समाचार प्रतिनिधि तस्विर
काठमाडौंः नेपाल विद्युत् प्राधिकरणको दुई करोड एलईडी बल्ब बेच्ने योजना मन्त्रिपरिषद्मै अड्किएको छ । बिजुली बढी खपत हुने समय (पिक आवर) मा १५० मेगावाट बिजुली बचाउन सकिने भन्दै छिमेकी राष्ट्र भारतबाट दुई करोड बल्ब खरिद गरेर ग्राहकलाई बेच्ने योजना मन्त्रिपरिषद्मै अड्किएको हो ।
फागुन पहिलो साता नै ऊर्जा मन्त्रालयले तयार पारेको प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रस्ताव स्वीकृत गरेर मन्त्रिपरिषद्मा पेश नगरेपछि अड्किएको हो । बढी बिजुली खपत गर्ने बल्बहरू विस्थापित गरेर कम बिजुली खपत गर्ने एलईडी बेचेर विद्युत्को माग घटाउने र यसबाट लोडसेडिङ अन्त्य गर्न सहयोग पुग्ने आशा प्राधिकरणको छ ।
नेपाल भारत ऊर्जासचिवस्तरीय बैठकमा ऊर्जा मन्त्रालयले भारतीय सरकारी कम्पनीबाट २ करोड एलईडी बल्ब किन्ने निर्णय भएपछि यो प्रस्ताव ऊर्जाले मन्त्रिपरिषद्मा पठाएको थियो ।
कानुन र अर्थ मन्त्रालयबाट समेत स्वीकृति लिएर प्रस्ताव पठाएको जनाउँदै ऊर्जा मन्त्रालय स्रोतले भन्यो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेको प्रस्ताव मुख्य सचिव डा. सोमलाल सुवेदीले रोकेर अघि बढ्न नदिएकाले पारित हुन नसकेको जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् स्रोतले भने स्वायत्त संस्थानले बल्ब खरिद गरेर बिक्री गर्न पाउने नपाउने तथा विद्युत् उत्पादन गर्नेले विद्युतीय सामग्री खरिद बिक्री गर्दा आउने जटिलता तथा हिउँद सकेर वर्षा लाग्ने बेलामा नियमितभन्दा प्राधिकरणले किन्ने बल्बका लागि मन्त्रिपरिषद्मै प्रस्ताव ल्याउनुलाई विश्लेषण गरेर मुख्य सचिव सुवेदीले फाइलअघि नबढाएको जनाएको छ ।
प्राधिकरणका निर्देशक बज्रभूषण चौधरीका अनुसार, २ अर्ब ३० करोड रुपैयाँमा खरिद गर्ने लक्ष्यसहित अघि बढेको प्रस्ताव पारित भएमा वार्षिक २ अर्ब ३० करोड बराबरको २१९ गिगावाट आवर बिजुली बचत हुने विद्युत् प्राधिकरणले जनाएको छ ।
साधारण बल्बको आयु एक हजार घण्टा हुने भए पनि एलईडीको ५० हजार घण्टा हुने तथा यसलाई आधार मान्दा साधारणका लागि १ हजार १ सय र एलईडीको लागि ३१० रुपैयाँ मात्र पर्ने भएकाले ग्राहकका लागि सस्तो पर्ने प्राधिकरणको दाबी छ ।
प्रतिबल्ब ६५ भारतीय रुपैयाँ अर्थात् १०४ नेपाली रुपैयाँमा किन्ने गरी प्रक्रिया अघि बढाइएको छ । बाह्य बजारमा ३५० रुपैयाँ पर्ने बल्ब धेरै सस्तोमा बेच्न सकिने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले भारतको विद्युत् मन्त्रालयअन्तर्गतको इनर्जी इफिसेन्सी सर्भिस लिमिटेडबाट एलईडी बल्ब खरिद गर्ने योजना बनाएको छ । विद्युत् प्राधिकरणका अधिकारीहरूले भने भारत सरकारसँग नै बल्ब किन्न लागिएको र सस्तो दरमा गुणस्तरीय बल्ब पाउने हुनाले यसमा शंका नगरी मन्त्रिपरिषद्ले पारित गर्नुपर्ने बताउँछन् ।
किफायती पंखाबाट २ सय मेगावाट बचत
हाल प्रयोगमा भएका पंखालाई विस्थापन गरेर किफायती उपयोग गर्न सके २०६ मेगावाट विद्युत्को माग कम गर्न सकिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
हाल प्रयोगमा भएका पंखालाई विस्थापन गरेर किफायती उपयोग गर्न सके २०६ मेगावाट विद्युत्को माग कम गर्न सकिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
१८ लाख २८ हजार १६ ग्राहकले प्रयोग गर्ने ५४ लाख ८४ हजार ४८ थान पंखाहरू विस्थापन गरेर किफायती उपयोग गरेमा पिक लोडमा यति विद्युत्को माग कम गर्न सकिने प्राधिकरणले जनाएको हो । यसबाट ६ महिनामा मात्र ६७५ गिगावाट आवर बचत हुने तथा वार्षिक ६ अर्ब ५४ करोड ७५ लाख बचत हुने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार, पंखा विस्थापन गर्न ३८ अर्ब ३८ करोड ८३ लाख अनुमानित लागत रहेकाले सो अघि बढाएमा ५ वर्ष ११ महिनामा लगानी फिर्ता भइसक्ने छ ।
http://www.karobardaily.com/news/77381
http://www.karobardaily.com/news/77381
No comments:
Post a Comment