Monday, October 27, 2014

विद्युतको माग बर्षकै उच्च १२८८ मेगावाट

–तिहारभरि लोडसेडिङ भएनः प्राधिकरण
भीम गौतम\राजधानी
काठमाडौं, ९ कार्तिक । तिहारको लक्ष्मीपुजाको दिन विद्युतको माग सबैभन्दा उच्च १२ सय ८८ मेगावाट पुगेको छ ।
नेपाल विद्युत प्राधिकरणले यो बर्षको विद्युतको उच्च माग १३ सय मेगावाट पुग्ने प्रक्षेषण गरेकोमा लक्ष्मीपुजाको दिन पिक आवर अर्थात साँझमा १२ सय ८८ मेगावाट पुगेको हो । प्राधिकरणका निमित्त कार्यकारी निर्देशक रामचन्द्र पाण्डेले एक बर्षदेखिको सबैभन्दा उच्च माग भएको र सम्भवत सबैभन्दा बढी माग यही हुन सक्ने बताए ।
गत बर्षको लक्ष्मीको पुजाको दिन बर्षकै सबैभन्दा बढी १२ सय १ मेगावाट भएको थियो । प्राधिकरणले प्रत्येक बर्ष १० प्रतिशत अर्थात एक सय मेगावाटको हाराहारीमा विजुलीको माग बढ्ने गरेको प्राधिकरणले जनाएको छ । यही आधारमा प्राधिकरणले १३ सय मेगावाटसम्म माग हुने प्रक्षेपण गरेको हो । ‘लक्ष्मीपुजाको दिन १२ सय ८८ मेगावाट पुगेको छ, हाम्रो अनुमान १३ सय मेगावाट  छ ।’–प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख भुवन क्षेत्रीले भने । तिहारको अवधिमा १४ मेगावाटको डिजेल प्लान्ट र कुलेखानी जलाशय समेत पूर्ण रुपमा सञ्चालन गरिएको उनले जानकारी दिए ।
प्राधिकरणको विद्युतको मागको आधारमा २ सय मेगावाट भारतबाट आयातसहित ८ सय ३० मेगावाट आपुर्ति छ भने ४ सय ५८ मेगावाटको लोडसेडिङ छ ।
दैनिक ८ घण्टा लोडसेडिङ गर्दै आएको प्राधिकरणले तिहारको अवधिमा भने लोडसेडिङनै नगरेको जानकारी दिएको छ । प्राधिकरणका निमित्त निर्देशक पाण्डेले प्राधिकरणले बढी विजुली खपत गर्ने उपकरणहरु सञ्चालन नगर्न प्राधिकरणले सर्वसाधारणको लागि जारी सुचनालाई मान्दा तिहारको लक्ष्मीपुजादेखि भाईटीकासम्म लोडसेडिङ गर्नुनपरेको बताए । ‘उपत्यकाभित्र यस बर्षको तिहारमा केही फिडरमा ट्रिप भएर आधा घण्टा र उपत्यकाबाहिर एक घण्टाभन्दा बढी लोडसेडिङ भएन ।’–उनले भने । उनका अनुसार, गत बर्ष विजुलीको बढी लोड (फिडर ओभरलोड) भएको कारण धेरै ट्रान्सफर्मरहरु जलेपनि यस बर्ष उपत्यकाभित्र दुई वटा मात्र जलेको पनि उनले जानकारी दिए ।
गत बर्षको तिहारमा बारम्बार बत्ती गएको कारण तथा यस बर्ष दिपावलीको बेला घर, पसल, मल तथा उत्सव बत्ती नबाल्नुका साथै साँझ ५ बजेदेखि १० बजेसम्मे समयमा  फ्रिज, आईरन, राईस कुकुर, एसी लगायतका बढी विद्युत खपत गर्ने उपकरण नचलाउन आग्रह गरेपछि प्राधिकरण आलोचित बनेको थियो ।
   

1 comment:

Anonymous said...

म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.