बुधवार, फाल्गुन ८, २०७५
तनहुँ हाइड्रो पावर कम्पनीले विवादित ठेकेदार कम्पनी इटालीको सीएमसी दि राभेना सोसाइट कोअपरेटिभसँगेो ठेक्का सम्झौता तोडेको छ । पटकपटक ताकेता गर्दा पनि आयोजना निर्माणका लागि नआएपछि मंगलबारनै पत्र पठाएर कम्पनीले ठेक्का तोडेको हो । सीएमसीले १ सय ४० मेगावाटको तनहुँ जलाशय जलविद्युत् आयोजना बाँध निर्माणको ठेक्का पाएको थियो ।
मेलम्ची खानेपानी आयोजनाले इटाली कम्पनीसँग ठेक्का सम्झौता तोडेको थियो । तनहुँ हाइड्रो कम्पनी नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी हो । “पटकपटक कामका लागि पत्र पठाएर आग्रह गर्दा पनि निर्माणका लागि नआएपछि ठेक्का सम्झौता तोडिएको छ,” तनहुँ हाइड्रोपावर कम्पनीका प्रबन्ध सञ्चालक प्रदीपकुमार थिकेले भने, “सीएमसीले पहिलो प्याकेजअन्तर्गत पानी फर्काउने, बाँध निर्माणलगायतको ठेक्का पाएको थियो ।” उनका अनुसार आयोजनाले मंगलबारनै ठेकेदार कम्पनीले राखेको ९८ करोड रुपैयाँ धरौटी जफतका लागि बैकमा पत्राचार गरिएको छ । गत नोभेम्बरदेखि नै निर्माण सुरु गर्ने भने पनि निर्माणका लागि नआएपछि पछिल्लो पटक १८ जनवरीमा २८ दिनभित्र आयोजनास्थलमा काम सुरु गर्न पत्र पठाएको थियो तर काममा नआएपछि मंगलबार ठेक्का सम्झौता तोडिएको पत्र कम्पनीले पठाएको थियो । प्रबन्ध सञ्चालक थिकेले नयाँ टेण्डर आह्वानको डकुमेन्ट निर्माणको कार्य भइरहेको र आगामी दुई हप्ताभित्र टेण्डर आह्वान गर्ने लक्ष्य राखिएको बताए ।
लामो समयसम्म काममा नआएपछि कम्पनीले आयोजनाका लगानीकर्ता एसियाली विकास बैंक ९एडिबी०, जापान अन्तर्रा्ष्ट्रिय सहयोग नियोग ९जाइका० र युरोपियन इन्भेष्टमेन्ट बैंक ९इआइबी० सँग छलफल गरी यसको सहमतिको आधारमा ठेक्का सम्झौता रद्दका लागि प्रक्रिया अघि बढाएको थियो । ठेक्का सम्झौताका लागि आवश्यक पर्ने सबै प्रक्रिया पूरा गरेर तोडिएको कम्पनीले जनाएको छ । २०८० मंसिरभित्र विद्युत् उत्पादन गर्ने गरी निर्माण सम्पन्न गर्ने लक्ष्य राखेपनि बाँध लगायतको निर्माणको निर्माण कार्य करिब नौ महिना ढिलो हुने देखिएको छ । कम्पनीले चार महिना निर्माण सुरु गर्ने समय गुज्रिसकेको र ठेक्का व्यवस्थापन गरेर निर्माण सुरु गर्न अझै ६ महिना लाग्ने अनुमान गरेको छ । मेलम्ची खानेपानी आयोजनाले इटाली कम्पनीसँग ठेक्का सम्झौता तोडेको थियो । तनहुँ हाइड्रो कम्पनी नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी हो । “पटकपटक कामका लागि पत्र पठाएर आग्रह गर्दा पनि निर्माणका लागि नआएपछि ठेक्का सम्झौता तोडिएको छ,” तनहुँ हाइड्रोपावर कम्पनीका प्रबन्ध सञ्चालक प्रदीपकुमार थिकेले भने, “सीएमसीले पहिलो प्याकेजअन्तर्गत पानी फर्काउने, बाँध निर्माणलगायतको ठेक्का पाएको थियो ।” उनका अनुसार आयोजनाले मंगलबारनै ठेकेदार कम्पनीले राखेको ९८ करोड रुपैयाँ धरौटी जफतका लागि बैकमा पत्राचार गरिएको छ । गत नोभेम्बरदेखि नै निर्माण सुरु गर्ने भने पनि निर्माणका लागि नआएपछि पछिल्लो पटक १८ जनवरीमा २८ दिनभित्र आयोजनास्थलमा काम सुरु गर्न पत्र पठाएको थियो तर काममा नआएपछि मंगलबार ठेक्का सम्झौता तोडिएको पत्र कम्पनीले पठाएको थियो । प्रबन्ध सञ्चालक थिकेले नयाँ टेण्डर आह्वानको डकुमेन्ट निर्माणको कार्य भइरहेको र आगामी दुई हप्ताभित्र टेण्डर आह्वान गर्ने लक्ष्य राखिएको बताए ।
सिनो हाइड्रले दोस्रो प्याकेजअन्तर्गत सुरुङ, विद्युत्गृह निर्माण लगायतको ठेक्का पाएको छ । यसको काममा भने कुनै अवरोध नभएको कम्पनीले जनाएको छ । प्रशारणलाइन, ग्रामीण विद्युतीकरणसहित करिब ५० करोड अमेरिकी डलर लगायत अनुमान गरिएको आयोजनामा लागि एडीबीले १५ करोड अमेरिकी डलर, जाइकाले १८ करोड ४० लाख डलर, ईआइबीले ८ करोड ५० लाख डलरका साथै नेपाल सरकार र विद्युत् प्राधिकरणले ८ करोड ७० लाख डलर लगानी गर्न लागेका छन् ।
No comments:
Post a Comment