काठमाडौं÷रास–
ऊर्जा क्षेत्रमा अनुसन्धानरत ईश्वर बज्राचार्यले नेपालको जलविद्युत्
उत्पादनको क्षमता १ लाख ३ हजार ३ सय ४१ मेगावाट रहेको नयाँ तथ्य सार्वजनिक
गरेका छन् ।
अस्ट्रियाको भियना
युनिभर्सिटी अफ टेक्नोलोजीबाट ‘नेपालको जल ऊर्जा सम्भाव्यता र यसको उत्पादन
तथा विस्तार’ विषयमा विद्यावारिधि गर्ने क्रममा मेकानिकल इन्जिनियर रहेका
ब्रजाचार्यले नयाँ तथ्य सार्वजनिक गरेका हुन् । ४८ वर्षअघि डा. हरिमान
श्रेष्ठले अध्ययनकै क्रममा ८३ हजार मेगावाट विद्युत् क्षमता रहेको तथ्य
सार्वजनिक गरेका थिए ।
सरकारले
हालसम्म विस्तृत अध्ययन नगरेका कारण सरकारी र अन्य क्षेत्रले श्रेष्ठकै
अनुसन्धानलाई मान्यता दिँदै आएको छ । नेपालको नदीनालाबाट बग्ने पानीबाट रन
अफ रिभर प्रकृतिको ऊर्जा पारियोजना निर्माण गर्दाको अवस्थामा कति विद्युत्
उत्पादन हुन सक्छ भन्ने मूल विषयमा केन्द्रित रहेर गरिएको अनुसन्धानबाट
नेपालमा औसत नदी प्रवाहमा आधारित (आरओआर) आयोजनाबाट विद्युत् उत्पादन हुने
पत्ता लागेको हो ।
No comments:
Post a Comment