काठमाडौं÷रास–
काठको पोलबाट दुर्घटनाको बढी जोखिम देखिएपछि त्यसलाई फेर्न कुशेश्वर
दुम्जा र काभ्रेको भीमखोरी गाविसका गाउँले कस्सिएका छन् ।
छाँगेखोला
लघु जलविद्युत् आयोजनामार्फत गाउँमा काठका पोल हालेर बिजुली बालेपछि
करेन्ट लागेर क्षतिको जोखिमलाई मध्यनजर राखी उनीहरू फलामे पोल हाल्न
कस्सिएका हुन् । २०६२ सालमा लघु जलविद्युत् आयोजना निर्माण सुरु गरेर २०६७
सालदेखि गाउँमा बिजुली बाल्न थालेका उनीहरूले आर्थिक समस्याका कारण छोटो
काठको पोल उपयोग गरेका थिए । मकैको ठूलो बोटले छुने तथा होचा काठका पोलहरू
ढल्दै जान थालेपछि स्थानीयवासीले त्यसको विकल्पका लागि प्रयास गरेका थिए ।
‘लघु जलविद्युत् आयोनजाका निर्माणका लागि सहयोग गरेको रेडक्रस सोसाइटी
फ्रान्सलाई काठको पोलको जोखिमबारे जानकारी गराएपछि ६५ फलामको पोल पायाँै,
अहिले त्यो पोल हाल्नका लागि सबै गाउँले सक्रिय भएर लागेका छौँ,’ लघु
जलविद्युत् उपभोक्ता समितिकी अध्यक्ष दबाङसिंह मोक्तानले भने ।
काभ्रेको
भीमखोरीका १० घरधुरीसहित सिन्धुलीको कुशेश्वर दुम्जा गाविस–९ का १ सय ४१
घरधुरीका बासिन्दा १६ किलोवाटको लघु जलविद्युत् प्लान्टमार्फत गाउँमा
बिजुली बाल्दै आएका छन् । काठको पोल फेरेर फ्रान्स रेडक्रसको सहयोगमा खरिद
गरिएको फलामे पोल जडानका लागि सबै खटिएका छन् । ‘प्रत्येक घरधुरी काठको पोल
फेरेर फलामे राख्नका लागि कस्सिएका छन्,’ उपभोक्ता समितिका सचि शक्तिमान
तामाङले भने, ‘कोही नआएमा ५ सय रुपैयाँ जरिवाना लगाएका छौँ त्यसकारण पनि
सबै गाउँले जुटेका छन् ।’
१२ वैशाख र
त्यसपछिको निरन्तर पराकम्पनको कारणले धेरै काठका पोल ढलेका थिए भने भएका
पोलसमेत काम नलाग्ने अवस्थामा छन् । ‘पहिला छुन सक्ने तार थियो, जहिले
करेन्ट लागेर मरिन्छ भन्ने चिन्ता, अहिले फलामे पोल धेरै अग्लो छ ।’
स्थानीय नोर्बुसिंह तामाङले भने, ‘फलामे पोल हालेपछि ढुक्क हुन्छाँै, खतरा
अन्त्य भयो, नत्र त मकैको बोटले समेत तार छुने अवस्था थियो ।’ स्थानीय
ङेमादोर्जे मोक्तान पनि फलामे पोल हालेपछि करेन्ट लागेर मर्ने तथा खेतीपाती
गर्दाको जोखिम अन्त्य भएर ढुक्कसाथ बाँच्न सकिने बताउँछन् ।
वैकल्पिक
ऊर्जा प्रवद्र्धन केन्द्र, फ्रान्स रेडक्रस, जिल्ला विकास समिति सिन्धुली,
गाउँ विकास समितिलगायतको सहयोगमा ५२ लाखमा लघु जलविद्युत् आयोजना निर्माण
भएको हो । प्रतिघरधुरी ३ हजार नगद तथा १ सय ९३ दिन जनश्रमदान गरेर आयोजना
बनाएपछि नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय ग्रिड पुग्न ढिला हुने यस
क्षेत्रका बासिन्दा लाभान्वित भएका छन् । ‘सुरुका दिनमा गाउँमा लघु
जलविद्युत् बनाउन धेरै धायौँ, १ सय ४१ घरधुरीको लालपुर्जा बोकेर कृषि विकास
बैँक धुलिखेल पनि पुग्याँै ।’
अध्यक्ष
मोक्तानले भने, ‘नपाएपछि बल्ल फान्सको रेडक्रसबाट सहयोग पाएपछि आयोजना अघि
बढेको हो, अब सुरक्षित लघु जलविद्युत् आयोजना बनाउनका लागि हामी कस्सिएका
छौँ ।’ रेडक्रस फ्रान्सले पोल किन्नका लागि मात्र बजेट दिएको तथा त्यसको
जडानका लागि थप बजेट आवश्यक परे पनि कतैबाट सहयोग नपाएपछि स्थानीयवासी आफँै
काममा जुटेका हुन् ।
http://www.erajdhani.com/article/0919280001443926224
No comments:
Post a Comment