कारोबार संवाददाता
काठमाडौ, १ मंसीर
बहुचर्चित १२ सय मेगावाटको बुढीगण्डकी जलाशययुक्त आयोजनाको काम निर्वाध रुपमा अघि बढाउने निर्णय उर्जा मन्त्री जर्नाद्धन शर्मा तथा प्रभावित क्षेत्रका सभासद्हरुले गरेका छन् ।
बुधबार उर्जा मन्त्री जर्नाद्धन शर्मासहित उर्जा मन्त्रालय र बुढीगण्डकी विकास समितिका पदाधिकारी, प्रभावित क्षेत्र धादिङ र गोर्खाका सांसदहरु तथा प्रमुख जिल्ला अधिकारीसहितको बैठकले निर्वाध रुपमा आयोजनाको काम अघि बढाउने निर्णय गरेका हुन् ।
एकीकृत सहरी विकासको अवधारणा अनुसार पुर्नबासबारे योजना सार्वजनिक गर्ने र पुर्वाधार निर्माणका कार्यहरु सरकारले गर्ने, सम्पूण घर जग्गा डुबानमा परी अन्यत्र जग्गा जमीन र घरवासको व्यवस्था नभएका, न्यून जग्गा जमीन भएका, गरिबीको रेखामुनि भएकाहरुलाई विशेष व्यवस्था अन्र्तगत सम्बोधन गर्ने, ऐलानी, गुठी जग्गामा वसोबास गर्दै आएकाहरुको र ऐलानी जग्गामा कृषि व्यवसाय सञ्चालन गर्नेहरुको हकमा पनि विशेष व्यवस्था गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी सुकुमबासीहरुको लागि विशेष निर्णय गर्ने, बाक्लोबस्ती र मूल मोटरबाटो दायावायाका, खेत अब्बल, खेत दोयम लगायतका जग्गा ११ वटा बर्गीकरण गरी मुआब्जा निर्धारण गर्नुका साथै घर, गोठ, उद्योग, कलकारखाना, बोटविरुवा लगायतका अन्य भौतिक संरचनाहरुको लगत लिन अलग्गै टोली अविलम्ब खटाउने र सोको मुल्यांकन गर िमुआब्जा दिने, आरुघाट, खहरे र आरखेल बजार क्षेत्रको मुआब्जा निर्धारणका लागि अविलम्ब विशेष टोली खटाउने, आरुघाट, खहरे र आरखेत लगायतका मुख्य बजार क्षेत्रहरुको हकमा तोकिएको वैकल्पिक स्थानमा स्थान्तरण गर्ने वा मुआब्जा लिने मध्ये दुवै विकल्प खुल्ला गर्ने निर्णय पनि गरिएको छ । द्धिपक्षीय छलफलको निर्णय अनुसार, माथिका योजनासहित गोरखा र धादिङका मुआब्जा निर्धारण समितिले गरेको मुआब्जा निर्धारणलाई सहयोग गर्ने बैठकले निर्णय गरेको छ ।
बैठकमा सांसद राजेन्द्र पाण्डे, चीनकाजी श्रेष्ठ, कमला पन्त, गंगालाल तुलाधार, गुरु बुर्लाकोटी, कृष्ण धिताल, दिलमान पाख्रिन, धनबहादुर घले, छमबहादुर गुरुङ, परशुराम तामाङ, रविन्द्रप्रताप शाह, एकनाथ ढकाल र आशा कोइराला, सहभागी रहेको उर्जा मन्त्रालयले जारी गरेको विज्ञिप्तमा उल्लेख छ । त्यसैगरी बैठकमा उर्जा सचिव अनुप उपाध्याय, बुढीगण्डकी विकास समितिका अध्यक्ष डा. लक्ष्मी देवकोटा, धादिङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदी र गोर्खाका प्रमुख जिल्ला अधिकारी नारायण भट्ट लगायत सहभागी थिए ।
No comments:
Post a Comment