खिम्ती–ढल्केबर प्रसारण लाइन
राजधानी समाचारदाताकाठमाडौं, २८ चैत
पाँच
वर्षदेखी निरन्तर अवरोध खेपिरहेको नेपालकै पहिलो २ सय २० केभीको
खिम्ती–ढल्केबर प्रसारण लाइनको निर्माण कार्य सुरु भएको छ । ६० पटकभन्दा
बढी स्थानीय अवरोध खेपेको ७५ किलोमिटर लामो खिम्ती– ढल्केबर प्रसारण लाइनको
काम आइतबारदेखि सुरक्षाकर्मी परिचालन गरी सुरु भएको हो ।
विद्युत्
आदानप्रदानका लागि महŒवपूर्ण मानिएको सो प्रसारण लाइन नेपाल विद्युत्
प्राधिकरणले सन् २००७ देखि सुरु गरेर दुई वर्षभित्र पूरा गर्ने लक्ष्य
राखेको थियो । तर, सिन्धुलीको कमलामाई नगरपालिका क्षेत्रमा स्थानीयवासीले
अवरोध गर्दै विभिन्न निकायमा उजुरी गरेका थिए । सन् २०११ देखि नै पटकपटक
सुरक्षाकर्मीसमेत परिचालन गरेर सुरु गर्ने लक्ष्य राखे पनि प्राधिकरण असफल
हुँदै आएको थियो ।
‘नेपालकै लागि
महŒवपूर्ण मानिएको नेपालकै पहिलो खिम्ती–ढल्केबर प्रसारण लाइन निर्माण लामो
अवरोधपछि सुरु भएको छ,’ विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज
काफ्लेले राजधानीसँग भने, ‘अबको पाँच महिनाभित्र प्रसारण लाइन निर्माणको
कार्य सम्पन्न हुन्छ ।’
आयोजना अघि
बढाउँदा स्थानीयवासीको अधिकार हनन हुनेलगायतका कारण जनाउँदै केही
स्थानीयवासीले विश्व बैंकदेखि राष्ट्रिय मानव अधिकार आयोगसम्मलाई गुहारेका
थिए । विश्व बैंकको केन्द्रीय कार्यालयमा उजुरी गरेपछि बैंकले उजुरी
सम्बन्धमा छानबिन गर्न टोली नै खटाएको थियो । सो टोलीले प्रतिवेदन दिनै
झन्डै साढे दुई वर्ष लगाएको थियो ।
गत
भदौमा विश्व बैंक सञ्चालक समितिले स्थानीयलाई सूचना दिनुपर्नेलगायतका केही
निर्देशनसहित उजुरीका आधारमा काम रोक्नुनपर्ने निर्णय गरेको थियो । त्यसपछि
पनि अवरोध गरेपछि सरकारले सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेकोमा पुनः
स्थानीयवासीले अवरोध गरेका थिए ।
सुरक्षाकर्मी
परिचालन नगर्न माग गर्दै स्थानीयवासीले चार महिनाअघि मानवअधिकार आयोगमा
उजुरी गरेका थिए । १० दिनअघि अर्थात १८ चैतमा आयोगले प्रसारण लाइन बनाउँदा
मानव
अधिकारको हनन नहुने भन्दै काम अघि बढाउन बाटो खुला गरेको थियो । आयोगको यो
निर्णयसँगै आइतबार ठेकेदारसहितको प्राधिकरण टोली सुरक्षाकर्मी लिएर
कमलामाई नगरपालिका–७ ठूलीटार पुगेको थियो ।
केही
स्थानीयवासी अवरोध गर्न आएपछि उनीहरूसँग छलफल गरेर काम अघि बढाइएको
प्रसारण लाइन आयोजना प्रमुख श्यामकुमार यादवले जानकारी दिए । ‘आज प्रसारण
लाइनको टावरहरूको बिन्दु पहिचान गरिएको छ, अब भोलि सोमबारदेखि खन्ने काम
सुरु हुन्छ,’ यादवले भने ।
सन् २०११
मै ९५ प्रतिशत काम सम्पन्न भए पनि सिन्धुली र आसपासका क्षेत्रमा ६ टावर
निर्माण र तीन टावर ठड्याउन बाँकी छ । यस्तै, १९ किलोमिटर तार तान्न बाँकी छ
। खिम्ती–ढल्केबर प्रसारण लाइन नबनेका कारण अहिले यस Ôेत्रमा उत्पादित
विद्युत् काठमाडांै, चितवन हु“दै करिब २ सय ५० किलोमिटर पार गरी
लैजानुपर्ने अवस्था छ । तर, यो प्रसारण लाइन बनेपछि ७५ किलोमिटरमै ढल्केबर
पु¥याउन सकिने प्राधिकरणले जनाएको छ । यही कारण अहिले दैनिक १० मेगावाट
विद्युत् चुहावट भएको छ भने प्राधिकरणले वर्षको एक अर्बबराबर घाटा
बेहोर्नुपरेको छ ।
प्रसारण लाइन
नबन्दा बर्खामा सिप्रिङखोला जलविद्युत् आयोजनालगायतमार्फत उत्पादित
विद्युत् खेर जाने गरेको प्राधिकरणले जनाएको छ । यही कारण बहुचर्चित ४ सय
५६ मेगावाटको दोलखाको निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट
उत्पादित विद्युत् यो प्रसारण लाइनको अभावमा खेर जाने भन्दै चिन्ता प्रकट
भइरहेको बेला निर्माण सुरु हुनुले सकारात्मक सन्देश दिएको छ ।
प्रसारण
लाइन बनेमा सिन्धुपाल्चोक, दोलखा र रामेछापलगायतका जलविद्युत्
आयोजनामार्फत १ हजार मेगावाट विद्युत् सजिलै ओहोरदोहोर हुनेछ । नेपाल र
भारतबीच हालै सम्झौता भएअनुसार ८० मेगावाट विद्युत् नेपाल आए पनि प्रसारण
लाइनको अभावमा काठमाडौं आउन सकेको छैन । तर, प्रसारण लाइन बनेपछि यी
प्रसारण लाइनको खिम्ती–लामोसाँघु हुँदै काठमाडांैमा विद्युत् ल्याउन सकिने
प्राधिकरण प्रसारण लाइन निर्देशनालयका उपकार्यकारी निर्देशक कन्हैया
मानन्धरले जानकारी दिए ।
‘यो प्रसारण
लाइन बनेपछि भारतबाट आयात गर्ने विद्युत् काठमाडांै ल्याउन बाटो खुल्नेछ,’
उनले भने, ‘विगतमा स्थानीय प्रशासनलगायतको सहयोगमा पटकपटक खुलाउने प्रयास
भए पनि अहिले आएर सम्भव भएको छ, यो एकदम खुसीको कुरा हो, अब यस क्षेत्रमा
उत्पादित विद्युत् ओहोरदोहोर गर्न धेरै सहज भएको छ,’ आयोजनाका अनुसार
हालसम्म सन् २०११ पछि मात्र ६० पटकभन्दा बढी अवरोध भइसकेको छ ।
http://rajdhani.com.np/article/0749499001460342106
No comments:
Post a Comment