http://karobardaily.com/news/society/15779
आइतवार, माघ २०, २०७५
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण उपप्रबन्धक विजयकुमार चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोप लगाउँदै शुक्रबार अख्तियारले चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । दायर गरेको मुद्दामा चौधरीलाई बिगो २ करोड १४ लाख ५८ हजार ८ सय ३४ रुपैयाँ कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ दफा १६ ‘ग’ तथा दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम जरिवाना र कैद सजायको माग गरिएको छ । अख्तियारले जारी गरेको विज्ञप्तिमा निजले भ्रष्टाचार गरी गैरकानुनी रूपमा आर्जन गरेको चलअचल सम्पत्ति साविक ऐनबमोजिम जफतको माग पनि गरिएको छ । चौधरीले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती प्रियंकाकुमारी चौधरीको नाममा बदनियतसाथ राखेको देखिन आएको भन्दै अख्तियारले उनलाई पनि प्रतिवादी बनाएको छ ।

No comments:
Post a Comment