भीम गौतम /राजधानी
काठमाडौं, २४ भदौ
काठमाडौं, २४ भदौ
नेपाल
विद्युत् प्राधिकरणका निर्माणाधीन जलविद्युत् आयोजनाहरूमा मात्र २४ अर्ब
१५ करोड ६८ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी रहेको पाइएको छ ।एसियाली
विकास बैंक (एडीबी), विश्व बैंक, भारतीय विकास बैंक, कोरिया एक्जिम बैंक,
चाइना एक्जिम बैंक, जर्मन युरोपियन बैंक र जाइका जापानको नेपालका
निर्माणाधीन जलविद्युत् आयोजनामा सो बराबरको विभिन्न योजना तथा कार्यक्रममा
लगानी रहेको पाइएको हो । प्राधिकरणले आङ्खना जलविद्युत् आयोजनाहरूमा ४७
अर्ब तथा सहायक कम्पनीहरूमा १२ अर्ब २९ करोड रुपैयाँ लगानी गरेकोमा
त्योमध्ये २४ अर्ब वैदेशिक ऋण र अनुदान हो ।
‘२४
अर्ब रुपैयाँको हाराहारीमा निर्माणाधीन आयोजनाहरूमा विदेशी सहयोग रहेको
छ,’ प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काङ्खलेले भने, ‘थोरै अनुदान र
धेरै रकम ऋणको रूपमा विद्युत् प्राधिकरणमा वैदेशिक सहयोग गरेका छन् ।’
विद्युत्
प्राधिकरणका अनुसार विभिन्न दाताहरूले विद्युत् प्राधिकरणका विभिन्न
परियोजनालाई २४ अर्ब १५ करोडमध्ये २२ अर्ब ५४ करोड रुपैयाँ ऋण दिएका छन्
भने १ अर्ब ६१ करोड ६८ लाख रुपैयाँ मात्र अनुदानको रूपमा सहयोग गरेका छन् ।
पछिल्लो समयमा अनुदानभन्दा विदेशी दाताहरूले ऋणलाई महत्व दिन थालेपछि ऋण
बढ्दो छ भने अनुदान घट्दो छ ।
सबैभन्दा
बढी एडीबीले प्राधिकरणलाई ११ अर्ब ९४ करोड ६५ लाख वैदेशिक सहयोग दिएकोमा
त्योमध्ये ३६ करोड १५ लाख अनुदान छ । एडीबीले १३२÷२२०÷४०० केभीको प्रसारण
लाइन आयोजनाहरू, प्राधिकरण ग्राहक तथा वितरण सेवाको प्राविधिक आयोजना,
तनहुँ जलविद्युत् आयोजना, सौर्य ऊर्जा र जलविद्युत् सुदृढीकरणका लागि सो
सहयोग गरेको हो । सौर्य ऊर्जाका लागि मात्र ५ अर्ब २५ करोड रुपैयाँ ऋण
दिएको छ ।
त्यसैगरी, विश्व बैंकले ७
अर्ब १७ करोड ४९ लाख रहेकोमा ४७ करोड अनुदान छ । विश्व बैंकले १३२÷२२०
केभीका प्रसारण लाइन, प्राधिकरणको संस्थागत सुदृढीकरण, नेपाल–भारत प्रसारण
लाइन, कालीगण्डकी–ए जलविद्युत् आयोजनाको मर्मत तथा निर्माणाधीन अपर अरुण र
दूधकोशी जलविद्युत् आयोजनाका लागि सहयोग गरेको छ ।
विश्व
बैंकसँगै भारतीय विकास बैंकले प्रसारण लाइन र राहुघाट जलविद्युत् आयोजनाका
लागि दुई अर्ब ऋण सहयोग गरेको छ भने अनुदान दिएको छैन । त्यसैगरी, कोरिया
एक्जिम बैंकले चमेलिया जलविद्युत् आयोजना र मध्य मस्र्याङ्दी दिएको ६०
करोडमध्ये १० करोड अनुदान छ भने चाइना एक्जिम बैंकले दिएको ऋण सहयोग २ अर्ब
२५ करोड ऋण सहयोग गरेको छ । त्यसैगरी, जर्मन युरोपियन बैंकले त्रिशूली–३
बी र चिलिमे जलविद्युत्का लागि ८५ करोड सहयोग गरेको छ ।
कसको कति ऋण र अनुदान सहयोग
दाता ऋण अनुदान जम्मा
एडीबी ११ अर्ब ५८ करोड ३६ करोड ११ अर्ब ९४ करोड
विश्व बैंक ६ अर्ब ७० करोड ४७ करोड ७ अर्ब १७ करोड
भारतीय विकास बैंक २ अर्ब ० २ अर्ब
कोरिया एक्जिम बैंक ५० करोड १० करोड ६० करोड
चाइना एक्जिम बैंक २ अर्ब २५ करोड ० २ अर्ब २५ करोड
जर्मन युरोपियन बैंक ७५ करोड १० करोड ८५ करोड
जाइका जापान ० ५८ करोड ५८ करोड
http://www.erajdhani.com/article/0638149001441941418
No comments:
Post a Comment