नेपाल–भारत जेएससीको छैटौ बैठक
–इनर्जी बैकिङमा सहमति
–ग्रीड सिक्रोनाइजबारे थप अध्ययन गरिने
–वंगलादेशको व्यापारमा सकारात्मक
–दुई प्रसारण लाइन नेपाललाई बनाउन दिने
भीम गौतम
काठमाण्डौ, १० माघ । नेपालले दोस्रो अन्दरदेशीय प्रसारण लाइन निर्माणमा सात बर्षसम्म नेपालले एकल बुकिङ र त्यसपछि संयुक्त रुपमा गर्ने प्रस्तावलाई भारतले अस्वीकार गरेको छ ।
नेपाल र भारतबीच भएको ऊर्जा व्यापार सम्झौता (पीटीए) गठित सचिवस्तरीय संयुक्त कार्यकारिणी समिति (जेएससी) को छैटौ बैठकमा दोस्रो न्यूबुटबल–गोरखपुर अन्तरदेशीय प्रशारण लाइन निर्माणमा नेपालले गरेको प्रस्ताव अस्वीकार गरेको हो । हालै नयाँ दिल्लीमा भएको छलफलमा नेपालले भारत समक्ष नेपालतर्फ आफैले बनाउने, भारततर्फको प्रसारण लाइनमा दुवै देशले ५०÷५० प्रतिशत लगानी गर्ने र सात बर्षसम्म नेपालले एकल बुकिङ गर्ने तथा त्यसपछि संयुक्त रुपमा गर्नेमा भारतीय अधिकारी सकारात्मक बनेपछि बिहीबार पोखरामा भएको जेएससी बैठकमा सो प्रस्ताव गरेको थियो । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयका सह–सचिव एवं प्रवक्ता प्रवीणराज अर्यालले नेपालले गरेको प्रस्तावमा भारत सकारात्मक नभएकोले थप छलफल गर्ने निर्णय भएको जानकारी दिए । ‘नेपालले सात बर्षसम्म सो अन्तरदेशीय प्रसारण लाइनको एकल बुकिङ गर्ने, त्यसपछि संयुक्त गर्ने र भारततर्फको प्रसारण लाइनमा ५०÷५० प्रतिशत लगानी गर्ने प्रस्ताव गरेकोमा भारतीय पक्ष सहमत हुन सकेन ।’–उनले भने–‘यसबारे थप छलफल गर्ने टुंगो लागेको छ ।’
नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयका सचिव दिनेश घिमिरे तथा भारतको तर्फबाट विद्युत मन्त्रालयका सचिव अजयकुमार भल्लाले नेतृत्व गरेको सो बैठकमा भारतीय पक्षले ७ बर्षपछि कस्ले बुकिङ गर्ने, ऋण लगानी कस्ले गर्ने भन्नेबारेमा प्रश्न उठाउँदै नेपालको प्रस्ताव अस्वीकार गरेको थियो । नेपालले भने स्वपुँजीमा बनाउन सकिने, सात बर्षपछि विद्युत निर्यात गर्ने भारतको विहार लगायतले बुकिङ गर्न सक्ने लगायतका विकल्प दिएपनि भारतीय पक्ष भने यसमा सहमत भएन ।
नेपाल विद्युत प्राधिकरणका अनुसार, सो अन्तरदेशीय प्रसारण लाइनमा भारततर्फ १२० किलोमिर तथा नेपालतर्फ २० किलोमिटर प्रसारण लाइन बनाउनुपर्छ भने नेपालतर्फ २ अर्ब ५ करोड भारतीय रुपैयाँ तथा भारततर्फ ५ अर्ब १५ करोड भारतीय रुपैयाँ लाग्ने सन् २०१६ को अध्ययनले देखाएको छ ।
बैठकले इनर्जी बैकिङलाई अघि बढाउने भने निर्णय गरेको छ तर यसका लागि दुई देशको प्रणालीमा सिक्रोनाइज गर्नुपर्ने, ग्रीड कोडमा एकरुपता ल्याउनुपर्ने र यसको प्राविधिक रुपमा संरक्षण (प्रोजेक्टन) लगायतमा भने थप अध्ययन गर्ने भएको छ । यसका लागि थप संयन्त्र बनाएर यसको अनुगमन र संरक्षणको कार्य अघि बढाउने गरी सहमति भएको प्रवक्ता अर्यालले जानकारी दिए ।
त्यसैगरी १३२ केभीको कटैया–कुसाहा प्रसारण लाइनको दोस्रो सर्किट नेपालले बनाउनका लागि भने दुवै पक्ष सहमत भएको छ भने रक्सौल–पर्वाहीपुरमा थप अध्ययन गरिने भएको छ । त्यसैगरी नौतनहाबाट बुटबलतर्फ आउने १३२ केभीको लाइन नेपाल आफै बनाउन तथा टनकपुरमा तीन महिनाभित्र नयाँ थप १०० एमभीएको ट्रान्सफर्मर राखिदिन पनि भारतीय पक्ष सहमत भएको छ ।
बैठकमा नेपाल पक्षले वंगलादेशमा विद्युत व्यापारका लागि त्रिपक्षीय सहकार्यको प्रस्ताव गरेकोमा यसबारे थप छलफल गरेर अघि बढ्न भारतीय पक्ष सहमत भएको छ । बैठमा प्रस्तावित ४०० केभीका तेस्रो न्यू लम्की–बरेली तथा न्यू दुहबी–न्यू पुर्णिया अन्तरदेशीय प्रसारण लाइनको थप सम्भाव्यता अध्ययन गरेर अघि बढ्ने सहमति पनि भएको छ । भारतीय बजारमा नेपाली बिजुलीको पहुँचबारे भारतीय नियमन आयोग लगायतसँग छलफल गरी थप अघि बढ्न पनि भारतीय पक्ष सकारात्मक देखिएको प्रवक्ता अर्यालले जानकारी दिए ।

No comments:
Post a Comment