भीम गौतम\राजधानी
काठमाडौं, २२ असोज । नेपाल र भारतबीच बहुचर्चित उर्जा व्यापार सम्झौता (पीटीए) मा आगामी ३ कार्तिकमा औपचारिक हस्ताक्षर हुने भएको छ ।
१७ भदौमा उर्जा सचिव राजेन्द्र किशोर Ôेत्र र भारतीय विद्युत मन्त्रालयका सचिव पीके सिन्हाबीच नयाँ दिल्लीमा प्रारम्भिक सम्झौतामा हस्ताÔर भएकोमा ३ कार्तिकमा काठमाडौमा औपचारिक हस्ताक्षर हुन लागेको हो । उर्जा मन्त्रालयले २७ र २८ असोज वा ३ र ४ कार्तिक गरी दुई मितिका लागि औपचारिक पीटीएमा हस्ताक्षरका लागि भारतलाई पत्र लेखेकोमा ३ कार्तिकमा काठमाडौमा हस्ताक्षर हुन लागेको उर्जा मन्त्रालयका सह–सचिव एवं प्रवक्ता केशवध्वज अधिकारीले जानकारी दिए । उनका अनुसार, उर्जा मन्त्रालयका सचिव क्षेत्री र भारतीय विद्युत मन्त्रालयका सचिव सिन्हाबीच पीटीएमा हस्ताक्षर हुनेछ ।
लामो समयदेखिको विवाद र विरोध रहेपनि २ असोजमा नेपालको मन्त्री परिषदले पीटीए अनुमोदन गरेको थियो । त्यसैगरी ८ असोजमा भारतको मन्त्रीपरिषदले पनि पीटीए अनुमोदन गरेको थियो । २० बर्Èअघिदेखि नेपाल र भारतबीच पीटीएको लागि सरकारी Ôेत्रबाट लामो प्रयास सम्भव भएको थिएन । सन् १९९७ मा दुई देशबीच पीटीए भएपनि संसदबाट पारित नभएपछि त्यो कार्यान्वयनमा आएन भने त्यसको झण्डै १३ बर्Èपछि सन् २०१० मा नेपालले भारत समÔ पीटीएका लागि प्रस्ताव गरेपछि त्यसको प्रत्युत्तर बल्ल सन् २०१४ मा नेपालले पाएको थियो । भारतले विद्युत उत्पादनसहितको पीटीए मस्यौदा पठाएपनि गत १६ साउनमा नेपालले भारत समÔ उर्जा व्यापार सम्झौताका लागि मात्र भन्दै अन्तिम मस्यौदा पठाएको थियो । भारतले पठाएको मस्यौदाबारे नेपालमा व्यापार आलोचना भएपछि यो मस्यौदा विवादमा समेत तानिएको थियो । नेकपा–माओवादीसहित साना १० दल अझै पीटीएको विरोध गरिरहेका छन् तर मुख्य दल नेपाली कांग्रेस, एमाले र माओवादी भने पीटीएको पÔमा उभिएका थिए । १६ साउनमा यी तीन दलीय संयन्त्रले पठाएको मस्यौदालाई नेपालले भारत समÔ पठाएको थियो ।
पीटीएमा हस्ताक्षर भएपनि पीटीएपछि नेपाल र भारतबीच विद्युत आयात निर्यातमा सहज हुनुका साथै नेपालको जलविद्युत क्षेत्रमा विदेशी लगानीकर्ताहरुको आकर्षण बढ्ने अपेक्षा नेपालको छ ।
No comments:
Post a Comment