सोमवार, माघ ७, २०७५
नेपालमा ४ सय वर्षअघि अर्गली सिँचाइ आयोजनाको लागि १.५ किलोमिटरको सुरुङ निर्माण गरिएको तथ्य फेला परेको छ । तर, त्यसपछिको झण्डै २ सय वर्ष पछाडि अर्थात् सन् १९१७ मा चुरियामा सडकका लागि आधुनिक रुपमा सडकको सुरुङ निर्माण गरिएको थियो । नेपाल टनेल एसोसियसनका अनुसार उक्त सडक सुरुङ निर्माणका मुख्य इन्जिनियर तत्कालीन पूर्वी नेपालका गर्भनर गजलराज सिंह थापाका नाती डिल्लीजंग थापाले गरेका थिए । जलविद्युत् आयोजनामा निर्माण गरिएको एक मेगावाटको तिनाऊ जलविद्युत् आयोजनाको सुरुङ निर्माण भने ३० वर्षअघि सम्पन्न भएको थियो । नेपालमा ४ सय वर्षअघि अर्गली सिँचाइ आयोजनाको लागि १.५ किलोमिटरको सुरुङ निर्माण गरिएको तथ्य फेला परेको छ । तर, त्यसपछिको झण्डै २ सय वर्ष पछाडि अर्थात् सन् १९१७ मा चुरियामा सडकका लागि आधुनिक रुपमा सडकको सुरुङ निर्माण गरिएको थियो । नेपाल टनेल एसोसियसनका अनुसार उक्त सडक सुरुङ निर्माणका मुख्य इन्जिनियर तत्कालीन पूर्वी नेपालका गर्भनर गजलराज सिंह थापाका नाती डिल्लीजंग थापाले गरेका थिए । जलविद्युत् आयोजनामा निर्माण गरिएको एक मेगावाटको तिनाऊ जलविद्युत् आयोजनाको सुरुङ निर्माण भने ३० वर्षअघि सम्पन्न भएको थियो । नेपाल टनेल एशोसियसनका उपाध्यक्ष रामहरि शर्माले आइतबार हिमालय हाइड्रो एक्स्पो अन्तर्गत भएको सुरुङको विगतको इतिहास र वर्तमानको परिदृष्यबारे चर्चा गर्दै पछिल्लो ३० वर्षमा २ सय ३० किलोमिटर सुरुङ निर्माण सम्पन्न भएको बताए । “सुरुङको इतिहास हेर्ने हो भने ४ सय वर्ष पुरानो छ, गति भने पछिल्लो ३० वर्षमा मात्रै लिएको छ,” उनले भने, “आगामी पाँच वर्षभित्र २ सय किलोमिटर र १० वर्षभित्र ५ सय किलोमिटर बनाउने लक्ष्य राखिएको छ ।”पहिला सिँचाइ, सडक र जलविद्युत्मा मात्र सुरुङ निर्माण गरिएकोमा नेपालमा खानेपानी, रेलवे, मेट्रो लगायतमा पनि बनाउने लक्ष्य राखिएको छ । पछिल्लो समयमा मेलम्ची खानेपानी आयोजनाको २७.५ किलोमिटर सुरुङको निर्माण सम्पन्न भएको छ । सन् १९८० मा ६० मेगावाटको कुलेखानी प्रथम, ६९ मेगावाटको मस्र्याङ्दी, ६० मेगावाटको खिम्ती–१, १५ मेगावाटको मोदी खोला, १४४ मेगावाटको कालीगण्डकी लगायतका जलविद्युत आयोजनामा पनि सुरुङ निर्माण कार्य सम्पन्न भएको छ । एसोसियसनका अनुसार पछिल्लो समयमा जलविद्युत्, सिँचाइलगायतका क्षेत्रका ४० आयोजनाले २ सय किलोमिटर बराबरको सुरुङ निर्माण गरिरहेका छन् । ४० मध्ये भेरीबबई बाहेकका ३९ सुरुङ निर्माण गरिरहेका आयोजना जलविद्युत्सँग सम्बन्धित छन् । ३९ मध्ये पनि ३० भन्दा बढी नीजि क्षेत्रले निर्माण गरिरहेका जलविद्युत आयोजना छन् । सुरुङ निर्माणका लागि लामो समय लाग्ने गरेकोमा पछिल्लो समयमा भेरीबबई सिञ्चाई आयोजनामा आधुनिक टनेल बोरिङ मेसिन (टीबीएम) को उपयोग गरिएको छ । “पछिल्लो समयमा विश्वमा नयाँ नयाँ प्रविधिसहितका आधुनिक सुरुङ निर्माण गर्ने उपकरण आएको र विगतभन्दा यसले निर्माणमा सहज बनाएको छ,” टनेल एशोसियसनका अध्यक्ष सुवासचन्द्र सुनुवार भन्छन्, “नेपालमा सुरुङ निर्माणले गति लिन लागेकोले यसबाट ठूला ठूला विकास आयोजना निर्माणमा सहज हुन्छ ।”
| निर्माण सम्पन्न २३० किलोमिटर ५ वर्षभित्र २०० किलोमिटर १० वर्षभित्र ४०० किलोमिटर स्रोतः नेपाल टनेल एशोसियसन |
No comments:
Post a Comment