Wednesday, July 12, 2017

६ महिने पुनर्निर्माणमा उल्लेख्य प्रगति

    कारोबार संवाददाता  http://www.karobardaily.com/news/80656 0 + -

समाचार प्रतिनिधि तस्विर
काठमाडौः राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पछिल्लो ६ महिनामा भूकम्पपछिको पुनर्निर्माणमा उल्लेखनीय प्रगति भएको जनाएको छ । 
सरकारले प्राधिकरणका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई हटाएर डा. गोविन्दराज पोखरेल ल्याएपछिको ६ महिनामा उल्लेखनीय प्रगति भएको प्राधिकरणद्वारा मंगलबार सार्वजनिक प्रतिवेदनमा उल्लेख छ । २७ पुसमा डा. पोखरेल दोस्रो पटक प्रमुख कार्यकारी अधिकृत बनेका थिए । 
६ महिनाअघि ८ लाख २४ हजार १२५ घरधुरी सर्भेक्षण गरेकोमा १ लाख ७२ हजार ३७ गरिएको र त्यसमा ६ लाख २६ हजार ३६ अनुदान पाउन योग्य पहिचान गरिएकोमा अहिले बढेर ७ लाख ४६ हजार पुगेको प्राधिकरणले जनाएको छ ।
प्राधिरकणका अनुसार, ५ लाख ४२ हजार १७७ ले अनुदान सम्झौता गरेकोमा अहिले बढेर ६ लाख २८ हजार ४४३ पुगेको छ भने पहिलो किस्ता पाउने ५ लाख ४२ हजार १७७ रहेकोमा बढेर ५ लाख ९२ हजार ९६१ तथा दोस्रो किस्ता पाउने ७२० रहेकोमा ४४ हजार ९ सय थप घरधुरीले पाएका छन् ।
तेस्रो किस्ता पाउने संख्या शून्य रहेकोमा २ हजार १९५ पुगेको तथा त्यो बेला १७ हजार ९९ भूकम्प प्रभावितले मात्र घर बनाएकोमा बढेर १ लाख ७ हजार ३३५ पुगेको तथा शून्य रहेको घर निर्माण संख्या ३६ हजार ५८८ पुगेको प्राधिकरणले जनाएको छ ।
६ महिनाअघि ८६ सामूहिक आवास रहेकोमा १२९ पुगेको, शैक्षिक संस्था २ सयमात्र बनेकोमा २१ सय पुगेको, प्रवलीकरण (रेक्टोफिटिङ) गर्ने संख्या शून्य रहेकोमा १९ हजार ८ सय ६६ पुगेको प्रगति सार्वजनिक गर्दै प्राधिकरणले ३२ सरकारी भवन निर्माण संख्या बढेर ९८ पुगेको जनाएको छ ।
६ महिनाअघि ७६ हजार ७० को गुनासो पुनरावलोकन भएकोमा बढेर १ लाख ९३ हजार ४३२ पुगेको तथा तालिम प्राप्त जनशक्ति १९ हजारबाट बढेर ४० हजार पुगेको प्रगति प्रतिवेदनमा उल्लेख छ । 
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको विशेष सक्रियता, विभिन्न नीतिगत सुधार, अनुदान वितरण कार्यक्रममा तीव्रता, स्थानीय तहमा जनप्रतिनिधिको आवागमन, पुनर्निर्माणसम्बन्धी मापदण्डमा ल्याइएको समयसापेक्ष सुधार एवं लाभग्राही स्वयंको अग्रसरताका कारण पुनर्निर्माणमा प्रगति देखिएको प्राधिकरणको दाबी छ ।
 क्षेत्र                                             पुस २७    असार २७ 
घरधुरी सर्वेक्षण                                ८,२४,१२५    ९,९,६१६२
अनुदान पाउन योग्य घरधनी               ६,२६,०३६    ७,४६,०००
अनुदान सम्झौता गर्ने घरधनी              ५,४२,१७७    ६,२८,४४३
पहिलो किस्ता प्राप्त गरेका घरधनी       ४,५२,४९०    ५,९२,९६१
दोस्रो किस्ता प्राप्त गर्ने संख्या              ७२०             ४५,६२२
तेस्रो किस्ता प्राप्त गर्ने    छैन               २,१९५
निर्माण भइरहेका घरधुरीको संख्या       १७,०९९        १,०७,३३५
निर्माण सम्पन्न भएका घरको संख्या    .........            ३६,५८८
सामूहिक आवास (सेल्टर)                       ८६         १२९
प्रबलीकरण लाभग्र्राही     ........                          १९,८६६
गुनासो पुनरावलोकन                          ७६,०७९    १,९३,४३२
तालिम प्राप्त निर्माण जनशक्ति             १९,०००    ४०,१७५ 
  
प्राधिकरणका अनुसार, जनशक्तिको अभाव, प्राविधिकहरूको कमी तथा बीचमा सेवा छोड्ने लगायतका समस्यासमेत रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले ६ महिनाकै अवधिमा १४ नीतिगत सुधार भएको जनाएको छ ।
सार्वजनिक क्षेत्रमा बसेका, जग्गा नभएका तथा जोखिमयुक्त बस्तीमा बसेका लाभग्राहीलाई घडेरी किन्न थप दुई लाख दिने तथा भूकम्प अतिप्रभावित ५ जिल्लाका ५ जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा सार्ने प्रक्रियालाई नमुना परियोजनाको रूपमा अघि बढाउने र भूकम्पपीडितलाई सामूहिक जमानीमा आवास निर्माणका लागि थप ३ लाख रुपैयाँ निव्र्याजी ऋण उपलब्ध गराउने कार्यविधि लागू भएको प्राधिकरणले जनाएको छ ।
सीमान्तकृत तथा विपन्न समुदायलाई सहयोग गर्ने हेतु अनुदान वितरणको कार्यविधिलाई सरलीकृत, एकल महिला, विपन्न तथा सीमान्तकृत समुदायलाई गैरसरकारी संस्था वा सरकारबाट आवास अनुदान प्राप्त गर्ने कमजोर समुदायका परिवारलाई गैरसरकारी संस्थामार्फत थप ५० हजार उपलब्ध गराउने निर्णय भएको जनाउँदै प्राधिकरणले निजी आवास तथा अन्य भौतिक पूर्वाधारको पुनर्निर्माण, आर्थिक तथा सामाजिक पुनःस्थापनासम्बन्धी गुनासो सरल एवं व्यवस्थित तवरबाट व्यवस्थापन गरी सम्बोधन गर्न नयाँ कार्यविधि लागू भएको र भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माणसम्बन्धी ऐन, २०७२ को दफा ३१ ले दिएको अधिकार प्रयोग गरी प्राधिकरणको केन्द्रको अधिकार नगर/गााउँपालिकासम्म विकेन्द्रित गरिएको प्राधिकरणले जनाएको छ । 

No comments: