-भीम गौतम
काठमाडौं, १६ माघ । नेपाल विद्युत् प्राधिकरणले तत्कालीन ऊर्जा संकट न्यूनीकरणका लागि २० मेगावाटको सोलार बनाउने तयारी गरेको छ । प्राधिकरणले सोलार निर्माणका लागि विश्वबैंकसँग सहयोगका लागि प्रस्ताव राख्दै छलफल अघि बढाएको छ ।
डिजेल प्लान्टका तुलनामा सोलार सस्तो हुने भन्दै प्राधिकरणले २० मेगावाटसम्मको सोलार बनाउने तयारी गरेको हो । ‘सोलार प्यानल बनाउने
उद्देश्यका साथ विश्वबंैकसँग कुराकानी भइरहेको छ,’ प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादवले भने, ‘विश्वबैंक सहयोग गर्न सकारात्मक देखिएको छ ।’ उनका अनुसार प्राधिकरण आफँले सोलार बनाउने लक्ष्य राखेको छ ।
डिजेल प्लान्टबाट विद्युत् उत्पादन गर्दा प्रतियुनिट चुहावटसहित ४० रुपियाँ पर्ने र सोलार निर्माण गर्दा प्रतियुनिट १५/१६ रुपियाँमा आउने भएकाले प्राधिकरणले अहिलेको ऊर्जा संकटको न्यूनीकरणका लागि वैकल्पिक ऊर्जा प्रणालीका रूपमा लिइने सोलारलाई महत्त्व दिन लागेको हो । प्राधिकरणले निजी क्षेत्रले सोलार प्यानल बनाएमा विद्युत् खरिद सम्झौता (पिपिए) गर्ने निर्णयसमेत गर्न लागेको उनले जानकारी दिए । ‘सोलार प्यानलबाट विद्युत् उत्पादन गर्दा डिजेल प्लान्टभन्दा धेरै सस्तो हुन्छ,’ कार्यकारी निर्देशक यादवले भने, ‘आगामी वर्षको हिउँदसम्ममा उत्पादन थाल्ने गरी सोलार बनाउने लक्ष्यका साथ छलफल भइरहेको छ र त्यसका लागि सरकारी जग्गा खोज्नुपर्ने अवस्था छ ।’
सोलारबाट उत्पादित विद्युत् केन्द्रीय ग्रिडमा जोडिने भएकाले यसले हिउँदको लोडसेडिङ घटाउन सहयोग पुर्याउने प्राधिकरणको आशा छ । नेपाल विद्युत् प्राधिकरण र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डद्वारा सुन्दरीघाट क्षेत्रमा निर्मित सौर्य ऊर्जा प्रणाली आयोजनाबीच विद्युत् खरिद सम्झौता (पिपिए) भएर केन्द्रीय ग्रिडसँग जोडिसकिएको छ । ६८०.४ किलोवाटको उक्त सौर्यबाट बर्सेनि उत्पादन हुने ८ लाख ३० हजार युनिट ऊर्जामध्ये प्राधिकरणले करिब ६ लाख युनिट किन्नेछ । यसअघि सोलारबाट ३० मेगावाट विद्युत् उत्पादन गर्ने उद्देश्यसहित प्राधिकरण र चीनको एक कम्पनीबीच गत असोजमा सम्झौता भइसकेको छ । सोलार पावर स्टेसन निर्माण गर्ने उद्देश्यले प्राधिकरण र चीनको हुनान सोलार इनर्जी टेक्नोलोजी लिमिटेडबीच सम्झौता भएको हो ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले लोडसेडिङ समस्याको न्यूनीकरणका लागि सबैभन्दा उपयुक्त सोलार प्यानल भएको बताउँदै आएको छ । ‘सहरका हरेक घरधुरीमा सोलार प्यानल राख्ने हो भने ऊर्जा संकट समाधानका लागि धेरै सहज हुन्छ,’ केन्द्रका कार्यकारी निर्देशक डा. गोविन्दराज पोखरेलले थपे, ‘५०/६० लाख खर्चेर घर बनाउने सहरबासीले ७०/८० हजार खर्च गरेर सोलार राख्ने हो भने बत्तीका साथै टिभी र कम्प्युटर चलाउन पुग्छ ।’ उनका अनुसार सोलारबाट उत्पादित विद्युत् सहरवासीले प्राधिकरणलाई बेच्न पनि सक्छन् ।
एक अध्ययनअनुसार सोलार प्रविधिबाट नेपालमा २१ सय मेगावाट विद्युत् उत्पादनको सम्भावना छ, तर सरकारको प्राथमिकतामा परेको छैन । सहरका ५० हजार घरधुरीमा सोलार प्रविधिको विकासका लागि विज्ञान तथा प्रविधि मन्त्रालयले प्रस्ताव अघि सारे पनि बजेट अभाव भन्दै अघि बढ्न सकेको छैन । केन्द्रका अनुसार ग्रामीण क्षेत्रका करिब तीन लाख घरधुरीमा सोलार जडान भइसकेको छ भने सम्भावना भएर पनि सहरी क्षेत्रमा सोलार राख्नेको संख्या न्यून छ । प्राधिकरणले भने तत्कालीन ऊर्जा संकट न्यूनीकरणका लागि सोलारलाई महत्त्व दिँदै पिपिए गर्ने निर्णय गरेमा जलविद्युत् आयोजनाजस्तै सोलार निर्माण पनि व्यावसायिक रूपमा गर्न सक्ने अवस्था आउनेछ ।

1 comment:
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
Post a Comment