Sunday, May 29, 2016

बजेट कार्यान्वयन अति जटिल

भीम गौतम / राजधानी
काठमाडौं, १५ जेठ
अर्थमन्त्री विष्णु पौडेलले शनिबार जारी गरेको आर्थिक वर्ष २०७३÷०७४ बजेट कार्यान्वयनमा धेरै जटिलता रहेको विज्ञ र पूर्वअर्थमन्त्रीलेऔंल्याएका छन् ।विगतमा समेत सरकारले २० प्रतिशतभन्दा बढी पुँजीगत खर्च गर्न नसकिरहेका बेला ठूलो आकारमा आएको बजेट कार्यान्वयनका लागि जटिलता रहेको उनीहरूले आंैल्याएका छन् । बजेटले पुँजी उत्पादनलाई बेवास्ता गर्दै उनीहरूले सामाजिक सुरक्षा, कर्मचारीको तलबलगायतमा जोड दिँदा मूल्य वृद्धि हुने आंैल्याएका छन् ।
‘दु्रतमार्गका साथै धेरै पूर्वाधारयुक्त आयोजनमा लगानी बढाउने कार्य बजेटले गरेको छ, यसलाई सकारात्मक रूपमा लिनुपर्छ,’ पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले भने, ‘बजेटले निश्चित क्षेत्रलाई फोकस गरेको छैन, धेरै ठाउँ छरिएको छ ।’ उनले पुँजीगत खर्च गर्नु सबैभन्दा चुनौतीको विषय रहेको उल्लेख गर्दै खर्च हुन नसकेमा यसले मूल्यवृद्धि गर्ने बताए । ‘अहिलेको अवस्थामा ६ दशमलव ५ प्रतिशत आर्थिक वृद्धि गर्न धेरै कठिन छ,’ उनले भने ।
पूर्वअर्थमन्त्री डा. रामशरण महतले अहिलेकै अवस्थाले विकास खर्च नहुने उल्लेख गर्दै बजेटले वित्तीय खतरा ल्याउन सक्ने बताए । ‘धेरै क्षेत्रलाई खुसी पार्ने रणनीतिका साथ ल्याइएको छ, आत्मकेन्द्रित यो बजेट कार्यान्वयनका लागि धेरै जटिलता छन्,’ उनले भने, ‘व्यावहारिकतालाई बजेटले ध्यान नदिएकाले यसको दुरुपयोगको सम्भावना पनि रहन्छ, यसले वित्तीय खतरा
ल्याउन सक्छ ।’
पूर्वअर्थमन्त्री वर्षामान पुन संविधान कार्यान्वयन, उत्पादन, रोजगारी, सामाजिक भत्ता, ठूला आयोजना अघि बढाउनेलगायतका पक्ष बजेटका सकारात्मक पक्ष भए पनि कार्यान्वयन गर्न धेरै जटिल अवस्था देखिन्छ । ‘कार्यान्वयन गर्ने संरचना स्पष्ट छैन, कर्मचारीको क्षमता पनि वृद्धि भएको छैन, यस्तो अवस्थामा कार्यान्वयनमा जटिलता छ,’ उनले भने, ‘यस्तो अवस्थामा बजेटमा जति घोषणा गरे पनि कार्यान्वयनमा धेरै जटिलता देखिन्छ ।’
सामाजिक भत्ता र कर्मचारीको तलब वृद्धि गर्दा १९ लाखलाई प्रत्यक्ष फाइदा देखिए पनि पौने ३ करोड जनसंख्याले महँगी बेहोर्नुपर्ने तर्क पनि कतिपयको छ । ‘कर्मचारीलाई तलब वृद्धि गर्नु र सामाजिक सुरक्षा बढाउनु सकारात्मक हो तर यसको कारण पौने ३ करोड सर्वसाधारणका लागि मूल्यवृद्धिको सम्भावना छ,’ राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेलले भने ।
उनले थपे, ‘५ प्रतिशत पूर्वाधार कर लगाउँदा पेट्रोलमा मात्र लगाएको र डिजेलमा नलगाएको भए केही महँगी घट्थ्यो, अर्को कर्मचारीको तलब वृद्धिले निजी क्षेत्रका उद्योगमा पनि दबाब बढेर महँगी बढ्न सक्छ ।’ उनका अनुसार, यी विविध कारणले महँगीले सर्वसाधारणको ढाड सेक्ने सम्भावना छ ।
समाजवादतर्फ उन्मुख बजेटमा मुख्यतया पुँजीको उत्पादन, सामाजिक सुरक्षा र बिमा तथा पुँजीको पुनर्विरणमा जोड दिनुपर्नेमा बजेटले पुँजी उत्पादनलाई खासै महत्व नदिएकोले यसले अर्थतन्त्रमा समस्या ल्याउन बताए । ‘सामाजिक सुरक्षा र बिमा तथा पुँजीको पुनर्वितरणसँगै पुँजी उत्पादनमा पनि जोड दिएको भए यसले सकारात्मक सन्देश दिन्थ्यो,’ उनले भने ।
ऊर्जा संकट, आवश्यक श्रमको व्यवस्थापन, कच्चा पदार्थको अभाव तथा बन्द, हडताल, अवरोध, अनावश्यक राजनीतिकरणलगायतका अराजकता बजेट कार्यान्वयनमा सबैभन्दा समस्या देखिएको छ । यी समस्या जस्ताकोत्यस्तै छन् । ‘सरकारको खर्च गर्ने क्षमता कमजोर छ, सबैभन्दा ठूलो समस्याका रूपमा देखिएको ऊर्जा संकट छ, ऊर्जा मन्त्रालयको खर्च हेर्ने हो भने अति कमजोर छ,’ पूर्वऊर्जा सचिव शीतलबाबु रेग्मीले भने, ‘सरकारको बजेट कार्यान्वयन गर्ने क्षमता एकैपटक बढ्दैन, विस्तारै बढ्दै जान्छ ।’ उनको भनाइमा बजेट कार्यान्वयनको भाइरसका रूपमा आर्थिक लेनदेन र दलगत स्वार्थ देखिएको छ ।
आर्थिक सर्वेक्षणले ऊर्जा संकटलाई अन्त्य गर्न सरकारी तथा निजी क्षेत्रको सक्रिय सहभागिता एवं साझेदारीमा विद्युत् परियोजना निर्माण गर्न तथा विद्युत् खरिद सम्झौता (पीपीए), जग्गा अधिग्रहण, स्थानीय अवरोध, श्रमसम्बन्ध र पूर्वाधार विकास आदिसँग देखिएका समस्यालाई सम्बोधन गर्नुपर्ने उल्लेख छ । उद्योग व्यवसायलाई पर्याप्त बिजुली दिन नसकेर उत्पादन वृद्धि नभएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
लगानी बढाउन खोज्नु सकारात्मक तर पुँजीगत खर्च गर्न धेरै चुनौती छ पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे
पुँजीगत खर्च हुने सम्भावना नभएकाले यसले वित्तीय खतरा ल्याउन सक्छ पूर्वअर्थमन्त्री डा. रामशरण महत
संरचना स्पष्ट छैन, कर्मचारीको क्षमता वृद्धि भएको छैन, कार्यान्वयनमा जटिलता छ पूर्वअर्थमन्त्री वर्षमान पुन
http://rajdhani.com.np/article/0892811001464485358

पुनर्निर्माण र जलविद्युत् सबैभन्दा बढी प्राथमिकतामा

राजधानी समाचारदाता
काठमाडौं, १५ जेठ
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष ०७३÷७४ को बजेटमा सबैभन्दा बढी प्राथमिकता भूकम्पपछिको पुनर्निर्माण रजलविद्युत्लाई दिएका छन् ।शनिबार सार्वजनिक बजेटमा पहिलो प्राथमिकतामा भूकम्पपछिको पुनर्निर्माण, पुनःस्थापना र नवनिर्माणलाई जोड दिइएको छ भने दोस्रो प्राथमिकतामा जलविद्युत् उत्पादन, प्रसारण लाइन विस्तार र वितरणलाई दिइएको छ । घरघरमा बिजुली, जनजनमा सेयर भन्ने
नारासहित आएको जलविद्युत् क्षेत्रमा आगामी वर्षभित्र आधारभूत रूपमा, दुई वर्षभित्र पूर्ण रूपमा र तीन वर्षभित्र वर्षायाममा बिजुलीमा आत्मनिर्भर हुने तथा १० वर्षभित्र निर्यात गर्ने गरी जलविद्युत् उत्पादन, प्रसारण र वितरणका आयोजना कार्यान्वयन गर्ने उल्लेख छ । ऊर्जा क्षेत्रमा सरकारले झन्डै ५० अर्ब रुपैयाँ छुट्याएको छ ।
बुढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा वितरणका लागि ४३ अर्ब आवश्यक भए पनि ५ अर्ब ३३ करोड छुट्याएको छ भने डिजेल तथा पेट्रोल आयातमा ५ प्रतिशत पूर्वाधार कर लगाई सो रकम बुढीगण्डकी जलविद्युत् आयोजनाका लागि खर्च गर्ने बनाएको छ । सोबाट थप ७ अर्ब रुपैयाँ उपलब्ध हुने अनुमान छ । त्यसैगरी सरकारले हालै सार्वजनिक गरेको १० वर्षभित्र १० हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्यसहितको ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी कार्ययोजना–०७२ लाई प्राथमिकताका साथ कार्यान्वयन घोषणा गर्दै बजेट छुट्याएको छ ।
पहिला सरकारले ५० प्रतिशत जलाशययुक्त आयोजना निर्माण गर्ने घोषणा गरको सार्वजनिक बजेटमा ४० प्रतिशत जलाशय तथा ६० प्रतिशत नदी प्रवाहमा आधारित (आरओआर) जलविद्युत् आयोजना बनाउने उल्लेख छ ।
भूकम्पपीडितलाई सहज रूपमा अनुदान उपलब्ध गराउने घोषणा गर्दै बजेटले नयाँ निर्माण हुने सार्वजनिक संरचनालाई भूकम्प प्रतिरोधी बनाउने र पुनर्निर्माणलाई नवनिर्माणसँग आबद्ध गर्ने उल्लेख गरेको छ । आगामी तीन वर्षभित्र शिक्षा, स्वास्थ्यसँग सम्बन्धित संरचनाका साथै पाँच वर्षभित्र क्षतिग्रस्त सबै संरचनाको पुनर्निर्माण गरिने उल्लेख गर्दै पुनर्निर्माण भइरहेका क्षेत्रमा एकीकृत सेवाको व्यवस्था मिलाइने घोषणा गरेको छ । एकीकृत बस्तीमा सडक, खानेपानी, बिजुली, सरसफाइ, विद्यालय, स्वास्थ्य केन्द्रलगायत एकीकृत विकास गरिने बजेटमा उल्लेख छ ।
बजेटमा दाङ, बर्दिया, सुर्खेत, दैलेख, डोटी, दार्चुला, सिन्धुपाल्चोक र ताप्लेजुङका बाढी तथा पहिरो पीडितको पुनःस्थापना गर्न विशेष कार्यक्रम ल्याउने घोषणासमेत
गरेको छ । आगामी वर्षभित्र विद्युत् नियमन आयोग, ऊर्जा संकट निवारण विधेयकहरू एवं विद्युत् ऐन, चुहावट ऐनलाई संशोधन गर्न विधेयक आगामी आर्थिक वर्षमा संसद्मा प्रस्तुत गर्ने उल्लेख गर्दै चमेलिया र कुलेखानी तेस्रो एक वर्षभित्र, माथिल्लो तामाकोसी, माथिल्लो त्रिशूली ३ ए र रसुवागढी जलविद्युत् आयोजना निर्माण गरिसक्ने उल्लेख छ ।
जनता र सरकारको संयुक्त लगानमिा तुलनात्मक रूपमा आकर्षक प्रतिफल दिने गरी जलविद्युत् आयोजनाहरू अघि बढाउने उल्लेख गर्दै सञ्चालन गरिने घरघरमा बिजुली, जनजनमा सेयर कार्यक्रमअन्तर्गत सरकारको न्यूनतम ५१ प्रतिशत तथा बाँकी ४९ प्रतिशत इच्छुक नेपाली नागरिक, गैरआवासीय नेपालीको लगानीको प्रबन्ध गर्ने उल्लेख छ ।
तमोर, सुनकोसी, दूधकोसी, ठोसे खिम्ती, नौमुरे, शारदा बबई, नलसिंहगाढ र उत्तरगंगा जलाशययुक्त आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी स्रोत जुटाइने उल्लेख छ । बजेटमा १२ सय मेगावाट क्षमताको बुढीगण्डकी आयोजनाको निर्माण कार्य आगामी वर्षभित्र शुभारम्भ गरिसक्ने तथा मुआब्जा वितरणलगायत प्रशासनिक कार्यहरू गर्न अधिकार सम्पन्न छुट्टै कार्यालय स्थापना गरिने उल्लेख छ ।
तामाकोसी तेस्रो र तल्लो अरुण जलविद्युत् आयोजनाहरूको ईपीयस ढाँचामा निर्माण गर्नु अन्तर्राष्ट्रिय कम्पनीहरूलाई प्रोत्साहिन गरिने उल्लेख गरिएको बजेटमा नेपाल र भारतले संयुक्त रूपमा अघि बढाएका पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई अघि बढाइने, विदेशी लगानीमा निर्माण भइरहेका माथिल्लो कर्णाली, अरुण तेस्रो, माथिल्लो मस्र्याङ्दीलगायत आयोजनालाई सहजीकरण गरिने उल्लेख छ । चिनियाँ सहयोगमा निर्माण हुन लागेको किमाथांका अरुण अध्ययन कार्यमा आवश्यक सहयोग गर्ने उल्लेख गर्दै १० हजार ८ मेगावाटको कर्णाली चिसापानी बहुउद्देश्यीय आयोजना नेपाल, भारत र चीनको त्रिपक्षीय संलग्नमा विकास गर्न पहल गरिने उल्लेख छ । 
http://rajdhani.com.np/article/0081764001464491058

Saturday, May 28, 2016

भारतसमक्ष ऊर्जा बैंकको अवधारणा प्रस्तुत

नेपाल–भारत जलस्रोत बैठक

  • टनकपुर हेड रेगुलेटरको डिजाइन यथाशीघ्र
  • चाँदनी र दोधार सिँचाइको डिजाइन ६ महिनाभित्र
  • पुराना सम्पन्नपछि नयाँ तीन तटबन्ध निर्माण सुरु गरिने
  • सडक निर्माणबाट नेपालमा हुने डुबानबारे अध्ययन हुने
भीम गौतम/काठमाडौं
वर्षामा बढी भएको बिजुली भारत बेच्ने र हिउँदमा नेपाल आयात गर्ने गरी नेपालले भारतसमक्ष इनर्जी बैंकिङ (ऊर्जा बैंक) को विस्तृत अवधारणा प्रस्तुत गरेको छ । नयाँ दिल्लीमा बिहीबार राति अबेर सम्पन्न एक दिने नेपाल–भारत जलस्रोतबारेको संयुक्त सह–सचिवस्तरीय प्राविधिक समूह (जेएसटीसी) को बैठकमा नेपालले इनर्जी बैंकिङसम्बन्धी नेपालको अवधारणा प्रस्तुत गरेको हो ।
इनर्जी बैंकिङलगायत ७ बुँदा र १८ उपबुँदा गरी अधिकांश पुरानै एजेन्डा रहेको बैठकमा नेपालको तर्फबाट सिँचाइ मन्त्रालयका सह–सचिव माधव बेलवासे र भारतको तर्फबाट गंगा प्लट कन्ट्रोल कमिसनका प्रमुख जीएस झाले नेतृत्व गरेका थिए ।
१२ माघ ०६९ मा नेपाल–भारतबीच भएको जलस्रोत समिति (जेसीडब्लुआर) को बैठकमा नेपालले नयाँ प्रस्तावको रूपमा इनर्जी बैंकिङ अघि सारेको थियो । सो बैठकका साथै दुई वर्षअघि भएको जेसीडब्लुआर बैठकमा समेत भारतीय पक्षले इनर्जी बैंकबारे विस्तृत रूपमा प्रस्तुत गर्न आग्रह गरेपछि बिहीबार सम्पन्न बैठकमा नेपालले विस्तृत अवधारणा प्रस्तुत गरेको थियो । ‘नेपालमा बढी विद्युत् हुने वर्षाको बेलामा भारतलाई बेच्ने र भारतमा बढी तर नेपालमा संकट हुने हिउँदको बेलामा किन्नेबारे विस्तृत रूपमा नेपालले अवधारणा प्रस्तुत गरेको छ,’ नेपाली टोलीका नेतृत्वकर्ता एवं सहसचिव बेलवासेले भने, ‘भारतीय पक्षले यसबारे थप अध्ययन गरेर जानकारी दिने बताएको छ ।’
नेपाल विद्युत् प्राधिकरणले गरेको विद्युत् माग प्रक्षेपणमा सन् २०१९ देखि वर्षामा बिजुली खेर जाने बताउँदै आएको छ । यसकै आधारमा विद्युत् खरिद सम्झौता (पीपीए) मा कडाइ गरेको छ ।
नेपाल र भारतबीच डेढ वर्षअघि विद्युत् व्यापार सम्झौता (पीटीए) भएपछि विद्युत् व्यापारका लागि बाटो खुले पनि कुन आधारमा कसरी गर्ने, मूल्य कति हुने र त्यसको संस्थागत संरचना कस्तो भन्ने निक्र्योल भइसकेको छैन । प्राधिकरण कार्यकारी निर्देशक एवं टोली सदस्य मुकेश काफ्लेले इनर्जी बैंकिङबारे विस्तृत अवधारणा राखेको उल्लेख गर्दै यसबाट नेपाल र भारत दुवैले फाइदा उठाउन सक्ने बताए ।
बैठकमा विद्युत् प्राधिकरणले बनाएको प्रसारण लाइनको गुरुयोजना तथा हाल निर्माण भइरहेको नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइनको गुरुयोजनाबारे समेत छलफल भएको थियो । दुवै गुरुयोजनाले नेपाल र भारतबीच थप अन्तरदेशीय प्रसारण लाइन निर्माण गरेर हजारौं मेगावाट विद्युत् भारत बेच्ने उल्लेख छ । गुरुयोजनामा बुटबल–गोरखपुर, ढल्केबर–मुजफ्फरपुर, इनरुवा–पूर्णिया, कोहलपुर–लखनऊ, अत्तरिया–बरेली तथा अत्तरिया–लम्कीलगायत ६ अन्दरदेशीय प्रसारण लाइन बनाउने र त्यसमार्फत १५ हजार मेगावाटभन्दा बढी बिजुली आगामी २० वर्षभित्र भारतलाई बेच्ने उल्लेख छ । तर, हाल भारतबाट नेपालले ३ सय १५ मेगावाट विद्युत् आयात गरिरहेको छ । पहिलो अन्तरदेशीय प्रसारण लाइन निर्माण भइसकेको र दूरीको हिसाबले सबैभन्दा कम पर्ने कारण नेपालको आन्तरिक माग पूर्ति भएपछि भारतलाई नेपालले भविष्यमा बिजुली बेच्ने सम्भावना भने देखिएको छ । तर, यसलाई द्विपक्षीय सम्बन्धले निर्धारण गर्ने ऊर्जा मन्त्रालयका अधिकारी बताउँछन् ।
इनर्जी बैंकिङबाहेक संयुक्त बैठकमा टनकपुरबाट पानी ल्याउन सहज बनाउन महाकाली सन्धिअनुसार टनकपुर हेड रेगुलेटरको डिजाइन भारतीय पक्षबाट छिटो सम्पन्न गर्ने, नेपाली भूभाग चाँदनी र दोधारा सिँचाइ सुविधाका लागि ६ महिनाभित्र डिजाइन गरिसक्ने सम्झौता पनि बैठकमा भएको सह–सचिव बेलवासेले जानकारी दिए । बैठकमा हाल निर्माणाधीन कमला, बाग्मती र लालबकैया नदीको तटबन्द निर्माण सम्पन्न गरेपछि पश्चिम राप्ती, खाँडो, बलाया नदीमा नयाँ तटबन्ध अघि बढाउन पनि दुवै पक्ष सहमत भएका छन् । हाल नेपाल–भारतको सिमाना हुँदै भारतले १७ सय किलोमिटर पूर्व–पश्चिम सडक निर्माण गरिरहेको र यसबाट नेपाली भू–भाग डुबाउने भन्दै यसबारे नेपालले आवाज उठाएपछि दुई पक्षबीच नेपाली भू–भागमा हुन सक्ने डुबानबारे प्राविधिक रूपमा अध्ययन गर्ने विषयमा समेत दुवै पक्ष सहमत भएका छन् । गण्डक पावर हाउसलाई सञ्चालन गराउनेलगायत विषयमा समेत बैठकमा छलफल भएको थियो ।
http://rajdhani.com.np/article/0285037001464402176

Friday, May 27, 2016

अर्थतन्त्रमा चार चुनौती

चार चुनौती



ऊर्जा संकट ,श्रम व्यवस्थापन, अराजकता ,कच्चा पदार्थ अभाव

भीम गौतम/ राजधानी
काठमाडौं, १३ जेठ
नेपालको अर्थतन्त्रमा चार प्रमुख चुनौती रहेको बिहीबार सार्वजनिक आर्थिक सर्वेक्षणले देखाएको छ ।आर्थिक वर्ष २०७२÷०७३ मा आर्थिक वृद्धिदर शून्य दशमलव ७७ प्रतिशतमा झर्ने सार्वजनिक गरिसकेको सरकारले बजेट तथा कार्यक्रम कार्यान्वयन कमजोर हुनु, आर्थिक वृद्धिदर घट्दै जानुलगायतमा प्रमुख चार चुनौती देखाएको हो । भूकम्प र नाकाबन्दीबाट थलिएको नेपालको अर्थतन्त्र उकास्नका लागि कार्यान्वयन पक्षलाई मुख्य जोड दिनुपर्ने आवश्यकता देखिएको छ । ‘अर्थतन्त्रका प्रमुख चुनौतीका रूपमा ऊर्जा संकट, आवश्यक श्रमको व्यवस्थापन, कच्चा पदार्थको अभाव तथा बन्द, हडताल, अवरोध, अनावश्यक राजनीतिकरणलगायतका अराजकता देखिएको छ,’ अर्थ मन्त्रालयका सहसचिव कृष्णप्रसाद देवकोटाले भने, ‘बजेट तथा कार्यक्रम कार्यान्वयनका लागि यी व्यवधान हटाउन जरुरी छ ।’
आर्थिक सर्वेक्षणले ऊर्जा संकटलाई अन्त्य गर्न सरकारी तथा निजी क्षेत्रको सक्रिय सहभागिता एवं साझेदारीमा विद्युत् परियोजना निर्माण गर्न तथा विद्युत् खरिद सम्झौता (पीपीए), जग्गा अधिग्रहण, स्थानीय अवरोध, श्रमसम्बन्ध र पूर्वाधार विकास आदिसँग देखिएका समस्यालाई सम्बोधन गर्नुपर्ने उल्लेख छ । उद्योग व्यवसायलाई पर्याप्त बिजुली दिन नसकेर उत्पादन वृद्धि नभएको आर्थिक सर्वेक्षणमा उल्लेख छन् । आर्थिक सर्वेक्षणमा हाल विद्युत्को उच्चतम माग १ हजार ३ सय ८५ मेगावाट रहेको उल्लेख गर्दै आगामी वर्ष ऊर्जा संकटकाल कार्ययोजना अघि बढाउन लागेको र आगामी २० वर्षभित्र कुल ऊर्जाको खपत १० प्रतिशत पु¥याउन लागिएको उल्लेख छ ।

त्यसैगरी, बजेट तथा कार्यक्रमको आवश्यक श्रम व्यवस्थापन गर्नसमेत समस्या देखिएको छ । आयोजना अघि बढाउनका लागि आवश्यक दक्ष जनशक्तिको परिचालन र उपलब्धता पनि समस्याका रूपमा देखिएको छ । नेपालका अधिकांश क्षेत्रमा कच्चा पदार्थको उपलब्धतामा समस्या रहेको उल्लेख गर्दै कच्चा आयातमा समेत समस्या रहेको देखिएको छ । त्यसैगरी बन्द, हडताल, अवरोध, अनावश्यक राजनीतिकरणलगायतले उद्योग व्यवसाय, पूर्वाधारलगायतका क्षेत्रमा समेत समस्या देखिएको छ ।
चार प्रमुख समस्याका कारण आन्तरिक तथा बाह्य पुँजीलाई आकर्षित गरी उत्पादनशील क्षेत्र, पूर्वाधार निर्माण र औद्योगिकीकरणमा तीव्रता दिन, भौगोलिक एवं सांस्कृतिक समुचित उपयोग गरी पर्यटन क्षेत्रलाई रोजगारी सिर्जना र आम्दानीको दिगो स्रोत बनाउन, सार्वजनिक ऋणको प्रभावकारी व्यवस्थापनलाई उपलब्धिमूलक बनाउने कार्य अघि बढाउन, स्वदेशी तथा विदेशी बजारको पहिचान गरी निर्यात बढाउन, वित्तीय स्थायित्व, पहुँच, विकास र विस्तार गर्न समस्या देखिएको छ ।
कुल गार्हस्थ्य उत्पादनमा ३३ प्रतिशत योगदान दिएको र ६५ प्रतिशतभन्दा बढी आबद्ध भएको कृषिलाई हाल नेपालले ड्राइभिङ फोर्सका रूपमा लिइएकामा त्यसबारे समेत बहस गर्नुपर्ने अवस्था देखिएको छ । ‘नेपालको सीमानजिक भारतका विभिन्न प्रदेशमा ४५ करोड जनसंख्या रहेकाले त्यसलाई अवसरका रूपमा बजार विकासलाई ध्यान दिएर औद्योगिकीकरणतर्फ पनि लाग्न सकिन्छ,’ सहसचिव देवकोटाले भने ।
http://rajdhani.com.np/article/0222160001464320656

Wednesday, May 25, 2016

हरेक मन्त्रीको एउटै ध्याउन्न खारेज पीपीए ब्युँत्याउने

भीम गौतम / राजधानी
काठमाडौं, ११ जेठ
नेपाल विद्युत् प्राधिकरणले खारेज गर्नुपर्ने दुई जलविद्युत् आयोजनाका विद्युत् खरिद सम्झौता (पीपीए) ब्युँताउन चलखेल सुरु भएको छ ।विगतमा पनि तत्कालीन ऊर्जामन्त्री राधा ज्ञवालीले धेरै प्रयास गरेर पनि असफल भएको ५२ मेगावाटको लिखु र ५० मेगावाटको बलेफी जलविद्युत् आयोजनाको पीपीए ब्युँत्याउन फेरि अहिलेका उपप्रधान एवं ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले चलखेल सुरु गरेका हुन् । विद्युत् प्राधिकरण तथा लिखुको प्रवद्र्धक भारतको ग्रिन भेन्चर प्रालि र बलेफीको प्रवद्र्धक त्रिवेणी समूहबीचको सर्तअनुसार खारेज भइसक्नुपर्ने पीपीए ब्युँत्याउन प्रवद्र्धकहरूको प्रलोभन र दबाबमा यस्तो चलखेल भएको हो । लिखुको पीपीए म्याद २ जेठमा सकिएको छ भने बलेफीको पीपीए खारेज गर्न प्राधिकरणले ९० दिनको सूचनासमेत जारी गरिसकेको छ ।
विगतमा ज्ञवालीको दबाबमा गठन भएको समितिले मन्त्रीबाट हटेको कारण म्याद थप्न नसकेपछि फेरि ऊर्जामन्त्री रायमाझीको दबाबमा दुवै आयोजनाको पीपीएको म्याद थप्न २९ वैशाखमा भएको विद्युत् प्राधिकरण बोर्ड बैठकले समिति गठन गरेको स्रोतले जनाएको छ । प्राधिकरण स्रोतका अनुसार ऊर्जा मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा अर्का सहसचिव कौशलचन्द्र सुवेदी र प्राधिकरणका उपकार्यकारी निर्देशक शेरसिंह भाट सदस्य रहेको समिति गठन गरिएको छ ।
ज्ञवाली मन्त्री हुँदा उनकै दबाबमा पीपीए म्याद थप्न प्राधिकरण सञ्चालक सदस्य लक्ष्मण अग्रवालको संयोजकमा अर्का सञ्चालक सदस्य सुरज लामिछाने र तत्कालीन विद्युत् व्यापार विभागका प्रमुख अनिलराज राजभण्डारी सदस्य रहेको समिति गठन गरिएको थियो । लामिछाने हटेपछि सो ठाउँमा अर्का तत्कालीन सञ्चालक समिति सदस्य सन्तोषनारायण श्रेष्ठलाई सदस्य थपिएको थियो । समितिमा राजभण्डारीले म्याद थप्न असहमति राखेपछि जाने बेलामा ऊर्जा संकटकालको कारण देखाउँदै म्याद थप्नुपर्नेसहितको समितिले प्रतिवेदन दिएको थियो । त्यसपछि विद्युत् व्यापार विभागका निर्देशक बनेका प्रबल अधिकारीले समेत सहमत नभएपछि प्रक्रिया अघि बढेन ।
यही कारण म्याद थप्न नसकेपछि फेरि चटौत संयोजकत्वको समिति गठन गरिएको हो । ‘हरेक मन्त्रीको खारेज गर्नुपर्ने पीपीएको म्याद थप्न ध्याउन्न हुने रहेछ, म्याद थप्न नमिल्ने कुरामा समेत थप्न चलखेल सुरु भएको छ,’ प्राधिकरणका एक अधिकारीले भने, ‘स्वतः म्याद सकिएको पीपीए कसरी ब्युँताउन मिल्छ । तर, अदृश्य कारणले होला यस्ता कुरामा सबै मन्त्रीका एउटै दाउ हुन्छन् ।’

भारत निर्यात गर्ने गरी सुरुमा १ सय २० मेगावाटको अनुमति लिएको लिखु र बलेफी दुवैले पछि अन्तरदेशीय प्रसारण लाइन निर्माणमा ढिलाइ हुने भन्दै नेपालमै विद्युत् बिक्री गर्ने भन्दै ‘फल ब्याक’ पीपीए (निश्चित अवधिसम्म मात्र बिजुली किन्ने) गरेका थिए । क्यु २० मा डिजाइन गरेर १ सय २० मेगावाट क्षमता रहेको लिखुले सोही डिजाइनमा निर्माण गर्ने भए पनि विद्युत प्राधिकरणले क्यू ४० को मात्र पीपीए गर्ने भन्दै ५२ मेगावाटको मात्र पीपीए गरिएको थियो । विद्युत् अनुमतिपत्रको म्यादसमेत सकिएपछि प्राधिकरणले बलेफी आयोजनालाई एक वर्षअघि नै पीपीए किन खारेज नगर्ने भनेर पत्र नै पठाएको थियो । सो अवधिमा यसबारे स्पष्ट उत्तर दिन नसकेपछि र वित्तीय व्यवस्थापन गर्न नसकेपछि पीपीए रद्दका लागि विद्युत् व्यापार विभागले प्राधिकरण बोर्डसमक्ष पेस गरेको थियो । तर, बोर्ड खारेज नगरी मन्त्रीहरूको दबाबमा ब्युँताउन चलखेल सुरु गरेको थियो । दुवै आयोजनाको म्याद दुवै पक्षबीच भएको सम्झौता अन्तरदेशीय प्रसारण लाइन र तामाकोसी आयोजना सम्पन्न भएपछि स्वत समाप्त हुने उल्लेख छ । अन्तरदेशीय प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको छ ।
सुरुमा प्रतियुनिट ५ दशमलव ९९ सेन्ट दिने गरी डलरमा पीपीए गरिएको दुवै आयोजनाले अहिले भने हाल प्राधिकरणले दिँदै आएको हिउँदको प्रतियुनिट ४ दशमलव ८० र वर्षामा ८ दशमलव ४० पैसामा पीपीए गर्न तयार रहेको बताउँदै पीपीए म्याद थप्न दबाब दिइरहेका छन् । ‘विद्युत् प्राधिकरणको पीपीए कार्यविधिकै आधारमा बिजुली बेच्न तयार रहेको भन्दै त्यसका लागि निवेदन दिएकाले यसबारे अध्ययनका लागि बोर्डले समिति गठन गरेको हो,’ प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले भने ।
तर, प्राधिकरणका एक अधिकारीले सरकारले दफा ३५ अनुसार आयोजनाको अनुमतिपत्र दिन सक्ने तथा पीपीए खारेज भएर लाइसेन्स रहेको अवस्थामा फेरि पीपीएका लागि प्रक्रिया अघि बढाउन पाउने भए पनि दबाबको भरमा म्याद थप्न लागिएको बताए । ‘स्वतः खारेज हुनेलाई कानुन त खारेज गर्नुपर्छ, तर यसलाई बेवास्ता गरेर समिति गठन के प्रयोजनका लागि गरियो, बुझ्न सकिएन,’ उनले भने ।
http://rajdhani.com.np/article/0894624001464135699

सोलारमा सहरी अनुदान, भुकम्प पीडितलाई निःशुल्क उर्जा

राजधानी समाचारदाता
काठमाडौं, १० जेठ । गाउँ र सहरमा जडान गर्ने सौर्य उर्जा (सोलार) जडानमा सरकारले दिने अनुदानमा वृद्धि गरेको छ ।
नवीकरणीय उर्जा अनुदान नीति २०७३ ले ऊर्जा प्रविधिहरुमा दिँदै आएको अनुदान नीतिलाई परिमार्जन गरी वृद्धि गरेको हो । वातावरण मन्त्रालय अन्र्तगतको वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको प्रस्ताव मन्त्री परिषदको आर्थिक तथा पुर्वाधार समितिले पारित गरेसँगै सहरी र ग्रामीण क्षेत्रको अनुदान कार्यन्वयनमा समेत आएको छ ।
यो नीति लागु भएसँगै ग्रामीण क्षेत्रका सोलारका लागि कम्तीमा ४० प्रतिशत अनुदान पाउने वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका निर्देशक नवराज ढकालले जानकारी दिए । ‘सोलर निर्माणका लागि ४० प्रतिशत अनुदान, ३० प्रतिशत ऋण तथा ३० प्रतिशत सम्बन्धित उपभोक्ताले हाल्नुपर्ने गरी नवीकरणीय उर्जा नीति तयार भएको हो ।’–उनले भने । ग्रामीण क्षेत्रमा १० देखि २० वाट र २० देखि ५० वाटको सोलार निर्माण गर्नेले यो सेवा पाउनेछन् ।
नीतिले सहरी सोलार निर्माण गर्नेलाई कम्तीमा २० हजार अनुदानसहित सहुलियत ऋणको समेत व्यवस्था गरेको छ । २ सय वाटभन्दा माथिलाई २० हजार अनुदान तथा ५ सय वाटभन्दा माथिको सोलार जडान गर्नेलाई २० हजार अनुदानसहित बैकको ब्याजमा ७५ प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ । त्यसैगरी शंसोधन गरिएको नीतिमा लघु जलविद्युतको अनुदानलाई ५० प्रतिशत पुर्याइएको छ भने विगतमा प्राविधिक र आर्थिक रुपमा सम्पन्न हुन नसकेका जीर्ण जलविद्युत आयोजनाहरुलाई ८० प्रतिशतसम्म अनुदान दिने व्यवस्था गरिएको छ । त्यसैगरी लघु जलविद्युतमार्फत सार्वजनिक र नीजि व्यवसायका लागि लघु जलविद्युत उत्पादन गर्न चाहेमा ४० प्रतिशतसम्म अनुदान दिने व्यवस्था पनि गरिएको छ ।
त्यसैगरी भुकम्पबाट पीडितहरुलाई १० वाट सोलार र फलामे रकेट चुल्हो निःशुल्क रुपमा दिने घोषणा गरेको छ । चालु आर्थिक बर्षमा डेढ लाख सोलार र ४८ हजार फलामे चुल्हो वितरण गर्ने लक्ष्य छ । त्यसैगरी भुकम्पबाट प्रभावित क्षेत्रमा लघु जलविद्युतमा ८० प्रतिशत, १० वाट निःशुल्कबाहेकको सोलारमा ७५ प्रतिशत, वायोग्याँसमा ७० र फलामे सुधारिएको चुल्होमा ८० प्रतिशतसम्म अनुदानको व्यवस्था गरिएको निर्देशक ढकालले जानकारी दिए ।

Monday, May 23, 2016

कार्यकारी निर्देशक काफ्ले कार्य सम्पादनमा असफल

भीम गौतम / राजधानी
काठमाडौं, ९ जेठ
ऊर्जा मन्त्रालयद्वारा गठित मूल्यांकन समितिले नेपाल विद्युत्् प्राधिकरणका कार्यकारी निर्देशक (एमडी) मुकेशराज काफ्ले कार्य सम्पादनमा असफल देखाएको छ ।समितिले खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक बनेका काफ्ले र ऊर्जा मन्त्रालयबीच भएको कार्य सम्पादन सम्झौतामा उल्लिखित सर्तअनुसारको अंक ल्याउन नसकेर उनी असफल भएको देखाएको हो । सम्झौताअनुसार उनी सफल ठहरिन कम्तीमा ५० प्रतिशत अंक ल्याउनुपर्छ ।
एक महिनाअघि ऊर्जा मन्त्रालयले कार्यकारी निर्देशकको एक बर्से कार्य सम्पादन मूल्यांकनका लागि विद्युत् विकास विभागका महानिर्देशक समीररत्न शाक्यको संयोजकत्वमा ऊर्जा मन्त्रालयका सहसचिव कौशलचन्द्र सुवेदी र विभागका सुपरिटेन्डिङ इन्जिनियर सन्दीपकुमार देव सदस्य रहेको समिति गठन गरेको थियो ।
मूल्यांकन समितिले शुक्रबार दिएको प्रतिवेदनमा कार्यकारी निर्देशक काफ्लेले ४४ दशमलव ३५ प्रतिशत अंक पाएको स्रोतले जनाएको छ । यसअघि कार्यकारी निर्देशकको ३ र ६ महिनाको कार्य सम्पादन मूल्यांकन गरिएकोमा उनले ४७ प्रतिशत अंक पाएका थिए ।

मूल्यांकन समितिको प्रतिवेदनबारे चित्त बुझे नबुझेकोबारे प्रतिक्रियाका लागि मन्त्रालयले शुक्रबार नै प्रतिवेदनसहित कार्यकारी निर्देशकलाई पत्र पठाउने निर्णय गरेको ऊर्जा मन्त्रालयका सहप्रवक्ता गोकर्णराज पन्थले जानकारी दिए । मन्त्रालयले उनलाई पत्र पठाइसकेको जनाएको छ ।
कार्यकारी निर्देशक काफ्लेले भने हालसम्म आफूले कार्य सम्पादन मूल्यांकनबारेको पत्र नपाएको र पाएपछि मात्र थप प्रतिक्रिया दिन सकिने बताए । ‘कार्य सम्पादन मूल्यांकनबारेको कुनै पनि पत्र मैले प्राप्त गरेको छैन,’ उनले राजधानीसँग आइतबार भने, ‘पाएपछि प्रतिवेदनका आधारमा प्रतिक्रिया दिन सकिन्छ, अहिले यसबारे केही भन्न सक्दिनँ ।’
सम्झौतामा कार्यकारी निर्देशकले ५० प्रतिशतभन्दा बढी अंक पाए सफल तथा ७० प्रतिशतभन्दा बढी अंक पाए थप प्रोत्साहन रकमसमेत दिने उल्लेख छ भने सम्झौतामा ५० प्रतिशतभन्दा कम नम्बर पाए मन्त्रालयले आवश्यक प्रक्रिया पु¥याएर बर्खास्तीसमेत गर्न पाउने व्यवस्था गरिएको छ । कार्य सम्पादन मूल्यांकन प्रतिवेदनबारे चित्त नबुझे कार्यकारी निर्देशकले पुनरावलोकनका लागि निवेदन दिन सक्नेछन् । त्यसपछि ऊर्जा मन्त्रालयले स्वतन्त्र विज्ञहरूसहितको अर्को पुनरावलोकन समिति गठन गर्नेछ । सो समितिले पनि मूल्यांकन समितिकै प्रतिवेदनलाई सदर गरे वा नयाँ प्रतिवेदन दिएपछि यसबारे पनि चित्त नबुझे उनले फेरि पुनरावलोकनका लागि निवेदन दिन सक्नेछन् । त्यसपछि कार्यकारी निर्देशक नियुक्त गरेको मन्त्रिपरिषद्ले अर्को छुट्टै समिति गठन गर्न सक्ने व्यवस्था सम्झौतामा उल्लेख छ । मन्त्रिपरिषद्ले गठन गरेको समितिले समेत कार्यकारी निर्देशक सम्झौताअनुसारको अंक ल्याउन नसकेको परिस्थितिमा बर्खास्तीको निर्णयसमेत गर्न सक्नेछ ।
ऊर्जा मन्त्रालय र कार्यकारी निर्देशक काफ्लेबीच भएको सम्झौतामा उल्लिखित सर्त र जिम्मेवारीलाई आधार बनाएर कार्य सम्पादन मूल्यांकन गरिएको समितिका संयोजक एवं विभागका महानिर्देशक शाक्यले जानकारी दिए । ‘ऊर्जा मन्त्रालयले दिएको कार्यादेशका आधारमा सम्झौतामा उल्लेख भएअनुसारको कुरालाई मात्र प्रतिवेदनमा समेटेका छौं, अन्य बाह्य वातावरण र अवस्था समेटिएको छैन,’ संयोजक शाक्यले भने ।सम्झौतामा कार्यकारी निर्देशकले ५० प्रतिशतभन्दा बढी अंक पाए सफल तथा ७० प्रतिशतभन्दा बढी अंक पाए थप प्रोत्साहन रकमसमेत दिने उल्लेख छ भने सम्झौतामा ५० प्रतिशतभन्दा कम नम्बर पाए मन्त्रालयले आवश्यक प्रक्रिया पु¥याएर बर्खास्तीसमेत गर्न पाउने व्यवस्था गरिएको छ । कार्य सम्पादन मूल्यांकन प्रतिवेदनबारे चित्त नबुझे कार्यकारी निर्देशकले पुनरावलोकनका लागि निवेदन दिन सक्नेछन् । त्यसपछि ऊर्जा मन्त्रालयले स्वतन्त्र विज्ञहरूसहितको अर्को पुनरावलोकन समिति गठन गर्नेछ । सो समितिले पनि मूल्यांकन समितिकै प्रतिवेदनलाई सदर गरे वा नयाँ प्रतिवेदन दिएपछि यसबारे पनि चित्त नबुझे उनले फेरि पुनरावलोकनका लागि निवेदन दिन सक्नेछन् । त्यसपछि कार्यकारी निर्देशक नियुक्त गरेको मन्त्रिपरिषद्ले अर्को छुट्टै समिति गठन गर्न सक्ने व्यवस्था सम्झौतामा उल्लेख छ । मन्त्रिपरिषद्ले गठन गरेको समितिले समेत कार्यकारी निर्देशक सम्झौताअनुसारको अंक ल्याउन नसकेको परिस्थितिमा बर्खास्तीको निर्णयसमेत गर्न सक्नेछ ।
ऊर्जा मन्त्रालय र कार्यकारी निर्देशक काफ्लेबीच भएको सम्झौतामा उल्लिखित सर्त र जिम्मेवारीलाई आधार बनाएर कार्य सम्पादन मूल्यांकन गरिएको समितिका संयोजक एवं विभागका महानिर्देशक शाक्यले जानकारी दिए । ‘ऊर्जा मन्त्रालयले दिएको कार्यादेशका आधारमा सम्झौतामा उल्लेख भएअनुसारको कुरालाई मात्र प्रतिवेदनमा समेटेका छौं, अन्य बाह्य वातावरण र अवस्था समेटिएको छैन,’ संयोजक शाक्यले भने । सम्झौतामा लोडसेडिङ घटाउनेसहित उत्पादन, वितरण र प्रसारण क्षेत्रमा उनले गर्ने सुधारबारे उल्लेख छ । सम्झौतामा उल्लेख भएअनुसारका आयोजना तथा परियोजनाहरूमा उल्लेखनीय प्रगति नभएको प्रतिवेदनले औंल्याएको छ । तर, कार्यकारी निर्देशकनिकट स्रोतले भने सम्झौतामा उल्लिखित कार्यकारी निर्देशकलाई स्वतन्त्र र व्यावसायिक रूपमा काम गर्न दिने तथा ऊर्जा मन्त्रालय र प्राधिकरण बोर्डले सबै निर्णय समयमै गरिदिने उल्लेख भए पनि सो सम्झौता तोडेकाले अहिलेको मूल्यांकनको अर्थ नरहेको बताएको छ ।
‘कार्यकारी निर्देशकलाई ऊर्जा मन्त्रालयले अधिकार क्षेत्र नाघेर मन्त्रालयमा हाजिर गर्न बोलाउने मात्र काम गरेन, विभिन्न कारण देखाएर १० भदौ २०७२ देखि २० माघ २०७२ सम्म प्राधिकरण बोर्ड बैठक समेत बसेन,’ स्रोतले भन्यो, ‘ऊर्जा मन्त्रालयले चार महिनासम्म त कार्यकारी निर्देशकले लेखेको पत्रसमेत बुझेन, यस्तो अवस्थामा कार्यकारी निर्देशकलाई काम नै गर्न नदिएकाले अहिलेको मूल्यांकनको औचित्य छैन ।’ विद्युत् प्राधिकरणका कतिपय अधिकारीहरू कार्यकारी निर्देशक काफ्लेको अवधि आगामी कात्तिकसम्म मात्र रहेको र अवधि सकिन लागेको बेला गरिएको कार्य सम्पादन मूल्यांकनको अर्थहीन रहेको बताउँछन् ।
उनीहरूका अनुसार १२ वैशाखमा भूकम्प गएपछि विद्युत् प्राधिकरणले ध्वस्त वितरण प्रणाली तत्काल पुनरुद्धार गर्न सफल भएको उल्लेख गर्दै भूकम्प र नाकाबन्दीका कारण कतिपय आयोजना अघि बढ्न नसकिरहेको बेला डेढ वर्षपछि कार्यकारी निर्देशकको मूल्यांकनले प्राधिकरणमा अझ अस्थिरता बढेको बताउँछन् । ‘यसअघिको ऊर्जामन्त्री राधा ज्ञवालीले पनि पटकपटक कार्यकारी निर्देशक हटाउन प्रयास गरिन् । अहिलेका उपप्रधान एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझीले पनि सुरुमै प्रयास गरेका थिए । बीचमा के कारणले हो, कुरा मिल्यो । फेरि हटाउने प्रयास भएको छ,’ प्राधिकरणका एक अधिकारीले भने, ‘सुरुदेखि नै उनलाई सहज रूपमा काम गर्न दिइएन । मन्त्रालयबाट पनि काम अघि बढाउन सहयोग भएन । नाकाबन्दी र भूकम्पले गर्दा काम गर्न सक्ने अवस्था थिएन । फेरि हटाउने प्रयास हुँदा प्राधिकरणको काम झन् अस्थिर हुन्छ ।’
कार्यकारी निर्देशक काफ्लेको ३ र ६ महिनाको एकैचोटि कार्य सम्पादन मूल्यांकन गरिएकोमा ४७ प्रतिशत मात्र अंक पाएपछि उनले यसविरुद्ध पुनरावलोकनका लागि ऊर्जा मन्त्रालयमा निवेदन दिएका थिए । निवेदनका आधारमा ऊर्जा मन्त्रालयले पूर्वसचिव बालानन्द पौडेलको संयोजकत्वमा समिति गठन गरेकोमा मूल्यांकन समितिको प्रतिवेदनलाई उपयुत्त ठहर्याएको थियो । यसविरुद्ध उनले मन्त्रिपरिषद्मा पुनरावलोकनका लागि निवेदन दिएका थिए । तत्कालीन ऊर्जामन्त्री ज्ञवालीलाई तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले हटाएपछि निमित्त ऊर्जामन्त्रीको जिम्मेवारी पाएका तत्कालीन उपप्रधान मन्त्री वामदेव गौतमले अधिकार क्षेत्र नाघेर काफ्लेलाई मन्त्रालयमा हाजिर हुन निर्देशन दिएका थिए भने उनको बर्खास्तगीका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थिए ।
सम्झौताअनुसार उनले पुनः पुनरावलोकनका लागि मन्त्रिपरिषद्मा निवेदन दिएकोमा मन्त्रिपरिषद्ले गठन गर्ने समितिको प्रतिवेदनका आधारमा मात्र बर्खास्ती गर्न मिल्ने भन्दै सो प्रस्ताव दर्ता गर्न नै अस्वीकार गरेको थियो । रायमाझी असोजमा ऊर्जामन्त्री बने पनि पुसमा मात्र प्राधिकरण छिरेका थिए भने ऊर्जा र प्राधिकरणबीच बढेको द्वन्द्वको कारण कार्यकारी निर्देशक काफ्ले हस्ताक्षरित पत्र चार महिनासम्म मन्त्रालयले अस्वीकार गरेको थियो ।
http://rajdhani.com.np/article/0551093001463973043

Sunday, May 22, 2016

नुवाकोटमा १० स्वास्थ्यचौकी पुनर्निर्माण सुरु

तीन महिनाभित्र पूरा गर्ने लक्ष्य ल कोरियाको ८४ करोड सहयोग ल जिल्ला सामुदायिक अस्पताल बन्दै

भीम गौतम / राजधानी
काठमाडौं, ८ जेठ
भूकम्पबाट क्षतिग्रस्त भएका नुवाकोट जिल्लाका १० स्वास्थ्यचौकीको पुनर्निर्माण सुरु गरिएको छ । कोरियन इन्टरनेसनल को–अपरेसन एजेन्सी (कोइका) ले स्वास्थ्य मन्त्रालय र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) साझेदारीमा भूकम्पबाट क्षतिग्रस्त १० स्वास्थ्यचौकी र एउटा सामुदायिक जिल्ला अस्पताल पुनर्निर्माण सुरु गरेको हो । नुवाकोटको बेलकोट–५ तिगाउँ पुगेर कोरियन राजदूत चोई योङ जीनले स्वास्थ्य चौकीहरूको पुनर्निर्माण सुरु भएको घोषणा गरे ।
‘हामीले नुवाकोट जिल्लामा मात्र भूकम्पबाट क्षतिग्रस्त भएर उपचार गर्नमै समस्या झेलिरहेका १० स्वास्थ्यचौकीको पुनर्निर्माण गर्दै छौं,’ उनले भने, ‘बेलकोटबाट पुनर्निर्माण सुरु गरेका छौं, तीन महिनाभित्र पूरा गर्छौं, यसबाट स्थानीयले धेरै फाइदा लिन सक्छन् ।’ उनका अनुसार, कोइकाले त्रिशूलीमा जिल्ला अस्पतालको भवनसमेत निर्माण गर्नेछ । आगामी दुई वर्षभित्र अस्पताल पूरा गर्ने लक्ष्य राखिएको छ । बेलकोट–५ तिगाउँसहित चारघरे, सूर्यमती, थप्प्रेक, पञ्चकन्या, रातमाटे, दुईपिपल, सिसडोल, घ्याङफेदी र लिखु गाविसमा स्वास्थ्यचौकी पुनर्निर्माण गर्ने लक्ष्य राखिएको छ । ‘१० वटामध्ये तीन वटा स्वास्थ्य चौकी अहिले पनि टेन्टमै सञ्चालन भइरहेका छन्, बाँकी अस्थायी रूपमा दुःखसुख गरेर चलाइरहेका छौं,’ नुवाकोट जिल्लाका स्वास्थ्य कार्यालय प्रमुख विश्वराम श्रेष्ठले भने, ‘भूकम्पको कारण स्वास्थ्य सेवामा धेरै असहज भएको बेला कोरियाको पुनर्निर्माणले स्वास्थ्य सेवा पु¥याउन ठूलो सहयोग पुग्नेछ ।’ स्वास्थ्य चौकी पुनर्निर्माणका कारण १० गाविसका ५० हजार जनालाई प्रत्यक्ष स्वास्थ्य सेवा पुग्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । अस्पतालसहित १० स्वास्थ्यचौकीका लागि कोरियाले ८४ करोड रुपैयाँ सहयोग गरेको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
भूकम्पपछिको पुनर्निर्माणका लागि सरकारले दाता सम्मेलनमा १ अर्ब सहयोगको घोषणा गरेकोमा १६ करोड डोजरलगायत उपकरण किन्नमा सहयोग गरेको कोरियाले बाँकी सबै रकम नुवाकोटमा खर्च गर्न लागेको हो । बर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकी निर्माणका लागि यूएनडीपीले २० नेपाली इन्जिनियरलाई तालिम दिनुका साथै निर्माणमा सहयोग गरेको छ ।

अत्याधुनिक तरिकाले निर्माण हुने भवनमा स्थानीय स्रोत साधन तथा जनशक्ति परिचालन गर्ने लक्ष्य राखिएको छ । ‘प्राविधिक रूपमा योग्य आधुनिक स्वास्थ्य भवन बनाउन लागेका छौं,’ यूएनडीपीकी उपकार्यकारी निर्देशक सोफीले भनिन्, ‘यसमा दक्ष जनशक्ति परिचालन गरिनेछ ।’ स्वास्थ्य चौकी समयमै बनाउन सरकारले पनि सहयोग गर्ने भएको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी विष्णु पोखरेलले पुनर्निर्माणले स्वास्थ्य सेवा दिनमा ठूलो सहयोग हुने र यसका लागि सरकारले सहयोग गर्ने बताए । ‘समयमै स्वास्थ्य चौकी निर्माणका लागि सरकारले सहयोग गर्नेछ, यसबाट धेरै स्थानीयले फाइदा लिन सक्नेछन्,’ उनले भने ।
भूकम्पका कारण क्षति भएर आवश्यक सेवा पाउन नसकिरहेको बेला स्वास्थ्य चौकी निर्माणको सुरुवातले स्थानीय खुसी देखिएका छन् । बेल्कोट गाविसका पूर्वउपाध्यक्ष रामहरि पाण्डेले अमेरिकामा बसोबास गर्दै आएका तिगाउँका अच्यूत सिग्देल, विष्णु रानामगर, निरञ्जन पाण्डे र प्रदीपजंग पाण्डेको आर्थिक सहयोगमा सो स्वास्थ्यचौकी भवन बनाउन जग्गा खरिद गरिएको जानकारी दिए ।

बेलकोटका महिला हर्षित

काठमाडौं÷रास– दुई महिनाभित्र बेलकोट स्वास्थ्य चौकी निर्माण सम्पन्न भएर बर्थिङ सेन्टरसमेत सञ्चालन हुने भएपछि स्थानीय महिला खुसी भएका छन् । दिनभरि लगाएर प्रसूति सेवा लिनका लागि नुवाकोटको त्रिशूली वा काठमाडौंसम्म आइपुग्नुपर्ने बाध्यतामा रहेका बेलकोट गाविसका महिला बर्थिङ सेन्टर सञ्चालन हुने भएपछि खुसी भएका हुन् ।
हाल अस्थायी रूपमा सञ्चालन भएको बेलकोट–५ स्थित स्वास्थ्य चौकीको नयाँ भवन निर्माण कोइकाले स्वास्थ्य मन्त्रालय र यूएनडीपीको सहयोगमा सुरु गरेको हो । ‘सुत्केरी हुन त्रिशूली जानुपर्ने, जानका लागि एम्बुलेन्स मगाउनुपर्ने अवस्था छ,’ बेलकोट गाविस–६ की साइलीमाया तामाङले भनिन्, ‘तत्काल अस्पताल पु¥याउनुपर्ने भए पनि समयमै एम्बुलेन्स नआएर महिलाले पीडा बेहोर्नुपरेको बेला गाउँमै बर्थिङ सेन्टर सञ्चालन हुन लागेकोमा खुसी छौं ।’
स्वास्थ्य चौकी बेलकोटले बर्थिङ सेन्टर सञ्चालनका लागि जिल्ला स्वास्थ्य कार्यालयमा निवेदनसमेत दिइसकेको छ । ‘पहिला बर्थिङ सेन्टर सञ्चालन गर्न भवनमै थिएन, अब नयाँ बनेपछि सञ्चालन गर्छौं,’ स्वास्थ्य चौकी प्रमुख विश्वमोहन श्रेष्ठले भने ।
http://rajdhani.com.np/article/0961879001463888754

Saturday, May 21, 2016

प्रधानमन्त्री कार्यालयभित्रै तुहाइयो अस्थायी सामूहिक आवास योजना


भीम गौतम / राजधानी
काठमाडौं, ६ जेठ
अस्थायी आवास निर्माण गरी भूकम्पपीडितलाई बर्खाअघि नै टेन्ट र त्रिपालमुक्त बनाउने योजना सरकारकै कारण तुहिएको रहस्य खुलेको छ । विगतमा अस्थायी सामूहिक आवास निर्माण योजना प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै कारण तुहाइएको पाइएको हो ।
१२ वैशाख ०७२ मा भूकम्प गएपछि तत्कालीन सरकार र हालका प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खाअगावै भूकम्पपीडितलाई अस्थायी आवासमा राख्ने घोषणा गरेका थिए । प्रधानमन्त्री ओलीले भूकम्पपीडितलाई बर्खाअघि नै टेन्ट र त्रिपालमुक्त बनाउने बताइरहेका बेला सहकारी विकास मन्त्रालयले अघि बढाएको अस्थायी सामूहिक आवास निर्माण रद्द गरेको सरकारले फेरि बर्खा नजिकिएपछि निर्माण अघि बढाउने निर्णय गरेको छ ।
गत असारबाट प्रक्रिया अघि बढाएर प्रधानमन्त्री ओली नै सहरी विकासमन्त्रीसमेत हुँदा उनकै हस्ताक्षरमा मन्त्रिपरिषद्मा पेस गरिएको थियो भने मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृत दिएर केही कानुनमा समेत परिवर्तन गर्नुपर्ने देखिएकाले विधायन समितिमा पठाइएको योजना त्यही तुहिएको थियो । बर्खा नजिकिँदै जाँदा तत्काल सामग्री र जनशक्तिको उपलब्धताका कारण अस्थायी टहरा वा सामूहिक आवास निर्माण सम्पन्न हुने अवस्था छैन । तर, हालै २७ वैशाखमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, सहरी विकास मन्त्रालय, स्थानीय निकास विकास मन्त्रालय, गृह मन्त्रालय र तीनवटै सुरक्षा निकायका अधिकारीको संयुक्त बैठकले बर्खाअघि नै सम्पन्न गर्ने गरी आज ७ जेठदेखि नै अस्थायी आवास निर्माण गर्ने
निर्णय गरेको छ ।
‘तत्कालीन अवस्थामा सहरी विकास मन्त्रालयले अघि बढाएको १ सय ४७ ओटा अस्थायी सामूहिक आवासको निर्णय अघि बढाइएको भए कम्तीमा बर्खाअघि बनिसक्थे,’ सहरी विकास मन्त्रालयका एक अधिकारीले भने, ‘त्यो योजनालाई असफल बनाएर अहिले फेरि बर्खा आउनैलाग्दा अस्थायी सामूहिक आवास निर्माण सुरु गरिएको छ ।’
दुई महिनाअघि मात्र उपप्रधान एवं रक्षामन्त्री भीम रावल संयोजक रहेको मन्त्रिपरिषद्को विधायन समितिले अघिल्लो प्रस्तावलाई खारेज गरेको थियो । सहरी मन्त्रालयको प्रस्तावमा भूकम्प प्रभावित जिल्लामा १ सय ४७ आवास निर्माण गर्ने तथा निर्माणका लागि विकेन्द्रित नीतिलाई अवलम्बन गर्दै पछि सामुदायिक÷सार्वजनिक हितका लागि उपयोग गर्ने गरी उपयुक्त स्थान र आकारमा बनाउन प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई पूर्ण अधिकार दिने
उल्लेख थियो ।
अधिकार केन्द्रीकृत गर्दा अस्थायी आवास निर्माणको फाइल सिंहदरबार र सदरमुकाम ओहोरदोहोर गरेर समयमै नबन्ने भन्दै तत्कालीन सहरी विकास मन्त्रालयका सचिव अर्जुन कार्कीले सीडीओलाई अधिकार दिने उल्लेख गरेका थिए । स्रोतका अनुसार, सीडीओलाई अधिकार दिनेबारे मन्त्रिपरिषद्मा पेस गर्नुअघि नै विरोध भएको थाहा पाएपछि परिषद् बैठकमा उनले अस्थायी सामूहिक आवासको औचित्यबारे बोल्दै कोही मन्त्रीविरुद्धमा भएमा आफूले प्रस्ताव नराख्ने र विरोध भए भन्न भन्दै दुई मिनेट चुप लागेका थिए ।
कसैले विरोध नगरेपछि प्रस्ताव पेस गरेर अघि बढेको अस्थायी सामूहिक योजना विधायन समितिमा पठाएर तुहाइएको थियो । ‘जाडोलाई समेत लक्ष्य गरेर अघि बढेको योजनाबाट हिउँदमा सम्भव नभए पनि बर्खाअघि नै सामूहिक आवास बनिसक्थ्यो तर भूकम्प पीडितको त्यसबेलाको बिचल्लीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बुझेन’ सहरी विकास मन्त्रालयका ती अधिकारीले भने, ‘बर्खा सुरु हुन लागिसकेको छ, कतिपय ठाउँमा सामग्री लान सक्ने अवस्था छैन तर अहिले बल्ल अघि बढाइएको छ, प्रधानमन्त्री कार्यालय गम्भीर नहुँदा भूकम्पपीडितले आगामी बर्खामा समेत पीडा खप्नुपर्ने अवस्था छ ।’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोद कुँवरले विगतको अस्थायी आवासबारे आफूलाई थाहा नभएको र अहिले भने बर्खाअघि नै बनाउने गरी काम अघि बढेको बताए ।
पुनर्निर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलिया भने विगतमा रद्द गरिएको अस्थायी सामूहिक आवास निर्माण अघि बढाइएको र विशेष प्रभावित १४ जिल्लामा १ सयवटा बनाउने लक्ष्य राखेको बताउँछन् । ‘अस्थायी टहरा र अस्थायी सामूहिक टहरा निर्माणको प्रक्रिया अघि बढिसकेको छ, सीडीओको अध्यक्षतामा रहेको जिल्ला दैवी प्रकोप उद्धार समितिले खोजेको जग्गामा बन्छ ।’ सामूहिक अस्थायी टहरा निर्माणका लागि पुनर्निर्माण प्राधिकरणले सहरी विकास मन्त्रालयलाई २८ करोड निकासासमेत गरिसकेको छ ।
प्रवक्ता थपलियाका अनुसार, भूकम्पपीडितको अस्थायी टहरा निर्माण र अनुदानमा सहजतालगायतका लागि जिल्लाजिल्लामा आज शुक्रबारदेखि स्वयंसेवक परिचालन हुने भएका छन् । स्थायी आवास निर्माणका लागि सरकारले दिने अनुदानमै ढिलाइ हुँदा हालसम्म एउटा पनि अनुदान पाएर भूकम्पपीडितले स्थायी आवास बनाउन सकेका छैनन् भने भूकम्प गएको १३ महिना बितिसक्दा पनि सामूहिक अस्थायी आवास बनाउन सकेको छैन ।
सरकारले हालै आफ्नै सुरक्षित जग्गामा बसिरहेका घरपरिवारलाई सोही स्थानमै अस्थायी आवास निर्माण गर्नमा सहयोग पु¥याउने, आफ्नो जग्गा नभएका कारण वा आफ्नो जग्गा असुरक्षित भएका कारण अन्यत्र (टेन्ट वा पालमुनि) बसोबास गरिरहेका घरपरिवारलाई उपयुक्त स्थानको खोजी गरी स्थानीय उपयुक्तता र आवश्यकताका आधारमा अस्थायी सामूहिक आवास निर्माण गर्ने निर्णय गरेको थियो । हालसम्म यसबारे विस्तृत अध्ययन नभएकाले तत्कालै सुरक्षित स्थानको पहिचान गरी कार्यान्वयनमा लान अप्ठ्यारो देखिएको छ ।
अस्थायी सामूहिक आवास निर्माणका लागि जग्गाको छनोट गर्दा हाल निर्माण गरिने सामूहिक आवासको भवनलाई भविष्यमा सम्बन्धित गाविस वा नगरपालिकाले आपतकालीन उद्धार केन्द्र, बजार केन्द्र, विद्यालय, स्वास्थ्य केन्द्र, सामुदायिक भवन वा त्यस्तै प्रकारका सार्वजनिक हितका निम्ति प्रयोग गर्न सकिने गरी छनोट गर्ने तथा सामूहिक आवासको स्वामित्व सम्बन्धित गाविस वा नगरपालिकाको हुने गरी आवश्यक व्यवस्था मिलाउने निर्णय पनि बैठकले गरेको थियो ।
आजदेखि अस्थायी टहरा निर्माण
१ सय अस्थायी सामूहिक टहरा निर्माण गर्ने लक्ष्य
स्वयंसेवक परिचालन 
http://rajdhani.com.np/article/0348831001463704230

Thursday, May 19, 2016

जलविद्युत् उत्पादन लक्ष्य कसलाई पत्याउने ?

भीम गौतम / राजधानी
काठमाडांै, ४ जेठ
प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको राष्ट्रिय योजना आयोगद्वारा प्रस्तावित गरेर राष्ट्रिय विकास परिषद्को बैठकबाट पारित १४औं त्रिवर्षीय योजनामा तीन वर्षभित्र ६ सय ७१ मेगावाट उत्पादन बढाउने लक्ष्य राखिएको छ । तर, प्रधानमन्त्री ओलीकै मन्त्रिपरिषद्ले ४ फागुनमा पारित गरेको राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी अवधारणासहितको कार्ययोजनामा तीन वर्षमै १ हजार ४ सय ५० मेगावाट उत्पादन बढाउने लक्ष्य छ । आयोगले अघि सारेको आर्थिक वर्ष २०७३\७४ देखि २०७५\७६ को १४औं त्रिवर्षीय योजनामा हाल ८ सय २९ मेगावाट रहेको विद्युत् उत्पादन क्षमतालाई १ हजार ५ सय पु¥याउने लक्ष्य छ । तर, ऊर्जा संकट कार्ययोजनामा आगामी एक वर्षभित्र २ सय मेगावाट, दोस्रो वर्ष ८ सय मेगावाट र तेस्रो वर्ष ४ सय मेगावाट उत्पादन गर्ने लक्ष्य राखेको छ ।
‘ऊर्जा संकटकाल कार्ययोजनमा तीन वर्षभित्र १ हजार ४ सय ५० मेगावाट विद्युत् थप उत्पादन गर्ने लक्ष्य राखिएको छ,’ ऊर्जा मन्त्रालयका सहप्रवक्ता गोकर्णराज पन्थले ।

आयोगका अधिकारीहरू भने ऊर्जा मन्त्रालयले पठाएको योजनाकै आधारमा उत्पादन लक्ष्य तय गरिएको तर विगतमा दिइएको उत्पादन लक्ष्यको अवस्था कमजोर रहेको बताउँछन् । अघिल्लो त्रिवर्षीय योजनामा ६ सय ६८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिए पनि जम्मा ७१ मेगावाट मात्र उत्पादन वृद्धि भएको आयोगले जनाएको छ । आयोगले ७ सय ५८ मेगावाटमा थप ६ सय ६८ मेगावाट थप्ने लक्ष्य राखेको थियो । तर, हाल आयोगका अनुसार ८ सय २९ मेगावाट मात्र पुगेको छ । १२ योजनामा पनि १ सय ८४ मेगावाट उत्पादन थप्ने लक्ष्य राखिएकोमा ६४ मेगावाट मात्र उत्पादन भएको थियो ।
सरकारका दुई निकाय योजना आयोग र ऊर्जा मन्त्रालयले सार्वजनिक गरेको फरकफरक ऊर्जा उत्पादन लक्ष्यले कसको कुरा पत्याउने भन्ने अन्योल थपिएको छ । ‘सरकारको एउटा निकाय आयोग र अर्को निकाय ऊर्जा मन्त्रालयले जलविद्युत् उत्पादनबारे राखेको लक्ष्य फरकफरक छ,’ नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले मंगलबार गरेको पूर्वबजेट छलफल कार्यक्रममा भने, ‘सरकारको फरकफरक लक्ष्य छ, कसलाई पत्याउने ?’
आयोगको त्रिवर्षीय योजनामध्ये आठौं र दसांैबाहेक अन्य सबै असफल भइरहेका बेला विद्युत् उत्पादन बढाउन १४औं योजना सफल भए पनि प्रधानमन्त्री ओलीले घोषणा गरेजस्तै आगामी एक वर्षभित्र आधारभूत र दुई वर्षभित्र नेपालकै उत्पादनबाट लोडसेडिङ अन्त्य हुने सम्भावना देखिँदैन । आयोगका अनुसार विगत ६ वर्षमा १ सय ३५ मेगावाट मात्र विद्युत् उत्पादन भएको तीतो अनुभव सरकारसँग छ ।
प्रत्येक वर्ष विद्युत्को माग १ सय मेगावाटको हाराहारीमा थपिने नेपाल विद्युत् प्राधिकरणको प्रक्षेपण छ । यसकै आधारमा समेत आगामी दुई वर्षभित्र नेपालकै उत्पादनमा पूर्ण लोडसेडिङ अन्त्य गर्न वर्षामा थप ८ सय मेगावाट विद्युत् आवश्यक पर्छ भने हिउँदमा २ हजार ५ सय मेगावाटभन्दा बढी आवश्यक छ । अझ विद्युत् प्राधिकरणले गरेको विद्युत् माग प्रक्षेपण साँघुरो भएको भन्दै आवश्यक विद्युत् उपलब्ध गराए कम्तीमा ३ हजार मेगावाट विद्युत् तत्काल आवश्यक रहेको विज्ञहरूले बताउँदै आएका छन् । तर, नेपालमा उत्पादनको अवस्था भने एकदम कमजोर देखिएको छ ।
तीन वर्षको लक्ष्य कति कार्यक्रम मेगावाट
१४औं त्रिवर्षीय योजना ६७१ (लक्ष्य)
ऊर्जा संकटकाल कार्ययोजना १,४५० (लक्ष्य)
१३औं त्रिवर्षीय योजना ६६८ (लक्ष्य)
१३औं त्रिवर्षीय योजना ७१ (उपलब्धि)http://rajdhani.com.np/article/0907870001463532773

Tuesday, May 17, 2016

तीन वर्षमै नौ गुणा बढी वृद्धिको लक्ष्य

भीम गौतम/राजधानीकाठमाडौं, ३ जेठ
राष्ट्रिय विकास परिषद्ले आगामी तीन वर्षभित्र आर्थिक वृद्धिदर चालू आर्थिक वर्षभन्दा नौ गुणा बढाउने लक्ष्यसहित १४औं त्रिवर्षीय योजना पारित गरेको छ । २०७९ सालसम्म विकासशील मुलुकमा नेपालको स्तरोन्नति गर्ने दूरदृष्टिसहित ७ दशमलव १ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेर परिषद्ले योजना पारित गरेको हो ।
विभिन्न क्षेत्रका ३५ मनोनीत परिषद् सदस्यसहित मन्त्रीहरू, मन्त्रालयका सचिवहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, संवैधानिक अंगका प्रतिनिधि, संसदीय समितिका प्रतिनिधिलगायत गरी ३ सय सहभागी भएको राष्ट्रिय योजना आयोगद्वारा आयोजित दुईदिने राष्ट्रिय विकास परिषद् बैठकले केही कार्यनीति र रणनीतिमा परिमार्जन गर्ने गरी पारित गरेको हो ।
सोमबार सम्पन्न परिषद् बैठकले योजनामा आर्थिक वर्ष २०७३÷७४ देखि २०७५÷७६ सम्ममा प्रस्तावित आर्थिक वृद्धिदर चालू वर्षको भन्दा नौ गुणा बढाउने लक्ष्य राखेको छ । चालू आर्थिक वर्ष २०७३÷७४ को आर्थिक वृद्धिदर शून्य दशमलव ७७ प्रतिशत मात्र छ भने विगत तीन वर्षमा ६ प्रतिशत आर्थिक वृद्धिदर कायम गर्ने लक्ष्य राखिएकोमा औसतमा २ दशमलव ९२ प्रतिशत मात्र उपलब्धि हासिल भएको थियो ।
त्रिवर्षीय योजनामा कृषितर्फ ४ दशमलव ७, गैरकृषिको ८ दशमलव ३ प्रतिशत, उद्योगतर्फ १० दशमलव १, सेवातर्फ ७ दशमलव ८ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखिएको आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले जानकारी दिए । चालू वर्षमा कृषिको अवस्था १ दशमलव ३३ प्रतिशत, गैरकृषिको शून्य दशमलव ६३ प्रतिशत मात्र छ ।
तीन वर्षभित्र आर्थिक, पूर्वाधार, कृषि, वन, सि“चाइ र भूमिसुधार, सामाजिक विकास र अन्तर सम्बन्धित विषय (क्रस कटिङ इस्यु) क्षेत्रमा २३ खर्ब ९९ अर्ब ४८ करोड रूपैयाँबराबरको लगानी हुने तथा पहिलो वर्ष ६ खर्ब ४१ अर्ब ९० करोड, दोस्रो वर्ष ७ खर्ब ८९ अर्ब १५ करोड र तेस्रो वर्ष ९ खर्ब ६८ अर्ब ४३ करोड रूपैयाँ लगानी गर्ने लक्ष्य अघि सारिएको छ । कुल लगानीमध्ये सार्वजनिक निकायमार्फत ४० दशमलव ६ प्रतिशत आर्थात् ९ खर्ब ७४ अर्ब ४५ करोड, निजी क्षेत्रतर्फ ५३ दशमलव ५ प्रतिशत अर्थात् १२ खर्ब ४८ अर्ब र सहकारी क्षेत्रबाट ५ दशमलव ९ प्रतिशत अर्थात् १४ खर्ब १० अर्ब ४० करोड लगानी हुने लक्ष्य राखिएको छ ।
आगामी तीन वर्षको समय नयाँ संविधानका लागि आवश्यक संरचना निर्माण, विकास प्रणाली निर्माण लगायततर्फ उन्मुख हुनुपर्ने उल्लेख गर्दै परिषद् बैठकमा फराकिलो आर्थिक वृद्धिदर, छिटो विकास निर्माण र आत्मनिर्भर अर्थतन्त्रतर्फ उन्मुख हुन सहभागीहरूले सुझाव दिएका थिए । चालू वर्षमा गरिबीको रेखामुनिको जनसंख्या २१ दशमलव ६ प्रतिशत रहेकोमा १७ प्रतिशतमा झार्ने, अपेक्षित आयु ७१ वर्षबाट ७२ वर्ष पु¥याउने, सडक सञ्जालले जोडिएका गाउँ विकास संख्या २७ सय ३९ रहेकोमा ३ हजार ६२ गाविसमा पु¥याउने, विद्युत्जडित क्षमता ८ सय २९ मेगावाट रहेकोमा १५ सय मेगावाट पु¥याउने, विद्युत् पहुँच प्राप्त गर्ने जनसंख्या ७४ प्रतिशतबाट ८७ प्रतिशत पु¥याउने, सि“चाइ १३ लाख ९६ हजार हेक्टर रहेकोमा १५ लाख २० हजार हेक्टरमा पु¥याउने, इन्टरनेटको पहुँच ४६ प्रतिशत ४० प्रतिशत रहेकोमा ६५ प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ ।
आर्थिक र मानवीय गरिबी न्यूनीकरणमार्फत जनताको जीवनस्तरमा सुधार गर्ने उद्देश्य योजनामा राखिएको छ ।
निजी, सरकारी तथा सहकारी क्षेत्रको प्रवद्र्धनमार्फत समावेशी र दिगो वृद्धि, भौतिक संरचनाको विकास, सामाजिक सेवाका क्षेत्रमा पहुँच, उपयोग र गुणस्तर अभिवृद्धि, सामाजिक सेवाका क्षेत्रमा पहुँच, उपयोग र गुणस्तर अभिवृद्धि, सार्वजनिक÷सरकारी तथा अन्य क्षेत्रहरूमा सुशासन प्रवद्र्धन तथा लक्षित वर्ग, क्षेत्र र समूहको आर्थिक र सामाजिक सशक्तीकरणलाई मुख्य रणनीति बनाइएको छ । योजनाले जलविद्युत् तथा अन्य ऊर्जा विकासमा विशेष जोड दिएको छ ।
आयोगले विगतदेखि हालसम्म बनाएका पञ्चवर्षीय र त्रिवर्षीय योजनामध्ये आठौं र दसौं मात्र सफल भएका छन् भने अन्य सफल भएका छैनन् । आर्थिक वर्ष २०७२\७३ सकिने त्रिवर्षीय योजनाका अधिकांश सूचकहरू असफल रहेको देखिएको छ ।
http://rajdhani.com.np/article/0535575001463451412

Monday, May 16, 2016

भूकम्पपीडितलाई सघाउन स्वयंसेवक

भीम गौतम/राजधानीकाठमाडौं, २ जेठ
भूकम्पपीडितलाई सहयोग गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्वयंसेवक परिचालन निर्देशिका तयार पारेकोे छ । अस्थायी आवास निर्माण तथा निजी आवास अनुदान वितरणसम्बन्धी कार्यमा स्थानीय स्वयंसेवक परिचालनसम्बन्धी निर्देशिका जारी गर्दै आगामी ७ देखि २१ गतेसम्म स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको हो ।

भूकम्पपछिको पुनःस्थापना नीतिको पुनर्निर्माणका लागि राजनीतिक दलका कार्यकर्तालगायतका स्वयंसेवक परिचालन गर्ने नीतिअनुसार परिचालनका लािग निर्देशिका बनाइएकोे हो ।
निर्देशिकाअनुसार भूकम्पपीडितका लागि सहयोग गर्न चाहनेले आगामी ५ जेठभित्र सम्बन्धित जिल्ला प्रशासन कार्यालय, गाविस र नगरपालिकामा नाम टिपाइसक्नुपर्नेछ । उनीहरू ७ जेठदेखि दुई सातासम्म भूकम्पपीडितको सहयोगमा परिचालन हुनुपर्ने गरी निर्देशिका तयार गरिएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए ।
‘स्वयंसेवकले बर्खाअघि नै भूकम्पपीडितले बनाउन लागेको अस्थायी तथा सामूहिक टहरा निर्माण, अनुदानप्राप्तिमा सहजता तथा स्थायी निर्माणका लागि सहयोगलगायतका कार्य स्वयंसेवकहरूले गर्न सक्नेछन्,’ उनले भने । थपलियाका अनुसार निर्देशिकाले राजनीतिक दलका कार्यकर्तालाई समेत परिचालन गर्ने बाटो खोलेकाले स्वयंसेवकहरू ठूलो संख्यामा परिचालित हुने सम्भावना छ । प्राधिकरणले स्वयंसेवक बन्न सम्बन्धित जिल्लावासी नै हुनुपर्ने व्यवस्था गरेको छ ।
प्राधिकरणका अनुसार स्वयंसेवकले सरकारले उपलब्ध गराउने २ लाख रुपैयाँ अनुदान रकमका लागि सम्बन्धित गाविसका सचिव÷नगरपालिकाका कार्यकारी अधिकृत र घरधनीबीच हुने अनुदान सम्झौतामा सहजीकरण गर्नेछन् । त्यसैगरी, पुनर्निर्माण, अनुदान वितरणलगायतका कार्यमा आउने गुनासाको व्यवस्थित दर्ता गरी नियमानुसार समाधान गराउने कार्यमा पनि उनीहरू परिचालित हुनेछन् । अझै टेन्ट र पालमुनि बसिरहेका भूकम्पपीडित परिवारलाई वर्षा सुरु हुनुअघि नै व्यक्तिगत वा सामूहिक अस्थायी आवासमा ल्याउने कार्यमा पनि स्वयंसेवकलाई परिचालन गरिने प्राधिकरणले जनाएको छ ।
अनुदान सम्झौता, पीडितको बैंक खाता खोल्ने काममा स्वयंसेवक परिचालन गर्न चाहने संघ÷संस्था वा राजनीतिक दलले सम्बन्धित गाविस वा नगरपालिकामा ५ जेठभित्र स्वयंसेवक र संस्थाको नाम दर्ता गराइसक्नुपर्नेछ । निर्देशिकामा अस्थायी वा स्थायी आवास पुनर्निर्माण कार्यमा सहयोग गर्न चाहने स्वयंसेवकले जिल्ला दैवी प्रकोप उद्धार समितिमा नाम दर्ता गर्नुपर्नेछ भने स्वयंसेवकको संख्या जिल्ला दैवी प्रकोप उद्धार समितिले निर्धारण गर्ने उल्लेख छ ।
आफ्ना समूहका स्वयंसेवकलाई मर्यादित ढंगले परिचालन गराउनुपर्ने उल्लेख गर्दै निर्देशिकाले स्थायी वा अस्थायी आवासको निर्माण कार्यमा संलग्न हुन चाहने स्वयंसेवकले सहरी विकास मन्त्रालयअन्तर्गतका सम्बन्धित जिल्ला आयोजना कार्यान्वयन एकाइद्वारा तोकिएका प्रशिक्षकबाट अनुशिक्षण तालिम लिनुपर्ने व्यवस्था गरिएको छ ।
अनुदान सम्झौता कार्र्य एवं गुनासो व्यवस्थापन कार्यमा संलग्न हुन चाहने स्वयंसेवकले सम्बन्धित गाविस सचिव, इन्जिनियर वा अन्य तोकिएका प्रशिक्षकबाट अनुशिक्षण तालिम लिनुपर्ने व्यवस्था गरिएको छ । स्वयंसेवकले आफ्नो यातायात, बसोबास तथा खानपानको व्यवस्थालगायत अन्य सबै खर्च आफैँ गर्नुपर्ने उल्लेख निर्देशिकामा उल्लेख छ । स्वयंसेवकले स्थानीय भूकम्पपीडित जनताको मनोभावनाको प्रतिकूल हुने र थप आर्थिक भार पार्ने कार्यलाई भने कडाइका साथ नियन्त्रण गर्ने व्यवस्था निर्देशिकाले गरेको छ ।
पुनर्निर्माणलाई ११ अर्ब
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त निजी घरको अनुदान वितरणका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइलाई ११ अर्ब ११ करोड ६० लाख रुपैयाँ निकासा गरेको छ ।
प्राधिकरणले भूकम्पबाट क्षति भएका घर पुनर्निर्माणका लागि विभिन्न जिल्ला विकास समितिलाई ११ अर्ब ११ करोड ६० लाख रुपैयाँ निकासा गरेको हो । यसअघि प्राधिकरणले अनुदान वितरणका लागि केन्द्रीय आयोजना कार्यान्वयन एकाइलाई १२ अर्ब ४१ करोड रकम निकासा गरिसकेको छ ।
प्राधिकरणका अनुसार निकास भएको रकममध्ये धादिङलाई ११ करोड ३३ लाख ५० हजार, दोलखालाई २ अर्ब २२ करोड २५ लाख ५० हजार र काभ्रेलाई १ अर्ब ९६ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ । रसुवालाई २६ करोड १५ लाख ५० हजार, नुवाकोटलाई १ अर्ब ४८ करोड ८१ लाख र सिन्धुपाल्चोकलाई १ अर्ब ७६ करोड ५४ लाख रुपैयाँ निकासा दिइएको छ ।
यस्तै, गोरखामा २१ करोड ४५ लाख, ओखलढुंगामा ७४ करोड ९२ लाख ५० हजार, सिन्धुलीमा ७ करोड ५० लाख र मकवानपुरमा ३७ करोड ६ लाख रुपैयाँ छुट्याइएको छ ।
नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयको समन्वयमा तीनवटै बैंकिङ एसोसियसनले गरेको निर्णयअनुसार भूकम्प अति प्रभावित ११ जिल्लाका सबै गाविस तथा नगरपालिकाको क्षेत्र विभाजन हुने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ ।
उपक्षेत्रीय कार्यालय दोलखाका अनुसार दोलखाका १०, रामेछापका ४१ र ओखलढुङ्गाका २४ गाविसमा अनुदान सम्झौता जारी छ । अहिलेसम्म ८ हजार घरधनीसँग सम्झौता भएको प्राधिकरणले जनाएको छ ।
http://rajdhani.com.np/article/0495213001463361909

तीन वर्षभित्र २४ खर्ब परिचालन

  • आर्थिक वृद्धिदर ७.१ प्रतिशत पु¥याउने लक्ष्य
  • विकास परिषद् बैठक सुरु
राजधानी समाचारदाताकाठमाडाै, २ जेठ
राष्ट्रिय योजना आयोगले आगामी तीन वर्षका लागि सरकारले २४ खर्ब रुपैयाँ लगानी हुने गरी त्रिवर्षीय योजना प्रस्ताव गरेको छ । आइतबारदेखि सुरु भएको दुई दिने राष्ट्रिय विकास परिषद्को बैठकमा आगामी तीन वर्षभित्र आर्थिक, पूर्वाधार, कृषि, वन, सिँचाइ र भूमिसुधार, सामाजिक विकास र अन्तरसम्बन्धित विषय (क्रस कटिङ इस्यु) क्षेत्रमा २३ खर्ब ९९ अर्ब ४८ करोडबराबरको लगानी प्रस्ताव गरिएको हो । परिषद्मा प्रस्तुत गरिएकामा मस्यौदामा जम्मा लगानीमध्ये ४० दशमलव ५ प्रतिशत सरकारी, ५ दशमलव ९ प्रतिशत सहकारी तथा बाँकी ५३ प्रतिशत निजी क्षेत्रबाट लगानी गर्ने उल्लेख छ ।
नयाँ संविधान आएपछि यस संविधानले निर्दिष्ट गरेका लक्ष्यसमेत हासिल गर्नका लागि त्रिवर्षीय योजनामा उल्लेख हुने हुनाले यसलाई महŒव दिइएको छ । प्रस्तुत मस्यौदामा हाल २१ दशमलव ६ प्रतिशत रहेको गरिबीलाई घटाएर १७ प्रतिशतमा झार्ने, आर्थिक वृद्धिदरलाई ७ दशमलव १ प्रतिशत पु¥याउने, पूर्वाधार विकासलाई महŒव दिने, सीपयुक्त शिक्षालाई जोड दिनेलगायत उल्लेख छन् । विभिन्न क्षेत्रका ३५ मनोनीत परिषद् सदस्यसहित मन्त्री, मन्त्रालयका सचिव र विभिन्न राजनीतिक दलका प्रतिनिधि, संवैधानिक अंगका प्रतिनिधि, संसदीय समितिका प्रतिनिधिलगायत गरी ३ सय सहभागी परिषद् बैठकले आज सोमबार मस्यौदालाई अन्तिम रूप दिनेछ । परिषद्को आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । आयोगले विगतदेखि हालसम्म बनाएका पञ्चवर्षीय र त्रिवर्षीय योजनामध्ये आठौँ र दसौं मात्र सफल भएका छन् भने अन्य सफल भएका छैनन् । आर्थिक वर्ष २०७२÷०७३ सकिने त्रिवर्षीय योजनाका अधिकांश सूचक असफल रहेको देखिएको छ ।
आयोगका अनुसार, गरिबी ५ दशमलव ५ प्रतिशत घटाउने लक्ष्य राखिएकामा ३ प्रतिशत मात्र घटेको चालू त्रिवर्षीय योजनामा २४ सय २६ मेगावाट बिजुली पु¥याउने लक्ष्य राखेकामा ८ सय २९ मेगावाट मात्र पुग्यो भने ८७ प्रतिशतलाई बिजुली सेवा पु¥याउने लक्ष्य राखिएकामा ७४ प्रतिशत मात्र पुगेको छ । त्यसैगरी, ७५ जिल्लामै सडक सञ्जाल जोड्ने लक्ष्य राखिएकामा दुई जिल्लामा तीन वर्षभित्र पनि पुग्न सकेन ।
लगानीको वातावरण पनि चालू योजनामा सफल भएन भने रोजगारी सिर्जना ३ दशमलव २ प्रतिशत पु¥याउने लक्ष्य राखिएकामा २ दशमलव ९ प्रतिशतमै सीमित भयो । १४ लाख हेक्टर जमिनमा सिँचाइ पु¥याउने भनिएकामा १३ लाख ६८ हजार हेक्टरमा मात्र सीमित भयो ।
चालू त्रिवर्षीय योजनाका सडक, शिक्षा, स्वास्थ्य र टेलिफोन सेवालगायतमा भने नेपाल सफल भएको छ । नेपालको सरदर आयु ६९ वर्ष रहेकामा बढेर ७१ वर्ष पुगेको आयोगले जनाएको छ ।
http://rajdhani.com.np/article/0393456001463362015

Sunday, May 15, 2016

सरकारी निकायको लुँछाचुँडीले आधा अर्ब गुम्दै

सद्दे भवन भत्काउनु सरासर गलत : भवन सम्भार डिभिजन

ठूला भवन बनाउँदा सानातिना टहरा हट्न सक्छन् : महालेखा परीक्षक

भीम गौतम/राजधानीकाठमाडौं, १ जेठ
सिंहदरबारसँग जोडिएको अनामनगरमा सहरी विकास मन्त्रालयअन्तर्गतको भवन निर्माण सम्भार डिभिजनको सुन्दर कार्यालय छ । भूकम्पमा समेत क्षति नपु¥याएको तीनतले भवन २०६२ सालको साउनमा मात्र निर्माण पूरा भएको हो ।
कम्तीमा ३० वर्ष आयु भएको सो भवन सहरी विकास मन्त्रालयअन्तर्गतकै सहरी विकास तथा भवन निर्माण विभागले भत्काउन लागेको छ । त्यो मात्र होइन, यही परिसरमा रहेको काठमाडौं उपत्यका विकास प्राधिकरण रहेको तीनतले, बिग्रेका कुर्सी, टेबल रहेको एकतले गोदाम घर र एकतले क्यान्टिन पनि भत्काउन लागिएको छ । पहुँचको भरमा सद्दे भवनहरू रहेको जग्गा महालेखा परीक्षक कार्यालयले आफ्नो नाममा ल्याउन सफल भएपछि सरकारले यही कारण आधा अर्ब गुमाउनुपर्ने अवस्था सिर्जना भएको छ ।
झन्डै चार वर्षअघि खिलराज रेग्मी सरकारले सद्दे भवन रहेकै अवस्थामा १० रोपनी १३ आना जग्गा महालेखा परीक्षक कार्यालयलाई दिने निर्णय गरेको थियो । पूर्वसचिवसमेत रहेका महालेखा परीक्षक भानु आचार्यले आफूभन्दा जुनियर व्यक्तिहरू मन्त्री रहेका बेला सो निर्णय गर्न सफल भएका थिए । तत्कालीन सहरी विकास मन्त्रालय र यसअन्तर्गतका निकायका अधिकारीले विरोध गर्दागर्दै पहुँचको आधारमा सो जग्गा दिइएको थियो । सद्दे भवन नभत्काएर जडीबुटीमा रहेको काठमाडौं उपत्यका विकास प्राधिकरणको १३ रोपनी जग्गामा कम जनसम्पर्क हुने महालेखा परीक्षकको भवन बनाउन विकल्प दिएको थियो । तर, परीक्षक कार्यालयले टेरेन । यस्तो अवस्थामा सरकार कठोर भएर अनावश्यक रूपमा खर्च हुन लागेको राज्यको करोडौं सम्पत्ति बचाउन पहिलाको निर्णय सच्चाउनुपर्ने माग कर्मचारीको छ ।
भूकम्पपछि धेरै सरकारी भवन क्षतिग्रस्त भएर भाडामा बस्नुपरेको तथा सिंहदरबारभित्र एउटै भवनमा चारवटा मन्त्रालयसमेत बस्नुपरिरहेको बेलामै राज्यको रकम दुरुपयोग हुने गरी सरकारले सद्दे भवन भत्काउने प्रक्रिया अघि बढाइसकेको छ । ‘हो, यी भवन भत्काउन लागिएको छ, महालेखा परीक्षक कार्यालयको नयाँ भवन अघि बढाउनका लागि टेन्डर प्रक्रिया अघि बढाइसकेको छ,’ भवनमै बसेर काम गरिरहेका सम्भार डिभिजनका प्रमुख कृष्णराज पाण्डेले भने, ‘झन्डै ८० करोड रुपैयाँमा परीक्षक कार्यालयको भव्य भवन बन्दै छ ।’
सम्भार डिभिजनका अनुसार सद्दे भवन भत्काएर अन्यत्र बनाउँदा सरकारले झन्डै २० करोड रुपैयाँबराबरको भवन भत्किने, अर्को नयाँ भवन बनाउनका लागि २५ करोडभन्दा बढी लाग्ने, आधा करोड खर्च लगाएर भवन भत्काउनुपर्ने तथा नयाँ भवन सम्पन्न नहुन्जेलसम्म भाडामा बस्दा झन्डै थप २ करोड रुपैयाँ खर्च हुने देखिएको छ । मन्त्री निवासलगायतका क्षेत्रमा सरकारको निवास सुविधा पाएका व्यक्तिले उपयोग गरेर बिग्रेका धेरै सामान गोदाममा राख्नका लागि भाडाका लागि महिनामा ६÷७ लाख रुपैयाँ लाग्ने ठूलो भवन लिनुपर्ने बाध्यता रहेको डिभिजनका कर्मचारी बताउँछन् ।
झन्डै ५ सय कर्मचारी अटाउने गरी भवन बनाउनका लागि अन्त जग्गा नभएकाले विभाग कार्यालयलाई जग्गा उपलब्ध गराएको प्रमुख पाण्डेको दाबी छ । तर, स्रोतका अनुसार झन्डै चार वर्षअघि तत्कालीन खिलराज रेग्मी नेतृत्वको सरकारका पालामा मन्त्रिपरिषद्ले पहुँचको भरमा सद्दे भवन भत्काएर नयाँ भवन बनाउने उद्देश्यसहित १० रोपनी १३ आना जग्गा दिने निर्णय गरेको थियो ।
प्रत्यक्ष जनसम्पर्क नहुने कार्यालयलाई अन्त भवन बनाउने सम्भावना रहँदा रहँदै पूर्वसचिवसमेत रहेका महालेखा परीक्षक भानु आचार्यले रेग्मीको पालामा आफूभन्दा जुनियर व्यक्तिहरू मन्त्री बनेपछि पहुँचको भरमा जग्गा आफ्नो नाममा ल्याएका थिए । डिभिजनको भवन बनाएको भर्खर ६ वर्ष मात्र भएको तथा अन्य भवनसमेत सद्दे रहेकाले अन्यत्र जग्गा दिनुपर्ने विभागका कतिपय अधिकारीको फरक मत हुँदा हुँदै सो जग्गा दिइएको थियो । परीक्षक कार्यालयका प्रवक्ता बाबुराम गौतम भने नयाँ भवन बनाउने जग्गाबारे कुनै विवाद नभएको बताउँछन् ।
‘सरकारले निर्णय गरेकै आधारमा उपलब्ध जग्गामा भवन बनाउन लागेको छ, यसमा विवाद छैन,’ गौतमले भने, ‘ठूला भवन बनाउँदा सानातिना टहरा हट्न सक्छन् ।’
सम्भार डिभिजन कार्यालयका लागि विभागले सानो गौचरणमा ५ रोपनी २ आना जग्गामा भवन निर्माणका लागि टेन्डर आह्वान गरिसकेको छ । ‘केही क्षति नभएका सद्दे भवनहरू भत्काउन लागिएको छ, यो सरासर गलत कुरा हो, यसबाट राज्यले ठूलो पैसा गुमाउनुपर्छ,’ डिभिजनका एक अधिकारीले भने, ‘राज्यको पैसा दुरुपयोग गर्नुहुँदैन भन्ने यो राष्ट्रवादी सरकार हो भने पहिला सरकारले गरेका सबै निर्णय तुरुन्तै फिर्ता लिएर राज्यको ढुकुटी अनावश्यक रूपमा खर्च हुनबाट जोगाउनुपर्छ ।’
हाल काठमाडौं विकास प्राधिकरणको जग्गामा परीक्षकको कार्यालय बनाउने विकल्प नरहेकाले पहिलाका सबै प्रक्रिया रद्द गर्दा धेरै उपयुक्त हुने उनको तर्क छ ।
http://rajdhani.com.np/article/0962573001463279608

Saturday, May 14, 2016

हुलाकी राजमार्ग बनेपछि फाइदै–फाइदा हुन्छ


हुलाकी राजमार्गको अहिलेको अवस्था के छ ?
राजमार्गको काम नेपाल र भारत सरकारबीच सम्झौता भई कार्य अघि बढाइएको हो । विभिन्न चरणमा विभिन्न सम्झौता भएका छन् । सन् २००४ मा नेपाल सरकारले भारत सरकारलाई जिम्मा लगाएको हो । सन् २००६ मा अर्को सम्झौता भएर विस्तृत अध्ययन प्रतिवेदनका लागि पनि भारत सरकारलाई जिम्मा लगाइएको हो । सन् २०१० मा यो कार्यन्वयनको चरणमा गएको हो ।सोही अनुसार भारत सरकारकै आर्थिक सहयोगमा ५ सय १८ किलोमिटर सडक निर्माण गर्ने कुरा छ । यसमा १९ ओटा सडक पर्छ ।
हुलाकी राजमार्गलाई तराई सडक भने पनि हुन्छ । यसमा तराईका सबै जिल्लादेखि भारतसँग जोड्ने ३२ सडक पर्छन् । सबै सडक गरेर १७ सय ९२ किलोमिटर छ । दुई चरणमा सडक निर्माण कार्य अघि बढाउने सम्झौता भएको छ । भारतसँग पटकपटक सम्झौता भए पनि यसको कार्यान्वयन भने हुन सकेको छैन । सम्झौतामा सडक भारत सरकारले बनाउने र पुल नेपाल सरकारले बनाउने भन्ने थियो । पुल नेपाल सरकारले सुरु गरिसकेको छ । अनुमानित १ सय ५० पुल बनाउनुपर्ने छ । यसमध्ये ४५ ओटा पुल सम्पन्न भइसकेको छ । ५८ वटा पुल निर्माणाधीन छ । यो वर्ष अरू २८ वटा पुल निर्माणको काम सुरु गर्दछौं । सबै पुल निर्माणको काम आगामी दुई वर्षभित्र पूरा गरिसक्छौं ।
सडकको अवस्था त त्यति सन्तोषजनक देखिएन नि ?
सडकको अवस्था के छ भने भारत सरकारले प्राविधिक सहयोग गर्ने र निर्माण गर्ने भन्ने छ । यसमा सरकारले सडक पर्ने बनजंगल र जग्गा जमिन, घर टहराको जमिन खरिद गरिदिने सम्झौता छ । केही कारणले काम अघि बढ्न सकेको छैन । एक अर्का देशलाई दोष देखाउने काम भईरहेको छ । ६ सय ७ किलोमिटरमध्ये हालसम्म जम्मा ७० किलोमिटर मात्र निर्माण सम्पन्न भएको छ । त्यसपछि ठेक्का तोडियो र भारतले आर्थिक सहयोग दिने र नेपालले निर्माण गर्ने सम्झौता भएको छ । हालै नेपालका प्रधानमन्त्री भारत भ्रमणमा जानेक्रममा यसको सम्झौता पनि भएको छ । बाँकी सडक निर्माणका लागि टेण्डर आह्वान त भयो तर काम अघि बढेको छैन । यी सडकमा भारतीय परामर्शदाता त नियुक्त भए तर त्यो हाम्रो आयोजनासम्म आईपुगेको छैन । त्यो परामर्शदातासँग नेपालको सम्झौता भएको छैन । राष्ट्रपति विद्यादेवी भण्डारीको भारतमा हुने भ्रमणको क्रममा सम्झौता हुने कुरा थियो तर भ्रमण स्थगित भएको मिडियामा आएको छ । अब प्रक्रिया कसरी अघि बढ्छ, अन्योल नै छ । भारतीय परामर्शदाता नआईकन सडक निर्माणको काम अघि बढ्दैन । भारतले ढिलो गर्दा नेपालले पैसा दिने सम्झौता भएको छ, खोई अर्थ मन्त्रालयबाट पैसा आएको छैन । यसकारण यसमा केही जटिलता छ । यो दुई देशबीचको कुरा छ । अहिले त हुलाकी राजमार्गको काम केही भएकै छैन ।
दुई देशबीच सम्झौता हुँदा त सडक निर्माण छिट्टै अघि बढाउने कुरा नै थियो क्यार होइन ? अब कसरी अघि बढ्छ त ?
सडक निर्माण अघि बढाउनका लागि टेन्डर प्रक्रिया नै अघि बढिसकेको छ । कतिपय सडकको ठेकेदार कम्पनी छनोट भइसकेको छ भने कतिपय हुने चरणमा छन् । पैसा नभई सम्झौता हुँदैन ।
राजमार्गको लागत कति हो र, कसरी आर्थिक व्यवस्थापन हुँदै छ ?
१७ सय ९२ किलोमिटर लामो हुलाकी राजमार्गमध्ये ६ सय ७ किलोमिटर मात्र भारतीय सहयोगमा निर्माण हुने भनेको हो । सबै सडकका लागि त ५० अर्ब लाग्छ । भारतीय सहयोगमा निर्माण हुन बाँकी रहेको ५ सय १८ किलोमिटरका लागि १३ अर्बको लागत अनुमान छ । यसका लागि भारतले ८ अर्ब रुपैयाँ दिने सम्झौता गरेको छ । ५ अर्ब पैसा कहाँबाट ल्याउने हो । यो हामीले अर्थमन्त्रालयसँग माग गरेका छौ । बाँकी सडक निर्माणबारे कुनै सम्झौता भएको छैन । तराईका धेरै जनतालाई फाइदा हुने हुनाले धेरैको चासो पनि छ । संसद्को विकास समितिले नेपाल सरकारकै लागतमा बनाउन भनेर निर्देशन पनि दिएको छ । यी सबै नीतिगत कुरा होइन, मेरोस्तरबाट हुने होइन । हामीले निर्णय गरेर अर्थ मन्त्रालय पठाइसकेका छौं ।
हुलाकी राजमार्ग बनेपछि के–के फाइदा हुन्छ त ?
हुलाकी राजमार्ग बनेपछि फाइदै फाइदा हुन्छ । अहिले सबैको ध्यान तराईमा छ । तराईका धेरै जिल्ला आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्यलगायतका सूचांकमा कमजोर अवस्थामा छन् । यो आयोजनाले त धेरै माथि उठाउँछ । सडक बनेपछि तराईका करोडौं जनता प्रत्यक्ष लाभान्वित हुन्छन् । हुलाकी राजमार्गअन्तर्गत बन्ने कतिपय त राणकालदेखिकै सडक छन् ।
हुलाकी राजमार्ग बनाउने हल्ला चलेको त धेरै भयो तर किन यति ढिलाई ? यति सुस्त ? यसमा गम्भीर चासो नभएर हो ?
यो बारेमा म भन्न सक्दिन । किनभने म यहाँ आएको धेरै भएको छैन । आएपछि धेरै साइजमा आईसकेको छ । अध्ययन, लागत अनुमान, डिजाइन लगायतका सबै काम सकिएका छन् । किन ढिलाइ भयो, यो त नीतिगत तहमा सोध्नुपर्ने विषय हुन् । परियोजना प्रमुखका रूपमा मैले गर्नुपर्ने काम गरेको छु । अहिले रोकिएको प्रमुख कारण बजेट नभएर हो । पहिलाको अर्थसचिवले भारत सरकारले नदिएमा नेपाल सरकारबाटै बजेट व्यवस्थापन गर्ने निर्णय गर्नुभएको थियो तर अहिले अर्थ मन्त्रालयले बजेट दिइरहेको छैन । यही कारण रोकिएको हो । पैसा नभई त कसरी आयोजना अघि बढ्छ र । अर्थमन्त्री पनि यसमा हामीले सकारात्मक पाएका थियौ । किन रोकियो थाहा भएन । पैसाको व्यवस्था नभईकन सडक कहिले अघि बढ्छ र सकिन्छ भन्न सकिने अवस्था छैन । बजेट व्यवस्था भए पाँच वर्षभित्र हुलाकी राजमार्ग निर्माण सकिन्छ । तराई क्षेत्रमा सडक निर्माण गर्न अलि सहज छ । हुलाकी राजमार्ग पनि राष्ट्रिय गौरवको आयोजना हो । अन्य राष्ट्रिय गौरवका आयोजनामा बजेटको समस्या छैन, यहाँ किन भइरहेको छ । बुझेको छैन । म मध्यपहाडी लोकमार्गमा काम गरेर आएको, त्यहाँ बजेटको कुनै समस्या थिएन । अहिले पनि छैन । नेपालको सडक भएकोले सरकारले यसलाई प्राथमिकता दिए समयमै आयोजना सम्पन्न हुन्छ । अहिले त ५ सय १८ किलोमिटर सडक बनाउने हो । बाँकी त के गर्ने हो, अझै स्पष्ट छैन ।
नेपालभित्रै निर्माणका लागि केही समस्या छ र ?
यसमा प्राविधिक र कानुनी अड्चन त मैले देखेको छैन । व्यवहारिक र प्राविधिक समस्या पनि देखेको छैन । यो सरकारको नीतिगत कुरा हो । बजेटको व्यवस्था भए हामी सबै काम अघि बढाउन तयार छौ । यो त तराईका सबै जिल्ला जोड्ने महŒवपूर्ण सडक हो नि । हामी आयोजना अघि बढाउन पूर्ण तयारीका साथ बसेका छांै । अख्तियारी र बजेट आयो भने तुरुन्तै अघि बढाउँछौं । भारतले दिने भनेको ८ अर्ब आयो भने पनि झन्डै ४ सय किलोमिटरको मोटरबाटो निर्माण अघि बढ्छ । यसमध्ये ३ सय किलोमिटरको टेन्डर गरिसकेका छौं ।
प्रस्तुतिः भीम गौतम
http://rajdhani.com.np/article/0354407001462934819

Wednesday, May 11, 2016

‘विद्युत् चोरीको आरोपमा ६ सय पक्राउ’

पटके अभियानले सम्भव होला त विद्युत् चुहावट नियन्त्रण ?

भीम गौतम/राजधानीकाठमाडौं, २८ वैशाख
विद्युत् चुहावटकै नेपाल विद्युत् प्राधिकरणले बर्सेनि झन्डै १० अर्बबराबर घाटा बेहोर्नुपरेको छ भने यही कारण सर्वसाधारणले दैनिक ६ घन्टा बढी लोडसेडिङ बेहोर्नुपरेको छ । झण्डै २५ प्रतिशत चुहावट रहेको सरकारले चुहावट नियन्त्रणप्रति कम मात्र चासो दिएको छ । सधैभरि अभियान चलाउनुपर्ने भएपनि नयाँ वर्षको अवसर पारेर बैशाख महिनाभर चुहावट नियन्त्रण विशेष अभियान सुरु गरेको प्राधिकरणको यस अभियानलाई धेरैले पटके अभियान बताउँदै आएका छन् तर प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्ले भने चुहावट नियन्त्रण अभियानलाई निरन्तर अघि बढाईरहेको बताउँछन् ।
‘भुकम्प र नाकाबन्दीपछि प्राधिकरणको ध्यान त्यतातिर देखिएकोले केही काम नभएको जस्तो देखिएको हो तर विगतदेखि अभियान जारी छ,’ उनले भने–‘अहिले खाली बैशाख महिनाभरलाई विशेष फोकस गरेरै सबै वितरण केन्द्रमा कार्यक्रम अघि बढाएका हौ ।’
प्राधिकरणले मातहतका आठओटै क्षेत्रीय कार्यालय र त्यसमातहतका ९४ वितरण केन्द्रहरूमा एकसाथ विशेष अभियान सुरु गरेको प्राधिकरणमा प्राविधिक चुहावट १५ प्रतिशत छ भने चोरी चुहावट १० प्रतिशत छ । हिउँदमा १३ घन्टासम्म लोडसेडिङको चरम समस्या भोगिरहेको बेला एक मेगावाट समेतको भूमिका महŒवपूर्ण छ, तर विद्युत् प्राधिकरणका अनुसार कुल ७ सय ५० मेगावाटमध्ये १ सय ८० मेगावाटबराबरको विद्युत् चुहावट हुने गरेको छ ।
प्राविधिक रूपमा चुहावट पूर्ण रूपमा अन्त्य असम्भव भए पनि चोरी चुहावट घटाउन सके र प्राविधिक चुहावट १० प्रतिशतमा झार्न सके ३ देखि ४ घन्टा लोडसेडिङ घट्ने प्राधिकरणको अनुमान छ ।
विद्युत् प्राधिकरणले चुहावट नियन्त्रणका लागि नयाँ वर्षको अवसर पारेर विशेष अभियान सुरु गरेको प्राधिकरणले हुकिङ गरी चोरी चुहावट गरेको आरोपमा ६ सय जनालाई पक्राउ गरेको छ । प्राधिकरणका अनुसार, १ बैशाखपछि प्राधिकरणले १६ सय २६ ओटा प्रत्यक्ष हुकिङ गरेको भेटाएको र यसको क्रममा हालसम्म ६ सय पक्राउ परिसकेका छन् ।
विशेष गरी वारा, पर्सा, रौतहट, नेपालगञ्ज, जनकपुर, इनरुवा, सिरहा, जलेश्वर, लालबन्दी, मलंगवा, कलैया, भरतपुर लगायतका क्षेत्रका व्यक्तिहरु पक्राउ गरिएको र यसक्रममा १ करोड ८ लाख असुली गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरण चुहावट नियन्त्रण महाशाखा प्रमुख सचिदानन्द यादवले हालसम्म समयमै ९ करोड ८८ लाख ९१ हजार बक्यौता नतिर्ने ६ हजार ३१ ग्राहकमा लाइन काटिएको र ६ करोड २९ लाख ६५ हजार असुली गरिएको छ ।
त्यसैगरी प्राधिकरणको अभियानकै क्रममा कालोसूचीमा रहेका १ सय ११ ग्राहकबाट २९ लाख ८० हजार र स्वीकृत क्षमताभन्दा बढी विद्युत् उपयोग गर्ने ६१ जना ग्राहकबाट ५ लाख ५५ हजार असुली गरिएको छ । त्यसैगरी, २० हजार ६ सय ३५ ग्राहकको रिसिलिङ मिटर निरीक्षण गरी १ हजार २८ बन्द मिटर बदली गरेको, २१ हजार ९ सय ३५ ग्राहकको मिटर निरीक्षण गरेको प्राधिकरणले जनाएको छ ।
चुहावट घटाउन २०६८ सालमा पञ्चवर्Èीय रणनीति बनाइएको थियो । जसमा त्यतिबेला रहेको २८ दशमलव ३५ प्रतिशतबाट २० प्रतिशतमा झार्ने लक्ष्य राखिएको थियो । तर, पाँच वर्ष पुग्न लाग्दासमेत अझै चुहावट २५ प्रतिशत छ ।
यस वर्ष १ प्रतिशत चुहावट घटाउने लक्ष्य प्राधिकरणको छ । १ प्रतिशत चुहावट घटाउनु ७ मेगावाट उत्पादन बढाउनु भए पनि सरकारले चुहावट नियन्त्रणलाई खासै प्राथमिकता दिएको छैन । विद्युत् चुहावट नियन्त्रणलाई विद्युत् उत्पादनभन्दा बढी महŒव दिनुपर्ने प्राधिकरणका अधिकारी बताउँछन् ।
चुहावट गर्नेलाई चोरीसरहको अपराध मानेर फौजदारी मुद्दा बनाउन सकेको खण्डमा नियन्त्रण हुन सक्ने र यसको अधिकार वितरण केन्द्रलाई दिनुपर्ने माग वितरण केन्द्रका प्रमुखको छ । चुहावट नियन्त्रणका लागि कर्मचारी अभाव, भौतिक साधन सुविधा र बजेटको अभावका साथै प्राविधिक चुहावट बढ्नुमा पुराना ट्रान्सफर्मर तथा वितरण लाइनलाई क्षमतायोग्य र व्यवस्थित बनाउन नसक्नु पनि कारण देखिएको छ । 
http://rajdhani.com.np/article/0600064001462934068

Tuesday, May 10, 2016

कति सम्भव छ बर्खाअघि नै टेन्ट र त्रिपालबाट मुक्ति ?

  • अस्थायी आवास बनाउने निर्णय
  • ७ जेठदेखि अस्थायी आवास निर्माण सुरु
  • सरकारसँग यकिन तथ्यांक छैन
  • जनशक्ति र स्वयंसेवक परिचालन गरिने
  • सामूहिक आवासको स्वामित्व स्थानीय निकायलाई
भीम गौतम/राजधानीकाठमाडौं, २७ वैशाख
सरकारले भूकम्पपीडितहरूलाई वर्षाअघि नै टेन्ट र त्रिपालमुक्त बनाउने लक्ष्यसहित अस्थायी आवास निर्माण गर्ने निर्णय गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दा अस्थायी आवास निर्माण भइरहेको सार्वजनिक गरे पनि सरकारले बल्ल सोमबार अस्थायी वा संक्रमणकालीन आवास निर्माण गर्ने निर्णय गरेको हो ।

यसअघि पटकपटक प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खाअघि नै भूकम्पपीडितलाई टेन्ट र त्रिपालमुक्त बनाउने घोषणा गर्दै आएका थिए । स्थायी आवास निर्माणका लागि सरकारले दिने अनुदानमै ढिलाइ हुँदा हालसम्म एउटा पनि अनुदान पाएर भूकम्पपीडितले स्थायी आवास बनाउन नसकिरहेको बेला सरकारले यस्तो निर्णय गरेको हो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, सहरी विकास मन्त्रालय, स्थानीय निकास विकास मन्त्रालय, गृह मन्त्रालय र तीनवटै सुरक्षा निकायका अधिकारीको संयुक्त बैठकले वर्षाअघि नै सम्पन्न गर्ने गरी आगामी ७ जेठदेखि नै अस्थायी आवास निर्माण गर्ने निर्णय गरेको छ । १२ वैशाखमा भूकम्प गएर एक वर्ष नाघे पनि भूकम्पपीडितले बिचल्ली अवस्थामा टेन्ट र त्रिपालमुनि बसिरहेको बेला र बर्खा सुरु हुन एक महिना मात्र बाँकी रहँदा गरिएको यो निर्णय धेरैले कति सम्भव छ भनेर प्रश्न उठाउँदै कार्यान्वयन हुनेमा भने धेरैले आशंका व्यक्त गरेका छन् ।
प्राधिकरण प्रवक्ता रामप्रसाद थपलिया भने ७ जेठअघि नै सबै प्रक्रिया र तयारी पूरा गरेर अस्थायी आवासको निर्माण सुरु गरिने बताउँछन् । ‘तीन दिनभित्र अस्थायी आवासको डिजाइन फाइनल गर्न सहरी विकास मन्त्रालयमा निर्देशन दिएका छौं, चार दिनभित्र भूकम्प प्रभावित क्षेत्रमा बनाउनुपर्ने आवासको संख्या र आवश्यक तयारीबारे प्रतिवेदन दिन जिल्ला दैवी प्रकोप उद्धार समितिलाई भनेका छौं,’ उनले राजधानीसँग भने, ‘द्रुतगतिमा काम अघि बढाउने गरी र यसमा सबै पक्षको सामूहिक सहभागिता हुने गरी योजना अघि बढाउन लागेका छौं ।’
उनका अनुसार हालसम्म कति अस्थायी आवास बनाउने र यसका लागि कति लागत लाग्ने भन्ने जिल्ला दैवी प्रकोप समितिको प्रतिवेदनपछि मात्र भन्न सकिने अवस्था छ । हालसम्म कति भूकम्पपीडित टेन्ट, त्रिपाल वा पालमुनि बसिरहेका छन् भन्ने यकिन तथ्यांक सरकारसँग छैन ।
विभिन्न कारणले हालसम्म पनि टेन्ट वा पालमा बसोबास गरिरहेका भूकम्पपीडित घरपरिवारलाई निजहरूको स्थायी आवास पुनर्निर्माण नहुँदासम्म बसोबास गर्न सक्ने गरी अस्थायी वा संक्रमणकालीन आवास निर्माण गर्न सहयोग गर्नुपर्ने भन्दै संयुक्त रूपमा गरिएको निर्णयमा प्राधिकरण, गृह मन्त्रालय, केन्द्रीय दैवी प्रकोप उद्धार समिति, सहरी मन्त्रालय एवं स्थानीय विकास मन्त्रालयबीच आवश्यक समन्वय गरी आगामी मनसुनअगावै आवश्यक व्यवस्था मिलाउने उल्लेख छ । यस कार्यको संयोजन र व्यवस्थापन जिल्ला स्तरमा जिल्ला दैवी प्रकोप उद्धार समिति (डीडीआरसी) ले गर्ने निर्णयमा उल्लेख छ ।
आफ्नै सुरक्षित जग्गामा बसिरहेका घरपरिवारलाई सोही स्थानमै अस्थायी आवास निर्माण गर्नमा सहयोग पु¥याउने, आफ्नो जग्गा नभएका कारण वा आफ्नो जग्गा असुरक्षित भएका कारण अन्यत्र (टेन्ट वा पालमुनि) बसोबास गरिरहेका घरपरिवारलाई उपयुक्त स्थानको खोजी गरी स्थानीय उपयुक्तता र आवश्यकताका आधारमा अस्थायी सामूहिक आवास निर्माण गरी बसोबास गर्ने व्यवस्था मिलाउन सहयोग गर्ने निर्णय पनि संयुक्त बैठकले गरेको छ । हालसम्म यसबारे विस्तृत अध्ययन नभएकाले तत्कालै सुरक्षित स्थानको पहिचान गरी कार्यान्वयनमा लान अप्ठ्यारो देखिएको छ ।
बैठकले निर्माण गरिने व्यक्तिगत वा सामूहिक आवासका नमुना डिजाइनहरू सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले विगतमा भएका नमुना डिजाइनहरूसमेतलाई ध्यानमा राखी तीन दिनभित्र तयार पार्ने तथा यसरी तयार पारिने नमुना डिजाइनहरूमध्ये स्थानीय अवस्था, निर्माण सामग्री र निर्माणकर्मीहरूको उपलब्धता आदि समेतलाई ध्यानमा राखी डीडीआरसीको सहरी मन्त्रालयअन्तर्गतकोे जिल्लास्तरीय आयोजना कार्यान्वयन एकाइले कार्यान्वयनमा ल्याउने निर्णय गरिएको छ ।
डीडीआरसीले अस्थायी सामूहिक आवास निर्माणका लागि जग्गाको छनोट गर्दा हाल निर्माण गरिने सामूहिक आवासको भवनलाई भविष्यमा सम्बन्धित गाविस वा नगरपालिकाले आपतकालीन उद्धार केन्द्र वा बजार केन्द्र वा विद्यालय वा स्वास्थ्य केन्द्र वा सामुदायिक भवन वा त्यस्तै प्रकारका सार्वजनिक हितका निम्ति प्रयोग गर्न सकिने गरी छनोट गर्ने तथा सामूहिक आवासको स्वामित्व सम्बन्धित गाविस वा नगरपालिकाको हुने गरी आवश्यक व्यवस्था मिलाउने निर्णय पनि बैठकले गरेको छ ।
निर्माण गरिने अस्थायी आवास भवनको निर्माणका लागि चाहिने निर्माण सामग्री सम्भव भएसम्म स्थानीय तहमा वा विभिन्न सहयोगी संस्थाबाट जुटाउने तथा त्यसरी सम्भव नभए सहरी मन्त्रालयअन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन एकाइमार्फत खरिद गर्ने व्यवस्था मिलाउने निर्णय पनि गरिएको छ । यस कार्यका लागि प्राधिकरणले अर्थ मन्त्रालयको समन्वयमा बजेट व्यवस्था मिलाउने निर्णय भए पनि कति बजेट चाहिने भन्ने उल्लेख छैन । विगतमा अर्थ मन्त्रालयले बजेट दिन ढिलाइ गरेको उदाहरण रहेकाले तत्काल अघि बढाउन कठिनाइ रहेको प्राधिकरणका अधिकारीहरू बताउँछन् ।
व्यक्तिगत वा सामूहिक अस्थायी आवास निर्माण कार्यमा सघाउन तीनवटै सुरक्षा निकायमार्फत जनशक्ति परिचालन गर्ने व्यवस्था मिलाउन गृह मन्त्रालयको उद्धार समितिलाई अनुरोध गर्ने तथा यस कार्यमा सहयोग पु¥याउन स्थानीय राजनीतिक दल तथा विभिन्न संघ÷संस्थाहरूलाई स्वयंसेवक परिचालन गर्न आह्वान गर्ने निर्णय पनि गरिएको छ । अभियानमा स्वयंसेवक परिचालन गर्ने सम्बन्धमा आवश्यक निर्देशिका तीन दिनभित्र तयार पार्ने कार्य पुनर्निर्माण प्राधिकरणले गर्ने निर्णय पनि प्राधिकरणले गरेको छ । हालसम्म पनि टेन्ट वा पालमुनि बसिरहेका भूकम्पपीडित घरपरिवारको वास्तविक संख्याको यकिन गर्ने कार्य जिल्ला उद्धार समितिमार्फत गर्ने व्यवस्था मिलाउने तथा यस कार्यमा सम्बन्धित गाविस र नपामा हालै खटिएका इन्जिनियरहरूलाई समेत परिचालन गर्ने निर्णय बैठकले गरेको छ
निर्माण गर्नुपर्ने आवासको तथ्यांकका आधारमा जिल्ला उद्धार समितिले जिल्ला कार्यान्वयन एकाइलाई समेत परिचालन गरी निर्माण सामग्रीको आवश्यकता, सुरक्षा निकायबाट निर्माण कार्यमा खटाउनुपर्ने जनशक्ति तथा स्वयंसेवकहरूको आवश्यकतासहितको कार्ययोजना तयार पारी आगामी वैशाख मसान्तसम्ममा प्राधिकरण एवं केन्द्रीय दैवी प्रकोप उद्धार समितिमा पठाउने व्यवस्था मिलाउने निर्णय पनि समितिले गरेको छ ।
भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास पुनर्निर्माणका लागि सुरक्षा निकायहरूबाट जनशक्ति परिचालन गर्नेलगायत आगामी मनसुनको समयमा उक्त क्षेत्रमा आउन सक्ने प्राकृतिक विपत्तिका सम्बन्धमा आवश्यक तयारीका निम्ति केन्द्रीय उद्धार समितिको बैठक बसी आवश्यक निर्णय लिई दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।
http://rajdhani.com.np/article/0787002001462850241

Monday, May 9, 2016

भूकम्पपीडितका नाममा निःशुल्क खाता खोल्ने निर्णय

राजधानी समाचारदाताकाठमाडौं, २६ वैशाख
राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको कार्यकारी समितिको बैठकले व्यक्तिगत घर निर्माणका लागि सरकारले दिने अनुदान रकम प्राप्तिका लागि सहज बनाउन भूकम्पपीडितको नाममा स्वतः बैंक खाता सञ्चालन गर्ने निर्णय गरेको छ ।
नेपाल बैंकर्स एसोसिएसन, डेभलपमेन्ट बैंकर्स एसोसिएसन र नेपाल फाइनान्सियल इन्स्टिच्युसन एसोसिएनसँगको छलफलपछि प्राधिकरणको कार्यकारी समितिले यस्तो निर्णय गरेको प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए । निजी आवास अनुदान वितरण कार्य एकल खाता कोष प्रणालीअनुसार गर्ने भन्दै समितिले यसरी अनुदान वितरण गर्दा नेपाल राष्ट्र बैंकले सरकारी कारोबार भएकै दिन वा भोलिपल्ट खर्चको शोधभर्ना हुने व्यवस्था मिलाउन तथा एकल खाता कोषबाट भुक्तानी भएको सात दिनभित्र सम्बन्धित बैंकले लाभग्राहीको खातामा रकम जम्मा गर्न लगाउने गरी व्यवस्था मिलाउन नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
गाविस र नगरपालिकामा हुने अनुदान सम्झौताका आधारमा लाभग्राहीको विवरण तोकिएका सम्बन्धित बैंकलाई कम्प्युटर प्रणालीमार्फत उपलब्ध गराउने र सो डाटाका आधारमा बैकले लाभग्राही घरधनीको भौतिक उपस्थितिविना नै खाता खोल्ने व्यवस्था मिलाउनका लागि नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।
निजी आवास अनुदान वितरण गर्दा बैंक तथा वित्तीय संस्थाका ‘क’, ‘ख’ र ‘ग’ वर्गका सबै बैंकका शाखालाई समावेश गराउने निर्णय गर्दै सदरमुकाममा रहेका बैंक शाखामा दैनिक न्यूनतम ५० वटा र सदरमुकाम बाहिरका बैंक शाखामा दैनिक न्यूनतम २० वटा लाभग्राहीको खाता खोली अनुदान भुक्तानी गर्दा कुनै शुल्क महशुल नलाग्ने व्यवस्था पनि गरिएको छ । साथै, तीनवटै वर्गका बैंक तथा वित्तीय संस्थाका एसोसिएसनले प्रस्तावित गरेको बैंक शाखामार्फत डेभिट कार्ड उपलब्ध गराएको अवस्थामा सोवापत प्रस्तावित गरेको प्रतिग्राहक ३ सय २५ एवं उल्लिखित संख्याभन्दा बढी संख्यामा खाता खोली रकम उपलब्ध गराउँदा प्रतिग्राहक २ सय २५ लाग्ने व्यवस्थाका सम्बन्धमा अर्थ मन्त्रालय एवं नेपाल राष्ट्र बैंकको राय लिई मन्त्रीपरिषद्मा प्रस्ताव पठाउने निर्णय पनि कार्यसमितिले गरेको छ । बैंक अनुदान वितरण प्रक्रियालाई सहजीकरण र समन्वय गर्नका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिवको संयोजकत्वमा प्राधिकरण, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, नेपाल राष्ट्र बंैक, गृह मन्त्रालय, ऊर्जा मन्त्रालय एवं सञ्चार मन्त्रालयका प्रतिनिधि सदस्य रहने र तीनवटै वर्गका बंैकिङ एसोसिएसनका प्रतिनिधिलाई आवश्यकताअनुसार आमन्त्रण गर्ने व्यवस्था मिलाउने निर्णय पनि कार्यकारी समितिले गरेको छ ।
प्राधिकरणका अनुसार, तथ्यांक विभागले डिजिटल सर्भे सम्पन्न गरेर पीडितको सूची सार्वजनिक भएपछि सो नाम सम्बन्धित बंैकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पठाउनेछ भने प्राधिकरणले उनीहरूका नाममा स्वतः निःशुल्क खाता खोलिदिनेछ । यो सेवा तत्कालका लागि भूकम्पबाट विशेष प्रभावित १४ जिल्लाका भूकम्पपीडितले मात्र पाउनेछन् ।

एनजीओ/आईएनजीओलाई कार्यक्रम गर्न स्वीकृति

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्था (एनजीओ÷आईएनजीओ)लाई भूकम्पपछिको पुनर्निर्माणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न स्वीकृति दिएको छ ।
ती एनजीओ÷आईएनजीओले गरेको परियोजना प्रस्तावको आधारमा पुनर्निर्माण र पुनस्र्थापनाका लागि गैरसरकारी संस्था परिचालनसम्बन्धी कार्यविधि, २०७२ को दफा ६ (९) बमोजिम गठित समितिको सिफारिस बमोजिम ती कार्यक्रम स्वीकृत गरेको हो । भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण, पुनस्र्थापना तथा जीविकोपार्जनका कार्यक्रम सञ्चालन गर्नका लागि ती संघसंस्थाले प्रस्ताव दिएका थिए ।
प्राधिकरणका अनुसार, एडारा डेभलप्मेन्ट नेपाल, एएसबी, सिपर्दीयन साहित्य संस्था, धुर्मुस–सुन्तली फाउन्डेसन, सेभ द चिल्ड्रेन र रुम टु रिडलाई स्वीकृति दिने निर्णय कार्यकारी समितिले गरेको हो । धुर्मुस–सुन्तली फाउन्डेसनले सिन्धुपाल्चोकको मेलम्चीस्थित गिनादचौरमा एकीकृत नमूना बस्ती पुनर्निर्माण तथा पर्यटन प्रवद्र्धन कार्यक्रम गर्न लागेको छ । सो संस्थाले ६५ व्यक्तिगत आवाससमेत निर्माण गर्न लागेको प्राधिकरणले जनाएको छ ।
http://rajdhani.com.np/article/0453359001462763633

Sunday, May 8, 2016

अब भूकम्पपीडितका नाममा स्वतः बैंक खाता

भीम गौतम / राजधानी
काठमाडौं, २५ वैशाख
व्यक्तिगत घर निर्माण गर्न सरकारले दिने अनुदान रकम प्राप्तिका लागि सहज बनाउन भूकम्पपीडितको नाममा स्वतः बैंक खाता सञ्चालन हुने भएको छ । विकट क्षेत्रका भूकम्पपीडितले बैंक खाता खोल्न नै कठिनाइ भइरहेको बेला नेपाल बैंकर्स एसोसिएनको पहलमा सबै पीडितको स्वतः खाता स्थापना गरी सञ्चालन हुने भएको हो ।
तथ्यांक विभागले डिजिटल सर्भे सम्पन्न गरेर पीडितको सूची सार्वजनिक भएपछि सो नाम सम्बन्धित बैंकहरूमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पठाउनेछ । प्राधिकरणले नै उनीहरूको नाममा स्वतः निःशुल्क खाता खोलिदिनेछ । यो सेवा तत्कालका लागि भूकम्पबाट विशेष प्रभावित १४ जिल्लाका भूकम्पपीडितले मात्रै पाउनेछन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र एसोसिएसनबीच पटक÷पटकको छलफलपछि बैंकर्स एसोसिएन हाल सबै भूकम्पपीडितहरूको निःशुल्क खाता सञ्चालन गर्न सहमत भएको प्राधिकरणले जनाएको छ । अहिले विकट क्षेत्रका भूकम्पपीडितहरू सदरमुकाम वा सहरी क्षेत्रमा सरकारले तोकेको बैंकमा गएर खाता खोल्नुपर्ने र त्यसपछि गाउँ
फर्केर गाउँ विकास समिति सचिवसँग सम्झौता गरेपछि मात्र अनुदान पाउने व्यवस्था गरिएको थियो ।
कागजपत्रहरू नपुग्दा पटक÷पटक सदरमुकाम पुगेर फर्कनुपर्ने कारण भूकम्पपीडित थप पीडामा परिरहेका बेला प्राधिकरण र एसोसिएसनबीचको यो सम्झौताले अनुदान प्राप्तिका लागि धेरै सहज हुनेछ । सम्झौतापछि भने सहरी क्षेत्रमा ५० बैंक तथा ग्रामीण क्षेत्रमा २० बैंकमार्फत अनुदान रकम भूकम्पपीडितले पाउनेछन् । यी सबै बैंकहरूले शाखारहित बंैकिङ सेवा प्रदान गर्नेछन् । बैंकहरूको पहुँच र सेवाको उपलब्धताको आधारमा भूकम्प प्रभावित क्षेत्रलाई भाग लगाएर छुट्टाछुट्टै बैंकहरूले ती क्षेत्रमा सेवा दिने गरी कार्यविधि तय गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरण स्रोतका अनुसार प्रतिभूकम्पपीडितको खाता खोलेबापत सरकारले बैंकहरूलाई ३ सय २५ रुपैयाँ उपलब्ध गराउनेछ ।
भूकम्पपीडितसँग अनुदान सम्झौता भएपछि हाल डमीको रूपमा रहेको बैंक खाता स्वतः सक्रिय हुने गरी बैंकर्स एसोसिएन सहमत भएपछि यसको अन्तिम मस्यौदा प्राधिकरणले एसोसिएसनमा पठाएको छ । प्राधिकरण स्रोतका अनुसार आज (आइतबार) प्राधिकरण र एसोसिएसनबीच सम्झौता
गर्ने कार्यक्रम राखिएको छ । बिहीबार मस्यौदालाई अन्तिम रूप दिएर शुक्रबार सम्झौता गर्ने कार्यक्रम राखिए पनि
केही कारण रोकिएको थियो । शुक्रबार एसोसिएसन अधिकारीहरूको सुझावलाई समेत समेटेर मस्यौदा पठाइएकाले आइतबार सम्झौता हुनसक्ने प्राधिकरणका
अधिकारीहरू बताउँछन् ।
प्राधिकरण प्रवक्ता रामप्रसाद थपलियाले बैंकर्स एसोसिएनसँगको स्वतः निःशुल्क खाता खोल्ने गरी भएको छलफल अन्तिम चरणमा पुगेको र यसबाट भूकम्पपीडितहरूलाई अनुदान लिन धेरै सहज हुने
जानकारी दिए ।
‘पटक÷पटकको छलफलपछि प्राधिकरण र बैंकर्स एसोसिएन यसबारे अन्तिम निष्कर्षमा पुगिसकेको छ,’ उनले भने, ‘सम्झौता भएपछि भूकम्पपीडितहरूले भोग्दै आएको ठूलो झन्झटको अन्त्य हुनेछ ।’ पछिल्लो समयमा पुनर्निर्माण प्राधिकरणले ३ सय ८३ गाविसका ३ लाखभन्दा बढी भूकम्पपीडितको नाम सार्वजनिक गरिसकेको छ भने व्यक्तिगत घर निर्माणका लागि १३ सय ४६ इन्जिनियर पनि खटाइसकेको छ ।
इन्जिनियर खटाइसके पनि अनुदान सम्झौताका लागि बैंक खाता खोल्दाको झन्झटका कारण व्यक्तिगत आवास निर्माण कार्य प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन । अझ विकट क्षेत्रमा एक÷डेढ सयभन्दा बढीले खाता खोलिसकेपछि मात्र बैंकहरूले शाखारहित बैंकिङ सेवा दिने कारण अनुदान पाउनका लागि पीडितहरूले धेरै सास्ती भोग्नुपरेको छ । यो सेवा सुरु भएपछि भने पीडितले राहात पाउनेछन् ।

सबैको नाममा निःशुल्क खाता

अनुदान सम्झौतापछि खाता स्वतः सक्रिय

खाता विशेष प्रभावित जिल्लामा मात्रै

प्राधिकरण र एसोसिएसनबीच सम्झौता आज

http://rajdhani.com.np/article/0504309001462670318

 

Saturday, May 7, 2016

अस्पताल र यातायात विभागको विद्युत् लाइन काटियो

भीम गौतम / राजधानी
काठमाडौं, २३ वैशाख
नेपाल विद्युत् प्राधिकरणले जनमैत्री अस्पताल र यातायात व्यवस्था विभागको बिजुलीको लाइन काटिदिएको छ । अस्पतालले ९७ लाख ४२ हजार रुपैयाँ बराबर विद्युत् बक्यौता नतिरेको र यातायात विभागले ४० लाख ६७ हजार रुपैयाँ बराबर बक्यौता नतिरेको भन्दै बिजुली लाइन काटिएको विद्युत् प्राधिकरण काठमाडौं क्षेत्रीय कार्यालय प्रमुख दीर्घायुकुमार श्रेष्ठले जानकारी दिए । त्यसैगरी, २०६८ सालदेखि नै २ लाख २ हजार बिजुलीको महशुल नतिरेको गैरसरकारी संस्था वल्र्ड पिस फाउन्डेसनको पनि बिजुलीको लाइन काटिदिएको छ ।
विद्युत् प्राधिकरणले दुई महिनाभित्र बक्यौता नतिरे लाइन काट्ने प्राधिकरणले पहुँचको आधारमा लामो समयदेखि सो संस्थाको भने लाइन काटिएको थिएन । प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले वैशाख महिनालाई चुहावट नियन्त्रण अभियान र बाँकी बक्यौता अभियानअघि बढाउँदै समयमै बिजुलीको बिल नतिर्नेको लाइन काट्ने अभियान सञ्चालन
गरिएको बताए ।
ग्राहक तथा वितरण निर्देशानालय काठमाडांै क्षेत्रीय कार्यालय प्रमुख श्रेष्ठले सात दिनअघि अस्पताललाई जानकारी दिएर महशुल तिर्न अटेर गरेपछि लाइन काटिएको बताए पनि जनमैत्री अस्पतालले भने पहिला कुनै जानकारी नदिई छापामार शैलीमा लाइन काटिएको जनाएको छ । ‘अस्पतालमा अप्रेसन गरिरहेको र आईसीयुमा सेवा गरिरहेको बेला विनाजानकारी अस्पतालको जस्तो संवेदनशील क्षेत्रको लाइन काटियो ।’, अस्पतालका सहायक निर्देशक एवं जेनेरल सर्जन डा. अजय पराजुलीले भने, ‘तत्काल वैकल्पिक व्यवस्था नगरिएको भए धेरै बिरामीको ज्यान जान सक्थ्यो ।’ प्राधिकरणका अनुसार, सात दिनअघि जानकारी दिएर लाइन काट्न जाँदा अस्पतालका कर्मचारी र सुरक्षा गार्डले प्राधिकरण कर्मचारी थुन्ने प्रयास गरेका थिए । अस्पतालका पराजुलीले भने भूकम्पपछि सरकारको निर्देशनमा अस्पतालले धेरै बिरामीको निःशुल्क सेवा गरेको र त्यसकारण प्राधिकरणको महशुल तिर्न अप्ठेरो परेको जनाउँदै लाइन काटिएपछि जेनेरेटरको भरमा स्वास्थ्य सेवा सञ्चालन गर्नुपरेको बताए ।
यातायात व्यवस्था विभागले ट्रली सञ्चालन गरेवापतको ३९ लाख तथा विभागको १ लाख ६७ हजार रुपैयाँ बक्यौता बुझाउन बाँकी छ । बक्यौता नतिरेको भन्दै प्राधिकरणले बिजुलीको लाइन काट्दा यातायात विभागको सेवा एक दिन पूर्णरूपमा बन्द भएको र बिहीबार दिउँसोदेखि जेनेरेटरमार्फत सेवा दिइरहेको बताएको छ । विभागका प्रवक्ता वसन्त अधिकारीले बुधबार पूर्णरूपमा सेवा बन्द भएको र बिहीबार दिउँसोदेखि जेनेरेटरबाट सेवा दिइएको जानकारी दिए ।
उनले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई भेटेर १५ दिनभित्र बक्यौता तिर्ने प्रतिबद्धता जनाए पनि बक्यौता नतिरेसम्म लाइन नजोड्ने बताएको र सेवालाई सुचारु गरिएको जानकारी दिए । विभागका अनुसार, बिजुलीको बाँकी बक्यौता तिर्नका लागि अर्थ मन्त्रालयमा प्रस्ताव गरिएको छ । प्राधिकरणले पछिल्लो समयमा विद्युत् लाइन काट्ने अभियानलाई देशभरि सञ्चालन गरिरहेको छ । अभियानअन्तर्गत समयमै बिजुलीको बिल नतिर्ने साना, ठूला सबै ग्राहकको लाइन काट्ने प्राधिकरणले जनाएको छ ।

एक दिन विभागको सेवा ठप्प

छापामार शैलीमा लाइन काटियो ः अस्पताल
कर्मचारीलाई थुन्ने प्रयास गरियो ः प्राधिकरण
http://rajdhani.com.np/article/0632806001462505065

Sunday, May 1, 2016

पाँचवर्षे पुनर्निर्माण कार्ययोजना तयार

भीम गौतम / राजधानी
काठमाडौं, १९ वैशाख
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पाँच वर्षभित्र भूकम्पपछिको पुनर्निर्माण सम्पन्न गर्ने गरी कार्ययोजना तयार गरेको छ । प्राधिकरणले तयार गरेको पुनर्निर्माण तथा पुनःस्थापना नीतिलाई कार्यान्वयन गर्ने गरी पाँचवर्षे कार्ययोजनासहितको खाका तयार गरेको हो ।
गत वर्षको १२ वैशाखपछि सबैभन्दा ठूलो भूकम्प गएको २९ वैशाखको अवसर पारेर प्राधिकरणले कार्ययोजनासहित खाका सार्वजनिक गर्ने योजना बनाएको छ । यसमा निश्चित समयसीमा, बजेट, लक्ष्य र हासिल हुने प्रगतिसहित भूकम्पबाट क्षतिग्रस्त २१ क्षेत्रकै छुट्टाछुट्टै कार्ययोजनासमेत समावेश हुने प्राधिकरणले जनाएको छ ।
विपद्पछिको पुनर्निर्माण खाका (पीडीआरएफ) मा पुनर्निर्माण गर्नुपर्ने क्षेत्रलाई प्राथमिकीकरण गर्दै निजी घर निर्माणलाई विशेष महŒव दिएको प्राधिकरण विकास सहायता समन्वय तथा बजेट व्यवस्थापन शाखा प्रमुख डा. भीष्मकुमार भुसालले जानकारी दिए ।
‘पहिलो प्राथमिकतामा निजी निवास, त्यसपछि क्रमशः शिक्षा, स्वास्थ्य, सम्पदालगायतका अन्य क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणका लागि प्राथमिकीकरण गरिएको छ,’ भुसालले राजधानीसँग भने,
‘प्राथमिकीकरणकै आधारमा बजेट बाँडफाँट गरिनेछ ।’ सरकारले यस वर्ष प्राधिकरणलाई १ खर्ब ६० अर्ब रुपैयाँ बजेट सिलिङ तोकेको छ ।
भूकम्पपछि १० असारमा गरेको दाता सम्मेलनबाट ४ खर्ब १२ अर्ब बराबरको प्रतिबद्धता आएकोमा हालसम्म १ खर्ब ४ अर्ब रुपैयाँ मात्रै सरकारले प्राप्त गरेको छ । दाताबाट आउने रकम तथा सरकारबाट थप बजेटको व्यवस्थापन गरी स्रोत परिचालन गर्ने प्राधिकरणको लक्ष्य छ ।
आर्थिक वर्ष २०७३÷७४ भित्र सबै ग्रामीण क्षेत्रका निजी घर बनाइसक्ने र आर्थिक वर्ष २०७४÷७५ भित्र बाँकी सहरी क्षेत्रका निजी घर बनाइसक्ने योजना प्राधिकरणको छ । करिब ८ लाख घर भूकम्पबाट क्षतिग्रस्त भएको प्रारम्भिक प्रतिवेदनले देखाएको छ, तर यसबारे तथ्यांक विभागले डिजिटल सर्भे गरिरहेको छ । ग्रामीण क्षेत्रमा मात्र करिब ५ लाख घर पुनर्निर्माण गर्नुपर्ने अनुमान प्राधिकरणको छ । यसैगरी, पाँच वर्षभित्रमा पुराताŒिवक सम्पदाको पुनर्निर्माण सक्ने लक्ष्य राखेको प्राधिकरणले अन्य क्षेत्रमा भने आवश्यकताका आधारमा तीन वर्षभित्र सक्ने योजना बनाएको छ । विपद्पछिको क्षतिको आवश्यकता आ“कलन (पीडीएन) प्रतिवेदनले पुनर्निर्माणका लागि ६ खर्ब ७० अर्ब रुपैयाँ आवश्यकता रहेको उल्लेख गरेकोमा अहिले भने ८ खर्ब ३० अर्ब रुपैयाँ आवश्यक रहेको अनुमान गरिएको छ ।
पीडीएन प्रतिवेदन तयार गर्दा क्षतिको पूर्ण विवरण नसमेटिएको तथा पछिल्लो समयमा आगलागीजस्ता विपद् देखिएकाले यसलाई समेत समेटेपछि आवश्यक रकम बढेको प्राधिकरणको भनाइ छ । प्राधिकरणले यसबारे आज (सोमबार) सरोकारवाला मन्त्रालयका प्रतिनिधि बोलाएर क्षतिको विवरण दुईतिर (डुब्लिकेसन) परेको भए त्यसलाई छलफलसमेत गर्न लागेको छ । भुसालका अनुसार हालसम्मको आवश्यकता करिब ८ खर्ब ३० अर्ब लाग्ने देखिएको र डुब्लिकेसनबारे छलफल हुन लागेको हो ।
भूकम्प प्रतिरोधी संरचनासहितको एकीकृत एवं योजनबद्ध बस्तीहरूको विकास गर्ने उद्देश्यसहितको पुनर्निर्माण नीति यसअघि प्राधिकरणले तयार गरिसकेको छ । स्पष्ट योजनाका साथ स्थानीय श्रम, स्रोत र साधनको अधिकतम प्रयोग गर्दै भूकम्पपश्चात्को पुनर्निर्माण तथा पुनःस्थापना कार्य सम्पन्न गर्न नेतृत्व गर्ने भन्ने मुख्य ध्येय राखिएको नीतिमा एकीकृत बस्ती विकासका लागि भू–उपयोग नीतिका आधारमा भूिमको उपयोग र पूर्वाधार विकास गर्न प्रोत्साहित गर्ने, भौतिक पूर्वाधारहरूको योजनासहित एकीकृत बस्ती विकास गर्ने, आवासीय घरको मर्मत तथा पुनर्निर्माण कार्यमा स्वनिर्माण विधिलाई प्रोत्साहन गर्ने उल्लेख छ ।
यसैगरी, भूकम्प तथा अन्य प्राकृतिक प्रकोप प्रतिरोधी निर्माण विधि अवलम्बन गर्ने तथा भूकम्प प्रभावित परिवारलाई तोकिएको मापदण्डअनुरूप आर्थिक सहयोग गर्ने प्रावधान पनि राखिएको छ ।
दुई वर्षभित्र सबै निजी घर निर्माण सम्पन्न गर्ने लक्ष्य
पुनर्निर्माणका लागि ८ खर्ब ३० अर्ब आवश्यक
क्षतिग्रस्त २१ क्षेत्रकै छुट्टाछुट्टै कार्ययोजना
http://rajdhani.com.np/article/0283967001462154595

गाउँको अनुदानबाट सहरमा घर

भूकम्प अनुदानमा नयाँ मापदण्ड 

भीम गौतम / राजधानी
काठमाडौं, १८ वैशाख
सरकारले गाउँमा भूकम्पबाट क्षति भएर पाउने अनुदानबाट सहरी क्षेत्रमा घर बनाउन पाउने गरी छुट दिएको छ । सरकारले दिइने अनुदानबाट सम्बन्धित क्षेत्रमै घर बनाउनुपर्ने व्यवस्था गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प अनुदानसम्बन्धी कार्यविधिलाई संशोधन गर्दै सो अनुदानबाट सहरी क्षेत्रमा घर बनाउन पाउने छुट दिएको हो ।
‘भूकम्पबाट घर क्षति भएर पाउने अनुदानको सम्झौता गर्ने बखतमा सम्बन्धित पीडितले सोही गाउँको सट्टा छिमेकी गाविस वा सहरी क्षेत्रमा घर बनाउन चाहे अनुदान दिने गरी अनुदान कार्यविधि–२०७२ मा तेस्रो संशोधन गरिएको छ,’ पुनर्निर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले राजधानीसँग भने, ‘अनुदान सम्झौताको बखत पीडितले सहरी क्षेत्रमा रहेको लालपुर्जाको फोटोकपी भने उपलब्ध गराउनुपर्नेछ ।’ यो निर्णयअनुसार सम्बन्धित पीडितको नाममा सहरमा जग्गा भए वा निजले अनुदान सम्झौता गर्नुअघि नै जग्गा खरिद गरे सो अनुदान सहरी क्षेत्रमा रहेको जग्गामा घर बनाउन उपयोग गर्न पाउनेछ । यो निर्णयसँगै उनीहरूले सरकारले घोषणा गरेको सहुलियत दरको ऋणसमेत आवश्यक प्रक्रिया पूरा गरी पाउनेछन् ।
भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माण अनुदानका लागि लाभग्राही छनोट मापदण्डअनुसार संशोधित व्यवस्थामा भूकम्पबाट क्षतिग्रस्त आवास भएकै स्थानमा वा सिमाना जोडिएको छिमेकी गाविस वा भूकम्प प्रभावित सोही जिल्लाको अन्य सहज हुने उपयुक्त स्थानमा आवास निर्माण गर्ने भए उल्लिखित अनुदान रकम उपलब्ध गराउन सकिने उल्लेख छ । यसअघि प्राधिकरणले बनाएको मापदण्डमा भूकम्पबाट अति जोखिममा परेका पीडितहरूले मात्र सकेसम्म पुरानो बस्तीको नजिकै र सो पनि सम्भव नभए मात्र सोही जिल्लाभित्रको उपयुक्त स्थानमा नयाँ बस्ती बसाल्न पाउने व्यवस्था गरेको थियो । पछिल्लो समयमा गाउँबाट सहरमा बसाइ सर्ने प्रवृत्ति बढेर गाउँ रित्ति“दै गएकोमा प्राधिकरण निर्देशक समितिले हालै गरेको यो निर्णयले यसलाई झन् बढावा दिएको छ ।
हालै बसेको निर्देशक समितिले गरेको सो निर्णयपछि गाउँको सट्टा सहरमा घर बनाउन चाहनेलाई धेरै सुविधा पुगेको प्राधिकरणको भनाइ छ । प्रवक्ता थपलियाले दोलखाको सिंगटी क्षेत्रमा घर क्षतिग्रस्त हुनेले सदरमुकाम चरिकोटमा समेत घर बनाउन पाउने उदाहरण दिँदै गाउँमा भूकम्पपीडितहरूको चाहना र आवश्यकतालाई आधार बनाएर निर्णय गरिएको जानकारी दिए । भूकम्पपछिको पुनर्निर्माणका लागि सहरी विकास मन्त्रालयले भूकम्प प्रभावित ५ सय ७५ गाविस र २० नगरपालिकामा १३ सय ४६ इन्जिनियर खटाइसकेको छ भने डिजिटल सर्भे सम्पन्न भएका ३ सय ८३ गाविसका ३ लाख २० हजार जना लाभग्राहीको नाम पनि सार्वजनिक गरिसकेको छ ।
उल्लिखित गाविसमा सरकारले अनुदान सम्झौताको प्रक्रिया अघि बढाएको छ । यसका लागि प्राधिकरणले योग्य घरधनीहरूलाई पहिलो किस्ताको रकम उपलब्ध गराउन ११ अर्ब ६७ करोड ७९ लाख रुपैयाँ थप रकम निकासा गरेको छ । गोर्खा, मकवानपुर, धादिङ, नुवाकोट सिन्धुपाल्चोक, रामेछाप, काभ्रे, दोलखा, रसुवा, ओखलढुंगा र सिन्धुलीमा जिल्ला समन्वय समितिद्वारा प्रकाशित सूचीअनुसार रकम उपलब्ध गराउन प्राधिकरणले निकासा गरेको हो । यसअघि र अहिले गरी प्राधिकरणले आवास अनुदानतर्फ १२ अर्ब ५९ करोड ७८ लाख ४२ हजार रुपैयाँ निकासा गरिसकेको छ ।
लालपुर्जाविहीनलाई थप सहज
भवनहरूको पुनर्निर्माणका लागि अनुदान प्राप्त गर्ने लाभग्राहीहरूको पहिचानबारे समेत केही संशोधन गर्दै डिजिटल सर्भेको क्रममा क्षति भएको पाइए पनि लालपुर्जा नभएका परिवारका लागि समेत प्राधिकरणले नयाँ व्यवस्था गरेको छ । भिन्न बसेका, अंशबन्डा कागज पारित नगरेका, विदेशमा रहेका, निधन भई नामसारी नभएका तथा भूकम्प प्रतिरोधी घर निर्माण गरिसकेका र बनाइरहेकाहरूले समेत अनुदान पाउने व्यवस्था प्राधिकरणले गरेको हो ।
‘लालपुर्जा नहुनेहरूका लागि सहज हुने गरी व्यवस्था गरेका छौं,’ प्रवक्ता थपलियाले भने । यसअघि सरकारले जग्गा प्राप्ति कार्यविधि ल्याएर छोटो बाटोमार्फत लालपुर्जा उपलब्ध गराउने व्यवस्थासमेत गरिसकेको छ । गत १२ वैशाख २०७२ अगावै सम्बन्धित जिल्ला मालपोत कार्यालयमा अंशबन्डा पास गरेका घर परिवारलाई छुट्टै घर परिवारमा गणना गरी अनुदान रकम उपलब्ध गराइने उल्लेख गर्दै मापदण्डमा अंशबन्डा कागज अड्डाबाट पारित नगरेको भए तापनि मानो छुट्टयाई छुट्टै घर बनाई बसेमा अनुदान पाउने व्यवस्था गरिएको छ । छुट्टिएर भिन्न भई अलग–अलग घर बनाई बसोबास गरेको अवस्थामा स्थानीय गाविस÷नगरपालिकाका प्रमुख वा निजले तोकेको कर्मचारीको रोहबरमा हुने सरजमिनका आधारमा पुष्टि भए त्यस्तो भूकम्प प्रभावित घरधनीलाई समेत छुट्टै घरपरिवारमा गणना गरी अनुदान उपलब्ध गराउने निर्णय प्राधिकरण निर्देशक समितिले गरेको छ ।
एकाघर परिवारको सदस्यको नाममा घरजग्गा भएको, तर घर जग्गाको स्वमित्व भएको परिवारको सदस्य विदेशमा भएको अवस्थामा घर बनाउन एकाघर परिवारको नाता प्रमाणित भएका हकवाला व्यक्तिलाई तोकिएबमोजिमको अनुदान रकम उपलब्ध गराउने गरी व्यवस्था पनि गरिएको छ । रोजगारीको सिलसिलामा झन्डै ३० प्रतिशत लालपुर्जावाहक विदेशमा रहेको र यसले गाउँमा रहेको परिवारलाई अनुदान लिन समस्या परेको अनुमान प्राधिकरणको छ ।
तर, यसबारे विस्तृत अध्ययन भने भएको छैन । त्यसैगरी, मापदण्डमा संशोधन गरी प्राधिकरणले कुनै ठाउँमा जग्गा नापी नै नभएको तर बस्ती बसेको अवस्थामा त्यस्ता बस्तीका घरहरूलाई अनुदान रकम उपलब्ध गराउने सम्बन्धमा त्यस्तो बसोबास भएको जग्गा व्यक्तिगत भए नापी गरी÷गराई सम्बन्धित व्यक्तिको नाममा जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेपछि तोकिए बमोजिमको अनुदान रकम उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
त्यसैगरी, जग्गाधनीको मृत्यु भई हकवालाहरूमा नामसारी हुन बाँकी भएको अवस्थामा मृतकको हकवालाले मृत्यु दर्ता प्रमाणपत्रसहित निवेदन दिए सबै हकवालाहरूको संयुक्त वा निजहरूको मञ्जुरीमा हकवालामध्ये एकजनाको नाममा अनुदान दिन सकिने व्यवस्था गरिएको छ । प्राधिकरणले तथ्यांक विभागद्वारा संकलित भूकम्प प्रभावित लगत संकलन कार्यक्रमअन्तर्गत संकलन गरिएको तथ्यांकमा समावेश भएको तर अनुदान सम्झौता हुनुअगावै घरधनी स्वयंले घर निर्माण कार्य प्रारम्भ गरिसकेकाको हकमा निर्मित वा निर्माणाधीन उक्त घर तोकिएका प्राविधिकहरूले चेकजाँच गर्दा भूकम्प प्रतिरोधी भए तोकिएबमोजिम छुट्टै अभिलेख राखी अनुदान उपलब्ध गराउन सकिने व्यवस्था पनि गरिएको छ ।
भिन्न बसेका, अंशबन्डा कागज पारित नगरेका, विदेशमा रहेका, निधन भई नामसारी नभएका तथा भूकम्प प्रतिरोधी घर निर्माण गरिसकेका र बनाइरहेकाहरूलाई समेत अनुदान पाउने व्यवस्था
http://rajdhani.com.np/article/0582506001462064671