काठमाडौं : ‘जागौ, नवीकरणीय ऊर्जातिर लागाँै’ भन्ने मूल नाराका साथ आइतबारदेखि सुरु भएको नवीकरणीय ऊर्जा सप्ताहमा सरकारले सन् ०१७ भित्र सबै घरधुरीमा सुधारिएको चुल्हो बनाएर घरभित्रलाई धुवाँमुक्त बनाउने घोषणा गरेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले आयोजना गरेको उक्त सप्ताहको उद्घाटनपछि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले औपचारिक रूपमै उक्त घोषणा गरेका हुन् । केन्द्रको तथ्यांकअनुसार हाल ६ लाख घरधुरीमा सुधारिएको चुल्हो जडान भइसकेको छ ।
ऊर्जा सप्ताहमा बोल्दै प्रम भट्टराईले विद्युत् लोडसेडिङको समस्या न्यूनीकरणका लागि नवीकरणीय ऊर्जा प्रवद्र्धनका लागि नयाँ कार्ययोजना ल्याउन निर्देशन दिए । ‘जलविद्युत्को एक सय वर्षको इतिहासमा जम्मा सात सय मेगावाट मात्र न्यून उत्पादन भएको छ । अझ हिउँदमा जम्मा तीन सय मेगावाट मात्र छ,’ प्रमले भट्टराईले थपे–‘जलविद्युत् र नवीकरणीय ऊर्जाका लागि धनी देशमा १४ घन्टा लोडसेडिङ हुनु विडम्बना हो, नवीकरणीय ऊर्जाको प्रविधिमार्फत लोडसेडिङ घटाउन कार्ययोजना ल्याउनुहोस् ।’ प्रम भट्टराईले प्रशस्त सम्भावना भए पनि विदेशी र नेपालका निजी क्षेत्र लगानीका लागि उत्साहित नहुनुको कारण समीक्षा गर्नुपर्ने भन्दै उनले वातावरण मैत्री ऊर्जा उत्पादन गर्नुपर्नेमा जोड दिए । विज्ञान, प्रविधि तथा वातावरण मन्त्री केशवमान शाक्यले वैकल्पिक ऊर्जाकै कारण गाउँमा लोडसेडिङ नभएको र सहरमा लोडसेडिङ समस्या भयावह भएको भन्दै उनले ऊर्जा संकटका लागि वैकल्पिक ऊर्जा उत्तम विकल्प भएको बताए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले सन् ०३० भित्र ५० प्रतिशत घरधुरीमा नवीकरणीय ऊर्जा पुर्याउने लक्ष्य राखिएको जानकारी दिए । कार्यक्रममा मुख्यसचिव लीलामणि पौडेल, नेपालका लागि डेनमार्कका राजदूत मोर्डन लगायतले नवीकरणीय ऊर्जाले वातावरण संरक्षण र ऊर्जा सुरक्षाका लागि सहयोग पुग्ने बताए । १३ माघसम्म हुन लागेको सप्ताहअन्तर्गत नवीकरणयि ऊर्जा प्रविधिको प्रर्दशनी, र्याली, अन्तक्र्रियालगायत कार्यक्रम हुन लागेको छ । (सौस)

1 comment:
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
Post a Comment