भीम गौतम
गत पुसमा मात्र काठमाण्डौ उपत्यकाभित्रकै कीर्तिपुर नगरपालिका–१५ की ४२ बर्षीया बसन्ती महर्जनलाई बोक्सीको आरोपमा हत्या गरियो ।
माइलो देवर हरिबहादुरले बोक्सीको आरोप लगाएर उनको हत्या गरी गोठभित्र गाडेका थिए । भाउजूले बोक्सी भएर दुःख दिएको र आफूलाई मारेर सम्पत्ति खाने योजना बनाएको भन्दै हरिबहादुरले बसन्तीलाई मारेको प्रहरी समक्ष स्वीकारेका थिए । पेट छाम्दा गोला भेटेपछि झाँक्रीकामा जाँदा बोक्सीले बिगारेको भनेपछि उनले आफेनो भाउजुमाथि बोक्सीको आरोप लगाएका थिए ।
दुई बर्ष अघि चितवनको बगौडा गाविस–२ की भेगनीदेवी महतोलाई बोक्सीको आरोपमा जिउँदै जलाएर हत्या गरियो । उनलाई पनि उनकै जेठाजु परिवारले बोक्सीको आरोप लगाउँदै जलाएर हत्या गरेको थियो । सात बर्ष अघि श्रीमान्को मृत्यु भएपछि उनीसँग रहेको सम्पत्ति आफ्नो नाममा पार्नका लागि उनलाई कथित बोक्सीको आरोपमा मारिएको थियो ।
मकवानपुर जिल्ला डाँडाखर्क गाविसकी निरमाया स्याङ्तानलाई बोक्सीको आरोप लगाई स्थानीय हरिबहादुर विक, प्रेमबहादुर स्याङतान, देवमाया लामा लगायतले २०६७ सालमा हत्या गरे । कपाल काट्ने, दिसा पिशाब ख्वाउने, कुटपिट लगायत गरी उनको हत्या गरिएको थियो ।
त्यसैगरी २०६८ चैत्रमा काभ्रे जिल्ला च्याम्राङबेसी गाविस–५ घर भई काठमाण्डौको न्यूरोड वर्ष २५ की तारा दहालको सन्तान नभएकोमा माइती पक्षका दाजु बस्ने जोरपाटीमा धामीझाक्री बोलाई धामी झाक्री राखेको र झाक्रीले आफन्तभित्रै बोक्सी रहेको बताएपछि ताराकी दिदि खुमकुमारी दहाल तथा ठूली आमाकी छोरी सुनिता पुडासैनीलाई समेत उक्त स्थानमा बोलाई बोक्सि भएको आरोपमा निर्मम कुटपीट गरि आगो समेत लगाइयो । बोक्सीको आरोपमा उनीहरुलाई तारा, उनका श्रीमान र दाजु दिलिप तिमल्सिनाले खोम कुमारीलाई भूइमा लडाई निवस्त्र बनाई छातीमाथि उफ्रने, शरीरको जथाभावी कुटपीट गर्ने, यौन अङ्ग मुखमा कोच्याउनुका साथै धुपौरो लगाई शरीरमा आगोले जलाईयो । यस्तो अवस्थामा सहयोग गरेको भन्दै सुनितालाई कुटपिट गरिएको थियो ।
यस्तै २०६८ को फागुनमा सर्लाही जिल्लाको घुर्कौली गाविस–७ की ४५ की लोचनीदेवी महतोलाई छिमेकीले बोक्सीको (तराईमा डायना) को आरोपमा कुटपीट गरी खेतबारीमा लखेट्दै लुगा च्याती मलमूत्र खुवाई दुव्र्यवहार गरियो । यस्तै २०६८ सालको बैशाखमा दाङको हापुर–९ टिकरीमा विष्णी विक, गम्मी विक र कमजारी विकलाई बोक्सीको आरोपमा निर्घात कुटपिट गरियो ।
यी त आजको एक्काइशौ शताब्दीमा पनि कथित बोक्सीको आरोपमा महिलामाथि भएको जघन्य अपराधका उदाहरणहरु मात्र हुन् । नेपालमा चार सय बर्षअघिको मध्ययुगदेखि महिलामाथि बोक्सीको आरोप लगाएर चरम यातना दिन सुरु गरेपनि यो डरलाग्दो अहिले पनि उस्तै छ । ‘३०÷४० बर्ष अघिसम्म गाउँमा बोक्सीको आरोप लगाएर हत्या गरी गुपचुप लुकाउने गरिएको थियो, अहिले बोक्सीको आरोप लगाउन गैरकानुनी र अपराध हो भनेर प्रहरी र अदालत समक्ष पुग्न थालेका छन्, सञ्चारमाध्यममा यस्ता जघन्य अपराध सार्वजनकि हुन थालेका छन् ।’–बोक्सीविरुद्धको अभियानमा सक्रिय एक गैरसरकारी संस्था जनअधिकार संरक्षण मञ्च (पिपिआर) नेपालका कार्यक्रम निर्देशक सतिश शर्मा भन्छन् । उनका अनुसार, परापुर्व कालदेखि महिलालाई बोक्सीको आरोपमा मार्ने, कुटपिट गर्ने, ‘गु’ ख्वाउने, नांगो बनाएर गाउँ डुलाउने, जलाउने लगायतका शारीरिक र मानसिक रुपमा चरम यातना दिने कार्य हुँदै आएपछि कति प्रताडित भए भन्ने ऐनिक तथ्यांक कसैसँग छैन ।
विश्वका अधिकांश मुलुकबाट बोक्सीको आरोपमा महिलामाथि हुने हिंसा अन्त्य भएको छ तर नेपाल, भारत जस्ता केही मुलुकमा अझै डरलाग्दो अवस्थामा छ । नेपाल प्रहरी तथा राष्ट्रिय महिला आयोग, पीपीआर नेपाल, द वीचक्राफ्ट एण्ड हुमन राइट इन्फरमेसन नेटवर्क (डब्लूएचआरईएन) बेलायत र बार हुमन राइट्स कमिटी अफ इङल्याण्ड एण्ड वालस् (बीएचआरसी) ले सार्वजनिक गरेको तथ्यांक हेर्ने हो भनेपनि बोक्सीको आरोपमा यातना दिने डरलाग्दो तथ्यांक अझै छ । ती संस्थाहरुले हालै सार्वजनिक गरेको तथ्यांकमा २०१३ भित्र मात्र नेपालमा १८ बोक्सी आरोपका घटना भएको उल्लेख छ । प्रहरीका अनुसार, आर्थिक बर्ष ०६८÷०६९ मा ३५ वटा बोक्सी आरोपमा घटना भएका थिए भने ०६९÷०७० मा २८ वटा यस्ता घटना भए । उमेरको आधारमा ३० बर्ष नाघेका अधिकांश महिलामाथि यस्तो आरोप लगाउने गरिएको छ । तथ्यांकमा बोक्सोको आरोप लाग्ने पुरुषको संख्या एकदम कम छ । आर्थिक बर्ष सुरु भएपछिको हालसम्म २० बोक्सी आरोपमा घटना भैसकेका छन् । बोक्सीको आरोपमा पीडित हुनेमा अधिकांश एकल, गरिब र पिछडिएका समुदायका महिला छन् । अधिकांश तराई क्षेत्रमा बोक्सीको आरोपमा प्रताडित हुने बढी संख्या रहेको तथ्यांक छ ।
मानवअधिकारवादी कपिल श्रेष्ठले विकसित मुलुकमा बोक्सीका घटना म्युजियममा रहेपनि नेपालमा भने मध्ययुगदेखि सुरु भएको यो प्रथा अझसम्म कायम रहनु बिडम्बना भएको बताउँछन् । ‘संसारबाट अन्त्य भैसकेको अन्धविश्वासको बोक्सी आरोप नेपालमा अझै छ, हामीले अझै महिलामाथि हुने बोक्सीका आरोपको डरलाग्दो अवस्थाको अन्त्य गर्न सकेका छैनौ ।’ उनी भन्छन्–‘राजनीतिक दलहरुले बोक्सी प्रथा अन्त्यका लागि खासौ चासो दिएका छैनन् ।’
जनचेतनाको कमी र समाजमा व्याप्त अन्धविश्वास, बोक्सीको आरोपमा मानिसलाई कुटपिट, हिंसा, हत्या वा अन्य अमानवीय कार्य हुनु बोक्सीको मुख्य कारक मानिन्छ । बोक्सीको आरोपमा महिलामाथि हुने हिंसाको अन्त्यका लागि कानुन छ तर फित्तलो छ । अधिकांश बोक्सीको आरोप धामीझाक्रीको अन्धविश्वासको कारणले लगाउने गरिन्छ तर धामीझाक्रीलाई कार्बाही गर्ने कानुन छैन । बोक्सीको आरोपमा अमानवीय व्यवहार भएमा ३ महिनादेखि दुई बर्ष र ५ हजारदेखि २५ हजार रुपैयाँसम्म मात्र जरीवाना गर्ने व्यवस्था छ । जुन बोक्सी आरोपको आधारमा कमजोर कानुन हो । बोक्सी सम्बन्धी कसूर तथा सजायको व्यवस्था गर्न बनेको विद्येयक समेत पारित भएर अलपत्र छ । ‘विद्येयक तुरुन्तै संसदबाट पारित गराएर महिलामाथि हुने बोक्सीको आरोप अन्त्यका लागि अघि बढ्नुपर्छ ।’–महिला आयोगकी सदस्य मोहन अन्सारी भन्छिन्–‘बोक्सीविरुद्धको अभियानमा सबैको सक्रिय सहभागिता नभईकन अन्धविश्वासको रुपमा रहेको यो डरलाग्दो समस्या न्यूनीकरण गर्न सकिदैन ।’
बोक्सीविरुद्धको अभियान गाउँ गाउँ नपुग्दा अधिकांश घटना ग्रामीण क्षेत्रमै गुपचुप हुने भएकोले समुदायमा बोक्सी विरुद्ध सामाजिक तथा कानुनी सचेतना कार्यक्रम व्यापक रूपमा लैजानुपर्ने अवस्था छ । प्रहरी कार्यालयले समेत सकेसम्म बोक्सीको घटना दुवै पक्षको सहमतिमा मिलाउने गरेको तथा महिला हिंसाविरुद्ध धेरै राष्ट्रिय÷अन्र्तराष्ट्रिय संघसंस्था भएपनि बोक्सीविरुद्धको अभियानमा थोरै संस्था मात्र क्रियाशील रहेको अनुभव पीपीआर नेपालका निर्देशक शर्माको अनुभव छ ।
हाल महिला आयोगका साथै इन्सेक, ओरेक, पीपीआर नेपाल लगायतका थोरै संस्थामात्र बोक्सीविरुद्धको अभियानमा छन् तर ग्रामीण क्षेत्रसम्म अझै उनीहरु पुगेका छैनन् । महिला हिंसाविरुद्ध काम गर्ने संस्था र यसस“ग सम्बन्धित सरकारी संस्थाबीच समन्वय र सहकार्य निर्माण गर्दै सामूहिक रूपमा संजाल निर्माण गर्नुपर्ने जरुरी भएपनि उनीहरुबीच समन्वय हुन सकेको छैन । बोक्सीको मुद्दाको गम्भिर्यतालाई मध्यनजर गर्दै अदालतको बहस पैरवीलाई सशक्त र प्रभावकारी बनाउन पीडितको तर्पmबाट छुट्टै कानुन व्यवसायीको प्रतिनिधित्व गराउनका लागि सामाजिक संस्थाहरूको तर्पmबाट छुट्टै कानुन व्यवसायीको व्यवस्था गर्नुपर्ने तथा बोक्सीको आरोपमा गाउ“घरबाट निकाला भएका वा सुरक्षाको खतरालाई मध्यनजर गर्दै बाहिर बस्ने पीडितलाई आवास गृह तथा मुद्दाको सन्दर्भमा अदालत आउ“दा जा“दा लाग्ने खर्चको लागि आकस्मिक कोषको व्यवस्था गर्नुपर्ने देखिएपनि यसतर्फ सरकारको ध्यान गएको छैन । जसको कारण बोक्सीको आरोपमा महिला पीडित भएपछि थप पीडा सहेर बस्नुपर्ने अवस्था छ । ‘बोक्सीको आरोपपछि महिलाहरु एक्लिएको र आत्मग्लानीको अनुभव गर्छन, धेरै मानसिक तनाव पनि भोग्नुपर्छ, यसको कारण आत्महत्यासम्म गरेका उदाहरण छन् ।’–बोक्सीको आरोपबाट पीडित महिलाका लागि मनो सामाजिक विमर्श दिँदै आएका राजेन्द्र डंगोल भन्छन्–‘ ती महिलाका लागि सुरक्षा सबैभन्दा ठूलो चुनौती बनेको छ ।’
बोक्सी आरोपविरुद्ध सरकारी निकायबाट खासै सक्रियता नदेखाएता पनि बोक्सीबारे अध्ययनमा सहभागी डब्लूएचआरइएनका कार्यकारी निर्देशक गारी फोक्सक्रोफ्टले सन् २०१३ भित्र १८ महिलामाथि बोक्सीको आरोपमा हिंसा गरेको जानकारी दिँदै यसको कारणले समाजमा द्धन्द्ध र अस्थिरताका बढेको बताउँछन् ।
‘महिलामाथि हुने सबै हिंसाको अन्त्यका लागि सामुदायिक, राष्ट्रिय र अन्र्तराष्ट्रिय स्तरबाट विभिन्न कार्यक्रम गर्नु आवश्यक देखिन्छ ।’–उनी भन्छन्–‘बोक्सी आरोपको गम्भीरतालाई बुझेर स्थानीय स्तरमा सामुदायिक शिक्षामा जोड दिनुपर्छ,, राष्ट्रिय स्तरमा बोक्सीविरुद्धको कानुन निर्माण गर्नुपर्छ तथा संयुक्त राष्ट्र संघ र अन्र्तराष्ट्रिय स्तरमा बोक्सी समस्याबारे ग्लोबल सम्मेलन र क्षेत्रीय कन्भेन्सन गर्नुपर्छ, यसका लागि अन्र्तराष्ट्रिय दातृ समुदायबाट न्यूनीकरणका लागि सहयोग गर्नुपर्छ ।’
बीएचआरसीकी प्रतिनीधि सुसन इडवार्डस भने अन्र्तराष्ट्रिय सन्धी, महासन्धीमा बोक्सीको आरोपमा महिलामाथि हुने सबै किसिमको हिंसा अन्त्यका लागि सरकार सक्रिय हुनुपर्ने बताउँछिन् ।
क्षेत्र आर्थिक बर्ष आर्थिक बर्ष साउनपछि
०६८\०६९ ०६९\०७०
पुर्व १२ ३ साउन–७
मध्य १६ १४ भदौ–२
पश्चिम ० ८ असोज–१
मध्यपश्चिम ६ २ कार्तिक–२
सुदुर १ १ मंसीर–२
पुस–१
माघ–३
स्रोतः नेपाल प्रहरी
के छ कानुनमा
कसैले कसैलाई बोक्सी वा बोक्सोको आरोप वा बसोबास क्षेत्रबाट निललाई निकाला, सामाजिक बहिष्कार गर्ने वा अमानवीय व्यवहार वा यातना दिने काम वा कुनै रोग लागेको व्यक्तिलाई तिरष्कार गर्ने वा अमानवीय व्यवहार गरी निजलाई बसोबास गरेको ठाउँबाट निकाला गरेमा ३ महिनादेखि २ बर्षसम्म कैद वा ५ हजारदेखि २५ हजार रुपैयाँसम्म जरीवाना वा दुवै गरिनेछ ।