०३ श्रावण, २०७४ १०:५० बिहान कारोबार संवाददाता http://www.karobardaily.com/news/80822 0 + -
समाचार प्रतिनिधि तस्विर
काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले एक वर्षभित्र भूकम्प प्रभावितहरूले सरकारले घोषणा गरेको तीन लाख अनुदान लिनैपर्ने सीमा तोकेको छ ।
भूकम्प प्रभावितमध्ये अधिकांशले पहिलो किस्ता लगे पनि दोस्रो र तेस्रो लानेको संख्या न्यून रहेको बेला प्राधिकरणको कार्यकारी समितिको बैठकले यस्तो सीमा तोकेको हो । प्राधिकरणले निर्धारण गरेको तालिका अनुसार प्रभावितले २०७५ असार मसान्तभित्र निजी आवास पुनर्निर्माणसम्बन्धी सम्पूर्ण अनुदान लिइसक्नुपर्नेछ ।
भूकम्प प्रभावितमध्ये अधिकांशले पहिलो किस्ता लगे पनि दोस्रो र तेस्रो लानेको संख्या न्यून रहेको बेला प्राधिकरणको कार्यकारी समितिको बैठकले यस्तो सीमा तोकेको हो । प्राधिकरणले निर्धारण गरेको तालिका अनुसार प्रभावितले २०७५ असार मसान्तभित्र निजी आवास पुनर्निर्माणसम्बन्धी सम्पूर्ण अनुदान लिइसक्नुपर्नेछ ।
निजी आवास पुनर्निर्माणका लागि अनुदान सम्झौता भई घर निर्माण सुरु गरेको संख्या कम रहेकाले पुनर्निर्माण कार्यमा तीव्रता दिने उद्देश्यले भूकम्प प्रभावित ३१ जिल्लामै लागू हुने गरी समयसीमा निर्धारण गरिएको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताए ।
“प्राधिकरणले लाभग्राहीलाई अनुदान लिने प्रक्रियामा ढिलाइ नहोस् भनेर अग्रिम रूपमै प्रभावित जिल्लामा पठाए पनि दोस्रो र तेस्रो किस्ता लिनेको संख्या उत्साहजनक रूपमा अघि नबढेपछि समयसीमा तोकेरै अभियानका रूपमा कार्यक्रम सुरु गरिएको हो,” उनले भने ।
निर्धारित तालिका अनुसार पहिचान भएका सबै लाभग्राहीले आगामी कात्तिक मसान्तभित्र अनुदान सम्झौता गरी प्रथम किस्ता लिइसक्नुपर्नेछ भने यस्तै २०७३ पुस मसान्तसम्म प्रथम किस्ता प्राप्त गरेका निजी घरधनीले २०७४ पुस मसान्तसम्म र आगामी कात्तिक मसान्तभित्र प्रथम किस्ता प्राप्त गर्ने लाभग्राहीले आगामी चैत्र मसान्तभित्रै दोस्रो किस्ता लिइसक्नुपर्नेछ । यसैगरी २०७४ पुस मसान्तभित्र दोस्रो किस्ता प्राप्त गर्ने निजी घरधनीले २०७५ जेठ मसान्तभित्र तेस्रो किस्ताको अनुदान लिइसक्नुपर्नेछ ।
- आगामी कात्तिकभित्र पहिलो किस्ता
- चैतभित्र दोस्रो किस्ता
- असारभित्र तेस्रो किस्ता
प्राधिकरणले ०७४ चैत मसान्तभित्र दोस्रो किस्ता प्राप्त गर्ने निजी घरधनीले ०७५ असार मसान्तसम्म अन्तिम अर्थात् तेस्रो किस्ता लिइसक्नुपर्ने गरी समयावधि निर्धारण गरेको छ । असार २८ गते प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको प्राधिकरण निर्देशक समितिको बैठकले अनुदान प्राप्त गर्ने अन्तिम तालिका स्वीकृत गरेपछि प्राधिकरणले निजी आवास पुननिर्माणका लागि समयसीमा तोकी थप अभियानका रूपमा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।
पछिल्लो तथ्यांकअनुसार निजी आवास पुनर्निर्माणका लागि अनुदान सम्झौता भएका ६ लाख २८ हजार ८२२ घरधुरीमध्ये ५ लाख ९४ हजार १५० घरधुरीले पहिलो किस्ता लिइसके पनि ५२ हजार १६६ घरधुरीले मात्र दोस्रो किस्ता लिएका छन् ।
अनुदान लिए पनि घर पुनर्निर्माण सम्पन्न गर्ने म्याद नतोकिँदा लाभग्राहीमा जहिले निर्माण सुरु गरे पनि हुन्छ भन्ने धारणा देखिएका कारण समयसीमा निर्धारण गरिएको प्राधिकरणको भनाइ छ ।
No comments:
Post a Comment