भीम गौतम/राजधानीकाठमाडौं, १ वैशाख
नेपाल
विद्युत् प्राधिकरणको घाटा चार वर्षमै २४ अर्ब रुपैयाँ पुग्ने भएको छ ।
आर्थिक वर्ष २०६७÷०६८ मा सरकारले २७ अर्ब रुपैयाँ घाटा अवलेखन गरेकोमा
त्यसपछि मात्र चालू वर्षको अन्त्यसम्म घाटा २४ अर्ब पुग्ने प्राधिकरण अर्थ
निर्देशनालयले जनाएको छ ।
आर्थिक
वर्ष २०५७÷०५८ देखि झन्डै १० वर्षको घाटा २७ अर्ब पुगेकामा पछिल्लो चार
वर्षमै ह्वात्तै बढेर यति धेरै घाटा पुग्न लागेको हो । गत आर्थिक वर्षको
अन्त्यसम्ममा १७ अर्ब ५७ करोड रुपैयाँ घाटामा रहेको प्राधिकरणमा यस वर्ष
चालू वर्षमा मात्र ६ अर्ब ४४ करोड रुपैयाँ हुने अनुमान छ ।
‘भारतबाट
विद्युत् आयातको मूल्यान्तर, ग्रामीण विद्युतीकरण र चुहावटलगायतका कारण
घाटा बढ्दै गएको हो,’ प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले
भने, ‘सरकारले भारतबाट विद्युत् आयातको मूल्यान्तर रकम र विद्युत् महसुल
वृद्धि ग¥यो भने घाटा कम हुन्छ ।’ प्राधिकरणका अनुसार, भारतबाट विद्युत्
आयात गर्दाको मूल्यान्तर रकम वर्षको साढे ३ अर्ब रुपैयाँभन्दा बढी हुन्छ ।
अर्थ मन्त्रालयले भारतबाट विद्युत् आयात गर्दाको मूल्यान्तर रकम दिँदै
आएपछि गत वर्षको २० करोड रुपैयाँ दिन बाँकी छ भने चालू आर्थिक वर्षको ६
महिनाको मात्र २ अर्ब दिन बाँकी छ ।
प्राधिकरणलाई
चुहावटबाट मात्र बर्सेनि ८ अर्ब रुपैयाँभन्दा बढीको घाटा हुन्छ ।
प्राधिकरणका अनुसार, १५ प्रतिशत प्राविधिक चुहावट छ भने १० प्रतिशत चोरी
चुहावट छ । सरकारले भारतबाट आयात विद्युत्को मूल्यान्तर रकम दिएमा
प्राधिकरणभित्र चुहावट नियन्त्रणलगायतका कार्य अघि बढाइ घाटा आधामा झार्न
सकिने दाबी कार्यकारी निर्देशक काफ्लेको छ । तर, प्राधिकरणको चुहावट
प्रभावकारी रूपमा घट्न सकेको छैन ।
आर्थिक
वर्ष २०६७÷०६८ मा २७ अर्ब अप लेखन गरेपछिको पहिलो वर्षमै प्राधिकरण ९ अर्ब
५० करोड घाटा लागेको थियो । ११ वर्षपछि विद्युत् महसुल निर्धारण आयोगले
२०६९ सालमा महसुल बढाएपछि त्यो घाटा आर्थिक वर्ष २०६९÷०७० मा ३ अर्ब ३७
करोडमा झरेको थियो । आर्थिक वर्ष २०७०÷०७१ म ४ अर्ब ७० करोड पुगेको घाटा
चालू वर्षमा झन्डै २ अर्ब बढ्न लागेको हो ।
प्राधिकरणका
अनुसार, भारतबाट आयात विद्युत्मा प्रति युनिट दुई रुपैयाँ घाटा छ भने २२०
केभीको खिम्ती ढल्केबर प्रसारण लाइन नबन्दा प्राधिकरणले बर्सेनि १ अर्ब
भन्दा बढी घाटा बेहोर्नुपरेको छ । चोरी (अप्राविधिक) चुहावट नियन्त्रणका
लागि अभियान चलाएको पनि छ तर लक्ष्यअनुसार चुहावट घट्न सकेको छैन । वितरणमा
समेत प्राधिकरणको चुहावट धेरै छ । प्राधिकरणले प्रशारण र वितरण दुवैको
प्राविधिक चुहावट घटाउनका लागि बल्ल प्रसारण र वितरण गुरुयोजना बनाउन
लागेको छ । प्राधिकरणका अनुसार, दुवै गुरुयोजना बनाएपछि मात्र चुहावट
नियन्त्रणका लागि सहयोग पुग्नेछ ।
http://rajdhani.com.np/article/0206813001429081404
No comments:
Post a Comment