आइतवार, मंसिर २२, २०७६
माग र आपूर्तिको प्रक्षेपणका आधारमा पाँच वर्षपछि ३ हजार १४ मेगावाट विद्युत् बढी हुने देखिएको छ । हालको विद्युत् माग, उत्पादन र आपूर्तिको विश्लेषण गर्दा यस्तो अवस्था देखिएको हो । पाँच वर्ष अर्थात सन् २०२४ मा विद्युत् उत्पादन ६७१७ मेगावाट पुग्नेछ भने यसमा ३०१४ मेगावाट सरप्लस हुनेछ । १५ प्रतिशत वृद्धिलाई आधार मानेर गरेको प्रक्षेपणमा भने सन् २०२४ मा ३९४७ मेगावाट पुग्नेछ । नेपाल विद्युत् प्राधिकरणले भने सन् २०१९-२०२० मै विद्युत्को माग २२२५ मेगावाट पुग्ने प्रक्षेपण गरेको थियो । माग र आपूर्तिको प्रक्षेपणका आधारमा पाँच वर्षपछि ३ हजार १४ मेगावाट विद्युत् बढी हुने देखिएको छ ।
हालको विद्युत् माग, उत्पादन र आपूर्तिको विश्लेषण गर्दा यस्तो अवस्था देखिएको हो । पाँच वर्ष अर्थात सन् २०२४ मा विद्युत् उत्पादन ६७१७ मेगावाट पुग्नेछ भने यसमा ३०१४ मेगावाट सरप्लस हुनेछ । १५ प्रतिशत वृद्धिलाई आधार मानेर गरेको प्रक्षेपणमा भने सन् २०२४ मा ३९४७ मेगावाट पुग्नेछ ।
नेपाल विद्युत् प्राधिकरणले भने सन् २०१९-२०२० मै विद्युत्को माग २२२५ मेगावाट पुग्ने प्रक्षेपण गरेको थियो । पावर समीट २०१९ मा विद्युत् प्राधिकरणको विवरण र हालको मागको आधारमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का महासचिव आशिष गर्गल गरेको विश्लेषण अनुसार सन् २०१९ मा विद्युत् सरप्लस हुने छैन भने सन् २०२० मा ११ मेगावाट हुनेछ ।हालको विद्युत् माग, उत्पादन र आपूर्तिको विश्लेषण गर्दा यस्तो अवस्था देखिएको हो । पाँच वर्ष अर्थात सन् २०२४ मा विद्युत् उत्पादन ६७१७ मेगावाट पुग्नेछ भने यसमा ३०१४ मेगावाट सरप्लस हुनेछ । १५ प्रतिशत वृद्धिलाई आधार मानेर गरेको प्रक्षेपणमा भने सन् २०२४ मा ३९४७ मेगावाट पुग्नेछ ।
त्यसैगरी सन् २०२१ मा विद्युत् उत्पादन २२३६ मेगावाट पुग्नेछ भने ७०१ मेगावाट सरप्लस हुनेछ । त्यसैगरी २०२३ मा भने उत्पादन ५२४९ मेगावाट पुग्नेछ भने १६२५ मेगावाट सरप्लस पुग्नेछ । कुल मागमध्ये सरदर ४८५ मेगावाट अर्थात ३६ प्रतिशत विद्युत् प्राधिकरण, र निजी क्षेत्रबाट ३४३ मेगावाट अर्थात २६ प्रतिशत स्वदेशमै उत्पादन भएको छ भने ४९१ मेगावाट अर्थात ३८ प्रतिशत भारतबाट आयात भईरहेको छ । तथ्यांकअनुसार सन् २०२४ भित्र सरकारी र सरकारको सहायक कम्पनीमार्फत ९०७ मेगावाट र निजी क्षेत्रबाट ५४८३ मेगावाट विद्युत् उत्पादन हुने लक्ष्य छ ।
यस अवधिमा २५७ आयोजना निजी क्षेत्रबाट र ७ आयोजना सरकारी निकायबाट निर्माण सम्पन्न हुनेछन् । विद्युत् प्राधिकरणको तथ्यांकअनुसार हाल निजी क्षेत्रबाट ६३३.७७ मेगावाट जलविद्युत्मार्फत उत्पादन भएको छ भने ५ सय ८४ मेगावाट विद्युत् प्राधिकरणबाट उत्पादन भएको छ । विद्युत् प्राधिकरणसँग मल्टिफ्यूल र डिजेल गरी ५३ मेगावाटको उत्पादन क्षमता पनि छ । सन् २०२४ भित्र अरुण तेस्रो, माथिल्लो कर्णाली, अपर त्रिशुली १ लगायतका गरी ८ आयोजनाबाट २५ सय मेगावाट बराबरको उत्पादन गर्ने लक्ष्य राखिएको छ । विगत १ सय १०८ वर्षमा १२ सय मेगावाट बराबर उत्पादन भए पनि चालू वर्षभित्रै ११ सय मेगावाटका साथै आगामी पाँच वर्षभित्र ५७ सय मेगावार बराबर उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

No comments:
Post a Comment