Thursday, June 1, 2017

पुनर्निर्माणबारे गुनासो सुन्न टोल फ्रि नम्बर

    कारोबार संवाददाता    0 + -

समाचार प्रतिनिधि तस्विर
काठमाडौंः भूकम्पपछिको पुनर्निर्माणका लागि गुनासो सुन्न र त्यसबारे जानकारी दिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले टोल फ्रि (पैसा नलाग्ने) सेवा सुरु गरेको छ । 
पुनर्निर्माणबारे प्राधिकरण र भूकम्प प्रभावितबीच दोहोरो संवादमार्फत द्रुतगतिमा काम अघि बढाउन प्राधिकरणले टोल फ्रि हेल्पलाइन फोन सेवा सुरु गरेको हो ।
संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) को आर्थिक तथा प्राविधिक सहयोगमा सुरु भएको सो हेल्प लाइन उपयोग गर्न नेपाल टेलिकमका प्रयोगकर्ताले १६६०–०१–७२००० र एनसेल प्रयोगकर्ताले ९८०१५–७२१११ मा फोन गर्ने व्यवस्था गरिएको छ ।
बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म तत्काल र त्यसपछि टोल प्र्रिm नम्बरमा फोन गरेर गुनासो वा कुनै प्रश्न गरेमा त्यसको भोलिपल्ट यसको प्रत्युत्तर पाउने व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ । 
हेल्पलाइन फोन सेवाको शुभारम्भ गर्दै पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा.गोविन्दराज पोखरेलले यसबाट भूकम्पसम्बन्धी सबै किसिमको गुनासो र प्रश्नको उत्तर पाउने हुनाले पुनर्निर्माणलाई दु्रतगतिमा अघि बढाउनका लागि सहयोग हुने बताए ।
“हालसम्म प्राधिकरण र भूकम्प प्रभावितबीच एकोहोरो सञ्चार भइरहेको थियो, अब टोल फ्रि नम्बरपछि दोहोरो संवाद हन्छ, यसले पुनर्निर्माणलाई गति दिन सहयोग गर्छ,” उनले भने । 
कार्यक्रममा यूएनडीपीकी नेपाल उपनिर्देशक सोफी केम्खाड्जेले यस्तो सेवाले प्राधिकरणले स्थानीयस्तरको अवस्था थाहा पाउन सहयोगी हुने र यसले पुनर्निर्माणलाई अझ प्रभावकारी रूपमा अघि बढाउन सहयोग पुग्ने बताए । प्राधिकरणका कार्यकारी सदस्य चन्द्र श्रेष्ठले टोल फ्रि नम्बरले प्राधिकरणका गतिविधिलाई पारदर्शी, उत्तरदायी र जिम्मेवारी बनाउने बताए ।  
http://www.karobardaily.com/news/79340

No comments: