काठमाडौ÷रास– विद्युत्को माग लक्ष्मी पूजाका दिन १३ सय ८२ मेगावाट पुगेको छ
। नेपाल विद्युत् प्राधिकरणले १३ सय ९६ मेगावाट पुग्ने अनुमान गरेकामा १३
सय ८२ मेगावाट पुगेको हो । लक्ष्मी पूजाका दिन वर्षकै सबैभन्दा बढी माग
हुने अनुमान छ । लक्ष्मी पूजाको दिन खुसियालीका रूपमा दीप प्रज्वलन गरिने
कारण विद्युत्को माग सबैभन्दा अधिकतम हुने गर्छ । गत वर्ष लक्ष्मीपूजाका
दिन विद्युत्को माग १२ सय ९१ पुगेको थियो । ‘लक्ष्मी पूजाका दिन १३ सय ८२
मेगावाट विद्युत् माग पुगेको छ ।’ प्राधिकरण भारप्रेषण केन्द्रका प्रमुख
भुवन क्षत्रीले भने, ‘सामान्यता लक्ष्मीपूजाका दिन वर्षको सबैभन्दा बढी माग
हुन्छ, कहिलेकाहीँ हिउँदमा पनि योभन्दा बढी हुन सक्छ ।’
प्रकाशित मिति:
२०१५-११-१५ http://www.erajdhani.com/article/0717046001447553606
No comments:
Post a Comment