भीम गौतम /राजधानी
काठमाडौं, १२ कात्तिक
काठमाडौं, १२ कात्तिक
भारतीय
एकाधिकार तोड्दै चीनसँग इन्धन किन्ने सम्झौता गरेको सरकारले बिजुलीसमेत
किन्नका लागि गृहकार्य अघि बढाएको छ ।भारतले गरेको अघोषित नाकाबन्दीमा कडाइ
हुँदै गएमा हाल भारतबाट आयात भइरहेको बिजुलीमा समेत कटौती हुन सक्ने
सम्भावनालाई विश्लेषण गरेर सरकारले त्यसका लगि गृहकार्य अघि बढाएको हो ।
यद्यपि, हालसम्म भारतले बिजुली आयातमा कटौती गरेको छैन । नेपाल विद्युत्
प्राधिकरणका अनुसार हाल भारतबाट २ सय मेगावाटको हाराहारीमा बिजुली आयात
गरिरहेको छ ।
ऊर्जा मन्त्रालय स्रोतका
अनुसार, तिब्बत क्षेत्रमा रहेका ६ ओटा ग्रिडबाट नेपालमा प्रसारण लाइन
ल्याएर बिजुली ल्याउने सम्भावना रहेकाले त्यसबारे समेत छलफल अघि बढेको छ ।
उपप्रधान एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझीले जनतालाई बिजुली दिनका लागि
सरकार विकल्पमा जान तयार रहे पनि चीनबाट ल्याउने नल्याउने बारे विस्तृत
छलफल अघि बढी नसकेको बताए । ‘भर्खर मन्त्री भएको छु, यसबारे छलफल भएकै छैन,
विकल्पबारे पनि छलफल त हुन्छ,’ उनले भने ।
ऊर्जा
मन्त्रालय स्रोतका अनुसार, नयाँ प्रधानमन्त्री केपी शर्मा ओलीले
मन्त्रालयका अधिकारीलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर लोडसेडिङ
न्यूनीकरण गर्नका लागि अपनाउन सक्ने सबै विकल्प अनाउन र ऊर्जा संकट हुन
नदिनका लागि निर्देशन दिएपछि ऊर्जा मन्त्रालयका अधिकारीहरूले विकल्पबारे
समेत छलफल अघि बढाएका छन् ।
दुई
साताअघि चिनियाँ स्वामित्वमा रहेको हानजाउ रिजनल सेन्टर (एचआरसी) ले
नेपालसँग ऊर्जा क्षेत्रमा साझेदारी गर्नका लागि प्रस्ताव पठाएपछि विद्युत्
प्राधिकरणले सिधैं साझेदारी गर्न नमिल्ने भन्दै ऊर्जा मन्त्रालयमा पठाएको
थियो ।
नेसनल रिसर्च इस्टिच्युट फर
रुरल इलेक्ट्रिफिकेसन÷एचआरसीका महानिर्देशक जेङ झिलाईले पत्र पठाउँदै
परामर्शदाता, उपकरण सप्लाई, रिभर वेसिन प्लान, सोलार, अनुसन्धान र
विकासलगायतका ऊर्जा क्षेत्रमा साझेदारी गर्दै दुई देशबिच सम्झौता गर्न
प्रस्ताव गरेको छ ।
सरकारले भने
विद्युत् प्राधिकरणलाई कार्यावन्यन गर्ने निकायका रूपमा लिई चिनियाँ सरकारी
कम्पनीबाट बिजुली किन्नका लागि कसरी अघि बढाउन सकिन्छ भनेर थप अध्ययन
गर्ने योजना बनाएको छ । ‘चिनियाँ पक्षसमेत नेपाललाई बिजुली बेच्नका लागि
सकारात्मक देखिएकाले यसका प्राविधिक पक्षबारे छलफल सुरु भएको छ तर चीनबाट
बिजुली ल्याउनका लागि धेरै प्राविधिक कठिनाइ छ,’ ऊर्जा मन्त्रालयका एक
अधिकारीले भन, ‘असम्भव नै त होइन तर विकल्पमा कसरी सम्भव हुन्छ भनेर अध्ययन
गर्न लागिएको हो ।’
भारतले
इन्धनलगायतका अन्य अत्यावश्यक वस्तुहरूको आपूर्तिमा अघोषित नाकाबन्दी गरे
पनि बिजुलीमा भने नियमित दिइँदै आएको छ । बिहीबारसमेत विद्युत् प्राधिकरणका
अधिकारीहरू टनकपुरबाट ३० मेगावाटसम्म बिजुली आयात गर्नका लागि सम्झौता
गर्न भारत प्रस्थान गरेका छन् । टनकपुर सम्झौताबापत वार्षिक पाउने ७ करोड
युनिटबाहेक ३० मेगावाटसम्म थप बिजुली ल्याउनका लागि टोली भारत गएको हो ।
टोलीले
शुक्रबार भारतको पावर ट्रेड कम्पनी (पीटीसी) सँग सम्झौता गर्ने कार्यक्रम छ
। भारतले बिजुली कटौती नगरे पनि नाकाबन्दीलाई कडाइ पार्दै भविष्यमा कटौती
गर्न सक्ने सम्भावनालाई दृष्टिगत गरी अध्ययनलगायत अघि बढाउन लागिएको ऊर्जा
मन्त्रालयका एक अधिकारीले बताए ।
http://www.erajdhani.com/article/0533195001446167846
No comments:
Post a Comment