकारले वितरणको काम गर्ने बताउँछन् । “संविधानमा जे लेखेको छ, त्यो अनुसार हुन्छ, प्राधिकरणले बनाउने कम्पनीमा प्रदेश जाने होइन, प्रदेशले कम्पनी बनाएर त्यसमा प्राधिकरणलाई पनि सहभागी गराउने हो,” प्रदेश–२ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनालले भने । ऊर्जासम्बन्धी ऐनको मस्यौदा बनाएर संसदमा पठाएको र त्यो पारित भएपछि छुट्टै निकाय खडा गरेर प्रदेश सरकारले वितरण गर्ने उनी बताउँछन् ।
दुई मुख्यमन्त्री र मन्त्रीहरू संविधान अनुसारनै प्रदेशको नेतृत्वमा कम्पनी बनाएर विद्युत् वितरण प्रणाली अघि बढाउने पक्षमा छन् । तर, विद्युत् प्राधिकरण आफ्नै नेतृत्वमा वितरण कम्पनी बनाएर जाने पक्षमा छन् । यसका लागि सात वटै प्रदेशमा कम्पनी स्थापना गरेर अघि बढ्ने गरी अवधारणा अघि बढाइसकेको छ ।
यसका लागि ऊर्जा मन्त्रालयले समेत प्रक्रिया अघि बढाउनका लागि सहमति दिइसकेको छ । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ भने प्राधिकरणकै नेतृत्वमा प्रदेश वितरण कम्पनी बन्ने र यसका लागि प्रक्रिया अघि बढेको बताउँछन् । “प्राधिकरणले सात वटै प्रदेशमा कम्पनी बनाउँछ, त्यसमा प्रदेश सरकारको पनि सहभागी हुन्छ,” उनी भन्छन् ।
२०७२ सालको नयाँ संविधानले विद्युत् वितरणको जिम्मा स्थानीय र प्रदेश सरकारलाई दिएको छ । स्थानीय सरकारले त हालसम्म यसबारे सोचेकै छैन तर प्रदेश सरकारमा पनि अलमल छ । नयाँ संविधान आएको चार वर्ष नाघिसकेको छ भने प्रदेश र स्थानीय तह गठन भएको पनि दुई वर्षभन्दा बढी भइसकेको छ । तर, विद्युत् वितरण कसले गर्ने भन्ने टुंगो लागेको छैन । प्रदेश सरकारले वितरण प्रणाली आफै अघि बढाउँछु भने पनि न जनशक्ति छ, न त्यसका लागि संरचनानै । प्रदेश सरकार पनि अलमलमा छ । सुरुमा विद्युत् वितरणको काम आफैँ गर्न तम्सिएको प्रदेश सरकारले एक वर्षपछि भने विद्युत् प्राधिकरणलाई बोलाएर त्यसको जिम्मा दियो । अहिले प्रदेश–२ प्रदेश–५ र कर्णालीलगायत अधिकांश प्रदेशमा विद्युत्ीकरणको जिम्मा प्राधिकरणलाई दिइएको छ । पहिलो वर्षको बजेट खर्च गर्न नसकेपछि उनीहरूले प्राधिकरणसँग सम्झौता गरेर विद्युतीकरणको काम जिम्मा लगाएका छन् ।
कर्णाली प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयका सचिव रामआधार साह फाइदा बाँडफाँड गर्ने गरी वितरणको काम प्राधिकरणलाई दिएको बताउँछन् ।
संविधानले अधिकार दिएपनि अधिकांश प्रदेश सरकारले त्यसका लागि आवश्यक संरचना र जनशक्तिको तयारी गर्न सकेका छैनन् । अधिकांश प्रदेशमा भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत ऊर्जा महाशाखा गठन गरिएको छ । तर, ५ भन्दा कम जनशक्ति छन् । विद्युत् प्राधिकरणले पनि प्रदेश कम्पनीको काम तदारुकताका साथ अघि बढाउन सकेको छैन । डेढ वर्ष अघिदेखि सात कम्पनी बनाएर प्रदेशको वितरण गर्ने उल्लेख गरेपनि हालसम्म यसको प्रक्रिया अघि बढेको छैन ।
“वितरणको कुरा अवधारणामा मात्र सीमित छ, बनाउने कुरा भएको तर यसको ढाँचाबारे कुनै कुरा अघि बढेको छैन,” प्राधिकरण वितरण तथा ग्राहक निर्देशानालयका उपकार्यकारी निर्देशक हरराज न्यौपाने भन्छन्, “राजनीतिक सहमति र निर्णयविना कम्पनी निर्माण अघि बढाउन सकिँदैन, विभिन्न ऐनहरू बाझिएकोले यसमा संशोधन पनि आवश्यक छ, सहमतिको वातावरण कुरिरहेका छौँ ।”
हुन पनि हालसम्म आधारभूत रूपमा विद्युत् वितरण कसरी अघि बढाउने भन्ने छलफल र वहस हुन सकेको छैन । प्रदेश क्षमतावान नभएसम्म केन्द्र सरकारले हेर्नुपर्ने भएकोले एकैपटक प्रदेशले प्राविधिक र गुणस्तरीय रूपमा वितरणको काम गर्न नसक्ने बुझाई प्राधिकरण र मन्त्रालयको छ भने संविधानअनुसार पाएको अधिकार उपयोग गरेर प्राधिकरणलाई समेत प्राविधिक रूपमा साथ लिएर अघि बढ्ने सोचाइ प्रदेशको छ । तर यसलाई गम्भीर रूपमा दुवै पक्षले लिएको भने देखिएको छैन ।
ऊर्जा मन्त्रालयका प्रवक्ता प्रवीण अर्याल स्थानीयवासी, स्थानीय तह, ऊर्जा मन्त्रालय, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, अर्थ मन्त्रालय लगायतका सबै सरोकारवालाहरूबीच हुने छलफलबाट मात्र विद्युत् वितरणको ढाँचाबारे स्पष्ट हुन सकिने बताउँदै अहिले यो प्रारम्भिक चरणमै रहेको बताउँछन् । “संविधानले त वितरणको जिम्मा स्थानीयलाई दिएको छ तर यसको प्राविधिक पक्षलाई अघि बढाउने लगायतका धेरै मुद्दाहरू छन्,” उनी भन्छन्, “चेन अफ कमाण्ड करी हुने, सम्पत्तिको मुल्यांकन र हस्तान्तरण कसरी गर्ने, यसको आय र सञ्चालन कसरी गर्ने भन्ने धेरै कुरा यसका लागि टुंग्याउनुपर्छ ।”
मन्त्रालयले ल्याउन लागेको विद्युत् ऐनले संघीयता अनुकुलताको ऊर्जा अधिकारबारे स्पष्ट पार्ने भएपनि हालसम्म यो संसद पुग्न सकेको छैन । यो पारित नहुँदा अझ अलमल छ ।

Thursday, December 12, 2019

५ वर्षभित्र वार्षिक २० हजार गाडी उत्पादनको लक्ष्य 67 Shares

 बिहिवार, मंसिर २६, २०७६
लगानी बोर्ड र कोरियाली कम्पनी ‘मोटेक्स’ बीच बुटवलमा दुई ब्राण्डका गाडी उत्पादनका लागि प्रारम्भिक सम्झौता भएको छ । कोरियाली ब्राण्डका गाडी हुन्डाई र कियाको उत्पादनका लागि बुधबार लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र मोटेक्सका प्रमुख कार्यकारी अधिकृत लीबीच प्रारम्भिक सम्झौता भएको हो ।
लगानी बोर्ड र मोटेक्सको बोर्ड बैठकबाट प्रारम्भिक सम्झौता भएपछि औपचारिक रुपमा सम्झौता भएर काम अघि बढ्नेछ । नेपालमा हालसम्म गाडी उत्पादन गर्ने प्लान्ट नभएकोमा पहिलोपटक यसको स्थापनाका लागि प्रकृया अघि बढेको हो । यसलाई लगानी बोर्डले ठूलो उपलब्धिको रुपमा लिएको छ । तर, अझै पनि कतिपय प्रावधानहरुबारे स्पष्ट रुपमा दुवै पक्ष सहमत भइसकेका छैनन् ।
वातावरण प्रभाव अध्ययन (ईआईए) सम्पन्न भएको तीन वर्षभित्र उत्पादन गर्ने गरी मोटेक्सले काम अघि बढाउन लागेको प्रमुख कार्यकारी अधिकृत अधिकारीले जानकारी दिए । उनका अनुसार साढे १० अर्बको लगानीमा स्थापना हुन लागेको प्लान्टबाट पहिलो वर्ष एक हजार र त्यसपछि थपिँदै गएर पाँच वर्षपछि वार्षिक २० हजार गाडी उत्पादन हुनेछ । सुरुमा एक हजारले प्रत्यक्ष रोजगारी पाउनेछन् ।
मोतीपुर औद्योगिक क्षेत्रभित्रको जग्गामा प्लान्ट निर्माण गर्न मोटेक्सले बोर्डमा प्रस्ताव गरेको थियो । लगानी सम्मेलनपछि प्रस्ताव आएपछि यसबारे बोर्डभित्र छलफल भइरहेको थियो । प्रारम्भिक सम्झौतापछि बोर्डले मन्त्रालय लगायतका अन्य निकायहरुबाट समेत यसबारे आवश्यक राय लिएर बोर्डमा पेश गर्नेछ ।
निश्चित अवधिका लागि आयकर र मेसिन तथा पार्टपुर्जा आयातमा भन्सार छुट दिनुपर्ने मोटेक्सको शर्तमा बोर्ड सहमत भएको छ । तर, सात वर्षसम्म गाडी उत्पादनका लागि अर्को कम्पनी आउन नपाउने, सम्झौता भएको बखतको नीति र कानुनी प्रावधानमा परिवर्तन भएमा लगानी फिर्ता लिएर जान पाउनुपर्नेलगायत शर्तहरु मोटेक्सले राखेको छ । यसबारे अन्तिम निर्णय भएको छैन । यस्ता शर्तहरु मान्न लगानी बोर्ड तयार नभए पनि प्रारम्भिक सम्झौता भने गरिसकेको छ ।
बोर्ड स्रोतका अनुसार प्लान्ट स्थापनाका लागि केही सांसदहरुको समेत लबिङ छ । विस्तृत रुपमा सबै प्रावधानमा सहमत नहुँदा नहुँदै पनि बोर्डले प्रारम्भिक सम्झौता गरेको हो । “राष्ट्रिय सभाका एक सांसद त द्विपक्षीय वार्तामा समेत बस्नुभएको थियो । कम्पनीले मागेको केही बुँदाहरुमा अझै स्पष्टता छैन, तैपनि प्रारम्भिक सम्झौता भएको छ,” बोर्ड स्रोतले भन्यो, “अरु कम्पनीहरु आउनै नपाउने प्रावधान राख्नका लागि थप दबाब पर्ने देखिएको छ ।”

Sunday, December 8, 2019

नेपालको जलविद्युत्मा पीपीपी किन ?




भीम गौतम
नेपालका लागि सस्तोमा बिजुली उत्पादन गर्नु एउटा ठूलो चुनौतीको रुपमा छ । पीपीपी मोडेलको सही व्यवस्थापन हुन सके यसले जलविद्युत् आयोजनाको लागत घटाउन ठूलो सहयोग गर्छ र प्रतिस्पर्धी मूल्यमा बिजुली उत्पादन हुन्छ ।
०००
नेपालमा पीपीपी
सन् १८०० मा सार्वजनिक निजी साझेदारी (पीपीपी) लगानी ढाँचाको सुरुआत भएको भएको देखिन्छ । ऊर्जा, रेल, सडक, पर्यटन लगायत पूर्वाधार निर्माणमा राज्यको लगानीले पर्याप्त नपुग्ने ठहरका साथ निजी क्षेत्रको समेत सहभागितामा सुरु भएको यो मोडेल अन्तर्गत सन् १८०८ मा अमेरिकाको न्युयोर्क र न्युजर्सीबीचको स्टिम बोट निर्माण भएको थियो भने त्यसपछि न्युजर्सीमा सन् १८१५ मा अमेरिकाले पहिलो रेलमार्ग र त्यसपछि इलेक्ट्रिक ग्रिड निर्माण भएको थियो । जलविद्युत्मा दुई सय वर्षदेखि नै पीपीपी मोडेलको अभ्यास हुँदै आए पनि नेपालमा भने १९ वर्षअघि आएकोे जलविद्युत् विकास नीतिले पीपीपीमा आधारित भएर बुट ((निर्माण, सञ्चालन, स्वामित्व र हस्तान्तरण) मोडेललाई बढावा दिने उल्लेख गरेको थियो । 
१९९२ मा निजी क्षेत्रलाई जलविद्युत् विकासमा खुला गरेसँगै ६० मेगावाटको खिम्ती र ४५ मेगावाटको भोटेकोसी जलविद्युत् आयोजना निर्माण सुरु भएको थियो । खिम्ती नर्वेजियन र भोटेकोसी अमेरिकी लगानीकर्ताले बनाएका थिए । तर सरकारको समेत सेयर रहेको बुटवल पावर कम्पनी (बीपीसी) ले सन् २००५ मा अघि बढाएको ३० मेगावाटको काबेली परियोजनालाई महसुल प्रतिस्पर्धा गराएर अनुमतिपत्र (लाइसेन्स) दिएर पीपीपी मोडेलको सुरुआत गरिएको थियो । स्पेसल पर्पेज भेइकल (एसपीभी)  गठन गरी अघि बढाइएको यो आयोजनालाई पहिलो पीपीपी मोडेलको आयोजनाको रुपमा समेत लिइन्छ । 
२२ मेगावाटको चिलिमे जलविद्युत् आयोजना निर्माण गरेको नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे हाइड्रो कम्पनीले आफ्नो प्रबन्धपत्र २०५२ मा विद्युत् प्राधिकरणका सञ्चालक, पूर्वसञ्चालकहरु, कार्यरत र सेवा निवृत्त, कर्मचारीलाई २५ प्रतिशत र २४ प्रतिशत सर्वसाधारण र संगठित संस्थालाई सेयर दिने उल्लेख छ । जलविद्युत् आयोजनामा सरकारी, निजी र सर्वसाधारणको लगानी हुने गरी पीपीपी मोडेल यसमा पनि अघि बढाइएको थियो । अहिले सरकारी र निजी क्षेत्र दुवैबाट निर्माणाधीन धेरै जलविद्युत् आयोजनामा पीपीपी लगानी मोडेल अघि बढाइएको छ । 
४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा एसपीभी गठन गरी पीपीपी मोडेल अघि बढाइएको छ भने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले करिब ३५ सय मेगावाट बराबरका आयोजना समाविष्ट जनताको जलविद्युत् कार्यक्रम अन्तर्गतका आयोजना पनि पीपीपी मोडेलमा निर्माण गर्ने घोषणा गरिसकेको छ । पीपीपी लगानीको महङ्खवलाई दृष्टिगत गरी २०७२ सालमा नीति ल्याएको सरकारले पीपीपी तथा लगानी ऐन २०७५ समेत ल्याइसकेको छ । पीपीपी ऐन आएपछि लगानी बोर्डले समेत अधिकांश जलविद्युत् आयोजना प्रतिस्पर्धात्मक आधारमा पीपीपी मोडेलमा दिने गरी प्रक्रिया अघि बढाएको छ । यसले अझ जलविद्युत् आयोजनामा पीपीपी मोडेल अघि बढाउन सहज भएको छ । 
नेपालमा मात्र होइन, छिमेकी राष्ट्र भारतमा समेत पीपीपी मोडेललाई उच्च महङ्खव दिइएको छ । रिर्जभ बैंक अफ इन्डियाले यसलाई अंगीकार गर्दै सरकारको परियोजना निजी क्षेत्रको सहभागितामा अघि बढाएको छ । यसैगरी, विश्व बैंकले समेत पीपीपीलाई एउटा परियोजना र कार्यक्रमका लागि राम्रो व्यवस्थापनको रुपमा उल्लेख गरेको छ । युरोपियन युनियन (इयू), अन्तर्राष्ट्रिय मुद्रा कोषले समेत पीपीपी मोडेललाई उच्च प्राथमिकता दिएका छन् । 
किन पीपीपी मोडेल ? 
जलविद्युत् लगायतका सार्वजनिक पूर्वाधार निर्माणका लागि निजी र सर्वसाधारणको सहभागितामा निर्माण गरिने यो लगानी ढाँचा नेपालका लागि उपयुक्त मानिन्छ । यस मोडेल अन्तर्गत डिजाइन बिल्ड, अपरेसन एन्ड मेन्टेनेन्स कन्ट्र्याक्ट (ओ एन्ड एम), डिजाइन बिल्ड, फाइनान्स अपरेट (डीबीएफओ), बिल्ड वन अपरेट (बीओओ), बिल्ड वन, अपरेट ट्रान्सफर (बुट), बाई बिल्ड अपरेट (बीबीओ), बिल्ड लिज अपरेट ट्रान्सफर (ब्लोट) लगायतमा मोडेलमा अघि बढाइने पीपीपी नेपाल जस्तो लगानीको अभाव रहेको मुलुकमा अत्यावश्यक मानिएको छ । निजी क्षेत्रको प्रविधि तथा उत्कृष्ट सार्वजनिक सेवा प्रवाहको माध्यमबाट सञ्चालन दक्षता अभिवृद्धिका लागि यस मोडेललाई उत्कृष्ट मानिन्छ । 
बजेट व्यवस्थापन, स्थानीय निजी क्षेत्रको दक्षता अभिवृद्धि, स्थानीयवासीमा अपनत्वको विकास, दीर्घकालीन लगानी व्यवस्थापन तथा आयोजनाबाट प्राप्त प्रतिफल बाँडफाँडको सुनिश्चितताका लागि पीपीपी नै उपयुक्त भएकोले नेपालको जलविद्युत् आयोजनाको लागि यो मोडेल सरकारले अघि सारेको छ । यस मोडेलमा सरकारी, निजी र सर्वसाधारणको समेत सहभागिता गराउने हुनाले तथा आयोजना निर्माणको प्रक्रियामा प्रजातान्त्रिक विधि अपनाइने, सामाजिक र वातावरणीय जोखिम कम हुने, तोकिएको लागत र समयमै निर्माण गर्न सहज हुने लगायत कारणले पनि नेपालको जलविद्युत् विकासका यो महङ्खवपूर्ण छ । आयोजनाका लागि पुँजी संकलन, जोखिम न्यूनीकरण, लाभ बाँडफाँड तथा यसको व्यवस्थापनका लागि निजी क्षेत्र र सरकारबीचको सहकार्यसँगै प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आकर्षण गर्नका लागि पीपीपीलाई उपयुक्त मोडेलमा रुपमा लिइने गरिएको छ । 
नेपालका अधिकांश जलविद्युत् आयोजनामा स्थानीयबासीले विभिन्न माग राखी आयोजना निर्माणमा अवरोध पु¥याउने काम गर्दै आएका छन् भने सरकारी निकायबाट समेत प्रक्रियागत झन्झट भोग्नुपर्ने अवस्था छ । सरकारले गर्नुपर्ने अधिकांश बाटोघाटो, बिजुली, खानेपानी, विद्यालय निर्माणका साथै क्लबलाई चन्दा दिनुपर्ने जस्ता काम निजी क्षेत्रका जलविद्युत् आयोजनाले गर्नुपर्ने अवस्था छ । यसको कारण आउने समस्याले जलविद्युत् आयोजनाहरु महँगो मात्र भएका छैनन्, लागत दोब्बर–तेब्बर पनि भएका छन् । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाको लागत बढ्नुको कारण स्थानीयवासीबाट भएको अवरोध मात्र होइन, प्राधिकरणको बोर्डबाट निर्णय हुन ढिलाइ हुनु, सरकारबाट स्वीकृति दिनुपर्ने वन, वातावरणको प्रक्रिया पनि हुन् । यस्तै अवस्था १४ मेगावाटको कुलेखानी तेस्रो जलाशययुक्त आयोजनाले पनि भोगिरहेको छ । पीपीपी मोडेलमा अघि बढाइएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माणमा केही ढिलाइ र लागत वृद्धि देखिए पनि तुलनात्मक रुपमा यसको लागत कम हुने देखिएको छ । कुलेखानीभन्दा स्थानीयवासीबाट आउने अवरोध माथिल्लो तामाकोसीमा एकदम कम छ । यसकारण नेपालको सन्दर्भमा सर्वसाधारण र निजी क्षेत्रको सहभागितामा निर्माण हुने जलविद्युत् आयोजनाहरु प्रभावकारी रुपमा अघि बढ्न सक्ने देखिएको छ ।
सरकारले २०८५ साल अर्थात आगामी १० वर्षभित्र १५ हजार मेगावाट उत्पादन गर्ने लक्ष्य राखेको छ । सो लक्ष्य हासिल गर्न कम्तीमा ३१ खर्ब लागत आवश्यक रहेको राष्ट्रिय योजना आयोगले अघि सारेको दिगो विकास लक्ष्य (एसडीजी) लागतसम्बन्धी प्रतिवेदन मा उल्लेख छ । एसडीजी पूरा गर्न ३९ खर्ब आवश्यक रहेको सोही प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनका अनुसार, यसका लागि झण्डै ८ खर्ब रुपैयाँ बराबर लगानी अभाव छ । नेपाल विद्युत् प्राधिकरणको विवरण अनुसार, विद्युत् खरिद सम्झौता (पीपीए) भएर पनि आर्थिक व्यवस्थापन गर्न नसकेका निजी क्षेत्रका आयोजनाको संख्या तीन हजार मेगावाट छ भने ६ हजार मेगावाट निर्माणको तयारीमा छन् । त्यसैगरी, ११ हजार मेगावाटभन्दा बढी क्षमता बराबरका आयोजनाले उत्पादन अनुमतिपत्रका लागि आवेदन दिएका छन् । 
निर्माणाधीन, निर्माणमा जान लागेका, अध्ययन भएर उत्पादन अनुमतिपत्रका लागि निवेदन दिएका तथा अध्ययनमा रहेका आयोजनाको क्षमता झण्डै २५ हजार मेगावाट छ । यो तथ्यांकलाई आधार मान्ने हो र अधिकांश आयोजना निर्माणमा गएमा यसका लागि ठूलो रकम आवश्यक पर्छ । यसमा सरकारको लगानी अपर्याप्त हुने देखिइसकेको छ । यसको उदाहरणको रुपमा ऊर्जा, जलस्रोत तथ सिँचाइ मन्त्रालय अन्तर्गतको चालू वर्षको बजेटलाई विश्लेषण गर्नुपर्छ । चालू आर्थिक वर्षमा ऊर्जाको उत्पादन, वितरण, प्रसारण, अध्ययन लगायत तलब–भत्ता सबै गरी ८३ अर्ब रुपैयाँ मात्र छ । जलविद्युत् उत्पादनका लागि त्यसको एक चौथाइ पनि छैन । तर सरकारले जनताको जलविद्युत्देखि महँगो लागत लाग्ने जलाशययुक्त आयोजनाको निर्माण गर्ने गरी घोषणा गरिसकेको छ । घोषणा गरे पनि यसका लागि लगानी कसरी जुटाउने भन्नेमा ठूलो अन्योल छ । 
जलविद्युत् आयोजना निर्माणको सम्भावना, निजी क्षेत्रले जलविद्युत् क्षेत्रको उत्पादन, वितरण तथा निर्माणमा देखाएको सफलतालाई दृष्टिगत गरेर यस क्षेत्रमा लगानीमा देखिएको खाडल परिपूर्तिका लागि पीपीपी एउटा उपयुक्त लगानी ढाँचाको रुपमा देखिएको छ । यसको अभ्यास समेत नेपालमा सुरु भइसकेको छ । सरकारी आयोजनामा चरम भ्रष्टाचार तथा निजी क्षेत्रका आयोजनाको लागत समेत बढ्दै गएको अवस्थामा सस्तो र समयमै आयोजना निर्माणका लागि यो मोडालिटी अघि बढाउनु आवश्यक छ । निजी क्षेत्रले निर्माण गरे पनि २५ वर्षपछि स्वतः सरकारमा हस्तान्तरण हुने मोडेलबाट परियोजना निर्माण गर्ने हुनाले सरकारले पनि यसबाट ठूलो फाइदा लिन सक्छ । यसकारण राज्यले पीपीपी मोडेलमा आयोजना निर्माणका लागि प्रतिस्पर्धात्मक वातावरण बनाउनु आवश्यक छ । 
निजी वा सरकारी दुवैले एक्लै आयोजना निर्माण गर्दा पर्ने महँगो लागतलाई घटाएर प्रतिस्पर्धात्मक रुपमा अघि बढाउने गरी पीपीपीको लगानी ढाँचा नेपाल जस्तो मुलुकको लागि अत्यावश्यक भइसकेको छ । छिमेकी राष्ट्रमा घट्दो बिजुली भाउलाई दृष्टिगत गरी नेपालको जलविद्युत् क्षेत्रमा प्रतिस्पर्धात्मक माध्यमबाट यसको सम्बोधन गर्नुपर्छ । जबसम्म सस्तो बिजुली उत्पादन गर्न सक्दैनौं, तबसम्म यसको व्यापार असम्भव हुन्छ । नेपालका लागि सस्तोमा बिजुली उत्पादन गर्नु एउटा ठूलो चुनौतीको रुपमा छ । पीपीपी मोडेलको सही व्यवस्थापन हुन सके यसले जलविद्युत् आयोजनाको लागत घटाउन ठूलो सहयोग गर्छ र प्रतिस्पर्धी मूल्यमा बिजुली उत्पादन हुन्छ । औपचारिक रुपमै सरकारले पीपीपी ऐन ल्याएपछि यसको व्यवस्थापनका लागि लगानी बोर्डले आफनो प्रक्रिया अघि बढाइसकेको पनि छ । हुन त लगानी बोर्डले पीपीपी मोडेलमा आयोजना निर्माणका लागि ढोका खुला गरिसकेको छ । गत चैत्रमा भएको लगानी सम्मेलनको क्रममा विदेशीले इच्छा देखाएका आयोजनालाई पीपीपी मोडेलमै अघि बढाउने योजना छ । राष्ट्रिय योजना आयोगले समेत पीपीपीमा परियोजना अघि बढाउन प्रदेश तथा स्थानीय सरकारलाई यो ढाँचा अघि बढाउन विभिन्न कार्यक्रम गर्दै आएको छ । स्थानीय र प्रदेश तहमा अघि बढाइने परियोजनालाई पीपीपी मोडेलमा अघि बढाउन सके एकातिर स्रोतको कमी परिपूर्ति गर्न सकिने र अर्कोतिर कम जोखिम र स्थानीयबासीको सहभागिता र अपनत्वमा समयमै र लागत कम हुने गरी निर्माण गर्न सकिने हुनाले यसलाई नेपालको जलविद्युत्सँगै अन्य क्षेत्रमा समेत अघि बढाउनु आवश्यक छ । नेपाल संघीय ढाँचामा गइसकेपछि संघभित्र मात्र होइन, प्रदेश र स्थानीय तहमा अघि बढाउने ऊर्जासहित सबै पूर्वाधारमा पीपीपी मोडेल अघि बढाउन सके यसले पूर्वाधार निर्माणमा गति थप्ने अवस्था छ । यसका लागि सरकारको पहलकदमी र निजी क्षेत्रको सक्रियता दुवै खाँचो छ । 
सेजन, अर्थनीतिबाट साभार

पाँच वर्षभित्र मागभन्दा ३ हजार मेगावाट विद्युत् बढी

आइतवार, मंसिर २२, २०७६
माग र आपूर्तिको प्रक्षेपणका आधारमा पाँच वर्षपछि ३ हजार १४ मेगावाट विद्युत् बढी हुने देखिएको छ । हालको विद्युत् माग, उत्पादन र आपूर्तिको विश्लेषण गर्दा यस्तो अवस्था देखिएको हो । पाँच वर्ष अर्थात सन् २०२४ मा विद्युत् उत्पादन ६७१७ मेगावाट पुग्नेछ भने यसमा ३०१४ मेगावाट सरप्लस हुनेछ । १५ प्रतिशत वृद्धिलाई आधार मानेर गरेको प्रक्षेपणमा भने सन् २०२४ मा ३९४७ मेगावाट पुग्नेछ । नेपाल विद्युत् प्राधिकरणले भने सन् २०१९-२०२० मै विद्युत्को माग २२२५ मेगावाट पुग्ने प्रक्षेपण गरेको थियो । माग र आपूर्तिको प्रक्षेपणका आधारमा पाँच वर्षपछि ३ हजार १४ मेगावाट विद्युत् बढी हुने देखिएको छ ।
हालको विद्युत् माग, उत्पादन र आपूर्तिको विश्लेषण गर्दा यस्तो अवस्था देखिएको हो । पाँच वर्ष अर्थात सन् २०२४ मा विद्युत् उत्पादन ६७१७ मेगावाट पुग्नेछ भने यसमा ३०१४ मेगावाट सरप्लस हुनेछ । १५ प्रतिशत वृद्धिलाई आधार मानेर गरेको प्रक्षेपणमा भने सन् २०२४ मा ३९४७ मेगावाट पुग्नेछ ।
नेपाल विद्युत् प्राधिकरणले भने सन् २०१९-२०२० मै विद्युत्को माग २२२५ मेगावाट पुग्ने प्रक्षेपण गरेको थियो । पावर समीट २०१९ मा विद्युत् प्राधिकरणको विवरण र हालको मागको आधारमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का महासचिव आशिष गर्गल गरेको विश्लेषण अनुसार सन् २०१९ मा विद्युत् सरप्लस हुने छैन भने सन् २०२० मा ११ मेगावाट हुनेछ ।
त्यसैगरी सन् २०२१ मा विद्युत् उत्पादन २२३६ मेगावाट पुग्नेछ भने ७०१ मेगावाट सरप्लस हुनेछ । त्यसैगरी २०२३ मा भने उत्पादन ५२४९ मेगावाट पुग्नेछ भने १६२५ मेगावाट सरप्लस पुग्नेछ । कुल मागमध्ये सरदर ४८५ मेगावाट अर्थात ३६ प्रतिशत विद्युत् प्राधिकरण, र निजी क्षेत्रबाट ३४३ मेगावाट अर्थात २६ प्रतिशत स्वदेशमै उत्पादन भएको छ भने ४९१ मेगावाट अर्थात ३८ प्रतिशत भारतबाट आयात भईरहेको छ । तथ्यांकअनुसार सन् २०२४ भित्र सरकारी र सरकारको सहायक कम्पनीमार्फत ९०७ मेगावाट र निजी क्षेत्रबाट ५४८३ मेगावाट विद्युत् उत्पादन हुने लक्ष्य छ ।
यस अवधिमा २५७ आयोजना निजी क्षेत्रबाट र ७ आयोजना सरकारी निकायबाट निर्माण सम्पन्न हुनेछन् । विद्युत् प्राधिकरणको तथ्यांकअनुसार हाल निजी क्षेत्रबाट ६३३.७७ मेगावाट जलविद्युत्मार्फत उत्पादन भएको छ भने ५ सय ८४ मेगावाट विद्युत् प्राधिकरणबाट उत्पादन भएको छ । विद्युत् प्राधिकरणसँग मल्टिफ्यूल र डिजेल गरी ५३ मेगावाटको उत्पादन क्षमता पनि छ । सन् २०२४ भित्र अरुण तेस्रो, माथिल्लो कर्णाली, अपर त्रिशुली १ लगायतका गरी ८ आयोजनाबाट २५ सय मेगावाट बराबरको उत्पादन गर्ने लक्ष्य राखिएको छ । विगत १ सय १०८ वर्षमा १२ सय मेगावाट बराबर उत्पादन भए पनि चालू वर्षभित्रै ११ सय मेगावाटका साथै आगामी पाँच वर्षभित्र ५७ सय मेगावार बराबर उत्पादन गर्ने लक्ष्य राखिएको छ । 

लगानीको वातावरण सुधार्न एकीकृत आर्थिक कानुन

शुक्रवार, मंसिर २०, २०७६
मुलुकमा लगानीको वातावरण सुधारका लागि आर्थिक कानुनहरूको एकीकरण (मर्जर) को अवधारणा अघि सारिएको छ । संघीयतापछि कानुन निर्माणले तीव्रता पाइरहेको बेला एउटै विषयबारे विभिन्न कानुनहरूमा उल्लेख भएको तथा यसले लगानीका लागि झन्झट बेहार्नुपरेको भन्दै कानुनहरूकै मर्जरको अवधारणा अघि सारिएको हो ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) र समृद्धि फाउन्डेसनले बिहीबार राजधानीमा आयोजना गरेको लगानी सुधारका लागि कानुनहरूको एकीकरण विषयक कार्यक्रममा विज्ञहरूले लगानीसम्वद्ध कानुनहरूमा एकरूपता र एकीकरण दुवै आवश्यक रहेको बताए । उनीहरूले यो नयाँ अवधारणालाई अघि बढाउनुपर्ने बताए । पूर्ण रूपमा मर्जरमा जानसक्ने अवस्था नरहेपनि क्षेत्रगत र एउटै प्रावधानहरूलाई विविध कानुनहरूमा उल्लेख गर्नुको सट्टा यसको विश्लेषण गरी एकीकृत रूपमा समेट्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल कानुन आयोगका अध्यक्ष माधव पौडेलले कानुनमा सरलीकरण, एकरूपता र एकीकरण दुवै आवश्यकता रहेको बताउँदै यसको आधुनीकरण हुनुपर्नेमा जोड दिए । एकै दिन र एकै पानामा लगानीकर्ताको संक्षिप्त विवरणसहित निजी कम्पनी स्थापना गर्ने गरी आयोगले मस्यौदा तयार गरी पठाएको बताए । एउटा बिजनेसका लागि दशथरी नियमनहरूको व्यवस्था रहेकोले आफ्नो नियम पालना गर्नका लागि सबैले आफूहरूलाई राजा सम्झने प्रवृत्ति बढेको बताउँदै कर प्रणालीमा व्यापक सुधारको खाँचो रहेको बताए । विभिन्न निकायबाट आउने दबाबमा कानुन बन्ने गरेको बताउँदै लगानीका लागि आधुनिक प्रविधिको उपयोग गर्नुपर्नेमा जोड दिए ।
कार्यपत्र प्रस्तुत गर्दै कानुन मन्त्रालयका सहसचिव फणिन्द्र गौतमले वैदशिक लगानी भिœयाउनका लागि कानुनमा रहेका व्यवस्थाहरूमा एकरूपता हुन नसकेको बताउँदै क्षेत्रगत रूपमा यसलाई अघि बढाउन सकिने बताए । कर्पाेरेट गभर्नेन्स र रेगुलेसनभित्र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण, औद्योगिक ऐन, कर्पोरेट कानुन, सेज ऐन, वैदेशिक लगानी ऐन, सार्वजनिक निजी साझेदारी ऐन तथा फाइनान्सियल गभर्नेन्सअन्तर्गत ट्याक्स ल÷फिस्कल ल, फोरिजियन एक्सचेन्ज ल, बैकिङ, इन्सुरेन्स, सेक्युरिटीलगायतका कानुनलाई एकै ठाउँमा समावेश गरेर जान सकिने उनको भनाई थियो । एकीकृत कानुनले मात्र सबै समस्या समाधान हुन नसक्ने बताउँदै कार्य प्रकृति, संस्कृति लगायतमा पनि परिवर्तन जरुरी हुनुपर्ने बताए ।
आर्थिक कानुन एकीकरणको अन्तर्राष्ट्रिय अभ्यास र नेपालमा सम्भावना विषयमा कार्यपत्र प्रस्तुत गर्दै समृद्धि फाउण्डेसनका कुलप्रसाद पाण्डेले कानुन एकीकरणको आवश्यकता औल्याउँदै यसबाट सार्वजनिक खर्चको न्यूनीकरण, व्यापार व्यवसायको लागतमा बचत, सहज कानुन कार्यान्वयन तथा कानुनहरूमा देखिएको दोहोरोपना हटाउन सहयोग पुग्ने बताए । जर्मन, हंगेरी, पोल्याण्ड, रसियालगायतका देशहरूले कानुन मर्जरलाई अघि बढाएको बताउँदै अनावश्यक कानुनहरूको एकीकरण गरेर लगानी कोड तथा कर मोडलको विकास मोडलमा जोड दिएमा लगानीको वातावरण निर्माणमा सहयोग पुग्ने बताए ।
कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव उदय सापकोटाले एकीकृत ट्याक्स कोड निर्माण गरिरहेको तथा पीपीपी सेन्टरको अवधारणा पनि एकीकरणअन्तर्गत आएको बताउँदै लगानी र व्यवसाय प्रवद्र्धनका लागि अवरोधहरू देखा परेमा यसको समाधानका लागि अर्थ मन्त्रालय तयार रहेको बताए । पूर्वसचिव रामेश्वरप्रसाद खनालले कानुनहरूमा देखिएको झन्झटिलोपनताको अन्त्यका लागि कतिपय व्यवस्थामा सुधार तथा मर्जर आवश्यक रहेको बताउँदै कम्पनी दर्ता र खारेजीलाई सरलीकृत गर्नुपर्ने खाँचो औल्याए । काठमाडौं ‘स्कूल अफ ल’का सह–प्राध्यापक अन्जनकुमार दाहालले कानुनका सिद्धान्त, नीति र कानुनहरूमा समेत एकरूपता नभएको बताउँदै लगानीको वातावरण सुधारका लागि कानुनमा स्पष्टता आवश्यक आवश्यक रहेको बताए ।
लक्ष्मी समूहका निर्देशक निरञ्जन श्रेष्ठले कानुन ठीक नभएपनि कार्यान्वयनको क्रममा धेरै अवरोधहरू देखिएको बताउँदै यसको सहजीकरणसँगै विजनेश प्लेटफर्म र इकोसिष्टमलाई समेत समेटेर व्यवसायमैत्री कानुनहरूबीच एकीकरण आवश्यक रहेको बताए । समृद्धि फाउण्डेसनका निर्देशक दीपेन्द्र चौलागाईले छिमेकी राष्ट्र भारतमा प्रत्येक बर्ष एक सय कानुन खारेजी गर्ने योजना बनेपछि नेपालमा कानुन बन्नेक्रम बढेको बताउँदै यसका लागि कानुन मर्जरको नयाँ अवधारणाबारे बहस अघि बढाइएको जानकारी दिए ।

Wednesday, December 4, 2019

ऊर्जा र वन मन्त्रालयका योजना बाझिए

बिहिवार, मंसिर १९, २०७६
रामेछापलगायतका मुलुकका विभिन्न स्थानमा करेन्ट लागेर सर्वसाधारणको मृत्यु हुन थालेपछि डेढ वर्षअघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले काठको पोल विस्थापन गर्न निर्देशन दिए । काठको पोलकै कारण मृत्यु भएको हो कि होइन भनेर विस्तृत अध्ययन नहुँदै तत्कालीन ऊर्जासचिव अनुपकुमार उपाध्याय र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई मन्त्रालयमा बोलाएर काठको पोल विस्थापन गर्न निर्देशन दिए ।
ऊर्जामन्त्री पुनले काठको पोल विस्थापनका लागि निर्देशन दिइरहेका बेला वन मन्त्रालयअन्तर्गतको टिम्बर कर्पोरेसनले भने काठको पोल कारखाना स्थापनाका लागि गृहकार्यमा थियो । वन मन्त्रालयको योजनाकै ठीकविपरीत ऊर्जामन्त्रीको निर्देशन आएपछि तत्कालीन कर्पोरेसनका अधिकारीहरूले वनमन्त्रीसमक्ष मन्त्रीस्तरीय छलफल गरेर काठको पोल विस्थापन गर्ने योजना रोक्नलाई आग्रह गरे, तर मन्त्रीस्तरमा समन्वय भएन । विद्युत् प्राधिकरणले त्यतिबेला झण्डै तीन लाख काठका पोल विस्थापन गर्ने योजना बनाउँदै यसका लागि करिब ७ अर्ब बजेट माग्यो । यो प्रस्ताव अहिले ऊर्जा मन्त्रालयमार्फत अर्थ मन्त्रालय बजेटका लागि पुगेको छ ।
विद्युत् प्राधिकरण ग्राहक तथा वितरण निर्देशानालयका उपकार्यकारी निर्देशक तीन लाख काठ विस्थापन गर्ने योजनासहित करिब ७ अर्ब बजेट माग भएको र हालसम्म निकासा भने हुन नसकेको बताउँछन् । “तीन लाख काठका पोलको सट्टामा स्टिल राख्नका लागि ७ अर्ब जति बजेट माग गरेका छौं, निकासा भएको छैन यो प्रक्रियामै छ,” उनी भन्छन्, “बजेट नआएपछि विद्युत् प्राधिकरणले आन्तरिक रूपमा बर्सेनि ४०-५० करोडको बजेट छुट्याएर स्टिल-फलामका पोल खरिद गरी उपयोग भने गरिरहेका छौं ।”
वन मन्त्रालयले अघि बढाउन लागेको काठको पोल कारखाना स्थापना गर्ने प्रक्रिया पनि रोकिएको छैन । गत असारमा प्रधानमन्त्रीको अध्यक्षतामा रहेको राष्ट्रिय समस्या समाधान समितिको बैठकले विद्युत् प्राधिकरण र टेलिकममा उपयोग हुने पोल काठको उपयोगका लागि प्रक्रिया अघि बढाएर मन्त्रिपरिषद्मा पेश गर्न निर्देशन दिइसके पनि हालसम्म मन्त्रिपरिषद् भने पुगेको छैन । सागरनाथ वन परियोजना अन्तर्गतको वन लगायतका केही वनहरूमा मसला र सल्लो प्रजातीका अग्ला काठ उपयोग हुने भएकोले सो क्षेत्रमा एक वर्षभित्र अध्ययन गरेर कारखाना स्थापना गर्ने लक्ष्य राखिएको छ । तर, सो परियोजना प्रदेश–२ अन्तर्गत रहने कि संघ अन्तर्गत रहने भन्ने विवाद सर्वोच्चमा पुगेको छ । वनसचिव डा. विश्वनाथ ओली सागरनाथ वन परियोजनालाई प्रदेश–२ अन्तर्गत राख्ने कि केन्द्रमा परियोजना राख्ने भन्ने मुद्दा सर्वोच्चमा विचाराधीन रहेकोले राष्ट्रिय समस्या समाधान समितिबाट अघि बढाउनका लागि निर्णय भएपनि अघि बढ्न नसकेको बताउँछन् ।
वातावरणमैत्री, स्वदेशी वनको उपयोग, आयात प्रतिस्थापन र व्यापार सन्तुलनका लागि उपयुक्त, कम्तिमा ५० वर्षसम्म टिक्न सक्ने, रोजगारी वृद्धि हुने लगायतका देशका हितका लागि काठको पोल स्टिलको तुलनामा लाभदायक हुने तत्कालीन टिम्बर कर्पोरेसनका तत्कालीन महाप्रबन्धक राजु लौडारी बताउँछन् । हाल सरकारले कर्पोरेसनलाइ खारेज गरेर वन निगम बनाएको छ भने निगमले यसको काम अघि बढाएको छ । “काठको पोलले कार्बन इम्मिसन रिडक्सन मात्र होइन, स्वदेशी काठ र जनशक्तिको उपयोग पनि उपयोग गर्न सकिन्छ, आवश्यकताको आधारमा निजी क्षेत्रलाई समेत उपयोग गरेर जति पनि काठ उत्पादन गर्न सकिन्छ,” उनी भन्छन्, “वितरण प्रणालीका लागि काठको पोल अत्यन्त उपयोगी छ, देशको हितका लागि काठको पोलको विकल्प पनि छैन ।”
बढी गुणस्तरीय र भरपर्दो भएकै कारण युरोप, अमेरिका, अष्ट्रेलिया लगायतका अधिकांश देशमा काठको पोल उपयोग गर्ने गरिएको र उपयक्र्त रूपमा सिजनिङ र ट्रिटमेन्ट गरेमा एउटा पोलको आयु ५० वर्ष पुग्ने उनको दाबी छ । २०४८ सालमा फिनल्याण्डबाट ल्याएका पोलहरू कास्की, स्याङ्जा र तनहुँ जिल्लाहरूमा पोलहरू २८ वर्षदेखि जस्ताका तस्तै रहेको र अझै पनि अझै २० वर्ष टिक्ने तर स्टिल-फालमको पोलमा छिटै खिया लागेर प्रयोगविहिन हुने भएको उल्लेख गर्दै रतुवामाई र सागरनाथबाट ३० हजार पोलसहित वार्षिक रूपमा ५० हजार पोल उत्पादन गर्न सकिने उल्लेख गर्दै उनी निजी क्षेत्रलाई पनि उपयोग गरेर बार्षिक रूपमा आवश्यक सबै पोल नेपालमै उत्पादन गर्न सक्ने बताउँछन् ।
विद्युत् प्राधिकरणले आफ्नो माग अनुसारको पोल स्वदेशमै उत्पादन हुन नसक्ने तथा उपयुक्त गुणस्तरको पाउन नसक्ने बताउँदै काठको पोलको विकल्प अघि बढाएको छ । तर, वन मन्त्रालयका अधिकारीहरूले मसलाको रुख १० वर्षमा उत्पादन हुने तथा निजी क्षेत्रलाई समेत उपयोग गर्न सकेमा आवश्यकता पूरा गर्न सक्ने बताउँदै आएको छ ।
भीम गौतम-प्रगति ढकाल

नवीकरणीय उर्जा मूलप्रवाहतर्फ उन्मुख भएको छ

बुधवार, मंसिर १८, २०७६
मधुसूदन अधिकारी, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको कार्यकारी निर्देशक हुन् । लामो समय केन्द्रमै काम गरेका इन्जिनियर अधिकारीले म्यानमारमा पुगेर सौर्य ऊर्जा (सोलार) परियोजनामा काम गरेको अनुभव पनि छ । एसियाली विकास बैंकको परामर्शदाताको रूपमा काम गरिसकेका अधिकारी नवीकरणीय ऊर्जाको विज्ञको रूपमा चिनिन्छन् । संघीयतापछि अहिले साना नवीकरणीय ऊर्जाको काम स्थानीय तहको अधिकार क्षेत्रभित्र परेको छ भने केन्द्रले ठूलो बायोग्यास, सोलार तथा एक मेगावाटसम्मको विद्युत्को मात्र गर्ने योजना अघि बढाएको छ । केन्द्रले स्थानीय तथा प्रदेश सरकारलाई नवीकरणीय ऊर्जाको नीति निर्माणका साथै क्षमता अभिवृद्धिका लागि पनि सहयोग गरिरहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मिश्रित ऊर्जा प्रणालीको अवधारणा अघि सारी १० देखि १५ प्रतिशत विद्युत् नवीकरणीय ऊर्जाबाट उत्पादन गर्ने लक्ष्य लिएको छ । १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको यो लक्ष्यअनुसार ऊर्जा मिश्रित प्रणालीमा जानका लागि पनि संघस्तरमा बलियो नवीकरणीय ऊर्जा हेर्ने निकायको खाँचो औंल्याइएको छ । केन्द्रले नवीकरणीय ऊर्जा बोर्डको प्रस्तावसहित ऐन परिमार्जनको मस्यौदा तयार गरेर अहिले ऊर्जा मन्त्रालयमा छ । केन्द्रका कार्यकारी निर्देशक अधिकारीसँग कारोबारकर्मी भीम गौतमले नवीकरणीय ऊर्जाको आगामी बाटो र यसका लागि भइरहेका प्रयासबारे गरिएको संक्षिप्त कुराकानी :
लामो समय नवीकरणीय ऊर्जा क्षेत्रमा काम गरी विगत १० महिनादेखि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको कार्यकारी निर्देशक पनि हुनुहुन्छ । नवीकरणीय ऊर्जाको क्षेत्रलाई तपाईं अहिले कसरी विश्लेषण गर्नुहुन्छ ?
केन्द्र स्थापना भएकै २३ वर्ष भयो । विशेषगरी मूल प्रवाहीकरण नभएको समयमा विभिन्न स्थानीय स्रोत साधनको उपयोग गरेर स्थानीयस्तरमै ऊर्जा उत्पादन गरेर प्रयोग गर्ने लक्ष्यका साथ स्थापना भएको हो । नेपाल विद्युत् प्राधिकरणको पहुँच नपुगेको क्षेत्रमा विद्युत् पु-याउने भन्ने मूल सिद्धान्त पहिला थियो भने अहिले आएर धेरै वर्ष काम गरिसकेपछि र प्राधिकरणको पनि सबै ठाउँमा विद्युत् पु-याउने भन्ने कार्यनीति छ । पहिला जहाँ विद्युत् प्राधिकरण पुगेको छैन, त्यहाँ विद्युत्को पहुँच पु-याउनमा जोड ग-यो । करिब १८-१९ प्रतिशत जनताले विद्युत्को पहुँच पनि पाए । सुधारिएको चुल्हो, पानीघट्ट, बायोग्यास लगायतका प्रविधि अघि बढाइयो । १६-१७ प्रतिशत जनतासम्म सुधारिएको चुल्हो पुग्यो । साढे चार लाख घरधुरीमा बायोग्यास पुग्यो । १२ हजार जति पानीघट्ट बने । घरायसी सोलार प्रवद्र्धनमा सुरुदेखि नै हामीले काम गर्यौं । स्कुल, स्वास्थ्य चौकीमा पनि यसको उपयोग ग-यौं । अहिले ५-६ सय घरधुरीका लागि मिनिग्रिड बनाएर सोलार प्रवद्र्धनमा लागेका छौँ । जलविद्युत्मा पहिला एक किलोवाटभन्दा तलका योजना बनाउने गरेका थियौं भने अहिले एक मेगावाटसम्मका हाइड्रोको मिनिग्रिड आयोजना बनाउने, ४-५ हजार घरधुरीलाई एकैपटक विद्युत् पु-याउने योजनाका साथ लागेका छौँ । बायोग्यासमा पनि चार-छ घनमिटरका घरायसी बनाउँथ्यौं भने त्यो पनि जारी छ तर ४-५ हजार घनमिटरसम्मका सहरी बायोग्यास बनाउन थालेका छौँ । यो २० वर्षे दौरानमा साना नवीकरणीय ऊर्जाका प्रविधिदेखि लिएर एउटा नगरपालिका, गाउँपालिका पूरैमा बिजुली पु-याउने खालका प्रविधिसहितको आयोजना बनाउँदैछौं । स्थानीयस्तर र दुर्गम क्षेत्रमा वैकल्पिक ऊर्जाले पु-याएको सेवा महत्वपूर्ण छ । यसमा मर्मत सम्भारलगायतका कारणले आएको समस्या, खपतको क्षमता, स्थानीयबासीको जनचेतनाबारे वादविवाद गर्न सक्छौं । यही कारण कतिपय आयोजनालाई दिगोपनताका लागि समस्या भने छ । तर अहिले १० महिने मेरो केन्द्रको कार्यकारी निर्देशक भएपछिको अधिकांश दुरदराजका मानिस भेट्दा ठूलो आयोजना बनाइदिनुप-यो भनेर भनिरहनुभएको छ । यसले के देखाउँछ भने यो २० वर्षे अभियानमा प्रत्येक ठाउँमा केही न केही रूपमा वैकल्पिक ऊर्जा पुगेकै छ । विद्युत् प्राधिकरण नपुगेको ठाउँमा नवीकरणीय ऊर्जाले दिएको सेवालाई महत्वपूर्ण मान्नुपर्छ ।

अहिलेको संघीय संरचनाअनुसारको प्रदेश र स्थानीय सरकार छ, बदलिँदो परिस्थितिमा प्रवद्र्धन केन्द्र कसरी अघि बढ्ने खोजेको छ ?
संघीयता आएपछि विभिन्न कामको बाँडफाँड त विभिन्न मन्त्रालयले गरेकै छ । हाम्रै मन्त्रालयमा पनि सिँचाइका विभिन्न काम स्थानीय, प्रदेश तहमा गएका छन् । विद्युत् प्राधिकरणको संरचना पनि त्यसैगरी बन्दैछ । वैकल्पिक ऊर्जाको पनि साना आयोजनाले स्थानीय तहमा जाने भनेर स्पष्ट तोकिएकै छ । हामीले समयको कालखण्डमा पार ग-यौं । पालिका, स्थानीय तहले गर्नुपर्ने वैकल्पिक ऊर्जाको काम गर्न उहाँहरूको क्षमता अभिवृद्धि गर्ने, चेतना बढाउने तथा नीति बनाउनका लागि सहयोग गर्ने काममा हामी छौं । यसको बजेटका लागि अन्तर्राष्ट्रिय निकायसँग सहकार्य गरेर काम गर्न खोजेका छौं । जहाँसम्म संघको कुरा छ, अहिले ऊर्जा समिश्रणको कुरा आएको छ, ऊर्जा दक्षता कार्यक्रमका साथै ग्रिडमा कनेक्टेड रुपटप सोलारलगायतका काम गरी नवीकरणीय ऊर्जालाई मूलप्रवाहकै रूपमा लागिरहेका छौं । नवीकरणीय ऊर्र्जा मूलप्रवाहीकरणतर्फ उन्मुख भएको छ, यसमा हामीले काम गरिरहेका छौँ ।

प्रदेश, स्थानीय तहमा वैकल्पिक ऊर्जाको अधिकार दिइएको छ, अहिले नै प्रदेश र स्थानीय तह यसका लागि सक्षम छ, केन्द्रले यसका लागि के गरिरहेको छ ?
प्रदेशको सम्पूर्ण कुराबारे म पूर्णरूपमा जानकार त होइन । स्थानीय र प्रदेशबीचमै कसरी समन्वय हुन्छ भनेर पनि थप गृहकार्य गर्नुपर्ने अवस्था रहेछ । छुट्टाछुट्टै जस्तो संरचना देखिएका छन् । स्थानीय निकाय जुन ७५३ छन्, सबै ठाउँमा त हामी चाहेर पनि पुग्द सक्दैनौ । अहिले प्रदेशसँग समझदारी गरेर यसको क्षमता अभिवृद्धि गर्ने काममा लागेका छौं । यसका लागि प्रदेश भौतिक मन्त्रालयमा एउटा ठाउँ पनि मागेका छौं । त्यहाँ कर्मचारीहरू पनि खटाएका छौ । त्यहाँबाट प्रदेशअन्तर्गतका स्थानीय निकायलाई पनि सहयोग गर्ने कुरा गर्दै प्रदेशभित्र स्थायी संरचना बनाउनुपर्छ है भनेर भनेका छौं । उहाँहरूलाई केही समय सहयोग गर्छौं भनेका छौं । प्रदेशमा छुट्टै आवश्यक पनि छ । अहिले उहाँहरूलाई हामीले सहायता दिने हो तर भोलि नवीकरणीय ऊर्जालाई मूलप्रवाहीकरण गर्दै जाँदा खेरि यसलाई केन्द्रीय निकायकै रूपमा शाखा खोलेर चलाउनुपर्ने अवस्था आउने गरी सांगठनिक संरचना बनाउने गरी प्रस्तावअघि बढाएका छौँ । यसमा मानव स्रोतसाधनको विश्लेषण गर्ने भन्ने छ । अहिले के भनिरहेका छौं भने प्रदेशको भौतिक मन्त्रालयअन्तर्गतको ऊर्जा महाशाखाअन्तर्गत वैकल्पिक ऊर्जाको इकाइ राख्नुस् । तर विशेषज्ञताको काम रातारात हुँदैन । यसका लागि केही समय लाग्छ । अहिले कार्यान्वयन भइरहेका आयोजनाको समेत संयोजन गर्नका लागि प्रदेश सरकारसँग सहकार्य गर्ने र सबैलाई विद्युत्को पहुँच पु-याउने भन्ने छ । यसै हिसाबले हामीले दुईवटा दातृ संस्था जीआईजेटको सहयोगमा रेरा भन्ने कार्यक्रम बनाइरहेका छौँ । यसले प्रदेश १ र ७ मा क्षमता अभिवृद्धि गर्ने र प्रदेश सरकारलाई युनिट गठन गर्ने भनिएको छ । प्रदेश–२, ५ र कर्णाली प्रदेशमा एफआईडीको एन्ड्रेप भन्ने कार्यक्रमले हामीलाई सहयोग गरिरहेको छ । त्यसबाहेक ३ र ४ प्रदेशमा हामीले प्रत्यक्ष सहायता दिइरहेका छौं । नवीकरणीय ऊर्जा विकासका लागि स्थानीय तहले पाएको अनुदान र रकम तथा उहाँकै स्थानीय स्रोतसाधन परिचालनका लागि अहिले एउटा-एउटा इकाई खडा गरेर अहिलेलाई सेवा दिइरहेका छौं ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले आफ्नो ऐन परिमार्जन गर्दै हुनुहुन्छ, के कारणले यसमा परिमार्जन आवश्यक प-यो ?
यो कुनै कालखण्डमा विकास समितिको रूपमा केन्द्र थियो । २२-२३ वर्ष पनि पार ग-यौं । अरु देशहरुमा पनि यस्ता निकायहरु छन् । हामीले गरिरहेका कामहरुलाई स्वतन्त्र रूपमा कार्यन्वयन गर्न पनि कठिनाई होला । बदलिँदो परिस्थितीमा संघीय सरकारको अवधारणा अनुसार यसका लागि निकाय आवश्यक पनि छ तर यसका लागि केन्द्रीय सरकारले अधिकार प्रत्यायोजन नगरी सम्भव छैन । बलियो रूपमा स्थानीय तहमा उपस्थिति जनाउन पनि कानुनी रूपमा पनि हामीलाई अधिकार आवश्यक छ । संघीयता लागू भएपछि धेरै समिति खारेज भए तर हाम्रो समितिको आवश्यकता देखेर भएन । यसमा ऊर्जा दक्षताको म्याडेट पनि हामीलाई थपिदिएको छ । नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सञ्चालनका लागि केन्द्रीयस्तरमा एउटा बलियो निकाय त आवश्यक छ । यसले विभिन्न कानुन पनि कार्यन्वयन गर्नुप-यो किनभने यसमा सहजीकरणको भूमिका हुन्छ । कानुनबाट अधिकार प्राप्त नभइकन त्यो स्थिति बलियो नहोला भनेर यसको मस्यौदा अघि बढाएका छौँ । यसको मस्यौदा तयार गरेको त धेरै अघि हो, अहिले विभिन्न मन्त्रालयबाट सुझाव लिएपछि हाम्रो मन्त्रालयमा छ । यसमा कानुन मन्त्रालयको रायपछि मन्त्रिपरिषद् पठाएर अनि संसद् जाने गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयारी गरेको छ । मस्यौदामा नवीकरणीय ऊर्जा प्रवद्र्धन बोर्डको परिकल्पना गरिएको छ । कार्यान्वयन गर्ने कुरा अहिले मूलतः स्थानीय सरकारमा गइसकेको छ । केन्द्रीय सरकारले नीति निर्माण गर्ने, राष्ट्रिय अन्तर्राष्ट्रियस्तरबाट आउने स्रोतहरूको एकीकृृत रूपमा परिचालन गर्ने, वित्तीय सहयोग जुटाउने अर्थात् एउटा विज्ञ निकायको रूपमा नवीकरणीय ऊर्जा र ऊर्जा दक्षतामा काम गर्ने गरी यो मस्यौदा तयार भएको छ । सुरुदेखि नै हामीले जलवायु परिवर्तनबारे पनि कार्यक्रम गरिरहेका छौँ । क्लिन डेलभपमेन्ट मेकानिज्ममा लगेर हामीले सरकारका लागि साढे एक अर्बको आम्दानी पनि गरिसकेका छौं । हरित कोषमा पनि हामी आबद्ध भएका छौँ । यो कोष ल्याउने सम्भावना बढेर गएको छ । राष्ट्रिय अन्तर्राष्ट्रिय निकायसँग समन्वय गरी वित्त व्यवस्थापन गर्ने तथा यसलाई कार्यान्वयनमा लगेर प्रदेश स्थानीय सरकारलाई प्रतिफल उठाउने गरी कार्यक्रम अघि बढाउने कुरा पनि मस्यौदामा उल्लेख छन् ।
अहिले तपाईंहरूले स्थानीय, प्रदेश सरकारलाई सहयोग गरिरहनुभएको छ, तपाईंहरूलाई उनीहरूले कसरी हेरिरहेका छन् ?
संघीयता कार्यान्वयन भएपछि हामी प्रदेश, स्थानीय निकायमा अहिलेको संविधानअनुसार वैकल्पिक ऊर्जाको म्यान्डेट तपाईहरूसँग छ । हामीले केन्द्रीयस्तरमा काम गरेर २२-२३ वर्षका अनुभव हासिल पनि गरेका छौं । यस्तो अवस्थामा हामीले तपाईंहरूलाई सहयोग गर्ने क्षेत्रहरू के के हुन ? तपाईंहरूलाई के के आवश्यकता छ भनेर हामीले अन्तरक्रिया गर्यौं तर अहिलेको अवस्थामा के देखियो भने संघीयताले कामको बाँडफाँड त ग-यो तर स्थानीय निकायको प्राविधिक क्षमता त छैन । प्रशासनिक, राजनीतिक क्षमता त छ होला । प्राविधिक र परियोजना व्यवस्थापन तर्जुमाका लागि हामी सहयोगीको रूपमा आउँदैछौ भनेर भन्यौ । हामीले परम्परागत साना प्रविधिको काम तपाईंको म्यान्डेटमा आयो, त्योभन्दा ठूला ऊर्जा मिश्रण र दक्षतामा काम गर्ने, ठूला नवीकरणीय ऊर्जा प्रविधिका कामहरूमा नेपाल सरकारलाई सहयोग गर्ने र तपाईंहरूलाई पनि सहयोग गर्न तयार छौं भन्यौ । उहाँहरूलाई सोधेर द्विपक्षीय, त्रिपक्षीय सम्झौता गरेर कामको बाँडफाँड गरी यसका लागि काम सुरु गरिसकेका छौं ।
सबैको आ–आफ्ना अधिकार छन्, यस्तो अवस्थामा केन्द्र, मन्त्रालय, प्रदेश र स्थानीय सरकारबीच कसरी समन्वय हुन्छ अब ?
धेरै निकाय हुँदा समय प्रशासनिक काममा जानसक्ने सम्भावना देखियो । सालबसाली कार्यक्रम हुने हुनाले सबै निकायबीचमा समन्वय गर्ने चुनौती त छ तर यो अल्पकालीन हो । दीर्घकालीन रूपमा बजेट र नीतिगत सहायतामात्र केन्द्रीय सरकारले गर्ने तथा अरु सबै काम स्थानीय निकायले गर्ने हुनाले केही समयपछि त सहज हुन्छ । अहिले आंशिक कार्यान्वयन र नीतिगत योजनाको काममा अलिकति अलमल देखिन्छ । हाम्रो वैकल्पिक केन्द्रले पहिलेदेखि नै स्थानीय निकायसँग काम गरेको हुनाले हामीलाई त्यति असजिलो अनुभव भएको छैन । विकटका धेरै स्थानीय निकायका प्रतिनिधिले अहिले हाम्रो क्षमता छैन, सक्षम नभएसम्म सहयोग गर्नुस् भनिरहेका छन् ।

ठूलो नवीकरणीय ऊर्जा प्रविधिका परियोजना अघि बढाउने कुरा भइरहेको छ । यसमा नेट मिटरिङ, अनुमतिपत्र व्यवस्थाको कुरा पनि छ । यसको व्यवस्थापन कसरी हुँदैछ ?
विद्युत्को समग्र विकास गर्नका लागि र अहिलेको परिस्थिति अनुसार विकास गर्नका लागि ऊर्जा मन्त्रालय नै मुख्य निकाय हो । केन्द्र र प्राधिकरण एउटै निकायभित्र भएकोले आवश्यक काम गर्न सजिलो हुने भइगयो । मन्त्रीज्यूकै नेतृत्वमा यो काम भइहाल्छ । जलस्रोतमै धनी भएकोले यसलाई ऊर्जाको मूल प्रवाहीकरण गर्नुपर्छ भन्ने हाम्रो कुरा हो । निजी क्षेत्रको सहभागितामा बत्ती बाल्न पुग्ने आयोजना लगभग बनाइसकेका पनि छौँ । अबको चुनौती भनेको एउटै स्रोतमा मात्र आश्रित नभई अहिले भएको प्राविधिक विकासलाई दृष्टिगत गरी सोलारको पनि सम्भावना भएकोले छिटो र सस्तो बिजुली उत्पादनतिर पनि लाग्नुपर्नेछ । यसको विश्लेषण गरेर योजना तर्जुमा गर्नुछ । नकि जलविद्युत्, सोलार वा हावाबाटै बिजुली निकाल्नुपर्छ भन्ने भएन । सोलारको एउटा फाइदा के देखिन्छ भने यो आवश्यकताको आधारमा डिजाइन गर्न सकिने, यसमा परिवर्तन गर्न पनि मिल्ने, प्राकृतिक प्रकोपबाट हुने जोखिम पनि कम हुने, कम लगानी गर्न पनि सकिने अवस्था हुन्छ तर सोलार एक्लै जान नसक्ने भएकोले यसमा ग्रिडको ब्याकअप आवश्यक छ । यसलाई आधार मान्दा दिउँसो सोलारमा जान सकिन्छ । दक्षतापूर्ण तरिकाले जलविद्युत् उत्पादन गर्न सक्यौं भने त आज पनि मुख्य जलविद्युत् नै हो । तर बाहिर बिक्री गर्ने हिसाबले भने यसमा सोच्नुपर्ने छ । भारतमै हेर्नुहुन्छ भने पनि सोलारलाई विशेष जोड दिइएको छ । उनीहरूले लागतलाई प्रतिस्पर्धी बनाउन पनि सोलारलाई विशेष जोड दिएका छन् । यसकारण हामी पनि खाली हाइड्रो हाइड्रो भनेर भनिरहँदा के हुन्छ भन्ने कुरालाई पनि विचार गर्नुपर्छ । हामीले पनि सोलार, हावामा विशेषज्ञता हासिल गरेको हुनाले सबै प्रविधिको समिश्रण गरेर एउटै प्रविधिमा भर परियो भने समस्या पर्न सक्छ । प्राकृतिक प्रकोपको जोखिमता, वातावरणीय असरलगायतका कुरालाई पनि ध्यान दिनुपर्छ । यस्तो अवस्थामा कम्तीमा १०-१५ प्रतिशत नवीकरणीय ऊर्जाको पनि हिस्सा आवश्यक छ जस्तो लाग्छ । अहिले केन्द्र पनि ऊर्जा मन्त्रालयअन्तर्गत आएकोले सहजता आएको छ ।

पहिला वातावरण मन्त्रालयअन्तर्गत रहेको केन्द्र अहिले ऊर्जा मन्त्रालयअन्तर्गत आएको छ । यो किन आउनुपर्ने अवस्था थियो, आएपछि के सहज भयो ?
केन्द्रले वातावरणसँग सम्बन्धित काम गरिरहेको छ । अर्को ऊर्जा उत्पादन र प्रयोगको काम गरिरहेको छ । यसमा एउटा तहको कुरा वातावरणसँग सम्बन्धित छँदैछ । यसका लागि ४०-५० अर्ब खर्च भइरहेको छ । ऊर्जासँग सम्बन्धित मन्त्रालय नहुँदा समन्वय र एक आपासमा जानकारी नहुने अवस्था थियो । ठूला परियोजना अघि बढाउन पनि समस्या भएको थियो । अहिले नवीकरण ऊर्जा मूल प्रवाहीकरण भएको छ । अहिले जलविद्युत्, नवीकरणीय ऊर्जालाई कसरी अघि बढाउने भन्दा मूल प्रवाहीकरण भएको छ । हामीले वातावरण र वन मन्त्रालयलाई त सहयोग गर्नुपर्छ तर ऊर्जासँग सम्बन्धित वातावरणीय असरको कुरामा हामी अनुभवी पनि छौँ । तर जहाँसम्म ऊर्जा मन्त्रालय आएपछिको कुरा छ, नवीकरणीय ऊर्जालाई मूल प्रवाहमा ल्याउन सजिलो भएको छ । अहिले मन्त्रालयअन्तर्गत समन्वय गरेर काम गरिरहेका पनि छौं । विद्युत् प्राधिकरण र हाम्रो कार्यदल बनेको छ । कुन ठाउँमा प्राधिकरण र कुन ठाउँमा केन्द्र जाने भनेर स्पष्ट हुन थालेको छ । यो वर्षभित्र ४२ जिल्लालाई पूर्ण विद्युतीकरण गर्ने भनिएको छ । ती जिल्लामा पनि कतिपय ठाउँमा केन्द्रले विद्युत्को पहुँच पु-याउने अवस्था छ भनेर प्राधिकरणका अधिकारीले भनिरहेका छन् । बाँकी तीन वर्षभित्र सबैलाई पु-याउने भनिएको छ । यसमा पनि हाम्रो समन्वय हुन्छ । सबै ठाउँमा मिलेर काम गर्दा धेरै सहज हुन्छ ।