भीम गौतम\राजधानी
काठमाडौं, २५ असोज
नेपाल विद्युत् प्राधिकरणका ग्राहकले नेपाल टेलिकमको रिचार्ज कार्डबाटै बिजुलीको बिल तिर्न सम्भव देखिएको छ ।
बिजुलीको बिल रिचार्ज कार्डबाट तिर्न पाउने व्यवस्थाका लागि एक वर्षदेखि प्रक्रिया अघि बढाएको प्राधिकरणले रिचार्ज कार्डबाटै बिजुलीको बिल तिर्न सम्भव भएको जनाएको हो । पहिला बिजुलीको बिल तिर्नका लागि टेलिकमसँगै मिलेर छुट्टै रिचार्ज कार्ड प्रयोग गरी परीक्षण सफल भए पनि पछिल्लो समयमा टेलिकमकै रिचार्ज कार्डबाट बिजुलीको बिल तिर्न सम्भव हुने परीक्षणका क्रममा देखिएको प्राधिकरण सूचना प्रविधि विभागका सहायक प्रबन्धक मनोजकुमार शाहले जानकारी दिए । ‘हामीले टेलिकमकै रिचार्ज कार्डमार्फत बिजुलीको बिल तिर्न सक्ने प्रविधि सफल भएको छ ।’ उनले भने, ‘प्राविधिक रूपमा यो सम्भव छ, यसका लागि प्रक्रिया अघि बढेको छ ।’
मोबाइलमा टेलिकमको रिचार्ज कार्डमै रहेको पिन कोड हालेर घरमै बसी–बसी जुनसुकै बेला पनि बिजुलीको बिल तिर्ने गरी रिचार्ज कार्ड सेवा सुरुआत गर्ने प्राधिकरणको लक्ष्य भए पनि ढिलाइ भने भएको छ । नयाँ आर्थिक वर्ष २०७१ देखि नै सो प्रविधि सेवा सुरु गर्ने लक्ष्य राखिएको थियो तर प्राधिकरणले सर्वसाधारणलाई सुविधा हुने सो प्रविधि कार्यान्वयनमा चासो नदिँदा सुरु हुन सकेको छैन । प्राधिकरण व्यवस्थापनले सर्वसाधारणलाई प्रत्यक्ष फाइदा पुग्ने नयाँ प्रविधि सुरु नगर्दा प्राधिकरणको आलोचनासमेत हुँदै आएको छ ।
प्राधिकरणका अधिकारीहरू भने नेपाल टेलिकमको केही समयदेखिको कर्मचारी आन्दोलन र एसएमएसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनका लागि भन्दै सबै फाइल लगेपछि रिचार्जबाट बिजुलीको बिल तिर्ने कार्यक्रम अघि बढ्न नसकेको बताउँछन् । प्राधिकरणका निमित्त कार्यकारी निर्देशक रामचन्द्र पाण्डे भने दसैंलगत्तै सर्वसाधारणको सुविधाका लागि यो प्रक्रिया अघि बढाउने बताउँछन् । ‘केही ढिलाइ भएको छ, अब हामी छिट्टै सुरु गर्छौ ।’ प्राधिकरणका निमित्त कार्यकारी निर्देशक रामचन्द्र पाण्डेले भने, ‘रिचार्ज कार्डमार्फत् बिजुलीको बिल तिर्ने कार्यक्रम अघि बढाउन सकेमा ग्राहकले धेरै सुविधा पाउनेछन् ।’
प्राधिकरणले परीक्षणका क्रममा गरेअनुसार मोबाइलमा स्टार ४१०० वा ४१०१ स्टार जिल्ला र वितरण केन्द्रको कोर्ड, ग्राहकको नम्बर हाली ह्यास गरेर रिचार्ज गरेपछि त्यो रकम बिजुलीको बिल तिर्ने प्रणालीमा गई बिल भुक्तानी हुनेछ भने रिचार्ज बढी भएमा अर्को महिनाको बिल तिर्नका लागि रकम सञ्चित हुन जान्छ । प्राधिकरणले नमुना परियोजनाका रूपमा अघि बढाउन लागेको मोबाइल कम्प्युटर पेमेन्ट कार्यक्रम परीक्षण भएर सफल भने भइसकेको छ ।
रिचार्ज कार्डमार्फत् बिल तिरेपछि कति बिल तिरिएको भन्ने जानकारी आउने तथा तिर्न कति बा“की छ भन्नेसमेत थाहा हुने गरी प्राधिकरणले यो प्रविधि ग्राहकमाझ ल्याउन लागेको छ ।
प्राधिकरणका अनुसार रिचार्ज कार्डमार्फत् बिजुलीको बिल तिर्नका लागि अघि बढाइएको आयोजनाका लागि ५९ लाख रुपैया“ खर्च लाग्ने प्राधिकरणले जनाएको छ । यो नया“ प्रविधिमार्फत् बिल तिर्नका लागि आवश्यक हार्डवेयरतर्फ भास सर्भर, वेभ सर्भर र डाटा बेस सर्भरका लागि २३ लाख २५ हजार, सफ्टवेयरतर्फ एसएमएस पेमेन्ट भास मोडुल र रिचार्ज कार्ड मोडुलका लागि १८ लाख, नेटवकिर्ङतर्फ ब्यान्ड विथ र म्यानाजड स्विचका लागि २ लाख ७० हजार तथा Ôमता अभिवृद्धिका लागि १५ लाख बजेट विनियोजन गरिएको छ ।
पहिलो चरणमा घरेलु ग्राहकलाई लक्ष्य गरी अघि बढाउन लागिएको सो कार्यक्रबाट सर्वसाधारणले ठूलो फाइदा पाउन सक्नेछन् । २७ लाख बिजुलीका ग्राहकमध्ये झन्डै २५ लाख घरेलु ग्राहक छन् । कुल घरेलु ग्राहकमध्ये १५ प्रतिशतले मात्र रिचार्ज कार्डमार्फत बिजुलीको बिल तिरेमा मात्र मासिक रूपमा ३ करोडभन्दा बढी प्रत्यÔ फाइदा पुग्ने प्राधिकरणले जनाएको छ । ८० रुपैया“को बिल तिर्नका लागि सहरी Ôेत्रमा न्यूनतम ४० रुपैया“देखि ग्रामीण Ôेत्रमा ५ सय रुपैया“सम्म थप खर्च गर्नुपर्ने बाध्यता छ । सरदर एक महिनाको बिल तिर्नका लागि १ सय रुपैया“ खर्च गर्ने उल्लेख गरेको छ । प्राधिकरणको यो आधारमा ५० प्रतिशतले मात्र रिचार्ज कार्ड उपयोग गरेमा मासिक रूपमा सर्वसाधारणको १२ करोडभन्दा बढी जोगिनेछ ।
नेपाल टेलिकम र एनसेलमार्फत बिजुलीको बिल तिर्न सक्ने गरी अघि बढाउन लागिएको यो नया“ प्रविधिमा पनि प्राधिकरणको बिलिङ शाखामा जस्तै सात दिनभित्र तिरे ४ प्रतिशत छुट, २० दिनभित्र तिरेमा छुट हु“दैन भने ढिलो गरी तिरेमा २५ प्रतिशत जरिवाना हुनेछ । आर्थिक कारोबारको विषय भएकाले नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्ने नपर्ने लगायतबारे प्राधिकरण द्विविधामा छ तर प्राविधिक रूपमा सफल भइसकेकाले रिचार्ज कार्ड छिट्टै ल्याउने तयारी प्राधिकरणको छ ।

No comments:
Post a Comment