सोमवार, चैत्र २४, २०७६
सामान्य अवस्थामा समेत जलविद्युत् आयोजनामा लगानी जुटाउन समस्या भोगिरहेका आयोजनाहरूलाई कोरोना महामारीपछि झन कठिन हुने देखिएको छ । कोरोना महामारीको कारण नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) गरेर वित्तीय व्यवस्थापन गर्न नसकेका २५ सय मेगावाट बराबरका १३१ जलविद्युत् आयोजनाहरूलाई झनै कठिन हुने देखिएको हो ।
सामान्यतया पीपीए भएको आयोजनाको क्षमता हेरी बढीमा दुई वर्षभित्र वित्तीय व्यवस्थापन गरिसक्नुपर्ने हुन्छ । तर, लामो समयदेखि वित्तीय व्यवस्थापन गर्न धेरै आयोजनाले सकेका छैनन् । विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार झण्डै २५ सय मेगावाटका १३१ आयोजनाले समयमै वित्तीय व्यवस्थापन गर्न सकेका छैनन् । “सामान्यतया पीपीए भएको दुई वर्षभित्र वित्तीय व्यवस्थापन गरिसक्नुपर्ने हुन्छ तर अधिकांश जलविद्युत् आयोजनाको हुन सकेको छैन,” उनी भन्छन् ।
प्राधिकरणका अनुसार २०६७ साल पुस ८ गते पीपीए गरेको २३.५२० मेगावाटको बलेफी जलविद्युत् आयोजनाले हालसम्म वित्तीय व्यवस्थापन गर्न सकेको छैन भने २०६८ साल असारमा पीपीए गरेको ९.७ मेगावाटको अपर इङवा खोलाले पनि हालसम्म जुटाउन सकेको छैन । लगानी जुटाउन नसक्नेमा ६ सय वाटको झाक्रेखोलादेखि ८६ मेगावाटको लान्द्रुक खोलासम्म छन् । अधिकांश जलविद्युत् आयोजनाहरूले जलविद्युत् उत्पादन गर्ने म्याद थप्दै गएका छन् भने समयमै लगानी जुटाउन नसक्ने आयोजनाहरूलाई प्राधिकरणले पीपीए नै रद्द गर्न समेत थालेको छ । पछिल्लो समयमा विद्युत् प्राधिकरणले २०७३ साल जेठमा पीपीए गरेको ७५ मेगावाटको गल्छी त्रिशुली जलविद्युत् आयोजनाको पीपीएदै रद्द गरेको छ ।सामान्यतया पीपीए भएको आयोजनाको क्षमता हेरी बढीमा दुई वर्षभित्र वित्तीय व्यवस्थापन गरिसक्नुपर्ने हुन्छ । तर, लामो समयदेखि वित्तीय व्यवस्थापन गर्न धेरै आयोजनाले सकेका छैनन् । विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार झण्डै २५ सय मेगावाटका १३१ आयोजनाले समयमै वित्तीय व्यवस्थापन गर्न सकेका छैनन् । “सामान्यतया पीपीए भएको दुई वर्षभित्र वित्तीय व्यवस्थापन गरिसक्नुपर्ने हुन्छ तर अधिकांश जलविद्युत् आयोजनाको हुन सकेको छैन,” उनी भन्छन् ।
आयोजनाको सम्भाव्यता अध्ययन र विस्तृत अध्ययन गरेर निर्माणका लागि वित्तीय व्यवस्थापनमा पुगिसकेका आयोजनाहरूले लगानी जुटाउन नसकेर निर्माणनै हुन नसक्नुलाई नेपालमा जलविद्युत् क्षेत्रमा लगानीको ठूलो समस्याको हेरिएको छ । सामान्य अवस्थामा समेत लगानी जुटाउन यस्तो कठिनाई भोगिरहेको बेला कोरोना महामारीले भने झन समस्या बनाएको छ । महामारीको कारणले अर्थतन्त्रमा पारेको असरको कारणले बैक तथा वित्तीय संस्थाहरूले जलविद्युत् आयोजनाहरूमा लगानी गर्न नसक्ने तथा वैदेशिक लगानी ल्याउन समेत समस्या हुने भएकोले लगानी जुट्न झन् समस्या देखिएको छ । यसले एकातिर लगानी जुटाउन झन कठिनाई हुने अवस्था देखिएको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालका उपाध्यक्ष कुमार पाण्डे लामो समयदेखि वित्तीय व्यवस्थापन हुन नसकेका आयोजनाहरूलाई महामारीको कारण झन कठिन हुने बताउँछन् । “सामान्य अवस्थामा समेत लगानी जुटाउन नसकेर हम्मे परेको थियो तर अझ कोरोना महामारीले त लगानी जुटाउन धेरै कठिन हुने अवस्था देखाएको छ,” उनी भन्छन्, “धेरै आयोजनाहरूले लगानी जुटाउन नसक्ने अवस्थाले अर्थतन्त्रमा नै ठूलो समस्या आउँछ ।”
कोरोना महामारीको कारण एकातिर लगानी जुट्न नसकेका आयोजनाहरूलाई समस्या देखिएको छ भने अर्कोतिर निर्माणाधीन आयोजनाहरूको लागत पनि बढ्ने देखिएको छ । अधिकांश जलविद्युत् आयोजनाहरूको निर्माण अवधि पछाडि धकेलिँदा यसले देशकै अर्थतन्त्रलाई असर पार्ने जलविद्युत् प्रवद्र्धकहरूले बताउँदै आएका छन् ।

No comments:
Post a Comment