बुधवार, चैत्र १९, २०७६
संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले चीन तथा अन्य एसियन देशहरूको स्वास्थ्य प्रणाली सुधारका लागि सहयोग गर्ने जनाएको छ ।
कोरोना भाइरसबाट हुने संक्रमणको रोकथाम, प्रकोप नियन्त्रणमा सहायता र विकासन्मुख देशहरूको अर्थतन्त्र पतनबाट हुनबाट जोगाउने कुरामा प्राथमिकता राखेको बताउँदै यूएनडीपीले चीनलगायतका एसियन देशहरूमा अत्यावश्यक औषधीहरूको आपूर्ति, डिजिटल प्रविधिको लाभ तथा स्वास्थ्यकर्मीहरूको भुक्तानीमा सहायता गर्ने जनाएको हो ।
यूनडीपीले तत्कालीन रूपमा भाइरसको संक्रमणलाई कम गर्नुका साथै कमजोर जनसंख्यालाई सामाजिक सुरक्षा प्रदान गर्न, समग्र सरकार र समाजलाई स्वास्थ्य सेवाका लागि सहायता गर्नेछ भने दीर्घकालीन रूपमा विशेष गरी कमजोर र सीमान्तकृत समूहमा परेको दीर्घकालीन भाइरसले सामाजिक तथा आर्थिक प्रभाव न्यूनीकरण र पुनःस्थापनाका लागि ती देशहरू सँगसँगै काम गर्ने जनाएको छ । यूएनडीपीले तत्कालका लागि राहतका लागि सम्बोधन गर्न २० मिलियन डलरको योजना सार्वजनिक गरिसकेको तथा यसको दु्रतगतिमा वितरणका लागि यूएनडीपीले समूह बनाएर ती देशहरूमा सहायता पु¥याउनेछ । एक सय राष्ट्रका लागि ५ सय मिलियन डलर सहायताका लागि आवश्यक रहेको अनुमान पनि यूएनडीपीले जनाएको छ ।कोरोना भाइरसबाट हुने संक्रमणको रोकथाम, प्रकोप नियन्त्रणमा सहायता र विकासन्मुख देशहरूको अर्थतन्त्र पतनबाट हुनबाट जोगाउने कुरामा प्राथमिकता राखेको बताउँदै यूएनडीपीले चीनलगायतका एसियन देशहरूमा अत्यावश्यक औषधीहरूको आपूर्ति, डिजिटल प्रविधिको लाभ तथा स्वास्थ्यकर्मीहरूको भुक्तानीमा सहायता गर्ने जनाएको हो ।
कोरोना भाइरसको कारणले विकासउन्मुख राष्ट्रहरूमा २२० विलियन डलरभन्दा बढी आय गुमाएको अनुमान गरिएको र सबैको आधा रोजगारी अफ्रिकाले गुमाएको तथ्यांक प्रस्तुत गर्दै यूएनडीपीले विश्वका ५५ प्रतिशत जनसंख्यासँग सामाजिक सुरक्षासहित शिक्षा, मानव अधिकार तथा आधारभूत रूपमा खाद्य सुरक्षा र पोषणमा असर परेको जनाएको छ । विकासन्मुख देशका ७५ प्रतिशत जनासँग साबुन र पानीको पहुँच नभएको बताउँदै कमजोर सहरी योजना र बढ्दो जनसंख्याको कारणले केही सहरीमा फोहोर व्यवस्थापनको कमजोर सेवा, स्वास्थ्य सेवामा बढी भीडभाड रहेको पनि युनएनडीपीले जनाएको छ ।
“यो स्वास्थ्य जोखिमको महामारी हो तर यो स्वास्थ्य जोखिमसँग मात्र सम्बन्धित छैन, यसले विश्वको गहिरो घाऊको खत छोडेको छ ।” यूएनडीपीका प्रशासक असिम स्टेनेइयरले भने, “यस्तो अवस्थामा अन्तर्राष्ट्रिय समुदायको सहायता विना यसको दीर्घकालीन असरको न्यूनीकरण गर्न सक्दैनौं ।” विश्व स्वास्थ्य संगठनसँग नजिकैको समन्वयमा बढी कमजोर रहेका देशहरूलाई सहायता गर्न लागेको यूएनडीपीले जनाएको छ ।

No comments:
Post a Comment