फाइल फोटो
काठमाडौः स्वदेशी लगानीमा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसीको सेयर माओवादी कार्यकर्तालाई दिन लागेको भन्दै दोलखाका सांसदहरूले आपत्ति जनाएका छन् ।
बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी एमालेबाट प्रतिनिधित्व गर्ने तीन सांसद पशुपति चौलागार्इं, आनन्दप्रसाद पोखरेल र पार्वत गुरुङले द्वन्द्वपीडितको नाममा सरकारले माओवादी कार्यकर्तालाई सेयर दिन लागेको भन्दै आपत्ति जनाएका हुन् ।

नेपाल विद्युत् प्राधिकरणले लगानी गरेको ११ अर्ब ८० करोड रुपैयाँ बराबरको सेयर द्वन्द्वपीडित, लडाकु र सहिद परिवारलाई निःशुल्क दिने तयारी भएकाले यस्तो कार्य नगर्न सरकारको ध्यानाआकर्षण गराएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको ऐन, कानुन, सेयर वितरण प्रक्रिया र त्यसको मापदण्ड, सरकारी ऋण लगानीको प्रक्रिया र अन्य वित्तीय संस्थासँग लगानी गर्दा भएको करार सम्झौतासमेत ख्याल नगरी सेयर दिन लाग्नु गलत भएको भन्दै कार्यकर्ता पोस्ने गरी गैरकानुनी काम कारबाही गरेको उनीहरूको आरोप छ ।
तामाकोसीमा प्राधिकरणको ४१, नेपाल टेलिकमको ६, राष्ट्रिय बिमा संस्थानको २, नागरिक लगानी कोषको २ प्रतिशत स्वामित्व छ भने लगानीकर्ता कम्पनीका कर्मचारीको ३.८, सञ्चयकर्ताको १७.२, ऋण दिने संस्थाका कर्मचारीको २.८, सर्वसाधारणको १५ र दोलखावासीको १० प्रतिशत हुने गरी सेयर लगानी गर्ने गरी तय गरिएको छ ।
http://www.karobardaily.com/news/70456
No comments:
Post a Comment