भीम गौतम /राजधानी
काठमाडौं, २३ चैत
काठमाडौं, २३ चैत
नर्वेजियन
युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीका प्राध्यापक र विद्यार्थीले
नेपालको चट्टानबारे अध्ययन गरेका छन् । ७ हजार किलोमिटर टाढा रहेको
नर्वेबाट नेपालको सुरुङ मार्ग र त्यहाँ रहेको चट्टान (रक)बारे अध्ययन गर्न
दुई प्राध्यापक र १५ जना जिओलोजिक इन्जिनियरिङको स्नाकोत्तरमा अध्ययनरत
विद्यार्थी नेपाल आएका हुन् ।
नर्वे
सुरुङ निर्माणको प्रविधि विकासमा विश्वकै पहिलो राष्ट्रको रूपमा प्रख्यात छ
। सो विश्वविद्यालयका विद्यार्थीले सन् २०१२ मा पेरु र सन् २०१३÷०१४ मा
दक्षिण अमेरिकाको चिलीमा चट्टानबारे अध्ययन गरेका थिए । नर्वेजियन
विश्वविद्यालयका प्राध्यापक र ती विद्यार्थीले नेपालको सबैभन्दा ठूलो
निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी, ६० मेगावाटको खिम्ती
जलविद्युत् र मेलम्ची खानेपानी आयोजनाको सुरुङ अध्ययन गरेको एसोसिएट
प्राध्यापक डा. कृष्णकान्त पन्थीले बताए ।
नर्वेजियन
विश्वविद्यालयमा रहेका ६ सय प्राध्यापकमध्ये पन्थी एक मात्र नेपाली
प्राध्यापक हुन् । उनीसँगै नर्वेजियन विश्वविद्यालयका प्राध्यापक वियोन
नेलसन पनि नेपाल आएका छन् । नेलसन र पन्थी दुवै सुरुङका लागि विश्वकै
विज्ञको रूपमा चिनिन्छन् । ‘नेपालसँग भौगोलिक अवस्थासँग मिल्ने भएकाले
दुई÷तीन वर्षदेखि नर्वेजियन विद्यार्थीले नेपाल लैजान पटकपटक आग्रह गर्दै
आएका थिए, यस वर्ष त्यो अवसर मिल्यो,’ पन्थीले राजधानीसँग भने, ‘भौगर्भिक
हिसाबले नेपालमा सेडिमेन्ट्री, इङनियस र मेटामोरफिक गरी तीन किसिमकै चट्टान
छन् ।’
उनका अनुसार नेपालको चुरे
पर्वतमा जोखिमयुक्त, महाभारतमा कमजोर र बलियो दुवै तथा हिमालय क्षेत्रमा
बलिया चट्टान छन् । जलविद्युत् आयोजना निर्माणको क्रममा चमेलिया, माथिल्लो
तामाकोसी, कुलेखानी तेस्रोलगायत जलविद्युत् आयोजनामा सुरुङ समस्या देखिएको
थियो । ‘आयोजनाको प्रारम्भिक अध्ययनको क्रममा कमजोरी भएको र त्यही कारण
सुरुङ निर्माण हुँदै जाँदा कमजोर रक भेटिएर समस्या देखियो,’ प्राध्यापक
पन्थीले भने, ‘नर्वेको जलविद्युत् आयोजना निर्माणको क्रममा समेत सुरुङमा
चट्टानको यस्तो समस्या देखिएको हो, सुरुङ साँघुरिने, पड्कनेलगायत समस्या
हुन्छन्, विज्ञहरू ल्याएर त्यसको समाधान गर्नुपर्छ, आत्तिनुहुँदैन ।’
जलविद्युत्
आयोजनाका लागि समेत विश्वकै प्रसिद्ध राष्ट्र नेपालको तामाकोसी जलविद्युत्
आयोजना र नर्वेको चट्टान मिल्ने बताउँदै पन्थीले नर्वेजियन टोलीले नेपालको
चट्टान र सुरुङबारे नेपाल सोसाइटी फर रक मेकानिक्सका प्रतिनिधिसँग छलफल
गरेको थियो । टोलीले तामाकोसी जलविद्युत् आयोजनाको सडक निर्माणको क्रममा
पहाड काटेर बनाइएको चट्टानको अवस्थाबारे समेत अध्ययन गरेको थियो ।
काठमाडांै विश्वविद्यालयमा पुगेर नेपालको चट्टानको अवस्थाबारे जानकारी
लिएको टोलीले पुल्चोक इन्जिनियरिङ कलेजमा रहेको हाइड्रो ल्याबबारे समेत
जानकारी लिएको थियो ।
चट्टानको आधारमा
चुरेमा निर्माणाधीन आयोजनाको सुरुङ कमजोर भएकाले बढी खर्चिला हुन्छन् भने
त्यसको तुलनामा महाभारत र हिमालय क्षेत्रमा कम खर्चिला हुन्छन् । अधिकांश
ठूला आयोजना चुरे क्षेत्रमा रहेकाले नेपालको जलविद्युत्को सुरुङ तुलनात्मक
रूपमा महँगो पर्ने प्राध्यापक पन्थीले बताए । आयोजना निर्माण र सुरुङ
समस्या व्यवस्थापनमा नेपाल कमजोर रहेको उनको ठम्याइ छ ।
http://www.erajdhani.com/article/0709287001428407162
No comments:
Post a Comment