Monday, January 14, 2019

तीन नदीको तटबन्ध निर्माणमा भारतले सहयोग गर्ने


http://karobardaily.com/news/development/15089
सोमवार, पुष ३०, २०७५
पश्चिम राप्ती, बाणगंगा र खाँडो नदी नियन्त्रणका तटबन्ध निर्माण गर्न भारतले सहयोग गर्ने भएको छ । ६ वर्षपछि भारतको नयाँदिल्लीमा भएको नेपाल–भारत जलस्रोत सचिवस्तरीय (जेसीडब्लूआर) को आठौं बैठकले तीन नदीमा तटबन्ध निर्माणमा भारतले सहयोग गर्ने सहमति भएको हो । बैठकमा कोसी र गण्डक आयोजना, सप्तकोसी उच्च बाँध तथा सुनकोशी कमला डाइभर्सनलगायतबारे छलफल भए पनि कुनै निर्णय भएन । बैठकले पहिला जेसीडब्लूआरले हेर्दै आएको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना र विद्युत् व्यापारबारे भने अब दुई देशबीच रहेको पञ्चेश्वर विकास प्राधिकरण र विद्युत् व्यापार सम्झौता (पीटीए) अन्तर्गत गठित समितिले हेर्ने निर्णय गरेको छ । 
सचिवस्तरीय जलस्रोत समितिको बैठकको नेतृत्व नेपालबाट मन्त्रालयका सचिव डा. संजय शर्मा र भारतको तर्फबाट जलसंशाधन मन्त्रालयका सचिवले गरेका थिए । त्यसअघि प्राविधिक समितिको बैठकसमेत बसेको थियो ।

No comments: