Friday, July 7, 2017

पानी किनेरै बने दलित बस्तीमा घर

     भीम गौतम    0 + -

http://www.karobardaily.com/news/80520

समाचार प्रतिनिधि तस्विर
काठमाडौंः भूकम्पपछि पानीको मुहान सुकेर समस्यामा परेका मण्डन देउपुर नगरपालिका–९ दलित बस्तीमा भूकम्पबाट भत्किएका घर पानी किनेर पुनर्निर्माण गरिएको छ ।
भूकम्पले सबै घर पूर्ण रूपमा क्षति भएपछि र खानेपानी नभएपछि उनीहरूले प्रतिलिटर एक रूपैयाँको दरले पानी किनेर यहाँको दलित बस्तीमा घर निर्माण गरिएको हो । 
छाप्रोमा बसेर कष्टपूर्ण जीवन गुजारा गरिरहेका यहाँका दलितहरूले ५१ घरधुरी पुनर्निर्माण गरेर बस्न थालेका छन् । “घर बनाउन पानी नभएपछि एक हजार लिटरको एक हजार रूपैयाँ तिरेर घर बनायौं,” स्थानीय चनमति तोलाङ्गेले भनिन्, “२० हजारभन्दा बढी त पानी किन्नका लागि पैसा लाग्यो, के गर्नु छाप्रो कष्ट सम्झेर पानी किनेरै भए पनि बनाउनुप¥यो ।”
संस्थाहरूबाट तीन लाख रूपैयाँबराबर सहयोग गरिएको र नपुग रकम आफैंले हालेर भए पनि बनाएको उनीहरूको अनुभव छ । “अहिले पनि एक गाग्री खानेपानी ल्याउन ४÷५ घण्टा लगाएर कुवापानी पुग्नुपर्छ,” तोलाङ्गेले भने, “गाउँभरिका सबैले खानेपानी किनेरै घर बनाएका हौं ।” प्रत्येक परिवारले २० देखि ४० हजार लिटर पानी किनेर घर बनाएका थिए । 
डाइकोनी क्याटछास थ्रोपीहिलफे जर्मनी र द लुथरन वल्र्ड फेडेरेसनको सहयोगमा शान्ति जनआर्दश सेवा केन्द्रले यहाँका दलित वस्तीमा आवश्यक उपकरण र सामग्री उपलब्ध गराउनुका साथै सहजीकरण गरेको थियो ।
शान्ति जनआदर्श सेवा केन्द्रका अध्यक्ष शंखबुद्ध लामा डाइकोनी र लुथरनको सहयोगमा २०७२ मंसीरदेखि भूकम्प पश्चातको पुर्नस्थापना तथा जीविकोपार्जन कार्यक्रम सञ्चालन सुरु भएपछि दलितवस्तीमा घर निर्माण सुरु गरिएको बताउँछन् ।
“शान्ति जनआदर्शले नयाँगाउँ, गैह्रीबिसौना, वालुवा, जैसीथोक लगायतका क्षेत्रमा कार्यक्रमअन्र्तगत निजी आवास निर्माण सुरु गरेकोमा दलित बस्तीमा निर्माण सम्पन्न गरेका छौं।” लामाले भने, “५१ घरधुरी निर्माण गरेर हस्तान्तरण पनि गरेका छौं, सम्पन्न भएका सबै घर दलितका हुन् ।” 
संस्थाहरूले तीन लाख रूपैयाँ बराबरको घर निर्माणका लागि आवश्यक सामग्री र उपकरणहरू गाउँमै पु¥याएपछि घर निर्माण गर्न सहज भएको थियो ।
घर निर्माण सम्पन्न भएपछि दलित वस्तीमा आयोजित कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उपसचिव विष्णु पौडेल, लुथरनका देशीय निर्देशक डा. प्रवीण मानन्धर, डाइकोनीकी प्रतिनिधि पिनार गोकिन, सो वडाका वडाध्यक्ष जीतबहादुर तामाङले घर निर्माण सम्पन्न प्रमाणपत्र वितरण गरेका थिए । 
घर बनेर प्रमाणपत्र पाएपछि दलितवस्तीका प्रभावित खुशी छन् । “भूकम्प गएपछि धेरै समय छाप्रोमा बस्यौं, छाप्रोमा बस्त धेरै गाह्रो भएको थियो, अहिले त धेरै सहज भएको छ,” स्थानीय ७५ बर्षीय शान्ति रम्तेलले भनिन् ।
नयाँ घर बनेर बस्न थालेपछि धेरै सहज भएको अनुभव ८१ बर्षीय कर्णबहादुर कामीको पनि छ । “भूकम्पले घर भत्काएपछि बाँच्नका लागि धेरै धौ धौ भएको थियो, अहिले त सजिलो भएको छ,” उनले भने ।
http://www.karobardaily.com/news/80520

No comments: