राजधानी समाचारदाता
काठमाडौं, २३ फागुन । काठ, दाउरा, पेट्रोल र डिजेललगायत तापीय ऊर्जा घटाउनका लागि क्षेत्रीय रूपमा टाक्स फोर्स (कार्यदल) गठन गर्नुपर्ने सरोकारवालाहरूले निष्कर्ष निकालेका छन् । तापीय प्रयोगका लागि नवीकणीय ऊर्जाको स्तरोन्नति विषयक दुईदिने अन्तर्राष्ट्रिय कार्यशालाका सहभागीहरूले एसिया प्रशान्त क्षेत्रभित्र क्षेत्रीय टाक्स फोर्स गठन गरेर अघि बढ्नुपर्ने निष्कर्ष निकालेका हुन् ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र एसियाली विकास बैंक (एडीबी) को आयोजनामा भएको दुईदिने सम्मेलनले क्षेत्रीय टाक्स फोर्स गठनको जिम्मा केन्द्रलाई दिँदै एसिया प्रशान्तभित्रका देशमा नमुना आयोजना सञ्चालन गर्ने निष्कर्ष पनि निकालेका छन् । नेपाल, भारत, भुटान, चीन, म्यानमार, पाकिस्तान र फिलिपिन्सलगायत १० मुलुकका प्रतिनिधि सहभागी कार्यशालाका सहभागीहरूले सबै देशलाई समेट्ने गरी तापीय ऊर्जाका रूपमा नवीकरणीय ऊर्जाको उपयोग बढाउनका लागि सबै अग्रसर हुनुपर्ने निष्कर्ष निकालेका हुन् ।
‘कुनकुन देशमा कुनकुन प्रविधि उपर्युक्त हुन्छन् भन्ने यकिन गरेर ती देशमा टाक्सफोर्समार्फत नमुना आयोजना सञ्चालन गर्नुपर्ने निष्कर्ष कार्यशालाले निकालेको छ,’ केन्द्रका सहनिर्देशक समीर थापाले भने ।
घरायसी रूपमा ७५ प्रतिशतभन्दा बढी तापीय ऊर्जा दाउराबाट प्राप्त हुन्छ भने औद्योगिक रूपमा प्रयोग हुने कुल खपत हुने ऊर्जाको ७५ प्रतिशतभन्दा बढी तापीय ऊर्जाका रूपमा प्रयोग हुने गरेको कार्यक्रममा जानकारी दिइएको थियो । सो ऊर्जा खपतलाई नवीकरणीय ऊर्जाहरू सोलार र बायोमास लगायतबाट उत्पादित ऊर्जाद्वारा परिपूर्ति गर्ने लक्ष्यसहित एसिया प्रशान्त क्षेत्रभित्र कार्यक्रम सञ्चालन गर्ने निष्कर्ष कार्यशालाले निकालेको छ ।
बिहीबार कार्यशालाको समापनमा बोल्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. रवीन्द्र शाक्यले नवीकरणीय ऊर्जाको उपयोग घरायसी तथा औद्योगिक क्षेत्रमा बढाउन सकेमा यसले सन् २०२२ भित्र विकासोन्मुख मुलुकबाट नेपाललाई विकसित मुलुक बनाउने सरकारी अभियानमा सहयोग पुग्ने बताए ।
केन्द्रका कार्यकारी निर्देशक डा. गोविन्द पोखरेलले केन्द्रको नवीक™णीय ऊर्जाको उपयोगले दाउरा र गुइँठाजस्ता परम्परागत तरिका तथा पेट्रोलियम र कोइलाको प्रयोगलाई कम गर्न भूमिका खेल्ने बताए ।
http://erajdhani.com/en/business/23873-2014-03-06-23-47-32
No comments:
Post a Comment