Tuesday, June 30, 2020

एमसीसी कोषको उपलब्धता सधैँ खुला रहँदैनः अमेरिका दूतावास

मंगलबार, असार १६, २०७७
अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) कोषको उपलब्धता सधैँ खुला नरहने उल्लेख गर्दै नेपालले यसको उपयोग गर्ने हो भने संसदीय अनुमोदन अनिवार्य रहेको उल्लेख गरेको छ । नेपालस्थित अमेरिकी दूतावासले ५ सय मिलियन अमेरिकी डलर अर्थात ६० अर्ब रुपैयाँ बराबरको अनुदानका लागि नेपालको संसद्ले अनुमोदन गर्नु आवश्यक रहेको जनाएको हो ।
एमसीसी अनुमोदन नेपालको संसद्बाट भइनसकेको अवस्थाप्रति अमेरिका जानकार रहेको उल्लेख गर्दै दूतावासले यसमा भइरहेको ढिलाइ र विवादप्रति चासो देखाएको छ । दुई देशले सेप्टेम्बर २०१७ मा हस्ताक्षर गरेको र नेपालले सेप्टेम्बर २०१९ भित्र अनुमोदन गर्ने प्रतिबद्धता जनाएको यस अनुदानलाई अगाडि बढाउन आवश्यक अघिल्लो कदम संसदीय अनुमोदन भएको स्पष्ट पारेको छ । अनुमोदनमा ढिलाइ गर्नुको मतलब झन्डै २ करोड ३० लाख नेपालीलाई थप रोजगारी तथा आर्थिक वृद्धिमा बढोत्तरीका फाइदा दिलाउनमा ढिलाइ गर्नु भएको दूतावासको निष्कर्ष छ । “यो अनुदान स्वीकार गर्नु नेपालको रोजाइको विषय हो तर यस अन्तर्गतको कोषको उपलब्धता सधैँ खुला रहँदैन,” दूतावासले भनेको छ, “यो कार्यक्रमको व्यावहारिकताको निरन्तरता सुनिश्चित गर्न नेपालमा ठोस, निकटवर्ती कदम जरुरी छन् ।”
सम्झौताका कार्यक्रम विकास गर्न सबै प्रमुख राजनीतिक दलका प्रतिनिधित्व भएका विविध सरकारहरू अन्तर्गत नेपाल सरकार र एमसीसीले सन् २०१२ देखि लगातार सँगै मिलेर काम गरेको स्मरण गराइएको छ । यस सम्झौताले विद्युत् प्रसारण पूर्वाधारको निर्माण र सडक मर्मतसम्भारका क्रियाकलाप गरेर २ करोड ३० लाख नेपालीलाई प्रत्यक्ष रूपमा लाभान्वित गर्ने जनाइएको छ । एमसीसीको सहयोग प्राप्त हुने यी परियोजनाहरू नेपालले नेपाली जनतालाई लाभ हुने गरी तीन वर्षको समयावधिमा पहिचान गरी तयार गरेको उल्लेख छ ।
“एमसीसी एक कटिबद्ध साझेदार हो जसले विश्वभरका झन्डै ३० देशसँग कुल १३ अर्ब बराबरको दशौँ करोडका ३७ वटा अनुदान सम्झौतामा सफलतापूर्वक साझेदारी गरिसकेको छ,” दूतावासले भनेको छ, “यी अनुदानले लगानी तथा आर्थिक विकासलाई उत्प्रेरित गरी दसौँ लाख मानिसलाई गरिबीबाट माथि उठाउन सहयोग गरेका छन् र साझेदार देशका सार्वभौमिकतामा टेवा पु¥याएका छन् ।” अनुदानका निम्ति योग्य प्रत्येक देशले दोस्रो अनुदानको लागि आग्रह समेत गरेको स्मरण गरिएको छ । विकास साझेदारका रूपमा एमसीसीको पारदर्शिता पनि विश्वभर परिचित छ र यस वर्ष एससीसीले एक पटक फेरि सहयोग पारदर्शिता सूचकांक (एड ट्रान्सपरेन्सी इन्डेक्स) मा शीर्ष द्विपक्षीय दाताको स्थान हासिल गरेको जनाइएको छ ।
अमेरिका र नेपालबिचको ७३ वर्ष लामो साझेदारीमा दुवै देशको हित हुने गरी विभिन्न क्षेत्रमा सफल सहकार्य भएको दूतावासले स्मरण गराएको छ । नेपालीको नेतृत्व रहने एमसीसी सम्झौता अन्तर्गतका परियोजनाले आर्थिक वृद्धिका माध्यमबाट गरिबी न्यूनीकरणमा मद्दत गर्ने दूतावासको भनाइ छ ।

निर्धारित समयमै एमसीसी सुरु नहुने निश्चित 7

अस्वीकार गर्ने वा थप समय माग्ने दुई विकल्प
 
सोमवार, असार १५, २०७७
सरकारकै समन्वयमा अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को परियोजना मंगलबार अर्थात असार १६ देखि सुरु गर्ने घोषणा गरेको थियो । परियोजनाअन्तर्गत ऊर्जा र सडक परियोजनाको निर्माण सुरु हुने भए पनि हालसम्म संसद्बाट अनुमोदन नभइसकेकाले तोकिएको समयमा सुरु नहुने निश्चित भएको छ । यससँगै परियोजना अब कसरी अघि बढ्छ भन्ने अन्योल बढेको छ ।
एमसीसी कार्यान्वयन गर्न गठित मिलेनियम कर्पोरेसन एकाउण्ट (एमसीए) नेपाल पनि अन्योलमा छ । एमसीए नेपालका प्रमुख कार्यकारी अधिकृत खड्गबहादुर विष्ट कोरोना महामारीपछिको अवस्था र संसद्बाट अनुमोदन लगायतका केही प्रक्रिया बाँकी रहेकोले घोषणा गरिएको मितिबाट निर्माण नै सुरु हुन नहुन नसक्ने अवस्था रहेको बताउँछन् । “कोरोना महामारीले पनि समस्या भयो र संसद्बाट अनुमोदन गर्न पनि बाँकी नै छ,” विष्ट भन्छन्, “असार १६ देखि सुरु त हुँदैन अब, पछि के हुन्छ, यसबारे सरकार र एमसीसीबीच छलफल भइरहेकाले यसै भन्न सकिने अवस्था छैन ।”
सरकारले पनि सत्तारुढ दलभित्र एमसीसीबारे ठूलो विवाद बढेपछि एक दिन बाँकी रहँदा पनि सरकारले परियोजनाबारे के हुन्छ भनेर आफ्नो धारणा सार्वजनिक गरेको छैन । अघिल्लो वर्षको वर्षे अधिवेशनमै संसदबाट मिलेनियम च्यालेन्ज कम्प्याक्ट अनुमोदन गर्ने सरकारको लक्ष्य राखे पनि विवादको कारणले गत हिउँदे अधिवेशनमा संसदबाट अनुमोदन हुन सकेन । यसपटक पनि अनुमोदन हुने नहुने अझै अन्योल छ । सत्तारुढ दलको सचिवालय बैठकले एमसीसीबारे टुंगो लाग्न नसकेपछि अहिले यसबारे स्थायी कमिटीमा छलफल भइरहेको छ । सत्तारुढ दलभित्रको विवाद नमिली संसदबाट अनुमोदन हुने सम्भावना नरहेकोले र संसद्को वर्षे अधिवेशन पनि सकिन लागेकोले एमसीसी के हुने भन्ने ठूलो अन्योल छ । “सरकारसँग एमसीसीलाई अस्वीकार गरेर फिर्ता पठाउने वा अहिलेको लागि समय थप माग्नेमध्ये दुई विकल्प छन्,” एमसीए नेपालका एक सदस्यले भने, “फिर्ता पठाउँदा कुटनीतिज्ञ सम्बन्ध बिग्रने र संसद्बाट पारित गर्न सत्तारुढ दलदेखि पछिल्लो समयमा जनमानसमा बढ्दै गएको नकारात्मक धारणाले अप्ठेरो छ ।” उनी सडक र प्रसारण लाइनको आयोजनालाई सत्तारुढ दलभित्रको गुटगत चंगुलमा फसाएर एमसीसीलाई नराम्रोसँग गिजोलिएको बताउँछन् ।
अमेरिकी प्रतिनिधिहरूले भने सत्तारुढ दलभित्रको कमिटीको विवादभन्दा सरकारले प्रतिवद्धता जनाएकोले संसदबाट पारित हुने अपेक्षा गरेका छन् । उनीहरू कोरोनाको कारण देखाउँदै केही समय थप गर्नका लागि तयार छन् तर सरकारले थपिएको समयभित्र अघि बढ्ने ग्यारेण्टी भने उनीहरूले खोज्ने संकेत गरेका छन् । “एमसीसी अहिले सरकारले के गर्छ भनेर पर्ख र हेरको अवस्थामा छ,” स्रोतले भन्यो, “महामारीको कारणले आयोजनाको निर्माण कार्य सुरु हुन ढिलाई हुने भएकोले केही समयले थप भने हुन सक्छ तर त्यतिबेलासम्म संसदबाट अनुमोदन गर्ने पक्का भने हुनुपर्छ ।”
नेकपाले २० माघमा पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेको कार्यदल बनाएको थियो । सरकारले मन्त्रिपरिषद्बाट पारित गरेर संसद् पठाएपछि ठूलो वहस भएको परियोजनाबारे कार्यदलले प्रतिवेदनमा यथास्थितिमा अनुमोदन गर्न नहुने भन्दै १६ बुँदामा सुझाव दिएको छ । सुझावप्रति परराष्ट्र मन्त्री समेत रहेका कार्यदल सदस्य ज्ञवालीले भने १५ बुँदाको फरक विचार राखेका छन् ।
३१२ किलोमिटरको प्रसारण लाइन निर्माण र आधुनिक रूपमा १ सय किलोमिटर सडकको स्तरोन्नति गर्ने सो परियोजनालाई नेपालका लागि महत्वपूर्ण मानिएको छ । एमसीसीको झण्डै ५५ अर्ब अनुदानसहितको ऊर्जा र सडक परियोजना आगामी असार महिनादेखि सुरु गर्ने लक्ष्य सहित अघि बढाएको परियोजना अघि बढाउन झण्डै साढे दुई वर्षअघि तत्कालीन शेरबहादुर देउवा सरकारले मिलिनियम च्यालेन्ज कम्प्याक्टमा हस्ताक्षर गरेको थियो । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीकै कार्यकालमा एमसीसी परियोजना कार्यान्वयनका लागि नेपालकै कानुन अन्तर्गत विकास समिति अन्र्तगत अर्थसचिवको संयोजकत्वमा मिलेनियम च्यालेन्ज एकाउण्ट (एमसीए) गठनदेखि आर्थिक रूपमा परियोजनायोग्य बनाउन राखिएको बुटवल–गोरखपुरको अन्तरदेशीय प्रसारण लाइनको मोडालिटी, आयोजना कार्यान्वयन सम्झौतालगायत सम्पन्न भैसकेका छन् । सन् २०११ देखि प्रक्रिया सुरु गरेर प्रतिस्पर्धामार्फत सन् २०१५ मा नेपालले सो परियोजना पाएको थियो ।

Thursday, June 25, 2020

सस्तो बिजुलीले रातमा उद्योग चल्छन् ?

शुक्रवार, असार १२, २०७७
सरकारले रातको समयमा बजार खुला गर्ने र यातायात चलाउन धेरै पटक प्रयास गरे पनि सफलता प्राप्त भएन । हालै नेपाल विद्युत् नियमन आयोगले रातिको समय अर्थात ११ बजेदेखि बिहान पाँच बजेसम्मको अफ पिक आवरमा झण्डै ५० प्रतिशत कम महशुल तोकेको छ ।
मुलुकमा विद्युत् खपत बढ्न नसकिरहेको बेला नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देश कुलमान घिसिङ अफ पिक समयको विद्युत् महशुल अति सस्तो भएपछि उद्योगधन्दा रातिको समयमा चलाउन प्रोत्साहन गरेको बताउँछन् । “रातिको समयमा उद्योग चलोस् भनेर अन्य समयको भन्दा ५० प्रतिशत महशुल कम गरिएको छ, यसले राति समयमा थप उद्योग सञ्चालन गर्न सहयोग पुग्छ,” उनी भन्छन्, “सरकारको नीतिले के गर्छ थाहा छैन, हामीले विद्युत् खपत बढाउन अति सस्तो बनाएका छौं । राति उद्योगहरू आउनुपर्छ ।”
हुन पनि औद्योगिकतर्फ बैशाखदेखि मंसीरसम्म १३२ केभीको पिक समय अर्थात साँझ ५ बजेदेखि राति ११ बजेसम्म प्रति युनिट इनर्जी शुल्क १० रुपैयाँ र अन्य समय अर्थात बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म ८.२० छ भने अफ पिकको समयमा ४.६५ पैसा छ । त्यसैगरी ६६ केभीतर्फ पिक समयमा प्रतियुनिट १०.१०, अन्य समयमा ८.३० रुपैयाँ छ भने अफ पिक समयमा ४.७५ रुपैयाँ छ । त्यसैगरी ३३ केभीतर्फ पनि पिक समयमा १०.२०, अन्य समयमा ८.४० छ भने अफ पिकमा ५.२५ रुपैयाँ मात्र छ ।
औद्योगिकतर्फ पुसदेखि चैतसम्म १३२ केभीको पिक समय प्रतियुनिट इनर्जी शुल्क १० रुपैयाँ र अन्य समय अर्थात राति ११ बजेदेखि भोलिपल्ट साँझ ५ बजेसम्म ८.२० छ भने ६६ केभीमा पिक समयमा १०.१० तथा अन्य समयमा ८.३ रुपैयाँ छ । त्यसैगरी ३३ केभीतर्फ पनि पिक समयमा १०.२०, अन्य समयमा ८.४० छ ।
हिउँदमा भने अफ पिक आवरमा खासै फरक महशुल छैन ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अफ पिक समयमा सामान्य अवस्थाबाहेक ५० प्रतिशत कम हुनु सकारात्मक र उद्योगीहरूलाई उत्साहित बनाउने भएपनि रातिको समयमा उद्योग सञ्चालन गर्न समस्या रहेको बताउँछन् । कोरोनाको कारणले अहिले राति चलाउन नपाएको उल्लेख गर्र्दै उनी पहिलाभन्दा केही घटाएर ५० प्रतिशत कम गर्नु सकारात्मक र उद्योगीहरूलाई प्रवद्र्धन गर्ने खालेको भएको बताउँछन् ।
तर राति उद्योग चलाउँदा अन्य लागत बढ्ने उनको भनाइ छ ।
गोल्छाका अनुसा, रातिको समयमा स्थानीय समस्याका साथै श्रमिक व्यवस्थापन, यातायात, लजिष्टिक, शान्ति सुरक्षा लगायतका समस्या छन् । राति उद्योग सञ्चालन गर्न अन्य उद्योगहरू सञ्चालन हुनु आवश्यक रहेको बताउँदै सरकारले राति समयमा उद्योग सञ्चालनका लागि थप सहुलियत र वातावरण बनाउन सके रातिको समयमा खेर जाने बिजुलीको उपयोग गर्न सक्ने बताउँछन् ।
बिजुली भण्डार प्राविधिक रुपमा सम्भव नभएकोले रातिको समयमा अहिले पनि करोडौं मूल्यको बिजुली खेर गईरहेको छ । प्राधिकरणकै तथ्यांक अनुसार, यही बर्षको बर्षामा रातिको समयमा ६ सय मेगावाट बराबरको बिजुली खेर जानसक्ने प्रक्षेपण छ । अर्बौको बिजुली खेर जानबाट जोगाउनका लागि विद्युत् महशुलमा छुट दिएपनि अन्य वातावरण बनाउन सके रातिको समयमा उद्योग सञ्चालन गर्न असम्भव भने नरहेको उद्योगीहरूको भनाई छ ।

Wednesday, June 24, 2020

विदेशी लगानी भित्र्याउन देशको रेटिङ गरेर लगानीकर्तालाई विश्वास दिलाउनुपर्छ

बुधवार, असार १०, २०७७
गुरु न्यौपाने, लामो समयदेखि जलविद्युत् लगानीमा सक्रिय नाम । नेपाल राष्ट्र बैंकमा ३० वर्ष सेवा गरेर विगत २० वर्षदेखि जलविद्युत् क्षेत्रमा लगानी गर्दै आएका न्यौपाने अपि पावर कम्पनी, अरुण काबेली पावर लिमिटेड र रिडी हाइड्रो पावर कम्पनी लिमिटेडका अध्यक्ष हुन् । नेपाल उद्योग परिसंघको नेसनल काउन्सिल मेम्बर रहेका उनको नेतृत्वमा ५७ मेगावाट विद्युत् निर्माण सम्पन्न भइसकेको छ भने १८.५ मेगावाट निर्माणाधीन छन् । अहिले नेपाल सरकार १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ अघि बढेको छ । ऊर्जाको उपलब्धताबाट देशमा नयाँ उद्योग तथा व्यवसायहरूको विकास भई रोजगारी र आयका थप अवसरहरू सिर्जना भएको जलविद्युत् प्रवद्र्धकहरू बताउँछन् । जलविद्युत् प्रवद्र्धकहरूलाई उचित वातावरण र सम्मान गर्ने परिपाटी बसे मात्र देशको आर्थिक समृद्धि हुनसक्ने बताउने न्यौपानेसँग कारोबारकर्मी भीम गौतमले कोरोनापछिको ऊर्जा क्षेत्र, ऊर्जामा स्वदेशी, विदेशी लगानीको सम्भावना र अवस्था, नेपाल राष्ट्र बैंकले ल्याउन लागेको मौद्रिक नीतिमा ऊर्जाका समेट्नुपर्ने लगायतका विषयमा केन्द्रित रहेर गरेको कुराकानीको सार :
कोरोना महामारीअघि र पछिको ऊर्जा क्षेत्रलाई कसरी तुलना गर्नुहुन्छ ? के महामारीपछि ऊर्जा क्षेत्रमा कालो बादलका लक्षणहरू देखिन थालेका हुन् ?
कोरोना महामारी फैलिएको अहिले करिब तीन महिना भएको छ । यो महामारी कहाँसम्म लम्बिने हो थाहा छैन । तसर्थ यसका बारेमा भविष्यवाणी गर्न सकिन्न । अझ केही समय कुर्नुपर्छ । हालका वर्षहरूमा विद्युत्को विकासमा नेपालले ठूलो प्रगति गरेको छ । देश अन्धकारबाट मुक्त भई अहिले बिजुली बढी भयो, के गर्ने भन्ने अवस्थामा आइपुगेको छ । डिजेलका जेनरेटर र इन्भर्टरहरू लोप भएका छन् । देशमा विद्युत् उत्पादनमा आधा हिस्सा ओगटने निजी क्षेत्रले निर्वाह गरेको भूमिकाका बारेमा निष्पक्ष भएर विश्लेषण गर्नु आवश्यक छ । जलविद्युत् आयोजना निर्माणको काममा लाग्नुभएका उद्यमीहरूलाई देशले कदर गर्नुपर्छ । आज नेपालको निजी क्षेत्रमा सबैभन्दा बढी लगानी जलविद्युत् क्षेत्रमा भएको छ र यस क्षेत्रमा अझ ठूलो पुँजी लगानीको आवश्यकता छ । अबका दिनमा स्वदेशी तथा विदेशी निजी क्षेत्रको लगानीलाई प्रोत्साहित गरी देशमा ऊर्जाको प्रमुख स्रोत जलविद्युत् बनाउने गरी काम गर्नुपर्ने आवश्यकता छ । नेपालको निर्यातको प्रमुख स्रोत विद्युत् हुन सक्नेछ । अहिले नेपालमा विद्युत्को उत्पादन बढी भयो । नेपालमा बढी उत्पादन भएको विद्युत् भारतको बजारमा बिक्री गर्न सकिएन । रातिको समयमा विद्युत् खेर गयो । तसर्थ अब नेपालको निजी क्षेत्रबाट थप विद्युत् उत्पादन गर्नु हुँदैन भन्ने कुराहरू पनि आइरहेका छन् । अर्कातर्फ विद्युत्को माग भएका उद्योगहरूले विद्युत्को कनेक्सन नपाएको, चलेका उद्योगहरूले चाहेजतिको परिमाणमा विद्युत् नपाएको र वर्षा सकिनासाथ विद्युत्को अभाव हुने स्थिति विद्यमान छ । यो अन्योलताको अन्त्य गरी काम गर्नुपर्ने आवश्यकता छ । नेपालको आर्थिक विकासको मूूल आधार विद्युत् हुनेछ भन्ने मलाई लाग्छ ।
सरकारले ल्याएको बजेट तथा कार्यक्रमले निजी जलविद्युत् प्रवद्र्धकहरूलाई निरुत्साहित गरेको भन्दै गुनासो आइरहेको छ, के अवस्था त्यस्तै आइसकेको हो ?
सरकार हाम्रो अभिभावक हो । निजी विद्युत् उत्पादकहरूले आयोजना निर्माणका लागि तिरेको मूल्य अभिवृद्धि कर फिर्तावापत एकमुस्ट प्रतिमेगावाट रु. ५० लाखका दरले भुक्तानी दिने भनी प्रतिबद्धता जाहेर गरेको रकम पाउनुपर्ने, पुराना जलविद्युत् आयोजनाहरूले पनि नयाँ आयोजनाले सरह विद्युत् बिक्रीको मूल्य पाउनुपर्ने, जलविद्युत् निर्माता कम्पनीहरूले प्राप्त गरिरहेको आयकर छुटको अवधि बढाउनुपर्ने, जलविद्युत् आयोजनालाई मूल्य अभिवृद्धिकर छुट दिनुपर्ने, निजी कम्पनीहरूले पनि विद्युत्को व्यापार र वितरण गर्न छुट पाउनुपर्ने आदि माग गर्नुभएको छ । यी मागहरू जायज छन्, समाधानका लागि नेपाल सरकारलाई घचघच्याइरहनुपर्छ ।
निजी क्षेत्रले पनि अनावश्यक रूपमा लागत बढाउँदै जान थालेकाले सरकारी निकायबाट जलविद्युत् उत्पादन बढाउनुपरेको भनेर बेला–बेलामा सरकारी निकायबाट कुरा आउँछ ? के निजी क्षेत्रका जलविद्युत् आयोजना महँगा हुँदै गएका हुन् ?
जलविद्युत् आयोजना निर्माणका क्रममा चाहिने कच्चा पदार्थहरूको मूल्यमा भइरहेको वृद्धिले जलविद्युत् आयोजनाको पनि लागत बढिरहेको छ । विद्युत् नियमन आयोगले बिजुलीको बिक्री मूल्य बढाउँदा निजी क्षेत्रबाट खरिद गर्ने विद्युत्को पनि मूल्य बढाउने नीति अवलम्बन गर्नुपर्छ भन्न चाहन्छु । नेपालमा सरकारी लगानीबाट बनेका आयोजनाहरूभन्दा निजी क्षेत्रको लगानीबाट बनेका आयोजनाहरूको प्रतिमेगावाट लागत धेरै कम छ । यसलाई तुलना गरेर हेर्नुपर्छ । विदेशी लगानीमा बनेका आयोजनाहरूभन्दा स्वदेशी निजी लगानीबाट बनेका आयोजनाहरू कम मूल्यमा बनेका छन्, छिटो बनेका छन् । एक मेगावाट क्षमताको जलविद्युत् आयोजनाको निर्माण लागत औसतमा २० करोड छ । यो लगानीमा बनेका आयोजनाहरूले लगानीकर्तालाई लाभ दिनसकेका छन् । निजी लगानीबाट बन्ने आयोजनाहरू पनि नजिक वा टाढा, पूर्वाधारको अवस्था, जडित क्षमता आदिका आधारमा कम वा बढी हुनसक्छ । जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् खरिदको मूल्य स्थिर र पहिले नै तोकिएको हुँदा बढी लागत कायम गरेर आयोजना बनाउन सकिँदैन । यस्ता आयोजनाहरूका लागि बैंकबाट कर्जा पाउन सकिँदैन । जलविद्युत् आयोजनाहरूमध्ये बढी लागत पर्ने जलाशययुक्त आयोजना, डेलि पिकिङ प्रकारका आयोजनाहरूको निर्माणमा बढी लागत पर्छ ।
पछिल्लो समयमा स्वदेशी तथा विदेशी लगानी ल्याउनका लागि जलविद्युत् क्षेत्रमा धेरै कठिन बन्दै गएको भनिन्छ, किन यस्तो अवस्था आयो ? जलविद्युत् आयोजनामा स्वदेशी तथा विदेशी लगानी बढाउन के गर्नुपर्छ ? के अहिलेको ऊर्जा संरचनामै लगानी बढ्न सक्ने अवस्था देख्नुहुन्छ ?
पुँजी घरभित्रै निर्माण हुनसक्छ भन्ने सिद्धान्तबाट हामीले काम गर्नुुपर्छ । नेपालमा एकातर्फ लगानीका लागि पुँजी छैन भने अर्कातर्फ बचतकर्तालाई लगानीका अवसरहरू उपलब्ध छैनन् । नेपालको धितोपत्र बजारमा सरकार र निजी क्षेत्रले हातोमालो गरेर काम गर्नुपर्नेमा ‘तँ चोर र म सिपाही’ भन्ने तरिकाले काम गर्नु हुँदैन । नेपाल स्टक एक्सचेन्जमा पनि निजी क्षेत्रको सरल प्रवेश जरुरी छ । नेपाल राष्ट्र बैंकले तयार गरी लागू गर्ने आगामी वर्षको मौद्रिक नीतिले पुँजीबजारको विकासमा खुकुलोपन ल्याउने विश्वास गरेको छु । सेयर बजारमा आउने उतारचढावलाई नियन्त्रण गर्न बजारमा ठूला संस्थागत लगानीकर्ताहरूको प्रवेश तथा सेयरको कारोबार गर्न वाणिज्य बैंकहरूलाई प्रवेश दिने तथा धितोपत्र कारोबार गर्न चाहने जो–कसैलाई खुला रूपमा लाइसेन्स दिने काम आगामी मौद्रिक नीतिले गर्नेछ भन्ने लाग्छ । विदेशी लगानी भित्र्याउनका लागि सरकारले देशको क्रेडिट रेटिङ गरेर अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई विश्वास दिलाउनुपर्ने आवश्यकता छ । विदेशी मुद्रामा लगानी ल्याउँदा उत्पन्न हुने विनिमयदर नोक्सानको जोखिम कम गर्न करेन्सी हेजिङ फन्डको व्यवस्था गर्ने र सो सुविधा विनाभेदभाव सबै लगानीकर्ताले पाउने व्यवस्था गर्नुपर्ने आवश्यकता छ । विदेशी लगानी भित्र्याएर निर्माण हुने जलविद्युत् आयोजनाहरूले स्वदेशी बैंकबाट कर्जा लिएर देशमा उपलब्ध सीमित साधनको उपयोग गरेकाले स्वदेशी परियोजनाहरूले बैंक कर्जा पाउन सकेका छैनन् । आगामी वर्षको मौद्रिक नीतिमा विदेशी लगानीका परियोजनाले स्वदेशी बैंकबाट कर्जा लिन नपाउने व्यवस्था गर्नुपर्छ भन्ने सुझाव दिन चाहन्छु । विदेशी लगानी भित्र्याउनका लागि विदेशी बैंक तथा वित्तीय संस्थाहरूलाई नेपाल सरकारले आमन्त्रण गर्नुपर्छ । अहिले नेपालमा एनएमबी बैंक लिमिटेड, मार्सक्यू बैंक दुबईमार्फत विदेशी लगानी आएको र निजी क्षेत्रका परियोजनामा लगानी भएको कुरा जानकारीमा आएको छ । यस्तै प्रकारका धेरै संस्थालाई नेपालमा शाखा कार्यालय वा प्रतिनिधि कार्यालय खोल्न आह्वान गर्नुपर्छ । यिनीहरूले सस्तो ब्याजदरमा विदेशी फन्ड ल्याउन सक्छन् । यस क्षेत्रमा काम गर्ने सल्लाहकारहरूलाई पनि सुविधा प्रदान गर्नुपर्छ भन्न चाहन्छु ।
तपाईंले पनि ईपीसीएफमार्फत केही आयोजनामा विदेशी लगानी ल्याउन कोसिस गर्नुभएको थियो, त्यहाँ कस्ता कठिनाइ भोग्नुपरेको छ ? अहिले कुन चरणमा छ ?
हाम्रो कम्पनीले निर्माण गरेको पहिलो जलविद्युत् परियोजना पिलुवाखोला आयोजनामा जापानको निजी कम्पनीको लगानी रहेको थियो । परियोजनाको निर्माण सम्पन्न गरी सुसञ्चालन गरेको केही वर्षपछि सो रकम फिर्ता गयो । यसले निजी क्षेत्रमा विदेशी लगानी परिचालन गर्न सकिन्छ भन्ने देखिन्छ । हालका दिनमा नेपालमा लगानी गर्नका लागि बैंक ग्योरेन्टी, सरकारको ग्यारेन्टी, लामो अवधिको आयात प्रतीतपत्रबाहेकका वित्तीय उपकरणहरूबाट विदेशी लगानी भित्र्याउन कठीन छ । हाम्रो समूहले निर्माण गर्ने आयोजनाहरूका लागि विदेशी लगानी भित्र्याउन प्रयत्न गरिरहेका छौं, तर सफलता हात परेको छैन । डलरमा विद्युत् खरिद सम्झौता नभएका आयोजनाहरूमा विदेशी लगानी भित्र्याउन कठिन छ ।
अहिले जलविद्युत् क्षेत्रमा बजारलाई ठूलो समस्याका रूपमा लिइएको छ, आन्तरिक खपत नबढेको र विदेशी बजार पनि खुल्ला नभइसकेको अहिलेको अवस्थामा बजारलाई कसरी सुनिश्चित गर्न सक्ने अवस्था देख्नुहुन्छ ?
नेपालमा विद्युत्को उत्पादन बढिरहेको छ । उत्पादन बढेको अनुपातमा विद्युत्को माग बढ्न सकेको छैन । माग र आपूर्तिको बीचमा सन्तुलन छैन । विद्युत्को माग बढाउन विभिन्न कार्यक्रमहरू अघि सारिएको छ । यिनको प्रभावकारी कार्यान्वयन गरेमा मात्र विद्युत्को माग बढ्नेछ । उद्योगहरूले मागेअनुसारको विद्युत् उपलव्ध गराएर देशमा औद्योगिक उत्पादन बढाउन र विद्युत्को खपत बढाउन सकिन्छ । नेपालमा रन अफ द रिभर प्रकारका आयोजनाहरूको बाहुल्य भएकाले वर्षात्का महिनाहरूमा बढी उत्पादन हुने र बढी उत्पादन हुने विद्युत् खेर फाल्नुपर्ने तथा हिउँदका महिनाहरूमा भारतबाट विद्युत् खरिद गरी माग परिपूर्ति गर्नुपर्ने आवश्यकता छ । देशभित्र जलाशययुक्त आयोजनाहरू निर्माण गरी यो स्थितिको अन्त्य गर्नुपर्छ । विद्युत् उत्पादन हुनासाथ खपत पनि गरिहाल्नुपर्छ । सञ्चय गरेर राख्न सकिन्न । यसर्थ विद्युत् व्यापारको बजार सरकारले अब निजी क्षेत्रलाई समेत खुला गर्ने बेला आएजस्तो लाग्छ । संसद्मा प्रस्तुत भएको नयाँ विद्युत् ऐनले यस मार्गमा बाटो खोल्ने विश्वास लिएको छु ।
नेपाल राष्ट्र बैंकले आगामी वर्षका लागि मौद्रिक नीति ल्याउने तरखरमा छ, यस्तो अवस्थामा स्वदेशी लगानी बढाउन र विदेशी लगानी भित्र्याउन कस्तो व्यवस्था गर्नु आवश्यक छ ?
विदेशी मुद्रामा लगानी भित्र्याउँदा उत्पन्न हुने करेन्सी हेजिङ फन्डको व्यवस्था गरेर बिनाभेदभाव सबैले यो सुविधा पाउने व्यवस्था गर्नुपर्छ । निर्माणाधीन तथा सञ्चालनमा आएका जलविद्युत् आयोजनाहरूले नेपाल राष्ट्र बैंकबाट लामो अवधिका लागि पुनर्कर्जा प्राप्त गर्नुपर्छ । नेपालको क्रेडिट रेटिङ प्रकाशित गर्नुपर्छ । विदेशी लगानीकर्ताहरूलाई नेपालमा कार्यालय खोली काम गर्न दिनुपर्छ । वित्तीय सल्लाहकारको सेवा प्रदान गर्नेहरूलाई नेपालमा बोलाई काम दिनुपर्छ । वाणिज्य बैंकहरूले आफ्नो कुल कर्जा तथा सापटीको कम्तीमा १५ प्रतिशत रकम जलविद्युत्मा लगानी गर्न लगाउनुपर्छ । नेपाल सरकारले केही राष्ट्रिय महत्त्वपूर्ण र ठूला आयोजनाहरू सरकारी तथा निजी सहकार्यबाट निर्माण गर्ने मोडल बनाई लागू गर्नुपर्ने आवश्यकता छ । यसमा स्वदेशी तथा विदेशी निजी लगानीबाट आयोजनाहरू निर्माण गर्नुपर्छ । सरकारले पहिचान गरी विकास गरेका आयोजनाहरूमध्ये पश्चिमसेती, कर्णाली चिसापानी, नलसिंगाड, उत्तरगंगा, बूढीगण्डकी, दूधकोसी तथा तमोर आदि आयोजना निजी लगानीकर्तासँग मिलेर बनाउने तथा यस्ता आयोजनामा सरकारले समेत लगानी गर्ने नीति लिएर काम गर्न सुझाव छ ।
अहिले विद्युत् खरिद सम्झौता (पीपीए) भएर पनि धेरै जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन हुन सकेको छैन, कस्तो नीति राष्ट्र बैंकले ल्यायो भने लगानी जुटाउन सहज हुन्छ जस्तो लाग्छ ?
जलविद्युत् आयोजनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानी बढाउनुपर्छ । लगानी गर्ने सबै संस्थालाई एकै ठाउँमा जम्मा गरेर लगानी गर्ने व्यवस्था गर्नुपर्छ । कोभिड–१९ भाइरसले आक्रान्त भएको बेलामा पनि जलविद्युत् आयोजनाहरू सञ्चालनमा छन् र तिनीहरूले बैंक कर्जाको सावाँ तथा ब्याज भुक्तान गरेका छन् । आगामी वर्ष जलविद्युत्मा लगानीका लागि अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न नेपाल राष्ट्र बैंकले सहयोग गर्नुपर्छ ।
बजेटले तपाईंहरूका मुद्दाहरू खासै नसमेटिएको गुनासो छ, मौद्रिक नीतिले पनि अहिलेको समस्यालाई सम्बोधन गरेन भने जलविद्युत् लगानीकर्ताहरूको भविष्य के हुन्छ ?
अहिले विद्युत् उत्पादनको सर्वेक्षण अनमुतिपत्र जारी भएका करिब ३ हजार मेगावाट क्षमताका आयोजनाहरू छन् । विद्युत् खरिद सम्झौता भई निर्माणमा जान वित्तीय समायोजन नभएका आयोजनाहरूको संख्या ठूलो छ । यी आयोजनाहरूले स्वदेशी बैंकहरूबाट ऋण प्राप्त गरेर आयोजना बनाउन लागिपर्नुभएको छ । अर्कातर्फ देशमा लगानीयोग्य साधन यत्रतत्र छरिएर रहेको छ । अबको मौद्रिक नीतिले यी सबै साधन एकत्र गरी समन्वयात्मक बाटोमा काम गर्न लगाएमा देशभित्रैको साधन परिचालन हुन सक्नेछ । बनिसकेका जलविद्युत् आयोजनाहरूले त ऋण तिर्न सुरु गरेकाले अब त्यही कोष पनि नयाँ परियोजनामा लगानी गर्न सकिन्छ भन्ने ठानेको छु । नयाँ आयोजनाहरूले बजारमा ऋणपत्र निष्काशन गरेर पुँजी संकलन गर्न दिने व्यवस्था हुने आशा गर्न सकिन्छ । आगामी मौद्रिक नीतिले यस सम्बन्धमा केही व्यवस्था गर्नेछ भन्ने आशा लिएको छु । जलविद्युत् आयोजनालाई देशकले प्राथमिकता प्राप्त क्षेत्रमा वर्गीकरण गरेको छ, तर बैंकहरूले अन्य व्यवसायभन्दा पनि जलविद्युत् आयोजनाहरूलाई बढी ब्याज लिने गरेका छन् । यसमा एउटा मार्गदर्शन आउने आशा गरेको छु ।
नेपालमा जलविद्युत्मा लगानी गर्ने र सम्पन्न गर्ने लगानीकर्तामध्ये तपाईं पनि अग्रभागमा पर्नुहुन्छ, कुन–कुन आयोजनाहरू बनाइरहनुभएको छ र ती आयोजनाहरूको अवस्था के छ ? यतिबेला तपाईंहरूले कुनै समस्या भोगिरहनुभएको छ ?
हामी अरुण भ्याली हाइड्रोपावर समूहको नामबाट परिचित छौं । हाम्रो समूहले अहिलेसम्म जम्मा ५७ मेगावाट क्षमताका ७ वटा जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी सुसञ्चालन गरिरहेका छौं । यी सञ्चालनमा रहेका आयोजनाहरूका लागि मर्मत तथा सम्भारका लागि सामान तथा प्राविधिक जनशक्ति उपलब्ध गराउन सकेका छैनौं । काबेली बी–१ क्यास्केड आयोजना ९.४ मेगावाट तथा बुटवल सोलार आयोजना ८.५ मेगावाट हाल निर्माणधिन अवस्थामा छन् । यी दुवै आयोजना कोरानाको महामारीबाट आक्रान्त बनेका छन् । कर्मचारी र कामदारलाई पाल्न गाह्रो भइरहेको छ । चैतको त्रैमासदेखि यताको बैंक कर्जाको ब्याज तिर्न सकेका छैनौं र परियोजना सम्पन्न हुन लामो समय लाग्न गई कम्पनीलाई ठूलो आर्थिक नोक्सानी हुने देखिन्छ । यो समस्या सबै जलविद्युत् निर्माण गरिरहनुभएका मित्रहरूलाई पनि परेको छ ।
समयमा वित्तीय व्यवस्थापन सम्पन्न गर्न नसकी एवं तोकिएको समयमा आयोजनाको निर्माण सम्पन्न गर्न नसकेका कारणले हामीले ठूलो रकम हर्जाना र जरिवानावापत भुक्तान गरेका छौं । विद्युत् उत्पादन अनुमतिपत्र तथा विद्युत् खरिद–बिक्री सम्झौताहरू खारेजीमा परेका छन् इत्यादि । यी सबै कष्टहरू सहेर पनि काम गरिरहेका छौं । ग्रिड हिब्लिङको कानुन बनाई लागू गर्नुपर्ने आवश्यकता छ । ट्रान्समिसन लाइन लसको व्यवस्थाहरू शीघ्र तय गरिदिनुपर्ने आवश्यकता छ । निजी क्षेत्रलाई ट्रान्समिसन लाइन आयोजनाहरू बनाउन दिने सरकारले नीति लिएको छ, तर काम भएको छैन । यसलाई शीघ्र सम्पन्न हुने नियम तथा कानुन बनाइदिनुपर्ने आवश्यकता छ । सोलार तथा हावाबाट ऊर्जा उत्पादन गर्ने सरकारले सहुलियतपूर्ण ऋण सुविधा उपलब्ध गराइदिनुपर्नेछ ।

Sunday, June 21, 2020

सरकारनै विद्युत् खपत विरोधी

सोमवार, असार ८, २०७७
दुई वर्षअघि अर्थात २०७५ सालमा सरकारले घोषणा ग-यो, १० वर्षभित्र १५ हजार मेगावाट उत्पादन गर्ने र त्यसमध्ये १० हजार मेगावाट आन्तरिक बजारमै खपत गर्ने । यसमा पनि पाँच वर्षभित्र पाँच हजार मेगावाट खपत पु-याउने योजना थियो । सरकारको घोषणा सकिन अब ३ वर्ष बाँकी छ । ठूलै चमत्कार नभए अबको ३ वर्षमा १० हजार मेगावाट खपत पुग्ने सम्भावना एकदमै कम छ ।
कोरोना महामारीअघिको सामान्य अवस्था नै हेर्ने हो भने विद्युत्को खपत पिक आवरमा बल्ल १२ सय मेगावाट पुगेको थियो । जबकि विद्युत् प्राधिकरणकै प्रक्षेपण हेर्ने हो भने चालू आर्थिक वर्षमा विद्युत्को माग २ हजार मेगावाट हाराहारीमा पुग्नुपर्ने थियो । कोरोना महामारी र लकडाउनपछि त विद्युत्को माग एक हजार मेगावाट हाराहारीमा ।
आन्तरिक विद्युत्को खपत बढाउन सक्ने अवस्था हुँदै नभएको होइन । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालका महासचिव आशिष गर्गको भनाइमा अहिले रहेका १० लाख रहेको पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनको प्रतिस्थापन गरी विद्युतीय सवारी साधनबाट दुई हजार मेगावाट तथा दाउरा र ग्यासलाई विद्युत्मार्फत विस्थापन गर्नसके झण्डै अर्को दुई हजार मेगावाट विद्युत् खपत बढाउन सकिने अवस्था छ । यो एकै वर्ष नभए पनि सरकारले यसलाई वृहत् अभियानको रुपमा अघि बढाए केही वर्षमा सम्भव छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकको भनाइमा विद्युतीय सवारीसाधन र चुलोसँगै व्यापक रुपमा विद्युत्मार्फत लिफ्ट सिँचाइ पनि अर्को विद्युत् खपत बढाउने बाटो हो । पूर्व ऊर्जासचिव सुमन शर्मा त अझै सबै उद्योगहरूमा डिजेल-पेट्रोलको सट्टा गुणस्तरीय र भरपर्दो विद्युत् पु-याउन सके पनि विद्युत्को खपत बढाउन सकिन्छ ।
स्वदेशी विद्युत् उत्पादन वृद्धिका लागि प्रशस्त सम्भावना भए पनि र भाषणमा प्रधानमन्त्री र मन्त्रीले विद्युत् खपतका लागि विशेष योजना बनाउन लागेको बताए पनि आगामी वर्षका लागि सार्वजनिक बजेट तथा कार्यक्रममा भने सरकार आफै विद्युत् खपत विरोधीको रुपमा प्रस्तुत भयो । सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्नुका सट्टा ८५ प्रतिशतसम्म कर बढायो । यस्तै, इण्डक्सन चुलोका लागि ५ प्रतिशत करमात्र बढाइएन, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले आगामी वर्ष एक लाख इडक्सन चुल्हो बाँड्नका लागि मागेको जम्मा ४० करोड बजेट पनि छुट्याइएन । विद्युत् खपत बढाउनका लागि उद्योगीहरूले औद्योगिक क्षेत्रमा २० प्रतिशत विद्युत् महशुल घटाउने प्रस्ताव गरेका थिए, त्यसलाई सम्बोधन भएन । अझ लिफ्ट सिँचाइका लागि बजेट पनि पर्याप्त छुट्याइएको छैन । “विद्युत् खपत बढाउनका लागि सट्टा सरकार उल्टो बाटोमा हिँड्यो, न विद्युतीय सवारी साधनलाई प्रोत्साहन गरियो, न चुलोलाई नै,” इप्पानका महासचिव गर्ग भन्छन्, “विद्युत्को खपत घटेर चिन्ता भइरहेको बेला उल्टै वृद्धिको सम्भावनालाई खुम्चाउने काम भयो ।”
नीति तथा कार्यक्रममा विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्ने नीति लिएको सरकार आफैले बजेट तथा कार्यक्रममा उल्टो नीति ल्याएर व्यापक आलोचना भयो । तर, अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा विद्युतीय सवारी साधनले खासै विद्युत्को खपत नबढ्ने तर्क गरे । पूर्वसचिव शर्मा विद्युतीय सवारी साधनले विद्युत् खपत वृद्धि गर्दैन भनेर तर्क गर्नु गलत भएको बताउँदै विद्युत् खपत बढाउनका लागि उद्योगधन्दामा प्रयोग हुँदै आएको डिजेल-कोइलाको पूर्ण रुपमा प्रतिस्थापन गर्नुपर्ने बताउँछन् । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ भने विद्युत् महशुल वृद्धिको समायोजन हुँदा रातिको समयमा उद्योग सञ्चालन गरेमा आधा मात्र महशुल तोकिएको तथा सवारी साधनको चार्जिङमा ठूलो छुट गरेकोले खपत वृद्धिका लागि प्रयास भएको बताउँछन् । विद्युत्बाट लिफ्ट सिँचाइका लागि संघबाट ठूलो बजेट नछुट्याएपनि प्रदेश र स्थानीय सरकारबाट बजेट छुट्याउनु सकारात्मक रहेको उनको तर्क छ ।
कोरोना महामारीपछिको लकडाउनको कारणले विद्युत् खपत उल्टो खटिरहेको बेला सरकारले खपत नबढाउने गरी नीति ल्याउनुलाई बिडम्बनाको रुपमा हेरिएको छ । “पेट्रोलियम व्यवसायीलाई खुसी पार्न विद्युतीय सवारीसाधनमै कर बढेपछि त्यसको चास्नी त सीमित सरकारी व्यक्तिसम्म त पुग्यो होला, तर यसले समग्र ऊर्जा क्षेत्रलाई दीर्घकालसम्म प्रभाव पार्ने निश्चित छ,” एक जलविद्युत् प्रवद्र्धकले भने, “कुतर्कले जति जितेपनि विद्युत्ीय सवारी साधनलाई निरुत्साहित गर्नु जलविद्युत् आयोजना नबनाउने नदिने विगतदेखिको श्रृंखलावद्ध गलत अभियानको निरन्तरता हो ।”

Thursday, June 18, 2020

एमसीसी फिर्ता भए नेपालको विश्वसनीयतामा आँच आउँछ

https://www.karobardaily.com/news/interview/33023?fbclid=IwAR1GYVRb5wgMKZxEGhtouKBB4bJLsDYQidh7FxDHqU-1tNg13HZB_ruFVA4
बिहिवार, असार ४, २०७७
नेपाल सरकारका पूर्वसचिव कृष्ण ज्ञवाली अहिले विवादमा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एसीसी) सँगको सुरुवाती चरणमै तत्कालीन अफिस अफ द मिलेनियमन च्यालेन्ज नेपालका राष्ट्रिय संयोजक थिए । सरकारी सेवामा रहेर लामो समय अनुभव हासिल गरेका उनले एमसीसी परियोजनाको सुरुमै काम गरेका थिए । प्रतिस्पर्धाका आधारमा नेपालले विभिन्न २० सूचकांकमा आफूलाई योग्य बनाएर नेपालमै पहिलो पटक सबैभन्दा बढी करिब ५५ अर्ब बराबरको अनुदान नेपालले पाएको थियो । अनुदान पाउनका लागि संसद्बाट अनुमोदन हुनुपर्नेमा त्यसबारे सत्तारुढ दल नेकपाभित्र ठूलो विवाद छ । यसको विरुद्ध प्रदर्शन पनि भइरहेका छन् । विवादको कारणले आगामी असार १६ गतेदेखि सुरु गर्ने भनिएको प्रसारणलाइन र सडक स्तरोन्नति सुरु गर्ने योजना पूरा हुने अवस्था छैन भने संसद्बाट अनुमोदन नभएमा एमसीसी फिर्ता हुने अवस्था पनि छ । किन एमसीसीबारे नेपालमा विवाद भइरहेको छ ? सम्झौताका विभिन्न बुँदाबारेको विवाद, एमसीसीमा नेपाल छनोट हुनुको कारण र आगामी बाटोबारे पूर्वसचिव ज्ञवालीसँग कारोबारकर्मी भीम गौतमले गरेको संक्षिप्त कुराकानीको सार :
तपाईं एमसीसी परियोजनामा सुरुको समयमै संलग्न हुनुहुन्थ्यो ? कसरी नेपालले यो प्राप्त गरेको थियो ?
नेपालमा आर्थिक विकासका अवरोधहरू के–के हुन् भनेर एउटा अध्ययन नेपालमा एमसीसी नभएकाले यूएसआईडीमार्फत गराइएको थियोे । नेपाल सरकार र अमेरिकी सरकार दुवैको सहभागितामा नेपाल ग्रोथ डाइनोस्टिकबारे अध्ययन भएको थियो । अध्ययनमा आर्थिक विकासका चुनौतीहरू र अवरोधहरूको पहिचान र यसको निदानबारे उल्लेख थियो । यसको निचोड के थियो भने नेपालको आर्थिक विकासमा चार–पाँचवटा कुरा अवरोधका रूपमा छन् भन्ने थियो । पहिलो कनेक्टिभिटीको थिममा प्रसारणलाइन र सडकको कुरा थियो । ऊर्जाभित्र पनि उत्पादनमा निजी क्षेत्रको प्रवेशपछिको अवस्था सक्षम हुँदै गए पनि प्रसारण गर्न सकिएन भने समस्या हुन्छ भनेर यसमा केन्द्रित थियो । स्वदेश र बढी भएका विदेश बिक्रीका लागि समेत यसको महŒव थियो । बेच्न सकिएन भने यसको रिटर्न हुँदैन भन्ने थियो । अर्को सडकको कुरा थियो । यातायातका कारण आवतजावतको लागत उच्च भयो र यसको कारण कमजोर सडक हो भन्ने थियो । दोस्रो त व्यापार र लगानीसम्बन्धी कुरा थिए । तेस्रो श्रमसम्बन्धी थियो भने चौथो नीतिगत सुधारलगायतका विषय थिए । यति कुरामा ध्यान दियो भने आर्थिक वृद्धि उकालो लाग्छ भनेर उनीहरूको निष्कर्ष थियो । त्यसपछि नेपालले अमेरिकनहरूलाई सहयोग गर भने तर अनुरोधमा मात्र सहयोग गर्ने अवस्था थिएन । यसका क्राइट एरियाहरू थिए । २० सूचकांकहरू थिए, यसमा विशेषगरी सुशासन, आर्थिक स्वतन्त्रता अनि शिक्षा, स्वास्थ्यमा नेपालीको अवस्थालगायतमा केन्द्रित थियो । यी कुराहरूमा आधारित २० सूचकांकमध्ये पूर्ण प्राप्तांक त कसैले ल्याउँदैन, तर यसको प्रतिस्पर्धाका आधारमा नेपाल योग्य मुलुक बन्यो । क्षेत्र त पहिचान भयो तर त्यसपछि परियोजना पहिचान त गर्नुप-यो । यसका लागि मन्त्रिपरिषद्ले अफिस अफ द मिलेनियमन च्यालेन्ज नेपाल भन्ने अफिस खडा गरियो । यसको राष्ट्रिय संयोजक सरकारले मलाई नियुक्त गरिएको थियो । एक वर्षभित्र हामीले प्रसारण र सडक स्तरोन्नति गर्ने आयोजना छनोट ग-यौं । विज्ञहरूको सुझावका आधारमा परियोजना पहिचान गरिएको थियो । एमसीसी परियोजनाको मुख्य उद्देश्य नै आर्थिक विकास हो । एमसीसीको सुरुवात नै आर्थिक वृद्धि भएन भने गरिबी बढ्छ, गरिबी भयो भने द्वन्द्व बढ्छ, आतंकवाद बढ्छ भन्ने निष्कर्ष हो ।
पछिल्लो समयमा एमसीसीका प्रावधानलाई लिएर विवाद भइरहेका छन् । यसबारे केही प्रस्ट हुन आवश्यक छ । एमसीसी नेपालको संविधानभन्दा माथि रहने उल्लेख छ भनेर व्याख्या भइरहेको छ । यसलाई के भन्नुहुन्छ ?
नेपालको संविधान माथि हुन्छ भनिएको छ भनिन्छ, तर यो हुँदै होइन । नेपालको अहिलेको कानुन र भविष्यको कानुन सम्झौतासँग बाझिएमा सम्झौता कार्यान्वयनका लागि त्यही सम्झौताको प्रावधान लागू हुन्छ भनिएको हो । यो तलमाथि छैन, विवाद गर्नु बेकारको कुरा हो ।
सम्झौतामा अमेरिकाको वर्तमान र भविष्यको कानुन मान्नुपर्ने प्रावधान छ भनेर पनि विरोध भइरहेको छ नि ?
एमसीसीको सम्झौता जुन कानुनमा टेकेर भएको छ, त्यो त मान्नैपर्छ । त्यो कानुन भनेको सन् २००३ मा बनेको एमसीसी एक्ट हो । यो एक्ट अमेरिकाको सन् १९६१ को विदेशी सहायता ऐनसमेत टेकेर बनाएका छन् । यसलाई मान्नु अनुपयुक्त हुन्छ जस्तो मलाई लाग्दैन । दाताले हाम्रो सहायता दिने कानुनका आधारमा सम्झौता गरेका छौं, मान्देऊ भन्नु कुनै अनौठो कुरा भएन ।
सम्झौताको प्रावधानमा अमेरिकी सुरक्षा र स्वार्थविपरीत काम गर्नु हुँदैन भनेर लेखिएको छ भन्ने पनि विवाद छ नि, के यस्तो छ त ?
यो पनि स्वाभाविक हो, तर भोलि यसको नाममा नाजायज प्रस्ताव राख्यो भने हामी आपत्ति जनाउन सक्छौं । व्यापक रूपमा हेर्दा यसबारे सन्देश र शंका गर्नुपर्ने आवश्यकता छैन । यो भनेको के हो भनेर स्पष्ट खुलाइदिए राम्रो हुन्छ र पर्छ भन्ने मलाई लाग्छ । भोलि नेपालले अन्य देशसँग कुनै सहायता लिँदा अमेरिकाले लिन पाउँदैन भन्यो भने हामीले आपत्ति जनाउने हो । द्विपक्षीय नेगोसेसनमा जसले पनि भन्छ । बेलायत, जापानले पनि उसको राष्ट्रिय स्वार्थ र सुरक्षामा आँच आउने गरी तिमीले काम नगर त भनिहाल्छ नि । तर, यसबारे तिमीहरूले भन्न खोजेको के हो भनेर थप स्पष्टता लिँदा राम्रो हुन्छ ।

प्रसारणलाइनको नियन्त्रण लामो समयसम्म अमेरिकाकै रहन्छ भनेर पनि सम्झौतामा छ भन्ने कुरा आइरहेका छन् । यसलाई के भन्नुहुन्छ ?
यसबारे पनि उनीहरूसँग स्पष्टता लिँदा भइगयो नि । सम्झौताको प्रावधान हेर्दा यसको सम्पत्ति निर्माण हुन्छ, त्यसमा नियन्त्रण हुन्छ भन्ने अर्थ त लाग्दैन । उनीहरूको फन्डबाट जुन काम हुन्छ, त्यसको दुरुपयोग नहोस् भनेर उनीहरूले खोजेका हुन् । त्यसो त चिरकालसम्म रहन सक्ने देखिन्छ तर यसमा स्वामित्व भनेको होइन । प्रसारणलाइन बनाएपछि त्यो उनीहरूको हुने भन्ने त होइन, तर प्रयोगचाहिँ अमेरिकाको स्वार्थविपरीत नहोस् भन्ने चाहिँ देखिन्छ ।
परियोजना कार्यान्वयनका लागि गठित मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपाल एमसीसीअन्तर्गतको निकाय भनेर पनि विवाद भइरहेको छ, के त्यो निकाय हो त ?
यो नेपाल सरकारकै नियन्त्रणमा छ । यसमा प्रभावकारी भूमिका एमसीसीको पनि छ । यसमा रहनुपर्छ । नेपालको कानुनअनुसार, विकास समिति ऐनअनुसार यो बनेको हो । यसको अध्यक्षमा अर्थसचिव छन् । यसमा ऊर्जा, भौतिक पूर्वाधार, विद्युत् प्राधिकरणका साथै निजी क्षेत्र र नागरिकको पनि प्रतिनिधित्व छ । मताधिकार नहुने आमन्त्रित सदस्य मात्र एमसीसीका प्रतिनिधि छन् । यसमा एमसीसीको नियन्त्रण छ भन्ने म मान्दिनँ । यसमा संयुक्त स्वामित्व छ । यसका केही अधिकार दिइएको छ । यो त पाँच वर्षको मात्र समय छ । अरू समितिभन्दा यसलाई सशक्त बनाइएको छ, तर उत्तरदायी पनि बनाइएको छ ।
अर्को लेखा परीक्षण एमसीसीले मात्र गर्छ भनिएको छ, के नेपालले गर्न नपाउने सम्झौतामै छ त ?
यो त पूर्ण गलत आरोप हो । यसमा महालेखा परीक्षक र एमसीसी दुवैले गर्ने भन्ने उल्लेख छ । उनीहरूले अडिटिङको सिस्टम बनाएका छन् । तर, नेपालको महालेखा परीक्षक कार्यालयले गर्नका लागि कुनै बाधा–व्यवधान छैनन् ।
यो परियोजना पाँच वर्षभित्र र तोकिएको लागतमै सक्नुपर्छ । यसमा नेपालका कानुनसँग बाझिएको हकमा कम्याक्ट सम्झौता लागू हुन्छ भनिएको छ ।

सबैभन्दा ठूलो विवाद त संसद्बाट किन एमसीसी अनुमोदन गर्नुप-यो भन्नेमा छ, यसको आवश्यकता कस्तो देख्नुहुन्छ ?
छ । यसमा सबै अपनत्व होस् भन्नका लागि संसद्मा अनुमोदनका लागि लगिएको हो । त्यो बेला मन्त्रिपरिषद्ले संसद्को जिम्मा मैले लिन्छु भनेको भए, संसद्मा नलगेको भए पनि हुन्थ्यो । कानुन बाझिएको हकमा स्पष्ट हुन यो लगिएको हो । यो मन्त्रिपरिषद्ले मात्र भन्न सकिने कुरा हो । सम्झौतामा संसद्मा लैजाने कुरा भने उल्लेख छैन ।
खरिद प्रक्रिया पनि एमसीसी हुने र नेपाललाई बाइपास गरिएको छ भनेर पनि बाहिर आएको छ नि ? यसलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
त्यस्तो केही छैन । विश्व बैंकको खरिद निर्देशिकालाई मानेको छ । यसमा विभिन्न प्रावधानहरू छन् । यसमा योग्य जो–कोहीले पनि सजिलै परियोजनामा भाग लिन पाउँछ । यसमा सेवा प्रदायक चीन, भारत जो पनि हुनसक्छ ।
नेपालले विभिन्न विकास पूर्वाधार आयोजनाहरूका लागि विभिन्न एसियाली विकास बैंक, विश्व बैंकलगायतका दातृ निकायहरूसँग पनि सम्झौता गरिसकेको छ, के एमसीसी सम्झौता अन्यभन्दा अनुदार र गलत हो त ? तपाईंको के विश्लेषण छ ?
अनुदारभन्दा पनि यसमा कठोर प्रावधानहरू छन् । यो हुनुको कारण पाँच वर्षभित्र परियोजना सम्पन्न गर्नैपर्ने अवस्थाले हो । दायाँबायाँ भयो भने परियोजना सम्पन्न गर्न कठिन छ । खरिद प्रक्रिया नेपालकै अनुसार ग-यो भने समयमै सम्पन्न हुँदैन भन्ने उनीहरूलाई पनि थाहा छ, हामीलाई पनि थाहा छ । यस्तो आपत्कालीन अवस्थामा पीपीई ल्याउने कुरामा त सरकारको निर्लज्जता देखियो । एउटा सम्झौता सेनालाई दियो, सेनाले पनि सकेन । हामीले यो देखिरहेका छौं । भोलि जग्गा प्राप्ति, मुआब्जाको कुरा आउँछ । खिम्ती ढल्केबर प्रसारणलाइनमा नाजायज मुआब्जा मागेर धेरै समस्या भएको हामीले देखेकै छौं । अर्को वातावरणीय कुरा छ, सुरक्षाको कुरा छ । निर्माण सामग्री आपूर्तिको कुरा छ । कामदारको व्यवस्थापनको कुरा छ । बनाउने कुरा सहज छैन । कठोर प्रावधान नराख्ने हो भने समयमै काम हुन सक्दैन भनेर राख्या हो । यो नेपालका लागि मात्र राखेको होइन, एमसीसी लागू भएका झन्डै ४६ देशमा राखिएको छ । मंगोलियामा दोस्रो, इन्डोनेशियामा त तेस्रो चरणमा एमसीसी अघि बढेको छ । एमसीसीले नेपालका लागि मात्र कठोर प्रावधान राखेको होइन ।

नेपालमा हुन लागेको एमसीसी परियोजनाबारे ठूलो विवाद छ । यस्ता विकास–निर्माणमा यति धेरै विवाद र बहस किन भयो ? विकास–निर्माणमा भएका यस्तो राजनीतिक बहसले के संकेत गर्छ ?
कठोर किसिमको प्रावधानसहित अमेरिकाले पहिलो पटक नेपालमा प्रस्ताव गरेको हुनाले विवाद हुनु नराम्रो होइन । विभिन्न आशंका उब्जिएका छन्, शंका जन्मिएका छन्, त्यो पनि अस्वाभाविक होइन । यसले राम्रै गर्छ तर बहकिएर अनर्गल, तथ्यहीन र गलत कुरा आइरहेका छन् । अमेरिकाको सेना आउने, मिसाइलको कुरा, यी बेकारका कुरा हुन् । धेरैले नबुझेर होला, कतिले त बुझ पचाएर कुरा गरिरहेका छन् । अमेरिकालाई मन नपराउनेहरूले पनि कुरा गरेका होलान् । कसैको उक्साहटमा पनि हुन सक्छ । तथ्य र यथार्थतामा आधारित भएर बहस गरौं भन्ने हो । अनुभव, परामर्श तथा विवेकका आधारमा, उनीहरूसँग बसेर, विश्वासका साथ छलफल गरेर टुंग्याउनुपर्छ । एमसीसी सम्झौतामा आत्तिनुपर्ने, डराउनुपर्ने केही कुरा छैनन् । तर, उठेका कुराहरू र आशंकामा सरकारले अमेरिकी सरकारसँग सोधेर, छलफल गरेर, यसबारे स्पष्ट भएर संसद्मा पेस गर्नुपर्छ भन्ने मलाई लाग्छ । मेरो बुझाइ नै अन्तिम र सर्वमान्य त छैन, हुनु पनि हुँदैन । अहिले विवादास्पद कुरामा तिमीहरूको भनाइ के हो ? भनेर सोध्नुपर्छ, सोधेको, नसोधेको थाहा छैन । सोधेपछि उनीहरूलाई यसबारे स्पष्ट पार्न कर लाग्छ । त्यसपछि विश्वासका साथ मान्नुप-यो ।
असार १६ गतेदेखि सुरु गर्ने भनिएको थियो, वर्षे अधिवेशनको पनि अन्तिम चरणमा छौं । संसद्बाट अनुमोदन हुन सकेन भने आयोजनाको भविष्य के हुन्छ ?
अर्थ मन्त्रालयले तुरुन्तै म्याद थपका लागि अनुरोध गर्नुपर्छ । फिर्ता जान नदिन यत्रो राज्यले नेगोसेसन गर्नुप-यो नि । संसद्मा लान खोजेका छौं । त्यहाँ बहस हुन्छ । कोरोना महामारीका कारणले हाम्रो फोकस अन्य कुरामा पनि छ । जनमतलाई विश्वासमा नलिई गर्दा भोलि कार्यान्वयनमा समस्या हुन्छ । अहिले जबरजस्ती पेलेर लग्ने कुरा पनि हुँदैन । एक किसिमको फेस सेभिङको आवश्यकता पनि छ । यसका लागि दुई-तीन महिना समय अर्थ मन्त्रालयले माग्नुपर्छ । अमेरिकाले यसमा मान्नुपर्छ । मानेन भने त समस्या पनि आउला । विश्वास भएन भने भोलि काम त हुँदैन । पाँच वर्ष त उसले काम गर्नुपर्छ ।

गत वर्षको वर्षामै संसद्बाट पारित गर्ने भनेर सरकारले प्रतिबद्धता जनाएको देखिन्छ । गत हिउँदमा भएन । यो वर्ष पनि संसद्बाट पारित भएन भने अर्को एक वर्ष ढिला हुने देखिन्छ । यस्तो अवस्थामा सबैको चित्त बुझाएर अघि बढ्ने बीचको बाटो के हुन सक्छ ?
वर्षे अधिवेशन सकिन लागेको भए त सरकारले विचार गर्नुपर्छ । अधिवेशनलाई दुई–तीन दिन लम्ब्याएर हुन्छ वा बीचमा बोलाएर कसरी हुन्छ, यसबारे केही निर्णय त गर्नुपर्ला । यो कुरा त सरकारले बुझ्ने कुरा हो । किन सरकारले ढिलाइ गरिरहेको छ, त्यो त थाहा भएन । हामीले जान्ने कुरा के हो भने केही सवालहरू आए, यो अमेरिकी सरकारसँग यसबारे छिटो थप स्पष्टता खोजेर संसदमा जाँदा राम्रो । त्यसपछि संसद्मा पनि धेरै समय नलाग्ला । कुरा मिलेको छ भने त इमेल, फ्याक्सबाट सोधेर तुरुन्तै जवाफ आउन सक्छ ।
अहिले एमसीसीबारे सत्तारुढ दलभित्र ठूलो विवाद देखिएको छ । यदि नेपालले यही कारणले एमसीसी फिर्ता भयो भने नेपालमा के असर पर्न सक्छ ?
ठूलै असर त नपर्ला । अहिले खिस्रिक्क त हुन्छ । एमसीसी फिर्ता भए नेपाल राज्यकै साख, विश्वसनीयतामा आँच आउँछ । दुईजना अर्थमन्त्रीहरू ज्ञानेन्द्रबहादुर कार्की र डा. युवराज खतिवडाले दुईवटा सम्झौतामा हस्ताक्षर गरेका छन् । अर्थमन्त्री भनेको उच्चपदस्थ व्यक्ति हो । सह–सचिवले गरेको त होइन । दुई–दुईवटा अर्थमन्त्रीले सही गर्दा के हेरे त ? अमेरिकाले यसमा त चित्त दुःखाउला नि ! अन्तर्राष्ट्रिय समुदायमा पनि नेपालको विश्वसनीयता गुम्न सक्छ । लज्जित हुने अवस्था आउँछ । पहाडै खस्ने भन्ने त होइन । यसमा हाम्रो पार्टीले साथ दिएन, आन्तरिक राजनीतिको कारणले फिर्ता भयौं भनेर भन्न पनि सकिन्छ । यसले राम्रो सन्देश त जाँदैन, ठूलै विपत् आउला जस्तो लाग्दैन । अर्कातिरबाट परियोजनाका लागि लागत जुटाउनुपर्छ । उनीहरूलाई चित्त बुझाएर काम गर्नुपर्छ । यसबारे गलत व्याख्या र दुराग्रह भएर लाग्नुचाहिँ भएन । जायज चासोलाई सोधेर अघि बढाउँदा धेरै राम्रो हुन्छ । यो राष्ट्रघाती सम्झौता हुँदै होइन, छँदै छैन । भाषा र आशयलाई बुझ्ने कुरा हुन्छ यसमा ।

Wednesday, June 17, 2020

नयाँ विद्युत् महशुल, उपभोक्तालाई घट्यो, उद्योगलाई बढ्यो

बिहिवार, असार ४, २०७७
घरेलु उपभोक्तालाई घटाउँदै उद्योगलाई बढाएर विद्युत् नियमन आयोगले नयाँ विद्युत् महशुल सार्वजनिक गरेको छ । एक वर्षअघि गठन भएको आयोगले नेपाल विद्युत् प्राधिकरणको प्रस्तावमाथि विश्लेषण गर्दै नयाँ महशुल कायम गर्ने निर्णय गरेको हो । यसअघि २०७३ सालमा तत्कालीन विद्युत् महशुल निर्धारण आयोगले महशुल वृद्धि गरेको थियो । घरेलु उपभोक्तालाई घटाउँदै उद्योगलाई बढाएर विद्युत् नियमन आयोगले नयाँ विद्युत् महशुल सार्वजनिक गरेको छ । एक वर्षअघि गठन भएको आयोगले नेपाल विद्युत् प्राधिकरणको प्रस्तावमाथि विश्लेषण गर्दै नयाँ महशुल कायम गर्ने निर्णय गरेको हो । यसअघि २०७३ सालमा तत्कालीन विद्युत् महशुल निर्धारण आयोगले महशुल वृद्धि गरेको थियो ।
 आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले उपभोक्ता, औद्योगिक ग्राहक तथा विद्युत् प्राधिकरण सबैलाई असर नपर्ने गरी समग्रमा १० प्रतिशत विद्युत् महशुल घटेको जानकारी दिए । उनका अनुसार, दोब्बर महशुल कायम गरिएको ट्रंकलाइन र डेडिकेटेड फिडर नै खारेज गरिएको छ । आयोगका अनुसार २३० भोल्टको सिंगल फेज तल्लो भोल्टेजतर्फका ५, १५, ३० र ६० एम्पियरका ग्राहकलाई न्यूनतम (डिमाण्ड) शुल्कतर्फ ११.११ प्रतिशतदेखि ३३.३३ प्रतिशत तथा १० युनिटसम्म बाहेकका ग्राहकलाई इनर्जी शुल्कतर्फ ५ देखि ९.०९ प्रतिशत घटाइएको छ । ५ एम्पियरका ग्राहकका लागि भने १० युनिटसम्म इनर्जी शुल्क गरिए पनि डिमाण्ड शुल्क न्यूनतम ३० रुपैयाँ तिर्नुपर्नेछ ।
गार्हस्थ्य वर्गको ४०० भोल्ट अन्र्तगतको थ्री फेज तल्लो भोल्टेजतर्फ विद्युत् खपत गर्ने उपभोक्ता समूहको न्यूनतम शुल्कमा कुनै परिवर्तन नगरिए पनि मासिक ४०० किलोवाटसम्म घण्टासम्म विद्युत् खपत गर्ने उपभोक्ताको इनर्जी शुल्कमा ८ प्रतिशत र ४०० किलोवाट घण्टाभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्ताको इनर्जी शुल्कमा ११.११५ घटाइएको आयोगले जनाएको छ । गार्हस्थ्य वर्गको थ्री फेज मझौला भोल्टेजअन्तर्गत ३३-११ केभीको लाइनबाट विद्युत् खपत गर्ने उपभोक्ता समूह अन्तर्गत मासिक २००१ किवा घण्टाभन्दा धेरै विद्युत् खपत गर्ने उपभोक्ताको इनर्जी शुल्क ७.६९ प्रतिशतले घटाइएको छ भने बाँकी महसुल यथावत राखिएको आयोगले जनाएको छ ।अन्य उपभोक्ता अन्तर्गतका सामुदायिक खानेपानी उपसमूहको डिमाण्ड शुल्क हटाइएको छ भने इनर्जी शुल्कमा १९.२३ प्रतिशतदेखि २३.३३ प्रतिशतसम्मको कटौती गरिएको र अन्य खानेपानी उपसमूहको डिमाण्ड शुल्क २७.२७ प्रतिशत देखि ३१.८२ प्रतिशतसम्मको कटौती गरिएको छ । यसैगरी सिँचाइ वर्गको डिमाण्ड शुल्क हटाइएको छ भने इनर्जी शुल्क प्रतियुनिट ४.३० रुपैयाँ यथावात राखिएको छ ।
यातायातको चार्जिङ स्टेशनमा समेत नयाँ महशुल दर कायम गरिएको छ । तल्लो २३०-४०० भोल्टेजअन्तर्गत सार्वजनिक यातायाततर्फ डिमाण्ड शुल्क २ सय तथा प्रतियुनिट ५.७५ रुपैयाँ कायम गरिएको छ । अन्य यातायाततर्फ डिमाण्ड शुल्क २२० रुपैयाँ तथा ८.९० रुपैयाँ कायम गरिएको छ । यसले निजीतर्फका विद्युतीय गाडीका लागि चार्जिङ स्टेशनबाट चार्ज गर्दा महंगो पर्ने देखिएको छ । यसैगरी ३३ केभीको मझौला भोल्टेजको यातायातको चार्जिङ स्टेशन समेतको लागि सार्वजनिक यातायातलाई डिमाण्ड शुल्क २३० र प्रति युनिट इनर्जी शुल्क ५.६० रुपैयाँ तथा अन्य तर्फ डिमाण्ड शुल्क २५५ र इनर्जी शुल्क प्रतियुनिट ८.६० रुपैयाँका साथै ११ केभीतर्फ सार्वजनिक यातायातलाई ३३ केभीकै शुल्कसरह तथा अन्य यातायाततर्फ डिमाण्ड शुल्क २५५ रुपैयाँ तथा इनर्जी शुल्कतर्फ प्रति युनिट ८.८० निर्धारण गरिएको छ । १३२ केभी लाइनको प्रयोग गर्ने औद्योगिक उपभोक्ताहरुका लागि नयाँ महसुल दर कायम गरिएको छ । आयोगका अनुसार, माथिल्लो भोल्टेजतर्फ डिमाण्ड शुल्क २३० रुपैयाँ र इनर्जी शुल्क प्रतियुनिट ८.२० रुपैयाँ कायम गरिएको छ । ६६ केभीको औद्योगिकतर्फ भने डिमाण्ड शुल्क यथावत राखिएपनि इनर्जी शुल्क १०.६७ प्रतिशत वृद्धि गरी ८.३० कायम गरिएको छ । ६६ केभीको औद्योगिकतर्फ भने डिमाण्ड शुल्क यथावत राखिएपनि इनर्जी शुल्क १०.६७ प्रतिशत कायम गरिएको छ । डेडिकेटेड लाइन मार्फत जडान गरिएका औद्योगिक, व्यापारिक तथा गैह्र–व्यापारिक उपभोक्तालाई ६५ प्रतिशतसम्म अतिरिक्त शुल्क लिइरहेकोमा यसलाई हटाई ६६ केभी लाइनमार्फत विद्युत् खपत गर्ने औद्योगिक ग्राहकको इनर्जी शुल्कमा १४.४६ सम्मको मात्र वृद्धि गरिएको छ । जसले गर्दा यस वर्गका ग्राहकले ने.वि.प्रा.लाई तिर्नुपर्ने अतिरिक्त शुल्कमा ५० प्रतिशत भन्दा बढीले कमी आउने आयोगको दाबी छ ।टाइम अफ डे (टीओडी) मिटर जडान गरेका उपभोक्ताहरूको हकमा यातायात तथा १३२ के.भी. लाइनको प्रयोग गर्ने औद्योगिक उपभोक्ताहरूका लागि नयाँ महसुल दर कायम गरिएको छ ।
औद्योगिक ग्राहकतर्फ १३२ केभीको नयाँ शुल्क प्रति महिना प्रति केभीए डिमाण्ड शुल्क २३० कायम गरिएको छ भने पिक समयको साँझ ५ बजेदेखि राति ११ बजेसम्म प्रति युनिट १० रुपैयाँ तथा राति ११ बजेदेखि बिहान पाँच बजे (रातिको समय)सम्म प्रतियुनिट ४.६५ र अन्य समयमा ८.२० तथा ६६ केभीतर्फ प्रति महिना प्रति केभीएको डिमाण्ड शुल्क २४० यथावत राखेर पिक समयका लागि ८.६० प्रतिशत वृद्धि गरेर १०.१० तथा रातीको समयमा १४.४६ प्रतिशत बढाएर ४.७५ तथा अन्य समयमा १०.६७ प्रतिशत बढाएर ८.३० पुर्याइएको छ । टीओडीतर्फ सामुदायिक खानेपानी उपसमूहको डिमाण्ड शुल्क हटाइएको छ भने इनर्जी शुल्कमा २२.९५ प्रतिशतसम्मको कटौती गरिएको छ र अन्य खानेपानीको डिमाण्ड शुल्क ३१.८२ प्रतिशतले घटाइएको छ । साथै सिंचाईवर्गको डिमाण्ड शुल्क हटाइएको छ भने बाँकी महशुल यथावत राखिएको छ । चार्जिङ स्टेशनसहितको सार्वजनिक यातायातका लागि डिमाण्ड शुल्क नलाग्ने गरी नयाँ टाइम अफ डे (टिओडी) विद्युत् महसुल दर कायम गरिएको छ । पिक समयमा प्रति युनिट ६.२०, रातीको समयमा ३.७० तथा अन्य समयमा ५.५० तथा अन्य यायाततर्फ भने डिमाण्ड शुल्क २५५ कायम गरेर पिक समयमा यथावत राखी प्रति युनिट ९.३५, राती समयमा ३.७० तथा अन्य समयका लागि ८.४० कायम गरिएको छ । यसले सार्वजनिक यातायात प्रोत्साहन दिएपनि नीजिलाई पनि दिएको देखिदैन । आयोगका प्रवक्ता डा. रामप्रसाद धिताल भने विद्युत् खपत वृद्धि गर्ने गरी आयोगले महशुल समायोजन गरेको बताउँछन् । प्राधिकरणले आफ्नो आ.व.२०७५-७६ र आ.व. २०७६-७७ को औसत पूँजीको ८.५२ प्रतिशत प्रतिफल माग गरेकोमा आयोगले प्राधिकरणको कूल स्थिर सम्पत्तिको लागत मूल्यको ३० प्रतिशत रकमलाई पूँजी लगानी भन्ने आधार मानी उक्त पुँजीको ८.५२ प्रतिशत हुने रकम  ४ अर्ब ८८ करोड ३९ लाख ९६ हजार प्रतिफलको रुपमा स्वीकृत गरेको र जुन रकम प्राधिकरण प्रक्षेपण गरेको औसत पुँजीको ३.८५ प्रतिशत हुन आउने प्राधिकरणले जनाएको छ ।  
 
 –समग्रमा १० % विद्युत् महसुल घट्यो
–उपभोक्तालाई डिमाण्ड शुल्क ३३ र इनर्जी शुल्क ९%  सम्म घट्यो
–१० युनिटसम्म खपत गर्नेलाई इनर्जी शुल्क मात्र निःशुल्क
–सामुदायिक खानेपानी उपसमूहको डिमाण्ड शुल्क हट्यो
–अन्य खानेपानीको २३ प्रतिशतसम्म कटौती
–यातायातको चार्जिङ स्टेशनतर्फ सार्वजनिकलाई कम र निजीलाई बढी
–औद्योगिक  ग्राहकमा १४.४६ % सम्म वृद्धि
–डेडिकेटेड-ट्रंक लाइन हट्यो
–औसत बिलिङ दर साढे ९% ले घटेर प्रति युनिट ९.५७ रुपैयाँ
–प्राधिकरणलाई ४ अर्ब ८८ करोड प्रतिफलको रुपमा स्वीकृत
– अधिक खर्च वृद्धि मध्ये जायज खर्च मात्र स्वीकृत

पूर्ण विद्युतीकरण कहिले ?

मंगलबार, असार २, २०७७
बजेट भन्छः दुई वर्षभित्र
प्राधिकरणको योजनाः चार वर्षभित्र
सरकारले जेठ १५ मा सार्वजनिक गरेको बजेटमा आगामी दुई वर्षभित्र मुलुकमा पूर्ण विद्युतीकरण गर्ने उल्लेख छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसद्मा पेश गरेर हालै पारितसमेत भइसकेको सरकारको बजेटमा एक वर्षभित्र चार प्रदेश तथा दुई वर्षभित्र थप तीन प्रदेशमा विद्युतीकरण गरिसक्ने उल्लेख छ । तर, नेपाल विद्युत् प्राधिकरणको सबै स्थानीय तहमा पूर्ण विद्युतीकरण हुन चार वर्ष लाग्ने उल्लेख छ ।
बजेटमा आगामी दुई वर्षभित्र सबै परिवारमा नवीकरणीय ऊर्जाको पहुँच पु-याइ उज्यालो नेपालको अभियान सम्पन्न उल्लेख गर्दै प्रदेश २, बागमती, गण्डकी र प्रदेश ५ का सबै घरमा आगामी वर्ष तथा प्रदेश १, कर्णाली र सुदूरपश्चिममा आगामी दुई वर्षभित्र आधुनिक ऊर्जाको पहुँच पु-याइसक्ने उल्लेख गरिएको छ ।
विद्युत् प्राधिकरण बोर्डले पारित गरेको कर्पोरेट विकास योजनामा भने सन् २०२३-२४ अर्थात २०८०-८१ मा मात्र शतप्रतिशत विद्युतीकरण गर्ने उल्लेख छ । प्राधिकरणका अनुसार, हाल ७२ प्रतिशत स्थानीय तहमा बिजुली पुगेकोमा आगामी आर्थिक वर्ष २०७७-७८ मा ८० प्रतिशत, आर्थिक वर्ष २०७८-७९ मा ९० प्रतिशत, आर्थिक वर्ष २०७९-८० मा ९५ प्रतिशत तथा आर्थिक वर्ष २०८०-८१ मा एक सय प्रतिशत पुग्नेछ । हाल साढे ४६ लाख विजुलीका ग्राहक रहेकोमा पाँच वर्षभित्र ६० लाख पुग्ने तथा पाँच वर्षभित्र हाल २६० युनिट रहेकोमा ७ सय ६३ युनिट पुग्नेछ ।
सम्भव भएसम्मका क्षेत्रमा विद्युत प्राधिकरणको केन्द्रीय ग्रीडमार्फत तथा सम्भव नभएका क्षेत्रमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत प्रदेश र स्थानीय तहसँग समन्वय गरी वैकल्पिक ऊर्जाका प्रविधिहरू पु¥याइने सरकारको लक्ष्य छ । सरकारले सौर्य (सोलार) ऊर्जा, लघु जलविद्युत्लगायतका नवीकरणीय ऊर्जाका प्रविधिहरूलाई उच्च महत्व दिएको छ ।

Monday, June 15, 2020

संसदीय समितिमार्फत परियोजना अनुगमन प्रस्ताव

मंगलबार, असार २, २०७७
अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्र्तगत अघि बढ्न लागेको ऊर्जा र सडक परियोजनाबारे २२ गलत व्याख्या गरिएको भन्दै सरोकारवाला निकायले यसबारे स्पष्ट पारेको छ । पछिल्लो समयमा एमसीसी परियोजनाबारे अर्थ मन्त्रालय र एमसीसी परियोजनाबीच भएको सम्झौतालाई गलत अर्थ लाग्ने गरी व्याख्या गरिएको भन्दै परियोजना अघि बढाउन सरकारद्वारा गठित मिलेनियन च्यालेन्ज एकाउण्ट (एमसीए) नेपालले स्पष्ट पारेको हो ।
 अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्र्तगत अघि बढ्न लागेको ऊर्जा र सडक परियोजनाबारे २२ गलत व्याख्या गरिएको भन्दै सरोकारवाला निकायले यसबारे स्पष्ट पारेको छ । पछिल्लो समयमा एमसीसी परियोजनाबारे अर्थ मन्त्रालय र एमसीसी परियोजनाबीच भएको सम्झौतालाई गलत अर्थ लाग्ने गरी व्याख्या गरिएको भन्दै परियोजना अघि बढाउन सरकारद्वारा गठित मिलेनियन च्यालेन्ज एकाउण्ट (एमसीए) नेपालले स्पष्ट पारेको हो । एमसीए नेपालले एमसीसीबारे विभिन्न सञ्चारमाध्यमका साथै सत्तारुढ दलले गठन गरेको समितिको प्रतिवेदन लगायतमा उल्लेख गरिएको केही सवालाहरूका साथै नेपालको कानुन, नेपालसँग गरिएका विभिन्न सम्झौतासहितको तुलना गरी स्पष्ट पारिएको छ ।
एमसीए नेपालका प्रमुख कार्यकारी अधिकृत खड्गबहादुर विष्टले एमसीसीका केही प्रावधानहरूबारे विभिन्न क्षेत्र र सञ्चारमाध्यममा विभिन्न टिकाटिप्पणी भएकोले त्यसमा स्पष्ट पारिएको बताए । नेपाली कानुनभन्दा माथि रहने भन्ने सन्दर्भमा एमसीए नेपाल र अमेरिकाबीच अन्तर्राष्ट्रिय कानुन लागू हुने सम्झौता भएकोले विश्व बैंक र एसियाली विकास बैकसँग सम्पन्न हुने वैदेशिक सहायता सम्झौतालाई सन्धिको वर्गीकरणमा राखिएको भन्दै कुनै–कुनै राज्य र निकायले सम्पन्न गरेकोले सम्झौतामा अन्तर्राष्ट्रिय कानुन नभनी सोही देशको कानुन लाग्ने भनेकोले सन्धिको वर्गमा नपर्ने भनिएको छ ।
सम्झौताका प्रावधानबारेको स्पष्टीकरणमा सन्धि ऐनअनुसार संसदले अनुमोदन नगरेको सन्धिलाई कानुन सरह मान्यता दिन नयाँ कानुन बनाउने पर्ने वा प्रचलित कानुन संसोधन गर्नुपर्ने तथा सन्धि ऐनअनुसार संसदले अनुमोदन गरेको सन्धि भए सन्धिको व्यवस्था नै सिधै लागु हुने र ५ वर्षको निर्धारित अवधिले गर्दा संसदको अनुमोदन खोजिएको भन्दै कम्प्याक्टले नेपाल कानुन विस्थापित गर्ने नभई कम्प्याक्ट कार्यान्वयन गर्ने सन्दर्भमा कम्प्याक्टका व्यवस्था लागू हुने भनिएको छ । कम्प्याक्टमा हस्ताक्षर हुनुअगावै कम्प्याक्ट सम्झौता नेपालको संविधानभन्दा माथि नरहने भनेर प्रस्टसँग स्वीकार गरी पत्राचार गरेको एमसीए नेपालले जनाएको छ । अमेरिकाको वर्तमान कानुन र भविष्यमा बन्ने कानुनसमेत मान्नुपर्ने बारे भने एमसीसीले कम्प्याक्ट अन्त्य गर्न अवस्थाको कारकको रुपमा मात्र अमेरिकी कानुन तथा सुरक्षालाई उद्धरण गरिएको र नेपालले अमेरिकी कानुनलाई मान्नुपर्ने कहिँ पनि नभनिएको भन्दै एमसीसीले उपलब्ध गराउने ५० करोड अमेरिकी डलरको सन्दर्भमा मात्र एमसीसीले नेपाललाई अमेरिकी कानुनको बारेमा जानकारी गराउने उल्लेख गरिएको बताएको छ । 
अमेरिकाको अमेरिकी सुरक्षा नीति र स्वार्थको विपरित काम गर्न  नहुने, तर अमेरिकी सुरक्षा नीति र स्वार्थको परिभाषा नगरिएको भन्ने सन्र्दभमा भने नेपाल सरकारले अमेरिकी सुरक्षा नीति वा स्वार्थ मान्नु पर्ने उल्लेख नगरिएको जनाइएको छ । सैनिक तालिम, वातावरण असर, गर्भपतन आदिमा प्रयोगमा प्रतिबन्ध लगाइएको र यसबारे अमेरिकाको मिलेनियमन च्यालेन्स एक्ट २००३ मा उल्लेख भएको उल्लेख छ । प्रसारणलाइनको भूमीमा एमसीसीको अनिश्चितकालसम्म नियन्त्रण हुने भन्ने विवादमा भने प्रसारणलाइन, परियोजना वा जग्गामा एमसीसीको स्वामित्व वा नियन्त्रण रहने व्यवस्था कम्प्याक्टमा नरहेको स्पष्ट पारिएको छ । कम्प्याक्ट पाँच वर्षको लागि भनिए पनि कतिपय प्रावधानहरू अनिश्चित कालसम्म रहनेबारे भने एमसीए नेपालले सन्धि–सम्झौता केहि विषयवस्तु ती प्रावधानका प्रकृतिको कारण नै सम्झौता पश्चात पनि निरन्तरता दिइनुपर्ने भन्दै कम्प्याक्टको हकमा बाँकी अनुदान अमेरिकी नीतिविपरीत प्रयोग गर्न नमिल्ने भनिएको छ ।
 कम्प्याक्ट रद्द र अन्त्य गर्ने सम्बन्धी प्रावधान असमान छन् भन्ने बारेमा पनि कम्प्याक्ट रद्द गर्न दुवै पक्ष सक्षम रहेको, सरकारले ३० दिनको सूचना दिएर गर्न सक्ने उल्लेख छ । बौद्धिक सम्पत्ति माथि एमसीसीको असीमित र एकलौटी अधिकार रहने भन्ने बारेमा पनि बौद्धिक सम्पत्ति माथिको अधिकार तथा स्वामित्व नेपाल सरकारको रहने र बौद्धिक सम्पत्ति नेपाल सरकारको अनुमति बिना अरुले प्रयोग गर्न नमिल्ने भन्दै एमसीए नेपालले आफ्नो बौद्धिक सम्पत्ति अधिकार नेपाल सरकारले राखी प्रयोग गर्न एमसीसीलाई अनुमति प्रदान गरेको र एमसीसीको पुँजी उपयोग भएकोले मात्र दिइएको स्प्ष्ट पारेको छ ।महालेखापरीक्षकले लेखापरीक्षण गर्न नपाउने भन्ने व्यवस्थाबारे भने विगत तीन वर्षदेखि नेपालकै लेखा परीक्षकले गर्दै आएको बताउँदै नेपालको संवैधानिक अंग महालेखापरीक्षकले एमसीए नेपाल तथा अनुदानकोले लेखा परीक्षण गर्न सक्ने र कतै नरोकिएको भन्दै एमसीए नेपालको गठन आदेशमै यसबारे स्पष्ट रहेको उल्लेख छ ।
एमसीसी र एमसीसीको कर्मचारीको कुनै कार्यबाट भएको  हानीनोक्सानी भएमा एमसीसी र एमसीसीको कर्मचारीलाई  उन्मुक्ति प्रदान गरिएकोबारेको सवालमा भने एमसिए नेपालका कर्मचारी करारमा रहेका सरकारी कर्मचारी सरह मात्रै र कुनैपनि उन्मुक्ति वा विशेषाधिकार नरहेको, नेपालको नियमानुसार सम्पत्ति विबरण, आयमा कर कट्टी हुने पनि स्पष्ट पारिएको छ । सम्झौतामा कुनै पनि संशोधन गर्नुपर्ने भए कुनै प्रशासनिक प्रक्रिया वा संसदको अनुमोदन नचाहिने सवालमा भने कम्प्याक्टको कुनै पनि प्रावधान संशोधन गर्न लिखित सहमति आवश्यक रहेको उल्लेख छ । कम्प्याक्ट मुख्य दफाहरू संशोधन भएमा संसदको अनुमोदन फेरी आवश्यक पर्ने तथा अनुसूचिमा केहि प्राविधिक विषयहरूमा हेरफेर अर्थ मन्त्रालय र एमसीसीले पत्राचारमार्फत गर्न सक्ने व्यवस्था गरिएको छ । सम्झौतामा परियोजना रद्द भएमा नेपालले रकम फिर्ता पाउने प्रावधान नरहेको, नेपाल सरकारले उल्टै एमसीसीलाई रकम ब्याज सहित फिर्ता गर्नुपर्ने सवालमा भने एमसीए नेपालले नेपाल सरकारले एमसीसीलाई क्षतिपूर्ति दिनुपर्ने उल्लेख नगरिएको जनाइएको छ । विद्युत् उत्पादन, वितरण, महसुल निर्धारण एउटा स्वतन्त्र  निकाय र कम्पनीको जिम्मा लगाउने प्रावधान राखिएकोबारे भने विद्युत् उत्पादन, प्रसारण, वितरण वा व्यापारलाई सरल, नियमित गर्न नियमनकारी निकाय स्थापना गर्ने नेपालको नीति रहिआएको छ । यसको पहिलो छलफल २०६५ मा नै भएको तथा विद्युत नियमन आयोग ऐनलाई संसदले पारित गरी स्थापना भई कार्य सुरु गरिसकेको छ ।
 विद्युत् प्रसारणलाइन सञ्चालन कसले कसरी गर्ने हो भन्ने कुरा उल्लेख नगरिएको भन्ने विषयमा विशेष निकायको रुपमा सरकारद्वारा स्थापित स्थापना गरेको एमसिए नेपालको काम परियोजना निर्माण भएको तथा परियोजनासँग सम्बन्धित सम्पूर्ण सम्पत्ति (प्रसारण लाई, जग्गा, बाटो, मोटर) एमसीसीको नभई एमसिए नेपाल अर्थात् सरकारको रहेकोले परियोजना निर्माण पश्चात एमसिए नेपाल बिघटन हुने र प्रसारण लाइनको संचालनको जिम्मा नेपाल सरकारले तोकेको निकाय (विद्युत प्राधिकरण) ले गर्ने पनि स्पष्ट पारिएको छ । खरिद प्रक्रियामा अमेरिकी कानून लागु हुने खरिद प्रक्रियामा  एमसीसीको पूर्व लिखित स्वीकृति आवश्यक पर्ने भन्ने सवालमा खरिद प्रक्रियामा अमेरिकी कानुन लागू हुने भन्ने उल्लेख नगरिएको जनाइएको छ । बुटवल–गोरखपुर प्रसारण लाइनमा भारतको सहमति चाहिने विषयमा भने बुटवलबाट नेपाल–भारत सीमाना सम्म प्रसारण लाइन बन्ने तर भारततर्फ लाइन नबन्ने हो भने यो प्रसारण पूर्वाधारको अधिकतम प्रयोग हुन नभई आर्थिक प्रतिफलको दर नपुग्ने भएकोले भारततर्फको लाइन बनाउन मात्र भारतको सहमति मात्र खोजेको स्पष्ट पारिएको छ ।
 संसद्मा अनुमोदनको लागि राख्नु पर्ने कारण कानुनी कारणबाहेक सर्वोच्च निकायमा लगेर पारदर्शिता र जनप्रतिनिधिको अपनत्वले ५ वर्षभित्र आयोजना सम्पन्न गर्न सजिलो बनाउनको लागि भएको भन्दै एमसीए नेपालले परियोजना अघि बढाउन सात बर्षको नेपाल सरकार–एमसिसिको निरन्तर सहकार्यलाइ सफलतामा पुर्याउन संसदले कम्प्याक्ट सम्झौता अनुमोदन गनुपर्ने बताउँदै उल्लेख गरेको छ । जसबाट आगामी दिनमा प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्तर्गतको उपसमिति गठन गरी कम्प्याक्ट कार्यान्वयनको निगरानी, अनुगमन या कुनै कार्य सम्बन्धमा निर्देशन दिनसक्ने व्यवस्था भएको उल्लेख छ । 

Tuesday, June 9, 2020

भारतसँग विद्युत् व्यापारका लागि अन्तरिम व्यवस्थाको प्रस्ताव

https://www.karobardaily.com/news/development/32739
बुधवार, जेठ २८, २०७७
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् व्यापारका लागि भारतसँग अन्तरिम व्यवस्था मिलाउनका लागि प्रस्ताव गरेको छ । विद्युत् व्यापार सम्झौता (पीटीए) पछि भारतले अन्तरदेशीय विद्युत् व्यापार निर्देशिका जारी गरेपनि बिजुल रुल सीबीआर भारतले पारित नगर्दा विद्युत् व्यापार अघि बढ्न नसकिरहेको बेला मन्त्रालयले यस्तो प्रस्ताव गरेको हो । लकडाउनपछि विद्युत्को माग घटेसँगै खेर जाने थालेपछि खपत बढाउने र विद्युत् व्यापार गराउने विषय सरकारका लागि टाउको दुखाईको विषय बनेको छ ।
विश्व बैकले भिडियो कन्फरेन्समार्फत आयोजना गरेको दक्षिण एसियाली ऊर्जा सचिवहरूसँगको राउण्ड टेबल छलफलमा मन्त्रालयका सचिव दिनेश घिमिरेले भारतीय सचिव संजीव नन्दन सहाईसँग लक डाउनको कारणले सीबीआर पारित गर्न समय लाग्ने भएकोले तत्कालका लागि अन्तरिम व्यवस्था गर्न प्रस्ताव गरेका थिए । “सीबीआर भारत सरकारले पारित गर्न लकडाउनको कारणले समय लाग्ने भएकोले अहिले नेपालमा विद्युत् व्यापार गर्नु जरुरी भइसकेकोले सीबीआर नआउँदासम्मका लागि अन्तरिम व्यवस्थापनका लागि मैले भारतीय सचिवसँग प्रस्ताव राखेको छु,” सचिव घिमिरेले भने, “प्रस्तावपछि भारतीय सचिवले यसबारे नेपालको ऊर्जा मन्त्रालयसँग छुट्टै वार्ता गर्ने गरेर अघि बढाउने प्रतिवद्धता जनाउनुभएको छ ।”
लकडाउनको कारण उद्योगधन्दा सञ्चालन नहुने लगायतका कारणले पछिल्लो समयमा नेपालमा विद्युत् खेर जान थालिसकेको छ । नेपाल विद्युत् प्राधिकरणको तथ्यांकअनुसार रातीको समयमा अहिले पनि तीन सय मेगावाट खेर गइरहेको छ भने वर्षा लागेसँगै अझै बढ्दै गएको छ । प्राधिकरणले वर्षायाममा रातीको समयमा ६ सय मेगावाटसम्म खेर जाने बताउँदै आएको छ । यस्तो अवस्थामा मन्त्रालयका सचिव घिमिरेले कोरोना महामारीको असर कहिलेसम्म जाने भन्ने टुंगो नभएको तथा सामान्य अवस्था नआएसम्म भारतको बिजुली बजारमा नेपाली बिजुली बेच्नका लागि भारत सरकारले पारित गर्नुपर्ने सीबीआर नआएसम्मका लागि अन्तरिम व्यवस्थाका लागि आग्रह गरेका छन् । भारतको बिजुली बजार खुल्ला भएमा करोडौको बिजुली खेर जाने अवस्थाको अन्त्य हुने विश्वास मन्त्रालयको छ ।
छलफलमा सचिव घिमिरेले भारतीय सचिवसँग ढल्केबर मुज्जफरपुर परीक्षण तथा चार केभीको सवस्टेशन सञ्चालन गर्न पनि आग्रह गरेका थिए । सो ढल्केबर सवस्टेशनको निर्माण पूरा भएर परीक्षण हुन बाँकी छ । उनले दोस्रो अन्तरदेशीय प्रसारण लाइनका लागि स्थापना गर्न लागेको संयुक्त कम्पनीबारे छिट्टै नेपालको मन्त्रिपरिषद्ले पारित गर्ने बताउँदै सचिव घिमिरेले भारतीय सचिवसँग नेपालमा विभिन्न परियोजनाहरूमा परीक्षण गर्न आउने परामर्शदाताका साथै निर्माण कम्पनीका प्रतिनिधिहरूलाई आउने व्यवस्थापन गर्न पनि आग्रह गरेका थिए । उनले ऊर्जा क्षेत्रको विकासका लागि एक सय मिलियन अर्थात १२ अर्ब रुपैयाँ बराबरको परियोजनाका लागि ऋण उपलब्ध गराएकोमा धन्यवाद समेत व्यक्त गरेका थिए ।

महशुल बढाउनु पर्ने विश्व बैंकको सर्तमा अर्थको सहमति

 मंगलबार, जेठ २७, २०७७
कोरोना महामारीका कारण नेपालले अभुतपूर्व संकट भोगिरहेको बेला विद्युत् महशुल वृद्धिका लागि अर्थ मन्त्रालयले नै सहमति दिएको पाइएको छ । विश्व बैंकसँग अर्थ मन्त्रालयले हालै गरेको नेपाललाई ऊर्जा क्षेत्रको विकास नीति ऋण (डीपीसी)–२ अन्तर्गत करिब १२ अर्ब अर्थात एक सय मिलियन डलरको ऋणका लागि महशुल वृद्धिको सर्तलाई सहमति दिइएको पाइएको हो । कोरोना महामारीका कारण नेपालले अभुतपूर्व संकट भोगिरहेको बेला विद्युत् महशुल वृद्धिका लागि अर्थ मन्त्रालयले नै सहमति दिएको पाइएको छ ।
विश्व बैंकसँग अर्थ मन्त्रालयले हालै गरेको नेपाललाई ऊर्जा क्षेत्रको विकास नीति ऋण (डीपीसी)–२ अन्तर्गत करिब १२ अर्ब अर्थात एक सय मिलियन डलरको ऋणका लागि महशुल वृद्धिको सर्तलाई सहमति दिइएको पाइएको हो । नेपाल विद्युत् प्राधिकरणले औद्योगिक ग्राहकलाई १५ प्रतिशतसम्म र घरायसी ग्राहकलाई २१.५ प्रतिशतसम्म वृद्धिका लागि प्रस्ताव गरेर विद्युत् नियमन आयोग विचाराधीन अवस्थामा रहेको बेला विश्व बैकसँगको ऋण सम्झौताको क्रममा महशुल वृद्धिको सर्तमा अर्थमन्त्रालयले सहमति दिएको हो ।
निजी क्षेत्रका नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र चेम्बर अफ कर्मसले २० प्रतिशत विद्युत् महशुल घट्नुपर्ने तथा सर्वसाधारण उपभोक्ताले समेत महँगो महशुलका लागि प्रस्ताव गरिरहेको बताउँदै विरोध गरिरहेको बेला महशुल वृद्धिमा सरकारकै साथ देखिएको छ ।  विश्व बैंकको बोर्डले गत बुधबारमात्रै नेपालका ऊर्जा क्षेत्रका लागि यो ऋण स्वीकृत गरेको थियो भने भोलि बुधबार अर्थात १० जुनमा सरकारसँग ऋण दिने सहमतिपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ । विश्व बैंकले सार्वजनिक गरेको दस्तावेजअनुसार उद्देश्यमा आधारित पिलर १ को मुख्य परिणामको अपेक्षामा अहिलेको विद्युत् महशुलले विद्युत् आपूर्तिको कुल मुल्यमध्ये आधारभूत महशुलको आधारमा ३२ प्रतिशत कम रहेको उल्लेख छ । यसले ३२ प्रतिशतसम्म विद्युत् महशुल हुनुपर्ने संकेत गरेको छ ।
एक वर्षअघि विश्व बैकका प्रतिनीधिहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रतिनिधिहरूको छलफलमा ३० देखि ४० प्रतिशतसम्म विद्युत् महशुल वृद्धि हुनुपर्ने बताएका थिए । नेपाल विद्युत् प्राधिकरणले नियमन आयोगका गरेको प्रस्ताव अनुसार, हाल कर्मचारीको तलब–भत्ता, सञ्चालन खर्च, प्राधिकरणले लिएको ऋणको ब्याजसहितको विद्युत् आपूर्तिको लागत १० रुपैयाँ २५ पैसा र प्राविधिक नोक्सानीसहित औसत महसुल १० रुपैयाँ २६ पैसा रहको भन्दै यसलाई प्रतियुनिट ११ रुपैयाँ ३८ पैसा पु¥याउनुपर्ने प्रस्ताव गरिसकेको छ । चालू वर्षमा मात्र १० अर्ब बराबरको खर्च बढ्ने आयोगमा उपलब्ध गराएको विवरणमा उल्लेख छ । दस्तावेजमा सन् २०१६ को तथ्यांकले प्राधिकरणको करिब ४९ करोड नाफा रहेकोमा कम्तीमा ४० अर्ब पु¥याउनुपर्ने, सन् २०१६ मा प्रसारण र वितरणमा चुहावट २५.८ प्रतिशत रहेकोमा १८ प्रतिशतभन्दा कममा झानुपर्ने उल्लेख छ । चालु बर्षको नाफा १० अर्ब रहेको प्राधिकरणले चुहावट भने १४ प्रतिशतमा झारिसकेको छ ।
 पिलर–२ तर्फ भने आधारभूत २१७८ गिगावाट विद्युत्को आधारमा विद्युत्को व्यापार तथा आदानप्रदान २० प्रतिशत बढ्नपर्ने, विद्युत् खरिद सम्झौता (पीपीए) पोष्टपेड दरमा हुनुपर्ने र हाल नेगोसिएसनको  आधारमा भइरहको पीपीएलाई बेसलाइनको आधारमा प्रतिस्पर्धात्मक बनाइनुपर्ने उल्लेख छ । आगामी आर्थिक बर्ष २०७७-०७८ को ऊर्जातर्फको बजेटमा समेत प्रतिस्पर्धाको आधारमा पीपीए हुनुपर्ने उल्लेख छ । त्यसैगरी ऋणको दस्तावेजमा हाल लैंगिक समानता र सामाजिक समावेशी (जेईसीआई) निर्देशिकाको आधारमा महिलाको नियुक्ति नभएको भन्दै प्राधिकरणका सबै नियुक्तिमा ४५ प्रतिशत महिला र सामाजिक रूपमा पछाडि पारिएका समूहलाई भर्ति गर्नुपर्ने र जसमा ३३ प्रतिशत महिलाको नियुक्ति अनिवार्य हुनुपर्ने उल्लेख छ । ऋण सम्झौताको पहिलो कार्यमा नियमन आयागले विद्युत् उपभोक्ता महशुल निर्धारणा निर्देशिका जारी गरेको र यसको आधारमा आयोगले निर्णय गर्ने उल्लेख गरिएको छ ।
त्यसैगरी दोस्रो कार्यमा प्राधिकरण सञ्चालक समितिले प्राधिकरण कर्पोरेट विकास योजना पारित गरेको तथा ऊर्जा मन्त्रालयले प्राधिकरणलाई विद्युतीय सवारी चार्जिङ स्टेशनको सञ्चालन नियमित गर्न प्राधिकरणलाई जिम्मा दिएको उल्लेख छ । त्यसैगरी अर्थ मन्त्रालयले विद्युत् प्राधिकरणको पुर्नसंरचना गर्दै उत्पादन, प्रसारण र वितरण कार्यका लागि स्वीकृति दिईसकेको लगायतका कार्य गरिसकेको सम्झौताको दस्ताबेजमा उल्लेख छ ।
 विश्व बैकको नेपालस न्यू कन्ट्री पार्टनरसिप (२०१९–२०२३) को डीपीसी अन्र्तगत गर्न लागेको सो परियोजनाको उद्देश्य विद्युतीय क्षेत्रको वित्तिय सुधार र प्रशासन सुधारको रहेको छ । अर्थमन्त्रालयको समग्र नेतृत्व र समन्वयमा कार्यन्वयन तथा ऊर्जा मन्त्रालयको संयोजकत्वमा अघि बढाउन लागेको परियोजनामा अर्थ मन्त्रालयले नै विद्युत् महशुलको सर्तलाई सहमति दिनुले अर्थ मन्त्रालय पनि महशुल वृद्धिको पक्षमा रहेको देखाएको छ ।
अमेरिकी सरकारको सहयोगमा अघि बढाउन लागिएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को ५५ अर्ब अनुदानको विषयमा अनावश्यक सर्तहरू भन्दै  सत्तारुढ दलभित्र विवाद भएर संसदबाट अनुमोदन हुन ढिलाइ भइरहेको बेला अर्थमन्त्री डा. युवराज खतिवडाकै सहमतिमा विद्युत् महशुल वृद्धिको सर्तमा १२ अर्बका लागि अर्थ मन्त्रालयकै सहमतिमा विश्व बैकसँग ऋण सम्झौता हुनु लाग्नुलाई आश्र्चयमा लिइएको छ । विद्युत् प्राधिकरणले विद्युत् महशुल प्रस्ताव गरेपछि आयोगले एक साताभित्रै महशुलबारे निर्णय गर्दैछन् । आयोगका पदाधिकारीहरू भने कोरोना महामारीपछिको अवस्था तथा सार्वजनिक सुनुवाईमा उपभोक्ताहरूले बढाउन नहुने सुझावपछि तत्काल नबढाउने मनस्थितीमा पुगेका छन् तर ऋणका प्राप्तिका लागि सर्तको रूपमा सहमति दिईसकेकोले सम्बन्धित मन्त्रालयबाट आयोगलाई महशुल वृद्धिका लागि दबाब बढेको छ । नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंह भने सार्वजनिक सुनुवाई, सामाजिक सञ्जालबाट आएको सुझाव, विद्युत् ऐनमा व्यवस्था गरिएका १२ सर्तहरू आदिको आधारमा विश्लेषण गरेर आयोग महशुलबारे निर्णय गर्ने प्रक्रियामा रहेको बताउँछन् ।
“प्राप्त सुझाव र प्राधिकरणको विवरणबारे विभिन्न मोडेलको आधारमा विश्लेषण गरिरहेका छौं, प्राधिकरणले उपलब्ध गराएका कर्मचारी, प्रतिफल पाउने केही विवरणहरूमा अत्याधिक खर्च देखाइएको छ, यसको संशोधित तथ्यांक लिँदैछौं,” उनी भन्छन्, “उपभोक्ताले पनि राहत पाउने र प्राधिकरण पनि नडब्ने गरी छलफल गरिरहेका छौं, यसका लागि प्राधिकरण, मन्त्रालय लगायतसँग पनि गहन रूपमा छलफल गरेर निर्णय गर्ने प्रक्रियामा छौं ।”