Sunday, October 19, 2014

ऊर्जामन्त्री र मबीच दरार छैन

मुकेश काफ्ले, कार्यकारी निर्देशक, नेपाल विद्युत् प्राधिकरण


सरकारले हालै मात्र नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मुकेश काफ्लेलाई नियुक्त गरेको छ । इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा अध्यापन गर्दै आएका ४० वर्षीय काफ्ले प्राधिकरणका पूर्वसञ्चालक सदस्य पनि हुन् । रामेछापमा जन्मिएर हाल महोत्तरीमा घर भएका काफ्लेकै संयोजकत्वमा गठित छानबिन समितिले प्राधिकरणको ट्रान्सफर्मर खरिदमा घोटाला र अनियमितता भएको पत्ता लगाएको थियो । सर्वोच्च अदालतबाट मुद्दा जितेर कार्यकारी निर्देशक बन्न सफल उनलाई अदालतले आदेश दिएको लामो समयसम्म नियुक्त नगरेपछि उनी र ऊर्जामन्त्रीबीच विवाद देखिएको थियो तर बिहीबार मात्र उनी सरकारबाट नियुक्त भएका हुन् । प्राधिकरणभित्र समस्या तथा आगामी कामबारे राजधानीका लागि भीम गौतमले गरेको कुराकानी :
० साख गिर्दो अवस्थामा पुगेको नेपाल विद्युत् प्राधिकरणलाई सफल संस्था बनाउनका लागि तपाईंका योजना के के छन् ?
– अपबादबाहेक नेपालका सार्वजनिक संस्थानले आफ्नो व्यावसायिक छवि कायम राख्न नसकेको सन्र्दभमा त्यसबाट विद्युत् प्राधिकरण पनि अछुतो रहन नसकेको यथार्थ नै हो । नेपालको ऊर्जा क्षेत्रको उत्पादन, प्रसारण एवं वितरणमा एकाधिकार पाएको यो संस्थाको प्रगति र दुर्गति प्रत्यक्ष रूपमा नेपाल र नेपालीको विकास अनि भविष्यसँग जोडिएको छ । मूलतः असन्तुलित माग र आपूर्तिको अवस्था, वित्तीय असन्तुलन, व्यवस्थापकीय क्षमतामा आएको ह्रास, फित्तलो चुहावट नियन्त्रणका प्रयास आदि कारणले यो संस्थाप्रति आमजनताको विश्वासमा कमी आएको देखिन्छ । तर, पनि परिस्थिति सम्हाल्न नसकिने अवस्थामा पुगेको जस्तो मलाई लाग्दैन । करिब १९ अर्बको सञ्चित नोक्सानी, आगामी हिउँदमा १४ घन्टाको लोडसेडिङ, कर्मचारीको गिर्दो मनोबल, करिब २६ प्रतिशतको चुहावट, रुग्ण अवस्थामा पुगेका आयोजनाको अवस्थाका बीचमा मैले कार्यकारी निर्देशकको जिम्मेवारी पाउँदै छु । तसर्थ, छोटकरीमा भन्नुपर्दा, यी अवस्थाबाट यो संस्थालाई क्रमशः मुक्त गराउँदै लैजाने गरी मैले आफ्ना योजना अगाडि ल्याई यो संस्थाप्रति नेपाली जनताको विश्वास पुनः प्राप्त हुने वातावरण तयार गर्नेछु ।
० जताततै समस्यै समस्याले ग्रस्त छ नि प्राधिकरण, तत्काल के पहल गर्नुहुन्छ र कसरी अघि बढ्नुहुन्छ ?
– सर्वप्रथम आगामी हिउँदमा लोडसेडिङको समयको उचित व्यवस्था गर्न, विद्युत्को माग र आपूर्तिको सन्तुलन मिलाउन, आन्तरिक उत्पादनमा वृद्धि र अपुग बिजुली भारतबाट आयात गर्न आवश्यक व्यवस्था मिलाउनुपर्ने देखिन्छ । आन्तरिक व्यवस्थापनलाई चुस्त र सक्षम बनाउन मानव स्रोत परिचालन एवं प्रभावकारी सार्वजनिक सेवा प्रदान गर्ने नीतिअन्तर्गत उपयुक्त व्यक्तिलाई उपयुक्त जिम्मेवारी सुम्पिने व्यवस्था मिलाउनेछु । कर्मचारीको मनोबललाई उच्च राख्न, आस्थाका आधारमा गरिने असमान व्यवहारको अन्त्य गर्दै समानताको नीति अंगीकार गरिनेछ । बिग्रँदो वित्तीय अवस्थालाई सुधार गर्न अनावश्यक खर्च कटौती, आर्थिक अनुशासन, पारदर्शिता एवं जवाफदेहिताको पालना, दक्षता र क्षमता अभिवृद्धि, स्रोत परिचालन, सम्पत्ति तथा जिन्सी व्यवस्थापन महसुल समायोजनलगायतका आर्थिक सुधारका कार्यक्रम कार्यान्वयनमा विशेष जोड दिनेछु । यसका अलावा चुहावट नियन्त्रणका प्रभावकारी उपाय अबलम्बन गर्नुका साथै वैकल्पिक ऊर्जा प्रयोगमा प्रोत्साहन हुने कार्यक्रमहरू प्राथमिकताका साथ लागू गर्न प्रयत्न गर्नेछु ।
० प्रसारण लाइन बन्न सकेको छैन, विद्युत् उत्पादनको अवस्था पनि नाजुक छ, प्राधिकरणले बनाइरहेका आयोजनाहरू पनि समस्यामा छन्, ? यसबारे तपाईं कत्तिको जानकार हुनुहुन्छ र प्रगति हासिल गर्नका लागि तपाईंले के कार्ययोजना बनाएर अघि बढ्नुहुन्छ ?
– निर्माणाधीन प्रसारण लाइनलगायत उत्पादन आयोजनाका बारेमा म पूर्ण रूपमा जानकार छु । उत्पादनतर्फ चमेलिया, कुलेखानी, राहुघाट, त्रिशूली–३ ए अनि खिम्ती–ढल्केबर, हेटौंडा–बर्दघाट, थानकोट–चापागाउँजस्ता आयोजनाका कारण नेपाल विद्युत् प्राधिकरणको व्यवस्थापकीय क्षमतामा गम्भीर प्रश्न खडा भएको छ । मध्यमस्र्याङ्दी आयोजनाको निर्माणपछि त्यसमा भएका कमीकमजोरीलाई अन्य आयोजनामा नदोहो¥याउने हाम्रो प्रतिबद्धता केवल शब्दमा मात्र सीमित भएका छन् । उत्पादनका आयोजनातर्फ कमजोर व्यवस्थापन र निर्णय क्षमतामा आएको ह्रास नै प्रमुख कारण हुन्जस्तो लाग्छ । प्रसारण लाइनका आयोजनातर्फ माथिका अलावा मुआब्जा विवाद र फितलो कानुन कार्यान्वयनको पक्ष नै जिम्मेवार छन्जस्तो लाग्छ । तसर्थ, यी आयोजनाका प्रगति जे कारणले अवरुद्ध भएका छन्, सम्बन्धित सबै पक्षसँगको छलफलपछि ती अवरोधलाई चिर्दै यथाशक्य छिटो सम्पन्न मेरो ध्यान केन्द्रित हुनेछ । साथ,ै राष्ट्रिय गौरवको रूपमा रहेको माथिल्लो तामाकोसीलगायतका सहायक कम्पनीअन्तर्गत सुरु भएका साञ्जेन, रसुवागढी, मध्यभोटेकोसीजस्ता आयोजनाको प्रगतिलाई अझ द्रुत गतिमा अघि बढाउन प्रयत्न गर्नेछु ।
० प्राधिकरण सुधार्ने कुरा त हरेक कार्यकारी निर्देशकले गर्छन् तर कार्यावन्यन पक्ष फितलो हुन्छ ? आफ्नो कार्ययोजना सफल बनाउन कार्यान्वयन पक्षमा तपार्इंले कसरी जोड दिनुहुन्छ ?
– कुरा गर्ने र काम गर्ने फरक पक्षहरू हुन् । प्राधिकरणको विद्यमान संरचनामा सञ्चालक समिति कार्यकारी भूमिकामा देखिन्छ । कुनै पनि काम सुरु गर्नुअघि त्यस विषयमा विविध पक्षका बारेमा पूर्ण जानकार हुनु अत्यन्त जरुरी छ । संस्थागत सुधारका निम्ति कतिपय विषयमा बोल्ड डिसिजन गर्नुपर्ने पनि हुन्छ । सबै पक्षलाई विश्वासमा लिएर अगाडि बढ्ने दायित्वसमेत कार्यकारी निर्देशकमा छ । अहिलेलाई मैले सबैलाई आश्वस्त पार्नुबाहेक धेरै कुरा गर्नु उपयुक्त छजस्तो लाग्दैन । मेरो कार्यान्वयन पक्षका बारेमा कम्तीमा तीन महिनापछि मूल्यांकन गर्न म सबैलाई अनुरोध गर्छु ।
० प्राधिकरणभित्र अनियमितता र भ्रष्टाचार छ भन्ने कुरा बारम्बार सार्वजनिक भइरहेको छ यसको अन्त्यका लागि तपाईं के गर्नुहुन्छ ?
– विद्युत् प्राधिकरण नेपाल सरकारको पूर्ण स्वामित्वमा भएको एउटा सार्वजनिक संस्थान हो । यस अर्थमा यस संस्थाभित्र हुने आर्थिक कारोबार, खरिद प्रक्रिया आदि सबै सार्वजनिक खरिद ऐन, नेपाल विद्युत् प्राधिकरण विनियमावलीद्वारा निर्देशित छ । तसर्थ, आर्थिक कारोबारलाई पारदर्शी बनाउन कानुन, नियमको कार्यान्वयन कडाइका साथ गरिनेछ । आन्तरिक लेखा परीक्षणलाई अझ प्रभावकारी बनाउनेछु । आर्थिक अनुशासन पालन नगर्ने जोकोही माथि पनि कारबाही गर्न आफू पछाडि पर्ने छैन । प्राधिकरणको बिग्रँदो सामाजिक छवि सुधार्नेतर्फ आफ्नो प्रयास केन्द्रित हुनेछ ।
० तपार्इं प्राधिकरणको कार्यकारी निर्देशक भइरहेकै समयमा प्राधिकरणको खण्डीकरण गर्ने कुरा आएको छ, यो उपयुक्त छ कि छैन, छ भने कसरी गर्दा प्राधिकरणले प्रभावकारी रूपमा काम गर्न सक्छ ?
– कुनै पनि संस्थाले उद्देश्यअनुरूप काम गर्न नसक्दा अनेक विकल्पका बारेमा छलफल हुनु स्वाभाविक नै हो । अहिलेको संरचनाभित्र पनि आन्तरिक खण्डीकरण गरेर उत्पादन, प्रसारण एवं वितरण सेवालाई केही हदसम्म स्वायत्तता प्रदान गरिएकै छ । खण्डीकरण गरेपछि सबै कुरा ठीक हुन्छ भनेर बुझ्नु पनि गलत होजस्तो लाग्छ मलाई । देश संघीयतातर्फ उन्मुख भइरहेको समयमा भोलि सोहीअनुरूप विद्युत् प्राधिकरणको विद्यमान संरचनासमेत परिवर्तन हुने निश्चित छ । तसर्थ, सिद्धान्ततः खण्डीकरणको सिद्धान्तलाई स्वीकार गरिए पनि विना पूर्वतयारी हतारमा यस्तो निर्णय लिनुपर्ने प्रत्युत्पादक हुन सक्छ ।
० ट्रान्सफर्मरलगायतका प्रकरणका कारण प्राधिकरणका कर्मचारीको मनोबल गिरेको छ, उनीहरूको मनोबल उच्च बनाएर प्राधिकरणलाई प्रभावकारी बनाउन तपाईं केके गर्नुहुन्छ ?
– वास्तवमा प्राधिकरणभित्र वार्षिक रूपमा खरिद हुने ठूलो परिमाणका ट्रान्सफर्मर, मिटरलगायत अन्य सामग्रीको खरिद प्रक्रिया पारदर्शी र व्यवस्थित बनाउन म सञ्चालक हुँदा गठन भएको समितिले नै केही बुँदा सिफारिस गरेको थियो । ट्रान्सफर्मर प्रकरण अहिले अदालतमा विचाराधीन विषय भएकाले मैले टिप्पणी गर्न उचित हुँदैन । तर, त्यसबाट हामीले सिक्नुपर्ने कुराचाहिँ धेरै छन् । एउटा घटनाबाट बिचलित नभई नियम र कानुनको परिधिभित्र रहेर संस्थागत हितमा काम गर्न म सबै कर्मचारी साथीहरूलाई अनुरोधसमेत गर्न चाहन्छु ।
० सर्वोच्च अदालतले तपार्इंलाई नियुक्त गर्न निर्देशन दिए पनि ढिलो गरी मात्र नियुक्त हुनुभएको छ, यसमा धेरैले मन्त्रीको अनिच्छालाई कारक मान्छन् । मन्त्री र तपाईंको सम्बन्ध अब कसरी अघि बढ्छ ?
– मेरो नियुक्तिमा केही ढिलाइ भएको पक्कै हो तर पनि यसमा मेरो केही पनि गुनासो छैन । विषयको महŒवले गर्दा केही समय लागेको हुन सक्छ । यसमा माननीय मन्त्रीज्यूको सहयोगप्रति म आभारी छु । मेरो र मन्त्रीज्यूको सम्बन्धमा कुनै दरार छैन । मेरो उहाँलाई पूर्ण सहयोग रहनेछ र मप्रति पनि उहाँको विश्वास कायम रहने नै छ भन्ने लाग्छ ।
http://rajdhani.com.np/article/0410893001413693065

8 comments:

Anonymous said...

म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.

SERGEY YAKUBOVA said...

Upfront शुल्क बिना किफायती LOAN प्रस्ताव

नमस्कार,

आफ्नो वित्तीय आवश्यकता के हो?
हामी 3% को एक धेरै कम ब्याज दर मा 1 देखि 30 वर्ष दायरा कि सहज अवधि संग $ 100,000,000.00 अधिकतम बाहिर $ 2,000.00 एक न्यूनतम देखि ऋण दिन।

के तपाईं व्यापार ऋण चाहिन्छ?
तपाईं व्यक्तिगत ऋण चाहिन्छ?
तपाईं एक कार किन्न गर्न चाहनुहुन्छ?
तपाईं पुनर्वित्त गर्न चाहनुहुन्छ?
तपाईं एक बंधक ऋण चाहिन्छ?

तपाईं आफ्नो व्यापार प्रस्ताव वा विस्तार बन्द सुरु गर्न एक विशाल राजधानी चाहिन्छ? तपाईं आशा गुमाएका र कुनै तरिका बाहिर छ, र आफ्नो आर्थिक बोझबाट अझै यथावत् छ तपाईंलाई लाग्छ?
कृपया सम्भव व्यापार सह-कार्यका लागि हामीलाई सम्पर्क गर्न संकोच छैन

हामीलाई सम्पर्क इमेल मार्फत: constantloanfirm1@gmail.com
                                   constantloanfirm@yahoo.com

Unknown said...

नमस्ते मेरो नाम नूरिन लोगान हो, म श्रीमती सुसन ज्याम्स को धन्यवाद गर्न चाहान्छ कि मेरो $ 46,000.00 को ऋण कोष को लागी मलाई मदद गर्न को लागी यदि तपाईं ऋण मा रुचि राख्नु हुन्छ भने कृपया उनको संपर्क गर्नुहोस ताकि त्यो पनि तपाईंको ऋण पनि गर्न सक्छ। 24 घण्टामा लामो समय लागेन मेरो ऋण मेरो खातामा थियो जुन कसैलाई अत्यावश्यक र विश्वसनीय ऋण चाहिएको छ उनीसँग सम्पर्क गर्नुपर्दछ अब उनी परमेश्वरले पठाउनुभयो र एक असल व्यक्ति हुनुहुन्छ.

Email: susanjamesloanfirml07@gmail.com

Website: https://susanjamesloanfirm.wixsite.com/loanofficer

Mrs Queence said...

QUEENCE LOAN कम्पनी (queenceloan@gmail.com) यो सबै ऋण आवेदकहरुलाई सूचित गर्न को लागी हो। यो संयुक्त राज्य अमेरिका को एक प्रसिद्ध ऋण कम्पनी हो, हामीले विभिन्न देशहरु को हजारों मान्छे को मदद दिए छ। यो कम्पनीले उधार कम्पनी कम्पनीको सबैभन्दा उत्कृष्ट ऋण श्रावण पुरस्कार प्राप्त गर्यो, प्रत्येक महिना न्यूनतम 17 र 25 ग्राहकहरूले ऋण प्रदान गर्थे र आज तिनी राम्रो लगानीका साथ गरिरहेका छन्, यदि यो कम्पनीले ऋण प्रदान गर्दछ जुन ऋणको आधा प्रयोग गर्नु पर्छ। लगानी। तपाईं आफ्नो ऋण दिइनेछ यदि तपाईं यस सीमित कम्पनी क्यून queenceloan@gmail.com मा हुनुहुन्छ, के तपाइँ एक व्यवसायी ऋण खोज्दै हुनुहुन्छ? ऋण, ऋण समेकन ऋण, असुरक्षित ऋण, उद्यम पूंजी, आदि वा के तपाई बैंकको ऋणबाट अस्वीकार गरिएको छ वा धोका दिएको द्वारा कल ऋण कम्पनीले पहिचान गरेको छैन? । हामी निजी उधारदायीहरू, कम्पनीहरूका लागि ऋण र 2% को कम दरमा व्यक्तिहरू हो र हामी हाम्रा ग्राहकहरूलाई सर्वोत्तम इमेल सेवा दिन्छौं।

kelvinloan said...

यदि तपाईं कुनै पनि खाता को एक अत्याधिक ऋण को आवश्यकता हो भने अत्याधिक ऋण प्रस्ताव, आवेदन दिन।
                  (केल्विन्लोन्स86@gmail.com)

  तपाईं यस कम्पनीमा स्वागत छ यस कम्पनीमा हामी व्यक्तिगत ऋण दिन्छौं
र 2% को ब्याज दर को लागि व्यापार ऋण, हामी देखि लोन को पेशकश
$ 4,000 डलर देखि $ 5,000,000 डलर,
  यदि तपाईंलाई आफ्नो व्यवसायको लागि ऋण चाहिन्छ वा तपाईंको ऋण तिर्नको लागि कृपया तपाइँको आवेदन ऋण प्रपत्र प्रशोधन गर्न सकेसम्म चाँडै नै सम्पर्क गर्नुहोस्

ऋण आवेदन फारम भर्नुहोस् र अब फिर्ता गर्नुहोस्।

1. पूरा नाम: _________________
2. फोन नम्बर: __________________
3. देश: ___________________
4. लिंग: _____________________
5. व्यवसाय: _______________________
6. मासिक आय: ______________
7. लोन रकम आवश्यक छ: ___________
8. अवधि: __________________
9 उमेर: _______________________

इमेल मार्फत इमेल को साथ सम्पर्क गर्नुहोस्। Kelvinloans86@gmail.com
ह्याट्सएप: +2348130283464

सादर,
केल्विन लोन।...

loan said...

के तपाईं एक तीव्र बंधक ऋण खोज्दै हुनुहुन्छ? के तपाईं आफ्नो बैंक वा कुनै वित्तीय फर्मबाट ऋण अस्वीकार गर्नुभयो? तपाईंलाई आर्थिक सहयोग चाहिन्छ के तपाईंलाई आफ्नो बिलहरू तिर्न वा घर किन्नको लागि ऋण चाहिन्छ, वा तपाईंको ऋणलाई समेट्न र ऋण मुक्त हुन? के तपाईं आफ्नै व्यवसाय चाहनुहुन्छ र तपाईंलाई वित्तीय ऋण सहयोग चाहिन्छ? 2% को कम ब्याज दरमा तपाईंको छिटो विश्वसनीय ऋणको लागि हामीलाई सम्पर्क गर्नुहोस्। हामी तपाईंलाई बिजनेस वा व्यक्तिगत लोन, राम्रो क्रेडिट रेकर्डको साथ किफायती भुक्तानी योजनामा तपाईलाई मद्दत गर्न इच्छुक छौं। हामी सस्ती ब्याज दर मा ऋण प्रदान गर्दछौं। यदि यसैले अधिक जानकारीको लागि JOY लाई सम्पर्क गर्नुहोस् ... सम्पर्क इमेल: joyloan347@GMAIL.COM
व्हाट्सएप; +306982127743

loan said...

के तपाईं एक तीव्र बंधक ऋण खोज्दै हुनुहुन्छ? के तपाईं आफ्नो बैंक वा कुनै वित्तीय फर्मबाट ऋण अस्वीकार गर्नुभयो? तपाईंलाई आर्थिक सहयोग चाहिन्छ के तपाईंलाई आफ्नो बिलहरू तिर्न वा घर किन्नको लागि ऋण चाहिन्छ, वा तपाईंको ऋणलाई समेट्न र ऋण मुक्त हुन? के तपाईं आफ्नै व्यवसाय चाहनुहुन्छ र तपाईंलाई वित्तीय ऋण सहयोग चाहिन्छ? 2% को कम ब्याज दरमा तपाईंको छिटो विश्वसनीय ऋणको लागि हामीलाई सम्पर्क गर्नुहोस्। हामी तपाईंलाई बिजनेस वा व्यक्तिगत लोन, राम्रो क्रेडिट रेकर्डको साथ किफायती भुक्तानी योजनामा तपाईलाई मद्दत गर्न इच्छुक छौं। हामी सस्ती ब्याज दर मा ऋण प्रदान गर्दछौं। यदि यसैले अधिक जानकारीको लागि JOY लाई सम्पर्क गर्नुहोस् ... सम्पर्क इमेल: joyloan347@GMAIL.COM
व्हाट्सएप; +306982127743

WE OFFER ALL KIND OF LOANS - APPLY FOR AFFORDABLE LOANS said...

Do you need a genuine Loan to settle your bills and startup

business? contact us now with your details to get a good

Loan at a low rate of 3% per Annual email us:

Do you need Personal Finance?

Business Cash Finance?

Unsecured Finance

Fast and Simple Finance?

Quick Application Process?

Finance. Services Rendered include,

*Debt Consolidation Finance

*Business Finance Services

*Personal Finance services Help

Please write back if interested with our interest rate EMAIL: muthooth.finance@gmail.com
Call or add us on what's App +91-7428831341