–ट्रान्सफर्मर अभाव र मिटर रिडिङ प्रमुख समस्या
भीम गौतम\=राजधानी
विराटनगरं, ६ चैत्र
नेपाल विद्युत प्राधिकरण पुर्वाञ्चल क्षेत्रको आठ जिल्लामा विद्युतमा समस्यै समस्या देखिएका छन् ।
प्राधिकरणले सुरु गरेको प्राधिकरणको समस्या पहिचान अभियान अन्तर्गत बिहीबार विराटनगरमा भएको अन्तरक्रिया कार्यक्रममा विद्युतीकरणका लागि समस्यै समस्या देखिएका हुन् । मोरङ, झापा, सुनसरी, धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा र इलाम जिल्लाका १४ विद्युत वितरण केन्द्रका प्रमुख तथा लेखा प्रमुखहरुले दुई दर्जनभन्दा बढी समस्या विद्युतीकरणमा रहेको उल्लेख गर्दै तत्काल समाधान गर्न आग्रह गरेका थिए । प्राधिकरण ग्राहक तथा वितरण निर्देशानालयले प्राधिकरणका आठ क्षेत्रीय कार्यालयभित्र लेखा तथा प्राविधिक समस्या अनुगमन तथा अन्तरक्रिया गरी समस्या पहिचान गर्न अघि अभियानका लागि आएको प्राधिरकरणको केन्द्रीय टोली समक्ष उनीहरुले दुई दर्जन समस्या पोखेका हुन् । सामुदायिक विद्युतीकरणका प्रमुख मनोज सिलवाल, ग्राहक तथा वितरण निर्देशानालयका सह–निर्देशक निर्मला शर्मा, केन्द्रीय लेखाका उप–निर्देशक गोपाल दाहाल, निर्देशानालयका सहायक–निर्देशक सुर्य शिवाकोटी, केन्द्रीय लेखाका सहायक निर्देशक कुलराज खनालका साथै प्राधिकरण निर्देशक लेखानाथ कोइराला लगायत समक्ष आफ्ना वितरण केन्द्रका समस्या पोखेका थिए ।
उनीहरुले दुई बर्षदेखि वितरण ट्रान्सफर्मर उपलब्ध नभएको र जगडामा नरहेकोले तथा विवादस्पद ट्रान्सफर्मर जलेमा मर्मत पनि गर्न नपाउने व्यवस्थाले थप समस्या रहेको बताएका छन् । ट्रान्सफर्मर जल्दा कम्तीमा १०÷१५ दिन बिजुली नपाउँदा स्थानीयबासीहरुले कर्मचारीहरुलाई धम्की समेत दिन गरेको गुनासो पोखेका छन् । ५ दिन अघि ट्रान्सफर्मर जलेपछि विजुलको माग गर्दै बिहीबार मात्र धाईजनका स्थानीयबासीले धुलावारी प्राधिकरण कार्यालयमा तालाबन्दी गरेका थिए । प्रमुख जिल्ला अधिकारी एकमणि नेपालले तीन दिनभित्र ट्रान्सफर्मर दिने सर्तमा तालाबन्दी खुलाएपनि ट्रान्सफर्मर मर्मत कम्तीमा सात दिन लाग्ने भद्रपुर वितरण केन्द्रले जनाएको छ । मिटर रिडको अभावले मिटर रिडिङको समस्या पनि ठूलो समस्याको रुपमा रहेको उनीहरुले गुनासो पोखेका छन् ।
उनीहरुले आवश्यक र उचित जनशक्ति नभएको, वितरण लाईन तथा ट्रान्सफर्मर क्षमताहरुको स्तरोन्नति हुन नसकेको, प्राधिकरणको अतिक्रमित जग्गाहरु जोगाउन सुरक्षामको समस्या भएको, ओभरलोडको समस्या रहेको अन्तरक्रियामा बताएका थिए । मिटर रिडर, प्राविधिक, इन्जिनियर लगातयका कर्मचारीको अभाव हुँदा लेखा, प्रशासन, प्राविधिक, मिटर रिडिङ लगायतका कार्यमा असर परेको पनि अन्तरक्रियामा सहभागीहरुले बताएका थिए । त्यसैगरी मिटर अभावको कारण चुहावट नियन्त्रणमा समस्या आएको, वितरण विनियमावलीमा बन्द भएका मिटरको मुल्य लिई मिटर वदली गर्ने प्रावधान रहेको कारणले ग्राहकहरुले बन्द मिटरको मुल्य तिर्न नमानेको कारणले गर्दा बन्द मिटर वदली हुन नसकेको पनि गुनासो उनीहरुले पोखेका छन् ।
अधिकांश केन्द्रमा आवश्यक अनुसार सवारी साधन नभएको र भएका पनि काम नलाग्ने अवस्थामा रहेको तथा भौगोलिक अवस्था नहेरी प्राधिकरणले सवारी साधन पठाउँदा सेवा दिन अप्ठेरो भएको पनि उनीहरुले बताएका छन् । ट्रान्सफर्मर, कण्डक्टर र पोल अभाव रहेको, धेरै समस्या रहेका फाइल केन्द्रमा पठाउँदा पनि समयमै निर्णय नगरेको, केन्द्रबाट पहुँचको भरमा नपुग बजेट विनियोजन गर्दा कार्यवन्यनमा समस्या आएको, पुँजीकरणको समस्या रहेको, कालोपाटीको वक्यौता उठाउन समस्या रहेको, टाढा वितरण केन्द्रका कारण विजुली तिर्न सर्वसाधारणले सास्ती भोग्नुपरेको, सडक वत्ती भुक्तानीमा समस्या आएको, कतिपय प्राधिकरणका जग्गा नेपाली सेनाले कब्जा गरेको, पुराना बन्द आयोजनाहरु पुर्न सञ्चालनका लागि समस्या भएको लगायतका गुनासो पनि उनीहरुले पोखेका थिए ।
प्राधिकरणका केन्द्रीय टोलीले भने अन्तरक्रियामा प्रश्तुत गरेका समस्याहरु उपकार्यकारी तथा कार्यकारी निर्देशक समक्ष पुर्याएर समाधानका लागि प्रयास गर्ने आश्वासन दिएका छन् ।
सबै क्षेत्रीय कार्यालयका समस्याहरु पहिचान गर्ने क्रममा पोखरा, जनकपुर, बुटवल, नेपालगञ्ज र विराटनगरमा अन्तरक्रिया सकिएको र बाँकी क्षेत्रीय कार्यालयममा समेत छिट्टै कार्यक्रम गरिने सहायक निर्देशक सुर्य शिवाकोटीले जानकारी दिए ।
No comments:
Post a Comment