Wednesday, January 30, 2019

इनर्जी बैंकिङमा सहमतिपछि जलविद्युत् विकासमा ऊर्जा

 बिहिवार, माघ १७, २०७५
इनर्जी बैंकिङमा सहमतिपछि जलविद्युत् विकासमा ऊर्जाइनर्जी बैंकिङमा सहमतिपछि जलविद्युत् विकासमा ऊर्जानेपाल र भारतबीच हालै पोखरामा भएको ऊर्जा व्यापार सम्झौता (पीटीए) गठित सचिवस्तरीय संयुक्त कार्यकारिणी समिति (जेएससी) को छैटौं बैठकले इनर्जी बैंकिङमा सहमति गरेको छ । ४ सय ५६ मेगावाटको तामाकोसी र निजी क्षेत्रबाट निर्माणाधीन अन्य आयोजना सम्पन्न भए पनि वर्षामा नेपालको बिजुली खेर जाने तथा हिउँदमा अभाव हुने अवस्थालाई दृष्टिगत गरी सरकारले पाँच वर्ष अघिदेखि इनर्जी बैंकिङको कुरा उठाउँदै आएको थियो । तर, अहिले आएर भारतीय पक्ष यसमा सहमत भएको छ । इनर्जी बैंकिङलाई कार्यान्वयनका लागि अझै प्राविधिक कार्य पूरा गरेर दुवै देशको ग्रिड सिक्रोनाइज गर्न बाँकी छ । तर सहमतिले वर्षामा बढी भएको बिजुली भारत पठाउने र हिउँदमा त्यसलाई नेपाल ल्याउनका लागि ढोका भने खुलेको छ । केही वर्षपछिदेखि नेपालले वर्षामा बढी बिजुली भारत पठाएर पैसाजस्तै बैंकिङ गर्ने र त्यो विद्युत् हिउँदमा अभाव भएको बेला ल्याउन सक्नेछ । यसका लागि निर्माण सम्पन्न भएको पहिलो अन्तरदेशीय प्रसारणलाइन ढल्केबर–मुजफ्फरपुरबाट सुरु गरेर अन्य प्रसारणलाइनमार्फत पनि गर्ने योजना नेपालको छ । इनर्जी बैंकिङ भएपछि नेपालको जलविद्युत् क्षेत्रको विकासका लागि सकारात्मक हुने अपेक्षा गरिएको छ । तर, सहमतिपछिको कार्यान्वयनका लागि भने नेपाल र भारत दुवै देशको सक्रियता थप जरुरी छ । इनर्जी बैंकिङपछि नेपाललाई हुने फाइदा, यसको कार्यान्वयनका लागि बनाउनुपर्ने पूर्वाधार, दुवै देशले बनाउनुपर्ने नीति र हाल भइरहेको व्यवस्थाको संशोधनलगायतबारे जलविद्युत् विकासमा संलग्न सरकारी र निजी क्षेत्रका प्रतिनिधिहरूका साथै विज्ञहरूसँग कारोबारकर्मी भीम गौतमले गरेको कुराकानीको सार :
इनर्जी बैंकिङका लागि पूर्वाधार निर्माणमा नेपाल केन्द्रित
प्रवीणराज अर्याल
प्रवक्ता, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय
नेपालमा अहिले नदी प्रवाहमा आधारित (रन अफ दि रिभर) आयोजनाको विद्युत् प्रणालीमा वर्चस्व छ । अहिले नेपालमा झन्डै साढे ५ सय मेगावाट विद्युत् आन्तरिक रुपमै उत्पादन र झन्डै ५ सय मेगावाट भारतबाट आयात भइरहेको छ । अहिलेको प्रक्षेपण हेर्दा सन् २०१८-१९ देखि २०२६-२७ सम्म वर्षामा हाम्रो बिजुली बढी हुने देखिन्छ । हिउँदमा केही अभाव हुन्छ । वर्षामा बढी बिजुली हुँदा के भनेर भनेर छलफल हुँदा तत्कालीन समाधानको उपायका रूपमा छोटो समयका लागि इनर्जी बैंकिङ अघि सारिएको हो । सबै कुरा बैंकिङबाट मात्र सम्भव नहोला, अरू मोडलबाट पनि होला । यो छोटो समयका लागि नेपालले प्रस्ताव गरेको र भारत पक्षले पनि यसलाई स्वीकार गरेको अवस्था हो । यसका लागि केही काम गर्नु जरुरी छ । पहिलो कुरा त ग्रिडमा सिक्रोनाइज गर्नुपर्ने हुन्छ । ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइन २ सय २० केभीमा चार्ज भइसक्यो । सुरुको अवस्थामा यसलाई उपयोग गर्ने भन्ने कुरा भएको छ । नेपालसँग इनर्जी बैंकिङका लागि पहिचान भएका अन्य पाँच वटा प्रसारणलाइनहरू छन् । अहिले सबै रेडियल मोडमा छन् । ग्रिड सिक्रोनाइज गरेमा इनर्जी बैंकिङका लागि अझ सहज हुन्छ । यसका प्राविधिक पक्षबारे अध्ययन गर्नका लागि ज्वाइन्ट अपरेसन कमिटीले काम गरिरहेको छ । यसले फिल्ड भिजिट र नेपाल विद्युत् प्राधिकरणसँग छलफल गरेर नेपालमा स्पेसल प्रोटेक्सन सिस्टम, अन्डर फ्रिक्वेन्सी रिले, कम्युनिकेसन सिस्टम हुन्छ, दुई देशबीचको एलडीसी (लोड डिसप्याच सिस्टम) बीच कम्युनिकेट हुनुपर्छ । यी हुनु जरुरी छ । इनर्जी बैंकिङले हिउँदको विद्युत् अभावलाई पूर्ति गर्न धेरै सहयोग गर्छ । बढी भएको बेला भारतमा दिन पनि सकिन्छ । यसका लागि नोडल एजेन्सीको व्यवस्था गर्नुपर्छ । नेपालको हकमा विद्युत् प्राधिकरण नै हो । भारतको हकमा त्यहाँबाट बिजुली लिन हरेक राज्यमा वितरण कम्पनीहरू हुन्छन् । पावर ट्रेड कम्पनीसँग गर्ने भन्ने छ । यसका लागि तीन महिनाभन्दा कमको छोटो अवधिको (सर्ट टम) ओपन एक्सेस, तीन महिनाभन्दा बढीको मध्यम अवधि (मिट टप) को ओपन एक्सेसको कुरा हुन्छ । बजारका आधारमा यस्तो दर निर्धारण हुन्छ । दुवै देशले यसका लागि भारतका विभिन्न विद्युत्सँग सम्बन्धित निकायसँग कुरा गर्नुपर्ने हुन्छ । यसमा चुहावटको प्रावधान पनि हुन्छ । लिएको र दिएको आधारमा थपघट हुँदा यसमा दरको कुरा पनि आउँछ । यसका लागि दुवै देशका निकायबीच समझदारी गर्नुपर्ने हुन्छ । यसले निर्देशित गर्छ । अहिले हामी के कुरामा सहमत भएका छौं भने सुरुमा ढल्केबर–मुजफ्फरपुरबाट इनर्जी बैंकिङ हुन्छ । यो लाइनमा ग्रिडसँग सिक्रोनाइज हुन्छ । यो गरिएन भने हाम्रो विद्युत् प्रवाहमा समस्या आउन सक्छ । एकपटक बंगलादेशमा समस्या आएको थियो । बढी लिन र दिन खोज्ने बेलामा सिस्टमलाई विचलन हुन सक्छ । सुरक्षा सिस्टम राखेमा बढी हुन थालेमा काटिदिन्छ । यसले गर्दा सिस्टम पनि सुरक्षित हुन्छ । नत्र ठूलो सिस्टमले सबै तान्यो भने समस्या हुन्छ । पहिला ढल्केबरबाट सुरु गर्ने अनि पछि १ सय ३२ केभीका टनकपुर–महेन्द्रनगर, कटैया–कुसाहा, रक्सोल–परवानीपुर, रामनगर–गण्डकबाट हुन सक्छ । भारतले आफ्ना राज्यभित्र इनर्जी बैंकिङ गरिरहेको छ । उनीहरूको केन्द्रीय विद्युत् नियमन आयोग छ । हरेक प्रदेशमा नियमन आयोग छ । नियमन आयोगमा अर्को देशसँग इनर्जी बैंकिङ गर्ने भन्ने प्रावधान छैन । यो विषयमा पनि भारतीय प्रतिनिधिहरूले चाँडै टुंगो लगाउने बताएका छन् । यसमा उहाँहरू सहमत छन् । अर्को कन्डक्टर विजनेस टुल्स भन्ने छ । बैंकिङ गर्दा, ग्रिड प्रयोग गर्दा यसमा ध्यान दिनुपर्छ । एकपटक भारतमा ग्रिड समाप्त (कोल्याप्स) भएको थियो, त्यो हुनुको कारण विद्युत् तान्न बन्द गर भन्दा पनि नमानेर हो । बिजुली लिइरहेरै हो । ठूलो संरचनामा एलडीसीले भनेको मानेनन् भने ग्रिड समाप्त हुन्छ । त्यो पनि बनाउनुपर्ने हुन्छ । यी कुरा गरेपछि अघि बढ्छ । अब इनर्जी बैंकिङका लागि आवश्यक पूर्वाधार निर्माणमा नेपाल केन्द्रित हुन्छ । बैठकका क्रममा नेपालले भारतको बिजुली बजारका नेपालको प्रवेशको प्रस्ताव पनि राखेका छौं । भारतमा बिजुली बजारमा पहुँचका लागि आग्रह गरेका थियौं । यसका पनि विभिन्न मोडलहरू हुन्छन् । दुई महिनाभित्र यसबारे पनि अध्ययन गरिने भनिएको छ । भारतको एक्चेन्ज मार्केटमा जाने कुरा भयो भने यो पनि धेरै सकारात्मक हो । 

जलविद्युत् क्षेत्रमा एउटा उत्साह जगाएको छ
प्रबल अधिकारी
प्रवक्ता, नेपाल विद्युत् प्राधिकरण
दुई देशबीच इनर्जी बैंकिङ गर्न भएको सहमतिले नेपालको जलविद्युत् क्षेत्रमा एउटा उत्साह जगाएको छ । यसले दुई देशबीच विद्युत् आदानप्रदानका लागि इनर्जी बैंकिङका लागि बाटो खुला गरेको छ । तर यसका लागि थप संयन्त्र बनाउनु आवश्यक छ । यसको तयारीमा जुट्नुपर्छ । दुई देशको प्रणालीमा सिक्रोनाइज गर्नुपर्ने, ग्रिड कोडमा एकरूपता ल्याउनुपर्ने, यसको प्राविधिक रूपमा स्पेसल प्रोटेक्सन सिस्टम (एसपीएस) गर्नुपर्ने, बिलिङ प्रणालीमा एकरूपता ल्याउनुपर्नेलगायतका थप तयारीले मात्र इनर्जी बैंकिङ सम्भव छ । भारतमा राज्य–राज्यबीच विद्युत् आदानप्रदानको व्यवस्था भए पनि सीमापारिको नभएकाले भारतीय विद्युत् नियमन आयोगबाट यससम्बन्धी निर्देशिका आउनुपर्ने अवस्था छ । प्रणाली सिक्रोनाइज गर्नका लागि पहिलो ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइनबाट सुरु गर्ने भनिएको छ । न्यू बुटबल–गोरखपुर बनेमा इनर्जी बैंकिङका लागि थप सहज हुन्छ । इनर्जी बैंकिङ नभएमा बर्षामा बिजुली खेर जाने हो कि भनेर चिन्ता बढेको थियो, तर इनर्जी बैंकिङको कारण धेरै सहज भएको छ । इनर्जी बैंकिङका लागि प्रणाली सिक्रोनाइज आवश्यक छ । यसका लागि पोखरा बैठकभन्दा तीन दिनअघि भारतको पावर ग्रिड र कोसोको उच्चस्तरीय समिति आएर सवस्टेसन भ्रमण गरी कहाँ–कहाँ के गर्नुपर्ने भनेर यसको पहिचान गरिसकेको छ ।ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारणमा समस्या आएमा बुटवल वा गोरखपुरबाट विद्युत् आदानप्रदान गर्न सकिन्छ । एउटाबाट बिग्रेमा अर्कोमा हुन सक्छ । यो प्रसारणलाइनबारे पोखरा बैठकमा अन्तिम टुंगो नलागे पनि यसमा थप प्रगति भने भएको छ । भारतले न्यू बुटवल–गोरखपुर दोस्रो अन्तरदेशीय प्रसारणलाइनमा शतप्रतिशत स्वपुँजी (इक्वेटी) मा बनाउने गरी नयाँ मोडल प्रस्ताव गरेको छ । ऋण नलिईकन दुवै देशको आफ्ना सरकारी कम्पनीमार्फत शतप्रतिशत इक्वेटी लगानी गर्ने विश्वमै यो नयाँ मोडलको प्रस्ताव हुनुपर्छ । २५ वर्षकै नेपालले एकल बुकिङ गरेको ढल्केबर–मुजफ्फरपुर पहिलो अन्तरदेशीय प्रसारणलाइनमा ३० प्रतिशत इक्वेटी र ७० प्रतिशत ऋणमा निर्माण गरिएको थियो तर यसमा नेपाल सरकारले नेपाल विद्युत् प्राधिकरणमार्फत र भारतीय कम्पनीले सो देशको कम्पनीमार्फत इक्वेटी लगानी गरिनेछ । अधिकांश ठूला परियोजनामा ऋण लगानी हुन्छ, इक्वेटीले मात्र बन्दैन तर बैठकमा भारतले शतप्रतिशत इक्वेटीमा बनाउन प्रस्ताव गरेपछि यसबारे पनि थप अध्ययन अघि बढेको छ । यसबारे अन्तिम निर्णय भने भैसकेको छैन । यसबारे विस्तृत अध्ययन गरी पेश गर्ने भनेर विद्युत् प्राधिकरण र भारतको केन्द्रीय विद्युत् प्राधिकरणलाई तीन महिनाको समय दिइएको छ । इक्वेटी लगानीपछि क्यापासिटी बुकिङ र यसको प्रतिफल लगायतबारे पनि दुवै निकायले टुंगो लगाउनेछन् । यो अन्तरदेशीय प्रसारणलाइन बनेपछि इनर्जी बैंकिङको सफल कार्यान्वयन धेरै सहज बन्नेछ । 
 बैंकमा जस्तै विद्युत्को बचत हुन्छ
श्रीरञ्जन लाकौल
पूर्वसचिव
नेपालमा विद्युत्को माग र आपूर्तिबीचमा असन्तुलन (मिसम्याच) को अवस्था छ । अधिकतम माग हुँदा उत्पादन कम हुने र वर्षामा बढी उत्पादन हुँदा यसले समस्या पनि सिर्जना गरेको छ । इनर्जी बैंकिङ गर्ने भनेको बैंकमा जस्तै विद्युत्को बचत गर्ने हो र चाहिने बेलामा ल्याउनेछ । यसले विद्युत् प्रणालीलाई दिगो र गुणस्तरीय बनाउँछ । नेपालको अहिलेको अवस्था वर्षामा बढी विद्युत् हुने र हिउँदमा चरम अभाव हुने अवस्था छ । इनर्जी बैंकिङ अघि बढेपछि यस्तो अवस्थाको अन्त्य हुन्छ । अहिलेको अप्ठेरोलाई सन्तुलनमा ल्याउँछ । इनर्जी बैंकिङ कार्यान्वयनमा गएपछि असन्तुलनको अवस्थालाई अन्त्य गर्छ । इनर्जी बैंकिङ गर्नका लागि कुनै चुनौती छैन । गाह्रो पनि छैन । अहिले पनि केही ठाउँमा प्रसारणलाइनबाट विद्युत् आदानप्रदान भइरहेको छ । तर, ठूलो मात्रामा हुन सकेको छैन । अब ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइनबाट हुन्छ । इनर्जी बैंकिङ गर्दा आयात र निर्यात दुवैमा प्रसारणलाइनमा चुहावट हुन्छ । यसको पनि टुंगो लगाउनुपर्छ । इनर्जी बैंकिङका लागि आवश्यक प्रसारणलाइनको पूर्वाधार पनि बनाउनुपर्छ । हामीले नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय प्रसारणलाइन ढल्केबर–मुजफ्फपुरबाट १ हजार मेगावाटसम्म इनर्जी बैंकिङ गर्न सक्छौ । अरू अन्तरदेशीय प्रसारणलाइन बनेपछि थप हुन्छ । अहिले त नेपालमा वर्षामा पनि विद्युत् बढी छैन, तर ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना बनेपछि वर्षामा बढी हुन्छ । यसले भविष्यमा सुक्खायाममा हुने विद्युत् अभाव पूर्ति गर्नका लागि ल्याउन सहज हुन्छ । यो सहमतिले यसका लागि धेरै राम्रो गर्छ । जहाँसम्म ग्रिड सिक्रोनाइजको कुरा छ, यो सम्भव छ । अहिले पनि कति ठाउँमा भैसक्यो । अब भारतको ठूलो ग्रिडसँग नेपालको सानो ग्रिड सिक्रोनाइज हुन्छ । ठूलो ग्रिडमा कमीकमजोरी भएमा त्यसको असर सानोमा पनि हुन्छ । यसले विद्युत् आपूर्तिमा उत्तारचढाव र गुणस्तरीयतामा कहिलेकाहीँ समस्या आउन सक्छ । ट्रिपिङको समस्या आउन सक्छ । ठूलो सिस्टम नराम्रो भए हाम्रो पनि नराम्रो हुन्छ । सानो सिस्टम गुणस्तरीय नियन्त्रण गर्न सहज हुन्छ, भोल्टेज राम्रै हुन्छ । खाली यसमा शंका मात्र हो, तर समग्रमा धेरै फाइदा हुन्छ । बंगलादेशले ५ सय मेगावाटसम्मको क्षमतालाई डीसीमा परिवर्तन गरेर भारतबाट विद्युत् लैजान्छ । एसीबाट डीसीमा लगेर आफ्नो देशमा आफ्नै प्रणाली अनुसार विद्युत् प्रवाह गर्छ । यो थप उपाय हो । नेपालमा पनि यसबारे विश्व बैंकले अध्ययन गरेको हो तर हाम्रो देशमा सिक्रोइनाज गर्दा हुन्छ भनेर गरिएको छ । दुवै देशको ग्रिड अब एउटै प्रकारको हुन्छ । सोअनुसारको पूर्वाधार इनर्जी बैंकिङका लागि नेपालले गर्नुपर्छ ।
अब टेक एन्ड पे पीपीए पूरै हट्नुपर्छ
कुमार पाण्डे
उपाध्यक्ष, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) 
इनर्जी बैंकिङ गर्न सक्दा नेपाललाई धेरै फाइदा हुन्छ । यसले बिजुलीको भाउ तोकिरहनु परेन । वर्षा र हिउँदको भाउ कति हुने भनेर टुंगो लगाउनु पर्दैन । वर्षामा बढी भएको भारतमा दिने र हिउँदमा अभाव भएको बेला ल्याउने हो । पछि त यसको दर त तोक्नैपर्ला तर तत्कालीन अवस्थामा परेन । अर्को फाइदा भनेको नेपालको खोलाले क्षमता भएसम्म उत्पादन गर्न पाउनुप-यो । यसका लागि सरकारले खुला गर्नुप-यो । लाभ र लागतका आधारमा खुला रूपमा अघि बढ्न दिनुपर्छ । अहिले क्यू ४०-क्यू ४५ भनेर भनिरहेका छौं । यो झन्झटतिर लाग्नु परेन । बजारले दिने दरमा लाभ र लागत हेरेर विकासकर्ताले विकास गरे हुने अवस्था आयो । अबको ८-१० वर्ष ठूलो जलाशययुक्त आयोजना निर्माण हुने अवस्था देखिँदैन । ठूलो जलाशययुक्त आयोजना नआउन्जेलसम्म इनर्जी बैंकिङले हिउँद र वर्षाको आपूर्ति र उत्पादनको व्यवस्था गर्न सक्छौं । हाम्रो लागि यो जलाशययुक्त आयोजनाजस्तै भयो । यो पनि हाम्रो लागि बिजुली भण्डार गर्ने नै हो । यो सहमति कार्यान्वयन भयो भने नेपालका लागि ठूलो जलाशययुक्त आयोजना निर्माण भयो भनेर सोच्दा हुन्छ । इनर्जी बैंकिङमा गए पनि नेपाल विद्युत् प्राधिकरणले आफ्नो काम गर्ने शैली परिवर्तन गर्नुप-यो । विद्युत्को किन्ने र दर तोक्ने व्यवस्थामा परिवर्तन गर्नुप-यो । जबरजस्ती प्रवद्र्धकलाई अर्धजलाशय (पीआरओआर) बनाउनका लागि भनिएको छ । यो आवश्यक भएन । अब लिऊ एन्ड तिर (टेक एन्ड पे) विद्युत् खरिद सम्झौता (पीपीए) पूरै हट्नुपर्छ । अनि पीपीए गर्ने भए पीआरओआरमा आऊ भन्ने जुन व्यवस्था छ, त्यो पनि हट्नुप-यो । बैंकिङ गर्ने हो भने कुन–कुन नाकाबाट कसरी गर्ने भनेर टुंगो लगाउनुपर्छ । कसकसले गर्ने हो, यसमा चुहावट र ह्विलिङ चार्ज कति हुने हो, त्यो पनि टुंगो लगाउनुपर्छ । प्राधिकरणले क्यू ४० सम्म त किन्छु भनेको छ, त्योभन्दा तल बनाए पनि प्राधिकरणले किन्छु भनेर प्रतिबद्धता जनाउनुप-यो । यसमा निजी क्षेत्रलाई पनि आबद्ध गराउनुप-यो । व्यापार गर्न पनि निजी क्षेत्र आउनुप-यो । निजी क्षेत्रलाई सकेसम्म ठूलो आयोजना बनाऊ भन्नुप-यो । १५ हजार मेगावाटभन्दा माथिका आयोजना अध्ययनमा छन्, यी सबै क्यू ४० मा निर्माण भइरहेका छन् । क्यू परिवर्तन गर्न सक्ने आयोजनाहरूलाई अब परिवर्तन गर भनेर सरकारले भन्नुपर्छ । जडित क्षमता परिवर्तन गरेर बढी दिन सक्छौ भने देऊ भनेर किनिदिन्छु भन्नुपर्छ । अझ म त यसका लागि ऊर्जा मन्त्रालयले सूचना जारी गर्नुपर्छ भन्छु । सकेसम्म बढी उत्पादन गर्नका लागि निर्मण गर्ने र वर्षामा भारतमा पठाएर भण्डारण गर्नका लागि आह्वान गर्नुपर्छ 

लोठसल्ला प्रतिकेजी १५ लाखसम्म बिक्री

बिहिवार, माघ १७, २०७५
विश्वमै संकटग्रस्त रूपमा रहेको र क्यान्सर रोगको उपचारका लागि मुख्य वनस्पतिको रूपमा लिइने ‘माइरेई’ लोठसल्लाको बल्ल नेपालमा गणना सुरु भएको हो । विश्वमै नेपाल, चीन, म्यानमार, इण्डोनेसिया, भुटान लगायतका देशमामात्र पाइने र प्रशोधनपछि महँगो मूल्यमा बिक्री हुने माइरेईको गणना सुरु भएको हो । नेपालको काभ्रे, सिन्धुली र मकवानपुर जिल्लामा मात्र पाइने तथा व्यवस्थित रूपमा बिक्री वितरण नहुँदा अति सस्तो मूल्यमा बिक्री भइरहेको सो लोठसल्लाको ग्रीनहुड नेपाल काठमाण्डौले अनुसन्धान सुरु गरेको जनाएको छ । 
ग्रीनहुडका अध्यक्ष कुमार पौडेलले विश्वमै संकटग्रस्त अवस्थामा पुगेको लोठसल्लाको तीन जातमध्येको एक माईरेइको अनुसन्धान सुरु गरिएको र एक बर्षदेखि अनुसन्धान पुरा गरिसकिने जानकारी दिए । “सरकारको संरक्षित वनस्पतिमध्ये एक सो वनस्पति विश्वमै कम मुलुकमा र नेपालमा तीन जिल्लामामात्र पाइने भएपनि यसबारे हालसम्म अध्ययन भएको छैन, सरकारको अनुमति लिएर अनुसन्धान अघि बढाएका छौं,” उनले भने, “लौठसल्लाको गणना तथा दिगो संकलन गर्ने लक्ष्यसहित अनुसन्धान सुरु गरिएको छ, यसबारे सरकारले निर्देशिका तयार गर्दैछ ।”
वन तथा वातावरण मन्त्रालय र सो अन्र्तगतको वनस्पति विभागबाट स्वीकृति लिएर ग्रीडहुडले अनुसन्धान सुरु गरेको छ । नेपालका तीन जिल्लामा एक हजारभन्दा कम मात्र मोईरेई भएको अनुमान गरिएको छ तर ऐकिन तथ्यांक सरकारसँग पनि छैन । अनुसन्धानमा संलग्न रेसु बस्याल फिल्डमा गएर रुख गन्ने काम सुरु भएको बताउँदै अनुसन्धान सकिएपछि यसको एकिन तथ्यांक आउने बताउँछिन् । क्यान्सरजन्य रोग निको पार्ने औषधिजन्य केमिकल पाइने सो लोठसल्ला प्राकृतिक वासस्थानको संरक्षणको अभावमा नाजुक अवस्थामा पुगेको छ । क्यान्सर उपचारका लागि प्रयोग आधुनिक औषधि ट्याक्ससोल नामक केमिकल बनाउन यसको उपयोग हुने गरेको छ । ५ देखि १० बर्षमा पात निकाल्न सकिने र ठूलो रुख हुन लामो समय लाग्ने सो वनस्पतिको रुख विगतमा भैंसीको किलो र घर निर्माणमा उपयोग गर्ने गरिएको छ । हाल संकलन गरेर जथाभावी रूपमा बिक्री भईरहेको सो वनस्पति प्रति केजी पाँच सय रूपैयामा बिक्री हुँदै आएको छ । काभ्रेको बेथानचोक क्षेत्रमा यसको नर्सरी स्थापना गरी प्रतिकेजी ५ सय रुपैयाँमा बिक्री हुँदै आएको छ । तर, फर्माकम्पास डटकमका अनुसार भारतले ताईवानमा प्रशोधन गरेर प्रति केजी झण्डै १५ लाख अर्थात १३ हजार ५ सय २२ डलरमा बिक्री भएको छ । 
नेपालमा पाइने तीन प्रजातीको लोठसल्ला मध्ये तीन प्रजाती कन्र्टोटा पश्चिम नेपालमा, माइरेइ मध्य नेपालमा र वाली चियानामध्यदेखि पूर्वसम्म पाइने गरेको छ । सरकारले बेचविखनका लागि उच्च प्राथमिकता दिए पनि हालसम्म बजार व्यवस्थापन भने गर्न सकेको छैन । बजार व्यवस्थापनको अभावमा गुन्द्रुकको भाऊमा बेच्नुपर्ने अवस्था छ । हेटौंडामा लोठसल्ला बिक्रीका लागि प्रशोधन केन्द्र स्थापना भएपनि हाल बन्द भएपछि लोठसल्लाको व्यवसायिक रूपमा खेती गर्दे आएका किसान समेत समस्यामा परेका छन् ।

न्यू बुटवल–गोरखपुरमा विश्वकै ‘नयाँ मोडेल’ प्रस्ताव

बुधवार, माघ १६, २०७५
भारतले न्यू बुटवल–गोरखपुर दोस्रो अन्तरदेशीय प्रसारणलाइनमा विश्वकै ‘नयाँ मोडेल’ प्रस्ताव गरेको छ । भारतीय अधिकारीहरूसँग भएको छलफलकै आधारमा भारततर्फको अन्तरदेशीय प्रसारण संयुक्त रूपमा बनाउने र नेपालले ७ वर्षसम्म एकल बुकिङ प्रस्ताव अस्वीकार गरेको भारतले शतप्रतिशत स्वपुँजी (इक्विटी) मा बनाउने गरी नयाँ मोडेल प्रस्ताव गरेको हो । माघ १० मा भएको नेपाल र भारतबीच भएको ऊर्जा व्यापार सम्झौता (पीटीए) गठित सचिवस्तरीय संयुक्त कार्यकारिणी समिति (जेएससी) को छैटौ बैठकमा ऋण नलिइ दुवै देशको आफ्ना सरकारी कम्पनीमार्फत शतप्रतिशत इक्विटी लगानी गर्नका लागि प्रस्ताव गरेको हो । नेपालले भने सकेसम्म नेपाल र भारततर्फ सरकार–सरकारमा बनाउनुपर्ने र नभएपनि सरकारीले लगानी गर्नुपर्ने प्रस्ताव गर्दै आएको थियो ।
२५ वर्षकै नेपालले एकल बुकिङ गरेको ढल्केबर–मुज्जफरपुर पहिलो अन्तरदेशीय प्रसारणलाइनमा ३० प्रतिशत इक्विटी र ७० प्रतिशत ऋणमा निर्माण गरिएको थियो तर नरम बन्दै दोसो अन्तरदेशीय प्रसारण लाइनमा यस्तो प्रस्ताव गरेको हो । नयाँ प्रस्तावअनुसार नेपाल सरकारले नेपाल विद्युत् प्राधिकरणमार्फत र भारतीय कम्पनीले सो देशको कम्पनीमार्फत इक्विटी लगानी गरिनेछ । भारतले कुन कम्पनीमार्फत गर्ने भन्ने एकिन नभएपनि भारतीय पावर ग्रिडमार्फत गर्ने सम्भावना छ । “अधिकांश ठूला परियोजनामा ऋण लगानी हुन्छ, इक्विटीले मात्र बन्दैन तर बैठकमा भारतले शतप्रतिशत इक्विटीमा बनाउन प्रस्ताव गरेको छ,” विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारी भन्छन्, “सम्भवतः संसारमै यस्तो मोडेल नयाँ हुनुपर्छ, जहाँ शतप्रतिशत इक्विटीमा बनाउन प्रस्ताव गरिएको छ ।”
हालै नयाँ दिल्लीमा भएको छलफलमा नेपालले भारतसमक्ष नेपालतर्फ आफैले बनाउने भारततर्फको प्रसारण लाइनमा दुवै देशले ५०÷५० प्रतिशत लगानी गर्ने र सात वर्षसम्म नेपालले एकल बुकिङ गर्ने तथा त्यसपछि संयुक्त रूपमा गर्नेमा भारतीय अधिकारी सकारात्मक बनेपछि १० माघमा पोखरामा भएको जेएससी बैठकमा सो प्रस्ताव गरेको थियो । भारतीय पक्षले ७ वर्षपछि कस्ले बुकिङ गर्ने, ऋण लगानी कसले गर्ने भन्नेबारेमा प्रश्न उठाउँदै नेपालको प्रस्ताव अस्वीकार गरेपनि शत प्रतिशत इक्विटीको प्रस्ताव भने राखेका थिए । यसबारे अन्तिम निर्णय भने भैसकेको छैन । दोस्रो अन्तरदेशीय प्रसारण लाइनका निर्माणका लागि यसबारे विस्तृत अध्ययन गरी पेश गर्ने भनेर विद्युत् प्राधिकरण र भारतको केन्द्रीय विद्युत् प्राधिकरणलाई तीन महिनाको समय दिइएको छ । इक्विटी लगानीपछि क्यापासिटी बुकिङ र यसको प्रतिफल लगायतबारे पनि दुवै निकायले टुंगो लगाउनेछन् ।
प्राधिकरणका अनुसार सो अन्तरदेशीय प्रसारण लाइनमा भारततर्फ १२० किलोमिर तथा नेपालतर्फ २० किलोमिटर प्रसारण लाइन बनाउनुपर्छ भने नेपालतर्फ २ अर्ब ५ करोड भारतीय रुपैयाँ तथा भारततर्फ ५ अर्ब १५ करोड भारतीय रुपैयाँ लाग्ने सन् २०१६ को अध्ययनले देखाएको छ । हाल बढेर भारतर्फतको प्रसारणलाइन निर्माणका लागि मात्र नेपाली रुपैयाँ करिब १० अर्ब लाग्ने अनुमान गरिएको छ । “करिब ५÷५ अर्ब इक्विटी हालेर अन्तरदेशीय प्रसारणलाइन बन्दैछ, यसको परिकल्पना गरिएको थिएन,” उनले भने । नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयका सचिव दिनेश घिमिरे तथा भारतको तर्फबाट विद्युत् मन्त्रालयका सचिव अजयकुमार भल्लाले नेतृत्व गरेको सो बैठकमा भारतको प्रस्तावसँगै नेपालले विगतमा सरकारी निकायकै संलग्नतामा प्रसारणलाइन बनाउने नेपालको अडानले मुर्त रूप पाउने देखिएको छ । प्राधिकरणका अनुसार सो अन्तरदेशीय प्रसारण लाइनमा भारततर्फ १२० किलोमिर तथा नेपालतर्फ २० किलोमिटर प्रसारण लाइन बनाउनुपर्छ भने नेपालतर्फ २ अर्ब ५ करोड भारतीय रुपैयाँ तथा भारततर्फ ५ अर्ब १५ करोड भारतीय रुपैयाँ लाग्ने सन् २०१६ को अध्ययनले देखाएको छ । हाल बढेर भारतर्फतको प्रसारणलाइन निर्माणका लागि मात्र नेपाली रुपैयाँ करिब १० अर्ब लाग्ने अनुमान गरिएको छ । “करिब ५÷५ अर्ब इक्विटी हालेर अन्तरदेशीय प्रसारणलाइन बन्दैछ, यसको परिकल्पना गरिएको थिएन,” उनले भने । नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयका सचिव दिनेश घिमिरे तथा भारतको तर्फबाट विद्युत् मन्त्रालयका सचिव अजयकुमार भल्लाले नेतृत्व गरेको सो बैठकमा भारतको प्रस्तावसँगै नेपालले विगतमा सरकारी निकायकै संलग्नतामा प्रसारणलाइन बनाउने नेपालको अडानले मुर्त रूप पाउने देखिएको छ । 
इनर्जी बंैकिङ कार्यान्वयन गर्न थप पूर्वाधार
दुई देशबीच इनर्जी बैकिङ (विद्युत् आदानप्रदान) गर्न भएको सहमतिले नेपालको जलविद्युत् क्षेत्रमा एउटा उत्साह जगाएको छ । सन् २०१९ पछि नेपालको बिजुली खेर जाने स्वयं नेपाल विद्युत् प्राधिकरणले समेत कोटा तोकेर लिऊ वा तिर (टेक अर पे )मा विद्युत् खरिद सम्झौता (पीपीपी) गरिरहेको र जलविद्युत्को अनुमतिपत्र (लाइसेन्स) लिएर भोलि टेक अर पे मा पीपीए गरिरहेका जलविद्युत् आयोजनाको लागि एउटा सुखद समाचार पनि हो । ऊर्जा मन्त्रालयका सह–सचिव एवं प्रवक्ता प्रवीणराज अर्यालका अनुसार यसले दुई देशबीचमा इनर्जी बैंकिङको लागि बाटो खुला गरेको छ तर यसका लागि थप संयन्त्र बनाएर यसको अनुगमन र सुरक्षाको खाँचो छ । यसको तयारी गर्नुपर्ने दायित्व नेपालको छ । दुई देशको प्रणालीमा सिङ्क्रोनाइज गर्नुपर्ने, ग्रीड कोडमा एकरूपता ल्याउनुपर्ने, यसको प्राविधिक रूपमा स्पेशल प्रोटेक्सन सिष्टम (एसपीएस)  गर्नुपर्ने, बिलिङ प्रणालीमा एकरूपता ल्याउनुपर्ने लगायतका थप तयारीले मात्र इनर्जी बैकिङ सम्भव छ ।
विज्ञहरूका अनुसार भारतमा राज्य–राज्यबीच विद्युत् आदानप्रदाको व्यवस्था भएपनि  सीमा पारीको नभएकोले भारतीय विद्युत् नियमन आयोगबाट यस सम्बन्धी निर्देशिका आउनुपर्ने अवस्था छ ।
 प्रणाली सिङ्क्रोनाइज गर्नका लागि पहिलो ढल्केबर–मुज्जफरपुर अन्तरदेशीय प्रसारणलाइनले पुग्ने भए पनि भारतमा कुनै प्राविधिक समस्या आएमा भने नेपालको विद्युत् प्रणालीमा समस्या हुने भएकोले यसबाट नेपालमा भारतप्रति अझै नराकात्मक धारणा वृद्धि हुने भएकोले न्यू बुटवल–गोरखपुर बनेमा सहज हुने भारतीय प्रतिनीधिहरूले बताउँदै आएका छन् । तर, प्रणाली सुरक्षाले पनि केही हदसम्म यसको समस्या समाधान गर्ने उनीहरूको बुझाइ छ । प्रणाली सिङ्क्रोनाइजका लागि पोखरा बैठकभन्दा तीन दिनअघि भारतको पावर ग्रीड र कोसोको उच्चस्तरीय समिति आएर सबस्टेसन भ्रमण गरी कहाँ कहाँ के गर्नुपर्ने भनेर यसको पहिचान भने गरिसकेको छ । 

Monday, January 28, 2019

३ सय विद्युतीय बस यातायात प्राधिकरणमार्फत

मंगलबार, माघ १५, २०७५
सरकारले यातायात प्राधिकरण नेपाल गठन गरी ३ सय विद्युतीय बस किन्ने योजना अघि बढाएको छ । यातायात प्राधिकरण गठनका लागि सैद्धान्तिक स्वीकृति दिइसकेको सरकारले प्राधिकरणमार्फत नै ३ सय सवारीसाधन किन्ने योजना अघि बढाएको हो । सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले यातायात प्राधिकरण नेपालमार्फत तीन सय विद्युतीय बस खरिद गरी सञ्चालन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको जानकारी दिए । 
“यातायात प्राधिकरण गठनका लागि सैद्धान्तिक स्वीकृति दिइसकेको छ भने तीन सय बस खरिद गर्ने निर्णय पनि भएको छ ।” उनले भने, “बसहरू निजी क्षेत्रसँगको सहकार्यमा सञ्चालनमा गर्ने लक्ष्य राखिएको छ ।” प्रदूषण रोक्ने उद्देश्यले विद्युतीय बसमा सरकारले जोड दिएको बताउँदै पेट्रो डलरलाई हाइड्रो डलरमा रूपान्तरण गर्ने गरी सरकार अघि बढेको बताए । तीन सय विद्युतीय बस सरकारी निकायबाट तथा निजी क्षेत्रले पनि विद्युतीय बसको खरिद गर्ने प्रक्रिया बढ्दै गएपछि हाल भइरहेको पेट्रोलियम पदार्थको आयात घटेर स्वदेशी विद्युत् यातायात व्यवस्थापनका लागि उपयोग हुने आशा सरकारको छ । 
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भने प्राधिकरण गठन प्रक्रिया प्रारम्भिक चरणमा रहेको जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटाले मन्त्रिपरिषद्बाट यातायात क्षेत्रको नियमन र व्यवस्थापनका लागि सैद्धान्तिक स्वीकृति दिएकाले स्वायत्त निकायको रूपमा अघि बढाउन मन्त्रालय अघि बढेको बताए । उनका अनुसार, सहरी क्षेत्रको यातायात व्यवस्थापन र नियमनमा प्राधिकरण सक्रिय हुनेछ । 
सरकारले ५ वर्षभित्र २० प्रतिशत विद्युतीय सवारी साधन पुर्याउने लक्ष्य लिएको छ । विद्युतीय सवारी साधनको चार्जका लागि आवश्यक पूर्वाधारका लागि नेपाल विद्युत् प्राधिकरण र नेपाल आयाल निगम अघि बढेको छ । प्राधिकरणले २० ठाउँमा चार्जिङ स्टेसन बनाउने योजना अघि बढाएको छ । सरकारले २० प्रतिशत विद्युतीय सवारी साधन बनाउने घोषणा गरे पनि हालसम्म विद्युतीय सवारीसाधनको वृद्धि गर्न रणनीति भने बनेको छैन । विज्ञहरूले सय रुपैयाँको इन्धन खर्च गर्नुपर्नेमा बिजुलीको सवारी साधनमा बिजुलीका लागि २०\२२ रुपैयाँमात्र खर्च गरे पुग्छ भने यसबाट आयातसँगै लागत पनि घटाउने बताउँदै आएका छन् तर हालसम्म विद्युतीय सवारी साधनको संख्या एक प्रतिशतभन्दा पनि कम छ ।
२०७४ मा मात्र विद्युतीय सवारी साधन भित्रिएको कुरा गर्ने हो भने झण्डै २ सय छ । अहिले उपयोग पनि बढेको छ । इभीको प्रयोग बढ्नुको कारणमध्ये एउटा त विश्वव्यापी रुपमै बढ्दै जानु पनि हो । अलि बढी जागरुक हुनुपर्ने भनेको सबै पेट्रोल बाहिरबाट ल्याएर पैसा विदेश पठाउनुभन्दा देशमा पर्याप्त रहेको जलविद्युत उपयोग गर्नु राम्रो हो । अहिले हेर्ने हो भने त विद्युतीय सवारी साधान धेरै कम छ । प्रतिशतमा कुरा गर्दा एक प्रतिशतभन्दा पनि कम छ ।
फाइदाकै कुरा गर्ने हो भने सय रुपैयाँको इन्धन खर्च गर्नुपर्नेमा विजुलीको सवारी साधनमा बिजुलीको लागि २०\२२ रुपैयाँ मात्र खर्च गरे पुग्छ । अहिले ३\४ खर्बको इन्धन आईरहेको बेलामा त्यसलाई प्रतिस्थापन गरियो भने एक खर्ब बराबरकै विजुलीबाट अहिले यातायात प्रणाली सञ्चालन सम्भव हुन्छ । पाँच वर्षभित्रमा २० प्रतिशत विद्युतीय सवारी साधन पुर्याउन सके पनि धेरै उपलब्धि हुन्छ । यसका लागि निर्माण गर्नुपर्ने चार्जिङ स्टेसन हो । विजुलीको पर्याप्तता भैसक्यो । नपुगे आयात गरेर पनि विद्युतीय सवारी साधनका लागि बिजुली उपलब्ध गराउन सकिने अवस्था छ ।
विद्युतीय सवारीका लागि चार्जिङ स्टेसनको अर्को महत्वपूर्ण कुरा हो । भोलि सबैले विद्युतीय सवारी साधन चलाउन चाहे भने अहिले चलाउन सक्ने अवस्था छैन । बढीभन्दा बढी उपयोगका लागि विद्युतीय सवारी साधनलाई प्रवद्र्धन गर्ने र उत्साहित गर्नुपर्छ । एउटा फाष्ट चार्जर राख्न २५\३० लाख लाग्छ । अर्को चार्जरको पनि समस्या छ । किया गाडीको चार्जर एउटा हुन्छ । महेन्द्रको अर्को हुन्छ । अर्को गाडीको अर्को हुन्छ । यसका लागि युनिभर्सल चार्जको विकास गर्नुपर्नेछ । एनइए इन्जिनियरिङ कम्पनीले यसको अध्ययन गरिरहेको छ । चार्जर एउटै हुने तर यूएसपी चार्जर फरक फरक राख्ने सक्ने गरी अध्ययन भइरकेको छ । किया, हुन्डाई, महेन्द्र सबै गाडीलाई हुने गरी चार्जर स्टेसन बनाउने सक्ने गरी अघि बढेको छ । यसका लागि तीन\चार वटा वाटलेट पनि चाहियो । आधा घण्टा त पर्खनुपर्यो । चार्जकै लागि लाइन लाग्नु पर्यो भने जनताले, त्यो झन समस्या हुन्छ । चार\पाँचवटा एकैपटक चार्ज हुन सक्नुपर्यो । चार्जिङ स्टेसनमा धेरै ठूलो लागत चाहिन्छ । लागत ठूला भयो भए पनि फाइदा भने धेरै छ । 
पाँच वर्ष अघिसम्म प्रविधि थिएन, ब्याट्रीबाट धेरै लागत लाग्थ्यो । अहिले व्याट्रीको भाऊ प्रत्येक वर्ष घटिरहेको छ । अहिलेको ७ लाखको व्याट्री सात वर्षपछि फेर्नुपर्यो भने ३ लाखमा आउँने अवस्था देखिएको छ । यस्तो अवस्थामा विद्युतीय सवारी साधनको भित्र्याउन ढिलाई गर्नु भनेको राष्ट्रलाई नै घाटा हो । तुरुन्तै लाग्नुपर्ने अवस्था छ । यसका लागि विद्युत् क्षेत्रभन्दा पनि अर्थ मन्त्रालय लाग्नुपर्छ । यसले विद्युत् व्यवस्थापनमा सहयोग पुर्याउनेदेखि व्यापार घाटा पनि एकदम कम गर्छ । बेलुका खेर जाने बिजुलीको पनि अधिकत्तम उपयोग हुन्छ । 
अहिले त कारको रेञ्ज धेरै बढेको छ । थोरैमा पनि १०० किलोमिटर छ । यसलाई आधार मान्ने हो भने हरेक ५० मिटरमा चार्जिङ स्टेशन राख्नुपर्छ । हाम्रो एक हजार किलोमिटरको राजमार्गमा २० वटा चार्जिङ स्टेसन भए पुग्ने भयो । यस अनुसार प्रत्येक हाइवेमा चार्जिङ स्टेसन राख्नुपर्छ । तर एउटा चार्जिङ स्टेसनमा एउटा मात्र राखेर त पुग्दैन । कम्तीमा ४\५ वटा चाहियो । यदि २० प्रतिशत गाडी विद्युतीय भए भने बर्षमा कति किलोमिटर गाडी गुड्छ त ? यसको आधारका कतिपटक चार्ज गर्नुपर्यो भने निस्कन्छ । यसको आधारमा कति चार्जिङ स्टेशनको लागि कति पैसा चाहियो भनेर पनि निस्कन्छ । अहिले सजिलै जुन विद्युतीय सवारी साधन थप्ने भनेका छौ, त्यो अनुसारको पूर्वाधार छैन । थप्नुपर्छ, यस्ता काममा सबैलाई उत्साहित पनि बनाउनुपर्छ । तर यसका लागि विद्युत् वितरण प्रणाली र चार्जिङ स्टेसनमा ठूलो लगानी गर्नुपर्छ । सवारी साधन गुडाउन प्रति किलोमिटर इन्धन १० खर्च रुपैयाँ लाग्छ भने बिजुली २ रुपैयाँमात्र भएपुग्ने अध्ययनले देखाएका छन् । 

ढुंगा गिट्टीको समस्याले अधिकांश जलविद्युत् आयोजना प्रभावित

http://karobardaily.com/news/development/15626
मंगलबार, माघ १५, २०७५
काठमाडौं-स्थानीय सरकारले थप राजस्व माग्दै पत्र पठाएपछि ढुंगा, गिट्टी, रोडा र माटोको समस्याका कारणले अधिकांश निर्माणाधीन जलविद्युत् आयोजनाको निर्माण प्रभावित भएको छ । 
स्थानीय तह र कतिपय वडा कार्यालयले समेत संघले तोकेको भन्दा थप दस्तुर बुझाएरमात्र उत्खनन गर्न गर्नका लागि पत्र पठाएपछि आयोजनाको निर्माण नै प्रभावित भएको हो । आयोजना निर्माणको काम प्रभावित भएपछि समस्या समाधानका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ज्ञापनपत्रसमेत बुझाएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले सोमबार ऊर्जामन्त्री वर्षमान पुनसँग समस्या समाधानका लागि आग्रह गरेका छन् । “स्थानीय सरकारले निर्माणाधीन जलविद्युत् आयोजनाले प्रयोग गर्ने निर्माण सामग्री उपयोग गरे वापत थप राजस्व तिर्न पत्र पठाएपछि अधिकांश जलविद्युत् आयोजनाको निर्माण प्रभावित भएको छ,” इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाईंले भने, “आयोजनाको अनुमतिपत्र (लाइसेन्स) लिँदा तथा सरकारले तोकेका अन्य राजस्वसमेत तिर्ने कारणले निर्माण सामग्री उपयोगमा रोक नलगाउन मन्त्रीसँग आग्रह गरिएको बताए ।” मन्त्री पुनले भने नीतिगत समस्या भएकोले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका साथै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग छलफल गरेर टुग्याउने बताएका थिए । 
इप्पानले भने स्थानीय निर्माण सामग्री उत्खनन तथा प्रशोधन बिना निर्माण असम्भव भएको बताउँदै तत्काल समस्या समाधान गर्न आग्रह गरेका छन् । उत्पादन लाइसेन्स लिँदानै प्राकृतिक स्रोत उपयोग गरे वापत १५ वर्षसम्म उत्पादित बिजुलीमा २ प्रतिशत र प्रतिकिलोवाट एक सय रुपैयाँ तथा १५ वर्षपछि उत्पादित बिजुलीमा १० प्रतिशत र प्रतिकिलोवाट एक हजार दरले वार्षिक रूपमा राजस्व तिर्नुका साथै स्थानीय सरकारले खर्च गर्ने गरी स्थानीय सहयोग कार्यक्रमका लागि एक सय मेगावाटभन्दा मुनिका आयोजनाका लागि ०.७५ प्रतिशत र एक सय मेगावाटमाथिका आयोजनाको लागि ०.५ प्रतिशत तथा ३५ वर्षपछि स्वतः सरकारको हुने हुनाले सहजीकरण गर्न इप्पानले मन्त्रालयसँग माग गरेको छ । इप्पानका पूर्वअध्यक्ष डा. सुवर्णदास श्रेष्ठ राजस्व, स्थानीय तहले खर्च गर्ने गरी थप स्थानीय सहयोग कार्यक्रमका लागि थप राजस्व बुझाउने र ३५ वर्षपछि सरकारकै हुने हुनाले निर्माण सामग्रीमा छुट्टै कर लगाउने व्यवस्थालाई हटाउनुपर्ने माग आफूहरूको रहेको बताउँछन् ।

दुई वर्षदेखि आयोजनाको काम प्रभावित

मंगलबार, माघ १५, २०७५
राष्ट्रिय महत्वको हेटौंडा–ढल्केबर–दुहबी ४०० केभी डबल सर्किट प्रसारणलाइन आयोजनाबारे मन्त्रिपरिषद्ले गरेको निर्णय कार्यान्वयन गर्न डिभिजन वन कार्यालय सप्तरीले अटेरी गरेको छ । 
मन्त्रिपरिषद्को १ भदौ २०७३ को आयोजनाको सप्तरीमा पर्ने टावर तथा २३ मिटर दायाँ र २३ मिटर बायाँ प्रसारण लाइनको रुट (राइट अफ वे)का लागि ३१.६७ हेक्टर वन क्षेत्रको जग्गा प्रयोग गर्न र त्यहाँ रहेका रुखबिरुवा हटाउन स्वीकृति दिए पनि वन कार्यालयले कार्यान्वयनमा अटेरी गरेको हो । आयोजना र वन विभागबीच १९ मंसिर २०७३ मा सम्झौता भई कार्यान्वयनका लागि तत्कालीन जिल्ला वन कार्यालय सप्तरी पठाए पनि हालसम्म कार्यान्वयन भएको छैन । वन कार्यालयका प्रमुख (डीएफओ) धिरेन्द्रप्रताव सिंहले विभिन्न वहनामा रुख कटानका लागि समयमै आदेश नदिँदा आयोजनाको काम रोकिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रुख कटानको स्वीकृति दिन आयोजनाले पटक–पटक गरेकोे ताकेतालाई वन कार्यालयका प्रमुखले अस्वीकार गर्दा सप्तरीमा पर्ने आयोजनाको टावर निर्माण नै रोकिएको बताए । 
समयमै वन कार्यालयले स्वीकृति नदिँदा ४ हजार ८ सय ४१ थान रुख संख्या हटाउने तथा भोगाधिकार उपलब्ध गराउन स्वीकृति भएकोमा २ वर्षपछि पुनः टाँचा लगाउने प्रयोजनको लागि भेरिफिकेसन गर्दा ८ सय ९९ रुख थपिएको छ । यसका लागि थप स्वीकृति गर्नुपर्ने देखिएपछि अहिले यसको फाइल वन विभागमा पुगेको छ । रुख कटानसम्बन्धी वन कार्यालय प्रमुखले ढिलाइ गरिदिएको कारण काम प्रभावित भएको आयोजना प्रमुख राधेशरण महतोले बताए । “विभागसँग भएको सम्झौता लगत्तै कार्यान्वयन नगरी वन कार्यालय प्रमुखले विभिन्न बहाना बनाएर २०७४ पुससम्म केही नगरी फाइल थन्काएर राखेपछि अहिले थप स्वीकृतिका लागि फाइल विभागमा पुगेको छ अझै कति समय लाग्ने हो केही टुंगो छैन,” उनले भने । विभागमा फाइल बल्ल ११ माघमा दर्ता भएको छ । तत्काल कटान सुरु नगर्ने हो भने छपान गरिएका रुखमा राखिएको नम्बर मेटिने हुँदा पुनः छपान गर्नुपर्ने र यसले गर्दा आयोजनाको काम झनै प्रभावित हुने आयोजनाले जनाएको छ । 
नेपाल सरकार, प्राधिकरणको लगानी र विश्व बैकको नेपाल–भारत विद्युत् प्रसारणलाइन तथा व्यापार परियोजना अन्तर्गतको सहुलितपूर्ण निर्माण भइरहेको आयोजनाको निर्माण अप्रिल २०२० मा सक्ने लक्ष्य राखिएको छ । नेपालभित्रको प्रसारणलाइन सुदृढीकरण गर्न र नेपाल–भारतबीचको विद्युत् व्यापारलाई सहज बनाउन प्रसारण लाइनको निर्माण भइरहेको हो । प्रसारण लाइनको निर्माण करिब एक वर्षभित्रमा सम्पन्न नगरेमा ४५६ मेगावाटको माथिल्लो तामाकोसीको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न नसकी खेर जाने अवस्था आउन सक्ने प्राधिकरणले जनाएको छ । हालसम्म प्रसारण लाइनको ६० प्रतिशतमात्र काम सकिएको छ भने २०२० को अप्रिलमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । “मुलुकको पूर्वदेखि पश्चिमसम्म धेरै जिल्ला पार गर्दै उच्च क्षमताका प्रसारण लाइनको निर्माण गर्नु पर्नेछ, हरेक डीएफओले यसरी नै अवरोध गर्ने हो भने प्रसारण लाइनको निर्माण कसरी गर्न सकिन्छ र हामीले भन्दै आएको ऊर्जा क्षेत्रको विकास कसरी हुन्छ ?” प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ भन्छन् । 
माथिल्लो तामाकोसीबाट आगामी कात्तिकबाट विद्युत् उत्पादन गर्ने लक्ष्य तय गरिएको छ । दोलखाको गोंगर–खिम्ती (रामेछाप)–ढल्केबर (धनुषा) २२० केभी प्रसारण लाइनमार्फत आउने विद्युत् ढल्केबर पूर्व र पश्चिममा हाल रहेको १३२ केभी प्रसारण लाइनको क्षमताले नधान्ने हुँदा माथिल्लो तामाकोसीको विद्युत् प्रवाह गर्न नसकिने घिसिङले जानकारी दिए ।
हेटांैडा–ढल्केबर–दुहबी २८५ किलोमिटर प्रसारणलाइन आयोजनाले ७९२ वटा टावरमध्ये सप्तरीमा १४२ वटा पर्छ । त्यसमध्ये ११७ टावरको जग हालिएको छ । बाँकी २५ मध्ये १३ वटा वन क्षेत्रभित्र पर्छ ।

नेपालको प्रस्ताव भारतद्वारा अस्वीकार

http://karobardaily.com/news/development/15500
शुक्रवार, माघ ११, २०७५
दोस्रो अन्दरदेशीय प्रसारणलाइन निर्माणमा सात वर्षसम्म एकल बुकिङ गर्ने र त्यसपछि संयुक्त रूपमा गर्ने नेपालको प्रस्तावलाई भारतले अस्वीकार गरेको छ । नेपाल र भारतबीच भएको ऊर्जा व्यापार सम्झौता (पीटीए)पछि गठित सचिवस्तरीय संयुक्त कार्यकारिणी समिति (जेएससी) को छैटौं बैठकमा दोस्रो न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रशारणलाइन निर्माणमा नेपालले गरेको प्रस्ताव भारतले अस्वीकार गरेको हो । नयाँदिल्लीमा यसअघि भएको छलफलमा नेपालले भारतसमक्ष नेपालतर्फ आफैंले बनाउने,  भारततर्फको प्रसारणलाइनमा दुवै देशले ५०÷५० प्रतिशत लगानी गर्ने र सात वर्षसम्म नेपालले एकल बुकिङ गर्ने तथा त्यसपछि संयुक्त रूपमा गर्ने विषयमा सकारात्मक देखिएको थियो । तर, बिहीबार पोखरामा भएको जेएससी बैठकमा सो प्रस्तावप्रति भारत असहमत बनेको हो ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता प्रवीणराज अर्यालले नेपालले गरेको प्रस्तावमा भारत सकारात्मक नभएकोले थप छलफल गर्ने निर्णय भएको जानकारी दिए । “नेपालले सात वर्षसम्म सो अन्तरदेशीय प्रसारण लाइनको एकल बुकिङ गर्ने, त्यसपछि संयुक्त गर्ने र भारततर्फको प्रसारण लाइनमा ५०÷५० प्रतिशत लगानी गर्ने प्रस्ताव गरेकोमा भारतीय पक्ष सहमत हुन सकेन,”  उनले भने, “यसबारे थप छलफल गर्ने टुंगो लागेको छ  ।” नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव दिनेश घिमिरे तथा भारतको तर्फबाट विद्युत् मन्त्रालयका सचिव अजयकुमार भल्लाले नेतृत्व गरेको सो बैठकमा भारतीय पक्षले ७ वर्षपछि कसले बुकिङ गर्ने, ऋण लगानी कसले गर्ने भन्नेबारेमा प्रश्न उठाउँदै नेपालको प्रस्ताव अस्वीकार गरेको थियो । नेपालले भने स्वपुँजीमा बनाउन सकिने, सात वर्षपछि विद्युत् निर्यात गर्ने भारतको बिहारलगायतले बुकिङ गर्न सक्नेलगायत विकल्प दिएपनि भारतीय पक्ष भने यसमा सहमत भएन ।नेपाल विद्युत् प्राधिकरणका अनुसार सो अन्तरदेशीय प्रसारणलाइनमा भारततर्फ १२० किलोमिर तथा नेपालतर्फ २० किलोमिटर प्रसारणलाइन बनाउनुपर्छ भने नेपालतर्फ २ अर्ब ५ करोड भारतीय रुपैयाँ तथा भारततर्फ ५ अर्ब १५ करोड भारतीय रुपैयाँ लाग्ने सन् २०१६ को अध्ययनले देखाएको छ । बैठकले इनर्जी बैकिङलाई अघि बढाउने भने निर्णय गरेको छ । तर, यसका लागि दुई देशको प्रणालीमा सिंक्रोनाइज गर्नुपर्ने, ग्रीड कोडमा एकरूपता ल्याउनुपर्ने र यसको प्राविधिक रूपमा संरक्षण (प्रोजेक्सन) लगायतमा भने थप अध्ययन गर्ने भएको छ । यसका लागि संयन्त्र बनाएर यसको अनुगमन र संरक्षणको कार्य अघि बढाउने गरी सहमति भएको प्रवक्ता अर्यालले जानकारी दिए । यसैगरी १३२ केभीको कटैया–कुसाहा प्रसारणलाइनको दोस्रो सर्किट नेपालले बनाउनका लागि भने दुवै पक्ष सहमत भएको छ । रक्सोल–परवानीपुरमा थप अध्ययन गरिने भएको छ भने नौतनहाबाट बुटवलतर्फ आउने १३२ केभीको लाइन नेपालले आफैं बनाउन  तथा टनकपुरमा तीन महिनाभित्र नयाँ थप १०० एमभीएको ट्रान्सफर्मर राखिदिन पनि भारतीय पक्ष सहमत भएको छ । बैठकमा नेपाल पक्षले बंगलादेशमा विद्युत् व्यापारका लागि त्रिपक्षीय सहकार्यको प्रस्ताव गरेकोमा यसबारे थप छलफल गरेर अघि बढ्न भारतीय पक्ष सहमत भएको छ । बैठमा प्रस्तावित ४०० केभीका तेस्रो न्यू लम्की–बरेली तथा न्यू दुहबी–न्यू पूर्णिया अन्तरदेशीय प्रसारण लाइनको थप सम्भाव्यता अध्ययन गरेर अघि बढ्ने सहमति पनि भएको छ । भारतीय बजारमा नेपाली बिजुलीको पहुँचबारे भारतीय नियमन आयोग लगायतसँग छलफल गरी थप अघि बढ्न पनि भारतीय पक्ष सकारात्मक देखिएको प्रवक्ता अर्यालले जानकारी दिए । 

हरित जलवायु कोष लगानीमा बाटो खुल्यो

मंगलबार, माघ १५, २०७५
काठमाडौं-जलवायु परिवर्तनका कारण पारेको असरलाई न्यूनीकरण गरी नेपालमा जलवायु अनुकुलनसम्बन्धी परियोजनामा लगानीका लागि बाटो खुलेको छ । संयुक्त राष्ट्र संघ हरित जलवायु कोषले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलाई छनोट गरेसँगै परियोजनामा लगानीका लागि बल्ल बाटो खुलेको हो । 
सरकारले कोषका लागि नेपालको तर्फबाट केन्द्र र राष्ट्रिय प्राकृतिक संरक्षण कोषलाई सिफारिस गरेकोमा सोमबार मात्र केन्द्रलाई छनोट गरेको छ । “नेपालमा जलवायुको असरलाई न्यूनीकरणका लागि जलावायु अनुकुल सम्बन्धी परियोजनामा लगानीका लागि सानो (स्मल) तर्फ लगानी गर्नका लागि हरित कोषले केन्द्रलाई छनोट गरेसँगै लगानीको ढोका खुलेको छ,” केन्द्रका कायममुकायम कार्यकारी निर्देशक नवराज ढकालले भने, “अब फेब्रुअरीको अन्तिममा हुने यूएन ग्रीन क्लाईमेट कोषको बोर्ड बैठकले यसका लागि स्वीकृति दिएसँगै परियोजना लगानीका प्रस्ताव पेस गर्न औपचारिक रूपमा बाटो खुल्नेछ ।” केन्द्रले परियोजनाका लागि १० देखि ५० मिलियन डलरसम्म लगानीका लागि प्रस्ताव पेश गर्न सक्नेछ । 
केन्द्र छनोटसँगै नेपालले वैकल्पिक ऊर्जाका प्रविधिसँगै हरित यातायात, कृषि लगायतका क्षेत्रमा समेत लगानीको प्रस्ताव गर्न सक्नेछ । यसका लागि कोषले अनुदान, ऋण, स्वपँुजी (इक्विटी) लगायतमा लगानी गर्न सक्नेछ । सन् २०१६ को डिसेम्बरमा अर्थ मन्त्रालयले केन्द्र र कोषलाई सिफारिस गरेपछि यसका लागि सन् २०१७ देखि प्रक्रिया अघि बढेको थियो । दुवैले नेपालमा सो कोषको रकमका लागि प्रस्ताव गरेपछि झण्डै दुई वर्षपछि नेपालले कोषमा प्रवेश पाउन लागेको हो ।


Saturday, January 26, 2019

न्यून बुटबल–गोरखपूर प्रसारण लाइनमा भारतद्धारा प्रस्ताव अस्वीकार

नेपाल–भारत जेएससीको छैटौ बैठक

–इनर्जी बैकिङमा सहमति
–ग्रीड सिक्रोनाइजबारे थप अध्ययन गरिने
–वंगलादेशको व्यापारमा सकारात्मक
–दुई प्रसारण लाइन नेपाललाई बनाउन दिने
भीम गौतम
काठमाण्डौ, १० माघ । नेपालले दोस्रो अन्दरदेशीय प्रसारण लाइन निर्माणमा सात बर्षसम्म नेपालले एकल बुकिङ र त्यसपछि संयुक्त रुपमा गर्ने प्रस्तावलाई भारतले अस्वीकार गरेको छ ।
नेपाल र भारतबीच भएको ऊर्जा व्यापार सम्झौता (पीटीए) गठित सचिवस्तरीय संयुक्त कार्यकारिणी समिति (जेएससी) को छैटौ बैठकमा दोस्रो न्यूबुटबल–गोरखपुर अन्तरदेशीय प्रशारण लाइन निर्माणमा नेपालले गरेको प्रस्ताव अस्वीकार गरेको हो । हालै नयाँ दिल्लीमा भएको छलफलमा नेपालले भारत समक्ष नेपालतर्फ आफैले बनाउने, भारततर्फको प्रसारण लाइनमा दुवै देशले ५०÷५० प्रतिशत लगानी गर्ने र सात बर्षसम्म नेपालले एकल बुकिङ गर्ने तथा त्यसपछि संयुक्त रुपमा गर्नेमा भारतीय अधिकारी सकारात्मक बनेपछि बिहीबार पोखरामा भएको जेएससी बैठकमा सो प्रस्ताव गरेको थियो । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयका सह–सचिव एवं प्रवक्ता प्रवीणराज अर्यालले नेपालले गरेको प्रस्तावमा भारत सकारात्मक नभएकोले थप छलफल गर्ने निर्णय भएको जानकारी दिए । ‘नेपालले सात बर्षसम्म सो अन्तरदेशीय प्रसारण लाइनको एकल बुकिङ गर्ने, त्यसपछि संयुक्त गर्ने र भारततर्फको प्रसारण लाइनमा ५०÷५० प्रतिशत लगानी गर्ने प्रस्ताव गरेकोमा भारतीय पक्ष सहमत हुन सकेन ।’–उनले भने–‘यसबारे थप छलफल गर्ने टुंगो लागेको छ ।’
नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयका सचिव दिनेश घिमिरे तथा भारतको तर्फबाट विद्युत मन्त्रालयका सचिव अजयकुमार भल्लाले नेतृत्व गरेको सो बैठकमा भारतीय पक्षले ७ बर्षपछि कस्ले बुकिङ गर्ने, ऋण लगानी कस्ले गर्ने भन्नेबारेमा प्रश्न उठाउँदै नेपालको प्रस्ताव अस्वीकार गरेको थियो । नेपालले भने स्वपुँजीमा बनाउन सकिने, सात बर्षपछि विद्युत निर्यात गर्ने भारतको विहार लगायतले बुकिङ गर्न सक्ने लगायतका विकल्प दिएपनि भारतीय पक्ष भने यसमा सहमत भएन ।
नेपाल विद्युत प्राधिकरणका अनुसार, सो अन्तरदेशीय प्रसारण लाइनमा भारततर्फ १२० किलोमिर तथा नेपालतर्फ २० किलोमिटर प्रसारण लाइन बनाउनुपर्छ भने नेपालतर्फ २ अर्ब ५ करोड भारतीय रुपैयाँ तथा भारततर्फ ५ अर्ब १५ करोड भारतीय रुपैयाँ लाग्ने सन् २०१६ को अध्ययनले देखाएको छ ।
बैठकले इनर्जी बैकिङलाई अघि बढाउने भने निर्णय गरेको छ तर यसका लागि दुई देशको प्रणालीमा सिक्रोनाइज गर्नुपर्ने, ग्रीड कोडमा एकरुपता ल्याउनुपर्ने र यसको प्राविधिक रुपमा संरक्षण (प्रोजेक्टन) लगायतमा भने थप अध्ययन गर्ने भएको छ । यसका लागि थप संयन्त्र बनाएर यसको अनुगमन र संरक्षणको कार्य अघि बढाउने गरी सहमति भएको प्रवक्ता अर्यालले जानकारी दिए ।
त्यसैगरी १३२ केभीको कटैया–कुसाहा प्रसारण लाइनको दोस्रो सर्किट नेपालले बनाउनका लागि भने दुवै पक्ष सहमत भएको छ भने रक्सौल–पर्वाहीपुरमा थप अध्ययन गरिने भएको छ । त्यसैगरी नौतनहाबाट बुटबलतर्फ आउने १३२ केभीको लाइन नेपाल आफै बनाउन  तथा टनकपुरमा तीन महिनाभित्र नयाँ थप १०० एमभीएको ट्रान्सफर्मर राखिदिन पनि भारतीय पक्ष सहमत भएको छ ।
बैठकमा नेपाल पक्षले वंगलादेशमा विद्युत व्यापारका लागि त्रिपक्षीय सहकार्यको प्रस्ताव गरेकोमा यसबारे थप छलफल गरेर अघि बढ्न भारतीय पक्ष सहमत भएको छ । बैठमा प्रस्तावित ४०० केभीका तेस्रो न्यू लम्की–बरेली तथा न्यू दुहबी–न्यू पुर्णिया अन्तरदेशीय प्रसारण लाइनको थप सम्भाव्यता अध्ययन गरेर अघि बढ्ने सहमति पनि भएको छ । भारतीय बजारमा नेपाली बिजुलीको पहुँचबारे भारतीय नियमन आयोग लगायतसँग छलफल गरी थप अघि बढ्न पनि भारतीय पक्ष सकारात्मक देखिएको प्रवक्ता अर्यालले जानकारी दिए ।

Thursday, January 24, 2019

नेपाल–भारत जेएससी बैठक आज

http://karobardaily.com/news/development/15461
 बिहिवार, माघ १०, २०७५
नेपाल र भारतबीच भएको ऊर्जा व्यापार सम्झौता (पीटीए) गठित सचिवस्तरीय संयुक्त कार्यकारिणी समिति (जेएससी) को छैटौ बैठक बिहीबार पोखरामा हुँदैछ । बुधबार सह–सचिवस्तरीय संयुक्त कार्यसमूह (जेडब्लूजी) बैठक सकिएपछि सचिवस्तरीय बैठक बस्न लागेको हो । सचिवस्तरीय बैठकको नेतृत्वको नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेश घिमिरे तथा भारतको तर्फबाट विद्युत्् मन्त्रालयका सचिव अजयकुमार भल्लाले गर्दैछन् । बुधधार भएको सह–सचिवस्तरीय बैठकमा न्यू बुटवल–गोरखपूर दोस्रो अन्तरदेशीय प्रसारण लाइनको ढाँचा र इनर्जी बैकिङसहित १४ एजेण्डामा छलफल भएको थियो । विभिन्न एजेण्डामा बैठकमा छलफल भएको र बिहीबार बस्ने सह–सचिवस्तरीय बैठकले विभन्नि एजेण्डाबारे छलफल गरेर टुंगो लगाउने सह–सचिवस्तरीय बैठकको नेतृत्व गरेका अर्यालले जानकारी दिए । 
बैठकमा न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारणलाइन निर्माणको ढाँचा, दुई देशबीचको इनर्जी बैकिङका साथै प्रस्तावित ४०० केभीका तेस्रो न्यू लम्की–बरेली तथा न्यू दुहबी–न्यू पुर्णिया अन्तरदेशीय प्रसारण लाइनको अध्ययनका साथै भारतीय कम्पनीद्वारा निर्माण गरिरहेका नौ सय मेगावाटका अरुण तेस्रो र माथिल्लो कर्णाली लगायतका अन्य जलविद्युत् आयोजनाहरूबारे पनि छलफल भएको थियो । १३२ केभीको कटैया–कुसाहा र रक्सौल–पर्वानीपूर दोस्रो सर्किट निर्माण, दुई देशबीच खुल्ला प्रतिष्पर्धाबाट विद्युत् खरिद प्रकृया, भारत सरकारले ल्याएको अन्तरदेशीय विद्युत् व्यापारको निर्देशिकाको समीक्षा र प्रगतिबारे समेत छलफल भएको थियो ।
न्यू बुटवल–गोरखपूर अन्तरदेशीय प्रसारण लाइनबाट विद्युत् आदानप्रदानको क्रममा ७ बर्ष नेपालले एकल बुकिङ गर्ने तथा त्यसपछि संयुक्त रुपमा बुकिङ गर्ने गरी अघि बढ्ने विषयमा छलफल भएको थियो भने भारतर्फको प्रसारण लाइन निर्माणमा दुवै देशले ५०÷५० प्रतिशत लगानी गर्ने गरी छलफल भएको थियो । यसबारे भने सचिवस्तरीय बैठकले निर्णय गर्ने अर्यालले जानकारी दिए ।

Tuesday, January 22, 2019

जलविद्युत्मा नियमावलीविपरीत निर्देशिका

http://karobardaily.com/news/development/15418
बुधवार, माघ ९, २०७५
ऊर्जा मन्त्रालयले ल्याएको विद्युत् आयोजनाको अनुमतिपत्र (लाइसेन्स)सम्बन्धी निर्देशिका २०७५ विद्युत् नियमावलीविपरीत देखिएको छ । कुनै जलविद्युत्को सर्भे लाइसेन्सको अवधि पाँच वर्ष नपुगी आयोजना दु्रतगतिमा अघि बढाउन चाहेमा र त्यो क्रममा कुनै विवरण थप गर्नुपर्नेमा समय नै नदिइ खारेज गर्ने लगायतका व्यवस्था नियमावलीविपरीत देखिएको हो । नियमावलीले भने पाँच वर्ष पुगेपछि विद्युत् उत्पादनका लागि दरखास्तवालाले दरखास्तसाथ पेश गर्नुपर्ने कुनै कागजात, विवरण वा प्रतिवेदन पेश गरेको नभएमा दरखास्त दिएको मितिले ४५ दिनभित्र सो कुराको सूचना दिनुपर्ने उल्लेख गरेको छ । तर, निर्देशिकामा भने पाँच वर्ष व्यतित नहुँदै विद्युत् उत्पादनको लाइसेन्सका लागि दरखास्त दिएमा प्रर्वद्धकले त्यस्तो दरखास्तसाथ सम्भाव्यता अध्ययन प्रतिवेदन, स्वीकृति वातावरणीय अध्ययन प्रतिवेदन, उद्योग दर्ता प्रमाणपत्र र विद्युत् जडान सम्झौता पेश नगरेमा त्यस्तो उपर कारबाही नगरिने उल्लेख छ । यसले छिटो जलविद्युत् उत्पादन गर्न चाहाने प्रवद्र्धकहरूलाई थप विवरण बुझाउन समय नदिइ नियमावलीविपरीत निर्देशिका बनाइएको भन्दै प्रवद्र्धकहरूले विरोध गर्दै आएका छन् । “नियमावलीभन्दा विपरीत निर्देशिका बनाएर छिटो जलविद्युत् आयोजना बनाउने प्रवद्र्धकलाई निरुत्साहित गर्ने काम भएको छ,” जलविद्युत् प्रवद्र्धक प्रकाश दुलाल भन्छन्, “झन चाँडो जलविद्युत् आयोजना बनाउनेलाई विशेष सुविधा दिनुपर्नेमा उल्टो सिधै खारेजीमा पर्ने गरी व्यवस्था ल्याउनु गलत हो ।” उनी मन्त्रिपरिषद्ले पारित गरेको ऊर्जा संकटकाल कार्ययोजना २०७२ मा छिटो जलविद्युत् आयोजना दिनेलाई विशेष दिने व्यवस्था भएपनि त्यसको विपरीत निर्देशिका ल्याइएको बताउँछन् । नियमावलीमा सबैलाई सम्मान व्यवस्था भए पनि निर्देशिकाले पाँच वर्ष पुगेका आयोजनाको केही सर्त राखेर दुई वर्ष थप विस्तार गर्न सकिने व्यवस्था गरे पनि पाँच वर्ष नपुगेको हकमा समय नै नदिइ खारेज गर्ने व्यवस्था गर्नु प्राकृतिक कानुनको सिद्धान्तविपरीत समेत रहेको प्रबद्र्धकहरूको भनाइ छ । अहिले निर्देशिकामा दुई वर्षभित्र सर्भेक्षण गर्दा क्षमता बढेमा ५ वर्षकै राजस्व तिर्नुपर्ने व्यवस्था गरिएको छ । दुई वर्ष उपयोग भएकोमा पाँच वर्षकै राजस्व तिर्नुपर्ने लगायतका व्यवस्था गरिएको भन्दै यसको समेत विरोध भएको छ । त्यसैगरी म्याद थपको दरखास्त ढाँचामा समेत ‘कानुन बमोजिम सहुँला, बुझाउँला’ भन्ने व्यवस्थालाई बेवास्ता गरेर खारेजी गरेमा मञ्जुरी छ भनेर प्राकृतिक न्यायको सिद्धान्तविपरीत व्यवस्था गरिएको उल्लेख छ । संलग्न विवरणहरू तथ्यमा आधारित नपाइएमा वा संलग्न कार्यतालिकाअनुसार उल्लेखनीय रुपमा कार्य प्रगति गर्न नसकेमा प्रचलित कानुन तथा अनुमतिपत्रमा उल्लेखित शर्तहरू बमोजिम अनुमतिपत्र रद्दसम्मको कारबाहीमा भएमा मेरो÷हाम्रो पूर्ण सहमति छ र त्यसविरुद्ध कुनै उजुर गर्ने छैन, छैनौ भन्ने ढाँचामा उल्लेख छ । यो समेत कानुनी सिद्धान्त विपरीत भएको प्रवद्र्धकहरूको भनाइ छ । ऐन संसदले र नियमावली मन्त्रिपरिषद्ले र निर्देशिका मन्त्रिस्तरीय निर्णयले बनाउने भएपनि एक अर्कामा बाँझ्न नहुने कानुन व्यवसायीहरू बताउँछन् । कानुन व्यवसायी केदार कोइराला नियमावली विपरीत निर्देशिका बनाउन नमिल्ने र विपरीत देखिएमा स्वतः वदरभागी हुने बताउँछन् । सरोकारवालाहरूसँग छलफल नगरी ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयले निर्देशिका ल्याएकोले यस्तो अवस्था आएको प्रवद्र्धकहरूले बताउँछन् । अधिकांश जलविद्युत् निर्देशिका मन्त्री र सचिवको स्वार्थमा आउने भएकोले यस्तो समस्या आउने गरेको छ तर विद्युत् विकास विभागका महानिर्देशक मधु भेटवाल भने कार्यविधिमा त्यस्तो पाइएमा सुधार गर्न तयार रहेको बताउँछन् । “त्यस्तो छ भन्ने लाग्दैन, यदि कुनै सुधार गर्नुपर्ने भएमा सकारात्मक सोच लिई त्यसमा सुधार गर्न विभाग तयार छ,” उनी भन्छन् । जलविद्युत् प्रवद्र्धकहरूको गुनासो आएपछि विभागले यसबारे समीक्षा गरिरहेको स्रोतले जनाएको छ ।  

इनर्जी बैकिङसहितका १४ एजेण्डा

नेपाल–भारत जेएससी र जेडब्लूजी बैठक
http://karobardaily.com/news/development/15379
मंगलबार, माघ ८, २०७५
नेपाल र भारतबीच भएको ऊर्जा व्यापार सम्झौता (पीटीए) गठित सचिवस्तरीय संयुक्त कार्यकारिणी समिति (जेएससी) र सह–सचिवस्तरीय संयुक्त कार्यसमूह (जेडब्लूजी) बैठकमा १४ एजेण्डामा छलफल हुने भएको छ । बुधबार हुने सह–सचिवस्तरीय जेडब्लूजी र १० माघमा हुने सचिवस्तरीय जेएससीको बैठकमा न्यू–बुटवल–गोरखपुर दोस्रो अन्तरदेशीय प्रसारणलाइनको ढाँचा र इनर्जी बैकिङसहित १४ एजेण्डामा छलफल हुने भएको हो । सचिवस्तरीय बैठकको नेतृत्वको नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेश घिमिरे तथा भारतको तर्फबाट विद्युत् मन्त्रालयका सचिव अजयकुमार भल्ला तथा सहसचिवस्तरीय बैठकको नेतृत्वमा नेपालको तर्फबाट मन्त्रालयका सह–सचिव प्रवीणराज अर्याल र भारतको तर्फबाट सहसचिव भारतीले गर्नेछन् । नेपाली टोलीका संयोजक एवं ऊर्जा सचिव घिमिरेले बैठकमा न्यू–बुटवल–गोरखपर अन्तरदेशीय प्रसारण लाइन निर्माणको ढाँचा, दुई देशबीचको इनर्जी बैकिङ लगायतका एजेण्डामा छलफल हुने जानकारी दिए । मन्त्रालयका अनुसार बैठकमा प्रस्तावित ४०० केभीका तेस्रो न्यू लम्की–बरेली तथा न्यू दुहबी–न्यू पुर्णिया अन्तरदेशीय प्रसारण लाइनको अध्ययनका साथै भारतीय कम्पनीद्वारा निर्माण गरिरहेका ९ सय मेगावाटका अरुण तेस्रो, ९ सय मेगावाटकै माथिल्लो कर्णाली लगायतका अन्य जलविद्युत् आयोजनाहरूबारे पनि छलफल हुने कार्यक्रम छ । त्यसैगरी १३२ केभीको कटैया–कुसाहा र रक्सोल–परवानीपुर दोस्रो सर्किट निर्माण, दुई देशबीच खुला प्रतिष्पर्धाबाट विद्युत् खरिद प्रक्रिया, भारत सरकारले ल्याएको अन्तरदेशीय विद्युत् व्यापारको निर्देशिकाको समीक्षा र प्रगतिबारे समेत छलफल हुने कार्यक्रम छ । त्यसैगरी बैठकमा जेएससी र जेडब्लूसीका अघिल्ला बैठकको समीक्षा र प्रगतिबारे समेत छलफल हुने कार्यक्रम छ । दुवै बैठकको पूर्वतयारीको क्रममा हालै नयाँ दिल्लीमा भएको बैठकमा दुई देशबीच न्यू बुटबल–गोरखपूर अन्तरदेशीय प्रसारण लाइनबाट विद्युत् आदानप्रदानको क्रममा ७ वर्ष नेपालले एकल बुकिङ गर्ने तथा त्यसपछि संयुक्त रुपमा बुकिङ गर्ने गरी अघि बढ्ने विषयमा छलफल भएको थियो भने भारतर्फको प्रसारण लाइन निर्माणमा दुवै देशले ५०-५० प्रतिशत लगानी गर्ने गरी छलफल भएको थियो । सोही क्रममा इनर्जी बैकिङ अघि बढाउने गरी छलफल भएको थियो । सोक्रममा दुवै पक्षले निर्माण गरेको दुवै विषयको मस्यौदाबारे पोखरामा हुने सचिवस्तरीय र सह–सचिवस्तरीय बैठकमा छलफल भएर निर्णय गरेपछि मात्र मूर्त रूप लिने मन्त्रालयले स्रोतले जनाएको छ । 

Sunday, January 20, 2019

सुरुङ निर्माणको ४ सय वर्षे इतिहासमा २३० किमि पूरा

सोमवार, माघ ७, २०७५
नेपालमा ४ सय वर्षअघि अर्गली सिँचाइ आयोजनाको लागि १.५ किलोमिटरको सुरुङ निर्माण गरिएको तथ्य फेला परेको छ । तर, त्यसपछिको झण्डै २ सय वर्ष पछाडि अर्थात् सन् १९१७ मा चुरियामा सडकका लागि आधुनिक रुपमा सडकको सुरुङ निर्माण गरिएको थियो । नेपाल टनेल एसोसियसनका अनुसार उक्त सडक सुरुङ निर्माणका मुख्य इन्जिनियर तत्कालीन पूर्वी नेपालका गर्भनर गजलराज सिंह थापाका नाती डिल्लीजंग थापाले गरेका थिए । जलविद्युत् आयोजनामा निर्माण गरिएको एक मेगावाटको तिनाऊ जलविद्युत् आयोजनाको सुरुङ निर्माण भने ३० वर्षअघि सम्पन्न भएको थियो । नेपालमा ४ सय वर्षअघि अर्गली सिँचाइ आयोजनाको लागि १.५ किलोमिटरको सुरुङ निर्माण गरिएको तथ्य फेला परेको छ । तर, त्यसपछिको झण्डै २ सय वर्ष पछाडि अर्थात् सन् १९१७ मा चुरियामा सडकका लागि आधुनिक रुपमा सडकको सुरुङ निर्माण गरिएको थियो । नेपाल टनेल एसोसियसनका अनुसार उक्त सडक सुरुङ निर्माणका मुख्य इन्जिनियर तत्कालीन पूर्वी नेपालका गर्भनर गजलराज सिंह थापाका नाती डिल्लीजंग थापाले गरेका थिए । जलविद्युत् आयोजनामा निर्माण गरिएको एक मेगावाटको तिनाऊ जलविद्युत् आयोजनाको सुरुङ निर्माण भने ३० वर्षअघि सम्पन्न भएको थियो । नेपाल टनेल एशोसियसनका उपाध्यक्ष रामहरि शर्माले आइतबार हिमालय हाइड्रो एक्स्पो अन्तर्गत भएको सुरुङको विगतको इतिहास र वर्तमानको परिदृष्यबारे चर्चा गर्दै पछिल्लो ३० वर्षमा २ सय ३० किलोमिटर सुरुङ निर्माण सम्पन्न भएको बताए । “सुरुङको इतिहास हेर्ने हो भने ४ सय वर्ष पुरानो छ, गति भने पछिल्लो ३० वर्षमा मात्रै लिएको छ,” उनले भने, “आगामी पाँच वर्षभित्र २ सय किलोमिटर र १० वर्षभित्र ५ सय किलोमिटर बनाउने लक्ष्य राखिएको छ ।”पहिला सिँचाइ, सडक र जलविद्युत्मा मात्र सुरुङ निर्माण गरिएकोमा नेपालमा खानेपानी, रेलवे, मेट्रो लगायतमा पनि बनाउने लक्ष्य राखिएको छ । पछिल्लो समयमा मेलम्ची खानेपानी आयोजनाको २७.५ किलोमिटर सुरुङको निर्माण सम्पन्न भएको छ । सन् १९८० मा ६० मेगावाटको कुलेखानी प्रथम, ६९ मेगावाटको मस्र्याङ्दी, ६० मेगावाटको खिम्ती–१, १५ मेगावाटको मोदी खोला, १४४ मेगावाटको कालीगण्डकी लगायतका जलविद्युत आयोजनामा पनि सुरुङ निर्माण कार्य सम्पन्न भएको छ । एसोसियसनका अनुसार पछिल्लो समयमा जलविद्युत्, सिँचाइलगायतका क्षेत्रका ४० आयोजनाले २ सय किलोमिटर बराबरको सुरुङ निर्माण गरिरहेका छन् । ४० मध्ये भेरीबबई बाहेकका ३९ सुरुङ निर्माण गरिरहेका आयोजना जलविद्युत्सँग सम्बन्धित छन् । ३९ मध्ये पनि ३० भन्दा बढी नीजि क्षेत्रले निर्माण गरिरहेका जलविद्युत आयोजना छन् । सुरुङ निर्माणका लागि लामो समय लाग्ने गरेकोमा पछिल्लो समयमा भेरीबबई सिञ्चाई आयोजनामा आधुनिक टनेल बोरिङ मेसिन (टीबीएम) को उपयोग गरिएको छ । “पछिल्लो समयमा विश्वमा नयाँ नयाँ प्रविधिसहितका आधुनिक सुरुङ निर्माण गर्ने उपकरण आएको र विगतभन्दा यसले निर्माणमा सहज बनाएको छ,” टनेल एशोसियसनका अध्यक्ष सुवासचन्द्र सुनुवार भन्छन्, “नेपालमा सुरुङ निर्माणले गति लिन लागेकोले यसबाट ठूला ठूला विकास आयोजना निर्माणमा सहज हुन्छ ।”
निर्माण सम्पन्न २३० किलोमिटर
५ वर्षभित्र २०० किलोमिटर
१० वर्षभित्र ४०० किलोमिटर
स्रोतः नेपाल टनेल एशोसियसन

स्वदेशीलाई वातावरण र विदेशीलाई ‘हेजिङ’ जोखिम

आइतवार, माघ ६, २०७५
काठमाडौं-नेपालमा जलविद्युत् विकासका लागि स्वदेशी लगानीकर्तालाई वातावरण तथा सामाजिक तथा विदेशी लगानीकर्तालाई ‘हेजिङ’को जोखिम देखिएको छ । हिमालयन हाइड्रो एक्स्पो–२०१९ का क्रममा भएको जलविद्युत्बारेको छलफलमा विज्ञहरूले स्वदेशी लगानीकर्ताहरूले राजनीतिक तथा सामाजिक रूपमा ठूलो समस्या भोग्नुपरेको बताए भने विदेशी लगानीकर्ताहरूले हेजिङ फण्डको व्यवस्था नगर्दा विदेशी लगानीकर्तालाई विदेशी मुद्राको उतारचढावले आयोजना निर्माण गर्न नसकिने अवस्था सिर्जना भएको गुनासो गरे । 
वातावरण संरक्षण परिषद्का पूर्व सदस्य सचिव एवं काठमाडौँ विश्वविद्यालयका प्राध्यापक सूर्यराज शाक्यले सामाजिक र वातावरणीय रुपमा देखापरेका समस्याका कारण नेपालमा जलविद्युत् आयोजना निर्माण गर्न ठूलो समस्या परिरहेको बताए । “जलविद्युत् आयोजना निर्माण गर्न गएपछि स्थानीयबासीहरूले माग तेस्र्याएर हैरान बनाउँछन्, यसका कारण् ठूलो समस्या छ,” उनले भने, “सरकार र राजनीतिक दलहरूले समेत यसका लागि उचित र सहज वातावरण बनाउन सकेका छैनन् ।” 
अन्तर्राष्ट्रिय वित्त निगमकी वातावरण तथा सामाजिक तर्फकी समूहकी नेतृत्वकर्ता काटे लाजारसले सामाजिक र वातावरण पक्षको दिगोपनसहितको जलविद्युत् विकास अपरिहार्य रहेको बताइन् । ईपीआईका कार्यकारी निर्देशक निर्जन राईले जनतालाई केन्द्रविन्दुमा राखेर विकासको अवधारणा अघि बढाउनुपर्ने बताए । परामर्शदाता रश्मीकिरण श्रेष्ठले नेपाल र भारतका विभिन्न जलविद्युत् आयोजनामा गरिएको अनुसन्धानले फाइदाको बाँडफाँटले जलविद्युत् आयोजना अघि बढाउन सहज हुने देखाएको बताइन् । 
प्रत्यक्ष वैदेशिक लगानीका लागि हेजिङ फण्डबारेको सत्रमा भने २१६ मेगावाटको अपर त्रिशूली–१ जलविद्युत् आयोजनाका प्रमुख कार्यकारी अधिकृत यी बो सेइकले धेरै विदेशी मुलुकमा डलरको जोखिम सम्बन्धित सरकारले लिने गरेको बताउँदै नेपालमा हेजिङ फण्ड नहुँदा विदेशी लगानीमा आयोजना निर्माण गर्न समस्या भएको बताए । “विदेशमा ३० वर्षसम्म नै डलरमा प्रतिफल लाने व्यवस्था छ, नेपालमा १० वर्षको लागि मात्र छ,” उनले भने, “विदेशी लगानीकर्ताका लागि लगानीको सुरक्षा हुनुपर्छ ।”
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले विदेशी लगानीका लागि हेजिङ फण्ड र मेकानिज्मको आवश्यकता रहेको बताउँदै त्यसको प्रकृया अघि बढिसकेको बताए । अर्थ मन्त्रालयका सहसचिव उदय सापकोटाले हेजिङ फण्ड व्यवस्थाका लागि मन्त्रिपरिषद्मा प्रस्ताव गएको बताउँदै यसको संरचनाका लागि छलफल भइरहेको जानकारी दिए । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले जोखिमको समेत बाँडफाँट हुने गरी हेजिङको व्यवस्था गर्ने मोडेल उपयुक्त हुने बताए । 
नेपालमा घरेलु पुँजी निर्माणबारेको सत्रमा आगामी १० वर्षभित्र १५ हजार मेगावाट विद्युत् आयोजना निर्माणका लागि १२ खर्ब रुपैयाँ वैदेशिक लगानी आवश्यक देखिएको जानकारी दिइयो । १५ हजार मेगावाटका लागि ३० खर्ब आवश्यक रहेको बताउँदै पन्तले सोमध्ये झण्डै ४० प्रतिशत अर्थात् १२ खर्ब रुपैयाँ वैदेशिक लगानी आवश्यक रहेको बताए । 
सानिमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत पवन आचार्यले १५ हजार मेगावाटमध्ये ६ हजार २५ मेगावाट विद्युत्का लागि लगानी अभाव देखिएकोले यसका लागि विदेशी लगानी आवश्यक रहेको उल्लेख गरे । उनका अनुसार सरकार, बैंक, जलविद्युत् लगानी तथा विकास कम्पनी, नागरिक लगानी कोषलगायतका संस्था गरी ८ हजार ९ सय ७५ मेगावाट विद्युत् उत्पादनका लागि पुँजी संकलन गर्न सकिने अवस्था रहेको बताए । सबै निकायबाट अधिकतम लगानी गर्न सकिएमा १ हजार ७ सय ७२ मेगावाटका लागिमात्र विदेशी लगानी आवश्यक पर्ने अवस्था आउन सक्ने उनको तर्क थियो । कर्मचारी सञ्चय कोषका प्रमुख अधिकृत दीपक रौनियारले भने सबै निकायसहित रेमिट्यान्सलाई समेत जलविद्युत्मा लगानी गर्न सके स्वदेशी लगानीमै १५ हजार मेगावाट विद्युत्का लागि लगानी जुट्न सक्ने बताए । जलविद्युत् लगानी तथा विकास कम्पनीका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले सन् २०३५ भित्र विद्युत्को माग १५ हजार मेगावाट पुग्ने बताउँदै ठूला आयोजना निर्माणका लागि विदेशी लगानी आवश्यक रहेको बताए । अहिलेको अवस्थाले ६० प्रतिशत वैदेशिक लगानी आवश्यकता रहेको देखाएको उनले उल्लेख गरे । नेपाल राष्ट्र बैंकका निर्देशक नरेन्द्रसिंह विष्टले प्रत्येक बैंकले १५ प्रतिशत जलविद्युत्मा लगानी नगरे ती बैंकहरूलाई जरिवाना हुने बताउँदै जलविद्युत् विकासकर्ताहरू ऋण लिनका लागि अग्रसर हुने बताए । उनका अनुसार हालसम्म कमर्सियल बैंकहरूले ८८ अर्ब रुपैयाँ अर्थात् ४ प्रतिशतमात्र जलविद्युत्मा लगानी गरेका छन् ।

हाइड्रो एक्स्पोमा अवलोकनकर्ताको भिड, आइतबार सकिँदै

शनिवार, माघ ५, २०७५
राजधानीको भृकुटीमण्डपमा जारी दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पोमा अवलोकनकर्ताको भिड लागेको छ । शुक्रबारदेखि सुरु भएको एक्स्पोमा सार्वजनिक विदाको दिन परेकाले अवलोकनकर्ताको उपस्थिती बाक्लो भएको हो । 
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेण्ट मेनेजमेण्ट सर्भिसेज प्रालिलको संयुक्त आयोजनामा जारी एक्स्पोको शनिबार साँझसम्ममा २८ हजार जनाले अवलोकन गरेका छन् । 
विशेष गरी जलविद्युतसँग सम्बन्धित प्रविधि तथा पछिल्ला उत्पादनमा अवलोकर्ताको विशेष आकर्षण देखिएको छ । यसका साथै रोबो कम्पििटिशन, जलविद्युतसँग सम्बन्धित प्रतियोगितात्मक प्रदर्शनी लगायतमा पनि अवलोकनकर्ताको चासो धेरै देखिएको छ । 
एक्स्पोमा सहभागिहरुलाई हेलिकप्टरबाट विभिन्न जलविद्युत आयोजनाको स्थलगत अवलोकन गराउने क्रम जारी छ । 
८५ भन्दा बढी प्रदर्शकहरुले सय भन्दा बढी स्टलमा जलविद्युत क्षेत्रसँग सम्बन्धित उत्पादन, सेवा तथा परामर्श दिईरहेका छन् । जलविद्युत क्षेत्रको महत्वपूर्ण तथा ठुलो मानिएको एक्स्पोको व्यवस्थापन इभेन्ट सोलुसनले गरेको छ ।
आइतबारसम्म चल्ने एक्स्पोमा जलविद्युत प्रवर्धक, इक्युपमेन्टस सप्लायर, लगानीकर्ता, बैंक तथा वीमा लगायत जलविद्युतमा नयाँप्रविधि र निर्माणसँग सम्बन्धित विविध क्षेत्रको सहभागिता छ । 
विद्युत उत्पादक तथा सम्बद्ध पक्षको जमघट, जानकारी सम्प्रेषण, विषयगत प्रविधिक सेमिनार, कलेजस्तरीय हाइड्रो प्रोडक्ट एण्ड सर्भिस प्रतिस्पर्धाका साथै रोबो हाइड्रो प्रतिष्पर्धा र जलविद्युत क्षेत्रका पछिल्ला प्रविधिको प्रदर्शनी एक्स्पोका मुख्य विधागत क्षेत्र रहेका छन् । 
जलविद्युतका क्षेत्रमा नयाँ आयाम थप्ने लक्ष्यका साथ आयोजना भैरहेकोएक्स्पोलाई राष्ट्रिय योजना आयोग र ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले संरक्षकत्व प्रदान गरेका छन् । साथै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श, निर्माण व्यसायी महासंघ, नेपाल बैंकर्स संघ, जलविद्युत लगानी तथा विकास कम्पनी लि. तथा युथ कम्युनिटी फर नेप्लिज कन्ट्रयाक्टर्सले एक्स्पोलाई अनुमोदन गरेका छन् । 
नेपाल इण्डिया चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिज, नेपाल जर्मन चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रीज, युरोपियन इकोनोमिक चेम्बर, हाइड्रो निड्स प्रालि, काठमाण्डू युनिभर्सिटी, टनेलिंग एशोसिएसन अफ नेपाल, इनर्जी नेपाल म्यागेजिन, टनेलिंग प्रोशेस इन्नोभेसन इन नेपाल, लिटिल स्टार रेकर्डस, बी फोरेस प्रालि, एक्जिविशन लाइट हाउस, एस इभेण्ट एण्ड मार्केटिंग, एबिबि इण्डिया लिमिटेड, नेपाल वाटर एण्ड इनर्जी डेभलपमेण्ट कम्पनी, भ्यापटेक बुल्गेरिया तथा चगंक्विगं वाटर एण्ड टर्वाइन वक्र्स कम्पनी लिमिटेड एक्स्पोका मोर्कटिंग पार्टनर रहेका छन् । 
नीजि क्षेत्रसँग सक्रिय रुपमा सहकार्य गर्दै आएको विश्व बैंक समुह अन्तरगतको इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसि) ले सहप्रायोजन गरेको छ । एशियन पेन्ट्स, रेष्ट्रोलोजी, होटल हिमालय, भाया नेट, प्रिमियर इन्स्योरेन्स र नेपाल शिपिंग एण्ड एयर लजिष्टिक प्रालि एक्स्पोको अफिसियल पार्टनर रहेका छन् । 
चीन, भारत, अष्ट्रिया, कोरीया, स्वीडेन, जर्मनी, बुल्गेरिया तथा बेलायत लगायत मुलुकका जलविद्युत क्षेत्रसँग सम्बन्धित कम्पनीहरु एक्स्पोमा सहभागि हुँदै छन् । जलविद्युत आयोजना निर्माणमा प्रयोग हुने यन्त्र, उपकरण तथा सामग्रीसँग सम्बन्धित कम्पनीहरुको धेरै सहभागिता एक्स्पोमा हुने भएको छ । 
आधुनिक सोलार प्रणाली, विद्युतीय सवारी साधन, हाइड्रो मेकानिकलका साथै आधुनिक निर्माण उपकरण, टनेलिंग उपकरणका क्षेत्रमा प्रख्यात भोईथ, इपिरोक माइनिगं इण्डिया, वासरक्राफ्ट, एपीई पावर, जीइपीपीइआरटी हाइड्रोपावर, तोसिबा कर्पोरेशन, डिइसी डगंफेगं इलेक्ट्रिक मेशिनरी, जेसिवि, हुन्डाइ लगायतका प्रदर्शक आकर्षणका रुपमा छन् ।
शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनलेउद्घाटन गरेको एक्सपो आइतबार सकिनेछ ।

कोसी र नारायणीमा पानीजहाज

शुक्रवार, माघ ४, २०७५
सरकारले अन्ततः कोसी र नारायणी नदीमा पानीजहाज चलाउने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्ले पानीजहाज सञ्चालनका लागि प्रशासनिक संरचनासमेत स्वीकृत गरिसकेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।
नियमित साप्ताहिक पत्रकार सम्मेलनमा विहीबार उनले उपसचिवले नेतृत्व गर्ने १६ जना इञ्जिनियरसहितको प्रशासनिक संरचना स्वीकृत गरिएको जानकारी पनि दिए । “अब कागजको पानीजहाज होइन साँच्चै पानीजहाज चलाउन हामीले कार्यालय स्थापना गर्ने र कर्मचारीको दरबन्दी सिर्जना गर्ने निर्णय गरेका छौं,’ मन्त्री बाँस्कोटाले बताए । 
“ऊर्जा तथा जलस्रोत मन्त्रालयले पानी जहाज सञ्चालनका लागि समिति गठन गरेर अध्ययन गराइरहेको छ,” उनले भने, “अध्ययनमा कोसी र नारायणी नदीमा पानीजहाज चलाउन सकिने देखिएको छ ।” भारतीय पक्षसँगको छलफलपछि अन्तिम प्रतिवेदन तयार पार्ने चरणमा पुगेको छ । अध्ययनले पहिलो चरणमा कोसी र नारायणीमा पानीजहाज चलाउन सकिने निष्कर्ष निकालेको छ ।
तीन वर्षअघि प्रधानमन्त्री हुँदा र गत वर्ष पुनः प्रधानमन्त्री बनेपछि केपी शर्मा ओलीले नेपालमै पानीजहाज सञ्चालन गर्ने भन्दै महत्वाकांक्षी योजना अघि सारेका थिए । गत असार १५ मा संसद् बैठकमा उनले पुस १५÷१६ गतेसम्म पानीजहाज चल्ने ठोकुवा गर्दै टिकट काट्न तयार रहन पनि आह्वान गरे तापनि हालसमम यसको संरचना नै बनेको थिएन । प्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्तिले बिनाअध्ययन र बिनातयारी सस्तो लोकप्रियताका लागि बोल्दा आफैं व्यंग्यको शिकार हुनुपरेको तीेतो यथार्थ बाट अब सरकारले एक कदम अगाडि बढेको छ । 
प्राविधिक रूपमा नेपालमा पानीजहाज सञ्चालन असम्म्भव छैन तर पानीजहाजबारे स्वयं प्रधानमन्त्रीको पहलकदमीको अभाव र यसका लागि सार्थक प्रयास नहुँदा अझै पानीजहाजको काम भने प्रारम्भिक चरणमा छ । नेपाल पानीजहाज (प्रमाणपत्र र रोजनामचा) ऐन २०२७ मा यसका लागि नेपाल पानीजहाज कार्यालय स्थापना गर्ने उल्लेख तर हालसम्म आधारभूत रूपमा आवश्यक कार्यालय स्थापना हुन सकेको थिएन । 
नेपाल र भारतबीच जल यातायात सञ्चालनका लागि दुई देशको व्यापार तथा पारवहान सन्धिमा संशोधन आवश्यक छ । पानीजहाजमा सामान र मानिस ओहोरदोहोरका लागि पोर्ट र रुटहरूको छनोट गरी उपयोगका लागि यो आवश्यक छ । हालसम्म यसमा कुनै संशोधन भएको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार भारतबाट नारायणी, कोसी र गण्डकीमा जोड्ने गरी जलमार्गको सम्भावना प्राविधिक रूपमा रहेपनि यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छैन । भारतले गंगा नदीको पटना हुँदै नारायणी नदीसम्मको जलमार्ग सञ्चालनबारे डीपीआर भने तयार गरिरहेको छ । पानीजहाज सञ्चालन हुने क्षेत्रमा बनाउने पूर्वाधारको काम पनि सुरु भएको छैन । पानीजहाज सञ्चालन गर्नका लागि जल यातायात प्राधिकरण गठन गर्नुपर्ने भए पनि हालसम्म गठन भएको छैन । 
हाल कोसीको हनुमाननगर र गण्डकको सीमाना जोड्नेबारे सम्भाव्यता अध्ययन भइरहेको छ भने साहेबगञ्जतर्फको जलमार्गको विस्तृत अध्ययन भने मे २०१९ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । जल यातायात प्राधिकरण गठनका लागि भने जल तथा ऊर्जा आयोगले यसको मस्यौदा समेत तयार गरिसकेको छ । 
२०२७ चैत ३० मा पानीजहाज ऐन, २०२७ पारित भएसँगै कानुनी रूपमा पानीजहाज किन्ने मार्गप्रशस्त भयो भने तत्कालीन राजा महेन्द्रको शासनकालमा पानीजहाज पनि किनिएको थियो । तर त्यो पूर्ण रूपमा सञ्चालनमा आएन । २०६५ सालमा यातायात व्यवस्था विभागमा दर्ता गरेर सुनसरीको चतरादेखि त्रिवेणीसम्मको ३० किलोमिटरको दूरीमा पानीजहाज सञ्चालन अनुमति दिइएको थियो । तीन बर्ष अघि प्रधानमन्त्री बनेपछि केपी ओलीले पानी जहान चलाउने र समुन्द्रमा नेपाली झण्डाअंकित पानीजहाज सञ्चालनको घोषणा गरेका थिए 
बिहीबारको पत्रकार सम्मेलनमा बाँस्कोटाले रेलमार्ग सञ्चालनमा ल्याउने उद्देश्यका साथ रेल गाडी खरिद प्रक्रिया अगाडि बढाउन भौतिक मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिइएको पनि जानकारी दिए । त्यस्तै, सरकारले रेल किन्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई स्वीकृति दिएको छ । जनकपुर–जयनगर रेल सन्चालन गर्न आफ्नै रेलगाडी किनेर सेवा सञ्चालन गर्ने तयारी स्वरुप यस्तो निर्णय गरेको मन्त्री बाँस्कोटाले जानकारी दिए ।
जनकपुर–जयनगर रेल सेवा फागुनदेखि नियमित सञ्चालन गर्ने सरकारको तयारी छ । मन्त्रिपरिषद् बैठकले भारत सरकारसँग ‘जीटूजी’ सम्झौता गरेर रेल खरिद गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको उनले बताए । निर्णयअनुसार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले रेल खरिद गर्ने अख्तियारी दिएको बाँस्कोटाले जानकारी दिए । भारत सरकारको अनुदानमा निर्माण भएको बिजलपुरा जनकपुर कुर्ताको ३५ किलोमिटर खण्डका लागि सरकारले रेल खरिद गर्ने निर्णय गरेको हो ।
नेपालले आफ्नै झण्डासहित रेल गुडाउन लागे पनि रेलमा चालक तथा प्राविधिक भने भारतीय हुनेछन् । नेपाली प्राविधिकहरूले रेल सञ्चालनको ज्ञान हासिल गरिसकेपछि नेपालले आफैं गुडाउनेछ । सरकारले चालू आर्थिक वर्षको बजेटमा रेल खरिदका लागि ४८ करोड बजेट विनियोजन गरेको थियो । नेपालले भारतसँग २ वटा इञ्जिन खरिद गरेर ३५ किलोमिटर खण्डमा रेल सञ्चालन गर्न लागेको हो ।
पाल्पा र दैलेखमा ग्यास तथा खनिज तेल अन्वेषणका लागि सरकारले चिनियाँ कम्पनीलाई स्वीकृति दिएको पनि उनले बताए । ‘इम्प्मिेन्टेशन एग्रिमेन्ट अफ चाइना एड अन आइल एण्ड ग्यास रिसोर्स सर्भे प्रोजेक्ट इन नेपाल’लाई स्वीकृति दिइएको भन्दै उनले पाल्पा र दैलेखमा ग्यास तथा खनिज तेल अन्वेषणका लागि स्वीकृति दिइएको उल्लेख गरे । यस्तै, सरकारले कर्मचारी सञ्चय कोषको अध्यक्षमा प्रधानमन्त्री कार्यालयका सचिव शिशिरकुमार ढुंगानालाई नियुक्त गरेको छ