भीम गौतम\राजधानी
काठमाडौं, १३ जेठ
काठमाडौ महानगरपालिका–१५ स्थित शोभा भगवतीमा मलमुत्र र गोबरबाट निस्केको ग्यास (वायोमास) बाट जेनेरेटर चलाई विजुली उत्पादन गर्ने प्रविधि सफल भएको छ ।
काठमाडौ विश्वविद्यालय बायोमास स्टोभ टेस्टिङ्ग ल्याबोरेटरी (बीएसटीएल) विद्यार्थी र अनुसन्धानकर्ताहरुको संयुक्त प्रयासमा बायोग्याँस विद्युतीकरण प्रविधि प्राविधिक रुपमा सफल भएको हो । बायोग्याँसबाट जेनरेटर प्रयोग गरी बिजुली उत्पादन नेपालमै पहिलो पटक हुनसक्ने दाबी अनुसन्धानमा संलग्न विद्यार्थीहरुको छ ।
प्रविधि सफल भएपछि उत्पादित विजुली शोभा भगवती क्षेत्रका सडक बत्तीहरुका साथै स्थानीय प्रहरीले उपयोग गर्न थालिएको छ । काठमाडौँ विश्वविद्यालय बीएसटीएलका अनुसन्धानकर्ता सुमनधुँ श्रेष्ठका अुनसार, सो प्रणालीमा १० घन मिटरको बीएसपी जीजीसी २०४७ को मोडेलको बायोग्याँस प्लान्टको प्रयोग गरिएको छ । प्रणालीमा ग्याँस उत्पादनका लागि मुख्यतया गोबर र केही मात्रामा दिशा (लादी) प्रयोग गरिएको श्रेष्ठले जानकारी दिए ।
पहिलो पटकको फिडिङ्गमा ३५ सय केजी गोबर राखेर विजुली उत्पादन गरिएको सो प्रविधिबाट २२० भोल्टको विद्युत प्रवाह भएर छ सयवाटसम्मको विद्युतीय भार क्षमता २ दशमलब ५ घण्टा सम्म बहन गर्न सक्ने अध्ययनको क्रममा देखिएको छ । परीक्षणको क्रममा ७५ वाट को विद्युतीय भार जेनरेटरलाइ दिएर १५ वटा सिएफएल बत्ती उपयोग गरिएको थियो ।
सो प्रविधिको उद्घाटन शोभा भगवतीमा संयुक्त रुपमा काठमाण्डौँ विश्वविद्यालयका स्कुल अफ इन्जिनियरिका एसोसिएट डिन प्रा.डा. बिमप्रसाद श्रेष्ठ, वाटर एड नेपालका राष्ट्रिय प्रतिनिधि आशुतोष तिवारी तथा स्थानीय अञ्जु मगरले संयुक्त रुपमा गरेका थिए । कार्यक्रममा वाटर एड नेपालका राष्ट्रिय प्रतिनिधि तिवारीले वायोग्याँसमार्फत जेनेरेटर उपयोग गरेर विजुली निकाल्ने प्रविधिलाई अन्य क्षेत्रमा समेत उपयोग गर्नुपर्ने बताए । काठमाण्डौँ विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ्गका एसोसिएट डिन प्रा. डा. श्रेष्ठले अनुसन्धानमा प्रविधिक चुनौती आएपनि अवसरको रुपमा लिएको हुनाले अनुसन्धान सफल भएको दाबी गरे । उद्घाटन कार्यक्रममा पावरफुल ह्यान्डसका सचिव इनिज मानन्धरले अनुसन्धानले स्थानीय समुदायलाई फाइदा पुगेको बताए ।
स्थानीय शहीद गंगालाल प्रगती क्लबको पहलमा यस प्रणाली सँगै ६०० वाट को सौर्य प्यानल पनि जडान गरिएको छ । यसले जाडोको मौसममा पनि जडान गरिएका सडक बत्तीहरु प्रयोग गर्न सकिन्छ ।
हालमा वायोग्यासबाट विद्युत उत्पादन गर्न प्राविधिक रुपमा सफल भएपछि अर्को तहमा वायोग्यासबाट निस्केको फोहर (स्लरी) लाई मलको रुपमा बजार व्यवस्थापन गर्नुपर्ने ल्यान्डस्केप विज्ञ सेख नारायण महर्जनले बताए ।

No comments:
Post a Comment