Thursday, June 29, 2017

बल्ल भूकम्प प्रतिरोधात्मक भवन संहिता परिमार्जन सुरु

     भीम गौतम  http://www.karobardaily.com/news/803400 + -

समाचार प्रतिनिधि तस्विर

१८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य

काठमाडौं : सहरी विकास मन्त्रालयले २३ वर्ष पुरानो राष्ट्रिय भवन संहिता (एनबीसी) अन्तर्गत भूकम्प प्रतिरोधात्मक संहिता (सेस्मिक) परिमार्जन सुरु गरेको छ । 
२०४५ सालमा भूकम्प गएपछि त्यसको ६ वर्षपछि भूकम्पबाट भवनहरू क्षति नहुने गरी सेस्मिकसँग सम्बन्धित राष्ट्रिय संहिता–१०५ बनाएको सरकारले बल्ल परिमार्जन सुरु गरेको हो ।
२३ वर्षपछि भूकम्पप्रतिरोधी विभिन्न प्रविधिहरू आए पनि र अधिकांश संरचना भूकम्पप्रतिरोधी बनाउन नसक्दा दुई वर्षअघि गएको भूकम्पबाट नौ हजारभन्दा बढीले ज्यान गुमाउनु परे पनि मन्त्रालयले भने बल्ल सुरु गरेको हो ।
“भूकम्प गएको लगत्तै संहिता परिमार्जन अघि बढ्नुपर्ने हो तर ढिलो भए पनि सुरु भएको छ ।” सहरी विकास मन्त्रालय केन्द्रीय कार्ययोजना कार्यान्वयन इकाइका उप–परियोजना निर्देशक परिच्छित कडरियाले भने, “१८ महिनाभित्र संहिता परिमार्जन गरिसक्ने लक्ष्यसहित सुरु भएको छ ।”
सेस्मिक कोड बनाउनका लागि मन्त्रालयले पुल्चोक इन्जिनियरिङ संस्थानका प्राध्यापक डा. प्रेमनाथ मास्के र अन्तर्राष्ट्रिय विज्ञ डा. राजेश ढकाल सम्मिलित विज्ञ टोली तथा सहरी विकास मन्त्रालयको मन्त्रालयका सहसचिवको नेतृत्वमा कार्यदल बनाएको छ ।
पुरानो संहिता साँघुरो रहेकाले सानो भूकम्प आउँदा नभत्किने, मध्यम आउँदा चर्किने मात्र र ठूलो हुँदा पनि भवनहरू नष्ट र मानवीय क्षति नहुने गरी देशको अर्थतन्त्रले धान्ने गरी र भारत, पाकिस्तानजस्ता देशमा जस्तो गुणस्तरीय हुने गरी फराकिलो बनाउन लागिएको कडरियाले जानकारी दिए । संहिता तयार भएपछि मन्त्रीस्तरीय निर्णय गरी सबै निकायमा भवन निर्माण गर्दा अनिवार्य रूपमा लागू गर्ने लक्ष्य मन्त्रालयको छ ।
केन्द्रीय कार्ययोजना इकाइका निर्देशक टपेन्द्रबहादुर खड्काले भूकम्पपछि भूकम्प प्रभावित ३१ जिल्लाका साढे ७ लाख निजी घरका साथै अन्य ४ लाख भवन निर्माणको चरणमा रहेका हालसम्म ९० हजारले मात्र घर निर्माण गरिरहेको भन्दै ती भवनहरू भूकम्पप्रतिरोधी बनाउनका लागि संहिता निर्माणमा जोड दिइएको बताए ।
उनका अनुसार, हालसम्म ५ लाख ४४ हजार भूकम्प प्रभावित मात्र सूचीकृत भएका छन् भने ४४ हजारले दोस्रो किस्ताका लागि प्रमाणीकरण गरिएको छ । केन्द्रीय आयोजना इकाइका स्टक्चरल इन्जिनियर विपिन गौतमले सहरी विकास मन्त्रालयले पहिला भवनका १७ डिजाइन सार्वजनिक गरेकोमा फेरि गत फागुन (मार्च) मा फेरि १२ प्रविधिका १७ डिजाइन सार्वजनिक गरिएको बताए ।
भूकम्पप्रतिरोधी रूपमा भवन बनाउनका लागि हालसम्म मन्त्रालयले सुक्खा ढुंगा, ढुंगामाटो, काठ, फलाम, ढलानलगायत गरी ८० भन्दा बढी डिजाइनहरू सार्वजनिक गरेको जनाएको छ । बुधबार सहरी मन्त्रालयको केन्द्रीय कार्ययोजना कार्यान्वयन इकाइ र नेपाल इन्जिनियर्स एसोसियनले भूकम्पप्रतिरोधी भवनहरू निर्माणका लागि संहिता १०५ को परिमार्जनबारे छलफल कार्यक्रम पनि आयोजना गरेको थियो ।
कार्यक्रममा मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले भवन संहितामा परिवर्तन गरेर बलियो र भूकम्पप्रतिरोधी भवन निर्माणका लागि कोड निर्माण गर्न लागिएको बताए ।
कार्यक्रममा विज्ञ विष्णु पाण्डेले सेस्मिक कोडबारेको अन्तर्राष्ट्रिय अभ्यास, गोर्खा भूकम्पले सिकाएको पाठबारे अन्तर्राष्ट्रिय विज्ञ डा. राजेश ढकाल, कोड परिवर्तनको आवश्यकताबारे विज्ञ डा. प्रेमनाथ मास्केले प्रस्तुतीकरण गर्दै भविष्यमा भूकम्पबाट ठूलो क्षति नहुने गरी संहिता निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए । 

बूढीगण्डकीको मुआब्जा वितरण बन्द

     कारोबार संवाददाता   http://www.karobardaily.com/news/80339 0 + -

समाचार प्रतिनिधि तस्विर
काठमाडौंः १२ सय मेगावाट बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई मुआब्जा वितरण प्रक्रिया रोकिएको छ । 
ऊर्जा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले बूढीगण्डकी जलविद्युत् विकास समिति खारेज गरेर कम्पनी मोडेलमा लैजाने निर्णय र पछिल्लो समयमा सो जलविद्युत् आयोजना चिनियाँ कम्पनीलाई दिएपछि अन्योलताका कारण १७ दिनदेखि मुआब्जा वितरण रोकिएको हो । 
गत २२ जेठमा विकास समिति खारेज भएको सूचना राजपत्रमा प्रकाशित भए पनि मुआब्जा वितरणका लागि गठित बूढीगण्डकी आयोजना वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनःस्थापना इकाइले २८ जेठमा राजपत्र पाएपछि मुआब्जा वितरण बन्द गरिएको हो । 
विकास समितिअन्तर्गत इकाइ रहेकाले विकास समिति खारेजीसँगै यसको हैसियत के हुने भन्ने स्पष्ट छैन । इकाइ संयोजक कृष्णबहादुर कार्कीले राजपत्रमा सूचना प्रकाशित भएपछि केही सुस्त भएको बताए ।
“अहिले प्रभावित भएको छ, यसको समाधानका लागि प्रयास अघि बढाइएको छ ।” उनले भने, “मुआब्जा वितरण कार्यलाई दु्रतगतिमा अघि बढाउने योजनामै छौं, अहिले निवेदन लिने काम भने जारी छ ।”
मुआब्जा वितरण रोकिएको र केही गाविसमा अझै मुआब्जा निर्धारण गर्न बाँकी रहेको भन्दै गोर्खाका सांसद चीनकाजी श्रेष्ठलगायतका जनप्रतिनिधिले ऊर्जा मन्त्रालयका अधिकारीलाई भेटेर पटक–पटक तुरुन्तै अघि बढाउन माग गर्दै आएका छन् । 
विकास समिति खारेज भएपछि विकास समितिमार्फत विद्युत् उत्पादन कम्पनीमा हस्तान्तरण हुन समय लाग्ने भएकाले मुआब्जा वितरणको कार्यअघि बढाउनका लागि इकाइलाई ऊर्जा मन्त्रालय मातहत ल्याउन लागिएको छ ।
विकास समितिअन्तर्गत रहेको इकाइलाई ऊर्जा मन्त्रालयले भने आफ्नो मातहतमा ल्याउने गरी मन्त्रिपरिषद्मा एक साताअघि प्रस्ताव गरेको छ तर निर्णय भइसकेको छैन । ऊर्जा मन्त्रालयका सहसचिव कौशलचन्द्र सुवेदीले इकाइलाई ऊर्जा मन्त्रालयका मातहतमा ल्याउन मन्त्रिपरिषद्मा प्रस्ताव पठाइएको जानकारी दिए । 
बूढीगण्डकी आयोजनाका अनुसार, आयोजनाबाट ३ हजार ५६० घरधुरी विस्थापित हुने भएकाले उनीहरूलाई पुनःस्थापना र पुनर्वास गर्न लागिएको छ भने डुबानमा पर्ने जग्गाको पनि मुआब्जा वितरणअघि बढाइएको छ । दुवै जिलामा ५८ हजार १५३ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने आयोजनाले जनाएको छ ।
आयोजनाबाट करिब ४५ हजार जनसंख्या प्रभावित हुनेछन् । गोर्खा जिल्लातर्फ १४ गाउँ विकास समिति र धादिङतर्फ १३ गाविस प्रभावित रहेकोमा हालसम्म दुवै जिल्लातर्फ १ अर्ब २२ करोड मुआब्जा वितरण गरिएको छ ।
गोर्खातर्फ १ अर्ब १९ करोड तथा धादिङतर्फ ३ करोडमात्र मुआब्जा वितरण इकाइले जनाएको छ । चालू वर्षभित्र धादिङका सलाङ, मैरी र खैरीमा ४ अर्ब २५ करोड रुपैयाँ बराबरको मुआब्जा वितरण गर्ने लक्ष्य राखिएको छ तर सरकारले २ अर्ब ५० करोड रुपैयाँमात्र बजेट दिएको छ ।
त्यसैगरी गोर्खाको घ्यालचोक, भुम्लीचोक र दरवुङ गाविसमा २ अर्ब ६२ करोड रुपैयाँ मुआब्जा वितरण गर्ने लक्ष्य रहे पनि सरकारले २ अर्ब ५० करोड बजेट विनियोजन गरेको छ । 
विकास समितिमार्फत अघि बढेको बूढीगण्डकी जलविद्युत् आयोजना कम्पनी मोडेलमा अघि बढाउनका लागि मन्त्रिपरिषद्ले स्वीकृति दिए पनि कम्पनीमा हस्तान्तरण गर्नेबारे प्रक्रिया अघि बढेको छैन ।
कम्पनी मोडेलमा अघि बढाउँदा तुलनात्मक रूपमा छिटो आयोजना अघि बढ्ने भए पनि यसको वित्तीय व्यवस्थापनदेखि निर्माणबारे ठोस कार्य भने अघि बढ्न सकेको छैन ।    

बक्समा
चालू वर्षमा बजेट
क्षेत्र          आवश्यक बजेट    विनियोजन             खर्च
गोर्खा        २६६ करोड        २५० करोड            ११९ करोड
धादिङ        ४२५ करोड        २५० करोड            ३ करोड
स्रोतः बूढीगण्डकी

Wednesday, June 28, 2017

सिंहदरबारमा बल्ल सोलार

     भीम गौतम    0 + -

समाचार प्रतिनिधि तस्विर
काठमाडौः सात वर्ष अघिदेखि चर्चामा रहेको सिंहदरबारभित्र सौर्य ऊर्जा (सोलार प्लान्टं जडान गर्ने योजना बल्ल सुरु भएको छ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसरमा रहेका सरकारी कार्यालयहरूको छतमा सोलार जडान गर्ने २०६७ सालदेखिको सरकारको योजना बल्ल कार्यान्वयन सुरु भएको हो । 
सोलारबाटै विद्युत् आपूर्ति गरेर सिंहदरबारलाई लोडसेडिङमुक्त बनाउने गरी सरकारले तत्कालीन अवस्थामा तयार गरेको लोडसेडिङ न्यूनीकरण योजनाअन्तर्गत चिनियाँ कम्पनीले एक मेगावाटको सोलार प्लान्ट निर्माण अघि बढाएको छ ।
ऊर्जा मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिनेश घिमिरेले सिंहदरबार र परिसरका भवनका छतछतमा सोलार प्लान्ट जडान सुरु भएको जानकारी दिए । “६ महिनाभित्र सोलार प्लान्ट जडान गरिसक्ने लक्ष्य छ, अहिले चिनियाँ कम्पनीले काम सुरु गरिसकेको छ,” उनले भने ।
सोलार जडानका लागि अहिले ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कोअपरेसन लिमिटेड र परामर्शदाता कम्पनी चाइना न्यू इरा इन्टरनेशनल इन्जिनियरिङ कोअपरेसनले काम सुरु गरेको छ । हालसम्म बिमा समिति र बिमा कम्पनीमा अर्थिङ र रेलिङको काम सकिएको र जिल्ला अदालतमा भइरहेको ऊर्जा मन्त्रालयले जनाएको छ ।
चीन सरकारको करिब ५५ करोड अनुदानमा निर्माण हुने आयोजनाबाट उत्पादित विजुली नेपाल विद्युत् प्राधिकरणको सिंहदरबारमा रहेको ११ केभीको वितरण लाइनमा सिंक्रोनाइज गर्ने योजना छ । सिंहदरबारभित्र दिउँसाको लागि सोलारकै बत्ती उपयोग गर्ने लक्ष्य ऊर्जा मन्त्रालयको छ । 
सिंहदरबारका ऊर्जा, अर्थ, परराष्ट्र, शिक्षा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, विज्ञान तथा प्रविधि मन्त्रालयका साथै राष्ट्रिय योजना आयोग, हुलाक क्षेत्रीय कार्यालय र रेडियो नेपाल तथा सिंहदरवारसँग जोडिएका जिल्ला विकास समिति, जिल्ला अदालत, बिमा समिति, वाणिज्य बैक लगायतका २० भवनका छतमा सोलार जडान गर्न लागिएको छ ।
चिनियाँ टोलीले सिंहदरबारभित्रका ३५ र बाहिरका १५ सरकारी कार्यालयका छतबाट उत्पादन हुन सक्न विद्युत्बारे अध्ययन गरेको थियो । छतको आधारमा प्रत्येकले फरकफरक क्षमतामा विद्युत् उत्पादन गर्ने र त्यो उत्पादन सम्बन्धित कार्यालयमा खपत गराएर बढी भएमा प्राधिकरणको प्रणालीमा जडान गर्ने व्यवस्था गरिएको छ । 
सुरुमा सिंहदरबारभित्रका छत उपयोग गर्दा सोलारबाट ५ मेगावाट  विद्युत् उत्पादन गर्ने अपेक्षा गरेपनि चिनियाँ कम्पनीले गरेको अध्ययनले एक मेगावाटमात्र उत्पादन गर्ने देखाएको थियो । टिनका छाना भएका, घाम कम लाग्ने लगायतका कारण कतिपय भवनहरू सोलारका लागि अनुपयुक्त देखिएका थिए ।
सोलार जडान गर्न लागिएका कृषि अनुसन्धान केन्द्र (नार्क) र महिला तथा बालबालिका मन्त्रालयमा जडान गर्न समस्या देखिएपछि ऊर्जा मन्त्रालयले यी दुई  भवनबाट उत्पादन हुने ८० किलोवाट सोलार ऊर्जा, अर्थ  र परराष्ट्र मन्त्रालयको पार्किङ क्षेत्र तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पार्किङ क्षेत्रमा समेत सोलार जडान गरेर उत्पादन गर्ने योजना बनाएको छ । सोलार जडानका लागि अधिकांश सामग्रीहरू चीनबाट आईसकेको र सोलार पाता कलकत्ता बन्दरगाह हुँदै आउनेक्रममा रहेको छ । 
मन्त्रालयका अनुसार २०७० देखि चिनियाँ कम्पनीले सिंहदरबारभित्र सोलार जडानका लागि अध्ययन अघि बढेपनि २०७२ वैशाखमा भूकम्प आएपछि केही ढिलाइ भएको हो । भूकम्पका कारण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय भवनमा समेत क्षति भएपछि यहाँ सोलार राख्न सम्भव नहुने भएको छ । 
http://www.karobardaily.com/news/80291

साढे ३ सय मेगावाटका आयोजना बनाउँदै सानिमा

    कारोबार संवाददाता   http://www.karobardaily.com/news/80309 0 + -

समाचार प्रतिनिधि तस्विर
काठमाडौं : सानिमा हाइड्रो गु्रपले साढे तीन सय मेगावाटका तीन जलविद्युत् आयोजना निर्माण अघि बढाएको छ । ३१.६ मेगावाटका तीन जलविद्युत् आयोजना निर्माण गरिसकेको ग्रुपले ५४ मेगावाटको मध्यतमोर, २८.१ मेगावाटको लोअर लिखु र २६० मेगावाटको अपर तमोर जलविद्युत् आयोजना निर्माण अघि बढाएको हो ।
तीन आयोजनामध्ये मध्यतमोर र लोआर लिखुको नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) भइसकेको र अपरतमोर पीपीएको चरणमा रहेको गु्रपका प्रमुख कार्यकारी अधिकृत डा. सुवर्णदास श्रेष्ठले जानकारी दिए ।
“अहिले तत्काल केही अघि बढेका तीन आयोजना छन्, मध्यतमोर र लिखु आगामी कार्तिक÷मंसिरदेखि निर्माण सुरु गर्न लागेका छौं ।” उनले भने, “दुवै आयोजनाको छिट्टै वित्तीय व्यवस्थापन जुटाएर र ठेकेदार कम्पनी छनोट गरेर निर्माणमा जान लागेका छौ ।”
ताप्लेजुङमा निर्माण हुने मध्यतमोर र रामेछापमा निर्माण हुने तल्लो लिखु आयोजनाको उत्पादन अनुमतिपत्र (लाइसेन्स) समेत सानिमा गु्रुपले लिइसकेको छ । गु्रपका अनुसार, हाल पहुँचमार्ग निर्माणका साथै जग्गा अधिग्रहण कार्य अघि बढेको  छ ।  
 साढे ९ अर्ब रुपैयाँ लागत अनुमान गरिएको मध्यतमोर आगामी २०७८ भदौ र तल्लो लिखु जलविद्युत् आयोजनाबाट २०७८ मंसिरदेखि विद्युत् उत्पादन लक्ष्य राखिएको छ । २०६१ सालमा २.५ मेगावाटको सुनकोसी स्मल निर्माण सम्पन्न गरेको सानिमा हाइड्रो पावर कम्पनीले २०७१ सालमा २२ मेगावाटको सानिमामाई र २०७२ मा ७ मेगावाटको सानिमामाई क्यासकेड जलविद्युत् आयोजना निर्माण सम्पन्न गरेको छ ।
२.५ मेगावाटको सुनकोसीबाट जलविद्युत् आयोजना निर्माण सुरु गरेको सानिमा हाइड्रो गु्रप अहिले ठूला जलविद्युत् आयोजना निर्माणमा अघि बढेको छ । 

Saturday, June 24, 2017

गुनासो व्यवस्थापन गर्ने जिम्मा स्थानीय जनप्रतिनिधिलाई

     कारोबार संवाददाता   http://www.karobardaily.com/news/80185 0 + -

समाचार प्रतिनिधि तस्विर
काठमाडांैः राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणसम्बन्धी आएका सबै गुनासो व्यवस्थापनको जिम्मा स्थानीय जनप्रतिनिधिलाई दिएको छ ।  
नयाँ संरचना गठन भएका नगरपालिका र गाँउपालिकालाई पुनर्निर्माणसम्बन्धी गुनासो व्यवस्थापन गर्ने अधिकार प्रत्यायोजन गर्दै प्राधिकरणले भूकम्प प्रभावित क्षेत्रका जनप्रतिनिधिलाई दिएको हो । 
प्राधिकरणको कार्यकारी समितिको बैठकको निर्णयअनुसार बिहीबारदेखि प्राधिकरणले विनाशकारी भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माण, अन्य भौतिक पूर्वाधारको पुनर्निर्माण, आर्थिक तथा सामाजिक पुनःस्थापनासम्बन्धी गुनासा सरल एवं व्यवस्थित तवरबाट व्यवस्थापन गरी सम्बोधन गर्न नयाँ कार्यविधि लागू गरेको प्राधिकरणले जनाएको छ ।
भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माणसम्बन्धी ऐन, २०७२ को दफा ३१ ले दिएको अधिकार प्रयोग गरी प्राधिकरणको केन्द्रको अधिकार गाँउपालिकासम्मको तहमा विकेन्द्रित गरेको हो ।
यसअघि केन्द्रबाट हुने गरेको पुनर्निर्माणसम्बन्धी गुनासो सुनुवाइ र सम्बोधन गर्ने अधिकार स्थानीय तह अर्थात् गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकालाई समेत दिइएको छ । 
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले नयाँ कार्यविधि बनेसँगै पुनर्निर्माणसम्बन्धी समस्या लिएर सिंहदरबार धाउनुपर्ने जनताको पीडा हटेर जाने विश्वास व्यक्त गरे । “असली भूकम्पपीडित नछुटुन र नक्कलीले सुविधा नपाउन् भन्ने मुख्य उद्देश्य र पुनर्निर्माणसम्बन्धी गुनासोलाई आफ्नै जनप्रतिनिधिले सम्बोधन गर्न  सकुन भनेर यो कार्यविधि ल्याएका छौ ।”
उनले भने, “आशा छ राज्यको ढुकुटी सही रूपमा सदुपयोग गरी बिना आग्रह÷पूर्वाग्रह स्थानीय जनप्रतिनिधिले वास्तविक भूकम्पपीडितलाई राहत हुने गरी काम गर्नेछन् ।” 
कार्यविधि अनुसार गुनासो सुनुवाइ तथा व्यवस्थापनका लागि गाँउपालिका वा नगरपालिकाको वडाको वडाध्यक्ष संयोजक रहने गरी वडास्तरीय गुनासो व्यवस्थापन समिति र गाँउपालिका÷नगरपालिका प्रमुखको संयोजकत्वमा गाँउपालिका÷नगरपालिकास्तरीय गुनासो व्यवस्थापन समिति गठन गरिएको छ । 
त्यसमध्ये वडास्तरीय गुनासो व्यवस्थापन समिति, गाँउपालिका/नगरपालिकास्तरीय गुनासो व्यवस्थापन समिति र प्राधिकरणले तोकेका केन्द्रीय कार्यकारी समिति सदस्य संयोजकत्वको केन्द्रीय गुनासो व्यवस्थापन समितिका काम कर्तव्य र अधिकारसमेत कार्यविधिले तोकेको छ । समितिले गुनासो व्यवस्थापन गरी आफै निर्णय गर्ने र नसकिने भए कारणसहित गुनासो दर्ता भएको १५ दिनभित्र सम्बन्धित गुनासो व्यवस्थापन समितिमा पठाउनु पर्नेछ 
स्थानीय तहमा गुनासो व्यवस्थापन गर्ने संयन्त्र नहुँदा अहिलेसम्म दर्ता भएका करिब २ लाख ७ हजारमध्ये १ लाख ८० हजार गुनासो सिंहदरबारबाट सम्बोधन गरिएको थियो । हर्ड इन्टरनेसनल नामक एक संस्थाले खटाएका कर्मचारीले गरेको सर्वेक्षणलाई आधार मानेर गुनासो सम्बोधन गर्दा थुप्रै त्रुटि र पुनः गुनासो आएपछि त्यससम्बन्धी समस्या झनै चुनौतीपूर्ण बनेको थियो । 
कार्यविधिअनुसार भूकम्पबाट प्रभावित ३१ जिल्लाका व्यक्तिले प्राधिकरणको पुनर्निर्माणसम्बन्धी काममा चित्त नबुझेमा गुनासो गर्नसक्ने प्राधिकरण प्रवक्ता यमलाल भुसालले बताए ।
यसैगरी गुनासो कर्ताले निजी अवास पुनर्निर्माणसम्बन्धी गुनासो दर्ता गर्दा गुनासो फारामसाथ सर्वेक्षण निस्सा, लाभग्राहीको सूचीमा नाम समावेश भएको भए सोसम्बन्धी विवरण, सर्भेक्षण छुटेको तथा अन्य गुनासोको हकमा निवेदनमात्र दिए पुग्ने कार्यविधिमा उल्लेख छ । गुनासो दर्ता गर्ने प्रत्येक कार्यालयले प्राप्त गुनासो व्यवस्थापनका लागि सम्बन्धित समितिमा पठाउनु पर्नेछ । 

Thursday, June 22, 2017

बूढीगण्डकीमा कमिसनको खेल भएको भट्टराईको आरोप

   http://www.karobardaily.com/news/80154कारोबार संवाददाता 0 + -

समाचार प्रतिनिधि तस्विर
काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनीलाई दिइनुमा कमिसनको खेल भएको आरोप लगाएका छन् । 
बुधबार नयाँ शक्ति नेपालले बूढीगण्डकी जलविद्युत् र यसको मोडेलबारे आयोजित छलफल कार्यक्रममा प्रधानमन्त्रीले राजीनामा दिइसकेको अवस्थामा सबै प्रक्रियालाई लत्याएर कमिसनकै लागि चिनियाँ कम्पनीलाई दिइएको आरोप लगाए ।
राजनीतिक दलका प्रतिनिधि, जलविद्युत् क्षेत्रका विज्ञ र सरोकार सहभागी कार्यक्रममा पूर्वप्रधानमन्त्री भट्टराईले स्वदेशी लगानीमा बन्ने आयोजनालाई रातारात विदेशीलाई दिँदासमेत ठूला दलको मुख टालिनु रहस्यमय भएको बताउँदै यसले राजनीतिक दलको निष्ठामा गम्भीर प्रश्न उठेको बताए ।
सत्तापक्षको निर्णयप्रति प्रतिपक्षीले विरोध र आलोचना गर्नुपर्नेमा कोही नबोल्नुले यसमा सबैको मिलोमतो देखिन्छ, यो ठूला राजनीतिक दलहरूको सिन्डिकेट पनि हो ।” उनले भने, “कमिसनखोर प्रवृत्तिको शिकार बूढीगण्डकी बनेको छ, तै चुप, मै चुपको अवस्था अन्त्य हुनुपर्छ ।”
बैठकमा पूर्वजलस्रोत मन्त्री एवं कांग्रेस नेता लक्ष्मण घिमिरेले प्रधानमन्त्रीले राजीनामा दिइसकेको अवस्थामा ऊर्जामन्त्रीले एउटा ठेकेदार कम्पनीसँग सम्झौता गर्नु राष्ट्रको अपमान भएको टिप्पणी गरे । सबै प्रक्रिया पूरा नगरी गलत नियतले सम्झौता गरिएको भन्दै उनले प्रतिपक्षीसमेत यसबारे चुप रहनुले मुलुक विपक्षीविहीन अवस्थामा पुगेको र प्रजातन्त्र छकि छैन भन्ने प्रश्न उठेको बताए ।
कांग्रेस सचेतक चीनकाजी श्रेष्ठले बूढीगण्डकी कम्पनी मोडेलमा नेपालले बनाउन सक्ने बताउँदै यसका लागि विदेशी कम्पनीलाई दिन आवश्यक नरहेको बताए । कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का उपाध्यक्ष कुमार पाण्डे, विज्ञहरू सन्तबहादुर पुन, रत्नेश्वर कायस्थलगायतले बूढीगण्डकी स्वदेशी लगानीमा बनाउन सकिने अवस्था रहेको बताए ।
ढीगण्डकीको बहुउद्देश्यीय फाइदाबारे चर्चा गर्दै बूढीगण्डकी विकास समितिका पूर्वअध्यक्ष डा. लक्ष्मीप्रसाद देवकोटाले अर्थ मन्त्रालय, ऊर्जा मन्त्रालय र सार्वजनिक खरिद कार्यालयको स्वीकृतिबिनै सिधै मन्त्रिपरिषद्बाट महत्वपूर्ण परियोजना दिइनु गैरजिम्मेवारीपनको नमुना भएको उनको भनाइ थियो । 

पुनर्निर्माणमा स्थानीय जनप्रतिनिधि परिचालन गर्न परिपत्र

    कारोबार संवाददाता   http://www.karobardaily.com/news/80155 0 + -

समाचार प्रतिनिधि तस्विर
काठमाडौं :राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणमा प्रभावित जिल्लाका स्थानीय जनप्रतिनिधिलाई परिचालन गर्न स्थानीय विकास मन्त्रालयलाई परिपत्र गरेको छ । 
प्राधिकरणका प्रमुख कार्यकारी निर्देशकस्तरीय निर्णयबाट स्थानीय जनप्रतिनिधिलाई परिचालित गरी पुनर्निर्माण र पुनर्लाभमा सहजीकरण गरिदिने व्यवस्था मिलाउन परिपत्र गरेको हो । प्राधिकरणले हालै निर्वाचन भएका तथा हुन लागेका सबै भूकम्प प्रभावित जिल्लाका जनप्रतिनिधिलाई पुनर्निर्माणमा परिचालन गर्ने गरी परिपत्र गरेको प्राधिकरणका सहप्रवक्ता डा. भीष्मकुमार भुसालले जानकारी दिए । 
भुसालका अनुसार आवास अनुदानवापतको पहिलो किस्ता लिइसकेका भूकम्प प्रभावितले घरको जग राख्न बाँकी भएको भए, यही असार मसान्तभित्र जग राखी/प्लिन्थ लेभलसम्मको कार्य सम्पन्न गरी दोस्रो किस्ता दाबी गरिसक्ने वातावरण सिर्जना गराउन पनि परिपत्रमा आग्रह गरिएको छ ।
परिपत्रमा भनिएको छ, “सबै वडा पदाधिकारीलाई परिचालित गरी पुनर्निर्माण र पुनर्लाभमा सहकार्य, सहयोग र सहजीकरण गरिदिनुका साथै भूकम्पप्रभावित १७ जिल्लामा लाभग्राहीसँग अनुदान  सम्झौता अविलम्ब सम्पन्न गरी असार मसान्तसम्म पहिलो किस्ताको रकम वितरण गर्न अनुरोध गरिन्छ ।”
यसैगरी प्राधिकरणबाट गुनासो सुनुवाइमार्फत लाभग्राही सूचीमा परेका भूकम्प प्रभावितसँग अनुदान सम्झौता गरी गाउँपालिका तथा नगरपालिकाले अविलम्ब जिल्ला समन्वय समितिमा पठाउने र सो समितिले यसअगावै पठाइएको अख्तियारी रकमबाटै पहिलो किस्ताको रकम र उक्त रकम पाइसकेका लाभग्राहीलाई दोस्रो तथा तेस्रो किस्ताका लागि जिल्लास्तरीय आयोजना कार्यान्वयन इकाइबाट  सिफारिस भइआएको अवस्थामा सोवापतको रकमसमेत भुक्तानी गर्ने व्यवस्था मिलाउनसमेत परिपत्र गरिएको सहप्रवक्ता भुसालले बताए । 

Wednesday, June 21, 2017

सिंहदरबारलाई पानीबाट जोगाउन प्याष्टिक


भीम गौतम
काठमाडौ, ६ असार ।
भुकम्प गएको दुई बर्षपछि नेपालकै मुटुको रुपमा चिनिने सिंहदरबारको मुख्य भवनको पश्चिततर्फको मोहडा जोगाउन सिल्पोलिङ सिट( बिशेष खाले प्लाष्टिक) ले छोप्ने कार्य सुरु गरिएको छ ।
भुकम्पबाट क्षति पुगेको पश्चिमी मोहडालाई तत्काल बाह्य क्षतिबाट जोगाउन राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणद्धारा सिल्पोलिङ सिटले छोप्ने कार्य सुरु गरिएको हो । एक सय बर्षभन्दा पुरानो सिंहदरबारलाई भत्काउनेकि यसलाई रेक्टोफिटिङ (प्रवलीकरण) गर्नेबारे विवाद भएकोमा पुरातात्विक सम्पदालाई जोगाउनुपर्ने भन्दै प्राधिकरणले रेक्टोफिटिङ गर्ने निर्णय गरेको थियो । भुकम्प अघि प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग लगायत रहेको सो पुरातात्विक भवन राणा प्रधानमन्त्री चन्द्र शम्सेरको पालामा बनेको थियो ।
मनसुन शुरु हुन लागेकाले तत्कालका लागि सिंहदरबारलाई पानीबाट जोगाउन मंगलबारदेखि सुरु गरिएको सो छोप्ने कार्यक्रम अन्र्तगत पश्चिमी मोहडातर्फको ३३ हजार १ सय फिट क्षेत्रफल सम्पन्न गरिने प्राधिकरणले जनाएको छ । स्क्याप फोल्डिङका लागि पनि टेण्डर प्रक्रिया गरि गुणस्तर परीक्षणका लागि बिभागमा पठाइएको र क्षतिग्रस्त उक्त भागलाई पुर्ण रुपमा ढाक्न एक साता लाग्ने प्राधिकरणका सह–सचिव प्रकाश थापाले जानकारी दिए । उनका अनुसार, स्क्याप फोल्डिङका लागि म्याप इन्टरप्रेनयर कम्पनीलाई एक करोड ४१ लाख रुपैयामा ठेक्का समेत दिइसकिएको छ ।
प्राधिकरणको २५ माघ २०७३ मा बसेको कार्यकारी समितिको ४५ र्आै बैठकले पश्चिमी मोहडाको तर्फको भागलाई संरक्षण\प्रवलीकरण गर्न समिति गठन गरेको थियो ।केही परामर्श दाता कम्पनीले सिहदरबारको उक्त भागलाई भत्काउने सल्लाह दिएपनि प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले एशियाकै ऐतिहासिक धरोहरको रुपमा रहेको सिहदरवारको मौलिक संरचना जोगाउन आवश्यक भएकाले उक्त भवनलाई नभत्काएर प्रवलीकरण गर्ने पक्षमा उभिदै आएका थिए । प्राधिकरणको पुनः प्रमुख कार्यकारी अधिकृत भएर आएपछि यसको आवाज उठाउँदै आएका डा. पोखरेलले यसको निर्णय पनि गराएका थिए । भवनलाई प्रवलीकरण गरि संग्रालयको रुपमा विकास गर्ने प्राधिकरणको योजना छ ।
प्राधिकरणले सिहदरवारको उक्त भागलाई प्रवलीकरण गरि पुनर्निर्माण गर्न कार्यकारी समिति सदस्य डा. हरिराम पराजुलीको संयोजकत्वमा उपसमिति नै गठन गरेको छ । उप समितिले अन्य बिज्ञ सदस्यहरुसँग राय सल्लाह लिएर प्रवलीकरणको काम अघि बढाउने प्राधिकरणले जनाएको छ । भुकम्प गएको दुई बर्षपछि भत्किएको भाग जोगाउनका लागि छोप्ने कार्य गरेपनि प्रवलीकरणको कार्य कहिलेदेखि गर्ने भन्ने टुंगो लागेको छैन । ‘हामी छिट्टै रेक्टोफिटिङको कार्य अघि बढाउँछौ, यसको टुंगो लागिसकेको छैन ।’–पुर्ननिर्माण प्राधिकरणका सह–सचिव एवं प्रवक्ता यमलाल भुषालले भने ।



Tuesday, June 20, 2017

कर्मचारीको लगानीमा जलविद्युत् आयोजना

    भीम गौतम  http://www.karobardaily.com/news/800830 + -

समाचार प्रतिनिधि तस्विर
काठमाडौंः स्वदेशी लगानी र निजामती कर्मचारीको लगानीमा ४ सय २६ मेगावाटको फुकोट जलविद्युत् आयोजना निर्माण प्रक्रिया सुरु भएको छ । ऊर्जासचिव अनुपकुमार उपाध्यायले सोमबार विद्युत् उत्पादन कम्पनीलाई फुकोट जलविद्युत् आयोजनाको सर्भेक्षण अनुमतिपत्र (लाइसेन्स) दिएलगत्तै कर्मचारीको लगानीमा जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढेको हो । 
उत्पादन कम्पनीले फुकोटसहित ६ सय १७ मेगावाटको भेरी–१, ४ सय ५० किमाथांका अरुण, ६ सय २७ मेगावाटको तल्लो अरुण र ३ सय ७ मेगावाटको जगडुल्ला जलविद्युत् आयोजनाको अध्ययनका लागि विद्युत् विकास विभागमा आवेदन दिएको थियो । आवेदन दिएकामध्ये कम्पनीले विभागबाट पाएको यो पहिलो सर्भेक्षण लाइन्सेस हो । 
सरकारले ल्याएको बजेटमा निजामति कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, शिक्षक लगायतका राष्ट्रसेवक कर्मचारीको लगानीमा कम्तीमा ५ सय मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्ने उल्लेख छ ।
ऊर्जा मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिनेश घिमिरेले बजेटमा घोषणा भएअनुसार फुकोट जलविद्युत् आयोजनाको सर्भेक्षण लाइसेन्स दिइएको जानकारी दिए । पाँच वर्षअघि अर्थात आर्थिक वर्ष २०६८/०६९ मै सरकारले बजेटमा ऊर्जा संकट निवारण अभियानअन्तर्गत प्रस्ताव गरेको निजामती जलविद्युत् कम्पनी गठन गरेर आयोजना अघि बढाउने उल्लेख भएपनि सुरु भएको थिएन ।
ऊर्जा मन्त्रालयले गत ८ जेठमा पनि सेना, प्रहरी, शिक्षक र निजामति कर्मचारीहको तलबवापत पाउने केही हिस्सा आयोजनामा लगानी गर्ने गरी अघि बढाउने निर्णय गरेको थियो । कम्पनीका अनुसार कर्मचारीहरूलाई आयोजनाको स्वँपुजी (इक्विटी) मा लगानीका लागि आह्वान गरेर उनीहरूकै सहभागितामा जलविद्युत् आयोजनाको निर्माण कार्य अघि बढाइनेछ ।  
 ५ वर्षअघिको बजेटमा ५ करोड कित्ता सेयरसहित ५ अर्ब रुपैयाँ पुँजी राखेर निजामती जलविद्युत् कम्पनी खडा गर्दै आयोजना अघि बढाउने उल्लेख थियो । विद्युत् विकास विभागका तत्कालीन उपमहानिर्देशक डा. सञ्जय शर्माको संयोजकत्वमा रहेको समितिले २०६९ मै निजामती जलविद्युत् कम्पनीको प्रबन्धपत्र तयार गरेर ऊर्जा मन्त्रालयमा बुझाए पनि सरकार परिवर्तन भएपछि कम्पनी अघि बढ्न सकेको थिएन ।
उक्त प्रबन्धपत्रमा ५ करोड कित्ता सेयर रहने कम्पनीमा निजामती कर्मचारीको ४१ प्रतिशत, ऊर्जा मन्त्रालयको १४ प्रतिशत, अर्थ मन्त्रालयको १० प्रतिशत, महालेखा परीक्षक कार्यालयको १० प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको १० प्रतिशत, सर्वसाधारणले १० प्रतिशत र सम्बन्धित जिल्लाबासीले ५ प्रतिशत सेयर पाउने उल्लेख थियो ।
जसअनुसार निजामती कर्मचारीले २ करोड ५ लाख कित्ता, ऊर्जाले ७० लाख, अर्थ, महालेखा, प्राधिकरण र सर्वसाधारणले ५०÷५० लाख तथा सम्बन्धित जिल्लाबासीले २५ लाख कित्ता सेयर पाउने गरी प्रस्ताव गरिएको थियो । हाल सर्भेक्षण लाइसेन्स दिइए पनि यसको स्पष्ट मोडालिटी बनाउन बाँकी रहेको कम्पनीले जनाएको छ । 

Saturday, June 17, 2017

जोखिमपूर्ण बस्तीमा विकास–निर्माण गर्न रोक

भीम गौतम   http://www.karobardaily.com/news/79995 + -

समाचार प्रतिनिधि तस्विर
काठमाडौं: भूकम्पबाट जोखिममा रहेका बस्तीहरूमा पूर्वाधारलगायत विकास निर्माण गर्न रोक लगाइएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र सरोकारवालाहरूबीच बिहीबार भएको बैठकले ती जोखिमयुक्त बस्तीहरूमा विकास निर्माण गर्न रोक लगाएको हो ।
भूकम्प गएको दुई वर्षपछि बल्ल जोखिमयुक्त बस्ती पहिचान गरेर उनीहरूलाई पुनर्बास र पुनस्र्थापनाको लागि अध्ययन अघि बढाएको     प्राधिकरणले त्यस्ता बस्तीहरूलाई सुरक्षित स्थानमा सार्ने प्रक्रिया सुरु भएको भन्दै विकास निर्माणका काम नगर्ने बताएको छ ।
प्राधिकरण तथा खानी तथा भूगर्भ विभाग, भू तथा जलाधार विभाग, जलउत्पन्न प्रकोप नियन्त्रण विभाग, सडक विभाग तथा सिँचाइ विभागका प्रतिनिधिबीच भएको छलफलमा यस्तो सहमति भएको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताए । “जोखिमयुक्त बस्तीहरूमा पुर्वाधार विकासमा काम अघि नबढाउने निर्णय भएको छ,” उनले भने, “प्राधिकरणले त्यस्ता बस्तीहरूको पुनस्र्थापना र पुनर्बासका लागि अध्ययन अघि बढाइसकेको छ ।”
प्राधिकरणका अनुसार १३६ बस्तीका २३ सय ६१ घरधुरी स्थानान्तरण गर्नुपर्ने देखिएको छ । यीमध्ये गोर्खाको केरुङजा, रसुवाको खाल्टे, नुवाकोटको उर्लेनी, दोलखाको बोसुम्बा र सिन्धुपाल्चोकको सेलाङमा पुनस्र्थापनाका लागि विज्ञसहितको टोली बनाएर अध्ययन गरिरहेको प्रवक्ता भुषालले जानकारी दिए ।
“१० भन्दा कम घरधुरी भएको बस्तीमा उनीहरूले स्वेच्छाले कुनै ठाउँमा जान चाहेमा जग्गाविहीनको हकमा तीन लाख अनुदानसहित जग्गा किन्नका लागि दुई लाख दिन्छौं,” उनले भने, “१० भन्दा बढी बस्ती स्थानान्तरण गर्नुपर्ने हकमा उनीहरूले चाहेमा अन्य सुरक्षित ठाउँमा सबै पूर्वाधारहरू सरकारले निर्माण गरेर एकीकृत बस्ती बनाउने योजना प्राधिकरणको छ ।”
प्राधिकरणका अनुसार भूकम्पबाट अति प्रभावित रसुवाका २९ बस्ती, रामेछापका २५ बस्ती, नुवाकोटका १९ बस्ती स्थानान्तरण गर्नुपर्ने अवस्था छ । धादिङ, सिन्धुपाल्चोक र ओखलढुंगाका १०÷१०, ललितपुरका ८, चितवनको ६ तथा दोलखा, गोरखा र लमजुङका ५÷५ बस्ती जोखिममा रहेकोले सार्नुपर्ने अवस्था छ । काभ्रे, तनहुँ, सोलुखुम्बु, मकवानपुर, चितवन, नुवाकोट, गोरखा, सिन्धुपाल्चोक, दोलखा, धादिङ, ललितपुर, मकवानुपर, काभ्रेलगायतका प्रभावित क्षेत्रका गाउँ पनि स्थानान्तरण गर्नुपर्ने अवस्था छ । 
प्राधिकरणले हालसम्म १३६ बस्ती स्थानान्तरण गर्नुपर्ने भनी निक्र्योल गरेकोमा यीमध्ये ६० वटा पूर्ण रूपमा र बाँकी आंशिक रूपमा सार्नुपर्ने देखिएको प्राधिकरणका प्रमुख नापी अधिकृत कमल घिमिरेले जानकारी दिए । 
प्राधिकरणको टोली सेलाङमा
जोखिमयुक्त बस्तीका बासिन्दालाई जतिसक्दो छिटो सुरक्षित स्थानमा सार्ने विषयमा प्रक्रिया अघि बढाउने क्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलसहितको टोली सिन्धुपाल्चोकको सेलाङ पुगेको छ ।
बस्ती स्थानान्तरणबारे जानकारी लिन सेलाङ पुगेका उनले उपयुक्त क्षेत्र छनोटका लागि प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकेको बताए । प्राधिकरणका अनुसार जोखिमयुक्त बस्ती स्थानान्तरण प्रक्रियालाई सहजीकरण गरी तिव्रता दिन प्राधिकरणले परामर्शदातालाई समेत जिल्लामा परिचालन गरिसकेको छ ।

Thursday, June 15, 2017

भरतपुर–वर्दघाट प्रसारणलाइनको ठेक्का तोडियो

       http://www.karobardaily.com/news/79965 0 + -

समाचार प्रतिनिधि तस्विर
काठमाडौंः नेपालको विद्युत् आवतजावतका लागि महत्वपूर्ण मानिएको २२० केभीको भरतपुर–वर्दघाट प्रसारणलाइनको ठेक्का तोडिएको छ । 
चार वर्षअघि नै सम्पन्न भइसक्नुपर्ने ७५ किलोमिटर लामो उक्त प्रसारणलाइनको निर्माण पूरा नभई अहिले आएर ठेक्का तोडिएको हो । प्रसारणलाइन नबन्दा १ सय ४४ मेगावाटको कालीगण्डकी जलविद्युत् आयोजनाको केही विद्युत् खेर जाने गरेको छ । 
सन् २०१० को डिसेम्बरमा निर्माण सुरु भएको उक्त प्रसारणलाइन सन् २०१३ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । प्रसारणलाइनको ठेक्का लिएको सेन्टर चाइना पावर ग्रीड (सीसीपीजी)ले निर्माण अघि नबढाएपछि नेपाल विद्युत् प्राधिकरणले ठेक्का तोडेको हो ।
“ठेकेदार कम्पनीले काम नगरेपछि ठेक्का तोडेका छौं, अब कसरी अघि बढ्ने भन्ने टुंगो लाग्न बाँकी छ,” प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने । १ अर्ब १० करोडमा ठेक्का सम्झौता गरेको सीसीपीजीले राखेको करिब २० करोड पर्फर्मेन्स ग्यारेन्टी पनि जफत गरिएको प्राधिकरणले जनाएको छ । 
वन मन्त्रालयले सार्वजनिक वन क्षेत्रको स्वीकृति दिन ढिलाइ गर्दा समस्या भोगेको उक्त प्रसारणलाइन निर्माणमा ठेकेदारले विगत १८ महिनादेखि बेवास्ता गर्दै आएको थियो ।
वन मन्त्रालयले गैंडाकोटदेखि कावासोतीसम्मको सार्वजनिक वन क्षेत्रमा २०६८ सालमा नापजाँच गर्दा झण्डै १२ लाख रुख गणनामा छुटेको भन्दै २०७० सालमा पुनः जाँच गरेको थियो । २०७१ सालको अन्त्यतिर बल्ल वन मन्त्रालयले रुख कटानको सहमति दिएपनि त्यसपछि ठेकेदार कम्पनीले काम अघि बढाएन । 
हाल कालीगण्डकीदेखि बुटवलसम्म १३२ केभीको तथा बुटवलदेखि वर्दघाटसम्म १३२ केभीकै डबल सर्किटको प्रसारण छ । तर, १३२ केभीको वर्दघाट–भरतपुर–हैटौंडाको प्रसारणलाइनको सर्किट सिंगल छ । प्राविधिकहरूका अनुसार १३२ केभीमा ७५ मेगावाटसम्म बिजुली आवतजावत गर्न सक्छ ।
यो प्रसारणलाइनलाई पूर्व–पश्चिमको मेरुदण्ड आयोजनाको रूपमा लिइन्छ । अहिलेको सिंगल सर्किट बिग्रेमा पूरै समस्या हुने भएकोले पनि यो प्रसारणलाइन आयोजनालाई महत्वपूर्ण रूपमा हेर्ने गरिएको छ । 
बुटवल क्षेत्रमा विद्युत् खपत कम भएको समयमा २२० केभीको भरतपुर–वर्दघाट प्रसारणलाइन नबन्दा कालीगण्डकीको बिजुली खेर जाने गरेको छ । “ठेकेदार कम्पनीको गैरजिम्मेवारीका कारण वर्षामा कालीगण्डकीको बिजुली खेर जाने अवस्था छ । 
हिले ठेक्का त तोडियो, फेरि प्रकृया अघि बढाउँदा धेरै समय लाग्ने हुनाले दु्रत गतिमा ठेक्का दिने बाटो अपनाउनु आवश्यक छ,” प्राधिकरणका एक उच्च अधिकारीले भने, “ठेकेदार कम्पनीले काम नगर्ने, विवाद गराउने, मध्यस्थकर्तामा गएर आफू जित्ने प्रवृत्तिले समस्या छ । ठूला नेताहरूबीचको दलालको प्रभावमा परेर निर्णय पनि समयमा गर्दैनन् ।”

Monday, June 12, 2017

गोरु बत्ती अलपत्र


नौ बर्ष अघिनै ‘गोरु बत्ती’ पेटेन्ट राइट
भीम गौतम
काठमाडौ,  २९ जेठ
युवाहरु मिलेर सामन्य प्रविधिमा नेपालमै गोरु दाँई गरी विजुली निकालेर गाउँ झिलिमिलि पार्ने योजना अधुरो बनेको छ ।
छिमेकी राष्ट्र भारतमा स्वामी रामदेव र उनका सहयोगी आचार्य बालकृष्णले गोरुमार्फत विजुली निकाल्ने (वुल पावर) योजनाले चर्चा पाईरहेको बेला नेपालमै ९ बर्ष अघि दाँई गरेर विजुली निकाल्ने योजना बनेपनि हालसम्म अधुरै बनेको हो । बारा जिल्लाको बारागढी गाउँ पालिका–१ घर भई हाल पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानका उपप्रशिक्षक रहेका रमेश चौधरीले प्रविधिको नाम ‘गोरु बत्ती’ राखेर २०६५ साल चैत्र ९ गते उद्योग मन्त्रालयमा मौलिक अधिकार सुरक्षित (प्याटर्न राईट) का लागि निवेदन दिएका थिए । गोरु, रागा, गाई, साँढे, खच्चड, गधा लगायतका घरपालुवाको उपयोग गरेर विद्युत शक्ति उत्पादन गर्ने गरी उनले योजना अघि बढाउनका लागि यो तत्कालीन अवस्थमा दुई हजार रुपैयाँ तिरेर अधिकार सुरक्षित गरेका थिए तर उनको त्यो योजना अझै अधुरो छ । ‘घरपालुवा जनावरहरु उपयोग गरेर विजुली निकाल्ने र विकट गाउँमा विजुली बाल्ने योजना अघि सारेर प्याटन राईट पनि लिएको थिएँ ।’–चौधरीले भने–‘विशेष गरी गोरु दाँई गरेर विजुली निकाल्ने योजना थियो तर अन्य निकायबाट उचित सहयोग नपाउँदा र विदेशबाट आयातित सोलारको डोमिनेट बढ्दा समस्या भयो ।’ उनका अनुसार, गोरुबाट दाँई गरेर विजुली निकाल्ने भनेर अधिकार सुरक्षित गर्न जाँदा उद्योग विभागका कर्मचारीहरु समेत हाँसेका थिए ।
छिमेकी राष्ट्र भारतमा स्वामी रामदेवको समूहले तीन घण्टामा गोरु दाँई गरेर २.५ किलोवाट निकाल्न सकिने भन्दै अनुसन्धान गरिरहेको बेला चौधरी लगायतले आफ्नै खर्चमा गरेको अध्ययनले भने एक हल गोरुलाई ६–९ बजेसम्म दाँई गर्दा तीन घरलाई टेलिभिजनसहित बत्ती आवश्यकता पुर्ति हुने गरी अध्ययन गरेका थिए । अध्ययनले गोरुलाई दाँई गर्दा विद्युतको भोल्टेज कम नहुने गरी गोरुको गति बढाउने मिल्ने गरी प्रविधि विस्तार गर्ने अध्ययनले देखाएको थियो । २०५९÷०६० सालमा चौधरी लगायत पारस पौडेल, सुरज कार्कीले यसरबारे ललितपुरका विभिन्न गाउँ पुगेर यसबारे अध्ययन गरेका थिए । तत्कालीन अवस्थामा इन्जिनियरिङ अध्ययन संस्थानमा पढाउने प्राध्यापक भक्तबहादुर आलेले घाँसपात, रुख, विरुवा, जनावार लगायतमार्फत मेकानिकल पावर उत्पादनका लागि अध्ययन गर्न भनेपछि उनीहरुले यसबारे अध्ययन अघि बढाएको र सम्भव छ भन्ने देखिएपनि अघि बढाउन नसकिएको उनी बताउँछन् । ‘त्यो बेला वैकल्किप उर्जा प्रवद्धर्नन केन्द्र, इन्जिनियरिङ अध्ययन संस्थान लगायतलाई पनि यसबारे जानकारी दिएको थिए, त्यो बेला सस्तोमा सोलार आएपछि यो अघि बढेन, व्यक्तिगत रुपमा अघि बढाउन पनि कठिन थियो ।’–उनले भने–‘अझै विकट क्षेत्रमा जहाँ कृषि पेशामा बढी निर्भर छन्, दिनभरि जोत्ने गोरुलाई अर्को दिन पनि जोत्न सक्ने गरी विजुली उत्पादनमा उपयोग गर्न सकिने अवस्था छ ।’ नेपाल विद्युत प्राधिकरणको तथ्यांक अनुसार, अझै करिब ३० प्रतिशत नेपाली विद्युतको पहुँचबाट बञ्चित छन् ।
साधारण र नेपाली मौलिक किसिमको प्रविधिको रुपमा रहेको एउटा उपकरण उपयोग गर्ने तथा यसमा एउटा डाईनामो (डीसी उत्पादन गर्ने यन्त्र) अथवा एउटा जेनेरेटर (एसी उत्पादन गर्ने यन्त्र) वा दुवै उपयोग गरेर विजुली निकाल्ने योजना बनेको ‘गोरु बत्ती’ योजनामा उल्लेख थियो ।


पुर्ननिर्माणको जिम्मा स्थानीय निकायलाई


भीम गौतम
धुलिखेल (काभ्रे), २८ जेठ । आगामी साउनदेखि राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले भुकम्पपछिको पुर्ननिर्माणको जिम्मा स्थानीय निकायलाई दिने भएको छ ।
भुकम्प प्रभावित क्षेत्रहरुमा पुर्ननिर्माणको काम सुस्त गतिमा अघि बढीरहेको बेला आगामी आर्थिक बर्षदेखि निजी आवास निर्माणका साथै अन्य साना पूर्वाधार निर्माणको जिम्मा स्थानीय निकायलाई दिने भएको हो । आइतबार धुलिखेलमा अधिकांश भुकम्पबाट अति प्रभावित प्रदेश नम्बर ३ अन्र्तगतका जिल्लाका हालै निर्वाचित महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँ पालिका प्रमुख÷उपप्रमुख सहभागी कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले यस्तो जानकारी दिएका हुन् । ‘स्थानीय निकायलाई नीजि आवास निर्माण र अन्य साना पुर्वाधारहरु निर्माणको सम्पूर्ण जिम्मा आगामी साउनदेखि दिन लागेका छौ ।’–उनले भने ।
प्राधिकरणले स्थानीय निकायलाई नीजि आवास निर्माणका लागि अनुदान वितरण, ती निकायमा जाने प्राविधिकहरु (इन्जिनियर) परिचालन, सम्बन्धित क्षेत्रमा काम गर्ने राष्ट्रिय, अन्र्तराष्ट्रिय गैरसरकारी संघसंस्थासँग समन्वयमा काम अघि बढाउने लगायतका जिम्मेवारी स्थानीय निकायलाई दिन लागेको छ । त्यसैगरी भुकम्प प्रभावितहरुले गरेको गुनासो सम्बोधनको जिम्मा समेत स्थानीय निकायलाई दिन लागेको छ । दुई लाख गुनासो प्रभावितहरुले गरेकोमा भुकम्प प्रभावितहरुको छुट सर्भेका साथै गुठी, सुकम्मबासी, भुमिहिन लगायतका गुनासो एक लाख छन् । लामो समयदेखि सम्बोधन हुन नसकेका ती गुनासाहरु स्थानीय निकायको वडाध्यक्ष, बडासचिव र इन्जिनियरले गुनासो सम्बोधन गरेर सम्बन्धित नपा÷गाउँ पालिकामा पुगेर त्यहाँका प्रमुख, कार्यकारी अधिकृतले सिफारिस गरेपछि सम्बोधन गरिने गरी व्यवस्था गरिन लागेको प्रमुख कार्यकारी अधिकृत पोखरेलले जानकारी दिए ।
कार्यक्रममा पाँचखाल नगरपालिका प्रमुख महेश खरेल, कमलामाई नगरपालिका प्रमुख खड्ग खत्री, गजुरी गाउँपालिका उपप्रमुख सीता ढुंगाना लगायतले पुर्ननिर्माणको अधिकार स्थानीय निकायलाई दिनुपर्ने भन्दै प्रश्न गरेका थिए । उनीहरुले पुर्ननिर्माणलाई अघि बढाउँदा केही गल्ती भएमा त्यसको सजाय भोग्न तयार रहेको बताउँदै केन्द्रीय अधिकार स्थानीय निकायलाई दिनुपर्ने माग गरेका थिए । ‘पुर्ननिर्माणका लागि गरिने कामको जिम्मा स्थानीय निकायका प्रमुख÷उपप्रमुख÷वडाध्यक्षलाई दिनुपर्छ, अनि मात्र पुर्ननिर्माणले गति लिन सक्छ ।’–उनले भने । सरकारले दुई बर्षदेखि प्राधिकरणले पुर्ननिर्माणबारे पठाउन थालेको बताउँदै खाडादेवी गाउँ पालिका प्रमुख प्रेम तामाङले स्थानीय निकायलाई जिम्मा दिए एक बर्षभित्र निजी आवास निर्माणको काम पुरा गर्ने बताए ।
कार्यक्रममा २२ जना जनप्रतिनीधिले भुकम्पपछिको पुर्ननिर्माणबारे असन्तुष्टि जनाउँदै गुनासो पोखेका थिए । लालपुर्जा नहुने, भुमिहिन, गुठीका जग्गामा बस्ने प्रभावितको सम्बोधन नबनेको, दोस्रो किस्ता पाउन नसकेको, खानेपानीको पुर्ननिर्माण नभएको, छुट सर्भेको सम्बोधन समयमै नभएको, प्राविधिकहरु गाउँ नपुगेको, सरकारको मापदण्ड प्रकृया लेन्दी रहेको लगायतका गुनासा गरेका थिए । त्यसैगरी राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैरसरकारी संघसंस्थाले आफूखुशी कार्यक्रम गरेको, महिला, बालबालिकाको नीजि आवास निर्माणको विषय गम्भीर रहेको, बस्ती स्थानान्तरणबारे अन्योल रहेको, बस्ती स्थानान्तरण र भुमिहिनका लागि थप दिइएको दुई लाख अपुग रहेको, गाउँमा सिकर्मी, डकर्मी नपाएको, आवश्यक काठ पाउन मुश्किल रहेको लगायतका उनीहरुका गुनासा थिए । स्वास्थ्य केन्द्र, विद्यालय लगायत पुर्ननिर्माण हुन नसकेको, इन्जिनियरहरु सदरमुकाम केन्द्रित रहेको लगायनका गुनासाहरु पनि उनीहरुको थियो । राप्ती नगरापालिकाकी प्रमुख प्रभा बरालले धेरै लालपुर्जा नहुनेहरुले घर बनाउन नपाएको गुनासो गर्दै तत्काल निर्माणको वातावरण बनाउनुपर्ने बताइन् । ‘सरकारले भुकम्प प्रभावितलाई दुई बर्षसम्म नांगो आकाशमुनि बस्न वाध्य बनायो ।’–विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले भने–‘गाउँ गाउँ प्राविधिकहरु पुर्याएर तत्काल पुर्ननिर्माणको माम अघि बढाउनुपर्यो ।’ चौरी खोला गाउँ पालिका प्रमुख दिनानाथ गौतमले गाउँमा पुर्ननिर्माणका लागि मिस्त्री नपाएको, आफ्नै रुख काट्नका लागि समेत अप्ठेरो रहेको भन्दै यसलाई सहज बनाउन आग्रह गरेका थिए । उनीहरुको प्रश्न र गुनासोलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले भने स्थानीय निकाय भएपछि पुर्ननिर्माणको काम द्रुतगतिमा अघि बढ्ने बताउँँदै सबै गुनासोको सम्बोधन गर्ने गरी प्राधिकरणले निर्णय गरिसकेको बताए । ‘पुर्ननिर्माणका धेरै कामको जिम्मा स्थानीय निकायलाई दिन लागेको छ, आज तपाईहरुले गरेको गुनासाहरुको जायज छन्, ढिलो भएको हो, यो सोध्नु जायज छ।’–उनले भने–‘अब मंसीरपछि किन पुर्ननिर्माणको काम अघि बढेन भनेर तपाईको नगरपालिका÷गाउँपािलकामा हामी आउँछौ, त्यो बेला उत्तर दिने पालो तपाईहरुको हुन्छ ।’
कार्यक्रममा प्राधिकरणका कार्यकारी सदस्य हरिराम पराजुलीले स्वास्थ्यसहित अत्यावश्यक पुर्वाधारहरु पहिलो, विद्यालय दोस्रो र तेस्रोमा निजी आवास निर्माणलाई जोड दिएको भन्दै प्राधिकरणले आर्थिक पुर्नस्थापनाको काम अघि बढाउन नसकेको बताएका थिए । बस्ती स्थानान्तरणका लागि सरकारले बजेट नदिएको भन्दै उनले हालसम्म दोस्रो किस्ता २५ हजारले मात्र लगेको र ६० हजारभन्दा बढी घर निर्माण भईरहेको जानकारी दिएका थिए । प्राधिकरणका सह–सचिव एवं प्रवक्ता यमलाल भुषालले आर्थिक बर्ष २०७४÷०७५ भित्र निजी आवास निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको बताउँदै पुर्ननिर्माणका लागि स्थानीय निकायको सहभागिता र सहकार्यलाई अनिवार्य रुपमा अघि बढाउन लागेको जानकारी दिए ।

Sunday, June 11, 2017

विद्युत् प्राधिकरणको दीर्घकालीन ऋणभार एक खर्ब

     भीम गौतम  http://www.karobardaily.com/news/79862 0 + -

समाचार प्रतिनिधि तस्विर
काठमाडौं: नेपाल विद्युत् प्राधिकरणको दीर्घकालीन ऋणभार एक खर्ब रुपैयाँ नाघेको छ । प्राधिकरणका उत्पादन, प्रशारण र वितरणअन्तर्गतका परियोजनाहरू अघि बढाउन सरकार र वैदेशिक राष्ट्र एवं दातृ संस्थाहरूबाट लिएको दीर्घकालीन ऋणको भार १ खर्ब १० अर्ब रुपैयाँ पुगेको हो । 
प्राधिकरणले अर्थ मन्त्रालयमा बुझाएको दोस्रो आर्थिक पुनर्संरचनाको प्रस्तावअनुसार विद्युत् प्राधिकरणको कुल सम्पत्ति भने २ खर्ब ४ अर्ब रुपैयाँ पुगेको छ । ऋणबाहेक ९३ अर्ब रुपैयाँ सम्पत्ति रहेको प्राधिकरणको हालसम्मको घाटा ४० अर्ब रुपैयाँबराबर पुगिसकेको छ ।
सरकारले सहुलियत दरमा ऋण लिएर महँगोमा विद्युत् प्राधिकरणलाई ऋण लगानी गरिरहेको छ भने अनुदानको रकमसमेत ऋणमा लगाएको छ । सरकारले आन्तरिक रूपमा मात्र विद्युत् प्राधिकरणमा ३१ अर्ब २२ करोड दीर्घकालीन ऋण लगानी गरेको छ । यसमध्ये १ देखि ४ प्रतिशतसम्म व्याजदर हुने ऋण ४७ करोड छ भने बाँकी ५ प्रतिशत व्याजदरको ऋण छ । 
गत वर्षको जेठसम्ममा २९ अर्ब ८२ करोड ऋणको व्याज ८ प्रतिशत रहेकोमा मन्त्रिपरिषद्ले विद्युत् प्राधिकरणको दोस्रो पुनर्संरचना प्रस्तावमा यो दर घटाउने निर्णय गरेको थियो । प्राधिकरणले तीन प्रतिशतमा झार्नुपर्ने प्रस्ताव गरे पनि अर्थ मन्त्रालयको सिफारिसका आधारमा ५ प्रतिशतमात्र गरिएको छ । 
विद्युत् प्राधिकरणको दीर्घकालीन ऋण
निकाय                रकम (करोडमा) 
सरकार                     ३१२२    
वैदेशिक                     ७९७८    
वार्षिक ब्याजमात्र             ६००
ब्याजदर                     १–५%
स्रोतः नेपाल विद्युत् प्राधिकरण    
वैदेशिक ऋण ७९ अर्ब ७८ करोड रहेकोमा नेपाल सरकारमार्फत् लगानी भएको रकममात्र ७२ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । त्यसमध्ये ४७ अर्ब ४३ करोडको व्याज गत वैशाखसम्म ८ प्रतिशत रहेकोमा अहिले ५ प्रतिशतमा झारिएको छ । १ अर्ब ३६ करोडको ब्याज १ देखि ४ प्रतिशत छ भने बाँकीको ५ प्रतिशत छ । 
त्यसैगरी, अमेरिकी डलर र युरोमा लगानी भएको ३ अर्ब ३ करोड ऋणको व्याजदर १ देखि १.५ प्रतिशत छ । जापानी येनमा लगानी भएको ४ खर्ब १० करोड रुपैयाँ बराबरको ऋण भने प्राधिकरणले एक प्रतिशतमा पाएको छ । यो दुवै ऋणमा विदेशी मुद्रा विनिमय दर परिवर्तनको जोखिम विद्युत् प्राधिकरणले बोक्नुपर्ने अवस्था छ । 
जलविद्युत् क्षेत्रका लागि केएफडब्ल्यू जर्मनीबाट प्राप्त १४ अर्ब ६२ करोड अनुदान पनि सरकारले प्राधिकरणलाई ऋणमा लगानी गरेको छ । प्राधिकरणले सरकारको लगानी र अनुदानको ४५ अर्ब ८४ करोडलाई सेयरमा रूपान्तरणसमेत गर्न प्रस्ताव गरेको थियो । 
विद्युत् प्राधिकरणले सरकार आफैं, अन्य वैदेशिक र दातृ राष्ट्रमार्र्फत प्राप्त दीर्घकालीन ऋणको लागिमात्र बर्सेनि ६ अर्ब व्याज तिरेकोमा मन्त्रिपरिषद्ले व्याजदर घटाएर ५ प्रतिशतमा झारेको छ । यसबाट वार्षिक एक अर्ब रुपैयाँ व्याज कम हुने र विद्युत् प्राधिकरणको घाटा घटाउनमा ठूलो योगदान नगर्ने विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन् ।
“अर्थ मन्त्रालयमा गरेको प्रस्तावअनुसार ऋणको व्याजदर नघटेकोले यसबाट प्राधिकरणलाई एक अर्बमात्र फाइदा हुन्छ । यसले विद्युत् प्राधिकरणलाई धेरै फाइदा पुग्दैन,” उनले भने । 
आर्थिक वर्ष ०६७/०६८ मा सरकारले विद्युत्् प्राधिकरणको २७ अर्ब अपलेखन गरेको थियो भने त्यसपछि मात्र प्राधिकरणको घाटा ४० अर्ब पुग्न लागिसकेको छ । गत आर्थिक वर्षसम्ममा प्राधिकरणको घाटा ३७ अर्ब ६० करोड पुगिसकेको छ । 

Saturday, June 10, 2017

निजी क्षेत्रको उत्पादन ४४१ मेगावाट

     भीम गौतम   http://www.karobardaily.com/news/79807 0 + -

समाचार प्रतिनिधि तस्विर
काठमाडौं: नेपालको निजी क्षेत्रले छोटो समयमै ४४१ मेगावाट विद्युत् उत्पादन गर्न सफल भएको छ । निजी क्षेत्रलाई विद्युत् उत्पादनका लागि खुल्ला गरिएको २५ वर्षमै नेपालको निजीक्षेत्रले कुल जलविद्युत् उत्पादनको झण्डै ५० प्रतिशत विद्युत् उत्पादन गर्न सफल भएको हो ।
बहुदलीय प्रजातन्त्रपछि २०४९ सालमा आएको नयाँ विद्युत् ऐनले निजीक्षेत्रलाई विद्युत् उत्पादनमा खुल्ला गरेको थियो । नेपाल विद्युत् प्राधिकरणका अनुसार, नयाँ विद्युत् ऐन आएपछि २०५२ सालमा विदेशी नर्बेजियन निजीक्षेत्रले ६० मेगावाटको खिम्ती जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) गरेको थियो भने नेपालको निजीक्षेत्रले २०५४ सालमा ७.५ मेगावाटको इन्द्रावती तेस्रोले प्राधिकरणसँग पीपीए गरेको थियो ।
विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार, हालसम्म निजीक्षेत्रले ४४१ मेगावाट बराबरका ६० विद्युत् आयोजना निर्माण गरिसकेको छ । “निजीक्षेत्रले धेरै जलविद्युत् आयोजना निर्माण गरिसकेका छन्, निर्माणका चरणमा पनि धेरै छन्,” उनले भने । 
प्राधिकरणका अनुसार, विदेशी निजीक्षेत्रको समेत संलग्नामा ४५ मेगावाटको भोटेकोसी, ५० मेगावाटको अपरमस्र्याङदी ‘ए’ लगायतका साथै नेपालको निजीक्षेत्रले २५ मेगावाटको मादी, २२ मेगावाटको माई खोलालगायतका जलविद्युत् आयोजना निर्माण सम्पन्न गरेका छन् । 
  • जलविद्युत् उत्पादनमा निजी क्षेत्रको हिस्सा ५०
  • ३ हजार मेगावाट बनाउँदै
  • ६ खर्ब लगानी गर्दै 
निजीक्षेत्रले अधिकांश साना जलविद्युत् आयोजना निर्माण सम्पन्न गरे पनि निजीक्षेत्रले बनाएका आयोजनाको हिस्सा भने ५० प्रतिशत पुगेको छ । हाल नौ सय मेगावाट बराबर कुल जलविद्युत् उत्पादन छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का पूर्वअध्यक्ष डा. सुवर्णदास श्रेष्ठ निजीक्षेत्रले विद्युत् उत्पादनमा ठूलो फड्को मारेको बताउँछन् ।
“निजीक्षेत्रको विद्युत् उत्पादनको हिस्सामा ५० प्रतिशत पुगेको छ, विद्युत् प्राधिकरण र निजीक्षेत्रको बराबर जस्तो छ ।” उनले भने, “सरकारले निजीक्षेत्रलाई प्रवद्र्धन गर्ने गरी नीति र कार्यक्रम ल्याउनुपर्छ, प्रसारणलाइनलाई बढी जोड दिनुपर्छ, सरकारले घोषणा गरेका सहुलियतहरूको कार्यान्वयन गर्नुपर्छ ।” पछिल्लो समयमा सरकारले विभिन्न कम्पनीहरू निर्माण गरेर आयोजनाहरू निर्माण गर्न लागेकोले सरकार अलि बढी निजीक्षेत्रप्रति अनुदान हुने होकि भन्ने आशंका पैदा भएको उनी बताउँछन् । 
निर्माण सम्पन्न मात्र होइन, निर्माणाधीन आयोजनाहरूमा समेत निजीक्षेत्र अगाडि देखिएको छ । हाल विद्युत् प्राधिकरणले पीपीए गरिरहेका ४ हजार मेगावाटमध्ये तीन हजार निजीक्षेत्रको छ । “६ खर्ब रुपैयाँ बराबरका ३ हजार मेगावाट जलविद्युत् आयोजना निजीक्षेत्रले निर्माण गरिरहेको छ ।”
इप्पानका अध्यक्ष शैलेन्द्र गुरागार्इंले भने, “यी ७/८ वर्षभित्र निश्चित रूपमा सम्पन्न हुने आयोजना हुन्, यी सम्पन्न भएपछि नेपालको जलविद्युत् निजीक्षेत्रको उपस्थिति अझ बलियो हुन्छ ।”
सरकारले जलविद्युत् उत्पादनका लागि देखिएका प्रक्रियागत झन्झटको सहजीकरण, सरकारी वन प्राप्तिमा सहजता, निजीक्षेत्रलाई प्रवद्र्धन गर्ने नीति आदिमा सक्रिय भए निजीक्षेत्रको योगदान अझ बढ्दै जाने उनीहरू बताउँछन् । 

Tuesday, June 6, 2017

जलविद्युत्मा ४० खर्बको लगानी आवश्यक छ

    कारोबार संवाददाता  0 + -

श्रीरञ्जन लाकोल, जलस्रोतविद् 
पूर्वसचिव श्रीरञ्जन लाकोलले झन्डै ३४ वर्ष सरकारी सेवामा बिताए । अधिकांश समय जलस्रोत क्षेत्रमा बिताएका ६१ वर्षीय इन्जिनियर लाकोलसँग झिम्रुक, बूढीगण्डकी, पञ्चेश्वर र कर्णाली चिसापानी बहुउद्देश्यीय, भेरी बबई र शारदा बबई सिँचाइलगायतका आयोजनाका साथै धेरै जलविद्युत् आयोजनाको नीति निर्माणमा संलग्नताको अनुभव छ ।
क्यानडाको एमसीगिल मोनट्रलबाट इन्जिनियरिङमा स्नातकोत्तर र भारतको आरईसी अल्लाहवादबाट सिभिल इन्जिनियरमा स्नातक तथा अमेरिकाको हार्डवर्ड विश्वविद्यालयबाट इन्भाइरोमेन्ट इकोनोमिक्समा पोस्ट ग्राजुएट गरेका लाकोलसँग इन्जिनियरदेखि जल तथा ऊर्जा आयोगका सचिव, विद्युत् विकास विभागका महानिर्देशकलगायतको जिम्मेवारी निर्वाह गरेको अनुभव पनि छ । जलस्रोतसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबारे जानकार काठमाडौं, महाबौद्धका जलस्रोतविद् लाकोलसँग कारोबारकर्मी भीम गौतमले गरेको कुराकानी ः
अहिले ऊर्जा क्षेत्रमा जुन बजेट विनियोजन गरिएको छ, यसलाई कसरी हेर्नुभएको छ ?
उर्जा क्षेत्रको बजेट हेर्ने हो भने सालबसाली रूपमा प्राथमिकता बढाइँदै लगिएको छ । आगामी वर्ष ०७४/७५ मा पनि यसलाई प्राथमिकता दिइएको छ । यो सालको बजेट पनि गत वर्षको नीति तथा कार्यक्रमको निरन्तरताका रूपमा आएको छ ।
गत वर्षकै नीतिका रूपमा रहेको विद्युत् उत्पादनले पेट्रोलियम पदार्थको परनिर्भरता न्यून गर्दै विद्युत् क्षेत्रमा आत्मनिर्भर बनाउने भनिएअनुरूप विद्युत् उत्पादन वृद्धि गर्ने सन्दर्भमा यथेष्ठ प्राथमिकता दिन भने सकिएको देखिँदैन । तत्कालका रूपमा हेर्ने हो भने विद्युत् उत्पादन÷आपूर्तिमा परनिर्भरता बढ्दै गएको देखिन्छ । प्रसारणलाइनको क्षमता अभिवृद्धि र वितरणमा प्राविधिक सुधार, आधुनिक प्रविधिमा लगानी सराहनीय देखिन्छ ।
बजेटले जलविद्युत् विकासका लागि जुन उद्देश्य राखेको छ, के यसले लक्ष्य प्राप्ति गर्न सम्भव छ ? 
जलविद्युत् क्षेत्रको विकासका लागि चाहिने पूर्वाधार निर्माणका लागि उपलब्ध साधनस्रोतको अधिकतम उपयोग गर्ने हो । विगतको प्रयास र अहिलेको क्षमताको कुरा गर्दा बनेका कार्यक्रमहरू कार्यान्वयन गर्ने क्षमताको कमीले नै गर्दा बनेका क्रियाकलापहरू दक्ष तरिकाले सम्पन्न गर्न सकिएको छैन ।
विकासका क्रियाकलापलाई नारामुखीभन्दा उपलब्धिमूलक बनाउनु आवश्यक छ । लक्ष्य प्राप्तिका लागि प्रयास गर्ने हो, अहिले नै प्राप्ति हुन सक्छ भनेर भन्न सक्ने अवस्था छैन ।
बजेटमा ७ वर्षभित्र १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ, यो कत्तिको सम्भव देख्नुहुन्छ ? 
१७ हजार मेगावाट क्षमताका जलविद्युत् आयोजनाहरू सात वर्षभित्र तयार हुन सक्ने आधारहरू के–के हुन् त ? पहिला यसको पहिचान हुनुप¥यो । अहिले हेर्ने हो भने आन्तरिक खपतका लागि २ हजार मेगावाटका आयोजना निर्माणको चरणमा छन् । अरू २ हजार मेगावाट निर्यातमूलक आयोजनाका रूपमा छन् ।
यो ४ हजार मेगावाट हुँदा पनि अरू थप १३ हजार मेगावाटका आयोजनाहरू बनाउनु जरुरी छ । यी आयोजनामध्ये आधा जलाशययुक्त र आधा नदी प्रवाहमा आधारित (आरओआर) आयोजनाहरू निर्माण गर्नुपर्ने हुन्छ । करिब ८ हजार मेगावाट आयोजनाहरू हामीलाई जलाशययुक्त चाहिन्छ । बूढीगण्डकीजस्ता आयोजनाहरू वित्तीय व्यवस्थापन भएपछि पनि आठ–नौ वर्ष लाग्ने अवस्था छ ।
आजको सात वर्षभित्र ८ हजार मेगावाट जलाशययुक्त आयोजना बन्न सक्ने अवस्था छैन । के आरओआर आयोजनाहरू तयार हुन सक्ला । प्राविधिक रूपमा पनि सात वर्षमा १७ हजार मेगावाट सम्भव छैन । यसलाई लक्ष्यका रूपमा राखेर यसमा हामीले प्रयास गर्नु जरुरी छ । 
विगतमा पनि हजारौं मेगावाट उत्पादन गर्ने योजनाहरू आएका थिए, तर ती सफल हुन सकेनन्, लक्ष्य अनुसार उत्पादन नहुनुमा के कारण देख्नुहुन्छ ? 
५ वर्षमा ५ हजार, १० वर्षमा १० हजार, २० वर्षमा २५ हजार मेगावाट क्षमताका जलविद्युत् आयोजनाहरू निर्माणजस्ता योजनाहरू बनाइएका थिए । १० वर्षमा १० हजार मेगावाट सरकारबाट पारित गरिएको थियो भने अन्य योजनाहरू खाकाका रूपमा आएका थिए । जलविद्युत्लगायतका अन्य पूर्वाधार आयोजनाहरू पुँजी धेरै आवश्यक हुन्छ ।
साथै, उत्पादित विद्युत् उपभोक्तासम्म पु¥याउनका लागि ठूलो लगानी आवश्यक हुन्छ । सबै लगानी सरकारी क्षेत्रले मात्र गर्न सक्दैन, निजी क्षेत्रको पनि लगानी आवश्यक छ । निजी क्षेत्रलाई लगानी गर्ने वातावरण सरकारले नै निर्माण गरिदिनुपर्छ । यो नभएसम्म जलविद्युत् आयोजनाहरू निर्माण हुन सक्दैनन् । यसका लागि न्यूनतम आवश्यकता भनेको राजनीतिक स्थिरता नै हो । यो नभएसम्म यस्ता योजनाहरू सफल हुन सक्दैनन् । 
चालू वर्षमा १० वर्षमा १० हजार मेगावाट र आगामी वर्ष जुन १७ हजार मेगावाट उत्पादन गर्ने भनेर योजना आयो, एउटै पार्टीका दुई ऊर्जा मन्त्री हुँदा त यस्तो भयो । राजनीतिक स्थिरता हुँदैमा पनि योजनाको निरन्तरता हुने त देखिएन नि, के भन्नुहुन्छ ?
यसलाई नीतिगत स्पष्टता नभएको भन्दा हुन्छ । कार्ययोजनाहरू बन्छन्, परिमार्जन हुन्छन् तर नारामा सीमित भएका कार्ययोजनाहरूभन्दा कार्यान्वयनयोग्य कार्ययोजनाहरू नै अघि बढाउनुपर्ने हुन्छ । नयाँ कार्ययोजनाहरू बनेर खराबी त केही भएन । तर कार्यान्वयन हुनुप¥यो । 
१ सय ५ वर्षको जलविद्युत् उत्पादनको इतिहासमा हामीले १ हजार मेगावाट पनि उत्पादन गर्न नसक्नुको पछाडि के–के कारण देख्नुहुन्छ ? हामी कहाँ चुक्यांै ?
यो सत्य हो कि १ सय ५ वर्षमा आठ सय मेगावाटभन्दा बढी उत्पादन गर्न सकेनौं, तर यसलाई अर्को रूपबाट विश्लेषण गर्नु जरुरी छ । उत्पादन सुरु भएपछिको ५० वर्षको उत्पादन हेर्ने हो भने १४ मेगावाट मात्र हो । २०/३० वर्षअघिसम्म ४१ मेगावाट मात्र हो । अधिकांश योजना विगतको २०÷२२ वर्षको अवधिमा बनेका आयोजना हुन् ।
अर्को कुरा के बुझ्नु जरुरी छ भने विगतको २०/२२ वर्षको अवधिभित्र १० वर्षको अवधिमा देश सशस्त्र युद्धमा थियो । त्यो १० वर्षको समयमा जलविद्युत् आयोजनाहरू बनाउने कुरा त छोडौं, आयोजनास्थल पुग्न सक्ने अवस्था पनि थिएन । मोटामोटी रूपमा भन्ने हो भने १० वर्षको अवधिमा ७ सय मेगावाट निर्माण भएको हो । यो आफंैमा यथेष्ट छैन, तर यति हुँदाहुँदै पनि सन्तोष मान्नुपर्ने अवस्था छ ।
बढीभन्दा बढी जलविद्युत् उत्पादनका लागि अहिलेको विद्यमान अवस्थामा के–के परिवर्तन गर्नु आवश्यक छ ? 
विद्युत् उत्पादन यथेष्ठ वृद्धि गर्नका लागि मूलतः लगानी वृद्धि गर्नु आवश्यक छ । लगानी जसले गरे पनि लगानी गर्ने वातावरण सिर्जना गर्दै जानुपर्छ । सरकारले मात्र जलविद्युत् आयोजनामा लगानी गरेर सम्भव पनि छैन ।
यसमा निजी क्षेत्रलाई पनि आकर्षण गर्नैपर्छ । लगानी वृद्धि गर्न लगानीकर्ताले चाहने न्यूनतम आवश्यकता के हुन् त ? लगानीको सुरक्षा, उचित प्रतिफल, कार्यान्वयनयोग्य नीतिगत स्पष्टता, सरकारले दिनुपर्ने सेवाजस्ता कुराको प्रत्याभूति दिनुपर्छ ।
जलविद्युत् आयोजनाहरूमा लगानी गर्न नीतिगत अस्पष्टता र झन्झटहरू छन् भनिन्छ, के–के सुधार गर्नु आवश्यक छ ? कसरी सहज हुन्छ ? 
जलविद्युत् क्षेत्रमा संलग्न निजी क्षेत्रका गुनासा हेर्ने हो भने केही समस्या अवश्य छन् । जग्गा प्राप्ति झन्झटिलो छ । लिजमा लिनुपर्ने प्रक्रिया कठिन छ । वनको जग्गा प्राप्ति गर्ने समस्या अझ ठूलो छ ।
विस्फोटक पदार्थहरू व्यवस्थापन गर्न समस्या छ । स्थानीय सरोकारवालाहरूको माग सम्बोधन गर्नुपर्ने कुरा निजी क्षेत्रले भोगेका छन् । निजी क्षेत्रलाई आकर्षण गर्न यी कुरामा सुधार गर्न आवश्यक छ । यी कुरा सरकारको कुनै एउटा निकायसँग मात्र सम्बन्धित छैन । धेरैसँग सम्बन्धित छ । यसमा यी निकायबीच समन्वय अघि बढाएर सहज बनाउन सकिन्छ ।
कर्णाली चिसापानी, पञ्चेश्वरजस्ता आयोजनाहरूको चर्चा बढी भयो तर अपेक्षाकृत रूपमा अघि बढ्न सकेका छैनन्, यसलाई कसरी हेर्नुभएको छ ? 
कर्णाली चिसापानी बहुउद्देश्यीय आयोजना ठूला क्षेत्रीय स्तरको र पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अन्तरदेशीय स्तरका आयोजनाहरू हुन् । यी दुई आयोजनामा भिन्नता पनि छ ।
दक्षिण एसियाभित्रै यस आयोजनाले फाइदा दिन्छ । यसको फाइदा सिँचाइ, बाढी नियन्त्रणमा ठूलो सहयोग पुग्छ । यहाँबाट उत्पादन हुने बिजुलीको बजार भनेको भारतलगायतका अन्य देश हुन् । यी फाइदालाई कसरी आयोजनामा कार्यान्वयन गर्न सकिन्छ भन्नेबारेमा नेपाल र भारतबीच २५ वर्षजति अघि सहमति हुन सकेन ।
यो अहिले दराजमै रहेको अवस्था छ । पञ्चेश्वरमा अर्को जटिलता के छ भने यो सिमाना नदीमा छ । पानी बाँडफाँडको कुरा पनि यहाँ गाँजिन आउँछ । ठूला आयोजनाहरूको समस्या र चुनौती पनि ठूलै हुन्छन् । कर्णाली चिसापानीको कुरा गर्ने हो भने त यसलाई अझ जटिल बनाउँदैछौं । गुरुयोजना अनुसार र मैले बुझेअनुसार कर्णाली चिसापानीको जलाशयभन्दा माथिको आयोजना केआर–७ हो । त्योभन्दा मुनिको सबै कर्णाली चिसापानीको डुबान क्षेत्र पर्छ ।
अहिले कर्मचारी, सेना, शिक्षकलगायतका साथै सञ्चय कोष र त्यहाँ रकम जम्मा गर्ने सबै र नेपाली पनि लगानी हुने गरी ५ सय मेगावाटको आयोजना प्रस्तावित गरिएको छ । यसले कर्णाली चिसापानीको सम्भाव्यतालाई असर पार्न सक्छ । यसले कर्णाली चिसापानी कार्यान्वयनमा अर्को एउटा चुनौती थपिन्छ ।
ठूला आयोजनाहरूमा समस्या पनि हुन्छन् र विवाद पनि हुन्छन्, यसलाई कसरी हेर्नुभएको छ ? 
ठूला आयोजनाहरू बन्ने हो भने आयोजनाको पूरै भेगमा सामाजिक, आर्थिक रूपमा यसको ठूलो प्रभाव हुन्छ । यसमा हुने लगानी, फाइदा, स्वामित्व आदिमा धेरै सरोकारवालाहरू जोडिएका हुन्छन् । यसमा सबैले आ–आफ्ना स्वार्थ खोज्दा विवाद पनि हुन्छ । समस्या पनि सिर्जना हुन्छ । यसलाई एउटा नीतिगत रूपमै व्याख्या गर्नुपर्छ ।
स्वदेशी लगानीमा बनाउने र विदेशी लगानी ल्याउनै नहुने तर्क पनि उठिरहेको छ, यसलाई के भन्नुहुन्छ ? कुन मोडलमा जलविद्युत् आयोजना निर्माण गर्नु आवश्यक छ ?
आन्तरिक र निर्यातमुखी आयोजनाहरू हुन्छन् । आन्तरिक खपत हुने आयोजनाहरूको मात्र कुरा गर्दा हामीलाई कति बिजुलीको आवश्यकता छ ? हाम्रो लक्ष्य कति हो ? मध्यम आर्थिक वृद्धिदर भएको देश नेपाललाई बनाउनका लागि सन् २०३० सम्मलाई लक्षित गरेको अध्ययनले के भन्छ भने हामीलाई १५ हजार मेगावाट विद्युत् आवश्यकता देखिएको छ ।
यसमा ६० प्रतिशत जलाशययुक्त र ४० प्रतिशत आरओआर आयोजना आवश्यक छ । अर्को कुरा, सन् २०२२ सम्ममा नेपाल कम विकसित राष्ट्र (एलडीसी) बाट विकासोन्मुख राष्ट्र (डीसी) मा पुग्ने भनेका छौं । डीसीमा पुग्न उच्च आर्थिक वृद्धिको परिदृश्य आवश्यक छ । मध्यममै पुग्न १५ हजार मेगावाट आवश्यक हुन्छ । यसका लागि लगानी मोटामोटी २० खर्ब रुपैयाँ आवश्यक छ । यो लगानीले उत्पादन मात्र हुने हो ।
यसलाई प्रसारण र वितरण गर्न मोटामोटी रूपमा अर्को २० खर्ब रुपैयाँ आवश्यक छ । यसकारण जलविद्युत्मा ४० खर्बको लगानी आवश्यक छ । यसकारण जलविद्युत् स्वदेशी लगानी मात्र पर्याप्त छैन । प्रविधि, उपकरण, निर्माण सामग्री खरिद गर्नुपर्छ । यसका लागि मोटामोटी ५० प्रतिशत विदेशी मुद्रा चाहिन्छ । यसका आधारमा २० खर्ब नेपाली र २० खर्ब रुपैयाँबराबरको डलर आवश्यक छ ।
यति रकम हाम्रो आन्तरिक बजारमा छ कि छैन ? यथेष्ट छ भनेर भन्यौं भने यो हचुवा मात्र हुन्छ । अहिले बजारको अवस्था हेर्दा पर्याप्त पुँजी छैन । स्वदेशी लगानीले नपुग्ने हुनाले विदेशी लगानी आवश्यक छ, तर यो आवश्यक छ भनेर ससाना आयोजनाहरूमा विदेशी लगानी आकर्षण गरेर यसका लागि जटिल बनाउनु हुँदैन । योभन्दा विदेशी लगानीको कुरा गर्दा वैदेशिक मुद्राको परविर्तन दरको कुरा आउँछ ।
यसकारण ठूला आयोजनाको हकमा विदेशी लगानी र साना आयोजनाको हकमा स्वदेशी लगानी गर्नुपर्छ । कमाउँदै लगानी गर्दै जान असम्भव हुन्छ, यसले विकासको गतिलाई रोक्छ । 
नेपालको अहिलेको विद्युत्को उत्पादन क्षमता, निर्माणाधीन जलविद्युत् आयोजनाको अवस्था आदिको आधारमा नेपालको बिजुली बजार कस्तो देख्नुहुन्छ ? 
अहिले आपूर्तिमा समेत कसिलो हुनुपर्ने अवस्था छ । मागअनुसार बिजुली दिन सकिएकै छैन । आपूर्ति सहज भएपछि अहिलेको माग बढ्दै जाने हो । निर्माणाधीन आयोजनाहरूले आगामी १० वर्षसम्मको माग धान्न सक्ने अवस्था छैन । यहाँ बजार छैन भन्ने त विकुल्लै होइन । विद्युत् खपत बढाउने धेरै कुरा छन् । हाम्रा फाइदा भएका पर्यटन, कृषिजस्ता क्षेत्रहरूको विकासका लागि पनि बिजुली आवश्यक हुन्छ । यो पनि हामीले पूर्ति गर्न सकेको अवस्था छैन । 
कतिपयले भारतमा बिजुली नबेच्ने हो भने नेपालले जति क्षमता भएको छ भने पनि त्यसको अर्थ छैन भन्ने गर्छन्, यसलाई के भन्नुहुन्छ ? 
हाम्रो विद्युत् भनेको जलविद्युत्मा आधारित बिजुली हो । भारतको बिजुली भनेको थर्मलमा आधारित प्रणाली हो । थर्मल र जलविद्युत्का आफ्नै फाइदा–बेफाइदा छन् । थर्मलमा आधारित बिजुलीको तत्काल माग सम्बोधन गर्नका लागि उपयोग हुन असम्भवजस्तै छ । तत्काल थप बिजुलीको माग बढ्छ भने पनि थर्मलबाट आपूर्ति गर्न धेरै पहिले योजना बनाउनुपर्ने हुन्छ ।
जलविद्युत्को सबैभन्दा राम्रो फाइदा के भने तत्कालको मागलाई यसले सम्बोधन गर्न सक्छ । क्षमता सञ्चयको अवस्था हुन्छ । ७ सेकेन्डमा यसले तत्कालीन मागमा आपूर्ति गर्न सक्छ । विशेष अवस्थामा त ३ सेकेन्डमै सक्छ । यसलाई सम्बोधन गर्न प्रणालीमा मिश्रित ऊर्जामा जलविद्युत् राख्न सके यसले प्रणालीलाई बढी भरपर्दो बनाउँछ । जलविद्युत् नेपालमा बढी छ, भारतमा पनि छ तर कोलबाट आउने ऊर्जा बढी छ ।
जलविद्युत् भए उसका लागि भरपर्दो हुन्छ । नेपालले बेच्न सक्ने अवस्था छ भने भारतलाई बेच्दा केही फरक पर्दैन । भोलिका दिनमा जलविद्युत्को अर्को विकल्प पनि आउन सक्छ । अहिलेको अवस्थामा जलविद्युत्को विकल्प नभएकाले बजारमा पठाएर यसबाट फाइदा लिन सक्नुपर्छ । 
अहिले मुलुक संघीयतामा गइसकेको छ, संघीयतामा ऊर्जा विकास कसरी हुनु जरुरी छ ? विद्युत् प्राधिकरणको संरचनालाई कसरी व्यवस्थित गर्नु आवश्यक छ ? 
संघीय संरचनामा प्राकृतिक स्रोतको दोहन र उपयोगबारे संविधानमा व्यवस्था गरेको छ । ठूला, मझौला र साना आयोजनाहरूको वर्गीकरण गरेको छ, यसबारे संविधानले व्याख्या गरे पनि कार्यान्वयन स्तरका नीति तथा योजनाहरू बनेका छैनन् । यसलाई नीतिगत रूपमा सम्बोधन गर्नुपर्ने हुन्छ । प्रदेश–प्रदेश, केन्द्र–प्रदेश–स्थानीयबीच यो क्रममा केही द्वन्द्व अवश्य हुन्छन् ।
जलविद्युत् विकासमा यस परिस्थितिलाई सल्टाउँदै जानुपर्ने हुन्छ । यसले केही प्रभाव पार्छ नै । तर, दीर्घकालीन रूपमा यसलाई विकास गर्ने क्रममा ती क्षेत्रले बढी विद्युत् डिमान्ड गर्न सक्छन् । जहाँसम्म विद्युत् प्राधिकरणको संरचना छ, संघीयतामा यस्तो किसिमको आवश्यक छैन । आयोजनाहरू निर्माण र यसको व्यवस्थापन स्थानीय निकायले गर्ने हो । कसरी बनाउने भनेर स्पष्ट पारिएको छ । 
पछिल्लो समयमा बूढीगण्डकी चिनियाँ कम्पनीलाई दिइएको छ, एलईडी खरिदबारे पनि धेरै विवाद भयो, यी घटनालाई कसरी हेर्नुभएको छ ? 
बूढीगण्डकी आयोजना विदेशीलाई दिएको यो पहिलो होइन । यसै प्रकारले पहिला पनि दिइएको थियो । पश्चिम सेती पनि यसै प्रकारले दिइएको हो तर आयोजनाको कार्यान्वयन सन्तोषजनक रूपमा अघि बढ्न सकेको छैन ।
विद्युत् ऐनमा भएकै प्रावधानअनुसार यसरी करारबाट नेपाल सरकारले आयोजना विकास गर्न दिइए पनि अपारदर्शी रूपमा दिइएका आयोजनाहरू आजसम्म सफल कार्यान्वयनमा जान सकेका छैनन् । अन्य आयोजनाहरूजस्तै यो आयोजनाको कार्यान्वयन पनि बीचमै तुहिइने वा आयोजनाको विकासमा अनेकन सर्तहरू आउँदा बाधाहरू उत्पन्न हुने विगतका अनुभव दोहोरिने सम्भावना हुन्छ ।
प्रक्रिया पूरा नगरेका आयोजना तुहिएका उदाहरणहरू छन् । तर, ब्ूढीगण्डकी कसरी दिइयो भन्ने सबै पूर्ण थाहा छैन । प्रक्रिया पूरा गरेर दिएका आयोजनाको पनि सुखद अनुभव छैन । दफा ३५ को प्रयोग गरेर दिने सक्ने अधिकार सरकारलाई छ ।
पारदर्शी रूपमा नदिएका कारणले आयोजनालाई हित गर्छ वा गर्दैन भन्ने कुरा समयले देखाउने कुरा भयो । अहिले जुन जग्गा प्राप्तिको कुरा अघि बढेको छ, भोलि कम्पनीले यी सबै काम कसरी अघि बढाउने भनेर प्रारूप बनेजस्तो लाग्दैन । 
जहाँसम्म एलईडी बल्बको कुरा छ, पहिला रहेका परम्परागत र सीएफएलभन्दा एलईडी प्राविधिक रूपमा उपयुक्त छ । परम्परागत बल्बमा ९० प्रतिशत हिट र १० प्रतिशत उज्यालो हुन्थ्यो भने अब एलईडीमा ८० प्रतिशत उज्यालो र २० प्रतिशत मात्र हिट हुन्छ । यसलाई प्रवद्र्धन गर्नु साह्रै राम्रो कुरा हो । परम्परागत बल्ब प्रतिबन्ध नै लगाउनु आवश्यक छ । सरकारले अहिले २ करोड बल्ब भारत सरकारबाट खरिद गर्ने कुरा गरेको छ । यो २ करोड नै बल्ब किन किन्न लागियो, त्यो त थाहा भएन ।
यो खरिद गर्दा पारदर्शी, निष्पक्ष र दिगो रूपमा खरिद गरिनु उचित हुन्छ । जहाँसम्म पिक आवरमा २ सय मेगावाट माग घटाउँछ भन्ने कुरा छ, यो प्रमाणित हुन बाँकी कुरा हो । तर, यसलाई प्रयोगमा ल्याउन हतार भइसकेको छ । अर्को चार वर्षपछि लेजर डायोडवाला बल्ब आउने अवस्था छ ।
त्यो बेला यो एलईडी बल्ब पनि प्रतिस्थापन गर्नुपर्ने हुन्छ । यो उपयुक्त नै हो तर के सतर्क हुनुपर्छ भने सस्तोको रूपमा आउने बल्बले विकृति नल्याओस् । आउने बल्बमा ‘उजाला एफोर्टएबल लिड फर अल, अ गभर्नमेन्ट अफ इन्डिया इनिसेटिभ’ भनेर छाप लागेर नआओस् । यसमा सतर्क हुनुपर्छ । 
http://www.karobardaily.com/news/79689