बिजुली मिटरको चरम अभाव
भीम गौतम /राजधानी
काठमाडौं, २८ कात्तिक
काठमाडौं, २८ कात्तिक
तराई
क्षेत्रमा भएको आन्दोलन र भारतले गरेको अघोषित नाकाबन्दीका कारण
विद्युतीकरणका लागि अत्यावश्यक सामान आपूर्ति हुन नसकेर अलपत्र परेका छन् ।
नाकाबन्दीका
कारण ट्रान्सफर्मर, मिटर, पोल, इन्सुलेटरलगायतका अत्यावश्यक विद्युत्का
सामानहरू अलपत्र परेका हुन् । नेपाल विद्युत् प्राधिकरणका अनुसार,
ट्रान्सफर्मर, मिटर र इन्सुलेटर भारतको कलकत्तामा अलपत्र परेको छ भने पोल
सुरक्षाका कारणले ल्याउन नसकेपछि सिमरामा अलपत्र परेको हो । १ लाख ३० हजार
बिजुली मिटर, विभिन्नथरीका २ लाख इन्सुलेटर र २ सय ५० ट्रान्सफर्मर तथा २३
हजार स्टिल पोल अलपत्र परेको प्राधिकरणले जनाएको छ । कलकत्तामा अलपत्र
परेपछि बिजुली मिटरको चरम अभाव देखिएको छ । अधिकांश विद्युत्प्राधिकरणका
वितरण केन्द्रहरूले सार्वजनिक सूचना टाँसेर बिजुली मिटरको अभाव रहेको
बताएका छन् । ‘ल्याउन नसकेर सामान अलपत्र परेपछि बिजुलीको मिटर नै छैन ।’
विद्युत् प्राधिकरण ग्राहक तथा वितरण निर्देशनालयका उपकार्यकारी निर्देशक
रामचन्द्र पाण्डेले भने, ‘केही पुराना मिटर मर्मतसम्भार गरेर अत्यावश्यक
देखिएकामा पहिलो प्राथमिकताका आधारमा दिइरहेका छाँै ।’ उनका अनुसार तत्काल
६० हजार बिजुली मिटरको माग छ ।
श्रीलंकन
कम्पनी सीपीएल होल्डिङ कम्पनीमार्फत खरिद गरिएको ट्रान्सफर्मर तथा चाइना
मिडिल साउथ कम्पनीमार्फत खरिद गरिएको बिजुली मिटर कलकत्ता आएर अलपत्र परेको
हो । त्यसैगरी, भरटिन्डा सेमारिक्स कम्पनीमार्फत खरिद गरिएका
विभिन्नथरीकोइन्सुलेटर पनि भारतमै अलपत्र परेको छ । सुरक्षाका कारण सिमराको
जगदम्बा इन्टरप्राइजेटमार्फत खरिद गरिएका पोलसमेत तराईमा जारी आन्दोलनका
कारण ल्याउन नसकिएको प्राधिकरणले जनाएको छ । ‘नेपालमा पूरै समस्या छ तर
ल्याउन सकिएको छैन ।’ प्राधिकरण ग्राहक तथा वितरण निर्देशनालयअन्र्तगतको
जिन्सी व्यवस्थापन सहायक प्रबन्धक विजय चौधरीले भने ।
मिटर
अभाव भएपछि नयाँ घर बनाउने तथा विभिन्न कारणले मिटर बिग्रेर उज्यालोका
लागि मिटर कुरिरहेका सर्वसाधारण ग्राहकले बिजुली मिटर पाउन सकेका छैनन् ।
बिजुलीको मिटर चरम अभाव भएपछि अहिले एउटा मिटरका लागि उच्चपदस्थ
व्यक्तिहरूको सोर्सफोर्ससमेत आउन थालेको छ ।
‘उच्चपदस्थ
व्यक्तिहरूले एउटा बिजुली मिटरका लागि फोन गर्नुहुन्छ तर नभएकाले दिन
सक्ने अवस्था छैन,’ प्राधिकरणका एक अधिकारीले भने । प्रत्येक वर्È २ लाख
मिटर माग रहे पनि प्राधिकरणभित्र चर्केको ट्रान्सफर्मर प्रकरणसँगै
प्राधिकरणले मिटर नकिन्दा विगत दुई वर्षदेखि नै प्राधिकरणले आवश्यक
मात्रामा मिटर वितरण गर्न सकेको छैन । प्राधिकरण अधिकारीका अनुसार मिटर
नहु“दा बिजुली चोरी बढेको छ भने चोरी नियन्त्रण अभियानमा समेत असर परेको
थियो ।
प्राधिकरणका अनुसार, अहिले
प्राधिकरणमा पर्याप्त मात्रामा ट्रान्सफर्मर पनि छैन । भूकम्पपछि छिमेकी
राष्ट्र भारतले दिएको ८ सय ५० ट्रान्सफर्मरको उपयोग गरेर पूर्ण रूपमा अभाव
हुन नदिएको प्राधिकरणका उपकार्यकारी निर्देशक पाण्डेले जानकारी दिए ।
त्यसैगरी, इन्सुलेटर र पोलको अभावका कारणले प्राधिकरणले विद्युतीकरण गर्न
समस्या परेको छ ।
http://www.erajdhani.com/article/0553676001447553571
No comments:
Post a Comment