- आर्थिक वृद्धिदर ७.१ प्रतिशत पु¥याउने लक्ष्य
- विकास परिषद् बैठक सुरु
राजधानी समाचारदाताकाठमाडाै, २ जेठ
राष्ट्रिय
योजना आयोगले आगामी तीन वर्षका लागि सरकारले २४ खर्ब रुपैयाँ लगानी हुने
गरी त्रिवर्षीय योजना प्रस्ताव गरेको छ । आइतबारदेखि सुरु भएको दुई दिने
राष्ट्रिय विकास परिषद्को बैठकमा आगामी तीन वर्षभित्र आर्थिक, पूर्वाधार,
कृषि, वन, सिँचाइ र भूमिसुधार, सामाजिक विकास र अन्तरसम्बन्धित विषय (क्रस
कटिङ इस्यु) क्षेत्रमा २३ खर्ब ९९ अर्ब ४८ करोडबराबरको लगानी प्रस्ताव
गरिएको हो । परिषद्मा प्रस्तुत गरिएकामा मस्यौदामा जम्मा लगानीमध्ये ४०
दशमलव ५ प्रतिशत सरकारी, ५ दशमलव ९ प्रतिशत सहकारी तथा बाँकी ५३ प्रतिशत
निजी क्षेत्रबाट लगानी गर्ने उल्लेख छ ।
नयाँ
संविधान आएपछि यस संविधानले निर्दिष्ट गरेका लक्ष्यसमेत हासिल गर्नका लागि
त्रिवर्षीय योजनामा उल्लेख हुने हुनाले यसलाई महŒव दिइएको छ । प्रस्तुत
मस्यौदामा हाल २१ दशमलव ६ प्रतिशत रहेको गरिबीलाई घटाएर १७ प्रतिशतमा
झार्ने, आर्थिक वृद्धिदरलाई ७ दशमलव १ प्रतिशत पु¥याउने, पूर्वाधार
विकासलाई महŒव दिने, सीपयुक्त शिक्षालाई जोड दिनेलगायत उल्लेख छन् ।
विभिन्न क्षेत्रका ३५ मनोनीत परिषद् सदस्यसहित मन्त्री, मन्त्रालयका सचिव र
विभिन्न राजनीतिक दलका प्रतिनिधि, संवैधानिक अंगका प्रतिनिधि, संसदीय
समितिका प्रतिनिधिलगायत गरी ३ सय सहभागी परिषद् बैठकले आज सोमबार
मस्यौदालाई अन्तिम रूप दिनेछ । परिषद्को आइतबार प्रधानमन्त्री केपी शर्मा
ओलीले उद्घाटन गरेका थिए । आयोगले विगतदेखि हालसम्म बनाएका पञ्चवर्षीय र
त्रिवर्षीय योजनामध्ये आठौँ र दसौं मात्र सफल भएका छन् भने अन्य सफल भएका
छैनन् । आर्थिक वर्ष २०७२÷०७३ सकिने त्रिवर्षीय योजनाका अधिकांश सूचक असफल
रहेको देखिएको छ ।
आयोगका अनुसार,
गरिबी ५ दशमलव ५ प्रतिशत घटाउने लक्ष्य राखिएकामा ३ प्रतिशत मात्र घटेको
चालू त्रिवर्षीय योजनामा २४ सय २६ मेगावाट बिजुली पु¥याउने लक्ष्य राखेकामा
८ सय २९ मेगावाट मात्र पुग्यो भने ८७ प्रतिशतलाई बिजुली सेवा पु¥याउने
लक्ष्य राखिएकामा ७४ प्रतिशत मात्र पुगेको छ । त्यसैगरी, ७५ जिल्लामै सडक
सञ्जाल जोड्ने लक्ष्य राखिएकामा दुई जिल्लामा तीन वर्षभित्र पनि पुग्न सकेन
।
लगानीको वातावरण पनि चालू योजनामा
सफल भएन भने रोजगारी सिर्जना ३ दशमलव २ प्रतिशत पु¥याउने लक्ष्य राखिएकामा २
दशमलव ९ प्रतिशतमै सीमित भयो । १४ लाख हेक्टर जमिनमा सिँचाइ पु¥याउने
भनिएकामा १३ लाख ६८ हजार हेक्टरमा मात्र सीमित भयो ।
चालू
त्रिवर्षीय योजनाका सडक, शिक्षा, स्वास्थ्य र टेलिफोन सेवालगायतमा भने
नेपाल सफल भएको छ । नेपालको सरदर आयु ६९ वर्ष रहेकामा बढेर ७१ वर्ष पुगेको
आयोगले जनाएको छ ।
http://rajdhani.com.np/article/0393456001463362015
No comments:
Post a Comment