भीम गौतम\राजधानी
काठमाण्डौं, २० वैशाख । पाँच वर्Èअघि निर्माण सम्पन्न भइसक्नुपर्ने नेपालकै पहिलो २२० केभीको खिम्ती–ढल्केवर प्रसारण लाइनको निर्माण कार्य अन्योलमा परेको छ ।
स्थानीयबासीको अवरोध तथा प्रशारण लाइन निर्माणका लागि ऋण सहयोग गरेको विश्व बैकले प्रशारण लाइनबारे प्रतिवेदन नदिँदा निर्माण कार्य अन्योलमा परेको हो । आयोजनाका अधिकारीहरुले २०६८ सालदेखि अवरोध नभए तीन महिनाभित्रै प्रशारण लाइन निर्माण गरिसक्ने लक्ष्य रहेको बताउँदै आएका छन् तर अहिलेसम्म पुरा हुन सकेको छैन । आगामी जुनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको प्रशारण लाइनको निर्माण सुरुवात कहिले र कसरी गर्ने भन्ने टुंगो लाग्न नलागेकोल लक्ष्यभित्र पुरा नहुने निश्चित देखिएको नेपाल विद्युत प्राधिकरणका एक अधिकारीले जानकारी दिए ।
विगत तीन बर्षदेखि प्रशारण लाइन बनाउन नदिएर अवरोध गरेपछि करिब एक महिना अघि विश्व बैकको टोलीनै आयोजना अवरोधस्थल सिन्धुलीमाडी पुगेको थियो । टोलीले प्रतिवेदन दिएपछि मात्र प्रशारण लाइन निर्माण गर्ने मनस्थितीमा प्राधिकरण छ । टोलीले अझै प्रतिवेदन दिएको छैन । ‘स्थानीयबासीको अवरोधको कारणले आयोजना निर्माण कार्य अगाडी बढाउन सकेका छैनौ ।’–प्रशारण लाइन आयोजना प्रमुख कन्हैया मानन्धरले भने–‘विश्व बैकको टोलीको प्रतिवेदन पनि कुरिरहेका छौ, त्यो प्रतिवेदनले पनि समस्या समाधानका लागि अघि बढ्न सहयोग पुग्छ ।’
विश्व बैकको सर्त अनुसार, सो प्रशारण लाइन निर्माणको कार्य बलजफती गर्न मिल्दैन तर बारम्बार अवरोध गरेपछि विद्युत प्राधिकरण आयोजना निर्माणका लागि समस्यामा छ । प्रशारण लाइन आयोजनाका अनुसार, २०६८ सालपछि आयोजना निर्माण कार्यमा ५० पटक भन्दा बढी स्थानीयबासीले अवरोध गरिसकेका छन् । एक बर्ष अघि सरकारले सुरक्षाकर्मीहरुे परिचालन गरेर भएपनि प्रशारण लाइन बनाउने निर्णय गरेपछि स्थानीयबासीहरुले जर्बरजस्ती बनाउनु खोज्नु अन्र्तराष्ट्रिय श्रम संगठन (आईएलओ) को मुल्य, मान्यता विपरित भएको भन्दै विश्व बैकको केन्द्रीय कार्यालयमा उजुरी गरेका थिए । सो उजुरी अनुसार दुई पटक विश्व बैकको टोली नेपाल आएर यसबारे अध्ययन गरिसकेको छ । एक महिना अघि टोली आउँदा स्थानीयबासीले क्षतिपुर्ति स्वरुप ठूलो रकम मागेपछि उनीहरु दंग परेका थिए ।
प्राधिकरणले टावर मुनिको भागको क्षतिपुर्ति मात्र दिन मिल्ने व्यवस्था भएपनि अवरोध गरेको क्षेत्रमा सडक विभागमार्फत सबै जग्गा अधिग्रहण गरी सो वापतको रकम लिनका लागि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सार्वजनिक सुचना जारी गरिसकेको छ । १५९ कित्ता जग्गामध्ये अधिकांशले सो वापतको रकम बुझिसकेका छन् । लोडसेडिङ घटाउनका लागि मुख्य प्रशारण लाइनमध्येको एक खिम्ती–ढल्केबर आयोजना नबन्दा प्राधिकरणले मात्र बर्षेनी एक अर्ब रुपैयाँ घाटा बेहोर्नुपरेको छ भने सर्वसाधारणले दैनिक आधा घण्टा बढी लोडसेडिङ खेप्नुपरेको छ । खिम्ती–ढल्केवर प्रसारण लाइन नबनेका कारण अहिले यस Ôेत्रमा उत्पादित विद्युत काठमाडांै, चितवन हु“दै करिब २ सय ५० किलोमिटर पार गरी लैजानुपर्ने अवस्था छ । तर, यो प्रसारण लाइन बनेपछि ७५ किलोमिटरमै ढल्केवर पु¥याउन सकिने प्राधिकरणले जनाएको छ । यही कारण अहिले दैनिक १० मेगावाट विद्युत चुहावट भएको छ भने बर्खामा सिप्रिङखोला जलविद्युत आयोजना लगायतमार्फत उत्पादित विद्युत खेर जाने गरेको छ । प्रसारण लाइन नबनेमा निर्माणधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजनाको विजुली सहर पुर्याउन समेत समस्या पर्ने आयोजना प्रमुख मानन्धरले बताए । ।
प्रशारण लाइन बनेमा भने सिन्धुपाल्चोक, दोलखा र रामेछापलगायतका Ôेत्रमा जलविद्युत आयोजनामार्फत १ हजार मेगावाट विद्युत सजिलै ओहोरदोहोर हुनेछ । प्राधिकरणका अनु सार प्रसारण लाइन आयोजनाको ९५ प्रतिशत काम पूरा भइसकेको छ भने सिन्धुली नगरपालिकाभित्र ६ र खुर्कोटमा एउटा टावर निर्माण गर्न बा“की छ । करिब १२ किलोमिटर मात्र तार तान्न बा“की छ ।
No comments:
Post a Comment