शुक्रवार, जेठ २४, २०७६
विश्व बैकले मानव पुँजीको खाडल अन्त्यका लागि असमानतामा कमी, सेवाको गुणस्तरमा सुधार र जोखिम न्यूनीकरण गर्ने गरी नवीकरणीय प्रयासहरूको खाँचो औंल्याएको छ । मानव पुँजीमा लगानी बढाउँदा नेपाल चाँडै नै मध्यम आयको मुलुकमा स्तरोन्नति हुने पनि प्रतिवेदनले जनाएको छ । विश्व बैकले मानव पुँजीको खाडल अन्त्यका लागि असमानतामा कमी, सेवाको गुणस्तरमा सुधार र जोखिम न्यूनीकरण गर्ने गरी नवीकरणीय प्रयासहरूको खाँचो औंल्याएको छ । मानव पुँजीमा लगानी बढाउँदा नेपाल चाँडै नै मध्यम आयको मुलुकमा स्तरोन्नति हुने पनि प्रतिवेदनले जनाएको छ । बैंकले बिहीबार सार्वजनिक गरेको मानव पुँजीको खाडल अन्त्यका लागि जनतामा लगानीबारे प्रतिवेदनमा मानव पुँजी सूचकांकमा कुल अंकभर १ मध्ये नेपालको अवस्था ०.४९ रहेको अर्थात आधाभन्दा कम रहेको देखाएको छ ।
तर, दक्षिण एसियाको औसतभन्दा नेपालको आवस्था राम्रो रहेको पनि मानव पुँजीको खाडल अन्त्यका लागि जनतामा लगानीबारे नेपाल डेभलपमेन्ट अपडेटले देखाएको छ । दक्षिण एसियाको ०.४६ मात्र अंक छ । त्यसैगरी न्यूनतम मध्यआयमा यसको अंकभार ०.४८ र उच्च मध्यम आयमा ०.५८ छ । अपडेटका अनुसार वृद्ध अस्तित्व दरमा नेपालको अंकभार दक्षिण एसियाको ०.८४ र न्यून मध्यम आयको ०.८१ रहेकोमा बढी अर्थात ०.८५ छ भने बच्चाको दक्षिण एसियासरह ०.६४ छ । विद्यालयको सिकाइतर्फ भने कुल अंकभार १० मध्ये नेपालको ६.८९ छ भने दक्षिण एशियाको ६.१९ छ । यसमा उच्चमध्य आयको अंकभार ८.०९ र न्यून ६.५६ छ । प्रतिवेदनले नेपालका लागि पूर्ण मानव पुँजी क्षमताको महशुस गरी नवीकरणीय प्रयास गर्नुपर्नेमा जोड दिएको हो । पूर्ण मानव पुँजी क्षमताको महशुस गरी यसको सुधारका लागि लैंगिक, सामाजिक, आय र भौगोलिक समूहलाई पहिलो प्राथमिकतामा राखेर सम्बोधन गर्नुपर्नेमा बैंकले जोड दिएको छ । अपटेडमा मानव पुँजीको विकासका लागि बच्चादेखि वृद्धसम्मको शिक्षा, स्वास्थ्य, पोषण, कामदार क्षेत्रका साथै सामाजिक सुरक्षा सेवाको गुणस्तर सुधारसँगै विपदसँग जुध्नसक्ने बलियो वास र सेवालाईे प्राथमिकतामा राखेर सुधार गर्नुपर्नेमा जोड दिएको छ ।
नेपाल विकास अद्यावधिकबारेको प्रस्तुतीकरणमा विश्व बैंककी वरिष्ठ अर्थशास्त्री केने इजेमनरीले उत्पादन र वृद्धिदर बढाउनका लागि प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जनतामा लगानी गर्नुपर्नेमा जोड दिइन् । उच्च मानव पुँजी लगानीका लागि प्रत्यक्ष रूपमा उत्कृष्ट पोषण र स्वस्थ जीवन प्रभावकारी हुने र यसका लागि शिक्षासँगै वृहत प्राविधिक र जीवन सीप तथा अप्रत्यक्ष रूपमा प्रविधिगत परिवर्तन र नवीनतम विचार महत्वपूर्ण हुने उनको तर्क थियो । अपडेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले हालै सार्वजनिक बजेटले शिक्षा, स्वास्थ्य र खानेपानी क्षेत्रलाई महत्व दिएको उल्लेख गर्दै यसले मौलिक अधिकारलाई सुरक्षित गरी रोजगारीको अवसर सिर्जना गरेको बताए । वैदेशिक लगानी आकर्षण, लगानी अभिवृद्धि र व्यापारिक वार्ताका लागि धेरै नीति र सुधारहरूमा ध्यान दिएको दावी गर्दै उनले दिगो लगानीमा सरकारको जोड रहेको बताए । उनले दोहोरो आर्थिक वृद्धिदरको सरकारी लक्ष्यलाई पूरा गर्नका लागि मानव पुँजी विकासलाई उच्च महत्व दिइने बताए । कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्ले, स्वास्थ्य सचिव डा. पुष्पा चौधरी, प्राध्यापक डा. पुष्कर ब्रजाचार्य, विश्व बैक दक्षिण एसियाका प्रमुख अर्थशास्त्री हान्स टिम्मरले मानव पुँजीको खाडललाई हटाउनका लागि सरकारले नीतिगत सुधारका काम अघि बढाउनुपर्ने बताए । तर, दक्षिण एसियाको औसतभन्दा नेपालको आवस्था राम्रो रहेको पनि मानव पुँजीको खाडल अन्त्यका लागि जनतामा लगानीबारे नेपाल डेभलपमेन्ट अपडेटले देखाएको छ । दक्षिण एसियाको ०.४६ मात्र अंक छ । त्यसैगरी न्यूनतम मध्यआयमा यसको अंकभार ०.४८ र उच्च मध्यम आयमा ०.५८ छ । अपडेटका अनुसार वृद्ध अस्तित्व दरमा नेपालको अंकभार दक्षिण एसियाको ०.८४ र न्यून मध्यम आयको ०.८१ रहेकोमा बढी अर्थात ०.८५ छ भने बच्चाको दक्षिण एसियासरह ०.६४ छ । विद्यालयको सिकाइतर्फ भने कुल अंकभार १० मध्ये नेपालको ६.८९ छ भने दक्षिण एशियाको ६.१९ छ । यसमा उच्चमध्य आयको अंकभार ८.०९ र न्यून ६.५६ छ । प्रतिवेदनले नेपालका लागि पूर्ण मानव पुँजी क्षमताको महशुस गरी नवीकरणीय प्रयास गर्नुपर्नेमा जोड दिएको हो । पूर्ण मानव पुँजी क्षमताको महशुस गरी यसको सुधारका लागि लैंगिक, सामाजिक, आय र भौगोलिक समूहलाई पहिलो प्राथमिकतामा राखेर सम्बोधन गर्नुपर्नेमा बैंकले जोड दिएको छ । अपटेडमा मानव पुँजीको विकासका लागि बच्चादेखि वृद्धसम्मको शिक्षा, स्वास्थ्य, पोषण, कामदार क्षेत्रका साथै सामाजिक सुरक्षा सेवाको गुणस्तर सुधारसँगै विपदसँग जुध्नसक्ने बलियो वास र सेवालाईे प्राथमिकतामा राखेर सुधार गर्नुपर्नेमा जोड दिएको छ ।
आर्थिक वृद्धि ७.१ % प्रक्षेपणविश्व बैंकल यो वर्ष नेपालमा ७.१ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । बैंकको नेपाल डेभलपमेन्ट अपटेडका अनुसार सन् २०१९ मा यो वृद्धि प्रक्षेपण गरिएको हो । जसमा सेवा र कृषि क्षेत्रको उल्लेख्य योगदान रहने उल्लेख छ । सेवा क्षेत्रमात्रै ७.५ प्रतिशतले विस्तार हुने उल्लेख गरेको छ । खुद्रा ब्यापार, होटल र रेस्टुरेन्ट लगायतको उपक्षेत्रमा उल्लेखीय प्रगति भएको तथा पर्यटन आगमन बढेका कारण पनि सेवा क्षेत्रको विस्तारमा योगदान दिएको बैंकले जनाएको छ । यस्तै, रेमिट्यान्सको वृद्धिले निजी उपभोगमा पनि वृद्धि गरेको बैंकले जनाएको छ । बैंकले कृषि क्षेत्रमा ५ प्रतिशतको वृद्धि हुने प्रक्षेपण गरेको छ । जुन ३० वर्षको औसत ३.१ प्रतिशतभन्दा उच्च भएको जनाएको छ । बढ्दो व्यापारीकरण, मल र बीउको सहज उपलब्धता, सिँचाइ पूर्वाधारको विस्तारले कृषि क्षेत्रको विस्तार गर्न सहयोग पुगेको प्रतिवेदनमा उल्लेख छ । बैकले औद्योगिक उत्पादनको वृद्धिदर पनि सुखद रहेको जनाएको छ । यो वर्ष ८.१ प्रतिशत औद्योगिक वृद्धिदर हासिल हुने बैंकको प्रक्षेपण छ ।

No comments:
Post a Comment