Wednesday, October 22, 2014

खारे खोलालाई लगानी जुट्यो


काठमाडौं÷रास— दोलखामा निर्माणाधीन २४ दशमलव १ मेगावाटको खारेखोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । माछापुच्छ«े बैंकको अगुवाइमा १० बैंकले २ अर्ब ९४ करोड रुपैयाँ ऋण दिने सम्झौता गरेपछि लगानी जुटेको हो ।
मंगलबार राजधानीमा प्रवद्र्धक कन्सोसिर्यम पावर डेभलपर्स प्रालि (सीपीडी) र १० बैंकबीच सहवित्तीयकरणका लागि ऋण सम्झौता छ । सम्झौतामा सीपीडीका अध्यÔ लालकृष्ण केसी र माछापुच्छ«े बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमबीच हस्ताक्षर भएको छ । सरकारले प्रतिस्पर्धामा दिएर ६ ओटा अर्थात् सुपर सिक्समध्ये यो एक आयोजना हो । ३ अर्ब ९२ करोड लागत रहेको आयोजनाका लागि ७५ प्रतिशत बैंकको ऋण तथा २५ प्रतिशत प्रवद्र्धकको लगानी छ । माछापुच्छ«े नेतृत्व तथा नबिल र एभरेस्ट बंैकको सह–नेतृत्व रहेको सो आयोजनामा ग्लोबल आईएमई, नेपाल एबीआई, नेपाल क्रेडिट एन्ड कमर्स, कुमारी, बैंक अफ काठमाडौं, सिद्धार्थ र बंगलादेश बंैकको ऋण लगानी हुनेछ ।
दोलखाको मार्बु तथा चंखु गाविसमा रहेको आयोजना दुई महिनाभित्र निर्माण सुरु गरेर सन् २०१७ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको सीपीडीका अध्यक्ष केसीले जानकारी दिए ।

1 comment:

Anonymous said...

म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन

adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.