Wednesday, November 30, 2016

इमानदारिताका साथ लोडसेडिङ अन्त्य गर्न लाग्छु

     भीम गौतम   0 + -

कुलमान घिसिङ, कार्यकारी निर्देशक, नेपाल विद्युत् प्राधिकरण
वर्षायाममा समेत दैनिक ३/४ घण्टा लोडसेडिङ गरिरहेको नेपाल विद्युत् प्राधिकरणले तिहारपछि काठमाडौं उपत्यकामा लोडसेडिङ गरेको छैन भने उपत्यकाबाहिर पनि एकदम कम मात्र लोडसेडिङ छ । १४ सय मेगावाटको हाराहारीमा विद्युत्को माग रहेको प्राधिकरणमा अहिले पनि ४ सय मेगावाट अभाव छ । 
तर, विद्युत् प्राधिकरणले तिहारपछि लोड व्यवस्थापन गरेर लोडसेडिङ गरेको छैन । यसअघि चर्को आलोचना खेप्दै आएको विद्युत् प्राधिकरणमा झन्डै दुई महिनाअघि मात्रै कार्यकारी अधिकृतमा कुलमान घिसिङ नियुक्त भएपछि उनकै चर्चा घरघरमा छ । 
प्रभावकारी व्यवस्थापन र इमानदारिताका साथ काम गरिरहेकाले उपत्यकालाई लोडसेडिङमुुक्त गराउन सफल भएको उनी बताउँछन् । घाटामा गएको प्राधिकरणलाई नाफामा लैजाने, प्राधिकरणले कम्पनी मोडलमा जलविद्युत् आयोजनाहरू निर्माण गर्ने र प्राधिकरणलाई स्मार्ट ग्रिड प्रणालीमा लैजाने उद्देश्य रहेको बताउने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसँग कारोबारले गरेको कुराकानी:
तपाईं कार्यकारी अधिकृतमा नियुक्ति भएलगत्तै काठमाडौं उपत्यकालाई कसरी लोडसेडिङमुक्त बनाउन सफल हुनुभयो ? 
प्रभावकारी व्यवस्थापन र इमानदारिताका साथ काम गरेकाले यो सम्भव भएको हो । यी दुई कुराकै कारण अहिले काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त बनाउन सम्भव भएको छ । म इमानदारिताका साथ लोडसेडिङ अन्त्य गर्न लाग्छु ।
मागका आधारमा उत्पादन त अहिले पनि कम छ, यसलाई कसरी व्यवस्थापन गर्नुभयो ?
माग १४ सय मेगावाटको हाराहारीमा मात्र छ भने यो अधिकतम हो । यसको समग्र व्यवस्थापन कसरी गर्ने कुरा मुख्य हो । आपूर्तिमा अधिकतम उपयोग ग¥यौं । सबै पावर प्लान्टलाई पूर्ण रूपमा चलायौं । मागको व्यवस्थापनमा चुहावटबाट पनि केही घटेको छ भने पिकलाई केही परिवर्तन गरेका छौं । उद्योगहरू पिक आवरमा चल्दैनन् । 
यसले झन्डै ३ सय मेगावाट उद्योगधन्दाले खपत गर्ने गरेको थियो । यो बचेको छ । लोडसेडिङ नभएपछि स्वतः पिकको माग पनि घटेको छ । इन्भर्टर लोड घटेको छ । इन्भर्टर, आइरन नचलाऔं भनेर कार्यक्रम अघि बढाएका छौं । ऊर्जा दक्षता कार्यक्रम अघि बढाउन लागेका छौं । पिकमा यो यो सामान नचलाऔं भनेर जनचेतना जगाउन थालेका छौं । 
यसको असर पनि देख्न थालिएको छ । मुख्य त पिकको माग व्यवस्थापन गर्ने हो । जहाँसम्म पूर्वाधारको विषय छ, प्रसारणलाइनको अवस्था, वितरणलगायतको व्यवस्थालाई काठमाडौंभित्र प्रभावकारी बनाउँदै लगेका छौं । बाहिर पनि बनाउँदै छौं । सञ्चालनको हिसाबले पनि अघि बढेका छौं । 
छोटो अवधिमै बत्ती जाँदा ‘कुलमान गयो र आयो भने कुलमान आयो’ भन्ने टिप्पणी सुनिन्छ नि !
यो त जनताले बुझ्ने कुरा भयो । मैले भन्ने कुरा भएन । अब पनि आएको दुई महिना भयो । चमत्कार भयो भन्छन् । लोडसेडिङको अवस्था गत भदौको हेरौं न, भदौमा के अवस्थामा थियौं र अहिले के अवस्थामा छौं । एक महिनाकै तुलना गर्दा पुगिहाल्छ । त्यो बेला फुल लोड थियो त ? किन लोडसेडिङ भएको थियो ? मैले इमानदार भएर लोड व्यवस्थापन गरेको छु । मुख्य कारण यही हो । 
यो इमानदारिता कहिलेसम्म कायम रहला ? 
सधैं रहन्छ । इमानदारिताका साथ लोड व्यवस्थापनमा लाग्छु । 
विगतमा किन सम्भव भएन र अहिले त्यसलाई सम्भव गराउनुभयो ? 
व्यवस्थापनको कुरा मुख्य हो । आपूर्ति, माग, ट्रान्सफर्मर सबस्टेसनलगायतका पूर्वाधारलाई व्यवस्थित गरेका छौं । नेपालको विद्युत् प्रणाली १० वटा टुक्रा–टुक्रामा बाँडिएर सञ्चालन भइरहेको छ । भारतसँग प्रणाली सिक्रोनाइज छैन, हरेक समय लोड सिफ्ट गर्नुपर्ने हुन्छ । भार प्रेषण केन्द्रले प्रभावकारी सञ्चालन ग¥यो भने त्यत्तिकै घट्छ । 
अहिले त्यो प्रभावकारी रूपमा अघि बढेको छ । जुन बेला जनतालाई बिजुली चाहिन्छ, त्यति बेला दिनुप¥यो । मागको प्रक्षेपण गर्ने बढी अनि जनतालाई लोडसेडिङ गरेर बचेको ऊर्जा भने उद्योगहरूलाई दिन पाइँदैन । एउटा उद्योग चलेन भने ३०/४० मेगावाट बचत भएर काठमाडौंको आधा लोडसेडिङ कम हुन्छ ।
के जथाभावी उद्योग व्यवसायमा वितरण गरेको बिजुली रोकेको हो ? 
हिजो कुनै उद्योगले ८ घण्टा र कुनै उद्योगले २४ घण्टा विद्युत् पाइरहेका रहेछन् । ती उद्योगलाई समानुपातिक वितरण ग¥यौं । पिक आवरमा ४ घण्टा बिजुली दिएका छैनौं । बाँकी २०/२१ घण्टा दिएका छौं । समानुपातिक रूपमा दिएका छौं । 
कुलेखानी रित्यायो भन्ने आरोप तपाईंमाथि लाग्ने गरेको छ नि, यथार्थ के हो ? 
कुलेखानी त हेरे भैहाल्यो नि । वैशाख महिनामा कुलेखानीको पानी १,५१२ मिटरको तहमा थियो । भदौ पुग्दा कुलेखानीको लेभल १,५०३ मा घटेको छ । वर्षामा घट्ने हो र ? त्यो बेला चार महिनासम्म दिनको साढे दुई घण्टा चलेको छ । कुलेखानी मैले रित्याएँ कि त्यो बेला रित्तियो त ? 
कालीगण्डकी मर्मतका लागि पूरा कुलेखानी चलाएको रहेछ । कुलेखानी त वर्षामा चलाउने नै होइन । म आउँदा कुलेखानीको पानी १,५२२ मिटरमा थियो, अहिले १,५२३ मिटरमा छ । १ मिटर बढेको छ । 
के यो आरोप मात्र हो त ? 
कुलेखानी जलाशय चलाएको छैन । तिहारका बेला ३/४ दिन मात्र चलाएको हो । अहिले कुलेखानी चलाउने बेला हो । अबको चार महिना कुलेखानी चलाएन भने पछि कुलेखानी जलाशय भर्न पाइँदैन । कुलेखानी अहिलेको तहबाट दैनिक चार घण्टा चलायो भने ६ महिनाका लागि पुग्छ । 
डिजेल प्लान्ट पनि सञ्चालन गरेको आरोप लागेको छ नि ?
१० मेगावाटको डिजेल प्लान्ट त लक्ष्मीपूजाका दिन मात्र चलाएको हो । नत्र चलाएको छैन । यो आरोपमा सत्यता छैन । 
कतिपयले बढी चर्चा परिचर्चाका लागि काठमाडौंबाहिर लोडसेडिङ बढाएर काठमाडौंलाई लोडसेडिङ मुक्त गरेको भनेर पनि आरोप लगाउँछन् नि ?
काठमाडौं उपत्यकाबाहिर गएर बुझे हुन्छ, देशभर लोडसेडिङ छैन । आज पनि छैन । देश लोडसेडिङमुक्त छ । कहिलेकाहीं चुहावट बढी भएको क्षेत्रमा अपुग भएमा आधा घण्टा, एक घण्टा लाइन काटिदिन्छौं । 
आगामी हिउँदमा पनि यस्तो अवस्थालाई निरन्तरता दिन सकिने अवस्था छ ? 
हामी त्यसकै लागि प्रयास गरिरहेका छौं । यसमा अधिकतम प्रयास हुन्छ । कम्तीमा पनि काठमाडौंलाई लोडसेडिङमुक्त बनाउने हाम्रो योजना छ । 
भारतबाट थप बिजुली ल्याउने टुंगो छैन, कसरी मागको व्यवस्थापन हुन्छ त ?
व्यवस्थापनका लागि योजनासहित अघि बढेका छौं । अहिले हामी विभिन्न अभियान सञ्चालन गर्दै छौं । मागको व्यवस्थापन मुख्य हुन्छ । लोडसेडिङमुक्त बनाउनका लागि म र मेरो समूह मात्र लागेर हुँदैन । जनताले पनि समर्थन गर्नुपर्छ । स्रोतहरू जुटाउँदै छौं । सकेसम्म काठमाडौंमा आगामी हिउँदमा लोडसेडिङ हुँदैन । 
ढल्केबर सबस्टेसन नबनेको खण्डमा के हुन्छ ? 
हिउँदकै लागि भारतबाट थप मेगावाट ल्याउनका लागि ढल्केबर सबस्टेसन बन्ने आशा गरेका छौं, नबनेको खण्डमा पनि यसका विकल्प छन् । त्यसबारे छलफल अघि बढाएका छौं । 
धेरैले नेपाल बिजुलीमा भारतको भर पर्न थाल्यो भनेर भनिरहेका छन् नि, यसको यथार्थ अवस्था के हो ? 
अहिले तपाईं भारत–भारत भन्नुहुन्छ । यही समयमा गत वर्ष तीन सय मेगावाट ल्याएका थियौं । अहिले २ सय ५० मेगावाट पिकमा ल्याइरहेका छौं । अरु समयमा अर्थात २२ घण्टा १ सय ५० मेगावाटको हाराहारीमा ल्याउँछौं । भारतबाट आयात गर्नु भनेको क्राइसिस व्यवस्थापन मात्र हो । योसँगै हाम्रो उत्पादनलाई पनि बढाउँदै छौं । 
ठूला–ठूला आयोजनाहरू कम्पनी मोडलमा निर्माणकार्य अघि बढाउन लागेका छौं । आयात भनेको त निश्चित समयका लागि हुन्छ । भोलि जेठ–असारमा निर्यात पनि गर्नुपर्ने हुन सक्छ । अहिलेको स्थिति हेर्नुप¥यो नि, आयात–आयात भनेर हुन्छ ? प्रणालीमा अधिकतम चाहिने बेलामा निश्चित ठाउँबाट लिनैपर्छ । क्राइसिस व्यवस्थापनमा त गर्नैप¥यो नि । 
भारतको बिजुली महँगो भन्छन्, अहिले ३.४४ भारतीय रुपैयाँमा ल्याएका छौं । कसरी महँगो भयो ? 
कुनै–कुनै लाइनमार्फत ल्याएको त अधिकतम महँगो छ नि ?
कुनै–कुनै लाइनबाट ल्याएको त महँगो छ । तर, त्यो त चाहिएको बेलामा मात्र लिने हो । त्यो महँगो हुँदैन । चाहे पनि नचाहे पनि ३/४ रुपैयाँ तिर्नु र चाहेको बेला मात्र लिँदा त्यति महँगो पर्दैैन । 
प्राधिकरणका अन्य क्षेत्रको सुधारका लागि के गर्दै हुनुहुन्छ ? 
चुहावट न्यूनीकरण अभियान देशभर अघि बढेको छ । प्राधिकरणकै संरचनामा सुधार गर्दैछौं । 
के गर्दैै हुनुहुन्छ ?
प्राधिकरणको वित्तीय सुधारको कुरा गरिरहेका छौं, सही व्यक्तिलाई सही ठाउँमा उपयोग गर्ने र त्यसबाट परिणाम ल्याउने कुरा गरिरहेका छौं । संगठनात्मक पुनर्संरचना परिवर्तनको कुरा गरेका छौं । अब नेपाली जनताको लगानीमा जलविद्युत् आयोजनाहरू अघि बढाउने भनेर धेरै जलविद्युत् कम्पनीहरू हाल्दै छौं । 
विद्युत् व्यापार कम्पनी खोल्दै छौं । इन्जिनियरिङ कम्पनी खोल्दै छौं । यी सबै आयोजना अघि बढाउँदा अर्थात जलाशय, पिकिङ रन अफ दि रिभर आयोजनाहरू अघि बढ्छन् । अबको उद्देश्य भनेको नेपालको पानी जनताको लगानी हो । 
जुन हिसाबले ऊर्जामन्त्रीज्यूले ३७ बुँदे योजनामा घोषणा गर्नुभएको छ, त्यो नै कार्यन्वयन गरिरहेका छौं हामीले । त्यो कार्यान्वयनका क्रममा नेपालको पानी जनताको लगानी कार्यक्रमलाई हामी अब बढी फोकस गर्छौं ।
घाटामा गएको प्राधिकरणलाई नाफामा लैजाने कुरा गरिरहनुभएको छ, कसरी लानुहुन्छ ? 
वित्तीय पुनर्संरचना गरेपछि धेरै कुरा त्यहाँ आउँछन् । यो प्रक्रियामा छ । चुहावट नियन्त्रणको प्रक्रियामा हामी छौं । विद्युत् महसुल समायोजनाको प्रक्रियामा छौं । २/४ प्रतिशत मात्र चुहावट न्यूनीकरण गर्न सके पनि त्यहाँबाट धेरै आउँछ । ऊर्जा दक्षताका कुरा छन् । उत्पादनलाई अधिकत्तम गर्ने कुरा छन् । 
घाटालाई नाफामा लैजाने भनेको हामीले यी प्रक्रिया पूरा गरेर लैजाने हो । अहिलेको वितरण र ग्रिड प्रणाली पनि स्मार्ट ग्रिडमा लाने भनेर हामीले अघि बढाएका छौं । त्यो प्रक्रिया अघि बढ्दै छ । 
विगतमा पनि प्राधिकरण सुधारका कुरा आएका थिए, किन सुधार हुन नसकेको रहेछ ?
सुधारका कुरा आ–आफ्ना तहमा भइरहेका छन् । अहिलेको ऊर्जामन्त्री आएपछिको कुरा हेरौं न । हाम्रो एउटा समूहले काम गरिरहेको छ । यहाँ प्रधानमन्त्रीदेखिको भूमिका र योगदानको कुरा छ । सबै सकारात्मक भइदिँदा यो भएको हो । 
प्रधानमन्त्रीको सहयोग र समर्थन छ । योबिना अहिलेको सुधार गर्न असम्भव थियो । वित्तीय पुनर्संरचना, संस्थाको पुनर्संरचनालगायतका धेरै कुरा छन् । यसमा सरकारले सहयोग नगरी त हुँदैन । 
अहिले विद्युत् प्राधिकरणको पुनर्संरचनाको कुरा आएको छ, यो कसरी हुन्छ ?
प्राधिकरण पुनर्संरचनाको कुरालाई ठूलो सम्झनु हुँदैन । हामीले जे–जे गरिरहेका छौं, त्यो नै पुनर्संरचना हो । उदाहरणका लागि सबै आयोजनालाई कम्पनी मोडलमा लैजान लागेका छौं । यो पनि एक किसिमको पुनर्संरचना हो । हामीले विद्युत् व्यापार कम्पनी खोल्दै छौं । इन्जिनियरिङ कम्पनी खोल्दै छौं । 
वित्तीय पुनर्संरचना गर्दै छौं । यो पनि सुधारको कुरा हो । प्राधिकरण पुनर्संरचना भनेको यो टुक्र्याउने ऊ टुक्र्याउने होइन । प्राधिकरणलाई अझ बलियो बनाउने हो ।
भविष्यको प्राधिकरण कस्तो बन्छ त ? 
प्राधिकरण अझ बलियो, नाफामूलक र बोनस खाने बन्छ । 
अहिले मन्त्रालयले पनि कम्पनी बनाइरहेको छ भने प्राधिकरणले पनि बनाइरहेको छ, दुवैले बनाउँदा कुनै पनि राम्रोसँग सञ्चालन नहुने हो कि भन्ने पनि छ नि ? 
भारतमा हेर्नुस्, एउटा कम्पनीका १० वटा सहायक कम्पनी छन् । चीनमा हे¥यौं भने धेरै कम्पनीमार्फत अघि बढेका छन् । विकसित राष्ट्र नर्वेमा हेर्नुस्, धेरै कम्पनीबाट चलेको छ । सरकारी कम्पनीहरूमार्फत नै अघि बढेका छन् । एउटा बिग्रियो भने अर्कोले काम गरिरहेको हुन्छ । यसले त झन प्रतिस्पर्धा बढाउँछ । 
निजी प्रवद्र्धकहरूले विद्युत् प्राधिकरणले विद्युत् खरिद सम्झौता (पीपीए) नगरिरहेको बताइरहेका छन्, किन यस्तो भएको हो ? 
विद्युत् प्राधिकरणले पीपीए गरिरहेको छ । रोक्ने कुरै भएन । 
अहिलेसम्म त प्राधिकरण टेक एन्ड पेमै पीपीए गरिरहेको छ त ? 
अब गर्छौं । यसलाई केही प्रक्रियागत रूपमा मिलाउनुपर्ने छ, त्यो मिलाउन लागेका छौं ।
तपाईंको विचारमा राजनीतिक दलहरूले जलविद्युत् विकासका लागि कस्तो सहयोग गर्नु आवश्यक छ ? 
पहिलो त राजनीतिक स्थिरता मुख्य कुरा हो । राजनीतिक दलहरूले जलविद्युत्बारे आफ्नो कुरा बुझ्नुप¥यो । दोस्रो कुरा, जलविद्युत् आयोजना निर्माणका लागि राजनीतिक कार्यकर्ताले सहयोग गर्नुपर्ने वातावरण निर्माणका लागि आ–आफ्नो तहबाट सहयोग गर्नुप¥यो । यसको विकासका लागि प्रतिबद्ध भएर लाग्नुपर्छ । 
प्राधिकरण कार्यकारी निर्देशकका रूपमा तपाईंले केही काम अघि बढाउनुभएको छ, त्यसलाई वेवास्ता गर्ने गरिएको छ, भविष्यमा यसको निरन्तरता हुन्छ कि हुँदैन ? 
हिजो लोडसेडिङमुक्त निरन्तरता हुन्छ कि हुँदैन भनेर धेरैले भन्थे । आज भइरहेको छ । व्यवस्थापन निरन्तरता हुन्छ । सबै कुराको निरन्तरता हुन्छ भन्ने छैन । म पनि निरन्तर हुन्छु भन्ने छैन । १० वर्षसम्म यहाँ बस्नुपर्छ भन्ने छैन । निश्चित समयका लागि आएको हो । तर एउटा व्यवस्थित प्रणाली बसालेमा अर्को आउने मान्नेले पनि त्यसलाई पछ्याउन बाध्य हुन्छ । 
राम्रो काम गर्दा केही निरन्तरता हुन्छ, मैले पनि शतप्रतिशत राम्रो काम गर्न सक्छु भन्न सकिँदैन, कतै गल्ती भयो भने त्यसलाई सच्चाएर जाने हो । जानी–नजानी हुन सक्छन् नि । निरन्तर रूपमा संस्थालाई अघि बढाउन राम्रो काम भयो भने आउने सबैले निरन्तरता त दिन्छन् नै । मुख्य कुरा त आफू हुँदा जे गर्न सकिन्छ, त्यो गर्ने हो । 
ऊर्जा मन्त्रालयले ल्याएको ९९ बुँदे र ३७ बुँदे कार्ययोजना कार्यान्वयनका लागि विगतमा प्राधिकरणले असहयोग गरेको आरोप लागेको थियो, अब कसरी अघि बढ्नुहुन्छ ?
३७ बुँदे कार्यक्रम नै प्राधिकरणले कार्यान्वयन गर्न ल्याएको हो । ऊर्जासंकट पनि ऊर्जा विकासका लागि ल्याएको हो । प्राधिकरणले असहयोग ग¥यो भन्ने कुरै छैन । प्राधिकरणकै लागि ऊर्जामन्त्रीले ऊर्जा मन्त्रालयद्वारा जारी भएको कार्यक्रमलाई हामीले सहयोग मात्र होइन, कार्यान्वयन गर्नुपर्छ । 
विगतमा त प्राधिकरण र ऊर्जा मन्त्रालयको सम्बन्ध त्यति राम्रो देखिँदैन थियो, अहिले कस्तो छ ? 
अहिले सुमधुर सम्बन्ध छ । त्यसकारण त काम पनि फटाफट भइरहेको छ । प्रधानमन्त्रीदेखि मन्त्रीज्यूलगायत सबैको निर्देशन एउटै छ— देशबाट लोडसेडिङ अन्त्य गर्ने । नेपाललाई ऊर्जामा आत्मनिर्भर बनाउने अनि नेपालको पानी जनताको लगानी । त्यसलाई साकार बनाउने हो । 
विद्युत् प्राधिकरणको स्मार्ट मिटरको कुरा आएको छ, त्यो कसरी अघि बढेको छ ?
स्मार्ट मिटर मात्र होइन, स्मार्ट ग्रिडकै अवधारणाअनुसार अघि बढेका छौं । स्मार्ट ग्रिड भनेको त स्मार्ट मिटरसहितकै प्रविधि नयाँ हुन्छ । अब प्राधिकरण नै स्मार्ट हुन्छ । परम्परागत रूपमा अब प्राधिकरण अघि बढ्न सक्दैन ।
http://www.karobardaily.com/%E0%A4%87%E0%A4%AE%E0%A4%BE%E0%A4%A8%E0%A4%A6%E0%A4%BE%E0%A4%B0%E0%A4%BF%E0%A4%A4%E0%A4%BE%E0%A4%95%E0%A4%BE-%E0%A4%B8%E0%A4%BE%E0%A4%A5-%E0%A4%B2%E0%A5%8B%E0%A4%A1%E0%A4%B8%E0%A5%87%E0%A4%A1%E0%A4%BF%E0%A4%99-%E0%A4%85%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A5%8D%E0%A4%AF-%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%A8-%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A5%8D%E0%A4%9B%E0%A5%81

Tuesday, November 29, 2016

बूढीगण्डकी मुआब्जा विवादमा नफसोस्

    0 + -

बहुचर्चित १२ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाबाट प्रभावित हुने गोर्खा जिल्लातर्फको जग्गाको मुआब्जा निर्धारण गरिएको छ भने धादिङतर्फको निर्धारण गर्न बाँकी छ । जिल्ला मुआब्जा निर्धारण समिति, गोर्खाले प्रतिरोपनी बढीमा ८ लाख ३५ हजार र कम्तीमा ५ लाख ३५ हजार रुपैयाँसम्म तोकेको छ । 
योबाहेक वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) अनुसार घर, गोठ, उद्योग, कलकारखाना, बोटबिरुवा, फलफूल, विभिन्न व्यवसायलगायतका सम्पत्ति क्षति भएबापतको छुट्टै क्षतिपुर्ति पाउनेछन् । यसलाई विश्लेषण गर्ने हो भने अहिले दिइएको मुआब्जालाई साह्रै थोरै भन्न मिल्दैन, यसलाई न्यायसंगत नै मान्न सकिन्छ तर यसबारे विरोध सुरु भइसकेको छ । 
पछिल्लो समयमा आयोजना प्रभावित क्षेत्रमा भूमाफियाहरूको चलखेल बढेको चर्चा–परिचर्चालाई दृष्टिगत गर्दै सम्बन्धित गाविसका बासिन्दाले सम्बन्धित गाविसमा खरिद गरेबाहेकको २०६९ सालपछि अर्थात् बूढीगण्डकी समिति गठन भएपछि बाहिरबाट आएर जग्गा किन्नेहरूले भने प्रारम्भिक मुआब्जाभन्दा ३० प्रतिशत कम मात्र मुआब्जा दिने व्यवस्था गरिएको छ । 
यो सकारात्मक कदम हो, नत्र भने जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रमा गएर जग्गा किनेर मुआब्जाका लागि अनावश्यक दबाब दिने र समयमै जलविद्युत् आयोजना बन्न नदिने स्वार्थी समूह झन् बलवान हुँदै जान्छ । विगत एक वर्षको जग्गा किनबेचको तथ्यांक हेर्ने हो भने पनि झन्डै ५ हजार कित्ता जग्गा थपिएको थियो । यसकारण बढी मुआब्जा पाउने नाममा भूमाफियाहरूको चलखेल बढेको भन्न सक्ने आधारहरू छन् ।
यही कारण देखाएर बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण कार्यमा अवरोध हुनु हुन्न । जलाशययुक्त जलविद्युत् आयोजनाहरूका लागि धेरै जग्गा अधिग्रहण गर्नुपर्ने र जग्गाको मुआब्जा तिर्न नसक्ने अवस्था आउने भएकाले लामो समय लगाएर बल्ल मुआब्जा निर्धारण गरिएको छ । यो धेरै सकारात्मक पक्ष हो । 
बूढीगण्डकी निर्माणको कुरा गोर्खा र धादिङसँग मात्र जोडिएको छैन, देशको समृद्धिसँग जोडिएको छ । बूढीगण्डकी जलाशययुक्त आयोजना बनेपछि नेपाल जलविद्युत्मा आत्मनिर्भर बन्नेछ । अहिले भारतबाट दैनिक २ सय ५० मेगावाट आयात भइरहेको छ भने आगामी हिउँदमा ५ सय ५० मेगावाट ल्याउने लक्ष्य छ । 
यसले जलविद्युत्मा समेत परनिर्भरता बढाउने देखिएको छ । वित्तीय व्यवस्थापन तथा विकास समिति वा कम्पनी मोडल कसरी अघि बढाउने भन्ने तय हुन अझै बाँकी छ, तर सबैभन्दा सकारात्मक पक्ष भनेको मुआब्जाको निर्धारण भएको छ । 
हुन त नेपालका कतिपय निजी प्रवद्र्धकहरूले अहिले बूढीगण्डकीमा दिइएको मुआब्जा प्रचलित मूल्यभन्दा बढी देखिएकाले यसले स्वदेशी निजी प्रवद्र्धकहरूलाई आयोजना अघि बढाउन समस्या पर्ने बताइरहेका छन्, तर जे भए पनि स्थानीय समुदायलाई मर्का नपर्ने गरी प्रारम्भिक जग्गाको मुआब्जा निर्धारण गरिएको छ । 
एकीकृत पुनःस्थापना तथा पुनर्बासको प्याकेजबारे प्रस्ताव गरिएको छ । यसले पनि स्थानीयवासीहरूलाई थप अघि बढ्न सहयोग मिल्छ । अबको डेढ महिनाभित्र प्रक्रिया पूरा गरेर तत्काल मुआब्जा वितरण गरिन लागेको छ । अहिले निर्धारण भएको मुआब्जामा अवरोध आएमा फेरि बूढीगण्डकी आयोजनाको काममा अझै ढिलाइ हुनेछ । 
यसकारण बूढीगण्डकीजस्तो नेपालका लागि महत्वपूर्ण आयोजनामा विवाद फस्न दिनुहुँदैन । अहिले आएका विरोधहरूलाई समाधान गर्नका लागि यी दुवै जिल्लाका नागरिक समाजदेखि सचेत समुदाय सक्रिय हुनैपर्छ । तुलनात्मक रूपमा महँगो भए पनि नेपालमा बूढीगण्डकी जलाशय बनाउनुको विकल्प छैन । 
हाल विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) भएको एउटा मात्र आयोजना पनि हो । निर्माण सुरु गरेपछि पनि झन्डै आठ वर्ष सम्पन्न हुन लाग्छ । अहिले जति जलविद्युत् आयोजनाहरू निर्माणाधीन छन्, ती अधिकांश नदीप्रवाहमा आधारित (आरओआर) छन् भने हालसम्म ९२ मेगावाटको जलाशययुक्त आयोजना पनि छ । 
बूढीगण्डकीजस्तो ठूलो जलाशययुक्त आयोजना नबनाएसम्म नेपालकै उत्पादनमा माग र आपूर्तिको सन्तुलन गराउन गाह्रो छ । यसकारण छिटो बूढीगण्डकी आयोजना निर्माणका लागि अहिलेको मुआब्जा निर्धारणलाई कार्यान्वयन गर्न सबैको सहयोग जरुरी छ ।
प्रतिरोपनी जग्गाको मूल्य तोक्नु प्रारम्भिक मूल्य मात्र भएको र आईईले निर्धारण गरेअनुसार थप पनि आउने हुनाले अहिले बढी असन्तोष जनाउँदा यसले जलविद्युत्को विकासमा दीर्घकालीन असर पर्न सक्ने कुरालाई गम्भीरतापूर्वक लिनु जरुरी छ ।
http://www.karobardaily.com/%E0%A4%AC%E0%A5%82%E0%A4%A2%E0%A5%80%E0%A4%97%E0%A4%A3%E0%A5%8D%E0%A4%A1%E0%A4%95%E0%A5%80-%E0%A4%AE%E0%A5%81%E0%A4%86%E0%A4%AC%E0%A5%8D%E0%A4%9C%E0%A4%BE-%E0%A4%B5%E0%A4%BF%E0%A4%B5%E0%A4%BE%E0%A4%A6%E0%A4%AE%E0%A4%BE-%E0%A4%A8%E0%A4%AB%E0%A4%B8%E0%A5%8B%E0%A4%B8%E0%A5%8D

Monday, November 28, 2016

बूढीगण्डकीमा मुआब्जा प्रतिरोपनी सवा ८ लाखसम्म

     भीम गौतम/अनुपमा खनाल  0 + -


फाइल फोटो
काठमाडौं/गोरखा : बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाका प्रभावितले प्रतिरोपनी न्यूनतम सवा ५ लाखदेखि सवा ८ लाख रुपैयाँसम्म मुआब्जा पाउने भएका छन् ।
आयोजनाले गोरखा जिल्लातर्फको मुआब्जासम्बन्धी हालै गरेको व्यवस्थाअनुसार प्रतिरोपनी बढीमा ८ लाख ३५ हजार र न्यूनतम ५ लाख ३५ हजार रुपैयाँ निर्धारण गरेको छ ।  
जलाशययुक्त आयोजनाका लागि सबैभन्दा ठूलो समस्या जग्गा अधिग्रहण र मुआब्जा वितरणलाई लिने गरिएको छ । बूढीगण्डकी जलविद्युत् विकास समिति तथा स्थानीय सरोकार समितिको समन्वय र सल्लाहमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट संयोजकत्वको समितिले मुआब्जा निर्धारण गरेको हो ।
सरकारले गत चैतदेखि आयोजना प्रभावित क्षेत्रको जग्गा बिक्री वितरणमा रोक लगाएको थियो । आइतबार समितिका संयोजक प्रजिअ नेतृत्वको समितिले गोरखामा मुआब्जा निर्धारण गरे पनि धादिङमा भने प्रजिअ नै नभएकाले निर्धारण हुन सकेको छैन ।
आयोजना विकास समितिका अनुसार, गोरखातर्फ १४ गाविसका ३० हजार ७८ रोपनी र धादिङतर्फ २८ हजार ७५ रोपनी जग्गा डुबानमा पर्नेछ । यो तथ्यांकभित्र लालपुर्जा नभएका, ऐलानी, गुठीलगायतका जग्गा समावेश छैनन् ।
त्यस्तो जग्गा ७ हजार रोपनी हुनसक्ने अनुमान छ । डेढ महिनाभित्र निर्धारित मुआब्जाका लागि आवश्यक प्रक्रिया पूरा गरी तीन महिनाभित्र गोरखातर्फका डुबान क्षेत्रका प्रभावितलाई वितरण गरिसक्ने लक्ष्य राखिएको छ ।
“प्रभावितलाई जग्गाको प्रमाणसहित आउनका लागि सार्वजनिक रूपमा आह्वान गर्छौं, ३५ दिनभित्र आएपछि त्यसपछि १० दिनभित्रै त्यसको प्रमाणीकरण गरेर तुरुन्तै मुआब्जा वितरण सुरु गरिहाल्छौं,” समितिका अध्यक्ष डा. लक्ष्मीप्रसाद देवकोटाले भने, “तीन महिनाभित्रै वितरण गरिसक्ने लक्ष्य छ, जलाशययुक्त आयोजनामा मुआब्जा निर्धारण सबैभन्दा गाह्रो पक्ष हो, यो सफलतापूर्वक सम्पन्न भएको छ ।”
मुआब्जा निर्धारण गर्दा अति गरिब वर्गलाई समेत छुट्टै समेटिएको समितिले जनाएको छ । समितिका अनुसार, प्रभावितको ५ रोपनीभन्दा कम भएकाहरूलाई प्रारम्भिक मुआब्जा रकमको १५ प्रतिशत र १० रोपनीभन्दा कम हुनेलाई १० प्रतिशत थप गरिनेछ ।
यसअनुसार ५ रोपनीभन्दा कम हुनेले १५ प्रतिशत थप मूल्य प्रतिरोपनी ९ लाख ६० हजार पाउनेछन् । यस्तै, १० रोपनीसम्म मात्रै जग्गा भएकाहरूले प्रतिरोपनी अधिकतम मूल्यमा १० प्रतिशत थप रकम जोडेर ९ लाख १८ हजार ५ सय रुपैयाँ मुआब्जा पाउने छन् ।
समितिका अनुसार, आयोजनाबाट प्रभावित हुने आरुघाट र आर्खेत गाविसको मुआब्जा निर्धारण भने दोस्रो चरणमा हुनेछ ।
प्रजिअ भट्टका अनुसार गोरखातर्फका प्रभावितले प्रतिरोपनी जग्गाबाहेक वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) अनुसार नै घर, गोठ, उद्योग, कलकारखाना, बोटबिरुवा, फलफूल, विभिन्न व्यवसायलगायतका सम्पत्ति क्षति भएबापतको छुट्टै क्षतिपूर्ति पाउनेछन् । हाल ईआईएको प्रतिवेदन भने वातावरण मन्त्रालयमा गएर अड्किएको छ । 
समितिका अनुसार, गोरखाको घ्याल्चोक, भुम्लीचोक, दर्बुङ, फुजेल, नाम्जुङ, बुंकोट, बोर्लाङ, अश्राङ, धावा, आरुपोखरी,आरुआर्वाङ, आरुचनौटे, थुमी र तान्द्राङ गरी १४ गाविसको दररेट कायम गरिएको छ । 
बहुचर्चित १२ सय मेगावाटको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाबाट प्रभावित हुने गोर्खा जिल्लातर्फको जग्गाको मुआब्जा निर्धारण गरेकोे छ । 
जलाशययुक्त जलविद्युत आयोजनाका लागि सबैभन्दा ठूलो समस्याको रुपमा जग्गा अधिग्रहण र मुआब्जा वितरण रहेकोमा लामो प्रयासपछि बल्ल जिल्ला मुआब्जा निर्धारण समितिले मुआब्जा निर्धारण गरेको हो । बुढीगण्डकी जलविद्युत विकास समिति तथा स्थानीय सरोकार समितिको समन्वय र सल्लाहमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट संयोजकत्वको समितिले प्रति रोपनी बढीमा ८ लाख ३५ हजार र कम्तीमा ५ लाख ३५ हजार रुपैयाँसम्म तोकेको छ ।  गत चैत्रदेखि सरकारले बुढीगण्डकी प्रभावित क्षेत्रका जग्गा विक्रीवितरणमा रोक लगाएर मुआब्जा निर्धारणका लागि छलफल अघि बढाएपनि टुंगो लाग्न सकेको थिएन । आइतबार समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी भट्टले समितीले निर्धारण गरेको मुआब्जा मुल्य सार्वजनिक गर्दै डुवान क्षेत्रका बासिन्दाको मागलाई सम्बोधन गर्नेगरी र सरकारलाई पनि आर्थिक भार कम पर्ने गरि मुआब्जा निर्धारण गरेको बताए । धादिङमा भने प्रमुख जिल्ला अधिकारी नभएकोले मुआब्जा निर्धारण हुन सकेको छैन ।
बुढीगण्डकी विकास समितिका अनुसार, आयोजनाबाट गोर्खातर्फ १४ जिल्लाको ३० हजार ७८ रोपनी र धादिङ जिल्लातर्फ २८ हजार ७५ रोपनी जग्गा डुबानमा पर्छ । यो तथ्यांकभित्र लालपुर्जा नभएको, ऐलानी, गुठी लगायतका जग्गा समावेश छैन । त्यस्तो जग्गा ७ हजार रोपनी हुन सक्ने अनुमान आयोजनाको छ ।   डेढ महिनाभित्र निर्धारित मुआब्जाको लागि आवश्यक प्रकृया पुरा गरी तीन महिनाभित्र गोर्खातर्फको डुबान क्षेत्रका प्रभावितलाई वितरण गरिसक्ने लक्ष्य राखिएको छ । ‘तुरुन्तै प्रभावितलाई जग्गाको प्रमाणसहित आउनका लागि सार्वजनिक रुपमा आह्वान गर्छौ, ३५ दिनभित्र आएपछि त्यसपछि १० दिनभित्रै त्यसको प्रमाणीकरण गरेर तुरुन्तै मुआब्जा वितरण सुरु गरिहाल्छौ ।’– बुढीगण्डकी विकास समितिका अध्यक्ष डा. लक्ष्मीप्रसाद देवकोटाले भने–‘तीन महिनाभित्रै वितरण गरिसक्ने लक्ष्य छ, जलाशययुक्त आयोजनामा मुआब्जा निर्धारण सबैभन्दा गाह्रो पक्ष हो, यो सफलतापूर्वक सम्पन्न भएको छ ।’
मुआब्जा निर्धारण गर्दा अति गरिब वर्गलाई समेत समेटिएको समितिले जनाएको छ । समितिका अनुसार, प्रभावितको ५ रोपनी जग्गा भन्दा कम भएका प्रारम्भिक मुआब्जा रकमको १५ प्रतिशत र १० रोपनीभन्दा कम हुनेलाई १० प्रतिशत थप गरिनेछ । यसअनुसार ५ रोपनी भन्दा कम जग्गा छ भने १५ प्रतिशत थप मूल्य जोड्दा उसले प्रति रोपनी ९ लाख ६० हजार र १० रोपनीसम्म मात्रै जग्गा भएकाहरुले भने प्रति रोपनी अधिकतम मूल्यमा १० प्रतिशत थप रकम जोडेर ९ लाख १८ हजार ५ सय मुआब्जा पाउने छन् ।
पछिल्लो समयमा आयोजना प्रभावित क्षेत्रमा भुमाफियाहरुको चलखेल बढेको चर्चा परिचर्चा भईरहेको बेला २०६९ सालमा बुढीगण्डकी समिति गठन भएपछि बाहिरबाट आएर जग्गा किन्नेहरुले भने प्रारम्भिक मुआब्जाभन्दा ३० प्रतिशत कम मात्र मुआब्जा पाउनेछन् । ‘सम्वन्धित गा.वि.स. का वासिन्दाले सम्वन्धित गा.वि.स. अन्तर्गत नै खरिद गरेको र नामसारी गरेको जग्गामा भने ३० प्रतिशत कम गरिने छैन ।”–प्रमुख जिल्ला अधिकारी भट्टले भने । समितिका अनुसार, आयोजनाबाट प्रभावित हुने आरुघाट र आरखेत गाविसको मुआब्जा निर्धारण भने दोस्रो चरणमा हुनेछ । 
गोर्खातर्फका प्रभावितले प्रति रोपनी जग्गाबाहेक वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) अनुसारनै घर, गोठ, उद्योग, कलकारखाना, बोटविरुवा, फलफूल, विभिन्न व्यवसाय लगायतका सम्पत्ति क्षति भएवापतको छुट्टै क्षतिपुर्ति पाउनेछन् । हाल ईआईएको प्रतिवेदन भने वातावरण मन्त्रालयमा गएर अड्किएको छ । 
समितिका अनुसार, गोरखाको घ्याल्चोक, भुम्लीचोक, दर्बुङ, फुजेल, नाम्जुङ, बुंकोट, बोर्लाङ, अश्राङ, धावा, आरुपोखरी,आरुआर्वाङ, आरुचनौटे, थुमी र तान्द्राङ गरि १४ गाविसको दररेट कायम गरिएको छ । समितिका अनुसार, प्रतिरोपनी बाक्लो बस्ती र मुल मोटरबाटो जोडिएका दायाँ वायाँका जग्गाले ८ लाख ३५ हजार, मुल मोटरबाटोसँग जोडिएका दायाँबायाँ जग्गाले ८ लाख ४ हजार, अन्य घरवस्ती क्षेत्र र सहायक मोटरबाटोमा पर्ने जग्गाले ७ लाख ७३ हजार, खेत अब्बल जग्गाले ७ लाख ४२ हजार, खेत दोयम जग्गाले ७ लाख ११ हजार मुआब्जा पाउनेछन् । खेत सिम जग्गाले ६ लाख ८० हजार, खेत चाहारले ६ लाख ४९ हजार, बारी अब्बलले ६ लाख १८ हजार, बारी दोयमले ५ लाख ८७ हजार, बारी सिम जग्गाले ५ लाख ५६ हजार र बारी चाहार जग्गाले ५ लाख २५ हजार पाउनेछन् ।  
पहिलो चरणमा तिन गाविसमा 
समितिले पहिलो चरणमा गोरखाको घ्याल्चोक, भुम्लीचोक र दर्बुङ गाविसमा मुआब्जा दिने निर्णय गरेको छ । यी ३ गाविसका ४ हजार रोपनी जग्गाका लागी ३ अर्ब रुपैया मुआब्जा दिनुपर्ने समितिको निष्कर्ष छ । सम्बन्धीत जग्गाधनिहरुलाई मुआब्जा रकम बुझ्नका लागी जिल्ला प्रसासन कार्यालयमा सम्पर्क राख्न सुचना प्रकाशीत गर्ने प्रमुख जिल्ला अधिकारी भट्टले बताए । अन्य गाविसमा क्रमशः रुपमा मुआब्जा वितरण अघि बढाउने उनले जानकारी दिए । 
पुर्नस्थापनका लागि सरकारलाई सिफारिस
समितिले डुबान क्षेत्रमा परी सम्पूर्ण घर जग्गा अधिग्रहणमा परेका र अन्यत्र घर जग्गा नभएका घरधुरीलाई पुनर्वास व्यवस्थापनका लागी एकिन भएका स्थानहरुमा प्रति घरधुरी १ रोपनी जग्गा र  १० लाख रुपैयासम्मको पुनर्वास अनुदान समायोजित मूल्यमा दिन  नेपाल सरकार समक्ष सिफारिस गरेको छ । यस्तै, एकिकृत शहरी विकासको अवधारणा अनुसार पुर्नवासबारे योजना सार्वजनिक गर्न र पूर्वाधार निर्माणका सबै कार्यहरु गर्न तथा सम्पूर्ण घर जग्गा डुबानमा परी अन्यत्र जग्गा जमिन र घरवासको व्यवस्था नभएका, न्यून जग्गा जमिन भएका, गरिबीको रेखामुनी भएका परिवारहरुलाई विशेष प्राथमिकता दिई सम्बोधन गर्न नेपाल सरकार समक्ष सिफारिस गरेको छ । 
मोडेलको टुंगो लाग्न बाँकी
हाल विकास समितिमार्फत अघि बढीरहेको बुढीगण्डकी जलविद्युत आयोजनाको मोडेल भने टुंगो लाग्न बाँकी छ । एक बर्ष अघिनै परामर्शदाता ट्राकबेलले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) दिईसकेर ईआईएबाहेक टुंगो लागिसकेपनि अझै मोडेलको टुंगो लाग्न बाँकी छ । उर्जा मन्त्री जर्नाद्धन शर्माले आयोजनालाई कम्पनी मोडेलमा लैजाने गरी मन्त्री परिषदमा प्रस्ताव लगेकोमा अर्थ मन्त्रालयको स्वीकृति नभएको भन्दै फर्काएपछि सो स्वीकृतिका लागि दुई महिना अर्थ मन्त्रालयमा पुगेको छ तर अर्थले स्वीकृति नदिँदा अघि बढ्न सकेको छैन । सन् २०१४ मै सुरु गरेर सन् २०२२ मा निर्माण पुरा गर्ने लक्ष्य राखेपनि आयोजनामा ढिलाई भईरहेको समितिले जनाएको छ । सरकारले आर्थिक व्यवस्थापनसहितको स्पष्ट मोडेल तयार गरेमा आयोजनाको निर्माण कार्य तत्काल हुने सम्भावना छ । 
बजेट अपुग हुने
आयोजनाबाट करिब ३ हजार ५ शय ६० घरधुरी विस्थापित हुनेछन्  । यसबाट  आर्थिक रुपमा ४ हजार ५ शय ५७ घरधुरी प्रभावित भई कुल ८ हजार १ शय १७ घरधुरी प्रभावित हुने बुढिगण्डकी जलविद्युत आयोजना विकास समितीले जनाएको छ । आयोजनाबाट भौतिक रुपमा  २० हजार २ शय ६० र आर्थिक रुपमा  २५ हजार ३ शय ५१ जना प्रभावित हुनेछन् । करिव २ खर्ब ५९ अर्बको लागत अनुमान गरिएको आयोजनाको लागि ६१ अर्ब मुआब्जा तथा पुर्नस्थापनका लागि प्रस्तावित गरिएको छ । ६१ अर्ब मध्ये ४३ अर्ब मुआब्जा र १८ अर्ब पुर्नस्थापनाका लागि अनुमान गरेपनि अहिलेको मुआब्जा रकमले नपुग्ने देखिएको छ । विकास समितिका अधिकारीहरुको अनुसार, प्रति रोपनीका साथै अन्य क्षतिपुर्ति र पुर्नस्थापनका लागि करिब एक खर्ब लाग्ने अनुमान छ । 


http://www.karobardaily.com/%E0%A4%AC%E0%A5%82%E0%A4%A2%E0%A5%80%E0%A4%97%E0%A4%A3%E0%A5%8D%E0%A4%A1%E0%A4%95%E0%A5%80%E0%A4%AE%E0%A4%BE-%E0%A4%AE%E0%A5%81%E0%A4%86%E0%A4%AC%E0%A5%8D%E0%A4%9C%E0%A4%BE-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A4%E0%A4%BF%E0%A4%B0%E0%A5%8B%E0%A4%AA%E0%A4%A8%E0%A5%80-%E0%A4%B8%E0%A4%B5%E0%A4%BE-%E0%A5%AE-%E0%A4%B2%E0%A4%BE%E0%A4%96%E0%A4%B8%E0%A4%AE%E0%A5%8D%E0%A4%AE

Sunday, November 27, 2016

जलविद्युत् आयोजनाको वातावरणीय अध्ययन स्वीकृति सहज बनाईंदै

    कारोबार संवाददाता   0 + -

फाइल फोटो
काठमाडौं : जलविद्युत् आयोजनाहरूको वातावरणीय अध्ययन स्वीकृति सहज हुने भएको छ । प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) स्वीकृतिलाई छोट्याउने गरी ल्याएको नयाँ कार्यविधिले जलविद्युत् आयोजनाहरूको वातावरणीय अध्ययन सहज बन्न लागेको हो । 
एक महिनाअघि ऊर्जामन्त्री जनार्दन शर्माले स्वीकृति गरेपछि कार्यान्वयनमा आएको सो कार्यविधिअनुसार जलविद्युत् प्रवद्र्धकले विद्युत् विकास विभागमा निवेदन दिएपछि फेरि ऊर्जा मन्त्रालयमा गएर पुनरावलोकन गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।
“नयाँ कार्यविधिअनुसार, विभाग र मन्त्रालय दुवैमा पुनरावलोकन गर्ने व्यवस्था हटाएर एक रूपता कायम गरेपछि वातावरण अध्ययनको काम अघि बढाउन सहज भएको छ ।” विभागका महानिर्देशक नवीनराज सिंहले भने, “अहिले दैनिक जसो आईईईको पुनरावलोकन भइरहेको छ, अब पहिलाको झैं वातावरण अध्ययन स्वीकृतिमा ढिलाइ भएको गुनासो आउने छैन ।”
उनका अनुसार, निवेदन दिएको तीन दिनभित्र आवश्यक विवरण नपुगेमा त्यो मगाउने र आएको तीन दिनभित्र पुनरावलोकन समितिको बैठक बोलाएर साताभित्र टुंग्याउने गरी कार्यविधिले व्यवस्था गरेको छ । 
५० मेगावाटभन्दा ठूला जलविद्युत् आयोजनाले ईआईए गर्नुपर्छ भने ५० मेगावाटभन्दा साना आयोजनाले आईईई गर्नुपर्ने कानुनी व्यवस्था छ ।
आईईई ऊर्जा मन्त्रालयले र ईआईए ऊर्जा मन्त्रालयको सिफारिसमा वातावरण मन्त्रालयले स्वीकृति गर्ने व्यवस्था छ । तर वातावरण मन्त्रालयले लामो समय लगाएका कारण नेपाल विद्युत् प्राधिकरण र अन्य निजी प्रवद्र्धकले हैरानी खेप्दै आउनुपरेको छ । 
५० मेगावाटभन्दा ठूला जलविद्युत् आयोजनाको ईआईए भने ऊर्जाको सिफारिसमा वातावरण मन्त्रालयले स्वीकृत गर्छ ।
जलविद्युत् विकासकर्ताले दिएको निवेदनका लागि विभागका उपमहानिर्देशकको संयोजकत्वमा ऊर्जाको वातावरण शाखा, वन मन्त्रालयको प्रतिनिधिका साथै विभागको कानुन र वातावरण विज्ञलाई सदस्यको रूपमा पुनरावलोकन समिति गठन गरिएको छ । समितिले समयमै पुनरावलोकन गरी मन्त्रालय पठाउने र छोटो समयमै काम हुने दाबी महानिर्देशक सिंहको छ । 
विभागका अनुसार, जलविद्युत् आयोजनासहित प्रसारण लाइनका आयोजनाको वातावरणीय अध्ययनमा समेत यही व्यवस्था छ ।
नयाँ व्यवस्था कार्यान्वयनसँगै केही सहज वातावरण अघि बढे पनि विगतमा भने वातावरण स्वीकृतिका लागि लामो समय लाग्ने र धाउँदा–धाउँदै हैरान हुने अवस्था थियो ।
जलविद्युत् प्रवद्र्धकहरू सरकारले प्रक्रिया छोट्याउनु सकारात्मक भए पनि कार्यान्वयन पक्षलाई जोड नदिए पहिलाकै जस्तै झन्झटिलो अवस्था रहिरहने बताउँछन् । 
http://www.karobardaily.com/%E0%A4%9C%E0%A4%B2%E0%A4%B5%E0%A4%BF%E0%A4%A6%E0%A5%8D%E0%A4%AF%E0%A5%81%E0%A4%A4%E0%A5%8D-%E0%A4%86%E0%A4%AF%E0%A5%8B%E0%A4%9C%E0%A4%A8%E0%A4%BE%E0%A4%95%E0%A5%8B-%E0%A4%B5%E0%A4%BE%E0%A4%A4%E0%A4%BE%E0%A4%B5%E0%A4%B0%E0%A4%A3%E0%A5%80%E0%A4%AF-%E0%A4%85%E0%A4%A7%E0%A5%8D%E0%A4%AF%E0%A4%AF%E0%A4%A8-%E0%A4%B8%E0%A5%8D%E0%A4%B5%E0%A5%80%E0%A4%95%E0%A5%83%E0%A4%A4%E0%A4%BF-%E0%A4%B8%E0%A4%B9%E0%A4%9C-%E0%A4%AC%E0%A4%A8%E0%A4%BE%E0%A4%88%E0%A4%82%E0%A4%A6%E0%A5%88

Saturday, November 26, 2016

लोडसेडिङ घटाउन भारतकै भर पर्नुपर्ने

    भीम गौतम    0 + -

काठमाडौं : आगामी हिउँदमा लोडसेडिङ न्यूनीकरणका लागि भारतकै भर पर्नुपर्ने देखिएको छ । उपत्यकालाई लोडसेडिङमुक्तको अवस्थामा कायम राखिराख्न पनि  भारतमै भर पर्नुपर्ने स्थिति छ ।
अहिले भारतबाट २ सय ५० मेगावाट हाराहारीमा र गत हिउँदमा ३ सय ४७ मेगावाटसम्म आयात गरेको विद्युत् प्राधिकरणले आगामी हिउँदमा थप २ सय २० मेगावाट थप गर्ने लक्ष्य राखेको छ ।
प्राधिकरणले आगामी माघ र फागुनमा सबैभन्दा बढी १४ सय ७५ मेगावाट माग पुग्ने र यसका लागि भारतबाट आयातीत बिजुली ५ सय ५० मेगावाट पुग्ने प्रक्षेपण छ ।
लक्ष्यअनुसार नै भारतबाट विद्युत् आयात भएमा आगामी हिउँदमा नेपालको उत्पादन ४ सय ९० मेगावाटमात्र हुनेछ । भारतबाट ५ सय ५० सय मेगावाट आयात भए भारतबाट आयातीत बिजुलीको मूल्यमात्र चालू वर्षमा झण्डै ४० अर्ब नाघ्ने अनुमान प्राधिकरणको छ ।
गत वर्ष प्राधिकरणले १६ अर्बबराबरको विद्युत् आयात गरेको थियो भने चालू वर्षमा दोब्बरभन्दा बढी बिजुली आयात गर्ने योजना प्राधिकरणको छ । 
प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले भारतबाट थप २ सय २० मेगावाट ल्याउन सकियो भने अहिलेकै लोडसेडिङको अवस्थालाई निरन्तरता दिन सकिने बताए ।
“आगामी माघमा १४ सय ७५ मेगावाट माग पुग्ने र भारतबाट २ सय २० मेगावाट थप आयातीतसहित विद्युत् प्राधिकरण र निजी क्षेत्रबाट उत्पादित गरी ९ सय ४० मेगावाट आपूर्ति र ५ सय ३० मेगावाट लोडसेडिङ हुने अपेक्षा गरेका छौं,” उनले भने ।
उनका अनुसार भारतबाट थप ल्याउने भनेको २ सय २० मेगावाटको बिजुली आयातको ग्यारेन्टी नभई आशावादीमात्र बन्नुपरेकोले पनि नआएको खण्डमा उद्योग व्यवसायीहरूसँग रहेका क्याप्टिभ प्लान्टहरू सञ्चालन गर्नका लागि प्राधिकरणले प्रयास गरिरहेको छ । 
हालै विद्युत् प्राधिकरण र भारतीय नेपालले टनकपुरको सबस्टेसनमा हाल रहेको ५० एमभीएको ट्रान्सफर्मर स्तरोन्नति गरेर एक सय एमभीए बनाई थप ४० मेगावाट आयात बढाउन प्राविधिक अध्ययन अघि बढाउने विषयमा छलफल भएको थियो ।
लोडसेडिङ न्यूनीकरणका लागि महत्वपूर्ण ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रशारण लाइनबाट थप बिजुली ल्याउन आवश्यक देखिएको ढल्केबर सबस्टेसन निर्माण सम्पन्न गर्न केही ढिलाइ हुने देखिएको छ ।
त्यसकारण प्राधिकरणले विकल्पको रूपमा एक सय एमभीएको ट्रान्सफर्मर थप गरेर ८० मेगावाट बिजुली थप गर्न प्राविधिक अध्ययन गर्ने गृहकार्य गरिरहेको छ ।
समयमै ढल्केबर सबस्टेसन बन्न सक्ने अवस्था नदेखिएपछि थप एक सय एमभीएको ट्रान्सफर्मर राखेरै भए पनि बिजुली ल्याउने योजना प्राधिकरणले बनाएको एक उच्च अधिकारीले जानकारी दिए । 
त्यसैगरी आगामी डिसेम्बरभित्र प्रशारण लाइन निर्माण सम्पन्न गरेर १३२ केभीका कटैया–कुसाहा तथा रक्सौल–पवानीपुर प्रशारण लाइनबाट थप एक सय मेगावाट थप गर्ने योजना छ ।
यी सबै निर्माण र अध्ययनकै चरणमा रहेकाले प्राधिकरण थप २ सय २० मेगावाट आयात हुनेमा अझै पूर्ण ढुक्क छैन ।
“जुन माग पुग्ने अपेक्षा गरेका छौं, त्यसलाई घटाउन पिक आवर अर्थात् साँझको समयमा पानी तान्ने मेसिन, इन्भर्टर, हिटर, फ्रिजलगायत बढी बिजुली खपत गर्ने उपकरण प्रयोग नगर्न चेतना जगाउने अभियानमा छौं,” प्रवक्ता अधिकारीले भने, “माग घटाउनु उत्पादन बढाउनुसरह हो ।”
प्राधिकरणका अनुसार हाल कटैया–कुसाहाबाट १ सय १५ मेगावाट, ढल्केबर–मुजफ्फरपुरबाट ८० मेगावाट, महेन्द्रनगर–टनककपुरबाट २५ मेगावाटका साथै रामनगर नाकाबाट ४ मेगावाट, रक्सौलबाट ७ मेगावाट, जलेश्वरबाट ९ मेगावाट, नेपालगञ्जबाट १० मेगावाट, राजविराजबाट ४ मेगावाट र सिरहा नाकाबाट ४ मेगावाट विद्युत् आयात भइरहेको छ । 
http://www.karobardaily.com/%E0%A4%B2%E0%A5%8B%E0%A4%A1%E0%A4%B8%E0%A5%87%E0%A4%A1%E0%A4%BF%E0%A4%99-%E0%A4%98%E0%A4%9F%E0%A4%BE%E0%A4%89%E0%A4%A8-%E0%A4%AD%E0%A4%BE%E0%A4%B0%E0%A4%A4%E0%A4%95%E0%A5%88-%E0%A4%AD%E0%A4%B0-%E0%A4%AA%E0%A4%B0%E0%A5%8D%E0%A4%A8%E0%A5%81%E0%A4%AA%E0%A4%B0%E0%A5%8D%E0%A4%A8%E0%A5%87

विद्युत प्राधिकरणको वितरण निर्देशनालयको चालू सम्पत्ति २ अर्ब ३२ करोड

     भीम गौतम   0 + -

नेपाल विद्युत् प्राधिकरण
काठमाडौ :  नेपाल विद्युत् प्राधिकरण ग्राहक तथा वितरण निर्देशनालयको स्टक चालू सम्पत्ति २ अर्ब ३२ करोड पुगेको छ । अन्तरराष्ट्रिय मान्यताअनुसार एक प्रतिशतमात्र हुनुपर्ने चालू सम्पत्ति वितरण निर्र्र्देशनालयको ६.३९ प्रतिशत पुगेको हो ।
३६ अर्ब ४४ करोड १८ लाख कुल सम्पत्ति रहेको प्राधिकरणको एक प्रतिशत अर्थात् ३८ करोडभन्दा बढी हुनु हुँदैन, तर पछिल्लो वर्ष झन् बढ्दै गएको छ ।
आव २०७०/०७१ मा १ अर्ब ६८ करोड १२ लाख चालू स्टक सम्पत्ति रहेको प्राधिकरणको आव २०७१/०७२ मा २ अर्ब २६ करोड ९८ लाख पुगेको थियो । घट्दै जानुपर्नेमा गत वर्षसम्म बढेर २ अर्ब ३२ करोड ७० लाख रुपैयाँ पुगेको प्राधिकरणले जनाएको छ । 
कमिसनको लोभमा नयाँ–नयाँ सामानहरू किन्ने क्रम बढेर चालू सम्पत्ति बढ्दै गएपछि आव २०७०/०७१ सम्म वितरण निर्देशनालयले ३ प्रतिशतमा झार्ने योजना राखे पनि त्यो सफल भएन । त्यसपछि कार्यक्रम अघि बढेको छैन ।
प्राधिकरण ग्राहक तथा वितरण निर्देशनालयका उपकार्यकारी निर्देशक गोपालबाबु भट्टराई चालू स्टक सम्पत्ति घटाउन पहल गरे पनि विशेष गरेर कार्यक्रम अघि बढाउन नसकिएको स्वीकार्छन् । “प्रयास त गरिरहेका छांै तर प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन,” उनले भने । 
तीन वर्षअघि वितरण निर्देशनालयले स्टक रहेका सामान किनेमा कर्मचारीलाई कारबाही गर्ने निर्णयसमेत गरेको थियो ।
निर्देशनालयले स्टक रहेकै अवस्थामा त्यो नपुगेर थप किन्नुपर्ने मनासिव कारण देखिएमा उपकार्यकारी निर्देशकको स्वीकृतिमा मात्र किन्न पाउने व्यवस्था गरे पनि कार्यान्वयन भएको छैन ।
पहिले निर्माणको ठेक्काबाहेक अन्य सामानहरू प्राधिकरण आफैंले किन्दा कमिसनको लोभमा अनावश्यक चालू सम्पत्ति थुप्रिन थालेको भन्दै प्राधिकरणले सम्बन्धित ठेकेदारमार्फत नै सामान खरिद गर्ने टर्न कि कन्ट्याक्ट अघि बढाएको थियो ।
प्राधिकरण स्रोतका अनुसार, सम्बन्धित कार्यालय प्रमुखहरू सरुवा र अवकाशका साथै आव सिद्धिने बेलामा अनावश्यक सामान किन्ने विकृतिसँगै चालू स्टक सामान बढेको हो । 
प्राधिकरणका अनुसार, चालू स्टक सम्पत्ति आठ क्षेत्रीय कार्यालयमध्ये सबैभन्दा बढी काठमाडौंको ३२ करोड ९८ लाख र ग्राहक तथा वितरण निर्देशनालय (डीसीएस) को ३० करोड ५ लाख छ ।
त्यसैगरी विराटनगर क्षेत्रीय कार्यालयको ३६ करोड १८ लाख, जनकपुरको २३ करोड ७३ लाख, हेटौंडाको २१ करोड ९२ लाख, पोखराको १६ करोड १६ लाख, बुटबलको २४ करोड ४७ लाख, नेपालगन्जको २८ करोड ५१ लाख र अत्तरियाको १८ करोड ६४ लाख स्टक चालू सम्पत्ति रहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार, अघिल्लो वर्षभन्दा गतवर्ष पोखरा क्षेत्रीय कार्यालयको ३४.८८ र विराटनगरको २३.९१ प्रतिशत स्टक चालू सम्पत्ति बढेको छ भने प्राधिकरण वितरण निर्देशनालयले सबैभन्दा बढी २६.१७ प्रतिशत र अत्तरियाले ७.५४ प्रतिशत घटाएको छ ।
अन्य सबै क्षेत्रीय कार्यालयमा चालू स्टक सम्पत्ति बढेको छ । चालू स्टक सम्पत्ति बढ्दा प्राधिकरणलाई बढी घाटा हुने भए पनि नियन्त्रणका लागि विशेष कार्यक्रम ल्याउन सकेको छैन । 
http://www.karobardaily.com/%E0%A4%B5%E0%A4%BF%E0%A4%A6%E0%A5%8D%E0%A4%AF%E0%A5%81%E0%A4%A4-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%E0%A4%A7%E0%A4%BF%E0%A4%95%E0%A4%B0%E0%A4%A3%E0%A4%95%E0%A5%8B-%E0%A4%B5%E0%A4%BF%E0%A4%A4%E0%A4%B0%E0%A4%A3-%E0%A4%A8%E0%A4%BF%E0%A4%B0%E0%A5%8D%E0%A4%A6%E0%A5%87%E0%A4%B6%E0%A4%A8%E0%A4%BE%E0%A4%B2%E0%A4%AF%E0%A4%95%E0%A5%8B-%E0%A4%9A%E0%A4%BE%E0%A4%B2%E0%A5%82-%E0%A4%B8%E0%A4%AE%E0%A5%8D%E0%A4%AA%E0%A4%A4%E0%A5%8D%E0%A4%A4%E0%A4%BF-%E0%A5%A8-%E0%A4%85%E0%A4%B0%E0%A5%8D%E0%A4%AC-%E0%A5%A9%E0%A5%A8-%E0%A4%95%E0%A4%B0%E0%A5%8B%E0%A4%A1

Wednesday, November 23, 2016

भूकम्प प्रभावितद्वारा घर निर्माण सुरु

   कारोबार संवाददाता    0 + -

फाइल फोटो
काठमाडौ : १२ हजार भूकम्प प्रभावितले घर पुनर्निर्माण सुरु गरेका छन् । भूकम्पबाट अतिप्रभावित ११ जिल्लाका ५ लाख ३१ हजार भूकम्प प्रभावितमध्ये ११ हजार ९८९ जनाले बल्ल घर पुनर्निर्माण सुरु गरेका हुन् । 
सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइका अनुसार, विस्तृत घरधुरी सर्भेक्षण गरिसकिएका भूकम्प अतिप्रभावित जिल्लामा पुनर्निर्माण सुरु भएको छ ।
सहरी विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाइ प्रमुख शिवहरि शर्माले गाउँ–गाउँमा खटिएका इन्जिनियरको सहयोगमा पुनर्निर्माण भएका घरको तथ्यांक संकलन सुरु गरेको जानकारी दिए ।
कार्यान्वयन इकाइका अनुसार सिन्धुपाल्चोक, काभ्रे, गोरखा, रामेछाप, मकवानपुर, ओखलढुंगा र रसुवाबाट दोस्रो किस्ताको अनुदानका लागि निवदेन दिन पनि सुरु भइसकेको छ । 
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले निजी आवास पुनर्निर्माण कार्यविधि तयार भइसकेकाले त्यसका आधारमा इन्जिनियरले दोस्रो किस्ताका लागि सिफारिस गर्न सक्ने बताए ।
“पहिलो किस्ताको अनुदान रकम वितरण भइसकेकाले अब धेरैले घर निर्माण सुरु गर्नेछन्,” उनले भने । प्राधिकरण स्रोतका अनुसार, सरकारको अनुदान पाएर हालसम्म एउटा पनि घर पुनर्निर्माण भएको छैन ।
३० फागुनदेखि नै प्राधिकरणले पहिलो किस्ता वितरण गर्न सुरु गरेको थियो । अनुदान पाएको आठ महिनासम्म पनि प्रभावितले घर पुनर्निर्माण सुरु नगरेपछि प्राधिकरणप्रति असन्तुष्टि बढ्दै गएको छ । 
संघीय तथा स्थानीय विकास मन्त्रालयका अनुसार, हालसम्म ४ लाख ७० हजार ५२४ घरधनीसँग अनुदान सम्झौता भैसकेको छ भने ४ लाख ३२ हजार ७३८ घरधनीको पहिलो किस्ताको अनुदान रकम बैंक खातामा जम्मा भएको छ । 
वर्तमान सरकारले भूकम्प प्रभावितलाई तीन किस्तामा तीन लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेअनुसार प्राधिकरणले अनुदान कार्यविधि संशोधन गरी स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाएको छ ।
नयाँ घोषणाअनुसार भूकम्प प्रभावितले पहिलो किस्तामा ५० हजार, जग हालिसकेपछि सहरी विकास मन्त्रालयले गाविस तथा नगरपालिकामा खटाएका इन्जिनियरको सिफारिसमा १ लाख ५० हजार र तेस्रो किस्ता १ लाख रुपैयाँ पाउनेछन् ।
प्राधिकरणका अनुसार दोस्रो र तेस्रो किस्ता प्राप्त गर्न भूकम्प प्रतिरोधी प्रविधिअनुसार घर पुनर्निर्माण गरेको हुनुपर्नेछ । उपत्यकामा अनुदान पाउने छनोट सूचीमा परेका काठमाडौंमा १६ हजार ४५९, भक्तपुरका ६ हजार २४ र ललितपुरमा ४ हजार ३२२ घरधनीसँग अनुदान सम्झौता भइसकेको  छ ।  
http://www.karobardaily.com/%E0%A4%AD%E0%A5%82%E0%A4%95%E0%A4%AE%E0%A5%8D%E0%A4%AA-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%AD%E0%A4%BE%E0%A4%B5%E0%A4%BF%E0%A4%A4%E0%A4%A6%E0%A5%8D%E0%A4%B5%E0%A4%BE%E0%A4%B0%E0%A4%BE-%E0%A4%98%E0%A4%B0-%E0%A4%A8%E0%A4%BF%E0%A4%B0%E0%A5%8D%E0%A4%AE%E0%A4%BE%E0%A4%A3-%E0%A4%B8%E0%A5%81%E0%A4%B0%E0%A5%81

Tuesday, November 22, 2016

बेलायती दाताद्वारा विद्यालय निर्माण

     कारोबार संवाददाता    0 + -

तस्विर : कारोबार
काठमाडौं : दैवीप्रकोप र द्वन्द्वपछिको उद्धार तथा राहतका लागि खाल्सा एड यूकेले गोरखाको नाम्जुङ गाविस–१ रातमाटेमा विद्यालय निर्माण गरेको छ । 
नेपालमा भूकम्पपछिको राहत र उद्धारका लागि सक्रिय रहेको खाल्साले चिनोको रूपमा भन्दै नाम्जुङमा कालिका अमरज्योति प्राथमिक विद्यालयको ५ कोठे भवन निर्माण गरेको हो ।
“नेपाललगायतका १७ देशमा हुने कुनै पनि दैवीप्रकोप र द्वन्द्वपछिको उद्धार र राहतका लागि हामी सक्रिय रहने अन्तरराष्ट्रिय संस्था हौं तर भूकम्पबाट विद्यालय धेरै क्षति भएर विद्यार्थी चौरमा पढिरहेको तस्बिर हेरेपछि चिनोको रूपमा मात्र यो विद्यालय बनाएका हौं ।”
गोरखाका जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदीसँगै विद्यालय भवनको उद्घाटनपछि अमरप्रित सिंहले भने । उनका अनुसार, नेपालका साथै भारत, इराक, सिरिया, यामन, फिलिपिन्स, यूके, बंगलादेश, अस्ट्रेलिया, बर्मा, म्यानमार, अमेरिका, मलेसिया, श्रीलंका, पाकिस्तान, अफगानिस्तान र लिबियामा खाल्साले उद्धार र राहतको काम गर्दै आएको छ । 
नेपालमा भूकम्प गएपछि राति २ बजे आएको खाल्साको स्वयंसेवक टोलीले तत्काल भूकम्प प्रभावितलाई २४ हजार बोत्तल खानेपानी वितरण गर्नुका साथै  सुन्दरीजल, नारायणहिटी, टुडिखेल, सितापाइला, छाउनीलगायतमा खानेपानी ट्यांकी स्थापना गरेको थियो ।
सिंहका अनुसार, प्रभावित क्षेत्रमा ४ हजार ५ सय जनालाई ब्लाङकेट, एक हजारलाई सोलार लाइन र १५ हजारलाई जस्तापाता समेत वितरण गरेको थियो ।
खाल्साले भूकम्पपछि टँुडिखेल र आसपासमा बसेका १० हजार प्रभावितलाई ५१ दिनसम्म निःशुल्क बिहान बेलुकाको खाना र खाजाको व्यवस्थासमेत गरेको थियो । 
विद्यालयमा विद्यार्थीहरू चौरमा पढिरहेको, कतिपय विद्यार्थीले विद्यालय छाडेको खबरपछि एनसीआईपी नेपालको सहकार्यमा १८ लाख ९४ हजारको लागतमा यो विद्यालय भवन बनेको खाल्साले जनाएको छ ।
दलित र लोपोन्मुख माझी समुदायका बालबालिकालाई विद्यालय निर्माणले ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ । जिल्ला शिक्षा अधिकारी सुवेदीले विद्यालय भवन बनिसकेकाले अब बालमैत्री पठनपाठनमा ध्यान दिनुपर्ने बताए । 
भूकम्प गएलगत्तै चौरमा र पछि अस्थायी टहरामा बसेर पढेका विद्यार्थीहरू भवन निर्माणपछि खुसी भएका छन् । विद्यार्थी संगीता नेपालीले पहिला चौरमा बसेर पढे पनि अहिले विद्यालय बनेर धेरै सजिलो भएको बताइन् । 
विद्यालय भवन तीन महिनाअघि निर्माण सुरु गरिएको थियो । विद्यालयका प्रधानाध्यापक तिलकप्रसाद काप्री दलित र माझी समुदायका बालबालिका पढ्ने विद्यालयलाई सहयोग पाएकोमा खुसी छन् । “विद्यालय बनेको छ, अब यस विद्यालयमा पुस्तकालय बनाउन सके अझ धेरै फाइदा हुने थियो” उनले भने । 
             http://www.karobardaily.com/%E0%A4%AC%E0%A5%87%E0%A4%B2%E0%A4%BE%E0%A4%AF%E0%A4%A4%E0%A5%80-%E0%A4%A6%E0%A4%BE%E0%A4%A4%E0%A4%BE%E0%A4%A6%E0%A5%8D%E0%A4%B5%E0%A4%BE%E0%A4%B0%E0%A4%BE-%E0%A4%B5%E0%A4%BF%E0%A4%A6%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%B2%E0%A4%AF-%E0%A4%A8%E0%A4%BF%E0%A4%B0%E0%A5%8D%E0%A4%AE%E0%A4%BE%E0%A4%A3

Monday, November 21, 2016

जलविद्युत् प्रवद्र्धकलाई सहजीकरण गर्दै विद्युत् विकास विभाग

     भीम गौतम    0 + -


काठमाडौं  : विद्युत् विकास विभागले प्रत्येक जलविद्युत् आयोजनाहरूका लागि छुट्टाछुट्टै रूपमा सहजीकरण सुरु गरेको छ । सरकारी निकायबीचको समन्वय अभावका कारण प्रक्रियागत झन्झटले हैरानी खेपेका जलविद्युत् प्रवद्र्धकलाई प्रोत्साहनका लागि विभाग आफैंले सहजीकरण सुरु गरेको हो ।
विभागबाट अन्य निकायमा पठाए पनि सम्बन्धित कार्यालयबाट स्वीकृति तथा अनुमति दिन ढिलाइ भई आयोजनाहरू समयमै निर्माण अघि बढ्न नसकेपछि प्रत्येक आयोजनाहरूको छुट्टाछुट्टै सहजीकरण गर्न सुरु गरिएको विभागका महानिर्देशक नवीनराज सिंहले जानकारी दिए ।
“पहिला विद्युत् विभागले स्वीकृति वा अनुमतिका लागि पत्र लेखेपछि चुप लागेर बस्ने अवस्था थियो, अहिले प्रत्येक आयोजनाको फाइल कहाँ पुगेको छ भनी पछ्याउन सुरु गरेका छौं ।” उनले भने, “प्रवद्र्धकहरूलाई सहजीकरण गर्दा यसले जलविद्युत् आयोजनाहरू छिटो अघि बढाउन सहज हुन्छ ।”
विद्युत् विकास विभागमा अनुमतिपत्र वा अन्य स्वीकृतिका लागि निवेदन दिएपछि विभिन्न मन्त्रालय र निकायमा पुगेर फर्कन ७ वर्षसम्म लागेका उदाहरण छन् । सामान्य चिठीपत्रका लागि समेत महिनौं लाग्ने गरेको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इप्पान) ले जलविद्युत् आयोजनाहरूको विकासका लागि ७ मन्त्रालय, २३ निकाय र ३६ कानुन टेक्नुपर्ने र धेरै हैरानी खेप्नुपरेको बताउँदै एकद्वार प्रणाली विकास गर्न आग्रह गर्दै आएको छ ।
ऊर्जा, वन, वातावरण, अर्थ, रक्षा, गृह र उद्योग मन्त्रालयका साथै नेपाल विद्युत् प्राधिकरण लगायतका निकायमा विभिन्न स्वीकृति र अनुमतिका लागि जलविद्युत् प्रर्वद्धकहरू जानुपर्ने हुन्छ तर ती निकायमा पुगेका फाइल आइपुग्न महिनौं लाग्छ । 
१५ हजार मेगावाटभन्दा बढीले लाइसेन्स लिए पनि निर्माणको चरणमा भने ३३ सय मेगावाट मात्र छन् भने अधिकांश प्रक्रियागत झन्झटमा छन् ।
कतिपय राम्रा प्रवद्र्धकहरू छिटो प्रक्रिया अघि बढाउन मन्त्रालयदेखि प्राधिकरणसम्म धाउँछन् भने कतिपय प्रक्रिया अघि बढाएर चुप लाग्ने पनि गरेका छन् ।
विभागका अधिकारीहरू सहजीकरण अभियानले लाइसेन्स ओगटेर बस्न चाहानेलाई समेत सचेत बनाउने बताउँछन् । “कुनै विवरणहरू पुगेनन् भने पनि तुरुन्तै सम्बन्धित प्रवद्र्धकहरूलाई खबर गर्न थालेका छौं, यसले कतिपय सरकारी प्रक्रियागत झन्झटलाई आधार देखाएर लाइसेन्स ओगट्नेलाई समस्या परेको छ,” ती अधिकारीले भने ।     
विभागका महानिर्देशक सिंह भने सहजीकरण अभियानले विभिन्न निकायमा अड्किएर रहेका फाइलहरूको काम छिटो टुंगिने र यसले समग्र जलविद्युत् उत्पादनको काममा समेत सकारात्मक प्रभाव पार्ने बताउँछन् । 
ऊर्जा क्षेत्रको समस्या समाधानका लागि प्रधानमन्त्री, ऊर्जामन्त्री, ऊर्जासचिव लगायतको नेतृत्वमा विभिन्न समिति भए पनि त्यो समिति पुग्नु अघि नै विभागभित्रै समस्या समाधान गर्ने गरी विभाग अघि बढेपछि निजी क्षेत्रका प्रवद्र्धकसमेत खुसी भएका छन् ।
विभागका कर्मचारी आफंैले प्रवद्र्धकहरूलाई फोन गरेर यो–यो विवरण पुगेको छैन, छिटो ल्याउनुहोस् भनेर फोन गरेपछि उनीहरूमा पनि केही आशा पलाएको छ । 
http://www.karobardaily.com/%E0%A4%9C%E0%A4%B2%E0%A4%B5%E0%A4%BF%E0%A4%A6%E0%A5%8D%E0%A4%AF%E0%A5%81%E0%A4%A4%E0%A5%8D-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%B5%E0%A4%A6%E0%A5%8D%E0%A4%B0%E0%A5%8D%E0%A4%A7%E0%A4%95%E0%A4%B2%E0%A4%BE%E0%A4%88-%E0%A4%B8%E0%A4%B9%E0%A4%9C%E0%A5%80%E0%A4%95%E0%A4%B0%E0%A4%A3-%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%A6%E0%A5%88-%E0%A4%B5%E0%A4%BF%E0%A4%A6%E0%A5%8D%E0%A4%AF%E0%A5%81%E0%A4%A4%E0%A5%8D-%E0%A4%B5%E0%A4%BF%E0%A4%95%E0%A4%BE%E0%A4%B8-%E0%A4%B5%E0%A4%BF%E0%A4%AD%E0%A4%BE%E0%A4%97

Sunday, November 20, 2016

टनकपुरबाट ३० मेगावाट विद्युत आयातको सम्झौता

     भीम गौतम   

print 0 + -
विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक जगदीश्वरमान सिंह र भारतको पावर ट्रेड कम्पनीका निर्देशक हरिसशरण विद्युत् खरिदसम्बन्धी सम्झौता साटासाट गर्दै
काठमाडौं : भारतबाट आउँदो शुक्रबारदेखि ३० मेगावाट विद्युत् आयात गर्ने सम्झौता भएको छ । हिउँदमा हुने लोडसेडिङ न्यूनीकरण गर्न नेपाल विद्युत् प्राधिकरण र भारतको पावर ट्रेड कम्पनी (पीटीसी) बीच मंसिर १० देखि विद्युत् आयात गर्ने औपचारिक सम्झौता भएको हो । 
प्राधिकरणका उपकार्यकारी निर्देशक जगदीश्वरमान सिंह र पीटीसीका निर्देशक हरिसशरणबीच विद्युत् खरिदसम्बन्धी सम्झौता भएको हो ।
यस्तै, प्राधिकरण विद्युत् व्यापार विभाग प्रमुख एवं प्रवक्ता प्रवल अधिकारी र पीटीसीका निर्देशक शरणबीच सम्झौता आदानप्रदान भएको प्राधिकरणले जनाएको छ । 
टनकपुर–महेन्द्रनगर प्रशारणलाइनबाट ३.४४ भारु अर्थात् ५.५० रुपैयाँ प्रतियुनिटमा चालू वर्षसम्म नेपालले भारतबाट सो विद्युत् आयात गर्ने गरी सम्झौता गरेको प्राधिकरणका प्रवक्ता अधिकारीले जानकारी दिए ।
उनका अनुसार, भारतले दिन लागेको यो बिजुली महाकाली सम्झौताअनुसार टनकपुरबाट भारतले नेपाललाई दिने ७ करोड युनिट निःशुल्क बिजुलीबाहेकको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित भारत गएको प्राधिकरणको टोली र भारतीय पक्षबीच टनकपुरबाट थप बिजुली आयातका लागि टनकपुरको सबस्टेसनको क्षमता अभिवृद्धिबारे समेत छलफल भएको छ ।
हाल रहेको ५० एमभीएको ट्रान्सफर्मर स्तरोन्नति गरेर एक सय एमभीएको बनाउनका लागि  चार दिनभित्र प्राधिकरण र भारतीय पक्षबीच प्राविधिक अध्ययन हुनेछ । अध्ययनको आधारमा यथाशीघ्र क्षमता बढाउन अघि बढाउन गृहकार्य गर्ने निर्णय पनि भएको प्रवक्ता अधिकारीले जानकारी दिए ।
एक सय एमभीएको ट्रान्सफर्मर राखेर थप ४० मेगावाट विद्युत् थप गर्न प्राधिकरणले भारतीय पक्षलाई छलफलको क्रममा प्रस्ताव समेत गरेको थियो । प्राविधिक अध्ययनको आधारमा थप बिजुली दिन भारतीय पक्ष सकारात्मक देखिएको अधिकारीले जानकारी दिए । 
नेपालको लोडसेडिङ न्यूनीकरणका लागि महत्वपूर्ण मानिएको ढल्केबर–मुज्जफ्फपुर अन्तरदेशीय प्रसारण लाइनबाट थप बिजुली ल्याउनका लागि आवश्यक देखिएको ढल्केबर सबस्टेसन निर्माण सम्पन्न गर्न केही ढिलाइ हुने देखिएको छ ।
विकल्पको रूपमा एक सय एमभीएको ट्रान्सफर्मर राख्नेबारे पनि प्राधिकरण र भारतीय पक्षबीच छलफल भएको छ । हाल एक सय एमभीएको ट्रान्सफर्मरमार्फत ८० मेगावाट आयात गरिरहेको नेपालले थप एक सय एमभीएको ट्रान्सफर्मर जडान गर्नका पावर ग्रीड कर्पोरेसन इन्डिया लिमिटेड (पीनीसीआईएल) लाई अनुरोध गरेको छ ।
छलफलमा ग्रीडले यसबारे सम्भावता अध्ययन गर्ने तथा भारतको केन्द्रीय विद्युत् प्राधिकरणसँग सहमति प्राप्त गरी एक महिनाभित्र संरचना बनाउनका लागि पहल गर्ने निर्णय गरेको प्रवक्ता अधिकारीले जानकारी दिए ।
उनका अनुसार, उपयुक्त देखिएमा एक महिनाभित्र आवश्यक पूर्वाधार तयार गरेर त्यसको एक हप्ताभित्र थप ८० मेगावाट विद्युत् आयात गर्ने गरी गृहकार्य अघि बढाउने निर्णय गरिएको छ । 
हाल निर्माणाधीन अवस्थामा रहेका १३२ केभीका कटैया–कुसाहा तथा रक्सौल पवानीपुर प्रसारण लाइनबाट थप एक सय मेगावाट विद्युत् आयात गर्ने निर्णय पनि दुई देशका अधिकारीहरूको छलफलले गरेको छ ।
छलफलकै क्रममा आगामी १५ डिसेम्बरभित्र प्रसारण लाइन निर्माण गरिसक्ने प्रसारण लाइन बनाइरहेको भारतीय वाकपोस कम्पनीले प्रतिबद्धता जनाएको र आगामी डिसेम्बर अन्त्यमा प्रसारण लाइन चार्ज गरिसकेर आयात गर्ने लक्ष्य राखिएको प्रवक्ता अधिकारीले जानकारी दिए । 
पाँच वर्षपछि बैठक बस्दै
नेपाल र भारतबीच विद्युत् आदानप्रदान समितिको बैठक ५ वर्षपछि आगामी डिसेम्बरको तेस्रो साता काठमाडौमा हुने भएको छ ।
प्रत्येक वर्ष भारतबाट आयातीत बिजुलीको मूल्य स्वतः ५.५ प्रतिशत वृद्धि गर्ने निर्णय गरेपछि सन् २०११ देखि सो बैठक बस्न नसकेकोमा बल्ल काठमाडौमा ११ औ बैठक बस्ने भएको हो ।
भारतबाट आयातीत बिजुलीको मूल्य महँगो भइरहेको र यसको पुनरावलोकन नहुँदा प्राधिकरण झन घाटामा गइरहेको छ । 
http://www.karobardaily.com/%E0%A4%9F%E0%A4%A8%E0%A4%95%E0%A4%AA%E0%A5%81%E0%A4%B0%E0%A4%AC%E0%A4%BE%E0%A4%9F-%E0%A5%A9%E0%A5%A6-%E0%A4%AE%E0%A5%87%E0%A4%97%E0%A4%BE%E0%A4%B5%E0%A4%BE%E0%A4%9F-%E0%A4%B5%E0%A4%BF%E0%A4%A6%E0%A5%8D%E0%A4%AF%E0%A5%81%E0%A4%A4-%E0%A4%86%E0%A4%AF%E0%A4%BE%E0%A4%A4%E0%A4%95%E0%A5%8B-%E0%A4%B8%E0%A4%AE%E0%A5%8D%E0%A4%9D%E0%A5%8C%E0%A4%A4%E0%A4%BE