तस्विर : कारोबार
काठमाडौः भारतीय पक्षले बैठक बस्न बेवास्ता गर्दा भारतबाट आयातित विद्युत् अझ महँगो हुने भएको छ । नेपाल–भारत विद्युत् आदानप्रदान समिति (पावर एक्सचेन्ज कमिटी)को बैठक भारतीय पक्षको बेवास्ताको कारण नबस्दा चैत १९ (अप्रिल एक)देखि विद्युत् अझै महँगो हुने भएको हो ।
पुस पहिलो साता दुई देशबीचको विद्युत् आदानप्रदान समितिले अर्को बैठकबाट तय हुने गरी तत्कालका लागि अप्रिलदेखि स्वत ५.५ प्रतिशत वृद्धि गर्ने निर्णय भएको थियो । तर, त्यसपछि नेपाल विद्युत् प्राधिकरणले पटकपटक प्रयास गर्दा पनि बैठक बस्न सकेको सकेको छैन । अब टनकपुर र ढल्केबर–मुज्जफ्रपुर अन्तरदेशीय प्रशारण लाइनबाहेक अन्य १२ नाकाबाट ल्याएको विद्युत्को भाउ स्वतः बढ्ने छ ।
करिब तीन महिनाअघि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतको केन्द्रीय विद्युत् प्राधिकरणका प्रतिनीधिसँगको छलफलमा फागुनमा विद्युत् आदानप्रदान समितिको बैठक बस्ने गरी तय भएको थियो । तर, भारतीय पक्षले यसलाई बेवास्ता गर्दै बैठक बस्न मानेको छैन ।
नेपाल र भारतबीच हुने सचिव र सहसचिवस्तरीय बैठक सुरु हुनुभन्दा एक दिनअघि एक्सचेन्ज कमिटीको बैठक बस्ने तय भए पनि समय अपुग भन्दै बैठक नबसेपछि स्वतः वृद्धि हुने अवस्था रहेको प्राधिकरणका एक उच्च अधिकारीले जानकारी दिए । उनका अनुसार पटकपटक नेपालले प्रयास गर्दा पनि भारतले यसलाई बेवास्ता गर्दै आएको छ ।
चैत १९ आउन अब १० दिन मात्र बाँकी रहेको र तत्काल वैठकको सम्भावना नरहेकोले भारतबाट आयातित विद्युत् स्वतः महँगो हुने अवस्था रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरण प्रवक्ता प्रवल अधिकारीले अप्रिलअघि नै एक्सचेन्ज कमिटीको बैठक बसेर स्वतः वृद्धि हुने निर्णयबारे पुनर्विचार नगरे ५.५ प्रतिशत भारतबाट ल्याउने विद्युत्को भाऊ बढ्ने जानकारी दिए ।
चैत १९ आउन अब १० दिन मात्र बाँकी रहेको र तत्काल वैठकको सम्भावना नरहेकोले भारतबाट आयातित विद्युत् स्वतः महँगो हुने अवस्था रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरण प्रवक्ता प्रवल अधिकारीले अप्रिलअघि नै एक्सचेन्ज कमिटीको बैठक बसेर स्वतः वृद्धि हुने निर्णयबारे पुनर्विचार नगरे ५.५ प्रतिशत भारतबाट ल्याउने विद्युत्को भाऊ बढ्ने जानकारी दिए ।
“विद्युत् प्राधिकरणले पटक पटक बैटठकका लागि प्रयास त गरिरहेको छ तर छिट्टै बस्न नसके स्वतः बढ्ने अवस्था छ,” उनले भने । सन् २०११ अघि प्रत्येक बर्ष ८ प्रतिशत स्वतः वृद्धि हुने गरेकोमा ५.५ प्रतिशतमा झारिएको थियो ।
त्यसपछि प्रत्येक बर्ष बैठक बस्नुपर्ने भए पनि हालसम्म बसेको छैन भने बैठक नबस्दा ५ पटक स्वतः भाउ बढिसकेको छ । टनकपुर र ढल्केबर–मुज्जफ्रपुरबाहेक ११ केभीमार्फत ४, ३३ केभीमार्फत ६ र १३२ केभीमार्फत २ नाकाबाट नेपालले विद्युत् आयात गरिरहेको छ ।
हाल ११ केभी प्रशारण लाइनमार्फत भारतीय रुपैयाँ प्रतियुनिट ६.५४ अर्थात १०.४६ पैसा नेपाली, ३३ केभीमार्फत ६.०८ अर्थात ९.७२ पैसा तथा १३२ केभीमार्फत ५.६२ अर्थात ८.९९ नेपाली रुपैयाँमा विद्युत् आयात भइरहेको छ । हाल नेपालले भारतबाट ३ सय ९० मेगावाट विद्युत् आयात गरिरहेको छ भने ढल्केबर–मुज्जफ्रपुरबाट १ सय ४५ र टनकपुरबाट करिब ३० मेगावाट विद्युत् आयात गरिरहेको छ ।
http://www.karobardaily.com/news/74713
No comments:
Post a Comment