Saturday, October 11, 2014

उर्जा मन्त्रालयकै कारण ट्रान्सफर्मर आयातमा ढिलाई

भीम गौतम\राजधानी
काठमाडौं, २३ असोज । विगत दुई वर्Èदेखि ट्रान्सफर्मर खरिद नभएर हाहाकार मच्चिरहेपनि उर्जा मन्त्रालयको कारण ट्रान्सफर्मर आयातमा ढिलाई भएको पाइएको छ ।
श्रीलंकाली कम्पनी एलटीसी होल्डिङ गु्रपसँग १ हजार ४० थान ट्रान्सफर्मर खरिद गर्ने सम्झौता भएपनि ट्रान्सफर्मर परीक्षणका लागि पठाउन मन्त्रालयको कारण ढिलाई भएपछि आयातमा पनि ढिलाई हुने भएको हो । नेपाल विद्युत प्राधिकरणको तर्फबाट परीक्षणका लागि २७ सेक्टेम्बर अर्थात ११ असोजमा परीक्षणका लागि टोली गईसक्नुपर्ने थियो तर हालसम्म मन्त्रालयको तर्फबाट जानुपर्ने प्रतिनीधि छनोट गरेर प्राधिकरणलाई पठाएको छैन । ‘उर्जा मन्त्रालय ट्रान्सफर्मर हाहाकारको अवस्थालाई दृष्टिगत गरी छिटो पठाउने व्यवस्थाका लागि सकृय हुनुपर्ने हो तर आफ्नै प्रतिनीधि पठाउन ढिलाई गरेको छ ।’–प्राधिकरणका एक अधिकारीले भने–‘११ असोजमै टोली पठाउन कम्तीमा असोजको पहिलो सातानै प्रतिनीधि पठाउनुपर्ने हो तर उर्जा मन्त्रालयले जिम्मेवार देखिएन ।’ उनका अनुसार, उर्जा सचिव केही दिन बाहिर हुने हुनाले मन्त्रालयले प्रतिनीधि पठाउन अझै ढिलाई गर्ने अवस्था छ ।
श्रीलंकाली कम्पनीसँगको सम्झौतामा सम्झौतामा भने आगामी अक्टोबरभित्रै ट्रान्सफर्मर नेपाल आईसक्ने उल्लेख थियो तर अझै परीक्षणका लागि टोली जान सकेको छैन । ‘अक्टोबरबाट ३÷३ महिनाको फरकमा १ हजार ४० ट्रान्सफर्मर नेपाल ल्याई पु¥याउने सहमति भएको हो तर आउने सम्भवना छैन ।’–उनले भने ।
प्राधिकरणका अनुसार, ट्रान्सफर्मर परीक्षणका लागि टोली गएपछि एक हप्ता परीक्षणका लागि लाग्छ भने त्यहाँबाट नेपालसम्म आईपुग्न कम्तीमा तीन हप्ता लाग्छ । अझ प्राधिकरणले गुणस्तरहिन ट्रान्सफर्मर प्रकरण नदोहोर्याउन भन्दै सामान खरिद प्रकृयामा कडा सर्त लागु गरेपछि ट्रान्सफर्मरको कारण चरम समस्यामा परेका सर्वसाधारणले ट्रान्सफर्मर पाउन अझै कम्तीमा दुई महिना लाग्ने अवस्था देखिएको छ । प्राधिकरणले ट्रान्सफर्मर नेपाल आईपुगेपछि प्रत्येक ट्रान्सफर्मर अर्थात शत प्रतिशत परीक्षण गर्नुपर्ने व्यवस्था गरेको छ । यो सर्त अनुसार, ट्रान्सफर्मर परीक्षणका लागि मात्र कम्तीमा एक महिनाभन्दा बढी लाग्छ ।
२०६४ सालदेखि २०६८ सालसम्म खरिद गरेका झण्डै ५ हजार ट्रान्सफर्मर छानवीनको क्रममा गुणतरहिन देखिएपछि यही कारण दुई बर्षदेखि प्राधिकरणले ट्रान्सफर्मर खरिद गरेको छैन । पहिला प्राधिकरणको परीÔण गर्ने व्यवस्था थिएन । सो कारण प्राधिकरण्ँका तत्कालीन कार्यकारी निर्देशकसहित झण्डै ६० जना कर्मचारी यो प्रकरणमा मुछिएका थिए । उनीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेÈ अदालतमा दायर गरेको मुद्दा अझै विचाराधीन अवस्थामा छ ।
विद्युत प्राधिकरणले नेपाल इकरात इन्जिनियरिङ कम्पनीस“ग भने ५० केभीएका १ सय ५० ट्रान्सफर्मर खरिद गरेको छ तर त्यसको परीक्षण भईरहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणमा विजुली मिटरको अभाव रहेकोमा दशै अघिनै ६० हजार मिटर नेपाल ल्याएर वितरण गरिसकेको छ भने एक लाख मिटर भारतको कलकत्ता आइपुगेको प्राधिकरणले जनाएको छ । दुई हप्ताभित्र ती विजुली मिटर आईसक्ने र सर्वसाधारणले भने सहज रुपमा मिटर पाउन सक्ने प्राधिकरणले जनाएको छ ।

No comments: