-भीम गौतम
काठमाडौं,
२ असार । मेलम्ची खानेपानी आयोजनाअन्तर्गत सुन्दरीजलमा निर्माण गरिने पानी
प्रशोधन संरचना निर्माणको ठेक्का सार्वजनिक खरिद ऐन मिचेर दिएको पाइएको छ ।
खरिद ऐनअनुसार सबैभन्दा कम रकमको प्रस्ताव गर्नेलाई ठेक्का दिनुपर्ने भए
पनि दोस्रो कम प्रस्तावक कम्पनीलाई दिइएको हो ।
जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले पानी प्रशोधन संरचना निर्माणको ठेक्का अस्ट्रिया र भारतको संयुक्त लगानी रहेको कम्पनीलाई दिएको हो । चीनको सिडब्लुईले सबभन्दा कम रकम प्रस्ताव गरे पनि अस्ट्रियाका भियटेक डब्लुएबिएजी लिमिटेड र भारतको प्रतिभा इन्डस्ट्री लिमिटेडको जोइन्ट भेन्चरलाई ठेक्का दिइएको हो । ठेक्का पाउने कम्पनीले ४ अर्ब २० करोड रुपियाँ प्रस्ताव गरेको थियो भने चीनको सिडब्लुईले ४ अर्ब १६ करोड रुपियाँ प्रस्ताव गरेको थियो ।
नेपालसहित विभिन्न मुलुकमा चिनियाँ ठेकेदारको काम चित्तबुझ्दो नरहेकाले दोस्रो कम प्रस्ताव गर्ने कम्पनीलाई ठेक्का दिइएको जाइका स्रोतले जनाएको छ । दोस्रो कम रकम प्रस्तावकलाई ठेक्का दिइएपछि नेपालको सार्वजनिक खरिद ऐनअन्तर्गत पहिलो कम्पनीलाई दिनुपर्ने मागसमेत उठेको छ । मेलम्ची खानेपानीका आयोजना प्रमुख कृष्ण आचार्यले सार्वजनिक खरिद ऐनले कम रकम प्रस्तावलाई मात्र आधार नमानी अन्य कुरालाई पनि मान्ने हुनाले दोस्रो कम प्रस्तावक कम्पनीलाई ठेक्का दिइएको स्वीकार गरे ।
‘कम पैसासँगै कामको तरिका, सामान गुणस्तर वितरण, सेडुअलअनुसारको कार्यलगायतबारे मूल्यांकन गरेर मात्र दिने भएकाले दोस्रोलाई दिइएको हो, आयोजना प्रमुख आचार्यले भने ।
कम प्रस्ताव गर्ने कम्पनीका अधिकारीहरूले भने कमिसनको आधारमा दोस्रो कम्पनीलाई ठेक्का दिइएको दाबी गर्दै त्यसविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सर्वोच्च अदालत जाने तयारी गरेको बताएका छन् । ‘कम प्रस्तावकलाई दिनुपर्नेमा दोस्रोलाई दिइनु गलत हो, यसविरुद्ध हामी उजुरीको तयारी गर्न लागेका छौँ,’ एक अधिकारीले भने, ‘अन्य देशमा सन्तोषजनक काम नगरेको देखाएर नदिनु गलत र सार्वजनिक खरिद ऐनविपरीत छ ।’
मेलम्ची खोलाबाट बाँध बाँधेर साढे २७ किलोमिटर लामो सुरुङबाट सुन्दरीजलमा दैनिक १७ करोड लिटर ल्याएर प्रशोधन गर्न बनाइने जापानीस्तरको संरचना बनाउन लागिएको छ । सात महिनाअघि नै मेलम्ची खानेपानी विकास समितिले तीनवटा कम्पनीको टेन्डर खोली स्वीकृतिका लागि पठाएकोमा जाइकाले सात महिना लगाएको हो । छिट्टै ठेक्का परिचालन गरी २७ महिनाभित्र अर्थात् २०७२ मंसिरभित्र उक्त संरचना बनाइने लक्ष्य आयोजनाको छ ।

No comments:
Post a Comment