भीम गौतम\राजधानी
काठमाडौं, १३ चैत्र
बेलायतको एक कम्पनीले दैनिक १२ घण्टा लोडसेडिङको समस्या भईरहेको बेला २४ घण्टानै विजुली दिन सक्ने कन्सनट्रेड सोलार पावर (सीएसपी) प्रविधिमा आधारित सोलार निर्माणको उर्जा मन्त्रालयमा प्रस्ताव गरिएको छ ।
नेपालमा घाम लागेको बेला मात्र विजुली उत्पादन गर्ने फोटो भोलटाइक (पीभी) प्रविधिमा आधारित सोलार प्लान्ट निर्माण भईरहेको बेला उर्जा मन्त्री राधा ज्ञवालीलाई भेटेर बेलायतको एक कम्पनीले उक्त प्रस्ताव गरेको हो । प्रतिष्ठित वेलायती कम्पनी सीपीइसीका प्रतिनीधिहरुले ज्ञवालीलाई बिहीबार भेटेर सरकारले वातावरण बनाए आफूहरु नेपालमा उक्त सोलार बनाउन तयार रहेको बताएका थिए । उक्त सोलारबाट विजुली निकाल्दा प्रति युनिट १४ रुपैयाँ पर्छ । मन्त्री ज्ञवालीले महंगो भएकोले त्यसको पुर्नविचार गर्न आग्रह गरेकी थिइन् । ६ महिनादेखि एक बर्षभित्रै बनाउन सकिने उक्त प्रविधिमा आधारित सोलारबारे मन्त्रीसँग छलफल गरेर कम्पनीका प्रतिनीधिहरु बिहीबारनै वेलायत फर्केका छन् । थप अध्ययनका लागि कम्पनीका उच्च अधिकारीहरुसँग छलफल गरेर निर्णय मात्र गर्ने बताउँदै फर्केका उनीहरुले उर्जा मन्त्रालयमा लिखित प्रस्ताव भने नगरेको उर्जा मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
रातीको पिक आवर हिउँदमा विद्युत उत्पादन कम भएपछि लोडसेडिङको भयावह समस्या भोगिरहेको बेला तथा प्रति युनिट ४० रुपैयाभन्दा बढी पर्ने डिजेल प्लान्ट खरिदको चर्चा भईरहेको बेला विकल्पको रुपमा यो प्रविधि विश्वका अन्य मुलुकमा समेत उपयोगमा आएको छ ।
पीभी प्रविधिमा आधारित सोलारबाट दैनिक ६ देखि ७ घण्टासम्म मात्र विजुली उत्पादन हुने गरेको छ । रातीको पिक समयमा विजुलीको बढी माग भएपनि सो सोलारले उक्त समस्या समाधान गर्न सकेको छैन । दिउँसोको सोलार हिटलाई विना व्याट्री राती सञ्चित गरी त्यसबाट २४ घण्टानै विजुली उत्पादन गर्ने उक्त प्रविधि नेपालकै लागि पहिला भएको उर्जा मन्त्रालयका वैकल्पिक उर्जा शाखा प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर जीवछ मण्डलले जानकारी दिए ।
प्राविधिकहरुका अनुसार, रिफ्लेक्टरबाट एकत्रित भएका सोलार किरणहरु टावरमा परेपछि त्यसको तापक्रम ५ सयदेखि ६ सय डिग्रीसम्म पुगी उक्त तापमा सोडियम नाइट्राइट साल्ट पग्लेर १२ घण्टासम्म पानीलाई सुपर हिटेट वाफमा परिणत गर्ने गर्छ । वाफमार्फत वाफ टवाईन सञ्चालन भई विजुली उत्पादन हुने गरेको छ । ५० मेगावाटभन्दा मुनिको आयोजनाहरु बनाउन सक्ने उक्त सोलार प्रविधिमा ५० देखि दुई सय मेगावाटसम्म विद्युत एउटै सीएसपी प्लान्टबाट एकैपटक उत्पादन गर्न सकिन्छ । उनीहरुका अनुसार, पीभीभन्दा सीएसपी प्रविधिमा आधारित सोलार निर्माणका लागि तुलनात्मक रुपमा जग्गा कम आवश्यक पर्छ भने सजिलै ग्रीडसँग जोड्न पनि सकिन्छ ।
सीएपी प्रविधिमा आधारित सोलार प्रविधिबाट विश्वका विकसित मुलुकहरुमा २५ सय ५३ मेगावाट बराबरको विद्युत उत्पादन भैसकेको छ । सो सोलार प्रविधिबाट अमेरिकामा ६३२ मेगावाट र स्पेनमा ९४६ मेगावाट विद्युत निर्माण भैसकेको छ भने छिमेकी राष्ट्र भारतमा दुई सय मेगावाट निर्माणाधीन अवस्थामा छ । ‘पिक आवरको बेला विद्युत उत्पादन कम भएर बढी लोडसेडिङ भईरहेको बेला सहज र कम समयमा आयोजना निर्माण गर्न सकिने यो प्रविधि हो, विदेशमा धेरै अघिदेखि सञ्चालनमा रहेपनि नेपालमा पहिलो पटक यो प्रविधिको चर्चा सुरु भएको हो ।’–मण्डल भन्छन् ।

No comments:
Post a Comment