Sunday, March 31, 2019

१५ परियोजनामा सम्झौता, १७ वटामा लगानी प्रस्ताव

http://karobardaily.com/news/development/17902
आइतवार, चैत्र १७, २०७५
लगानी सम्मेलनको अन्तिम दिन शनिबार १५ परियोजनामा सम्झौता र समझदारी तथा थप १७ परियोजनामा लगानी प्रस्ताव गरिएको छ । शनिबार सकिएको दुई दिने लगानी सम्मेलनको क्रममा शनिबार १५ परियोजनाहरूमा सम्झौता तथा समझदारी समेत भएको हो । लगानी सम्मेलनको अन्तिम दिन शनिबार १५ परियोजनामा सम्झौता र समझदारी तथा थप १७ परियोजनामा लगानी प्रस्ताव गरिएको छ । शनिबार सकिएको दुई दिने लगानी सम्मेलनको क्रममा शनिबार १५ परियोजनाहरूमा सम्झौता तथा समझदारी समेत भएको हो । चौधरी गु्रपले मात्र चार परियोजनामा सम्झौता र समझदारी गरेको छ । चौधरी ग्रुप र स्काई पावरबीच ६ सय मेगावाटको सोलार परियोजनाका लागि संयुक्त उपक्रम सम्झौता (जेभीए) भएको छ । सम्मेलनको समापनको अवसरमा समझदारीमा चौधरी गु्रपमा प्रबन्ध निर्देशक निर्वाण चौधरी र स्काई पावरका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत केरी एल्डरले हस्ताक्षर गरे । 
त्यसैगरी प्रबन्धक निर्देशक चौधरी र शराफ कम्पनीका कार्यकारी निर्देशक सलाह सराफबीच मल्टिमोडेल लजिष्टिक पार्क, सीजी कर्प ग्लोाबरका प्रबन्धक निर्देशक चौधरी र टुर्कसेलका व्यापारिक प्रमुख मुरात इर्कानबीच ५ जी मोबाइल नेटवर्क तथा प्रदेश–२ का मुख्यमन्त्री लालबाबु यादव र सीजी पूर्वाधार कम्पनीबीच सो प्रदेशमा २ सय मेगावाट सोलार निर्माणको सम्झौता भएको छ । त्यसैगरी विभिन्न क्षेत्रका परियोजना लगानीका लागि १० अर्बको कोष स्थापनाका लागि गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट र उद्योग विभागका महानिर्देशक विनोद सिंहबीच समझदारी भएको छ । भारतीय कम्पनी सतलजले निर्माण सुरु गरेको ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको वित्तिय व्यवस्थापनका लागि सतलज तथा स्टेल अफ इण्डियाका साथै नेपालका एभरेष्ट र नबिल बैकबीच प्रतिवद्धतापत्रमा हस्ताक्षर भएको छ । प्रतिवद्धतापत्रमा सतलज अरुण तेस्रो पावर डेलभपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत सतिलकुमार शर्मा तथा स्टेल बैकका विनोदकुमार, एभरेष्ट बैकका उपमहाप्रबन्धक गिरिस गोर्खाली र नबिल बैकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहबीच हस्ताक्षर भएको छ । १ खर्ब १२ करोड लगानी रहेको आयोजनाको लागि भारतीय बैकले ६५ अर्ब ६० करोड, एभरेष्टले ८ अर्ब १२ करोड तथा नबिल बैकले ४ अर्ब ८७ करोड लगानी गर्न लागेको छ । यस्तै, १६४ मेगावाटको कालीगण्डकी गर्जका लागि हाइड्रो सोलुसनका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान तथा युनान सिन्ह्वा वाटर कन्जरभेन्सी एण्ड जलविद्युत लगानी कम्पनीका अन्र्तराष्ट्रिय व्यापार प्रमुख झु झेङचेङबीच जेभीए भएको छ भने रिसोर्स हिमालय बैंकट भिलेज रिसोर्ट बनेपाका कार्यकारी अध्यक्ष प्रधान तथा सिनसरे कन्सल्टिङ कम्पनीका प्रबन्ध निर्देशक ईडीई ह्सीयाबीच  बनेपामा रिसोर्ट, दक्षिण एशिया हर्वब डेक्टोयिसन एसपीए, टाइम सेयरिङ भिला, खुल्ला चिडीयाखना र एडेभेन्चरस स्पोर्टबारे सम्झौता भएको छ । त्यसैगरी १८ मेगावाटको सोलार, ९८ मेगावाटको जलविद्यु तथा १० मेगावाटको वायु ऊर्जामा लगानीका लागि अपि पावर कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपाने र बेलायतको कँडेल गु्रपका अध्यक्ष राजेन कँडेलबीच समझदारी भएको थियो । सम्मेलनको क्रममा सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा अघि बढाउनेबारे विशेष आर्थिक क्षेत्रको बी र सी ब्लकको विकासका लागि लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, सेजका प्रमुख कार्यकारी अधिकृत चण्डिका भट्ट र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) को नेपाल, भुटान र वंगालकै क्षेत्रीय प्रबन्धक वेण्डी वेरनरबीच सम्झौता भएको छ । त्यसैगरी ग्रेन वेयर हाउसका लागि नेपाल वेयरहाउसिङ कम्पनीका प्रबन्ध निर्देशक आनन्द बगरिया र नेसनल कोलाटेरल म्यानेजमेण्ट सर्भिसका उपप्रमुख कार्यकारी अधिकृत अनुपोम कौशिकबीच जेभीए भएको छ  । पूर्वाधार विकासमा सहकार्यका लागि नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह र म्यानममार लाइसेन्ड कन्ट्र्याक्टर एसोसियनका अध्यक्ष बीक्याऊ वीनबीच समझदारी भएको छ । सम्मेलनको क्रममा २१६ मेगावाटको अपर त्रिशुली–१ का लागि वित्तीय व्यवस्थापनको पनि घोषणा गरिएको छ । ६५० मिलियन डलरको लगानीका लागि सम्मेलनमा कोरियन कम्पनी कोसेपका उपाध्यक्ष हाकविन किमले घोषाा गरेका थिए । सम्मेलनमा मुखतोड फाइनान्स भारतले नेपालको युनाइटेड फाइनान्स लिमिटेडमा ३९ करोड ९० लाख लगानी गर्ने घोषणा नेपालका देशीय निर्देशक अनिल कार्कीले गरेका थिए भने लगानी बोर्ड नेपाल र लगानी बोर्ड साउथ अफ्रिकाबीच द्विपक्षीय सहकार्यका लागि समझदारी भएको छ । १७ परियोजनामा लगानी प्रस्तावसम्मेलनको क्रममा सरकारले अघि सारेका ७७ मध्ये १७ परियोजनाका लागि आवेदन परेको छ । बोर्डका अनुसार पूर्वाधार तथा यातायात क्षेत्रमा ७ वटा, ऊर्जामा ४ वटा, कृषिमा ३ वटा, शिक्षा र स्वास्थ्यमा २ र लजिस्टिकमा एक कम्पनीले आवेदन दिएका छन् । परिपक्व नभएको भन्दै लगानी बोर्डले सार्वजनिक नगरेपनि निजगढ अन्तर्राष्ट्रिय सम्मेलन, पश्चिम सेती, तमोर जलाशय, भक्तपुर सम्मेलन केन्द्र, वीरगञ्जमा लजिस्टिक सेन्टर, रिङरोड -याापिड ट्रान्जिट लगायतमा आवेदन परेको छ । अप्रिलसम्मका लागि आवेदन दिने व्यवस्था रहेकोले यसमा थप हुनसक्ने लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए । 

वैदेशिक लगानीका लागि नेपाल उत्कृष्ट गन्तव्य

http://karobardaily.com/news/interview/17908
आइतवार, चैत्र १७, २०७५
सरकारले आयोजना गरेको दुईदिने लगानी सम्मेलन शनिबार सकिएको छ । सम्मेलनमा साढे ३२ खर्बका ७७ परियोजना शोकेस गरिएको थियो । सम्मेलनका क्रममा विभिन्न लगानीकर्ताले विभिन्न आयोजनामा लगानी गर्ने घोषणा पनि गरेका छन् । ३९ देशका ७ सयभन्दा बढी विदेशी लगानीकर्तासहितको सम्मेलनमा विभिन्न ६५ प्यानलिस्टका रूपमा सहभागी थिए । लगानी सम्मेलनको शुभारम्भका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले नेपालमा राजनीतिक स्थिरता रहेको, नेपाल आर्थिक समृद्धिको बाटोमा अघि बढेको भन्दै लगानीकर्तालाई आह्वान गरेका थिए । सम्मेलनको उद्घाटन सत्रमा प्रधानमन्त्रीलगायतका विशिष्ठ व्यक्तिहरूले गरेको सम्बोधनका मुख्य अंशहरू :
नेपालमा लगानी गर्नु जोखिमरहित छ
केपी शर्मा ओली
प्रधानमन्त्री
अहिले हामीसँग राजनीतिक मात्र नभई नीतिगत स्थिरता पनि छ । सरकारले उच्च आर्थिक वृद्धिदर हासिल गर्ने योजना अघि सारेको छ । राष्ट्रिय योजना आयोगले अबको पाँच वर्षमा नेपाललाई ८८ अर्ब डलर लगानी गर्नु आवश्यक छ । यसका लागि हाम्रो आन्तरिक स्रोत मात्रै पर्याप्त हुन्न । विदेशी लगानी चाहिन्छ । यसका लागि सार्वजनिक निजी साझेदारी (पीपीपी) अघि बढाएको छ । हामी फेयर प्रतिस्पर्धामा विश्वास गर्छौं । 
दोहोरो करमुक्ति सम्झौता ११ देशसँग भइसकेको छ । थप ६ देशसँग गर्ने तयारी सरकारको छ । यो सम्झौतापछि एक देशमा तिरेको कर सोही शीर्षकमा अर्को देशमा तिर्नु पर्दैन । हामी रुचि राख्ने देशसँग द्विपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौता (बिप्पा) पनि गर्छौं । नेपालले हालसम्म भारतसहित ६ वटा मुलुकसँग बिप्पा गरिसकेको छ । भारतबाहेकका देशसँग भएको सम्झौता कार्यान्वयनमा छ । अन्य आधा दर्जन देशले बिप्पा सम्झौता गर्न प्रस्ताव गरिसकेका छन् । आर्थिक नीति र विदेशी लगानी स्वागतका हिसाबले नेपाल उदार मुलुक हो । हामीले लगभग सबै क्षेत्रमा शतप्रतिशत लगानी खुला गरेका छौं । कर छुटको सुविधा पनि कानुनमै उल्लेख गरिएको छ ।
एक वर्षमा सरकारले वैदेशिक लगानी भिœयाउनका लागि कानुनी र प्रक्रियागत सुधार गरी वातावरण तयार पारेका छौं । त्यसका लागि संसद्ले विभिन्न कानुन जारी गरिसकेको छ । हामीसँग अहिल्यै अनलाइन दर्ता र पेमेन्ट प्रणाली छ । अब चाँडै स्वचालित बनाउँदैछौं । लगानीकर्ताका लागि सहजीकरण गर्न एकद्वार प्रणालीको व्यवस्था गरिएको छ । २ सय मेगावाटमाथिका जलविद्युत् आयोजना र ६ अर्बभन्दा बढीका परियोजना लगानी बोर्डमार्फत अघि बढाउँदै छौं । यसमा अब एकद्वार प्रणालीमार्फत अघि बढ्छ । यही निकायमार्फत वैदेशिक लगानीको प्रक्रियामा सहजीकरण हुन्छ । सामाजिक सुरक्षाको अवधारणा पनि अघि बढाएका छौं । 
नेपालसँग जनसांख्यिक लाभ भएको, युवापुस्ता अंग्रेजी भाषामा पनि अभ्यस्त र ज्यालादर सस्तो भएकाले विदेशी लगानीकर्ताका लागि अनुकूल देश छ । अर्थतन्त्रका सूचकांक राम्रो रहेकाले नेपालमा लगानी गर्नु जोखिमरहित छ । उद्योग–व्यवसाय र लगानीसम्बन्धी विवाद फास्टट्र्याकबाट हेर्न सक्ने स्वतन्त्र अदालत हाम्रो न्यायिक प्रणालीको आधार हो । देशभित्र र बाहिर सडक सञ्जाल सुध्रिँदै छ । काठमाडौं–तराई द्रुतमार्ग अहिले यथार्थ बन्दैछ । सडकबाहेक रेल र जलमार्ग तथा प्रसारणलाइनबाट पनि दुवै छिमेकीसँग जोडिनेछन् । उद्योगका लागि चौबीसै घण्टा विद्युत् उपलब्ध गराइएको र आवश्यकताभन्दा बढी विद्युत् चाँडै उत्पादन हुँदैछ । सरकारले स्थापना गरेको विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योग स्थापनाका लागि पूर्वाधार र सेवा दुवै आकर्षक छ । हरेक प्रदेशमा एउटा औद्योगिक क्षेत्र स्थापना गर्ने हाम्रो उद्देश्य छ । हरेक स्थानीय तहमा साना तथा मझौला उद्यम प्रवद्र्धन गर्न औद्योगिक गाउँ स्थापना गर्ने सरकारको योजना छ । चीन र भारतजस्ता ठूला अर्थतन्त्रको बीचमा नेपालको अवस्थिति पनि लगानीकर्ताका लागि फाइदाजनक छ । चीन र भारत दुवैले नेपालबाट निर्यात हुने धेरै सामानमा भन्सार छुट दिएका छन् । नेपालमा लगानी गर्नेका लागि जलविद्युत्सँगै कृषि, पर्यटन र खानीजस्ता क्षेत्र पनि आकर्षक छन् ।
हामीलाई विदेशी लगानी चाहिएको छ
युवराज खतिवडा
अर्थमन्त्री
पहिलो, यो लगानी सम्मेलनले निजी क्षेत्रको लगानीको उचित वातावरण निर्माण गर्नेछ । दोस्रो, यसका लागि लक्षित गरेर लगानी सम्बद्ध कानुनहरू संशोधन गरिएका छन् । लगानीमैत्री बनाइएको छ । यसले नेपाल लगानीका लागि गन्तव्य मुलुक हो भनेर चिनाउँछ । तेस्रो, यो लगानी सम्मेलनमा लगानीका लागि परियोजनाहरू शोकेस गरिएको छ । विदेशी लगानीकर्ताले परियोजनाहरू छानेर त्यसका लागि समझदारी गर्न पनि सक्छन् । अर्को स्वदेशी र विदेशी लगानीकर्ताहरूको नेटवर्किङ गर्ने यो अवसर पनि हो । यसका लागि सरकारले सहजीकरण गर्छ । नेपालले दु्रतगतिको विकास चाहेको छ । प्राकृतिक, वित्तीय र मानव जनशक्तिको विकासमा जोड दिएको छ । नेपालमा अहिले स्थिर सरकार छ र सरकारसँग विकासको भिजन पनि छ । नेपालले ७ प्रतिशत बराबरको आर्थिक वृद्धिदर हासिल गर्दै आएको छ । दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य सरकारको छ । सरकारले ऊर्जा, पर्यटन, उत्पादनमा आधारित उद्योग, भौतिक पूर्वाधारलगायतलाई जोड दिएको छ । कर प्रणाली पारदर्शी छ । कर्पोरेट कर प्रतिस्पर्धी छ । अहिले नेपाल उच्च आर्थिक वृद्धिदरको यात्रामा छ । यसैलाई आधार मानेर सरकारले समृद्ध नेपाल, सुखी नेपालीको योजना अघि सारेको छ । नेपालको मध्यआय भएको मुलुकका रूपमा स्तरोन्नति हुने योजना छ । यसका लागि लगानीको उच्च महत्व छ । आर्थिक रूपान्तरणका लागि नेपाल अघि बढेको छ । उच्च आर्थिक वृद्धिको मार्गमा जान अहिलेको घरेलु पुँजी, प्रविधि र बजार उच्च आर्थिक वृद्धिदरका लागि पर्याप्त छैन । यसकारण हामीलाई विदेशी लगानी चाहिएको छ । औद्योगीकरण, आधुनिक पूर्वाधार विकास, रोजगारी सिर्जना, आयातको प्रतिष्ठापन, उच्च प्रविधिको विकासलगायतको खाँचो छ । धेरै क्षेत्रमा निजी क्षेत्रको लगानी सरकार प्रोत्साहन गर्न चाहन्छ । विदेशी लगानीकर्तासँग सार्वजनिक–निजी साझेदारीका विभिन्न मोडलमा काम गर्न सरकार तयार छ । यसका लागि सरकारले क्षेत्रगत सुधारका काम अघि बढाएको छ । यसका लागि धेरै निकाय खडा पनि भएका छन् । कानुन पनि निर्माण गरिएका छन् । लगानीकर्तालाई सहज हुने गरी सरकारले कर प्रणाली र कानुनमा सुधार गरेको छ ।
देश विकासका लागि विदेशी लगानी आवश्यक छ
रामशरण महत
पूर्वअर्थमन्त्री
नेपालमा सन् १९९० देखि उदारीकरण सुरुवात भएको हो । यसले निकै सकारात्मक मोड लिएको छ । आर्थिक उदारीकरणको युग सुरु भयो । आर्थिक उदारीकरण गर्ने सबै क्षेत्रमा निजी र विदेशी लगानी खुल्ला भयो । यसले नेपालको विकासमा धेरै सकारात्मक भूमिका खेल्यो । आर्थिक उदारीकरणका कारण उद्योग क्षेत्रमा उल्लेखनीय विकास भएको छ । यो अभियानमा विभिन्न राजनीतिक अवरोध आएको छ । देशको समृद्धिमा निकै महत्व पूर्ण भूमिका खेलेको आर्थिक उदारीकरणमा पछि राजदरबार हत्याकाण्ड, जनयुद्ध, भूकम्पजस्ता विविध कारणले अवरोध भयो, तर यसकै जगमा नेपालले विकासमा फड्को मा-यो । सामाजिक विकासमा त धेरै अघि बढ्यो । सामाजिक क्षेत्रमा नेपालले गरेको प्रगति दक्षिण एसियामै उच्च छ । यति धेरै अवरोधका बीच पनि नेपालको सामाजिक क्षेत्रमा निकै प्रगति भएको छ । न्यून आर्थिक वृद्धि हुँदा पनि गरिबी न्यूनीकरणमा नेपाल एसियाको नमुना देश हुन सकेको छ । नेपाल अति कम विकसित राष्ट्रबाट स्तरोन्नतिका लागि सामाजिक क्षेत्रमा प्रगति भए पनि आर्थिक वृद्धिको अवस्था कमजोर देखिएको छ । यसकारण अहिलेको नेपालमा प्रमुख एजेन्डा आर्थिक वृद्धिदर नै हो । यसका लागि विदेशी लगानी आवश्यक छ । नेपालको कृषि, पूर्वाधार, जडीबुटी क्षेत्र पनि लगानीका लागि आकर्षक क्षेत्र हुन् । ऊर्जामा ठूलो सम्भावना छ । नेपाल र भारतबीच विद्युत् व्यापार सम्झौतासमेत भैसकेको छ । यस्तो अवस्थामा नेपालको आर्थिक समृद्धिका लागि विदेशी लगानी आउनु आवश्यक छ । विदेशी लगानीमार्फत देशको विकास गर्न सकिन्छ । विदेशी लगानीबारे निजी क्षेत्रमा केही निराशा देखेको छु । विदेशी लगानी आउँदैमा स्वदेशी लगानीकर्ता निराश हुनु पर्दैन । विगतमा नेपालको बैंकिङ क्षेत्रमा विदेशी लगानी भिœयाउँदा निजी क्षेत्र डराएको थियो, तर त्यो डर अन्ततः फेल खायो । विदेशी लगानीले नेपालमा निजी वित्तीय क्षेत्र वृद्धिमा टेवा पुग्छ । विदेशी लगानीकर्ता आउँदा विदेशी पुँजी मात्र नभई प्रविधिसमेत आउँछ । यसले धेरै अवसर सिर्जना गर्छ । देश विकासका लागि स्वदेशी लगानी पर्याप्त छैन, विदेशी लगानीको अनिवार्य आवश्यकता छ । देशको पूर्वाधार विकासका लागि सरकारी, निजी, सार्वजनिक र विदेशी लगानीको उत्तिकै खाँचो छ ।
प्रविधि आदान–प्रदानमा सहकार्य गर्न सक्छन्
यू थङ टुन
युनियन मन्त्री, लगानी तथा विदेशी आर्थिक मामिला
विश्वमा आ–आफ्नो देशको विकासका लागि विभिन्न प्रयास हुँदै आएका छन् । यसका लागि विभिन्न समझदारी पनि बनेका छन् । विकासोन्मुख र विकसित सबै राष्ट्रले वैदेशिक लगानीलाई उच्च प्राथमिकता दिएका छन् । यसका लागि प्रतिस्पर्धा पनि छ । यसमा एसियन राष्ट्रहरू अघि बढेका छन् । दक्षिण एसियाका देशहरू आर्थिक विकासमा केन्द्रित छन् । आर्थिक विकासका लागि लगानीलाई उच्च महत्व दिनु आवश्यक छ । आर्थिक वृद्धिका लागि स्थिर सरकार र राजनीतिको महत्व पूर्ण भूमिका हुन्छ । यसका लागि बृहत् नीतिको आवश्यकता हुन्छ । नेपालमा अहिले स्थिर सरकार छ । सरकारले केही भिजन अघि सारेको पनि देखिन्छ । अहिले नेपालका लागि त्यो वातावरण देखिएको छ । गरिबी निवारणमा नेपालले गरेको प्रगति राम्रो गरेको छ । सामाजिक सूचकांकहरूमा समेत प्रगति देखिएको छ । दिगो विकासमा पनि नेपालले अघि बढाएका कदमहरू सकारात्मक छन् । अहिले नेपालले वैदेशिक लगानी स्वीकृतिको प्रक्रिया पनि सरलीकृत गरेको छ । नेपालको अर्थतन्त्र कृषिजन्य उद्योगमा आधारित छ । यसमा नेपाल र म्यानमारको अवस्था उस्तै छ । यसका लागि उत्पादनशील क्षेत्रको विकास महत्व पूर्ण हुन्छ । यसमा दुवै देशले प्रविधि आदान–प्रदानमा सहकार्य गर्न सक्छन् । मलाई लाग्छ, कृषिलगायतका धेरै क्षेत्रमा लगानीको सम्भावना छ । नेपाल र म्यानमारबीच लगानीका लागि सहकार्य गर्न सकिन्छ । मुख्यतया वैदेशिक लगानी र सुरक्षा दुवै महत्व पूर्ण हुन्छन् ।
नेपालको आर्थिक वृद्धिमा साझेदार हुन चाहन्छु
हाथ्र्विग स्चाफर
उपाध्यक्ष, विश्व बैंक
विगतमा नेपालले गरिबी निवारणमा गरेको प्रगति प्रशंसनीय छ । नेपालले सन् २०३० भित्र मध्य आय भएको मुलुकका रूपमा विकास गर्ने लक्ष्य राखेको छ । यसका लागि आर्थिक वृद्धिदर ७ प्रतिशतभन्दा बढी हुनुपर्छ । आर्थिक क्षेत्रमा बढी लगानी आवश्यक छ । लगानी सम्मेलन वैदेशिक लगानी आकर्षण गर्नका लागि आयोजना गरिएको पनि हो । यसलाई लक्षित गरी नेपाल सरकारले केही नयाँ पुनर्सुधारको काम पनि गरेको छ । वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन (फिटा) ल्याएको छ । सार्वजनिक निजी साझेदारी (पीपीपी) र लगानी ऐनमा सुधार गरिएको छ । यी सुधार गरिएका कानुनहरू कार्यान्वयन गर्नु आवश्यक छ । यसमा निजी क्षेत्रको सहभागिता बढाउनु आवश्यक छ । नेपाललाई बनाउन आवश्यक स्रोतहरूको व्यवस्थापनका लागि लगानीकर्ता र विकासका साझेदारहरू तयार छन् । नेपालमा लगानीको ठूलो सम्भावना छ । जलविद्युत् विकासमा पनि ठूलो सम्भावना छ । यसमा वैदेशिक लगानी आकर्षण गर्नु आवश्यक छ । विश्व बैंक नेपालमा लगानी वृद्धि गर्न तथा विभिन्न सुधारका कामका लागि सहयोग गर्न तयार छ । विश्व बैंक नेपालको आर्थिक वृद्धिमा साझेदार हुन चाहन्छ । पहिलेदेखि विश्व बैंकले सहयोग गर्दै आएको छ । भविष्यमा निरन्तरता हुन्छ ।
पूर्वाधार क्षेत्रमा अझ ठूलो लगानी आवश्यक छ
शिक्छिन चेन
उपाध्यक्ष, एसियाली विकास बैंक
एसियाली विकास बैंकले नेपालको पूर्वाधार क्षेत्रमा निरन्तर रूपमा सहयोग गर्दै आएको छ । जलविद्युत्, प्रसारणलाइन, सडकलगायतका क्षेत्रमा विभिन्न परियोजनाहरू सञ्चालित छन् । सन् २०१८ मा मात्र ६ सय मिलियन डलर (६६ अर्ब रुपैयाँ) बराबरको सहयोगको प्रतिबद्धता गरिसकेको छ । भविष्यमा पनि सहयोग जारी रहन्छ । एसियाली विकास बैंकले सन् २०२० देखि २०२४ सम्मका लागि नयाँ साझदारी रणनीति निर्माण गर्न लागेको छ । अहिले नेपालमा आर्थिक विकासलाई अघि बढाउने उपयुक्त अवस्था छ । स्थिर सरकार छ । अर्थतन्त्रमा सुधार गर्न तथा लगानी आकर्षणका लागि देखिएका चुनौतीहरूको सम्बोधन गर्नका लागि पनि उपयुक्त अवसर छन् । धेरै कानुनी र नीतिगत सुधार भएका छन् । बाँकी रहेका चुनौतीहरू समाधान गर्नका लागि पनि सुधारको खाँचो छ । अहिलेको अवस्थामा नेपालले आर्थिक र सामाजिक विकासमा उच्च केन्द्रित गर्नुपर्छ । अतिकम विकसित (एलडीसी) बाट स्तरोन्नतिका लागि नेपाललाई पूर्वाधार क्षेत्रमा अझ ठूलो लगानी आवश्यक छ । अहिले यसका लागि सीमित स्थानीय स्रोत छ । वैदेशिक लगानीसहितको बाह्य स्रोतको परिचालनमार्फत एलडीसीबाट स्तरोन्नति हुने नेपालको लक्ष्य पूरा गर्न सकिने अवस्था छ । नेपालले स्वदेशी तथा विदेशी लगानी आकर्षणका लागि विभिन्न कदम अघि बढाएको छ । चीनसँग ट्रान्जिट ट्रासपोर्ट तथा भारत र बंगलादेशसँग ऊर्जामा सहकार्य गर्ने समझदारी गरेको छ । यसले पनि वैदेशिक लगानीमा सहयोग पु-याउँछ ।

लगानीकर्तालाई आश्वस्त पार्ने प्रयास

http://karobardaily.com/news/economy/17905
आइतवार, चैत्र १७, २०७५
विदेशी लगानीकर्ताहरूलाई नेपालमा लगानीका लागि उचित वातावरण भएको आश्वस्त पार्दै दुई दिने नेपाल लगानी सम्मेलन सकिएको छ । सरकार, प्रमुख प्रतिपक्षी दल र निजी क्षेत्रका प्रतिनीधिहरूसहित विज्ञहरूमार्फत नेपालमा नीतिगत, कानुनी, प्रक्रियागत, सहुलियत, सहजीकरण र लाभांश फिर्ता लैजान उचित वातावरण रहेको विश्वस्त पार्दै शनिबार सम्मेलन सकिएको हो । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले  सम्मेलनमा आएका लगानीकर्ताहरूलाई नेपालमा लगानीयोग्य परियोजनाहरूको जानकारी दिँदै राजनीति स्थिरतासहितको उपयुक्र्त वातावरण रहेको सन्देश दिइएको बताए । “४० राष्ट्र र ३ सय विदेशी कम्पनीमा ७ सय ३५ भन्दा बढी लगानीकर्ता, एक सय कम्पनी र अन्य गरी ६ सय नेपाली प्रतिनिधि सहभागी सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ,” उनले भने, “सम्मेलनको क्रममा प्रधानमन्त्रीसँग ३६ द्विपक्षीय बैठक, ३९ भन्दा बढी व्यापारिक र सरकारी तथा ३० भन्दा बढी विदेशी–स्वदेशी लगानीकर्ताबीच बैठक भए, यसबाट अधिकांश विदेशी लगानीकर्तालाई विश्वस्थ वातावरण बनाउने कार्य भयो ।”सम्मेलनको लागि साढे ३२ खर्बका सरकारले ५० सरकारी र २७ निजी क्षेत्रका गरी ७७ परियोजना राखेको थियो । सम्मेलनको क्रममा ऊर्जा, सूचना प्रविधि, उद्योग, कृषि र यातायात पूर्वाधारबारे क्षेत्रगत तथा लगानीको वातावरणबारे चार सत्रमा छलफल भएको थियो ।  सम्मेलनको शुक्रबार शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीका लागि वातावरणन बनेको बताएका थिए । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालले दु्रतगतिको विकास चाहेको बताउँदै सरकारले ऊर्जा, पर्यटन, उत्पादनमा आधारित उद्योगहरू, भौतिक पूर्वाधार लगायतलाई जोड दिएको बताए । पूर्वअर्थमन्त्री डा. रामशरण महतले सन १९९० देखि आर्थिक उदारीकरणको सुरुवात भएको बताउँदै नेपाल अति कम विकसित राष्ट्रबाट स्तरोउन्नतिका लागि सामाजिक क्षेत्रमा प्रगति भएपनि आर्थिक वृद्धिको अवस्था कमजोर देखिएकोको अवस्थामा विदेशी लगानी महत्वपूर्ण हुने बताए । विदेशी लगानी आउँदैमा स्वेदेशी लगानीकर्ता निराश हुनुनपर्ने उनको तर्क थियो । ऊर्जाबारेको एक शत्रमा मन्त्री वर्षमान पुनले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि क्षेत्रीय सहकार्यको खाँचो बताउँदै त्यसका लागि उचित वातावरण बनेको बताए । 

लगानी सम्मेलन आज

http://karobardaily.com/news/economy/17855
 शुक्रवार, चैत्र १५, २०७५
वैदेशिक लगानीका लागि आह्वान गर्दै शुक्रबार (आज)देखि सुरु हुने दुईदिने लगानी सम्मेलनमा सरकारले विदेशी लगानीकर्ता सामु ७७ परियोजना प्रस्तुत गर्दैछ । साढे ३२ अर्ब रुपैयाँ लागत रहेका सरकारी ५० र निजी क्षेत्रका २७ परियोजना सरकारले लगानीका लागि शोकेसको रुपमा प्रस्तुत गर्न लागेको हो । 
सम्मेलनमा ४० देशका ६ सय ५० विदेशी लगानीकर्तासहित १ हजारभन्दा बढी सहभागी हुनेछन् । एक दर्जनभन्दा बढी परियोजनाहरूको समझदारी र समझदारी गर्ने तयारी लगानी बोर्डले गरेको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले लगानी सम्मेलनका लागि आउने अधिकांश सहभागी बिहीबारनै काठमाण्डौ आईसकेको जानकारी दिए । “अधिकांश लगानी सम्मेलनमा आउने सहभागी आईसकेका छन्, उनीहरू सामु लगानीका लागि ७७ परियोजना प्रस्तुत गर्दैछौं,” उनले भने । बोर्डका अनुसार सम्मेलनमा नेपाल सरकारका उच्चपदस्थ अधिकारी, नेपाल स्थिति विदेशी कुटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्था, नेपाली निजी क्षेत्र, गैरआवासीय नेपाली तथा स्वदेशी लगानीकर्ता लगायतको सहभागिता हुँदैछन् । 
प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने उद्घाटन सत्रमा अर्थमन्त्री डा. युवराज खतिवडा, पूर्वअर्थमन्त्री डा. रामशरण महत, म्यानमारका लगानी तथा विदेश आर्थिक सम्बन्ध मन्त्री यू थाउङ टुन, विश्व बैंकका उपाध्यक्ष हार्टवीग स्याफर, एशियाली विकास बैंकका उपाध्यक्ष सिजिन चेन लगायतले सम्बोधन गर्दैछन् भने शनिबारको समापनमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, अर्बपति उद्योगी विनोद चौधरी, गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट लगायतले सम्बोधन गर्नेछन् ।
सम्मेलनअन्तर्गत विभिन्न सेसनमा ६५ जना प्यानलिष्टको रुपमा सहभागी हुँदैछन् । ती सेसनहरूमा विश्व बैंक अन्तरगतको वहुपक्षीय लगानी प्रत्याभूतिसम्बन्धी निकाय मिगाका उपाध्यक्ष तथा प्रमुख कार्यकारी केईको होण्डा, अन्तर्राष्ट्रिय वित्त निगमका आर्थिक तथा निजी क्षेत्र विकाससम्बन्धी उपाध्यक्ष हान्स पिटर लंकेस, एशियाली पूर्वाधार लगानी बैंकका लगानी तथा कार्यसंचालन सम्बन्धी उपाध्यक्ष डोङ ली लगायतले सम्बोधन गर्ने कार्यक्रम छ । प्रसिद्ध कम्पनीहरू माईक्रोसफ्ट, अमेजन, पावर चाईना, चाईना रेलवे, डाबर, यूनिलिभर लगायतका विश्व प्रसिद्ध कम्पनीहरूको उच्चपदस्थ प्रनिनिधिहरूको उपस्थिति रहने बोर्डले जनाएको छ । 
सम्मेलनको पहिलो दिन नेपालमा लगानीको अवसर, आर्थिक रुपान्तरणका लागि ऊर्जा, डिजिटल इकोनोमी, पर्यटन, उद्योग र महिला उद्यमीबारे छुट्टाछुट्टै सेसन हुनेछन् भने दोस्रो दिन शनिबार दिगो यातायात पूर्वाधार, कृषि तथा वन पैद्धावार, नेपाल र अन्र्तराष्ट्रिय लगानीका अनुभव लगायतका सेसन हुनेछन् । 
लगानी बोर्डका अनुसार ५० सरकारी परियोजनाको अनुमानित २६ हजार ३ सय १५ मिलियन डलर अर्थात २८ खर्ब ९४ अर्ब ७२ करोड ४८ लाख तथा निजीतर्फका २३ परियोजनाको अनुमानित लागत ३ हजार ३ सय ४१ मिलियन डलर अर्थात ३ खर्ब ६७ अर्ब ५४ करोड रुपैया अनुमान गरिएको छ । सम्मेलनमा सबैभन्दा बढी २५ आयोजना ऊर्जाको पूर्वाधारतर्फ र सबैभन्दा कम ३ आयोजना शिक्षा तथा स्वास्थ्यतर्फ छन् । त्यसैगरी पर्यटनतर्फ १७, यातायाततर्फ ११, कृषितर्फ ८, सहरीतर्फ ७ र उद्योगतर्फ ६ परियोजना लगानी सम्मेलनमा प्रस्तुत हुन लागेका छन् । विदेशी लगानीका लागि प्रस्ताव गरिएका आयोजनाहरूमा सबैभन्दा कम ३४ अर्ब ५४ करोडदेखि ३ खर्ब ६९ अर्बसम्मका परियोजना छन् । सबैभन्दा कम एकीकृत कृषि पूर्वाधार परियोजना गोदावरी अत्तरियाको लागत ३४ करोड ५४ लाख छ भने सबैभन्दा बढी काठमाडांै पोखरा लुम्बिनी विद्युतीय रेलको ३ खर्ब ६९ अर्ब २७ करोड रुपैयाँ छ ।

Thursday, March 28, 2019

लगानी सम्मेलनमा ‘देशको मुहार फेर्ने’ परियोजना

http://karobardaily.com/news/development/17803
बिहिवार, चैत्र १४, २०७५
नेपाल विद्युत् प्राधिकरणले भारतबाट आयात गरेको बुधबारको बिजुलीको हिस्सा हेर्र्ने हो भने ५० प्रतिशत छ । झण्डै १८ हजार मेगावाट आवर माग रहेकोमा भारतबाटमात्रै झण्डै ९ हजार मेगावाट विद्युत् आयात भएको छ । चैत पहिलो साता त ६३ प्रतिशतसम्म पुग्यो । जलाशययुक्त आयोजनाको अभावमा नेपाल विद्युत्मा भारतसँग बढ्दो परनिर्भरतामा रहेको बेला आगामी शुक्रबार र शनिबार हुने लगानी सम्मेलनमा प्रस्तुत गर्ने परियोजनाहरूमध्ये जलविद्युत्का सबैभन्दा बढी छन् । 
कुल ७७ परियोजनामध्ये ऊर्जातर्फका मात्र २५ परियोजना रहेकोमा त्यसमध्ये सबैभन्दा बढी लागत भएका ५ ठूला जलाशययुक्त आयोजना छन् । एक खर्बभन्दा बढी मात्र ७ जलविद्युत् आयोजना छन् । 
जलविद्युत् आयोजनामात्र होइन, निजगढ विमानस्थल, पूर्व–पश्चिम विद्युतीय रेल, काठमाडौं पोखरा लुम्बिनी रेल, काठमाडौं मेट्रो लगायतका थुप्रै परियोजनाहरू छन्, जसले देशको आर्थिक परिवर्तनका लागि ‘गेम चेन्जर’ परियोजनाको रूपमा काम गर्छन् तर विगतको अनुभव त्यति सुखद छैन । १७ वर्षसम्म अष्ट्रेलियन कम्पनी स्मेक र ७ वर्ष चिनियाँ कम्पनी थ्री गर्जेजले ओगटेको पश्चिम सेती अहिले फेरि विदेशी लगानीकर्ताहरू लगानीका लागि शोकेसमा राखिएको छ । दुई वर्षअघि गरेको लगानी सम्मेलनमा साढे १४ खर्ब रुपैयाँ बराबरको लगानीको प्रतिबद्धता प्राप्त भए पनि पौने ४ खर्बका परियोजनाहरूको मात्र प्रारम्भिक प्रक्रिया अघि बढेको छ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. शंकर शर्मा भन्छन्, “विगतमा प्रतिवद्धता गरेको रकम किन आउन सकेन, विदेशी लगानीकर्ताहरूले प्रतिवद्धता गरे पनि किन कार्यान्वयनमा लान सक्दैनन्, त्यसको अध्ययन भएर कारण पत्ता लगाउनुपर्छ र ती कुरामा सुधार भए मात्र लगानीका लागि सहज हुन्छ ।” पछिल्लो समयमा विदेशी लगानीकर्ता रहेको अरुण तेस्रो, एनसेललगायतका आयोजनाहरूमा विभिन्न समूहबाट भएका बम विष्फोटका घटनाले अझै विश्वासको वातावरण नबनेको देखिन्छ । 
दुई वर्ष अघिभन्दा पछिल्लो समय नेपालमा विश्वासको वातावरण बनेको सरकारी अनुभव छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार अर्थ मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा दुईतिहाईको स्थायी सरकार, वैदेशिक लगानीसम्बन्धी नीति, कानुनमा भएका संशोधनलगायतले उचित वातावरण बनेको दाबी गरे । “आर्थिक समृद्धिका लागि ठूला परियोजनाहरू निर्माण गर्नुपर्ने आवश्यकता छ, यसका लागि वैदेशिक लगानी खाँचो छ,” उनले भने, “अहिले त्यसका लागि उपयुक्त वातावरण र समय आएको छ ।”
निजी क्षेत्रका प्रतिनिधिसमेत सरकारले विश्वासको वातावरण बनाएमा लगानीका लागि उपयुक्र्त वातावरण भएको बताउँछन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा लगानीका लागि सरकारले विश्वासिलो बनाउनका लागि प्रयासहरू अघि बढेको बताउँछिन् । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा पनि नेपालमा लगानी गरेमा प्रशस्त मुनाफा गर्ने अवस्था रहेको बताउँछन् । चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ भने धेरै सुधारका काम भएकोले यसले उत्साहित बनाएको बताउँछन् । 
विगतभन्दा यस वर्ष लगानी बोर्ड नेपालले विस्तृत अध्ययन, सम्भाव्यता अध्ययन र पूर्वसम्भाव्यता अध्ययन भएका परियोजनाहरू शोकेसको रुपमा प्रश्तुत गर्न लागेको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी लगानी सम्मेलनपछिको दुई महिनाको समय लगानीकर्तालाई अध्ययनको मौका दिएर प्रतिवद्धताबारे टुंगोमा पुग्ने गरी प्रक्रिया अघि बढाउने बताउँछन् । 
बोर्डका अनुसार, प्रति डलर १ सय १० नेपाली रुपैयाँको दरले सरकारीतर्फका ऊर्जा आयोजनाको लागत १२ खर्ब ५१ अर्ब तथा निजीतर्फ २ खर्ब ४९ अर्ब लागत छ । विज्ञहरूका अनुसार वार्षिक रूपमा पूर्ण क्षमतामा एक मेगावाटमात्र विद्युत् उत्पादन भएमा ६० लाख युनिट विद्युत् उत्पादन भई यसले यसले वार्षिक रुपमा ३ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत् उत्पादन गर्न सक्छ । सरकारले विश्वासको वातावरण बनाउन सकेमा लगानी सम्मेलनमा प्रस्तुत गर्ने जलविद्युत् आयोजनाहरूमा मात्र लगानी आयो भनेपनि यसले सरकारले अघि सारेको दोहोरो अंकको आर्थिक वृद्धिदर सजिलै हासिल हुन्छ । 
सरकारीतर्फका ७६२ मेगावाटको तमोर जलाशय, १११० मेगावाटको सुनकोसी–२, ५३६ मेगावाटको सुनकोसी–३, ४१० मेगावाटको नलगाढ, ७५० मेगावाटको पश्चिमसेती जलाशय, १२०० मेगावाटको पश्चिमसेती एसआर र ६७९ मेगावाटको तल्लो अरुण जलविद्युत् जस्ता आयोजनाका लागि मात्र लगानी जुटेमा यी आयोजनाहरूले देशको मुहार फेर्न सक्छन् ।

Wednesday, March 27, 2019

वैदेशिक स्रोत जुटाउन लगानी सम्मेलन

बुधवार, चैत्र १३, २०७५
सरकारले यही चैत १५ र १६ गते दोस्रो लगानी सम्मेलनको आयोजना गर्दैछ । सम्मेलनमा साढे ३१ खर्बका ७७ परियोजना शोकेसका रूपमा प्रस्तुत गर्न लागिएको छ । यसमा सरकारी क्षेत्रका ५० आयोजना छन् भने निजी क्षेत्रका २७ परियोजना छन् । सम्मेलनमा ४० देशका ६ सय ५० विदेशी लगानीकर्तासहित १ हजारभन्दा बढी सहभागी हुँदैछन् । सम्मेलनको तयारी पूरा भइसकेको लगानी बोर्डले जनाएको छ । अहिले लगानी सम्मेलनलाई लिएर विभिन्न क्षेत्रबाट आ–आफ्ना विश्लेषण भइरहेको छ । नेपालमा ठूला परियोजनाका लागि वैदेशिक लगानी आवश्यक रहेकाले सम्मेलनले शोकेसका रूपमा अघि बढाएका आयोजनाहरूमा लगानी जुट्ने अपेक्षा गरिएको छ । यसै सन्दर्भमा लगानी सम्मेलनमा केन्द्रित रहेर कारोबारकर्मी भीम गौतमले सरोकारवालाहरूसँग गरेको कुराकानीको सार :

पूर्ण तयारी र वातावरण बनाएर गरेको भए उपयुक्त हुन्थ्यो
नवीन्द्रराज जोशी
पूर्वउद्योगमन्त्री
दुई वर्षअघि म उद्योगमन्त्री हुँदा भएको लगानी सम्मेलनमा मुख्य तया तीन कुरा थिए । एउटा, संविधान भर्खर आएको थियो । संविधानमा सबै राजनीतिक दल सहमत भयौं । नयाँ संविधानले नेपाल नयाँ युगमा प्रवेश गर्छ भन्ने थियो । लोकतान्त्रिक संविधान भएपछि अब नेपालले उदारवाद मान्यताहरूलाई अघि बढाउँछ । यसले सबै राजनीतिक अधिकार नेपालीले पाउँछन् । आर्थिक अधिकार पाउँछन् । आर्थिक विकासमा सबैको ध्यान जान्छ । दोस्रो, त्यो बेलाको लगानी सम्मेलन उद्घाटनमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, तत्कालीन प्रमुख प्रतिपक्ष दलका नेता केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल हुनुहुन्थ्यो । यसले ठूलो सन्देश पनि दिएको थियो । अहिलेको सम्मेलनमा सबै पक्षको उपस्थिति गराउन खोजिएको छ कि छैन, थाहा छैन । हामीसँग पनि विस्तृत रूपमा छलफल गरिएको थाहा छैन । सबैसँग सल्लाह गरेमा यसले धेरै सकारात्मक दिन्छ होला । तेस्रो, त्यो बेला औद्योगिक व्यवसाय ऐन ल्याएका थियौं । धेरै ऐन–कानुनहरू संशोधन पनि गरेका थियौं । लगानीका लागि सुरक्षित वातावरण छ भनेर सन्देश दिएका थियौं । उद्योग प्रशासनहरूलाई सहज पनि बनाएका थियौं । प्रवेश, प्रक्रिया र बहिर्गमनमा सहज गर्ने गरी व्यवस्था गरेका थियौं । ती कुरा राखेर सम्मेलन गरेका थियौं । त्यो सन्देश संसारलाई दिनु आवश्यक थियो । 
अहिले के छ भने स्वदेशी लगानी पनि तीनवटा कुराले चिन्तित छ । एउटा, सुरक्षाको कुरा छ । चन्दादेखि धेरै कुरा छन् । दोस्रो सरलताको कुरा छ । तेस्रो ब्याजदरको विषय छ । यसले गर्दा एक वर्षको अवस्था हेर्ने हो भने सेयर बजार २५ प्रतिशत घट्यो अर्थात् १४ सयबाट ११ सयमा आएको छ । लगानी सम्मेलन गर्नुअघि आन्तरिक समस्या समाधान गर्नुपर्छ । विदेशी लगानीकर्ताले के हेर्छन् भने स्वदेशी लगानीकर्ताले कति लगानी गरेका छन् ? उनीहरूको स्थिति के छ ? उनीहरू कति उत्साहित छन् ? यी विभिन्न विषयहरू हेर्छन् नि ! विदेशी लगानीकर्ताहरूले पनि स्वदेशीसँग मिलेर सहमति गर्ने हो नि । स्वदेशी लगानीकर्ताहरू अहिले हतोत्साहित छन् । आन्तरिक समस्या समाधान गरेर सम्मेलन गरेको भए अझ उपयुक्त हुन्थ्यो । एकल बिन्दु त भन्यौं तर प्रक्रियामा सरलता छ कि छैन भन्ने कुरा मुख्य हुन्छ । अर्को, आर्थिक उदारीकरण कस्तो भएको छ भनेर लगानीकर्ताले हेर्छन् । एक वर्षको सरकारलाई विश्लेषण गर्ने हो भने अनुदार सरकार भने हुन्छ । अर्थमन्त्रीले बोलेका कुरा हुन् वा उद्योग क्षेत्रमा भएका गतिविधि हुन्, यसले त्यो देखाउँछ । यी क्षेत्रमा आक्रमण गर्नेलाई कारबाही नभएका कुरा हुन् । नीति, ऐन ल्याउँदा पनि बहुपक्षसँग सल्लाह छैन । यो पनि एउटा महत्वपूर्ण पक्ष हो । 
सरकारले लगानी सम्मेलन पूर्ण तयारी र वातावरण बनाएर गरेको भए उपयुक्त हुन्थ्यो । कतिपय कानुन हचुवाको भरमा ल्याइएको छ । बहुराष्ट्रिय कम्पनीहरूले फिटा ल्याउँदाखेरि सल्लाह गरिएन भनिरहेका छन् । हामीलाई हतोत्साहित गराउने काम भयो भनिरहेका छन् । सरोकारवालाहरूलाई त विश्वासमा लिनुप-यो नि । काम गरिरहेकै मान्छेलाई डर छ भने अर्को लगानीकर्ताले त उसलाई पनि सोध्ला नि । के भइरहेको छ, हेर्ला नि । वास्तविक रूपमा जुन रूपमा लगानी आउनुपर्ने, ती परियोजनाहरूमा प्रस्तुत गर्नुपर्छ । फोहोरमैलामा लगानी माग्ने हो कि होइन ? लगानीकर्ता त फाइदाका लागि आउँछ । त्यहाँका जनताले भोलि कति महसुल तिर्ने ? त्यहाँको नगरपालिकामार्फत नै उनीहरूलाई सक्षम पो बनाउनुपर्ने हो । यस्ता कुरामा दृष्टिकोण पुगेको देखिँदैन ।
अहिलेको मुख्य समस्या रोजगारी हो । रोजगारी सिर्जना गर्ने परियोजनाहरू धेरै छैनन् । अर्को, भोलि उसले लगानी गर्ने हो भने सिधै पाउँछ कि पाउँदैन । ऊ टेन्डरमा जानुपर्छ कि पर्दैन ? कुनै प्रक्रिया पूरा गर्नुपर्छ कि पर्दैैन ? प्रतिस्पर्धामा जानुपर्छ कि पर्दैन ? लगानीकर्ताले माग्नेबित्तिक्कै दिन मिल्छ कि मिल्दैन ? यो स्पष्ट हुनुपर्छ । लगानी सम्मेलन गर्नु राम्रो हो तर यसको औचित्यसहित हुनुपर्छ । हामीले गरेको लगानी सम्मेलनबाट १४ खर्बको प्रतिबद्धता आयो तर सबै आएन । त्यो किन आएन ? किन समस्या भयो ? यो सबै कुराको विश्लेषण गरेर गर्नुपथ्र्यो । हतार गरेर लगानी सम्मेलन गर्नुपर्ने थिएन ।
सम्मेलन समय–समयमा गरिरहनु उपयुक्त हुन्छ
डा. शंकर शर्मा
पूर्वउपाध्यक्ष, राष्ट्रिय योजना आयोग
नेपालमा हुन लागेको लगानी सम्मेलनलाई सकारात्मक रूपमा हेर्नुपर्छ । संविधानपछिको स्थायी सरकार छ । ऐन–कानुन पनि धेरै बनेका छन् । आर्थिक वृद्धिदर ९÷१० प्रतिशत बनाउनका लागि हाम्रो स्रोतले पुग्दैन । आधाभन्दा कम हुन्छ । यो सबै कारणले गर्दा लगानी सम्मेलन समय–समयमा गरिरहनु उपयुक्त हो । मुख्य कुरा, अहिले आइरहेका ऐन–कानुनहरूलाई कार्यान्वयन पक्षमा कति सजिलो बनाउँछौं, लगानीकर्तालाई अनि एकद्वार प्रणाली कसरी प्रभावकारी बनाउन सक्छौं । २० औं वर्षदेखि हामीले प्रभावकारी बनाउन सकेनौं । अहिले विदेशी लगानी घटिरहेको छ । यो किन घट्यो ? दुई वर्षअघिको लगानी सम्मेलनमा १४ खर्बको प्रतिबद्धता गरिएको थियो, किन आएन ? विशेष आर्थिक क्षेत्रहरूमा किन लगानी आइरहेको छैन ? यसको पनि लगानीकर्ताहरूसँग बसेर अध्ययन हुनु जरुरी छ ।
लगानीकर्ताले लगानी गर्ने विशेष गरी औद्योगिक र आर्थिक क्षेत्रहरूको पूर्वाधारमा र यहाँबाट भारत निर्यात गर्ने सामानको हकमा हो, किनभने कच्चापदार्थ पनि भारतबाट ल्याउने हो र पोर्टमा जाने पनि भारतबाटै हो । त्यहाँ जाने सडकलगायतलाई जोड दिने । अनि यहाँ विभिन्न एजेन्सीहरू छन् । लगानी बोर्ड त छ, तर विभिन्न मन्त्रालयहरू छन् । त्यहाँ धेरै जनशक्ति छ । इन्जिनियरहरू धेरै छन् । प्रशासनिक क्षमता धेरै छ । यसमा समन्वय कति गर्न सक्छौं ? यो एकदम जरुरी छ । 
लगानीकर्ताहरूलाई हाम्रो नेपालमा सबै कुरा पारदर्शी छ । सजिलो छ । लगानी गर्नेहरूलाई पूर्वाधारहरू दिन सक्छौं भनेर उनीहरूलाई सुनिश्चित गर्न सक्यौं भने राम्रो हुन्छ । अहिले लगानी सम्मेलनमा आउनेहरूलाई पनि फलोअप गरिरहनुपर्छ । उनीहरूलाई के सहजीकरण गर्नुपर्छ भनेर हेरिरहनुपर्छ । यसो गरेमा लगानी आउनका लागि सजिलो होला । परियोजनाहरूको पूर्व सम्भाव्यता गरेर प्रस्तुत गर्नु राम्रो हो । केही नभए पनि नेपालले के सोचेको रहेछ त ? कुन क्षेत्रमा लगानी आउने रहेछ भनेर सोचेको रहेछ भनेर यसबाट स्पष्ट हुन्छ । तर, यो अन्तिम होइन ।
उनीहरू आएपछि थप अध्ययन गर्ने, मान्छेहरूसँग बुझ्ने ? ऐन–कानुनलगायतबारे बुझिहाल्छन् । तैपनि शोकेसमा भएका परियोजनाहरूलाई सरकारले देखाउँदा लगानीका लागि एउटा आधार भएको छ, तर यति मात्रले चाहिँ हुँदैन । जहाँसम्म स्वदेशी लगानीकर्ताहरू छन्, कतिपय त सकेसम्म विदेशी लगानी नआओस् भन्ने पनि चाहन्छन् । तर, नेपालभित्र पनि समस्या नभएको होइन । बाटोघाटो, पूर्वाधारदेखि लिएर नेपालभित्रकै झझन्टहरू छन् । प्रशासनिक झन्झटहरू छन् । यसलाई पनि सजिलो पारिदिने, जग्गा प्राप्तिमा सहज गरिदिने, उद्योग सञ्चालन गर्नका लागि भन्सारमा ल्याएका सामानहरूलाई छुट गरिदिने, अहिले भनौं न, विशेष आर्थिक क्षेत्रमा त्यो हुन सकेन । धरौटी नै राख्नुप-यो । यी कुरा सरकारले स्वदेशीलाई मात्र होइन, विदेशीलाई पनि सरकारले सामान्यीकरण त गर्नैैपर्छ ।
स्वदेशी लगानीकर्तालाई सरकारले ऐनमा दिन्छु भनेको कुरा फेरि समय–समयमा अर्को ऐनले काटिदिन्छ । त्यस्तो गर्नु भएन । एकपटक दिन्छु भनेर सबै सहमत भएपछि त्यो सुविधा दिनुपर्छ । सहजीकरण र सामान्यीकरणको काम विदेशीलाई मात्र होइन, स्वदेशीलाई पनि गर्नैपर्छ ।
लगानीमैत्री वातावरण बनेको छ
बलराम रिज्याल
सह–सचिव एवं प्रवक्ता, लगानी बोर्ड
लगानी सम्मेलन नेपालमा लगानीलाई प्रवद्र्धन र प्रोत्साहन गरी आर्थिक समृद्धि हासिल गर्नकै लागि आयोजना गरिएको हो । आन्तरिक स्रोतले चालू खर्च अघि बढ्ने गरेको छ भने ठूला परियोजनाहरू अघि बढाउनका लागि वैदेशिक लगानी (एफडीआई) को आवश्यकता पर्छ । यसका लागि नै गरिएको छ । अहिले राजनीतिक स्थिरता छ । कानुनहरू सुधार भएका छन् । गत वर्षदेखि नै सुधार सुरु भएको हो । सार्वजनिक निजी साझेदारी (पीपीपी) लगानी बोर्ड ऐन, वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण (फिटा) ऐन, हेजिङ फन्ड नीति, विशेष आर्थिक क्षेत्र (सेज) ऐनलगायतलाई पनि संशोधन गरिएको छ । केही नेपाल संशोधन ऐनमा समेत यसका धेरै क्षेत्र पहिचान भएका छन् । प्रक्रियामा सरलीकरण गरिएको छ । लगानीमैत्री वातावरण बनेको छ । 
लगानी सम्मेलनको तयारी पूर्ण भइसकेको अवस्था छ । लगानी बोर्डले सुरुमा ६ सय जनाको सहभागितामा हुने अनुमान गरेको थियो, तर अहिले त विदेशी सहभागिता मात्र ६ सय ५० देखि ७ सयसम्म पुग्ने अवस्था छ । त्यसैगरी नेपालका विभिन्न क्षेत्र, दातृ निकाय, राजनीतिक व्यक्ति, विभिन्न संघसंस्थाका प्रतिनिधि, थप ५ सयदेखि ६ सय हुने अवस्था छ । सम्मेलनमा सरकारी र निजी क्षेत्रका शोकेस आयोजनाहरू प्रस्तुत गर्न लागिएको छ । ७० भन्दा बढी परियोजनाहरू प्रस्तुत हुन्छन् । बिजनेस टु बिजनेस तथा सरकार टु सरकार पनि सम्मेलनमा छलफल हुन्छ । क्षेत्रगत रूपमा प्रस्तुतीकरण हुने भएकाले इच्छुकहरूले तत्काल परियोजनाहरू छनोट हुन्छ । पछिल्लो समयमा लगानीका लागि अनुकूल वातावरण बन्दै गएको छ । नीतिगत सुधार धेरै भएका छन् । नेपालमा लगानी गरेपछि यसको बजार पनि छ । उत्तर, दक्षिण दुवैतिर छ । नेपालमा उत्पादन लागत पनि कम छ । प्राकृतिक स्रोतहरू धेरै छन् ।
लगानीका लागि सबै अवरोध हटाउनुप-यो
शैलेन्द्र गुरागाईं
अध्यक्ष, स्वतन्त्र ऊर्जा उत्पादकहरू संस्था (इप्पान) नेपाल
नेपालमा लगानीको आवश्यकता छ । लगानी सम्मेलनले यसका लागि ठूलो मद्दत गर्छ । नेपालमा बढीभन्दा बढी विदेशी लगानीको आवश्यकता देखिएको छ । यसका लागि यो सम्मेलन महत्वपूर्ण छ । ऊर्जा क्षेत्र सबै क्षेत्रका लागि आवश्यक छ । ऊर्जा त उद्योगको पनि उद्योग हो । यसका लागि सरकारले विभिन्न नीति पनि संशोधन गरेको छ । फिटा संशोधन गरिएको छ । पीपीपी बनेको छ । हेजिङ पनि छ । सिंगल डेस्कको व्यवस्था गरिएको छ । धेरै विदेशी कम्पनीहरूलाई सहुलियत दिइएको छ । त्यो स्वदेशीलाई पनि दिनुप-यो भन्ने हो । विदेशी लगानीकर्ताहरूलाई पूर्वाधारको पहुँच पु-याउने कुरा गरिएको छ । यो पनि होस् भन्ने चाहना छ । स्वदेशी र विदेशी दुवैलाई सहुलियत दिनुपर्छ । यसले जलविद्युत् आयोजनाहरू निर्माणमा धेरै सहयोग गर्छ । 
धेरै निजी क्षेत्रका जलविद्युत् आयोजनाहरू पनि लगानी सम्मेलनमा सहभागी छन् । उनीहरूले लगानी जुटाउनका लागि यसो गरेका हुन् । यसले लगानी भिœयाउनका लागि सहयोग गर्छ । जलविद्युत्मा अहिले मुनाफा सुनिश्चित छ । लगानी गरेपछि प्रतिफल लैजान सकिन्छ । साना–ठूला परियोजनाहरूमा लगानीमा मद्दत गर्छ । स्वदेशी लगानीकर्ता पनि, विदेशी लगानीकर्ताहरू पनि आए । सिंगल डेस्क सबैलाई स्वदेशी र विदेशी दुवैलाई । लगानीका लागि अवरोधहरू सबै हटाउनुप-यो । पूर्वाधार सहयोग गर्दा दिने सहुलियत दिने व्यवस्था छ । त्यो नीति, कार्यविधि, स्वदेशीलाई दिए भने सुनमा सुगन्ध हुनेछ । नेपालीले लगानी गरेका ३ हजार मेगावाटका आयोजना निर्माणाधीन छन्, जुन ६ खर्बका हुन् । ३ हजार मेगावाटको पीपीए भैसकेका छन् । यसमा विदेशी पार्टनर आउनेछन् । आफैं गर्छन् । विदेशीलाई सरह सहुलियत दिएमा यी आयोजनाहरू बन्न सक्छन् । यसका लागि धेरै लगानी आवश्यक पर्छ । जलविद्युत् क्षेत्रमा राजस्वको सुनिश्चितता भएकाले ढुक्क भएर लगानी गर्न आह्वान र राज्यले सोही अनुसारको व्यवहार गर्नुपर्छ ।

शोकेसमा चार परियोजना थपिए

 मंगलबार, चैत्र १२, २०७५
आइतबार अन्तिम भन्दै निजी क्षेत्रका २३ परियोजनासहित ७३ परियोजना सम्मेलनमा प्रस्तुत गर्ने तय गरेको लगानी बोर्डमा सोमबार पुनः ४ परियोजना थपिएका छन् । बोर्डमाथि दबाब बढेकाले सोमबार चार परियोजना थपिएका हुन् । बोर्डले भने सोमबारसम्म तय भएका ५० सरकारीसहित ७७ परियोजनालाई नै अन्तिम भनेको छ । सोमबार थपिएकोमा हायात प्यालेस काठमाडौँ, सिटी अफ ड्रिम्स, मुक्तिनाथ दर्शन केबलकार र ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजना छन् ।
लगानी सम्मेलनको पूर्व तयारीको क्रममा बढी दुई दर्जन प्रश्तुत गर्ने लक्ष्य राखेको सम्मेलनको मुख्य आयोजना लगानी बोर्डले केही परियोजना थपेर ६३ पु-याएको थियो भने फेरि थपेर ६७ पुगेको थियो । सुरुमा सम्भाव्यता अध्ययनदेखि विस्तृत अध्ययन भएका परियोजना मात्र प्रस्तुत गर्ने योजना बनाएको थियो । तर, पछिल्लो समयमा दबाबमा भर्खर पहिचान भएका तथा लागत समेत हचुवामा तय भएका समेत थपिएको लगानी बोर्ड सम्वद्ध स्रोतले जनाएको छ । “आइतबार अर्थमन्त्री एवं बोर्ड उपाध्यक्ष डा. युवराज खतिवडाको अध्यक्षतामा बसेको निर्देशक समितिले ७३ आयोजनालाई अन्तिम भनेपनि सोमबार दबाब परेपछि फेरि थपिएको हो र अझै भन्न नसकिने अवस्था छ,” स्रोतले भन्यो ।

जलविद्युत्मा १५ खर्बका २५ परियोजना

http://karobardaily.com/news/development/17756
बुधवार, चैत्र १३, २०७५
सरकारले आगामी चैत्र १५ र १६ गते हुन लागेको लगानी सम्मेलनका  लागि ऊर्जातर्फका मात्रै २५ परियोजना प्रस्तुत गर्ने भएको छ । १५ खर्ब बराबर लागत अनुमान गरिएका सरकारी निकायका ८ र निजी क्षेत्रका १७ आयोजना लगानी सम्मेलनमा प्रस्तुत गर्न लागेको हो । कुल परियोजनामध्ये ऊर्जाकामात्र एकतिहाई छन् भने लागत पनि झण्डै ५० प्रतिशत छ । लगानी सम्मेलनमा सरकारले साढे ३२ खर्ब रुपैयाँ बराबरका निजी क्षेत्रका २७ सहित ७७ परियोजना प्रस्तुत गर्न लागेको छ । ४० देशका ६ सय ५० विदेशी लगानीकर्तासहित एक हजारभन्दा बढी सहभागी रहने सम्मेलनमा ऊर्जा सबैभन्दा प्राथमिकतामा परेको छ ।
बोर्डका अनुसार प्रतिडलर १ सय १० नेपाली रुपैयाँको दरले सरकारीतर्फका ऊर्जा आयोजनाको लागत १२ खर्ब ५१ अर्ब तथा निजीतर्फ २ खर्ब ४९ अर्ब लागत छ । सरकारीतर्फ ७६२ मेगावाटको तमोर जलाशय, १११० मेगावाटको सुनकोसी–२, ५३६ मेगावाटको सुनकोसी–३, ४१० मेगावाटको नलगाढ, ४५० मेगावाटको एसआर सिक्स, ७५० मेगावाटको पश्चिमसेती जलाशय, १२०० मेगावाटको पश्चिमसेती एसआर र ६७९ मेगावाटको तल्लो अरुण जलविद्युत आयोजना रहेको बोर्डले जनाएको छ । त्यसैगरी निजी क्षेत्रतर्फका ३० मेगावाटको त्रिशूली गल्छी, ५३.६ मेगावाटको मध्यकालिगण्डक, १८ मेगावाटको इन्गवा खोला, ४० मेगावाटको माथिल्लो चमेलिया, ५७.३ मेगावाटको म्याग्दीखोला, १३२ मेगावाटको तल्लो बरुणखोला र १६४ मेगावाटको कालिगण्डकी गर्ज छन् । त्यसैगरी ४६ मेगावाटको माथिल्लो बलेफी, ३६ मेगावाटको माथिल्लो बलेफी ए, २६० मेगावाटको नाम्लान खोला, ५० मेगावाटको तारपखोला, ६२ मेगावाटको भोटेकोशी–५ , ५४ मेगावाटको मस्याङदी–७, ३०.४० मेगावाटको माथिल्लो दुधखोला, २१.९३ मेगावाटको काबेली–३, ५२ मेगावाटको माथिल्लो ल्याप्चे तथा ३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत  आयोजना रहेको लगानी बोर्डले जनाएको छ । 

Monday, March 25, 2019

लगानी सम्मेलनमा साढे ३१ खर्ब ५० अर्बका ७३ परियोजना

http://karobardaily.com/news/economy/17681
सोमवार, चैत्र ११, २०७५
सरकारले अर्को साता हुने नेपाल लगानी सम्मेलनका लागि साढे ३१ खर्बका ७३ परियोजना शोकेस (प्रस्तुतीकरण) गर्ने भएको छ । अर्थमन्त्री एवं लगानी बोर्डका उपाध्यक्ष डा.युवराज खतिवडाको संयोजकत्वमा रहेको निर्देशक समितिको आइतबार बसेको बैठकले सम्मेलनमा विदेशी लगानीकर्तासामु निजी क्षेत्र २३ र सरकारी क्षेत्रका ५० परियोजनासहित ७३ परियोजनालाई शोकेसको रूपमा लगानीको लागि प्रस्तुत गर्ने टुंगो लगाएको हो । 
बोर्डका अनुसार प्रतिडलर १ सय १० नेपाली रुपैयाँको दरले ५० सरकारी परियोजनाको अनुमानित २६ हजार ३ सय १५ मिलियन डलर अर्थात २८ खर्ब ९४ अर्ब ७२ करोड ४८ लाख तथा नीजितर्फका २३ परियोजनाको अनुमानित लागत २ हजार ३ सय १४ मिलियडन डलर अर्थात २ खर्ब ५४ अर्ब ५४ करोड रुपैयाँ अनुमान गरिएको छ । सम्मेलनमा सबैभन्दा बढी २४ आयोजना ऊर्जा पूर्वाधारतर्फ र सबैभन्दा कम ३ आयोजना शिक्षा तथा स्वास्थ्यतर्फ छन् । त्यसैगरी पर्यटनतर्फ १४, यातायाततर्फ ११, कृषितर्फ ८, सहरीतर्फ ७ र उद्योगतर्फ ६ परियोजना लगानी सम्मेलनमा प्रस्तुत हुन लागेका छन् । विदेशी लगानीका लागि प्रस्तावित गरिएका आयोजनाहरूमा सबैभन्दा कम ३४ अर्ब ५४ करोडदेखि ३ खर्ब ६९ अर्बसम्मका परियोजना छन् । सबैभन्दा कम एकीकृत कृषि पूर्वाधार परियोजना गोदावरी अत्तरियाको लागत ३४ करोड ५४ लाख छ भने सबैभन्दा बढी काठमाडांै पोखरा लुम्बिनी विद्युतीय रेलको ३ खर्ब ६९ अर्ब २७ करोड रुपैयाँ छ ।
सम्मेलनमा ४० देशका ६ सय ५० विदेशी लगानीकर्तासहित १ हजार सहभागी हुन लागेको लगानी बोर्डले जनाएको छ । सम्मेलनमा ऊर्जा, कृषि, पर्यटन लगायतका क्षेत्रमा विभिन्न सत्र हुनेछन् ।
ऊर्जा–२४
पर्यटन–१४
यातायात–११
कृषि–८
सहरी–७
उद्योग–६
शिक्षा–स्वास्थ्य

माथिल्लो तामाकोसी पुरा गर्न हरेक महिना आयोजनास्थलमै बैठक

सोमवार, चैत्र ११, २०७५
स्वदेशी लगानीमा दोलखामा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माणकार्य समयमै सक्न हरेक महिना आयोजनास्थलमै बैठक बस्ने भएको छ ।
आगामी पुस महिनासम्म सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना निर्माणमा रहेका समस्यामाथि छलफल गरी आयोजनास्थलमै समाधान गर्ने उद्देश्यले बैठक बस्न लागेको हो । प्राधिकरणका कार्यकारी निर्देशक एवं आयोजनाको प्रवद्र्धक कम्पनी अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका अध्यक्ष कुलमान घिसिङले हरेक महिना आयोजनास्थल पुगेर निर्माणमा खटिएका आयोजनाको व्यवस्थापन, ठेकेदार कम्पनी र परामर्शदाता कम्पनीका प्रतिनिधिसँग बैठक गर्नेछन् । 
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओली र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसहितको टोलीले शुक्रबार र शनिबार निर्माण प्रगतिको स्थलगत निरीक्षण गरेको थियो । टोलीले निर्माणाधीन भौतिक संरचनाको निरीक्षण गरी आयोजना व्यवस्थापन, ठेकेदार कम्पनी र परामर्शदाता कम्पनीका प्रतिनिधिसँग निर्माण प्रगति, नयाँ कार्यतालिका अनुसार काम सक्न देखिएका समस्या तथा चुनौती, समाधानका उपायलगायतका विषयमा छलफल गरेको थियो । 
माथिल्लो तामाकोसी समयमै सम्पन्न भएमा मुलुकको अर्थतन्त्रमै गुणात्मक परिवर्तन आउने उल्लेख गर्दै पूर्वअर्थमन्त्रीसमेत रहेका मन्त्री पुनले आयोजना अहिले तय गरिएको समयतालिका अगाडि नै सम्पन्न गर्न निर्देशन दिए । “गत वर्ष आउँदा एक वर्षमा ल्याउँछौं भन्दा स्थानीयले दुई वर्ष लाग्ने बताएका थिए, त्यतिबेला विश्वास लागेको थिएन,” उनले भने, “पहिले ढिलाइ हुनुको कारण थोरैलाई जानकारी दिए हुन्थ्यो, अहिले कम्पनीको सेयर सर्वसाधारणले किनिसकेका छन्, त्यसैले आयोजना कहिले आउँछ भन्ने चासो हरेकको घरघरमा छ, निर्माण जति ढिलाइ हुन्छ त्यसको सामना हामीले गर्नुपर्छ ।” 
२०७२ को विनाशकारी भूकप्प र त्यसपछिका पराकम्पन एवं बाढी पहिरोले पु-याएको क्षति तथा अवरोध, मधेस आन्दोलनका कारण निर्माण सामग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकल (लट २) ठेकेदारको कमजोर कार्यसम्पादन लगायतले गर्दा आयोजनाको निर्माण ढिलाइ भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए । 
आयोजनाको निर्माण आव ०७३-७४ भित्र सकी विद्युत् उत्पादनको लक्ष्य राखिएको थियो । भूकम्पलगायतका कारणले आयोजनाको निर्माण प्रभावित भएपछि चालू आव ०७५-७६ को पुस महिनाभित्र निर्माण सक्ने गरी नयाँ एकीकृत समय तालिका तय गरिएको थियो । तर, लट २ को ठेक्का लिएको भारतीय कम्पनी टेक्सम्याकोको कमजोर कार्यसम्पादनका कारण निर्माण प्रभावित भएपछि १५ पुस २०७६ भित्र ७६ मेगावाटको एक युनिटबाट विद्युत् उत्पादनको लक्ष्यसहितको नयाँ समय तालिका तय गरी काम भइरहेको छ । आयोजनाको तल्लो पेनस्टक साफ्टमा ३७२ मिटर पेनस्टक पाइप जडान र परीक्षणलाई अत्यन्तै जटिल एवं चुनौतीपूर्ण मानिएको छ । 
टेक्सम्याकोकाले काम गर्न ढिलाइ गरेपछि यो काम गर्न अहिले इलेक्ट्रोमेकानिकलको ठेकदार अस्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ । अपर तामाकोसी हाइड्रोपावर लिमिटेड, टेक्सम्याको र एन्ड्रिजबीच गत २३ पुसमा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो । ७ सय ३२ मिटरमध्ये बाँकी काम टेक्सम्याकोले नै गरिरहेको छ । पेनस्टक पाइप आयोजनास्थलमा ल्याइसकिएको छ भने जडानको समग्र प्रगति ३० प्रतिशत छ । भूमिगत विद्युत्गृहमा टर्बाइन, जेनेरेटर लगायतका उपकरण जडान सकिएको छ । बाँधस्थलमा कंक्रिट र मुख्य सुरुङको कंक्रिट लाइनिङको कामको प्रगति क्रमशः ९९.६ र ५३.५ प्रतिशत छ । प्रसारणलाइन तथा सबस्टेसन निर्माणको प्रगति ८५ प्रतिशत छ । 

३१ अर्ब ऋणको २० अर्ब ब्याज
आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक ३५ अर्ब २९ करोड ४१ लाख रुपैयाँ थियो । निर्माण अवधिको ब्याज १३ अर्ब २२ करोड र वित्तीय व्यवस्थापन तथा बैंक कमिसनसहित आयोजनाको अनुमानित लागत ४८ अर्ब ८६ करोड थियो । त्यतिबेला एक अमेरिकी डलरको सटही दर ९७.६ रुपैयाँ थियो । अहिले आयोजनाको लागत निर्माण अवधिको ब्याजबाहेक ४९ अर्ब २९ करोड ५५ लाख रुपैयाँ पुग्ने संशोधित अनुमान छ । निर्माण अवधिको व्याज १९ अर्ब ८४ करोडसहित आयोजनाको अनुमानित लागत ६९ अर्ब ५९ करोड रुपैयाँ पुग्ने संसोधित अनुमान छ । हालसम्म ४४ अर्ब ७ करोड रुपैयाँ खर्च भइसकेको छ । 
नेपाली मुद्राको अवमूल्यन र मूल्य अभिवृद्धिका कारण आयोजनलाई क्रमशः ७ र ५ अर्ब रुपैयाँ थप वित्तीय दायित्व सिर्जना भएको कम्पनीले जनाएको छ । भूकम्पले गर्दा झण्डै दुई वर्ष काम रोएिको, बाँधस्थलतर्फ जाने सुरुङमार्ग बनाउनु परेको, केही संरचनाको डिजाइन हेरफेर, निर्माण अवधि बढ्दा ठेक्का मूल्य समायोजन, विदशी विनिमय दरमा भएको नोक्सानी, प्रशासनिक खर्चको वृद्धिलगायतले गर्दा आयोजनाको लागत बढेको हो । आयोजनाले क्षति पुगेको विद्युत्गृह गोंगरदेखि बाँधस्थल लामाबगरसम्मको पहुँच सडकमा पर्ने काभ्रेभीरनजिकै करिब ३६० मिटर सुरुङ मार्ग बनाएको थियो । 
आयोजनामा कर्मचारी संचय कोषले १० अर्ब,नेपाल टेलिकमले ६ अर्ब, नागरिक लगानी कोषले तथा राष्ट्रिय बिमा संस्थानले २- अर्ब र अपुग ११ अर्ब ८ करोड रुपैयाँ नेपाल सरकारले ऋण लगानी गरेका छन् । उनीहरूले प्रवाह गरेको ऋणको ब्याजदर ११ प्रतिशतभन्दा बढी छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सरकारी निकायले निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाले भन्दा महंगोमा ऋण प्रवाह गरेको बताए । “हरेक तीन—तीन महिनामा कम्पाउन्डिङ ब्याजदर तय हुन्छ, यसले गर्दा आयोजना महँगो बनिरहेको छ,” उनले भने । 
कम्पनीमा प्राधिकरणको ४१, नेपाल टेलिकमको ६, नागरिक लगानी कोष तथा राष्ट्रिय बिमा संस्थानको २- प्रतिशत संस्थापक सेयर छ । कम्पनीमा सर्वसाधारणको १५, दोलखावासीको १०, सञ्चय कोषका संचयकर्ता, कम्पनी र प्राधिकरणका कर्मचारी तथा ऋण प्रवाह गर्ने संस्थाका कर्मचारीको २४ प्रतिशत सेयर छ ।

Saturday, March 23, 2019

जलविद्युत् आयोजना : स्थानीय सरकारका ‘दुहुना गाई’

खोज पत्रककारीता केन्द्रको लागी
आइतवार, चैत्र १०, २०७५
विकट जिल्लाको एउटै गाउँपालिकामा झण्डै ३०० मेगावाट विद्युत् उत्पादनको तयारी ! सुन्दै लोभलाग्दो यो खबर सोलुखुम्बुको खुम्बु–पासाङ गाउँपालिकाको हो । खुम्बु–पासाङमा कुल २९३.८ मेगावाटका चारवटा जलविद्युत् आयोजना निर्माण हुँदैछन् । १११ मेगावाटको दूधकोसी–९, ८३ मेगावाटको दूधकोसी–६, ७५ मेगावाटको दूधकोसी–१० र २४.८ मेगावाटको लुजा खोला जलविद्युत् आयोजना निर्माण भएमा खुम्बु–पासाङ गाउँपालिकाको आर्थिक कायापलट मात्र हुने छैन, देशकै ऊर्जा उत्पादनको स्वरुप पनि फेरिनेछ । 
तर, यसको अर्को पाटो पनि छ । गाउँपालिकाले स्थानीय कार्यविधि नबनाइदिंदा दूधकोसी–१० जलविद्युत् आयोजनाले डेढ वर्षदेखि सार्वजनिक सुनुवाइ समेत गर्न सकेको छैन । कतिसम्म भने, कार्यविधि नबनेसम्म केही गर्न नपाइने भन्दै गाउँपालिकाले सुनुवाइका लागि सार्वजनिक सूचना टाँस्नै रोक लगाएको छ । लोटस इन्भेष्टमेण्ट कम्पनीले विद्युत् विकास विभागबाट २ साउन २०७४ मा लिएको यो आयोजनाको सर्भे अनुमतिपत्रको म्याद १ साउन २०७६ मा सकिंदैछ । 
सार्वजनिक सुनुवाइको अनुमति नपाएपछि दूधकोसी–९ जलविद्युत् आयोजनाको सर्भे अनुपतिपत्रको म्याद १ फागुन २०७५ मै सकिएको छ । २ फागुन २०७३ मा विद्युत् विकास विभागबाट सर्भे अनुमति पाएको ऊर्जा डेभलपमेन्ट कम्पनीको यो आयोजनाको अनुमतिपत्र नै खारेज हुने अवस्थामा पुगेको छ । गाउँपालिकाको उल्झनकै कारण यती ट्रेड एण्ड डेभलपमेन्ट कम्पनीले निर्माण गर्न लागेको दूधकोसी–६ जलविद्युत् आयोजनाको सर्भे अनुमतिपत्रको म्याद १ चैत २०७५ मा सकिएको छ भने महाशक्ति इन्जिनियरिङ एण्ड हाइड्रोपावर कम्पनीले निर्माण गर्ने लुजा खोला जलविद्युत् आयोजनाको अनुमतिपत्रको म्याद पनि २७ कात्तिक २०७६ मा सकिंदैछ । 
जलविद्युत् आयोजना निर्माणका लागि सार्वजनिक सुनुवाइ अनिवार्य हुन्छ । त्यसका लागि सहज वातावरण बनाइदिनुपर्ने गाउँपालिकाले उल्टै असहयोगी व्यवहार किन देखाइरहेको छ ? हामीले राखेको यो प्रश्नको जवाफमा गाउँपालिका अध्यक्ष निमा दोर्जे शेर्पाले ठूला जलविद्युत् आयोजनाहरू लाइसेन्स ओगट्न मात्र गाउँमा आएकाले सूचना टाँस लगायतका काम गर्न नदिएको बताए । “पहुँच हुनेले केन्द्र सरकारबाट लाइसेन्स लिए, कार्यविधि नबनाई हामी उनीहरूलाई केही गर्न दिन्नौं” उनले भने, “स्थानीय सरकारलाई ठूला आयोजनाबारे निर्णय गर्ने अधिकार नभएकाले कार्यविधि बनाउँछौं, त्यतिञ्जेल ठूला आयोजनामा हात हाल्दैनौं ।” 
जलविद्युत् लगानीकर्ताहरू भने गाउँपालिकाले कार्यविधि बनाएर सिफारिश दिने भनेकाले त्यसकै प्रतीक्षामा बसेको बताउँछन् । दूधकोसी–६ जलविद्युत् आयोजनाको प्रवद्र्धक, यती ट्रेड एण्ड डेभलपमेन्ट कम्पनीकी सञ्चालक ईशा श्रेष्ठ भन्छिन्, “कार्यविधि नबनेसम्म स्वीकृति नदिने कुरा आयो, कार्यविधि बन्ला भनेर कुर्दाकुुर्दै महिनौं बित्यो, यस्तो अवस्थामा हामीले कसरी काम गर्ने ?”
पैसामा आँखा 
सोलुखुम्बुका जलविद्युत् आयोजनाप्रति गाउँपालिकाले गरेको यो व्यवहारको कारण बुझ्न कास्की पुग्नुपर्छ । कास्कीको माछापुछ्रे गाउँपालिकामा बन्न लागेको ३२ मेगावाटको करुवा सेती जलविद्युत् आयोजनाले स्थानीय जनप्रतिनिधिको पहलमा स्थानीयवासीसँग गरेको १२ बुँदे सम्झौताभित्र यसको साङ्गोपाङ्ग तस्वीर फेला पर्छ । २५ चैत २०७४ मा यो आयोजनाका लागि विद्युत् विकास विभागबाट सर्भे अनुमति पाएको झ्यामोलोङ्मा हाइड्रोपावर कम्पनी लिमिटेडलाई काम गर्न नदिइएपछि यस्तो सम्झौता गरिएको थियो । 
सम्झौतापत्रमा कम्पनीले आयोजना प्रभावित क्षेत्रमा जाने २२ किलोमिटर सडक स्तरोन्नति गर्न ९ करोड खर्च गर्ने, उत्पादित विद्युत्मध्ये ०.२५ प्रतिशत युनिट २५ वर्षसम्मका लागि गाउँमै दिने, आयोजनाले माछापुछ्रे गाउँपालिका–२ मा वार्षिक ९० लाख दिने, आयोजनाको सुरुङभन्दा तलका प्रत्येक परिवारको १० लाख बराबरको बिमा गरिदिने तथा सेयर लगानीमा अग्राधिकार दिनुपर्ने लगायतका बुँदाहरू समेटिएका छन् । गाउँपालिका अध्यक्ष कर्ण गुरुङ भन्छन्, “यो नमूना सम्झौता हो, अब प्रत्येक आयोजनामा यस्तै सम्झौता हुन्छ ।” 
त्यही कारण हुनसक्छ, एसएन पावर इनर्जी प्रालिले निर्माण गर्न लागेको २४ मेगावाटको सुपर सेतीखोला जलविद्युत् आयोजनाले २०७५ भदौमै मागेको सिफारिश माछापुछ्रे गाउँपालिकाले अहिलेसम्म दिएको छैन । सिफारिश दिनलाई स्थानीयवासीका लागि कम्तीमा ५ करोड खर्च गर्नुपर्ने शर्त गाउँपालिकाले तेस्र्याएको छ । ३० पुस २०७४ मा पाएको सर्भे अनुमतिपत्र दुई वर्षभित्र सकिने भएकाले आयोजनाका प्रतिनिधिहरू यो माग कसरी पूरा गर्ने भन्ने छलफलमा छन् । 
२५ मेगावाटको सेती खोला जलविद्युत् आयोजनालाई भने माछापुछ्रे गाउँपालिकाले आठ महिनासम्म अल्झाएपछि अध्ययन गर्ने सिफारिश दिएको छ । त्यसका लागि लगानीकर्ता भिजन लुम्बिनी प्रालिले स्थानीयवासीका लागि ९ करोड रुपैयाँ बराबरको काम गर्नुपर्ने सहमति गरेको छ । कम्पनीका सञ्चालक जगत पोखरेल भन्छन्, “गाउँपालिकासँग छलफल गरेर आयोजना अघि बढेको छ, अब समस्या छैन ।” 
माछापुछ्रे गाउँपालिकामै अन्नपूर्ण विद्युत् विकास कम्पनीले निर्माण गर्न लागेको ८६.५९ मेगावाटको मोदी खोला जलविद्युत् आयोजनाले नौ महिनाअघि माग गरे पनि अहिलेसम्म गाउँपालिकाबाट अध्ययन सिफारिश पाएको छैन । कारण, गाउँपालिकाले स्थानीय विकास पूर्वाधारमा डेढ अर्ब रुपैयाँ खर्च गर्नुपर्ने शर्त राखेको छ । आयोजनाको सर्भे अनुमतिपत्र आउँदो ८ जेठ २०७६ मा सकिने भएकाले लगानीकर्ताहरू यो समस्या कसरी सुल्झाउने भन्ने प्रयास गरिरहेका छन् । 
त्यसैगरी, २४.६ मेगावाटको माछापुछ्रे मोदी जलविद्युत् आयोजनालाई पर्यटनमा असर पर्ने कारण देखाउँदै अध्ययन सम्बन्धी सिफारिश दिइएको छैन । कुरा पर्यटनको गरिए पनि माग पैसाकै भएकाले यो बाधा फुकाउन आयोजनाको निर्माता अन्नपूर्ण इनर्जी कम्पनीले गाउँपालिका र स्थानीयवासीसँग मागबारे छलफल गरिरहेको छ । 
जलविद्युत् आयोजनाका लगानीकर्ताहरू संघीय सरकारले निर्धारण गरेको विधि र प्रक्रिया अनुसार अनुमतिपत्र लिएको, सरकारले नीतिगत रूपमै तोकेको स्थानीय समुदायमा गर्नुपर्ने सबै काम गर्न तयार भए पनि गाउँपालिकाका पदाधिकारीहरूले अनुचित दबाब दिएकाले अप्ठेरो अवस्था पैदा भएको बताउँछन् । नाम उल्लेख गर्न नचाहने एक जलविद्युत् आयोजनाका सञ्चालकले भने, “झोला खोलामा हालिसक्यौं, पछाडि फर्कने अवस्था छैन, अघि बढ्नलाई सबै माग पूरा गर्ने हो भने आयोजनाको लागत धान्न कठिन पर्छ ।” 
कास्कीकै मादी गाउँपालिकामा हिमाल हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन प्रालिले निर्माण गर्न लागेको ४४ मेगावाटको सुपर मादी जलविद्युत् आयोजनाले ८ मंसिर २०७३ मा स्थानीय सरोकार समितिसँग १२ बुँदे सम्झौता गरेपछि मात्र आयोजना निर्माणको काम अघि बढ्यो । रोचक के भने हाल गाउँपालिका अध्यक्ष रहेका वेदबहादुर गुरुङ नै त्यसबेला सरोकार समितिका अध्यक्ष थिए । अहिले वडाध्यक्षहरू नै सरोकार समितिका अध्यक्ष छन् । स्थानीय सरोकार समितिका अध्यक्षसमेत रहेका मादी गाउँपालिका–२ का वडाध्यक्ष एकजंग गुरुङ भन्छन्, “स्थानीयवासीको भौतिक पूर्वाधार, रोजगारी लगायतका माग पूरा गरेपछि मात्र जलविद्युत् आयोजनाहरूलाई सिफारिश दिने व्यवस्था गरेका छौं ।” 
वडाध्यक्ष गुरुङका अनुसार सम्झौताबमोजिम आयोजनाले तत्कालीन ताङदिङ गाउँसम्म जोड्ने मोटरबाटो स्तरोन्नति गरिसकेको छ । स्थानीय नामर्जुन गाउँलाई १ करोड ७५ लाख दिने सम्झौता अनुसार अधिकांश रकम दिइसकेको, १२-१३ जनाले रोजगार पाएको र थप ३० जनाको नाम सिफारिश गरिएको उनले बताए । 
सिटिजन हाइड्रोपावर कम्पनीले मादी गाउँपालिकामै निर्माण गर्न लागेको ६.६ मेगावाटको गारज्याङखोला जलविद्युत् आयोजनाले स्थानीय सरोकार समितिलाई ९० लाख बराबरको सहयोग गर्ने सम्झौता गरेपछि मात्र काम अघि बढाउन पायो । गाउँपालिका प्रमुख गुरुङ नै सरोकार समितिको अध्यक्ष हुँदा गरिएको सम्झौतामा स्थानीयवासीलाई १० प्रतिशत संस्थापक सेयर दिने, भूमिस्थान जाने सडक निर्माण गर्ने लगायतका बुँदा समेत समेटिएका छन् । 
अध्ययन अनुमतिका लागि सिफारिश मागेको ८.७६ मेगावाटको न्याचे खोला जलविद्युत् आयोजनासँग मादी गाउँपालिकाले ६ महिनाअघि स्थानीयवासीका लागि १ करोड रुपैयाँ बराबरको काम गर्नुपर्ने शर्त तेस्र्याउँदै सार्वजनिक सुनुवाइ नै रोकेको छ । सूर्य वाटर प्रालिले निर्माण गर्ने यो आयोजनाको सर्भे अनुमतिपत्र आउँदो २३ जेठ २०७६ मा सकिन लागेकाले आयोजनाले यो गाँठो फुकाउन स्थानीय सरोकार समितिसँग छलफल गरिरहेको छ । 
मादीमै मादमे हाइड्रो पावर कम्पनीले निर्माण गर्ने २४ मेगावाटको मादमेखोला जलविद्युत् आयोजनाले २० पुस २०७५ मा राखेको सार्वजनिक सुनुवाइ कार्यक्रम ‘पर्यटकीय क्षेत्रमा असर पर्ने’ भन्दै गाउँपालिकाले रोक्यो । स्थानीय सरोकार समितिले भने आयोजनाले ४ करोड स्थानीयवासीका लागि खर्च गर्नुपर्ने माग राखेको थियो । कम्पनीका सञ्चालक धनबहादुर श्रेष्ठका अनुसार सरोकार समितिसँग सम्झौता भएपछि सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । 
मादी गाउँपालिकामै निर्माण हुने ३.७ मेगावाटको अपर भुरुण्डी खोला जलविद्युत् आयोजनामा त गाउँपालिकाले अचम्मकै रवैया देखायो । एम्बे हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागेको यो आयोजना शुरूमा त गाउँपालिका आफैंले बनाउने भन्दै रोक्यो । कम्पनीले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) का लागि सिफारिश माग्दा चाहिं गाउँपालिकाले ५० प्रतिशत लगानी आफ्नो हुनुपर्ने शर्त तेस्र्यायो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले टेलिफोन गरेर अवरोध नगर्न भनेपछि मात्र गाउँपालिकाले ईआईएको सिफारिश दिएको थियो । 
केन्द्र सरकारलाई राजस्व तिरेर गाउँ पुगेका जलविद्युत् लगानीकर्ता स्थानीय सरोकार समितिसँग सम्झौता गर्नुपर्दा हैरान छन् । कास्कीको मादी गाउँपालिकाले त सरोकार समितिलाई नै वैधानिकता दिएको छ । गाउँपालिका प्रमुख वेदबहादुर गुरुङ गाउँपालिकासँग समन्वय नगर्ने जलविद्युत् लगानीकर्तालाई आयोजना कार्यान्वयन गर्न नदिने हाकाहाकी बताउँछन् । “अब आयोजनाको लाइसेन्स दिंदा पनि गाउँपालिकासँग समन्वय गर्नुपर्छ भनेर हामी विद्युत् विकास विभागमा डेलिगेसन गयौं” गुरुङ भन्छन्, “पहिला म आफैं सरोकार समिति अध्यक्ष थिएँ । अब सरोकार समितिसँगको सम्झौताको आधारमा मात्र गाउँपालिकाले सिफारिश दिन्छ ।”
काम रोक्ने, बार्गेनिङ गर्ने 
खोटाङको दिप्रुङ गाउँपालिकाले ७.१५१ मेगावाटको साप्सु खोला जलविद्युत् आयोजनाको काम रोक्न र आफूसँग सम्झौता गरेर मात्र काम अघि बढाउन निर्देशन दिंदै २०७५ भदौमा आयोजनालाई पत्र नै काट्यो । गाउँपालिका अध्यक्ष भूपेन्द्र राई भन्छन्, “गाउँपालिकासँग कुनै सम्झौता नभएकोले सम्झौताका लागि बोलाएका हौं, अब छलफल गरेर के गर्ने भन्ने निर्णय गर्छौं ।” 
दोलखाको कालिञ्चोक गाउँपालिकाले ५ मेगावाटको साँघुखोला जलविद्युत् आयोजनालाई ६ महिनादेखि सिफारिश नै नदिएर अल्झाएको छ । दोलखाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य पार्वत गुरुङको समेत लगानी रहेको हिम पार्वत कम्पनीले निर्माण गर्ने यो आयोजनाले २०७५ असोजमै सिफारिशका लागि निवेदन दिएको थियो । कालिञ्चोक गाउँपालिका–५ का वडाध्यक्ष मधुकर गुरुङ सिफारिश दिनुअघि स्थानीयवासीका माग समेट्नुपर्ने भएकाले छलफलका लागि बोलाइएको, तर त्यसपछि कोही सम्पर्कमा नआएको बताउँछन् । 
लमजुङमा भुजुङ हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागेको ७.५ मेगावाटको मिदिमखोला जलविद्युत् आयोजनाले सेयर दिनुपर्ने, पूर्वाधार विकास गरिदिनुपर्ने लगायतका माग राख्दै गत वर्ष स्थानीयवासीले सार्वजनिक सुनुवाइ कार्यक्रम नै गर्न दिएनन् । क्व्होलासोथार गाउँपालिकाले पनि केही सहयोग गरेन । १९ जेठ २०७६ मा सर्भे अनुमतिपत्रको म्याद सकिने भएकाले यी माग पूरा नगरी आयोजनाले धरै पाएन । 
पर्फेक्ट इनर्जी डेभलपमेन्ट कम्पनीले नुवाकोट र रसुवामा निर्माण गर्न लागेको १९.४१ मेगावाटको मध्य त्रिशूली गंगा जलविद्युत् आयोजनालाई रसुवाको उत्तरगया गाउँपालिकाले एक वर्षदेखि वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) का लागि सिफारिश दिन आनाकानी गरिरहेको छ । जलविद्युत् आयोजनाले उत्पादन अनुमतिपत्रका लागि ईआईए गर्नैपर्ने हुन्छ । उत्तरगया धाममा असर पर्ने तर्क गर्दै आएको गाउँपालिकाले धामलाई असर नपर्ने गरी पानी छोड्ने प्रतिबद्धता जनाउँदा पनि आयोजनालाई सिफारिश दिएको छैन । कम्पनीका प्रतिनिधि भरत खड्का भन्छन्, “नुवाकोटतर्फबाट सिफारिश पाइसक्यौं, तर उत्तरगया गाउँपालिकाले देखाएको चिन्ता सम्बोधन गर्ने गरी ईआईएको योजना बनाउँदा पनि सिफारिश पाएका छैनौं ।”
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले ४२ मेगावाटको लिस्तीखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको कम्पनी रोवष्ट इनर्जीलाई स्थानीय सामग्री प्रयोग गरेबापत सञ्चिति कोषमा रकम जम्मा गर्न पत्र नै लेखेको छ । गाउँपालिकाको पत्रले अन्नपूर्ण संरक्षण आयोजना कार्यालयलाई यस्तो शुल्क तिर्दै आएको कम्पनी अन्योलमा परेको छ । 
रामेछापको लिखु–तामाकोसी गाउँपालिकामा निर्माणाधीन २८.१ मेगावाटको लिखु खोला जलविद्युत् आयोजना निर्माणमा गाउँपालिका अध्यक्ष गोविन्द खड्काले नै अवरोध पु-याए । आयोजना निर्माण गरिरहेको श्वेत गंगा लिमिटेडका निर्देशक डा.सुवर्णदास श्रेष्ठका अनुसार, आयोजनाले निःशुल्क सेयर र ऊर्जा दिनुपर्ने, ठूलो अस्पताल बनाइदिनुपर्ने लगायतका माग सहित खड्काले निर्माणमा अवरोध पु-याएपछि आयोजना गत १६ पुसदेखि आंशिक र १८ देखि २३ पुससम्म पूर्ण रूपमा बन्द भएको थियो ।
आयोजनामै अवरोध भएपछि प्रदेश–३ का आर्थिक मामिलामन्त्री कैलाश ढुंगेल आफैं रामेछाप पुगेर यो अवरोध हटाउन पहल गरेका थिए । खड्का भने वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) अनुसार काम नगरेको आयोजनालाई स्थानीयवासीका सरोकार सम्बोधन गर्न पटकपटक आग्रह गर्दा पनि बेवास्ता गरेकाले काममा अवरोध पु-याएको तर्क गर्छन् । 
संविधानमा जलविद्युत् लगायतका प्राकृतिक स्रोतमाथि अतिरिक्त कर लगाउन स्थानीय सरकारहरूले संघीय सरकारको अनुमति लिएर कानून बनाउनुपर्ने व्यवस्था छ । तर, दोलखाको शैलुङ गाउँपालिकाले जलविद्युत् आयोजनाहरूलाई वार्षिक १० लाख कर बुझाउन २०७४ फागुनमै पत्राचार गरिसकेको छ । २५ असार २०७४ को गाउँसभाबाट भएको निर्णयको हवाला दिएर गाउँपालिका प्रमुख भरतप्रसाद दुलालले ३.५२० मेगावाटको चर्नावती जलविद्युत् आयोजनाको प्रवद्र्धक, नेपाल हाइड्रो पावर डेभलपर लिमिटेडलाई पठाएको पत्रमा ‘विद्युत्् कर असुल गर्ने निर्णय भएकोले गाउँपालिकाको खातामा सो रकम जम्मा गर्न’ भनेका छन् । दुलालका भनाइमा चाहिं ‘आयोजनाले गाउँपालिकाभित्रको ढुंगा, बालुवा र पानी प्रयोग गरेकाले वार्षिक १० लाख कर लगाउने निर्णय गरी रकम जम्मा गर्न पत्राचार गरिएको’ हो ।
प्रसारणलाइनमा पनि अवरोध
प्रसारण लाइन निर्माणमा समेत स्थानीय सरकारहरूले अवरोध गरेका छन् । राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत कोसी करिडोर प्रसारण लाइनलाई अन्योलग्रस्त पार्ने धरान उपमहानगरपालिकाको प्रयास यसको एउटा उदाहरण हो । आफैं संलग्न भएर जग्गाको मुआब्जा तोकिएको र सार्वजनिक सुनुवाइ भएर स्थानीयवासीबाट समेत स्वीकृति पाइसकेको आयोजनाले पर्यटकीय क्षेत्रलाई असर पार्ने भन्दै धरान उपमहानगरपालिकाले अवरोध गरिरहेको छ । 
उपमहानगरले वडा नम्बर २० अन्तर्गत पर्ने चिन्डे डाँडामा रुट परिवर्तनका लागि २८ कात्तिक २०७५ मा विद्युत् प्राधिकरणलाई पत्र लेखेको छ । अनौठो के भने ३ पुस २०७४ मा तत्कालीन प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको मुआब्जा निर्धारण समितिको निर्णयमा हस्ताक्षर गरेकी कार्यवाहक उपप्रमुख (उपमेयर) मञ्जु भण्डारीले नै रुट परिवर्तनका लागि प्राधिकरणलाई पत्र लेखेकी छन् । 
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भौगोलिक, आर्थिक र प्राविधिक हिसाबले पनि रुट परिवर्तन सम्भव नभएको, परिवर्तन गर्दा टावरको पुनः डिजाइनदेखि अनुमतिपत्र र वातावरणीय प्रभाव मूल्यांकनको काम समेत फेरि गर्नुपर्ने हुँदा आयोजना तीन वर्ष पछि धकेलिने बताउँछन् । 
निर्माणको चरणमा रहेका निजी क्षेत्रका २८ वटा आयोजनाबाट उत्पादन हुने ५१६ मेगावाट बिजुली यही प्रसारण लाइनमा जोड्ने गरी प्राधिकरणले विद्युत् खरीद सम्झौता (पीपीए) गरिसकेको छ । सन् २०२० सम्म प्रसारण लाइन निर्माण गरिसक्ने लक्ष्य राखिए पनि अब त्यो सम्भव देखिंदैन । समयमै आयोजना सम्पन्न नभएमा यो सबै बिजुली खेर जानेछ । आयोजना प्रमुख राजन ढकाल भन्छन्, “यो अन्योलले आयोजना पछाडि धकेलिने निश्चित भइसक्यो, आयोजना नबन्दासम्म उत्पादित बिजुली पनि खेर जाने भो ।” 
उपमेयर भण्डारीको आफ्नै तर्क छ । उनी भन्छिन्, “प्रस्तावित विमानस्थल, प्याराग्लाइडिङ लगायतका पर्यटकीय क्षेत्रलाई असर गर्ने भएकाले रुट परिवर्तन गर्न पहिले पनि आग्रह गरेका हौं, अहिले पनि परिवर्तन गर्नुपर्छ भन्नेमा हामी अडिग छौं ।” 
काठमाडौं उपत्यकामा विद्युत् भित्र्याउने ४०० केभीएको तामाकोसी–काठमाडौं प्रसारण लाइन निर्माणमा काभ्रेको मण्डन देउपुर नगरपालिका बाधक बनेको छ । दोलखा, रामेछाप र सिन्धुपाल्चोकमा निर्माणाधीन आयोजनाहरूबाट उत्पादित बिजुली काठमाडौं ल्याउन नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको यो प्रसारण लाइन सन् २०२० अप्रिलभित्र निर्माण गरिसक्ने लक्ष्य छ । तर, मण्डन देउपुर नगरपालिकाले नगरपरिषदबाट विशेष प्रस्ताव पारित गरी कुन्ताबेंसी क्षेत्रमा रुट परिवर्तन गर्नुपर्ने निर्णय गरेपछि संकट आइलागेको हो । 
प्राधिकरणका अधिकारीहरू आर्थिक तथा प्राविधिक हिसाबले पनि अब रुट परिवर्तन गर्न नसकिने बताउँछन् । नगरपालिकाको अवरोधका कारण समयमै यो प्रसारण लाइन निर्माण नभए ४५६ मेगावाटको माथिल्लो तामाकोसी, १०२ मेगावाटको मध्य–भोटेकोसीका साथै निजी क्षेत्रले निर्माण गरिरहेका आयोजनाहरूबाट उत्पादित करीब ८०० मेगावाट विद्युत् खेर जानेछ ।
विद्युत् विकासमै अवरोध
विधायिकी, कार्यकारी र केही हदसम्म न्यायिक अधिकार सहितका स्थानीय सरकार चलायमान भएपछि विकास निर्माणको स्वरुप नै फेरिने धेरैको अपेक्षा थियो । तर, पछिल्लो एक–डेढ वर्षका अनुभव, अझ त्यसमा पनि जलविद्युत् आयोजनाप्रति देखिएको तिनको व्यवहारले निराशाजनक अवस्था देखाउँछ । अर्थशास्त्री विश्व पौडेल स्थानीय सरकारका प्रतिनिधिहरूले केन्द्र सरकारबाटै सिकेका कतिपय विकृतिले गर्दा मुलुकको आर्थिक विकासमै असर परेको बताउँछन् । “संघले निजी जलविद्युत् आयोजनालाई मूल्य अभिवृद्धि कर (भ्याट) वापत दिने कबोल गरेको प्रति मेगावाट ५० लाख दिएको छैन” पौडेल भन्छन्, “केन्द्र सरकारले सहयोग गर्ने होइन कि खाने तरिका यो हो भनेर सिकाएका छन्, स्थानीय सरकारले पनि त्यही सिकेका छन् ।” 
जलविद्युत् मुलुकको आर्थिक वृद्धिदरलाई योगदान दिने सबभन्दा महत्वपूर्ण पूर्वाधार हो । विज्ञहरूका अनुसार एक मेगावाट क्षमताको आयोजनाले वार्षिक पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्दा ६० लाख युनिट (३ करोड ५० लाख बराबरको) विद्युत् उत्पादन गर्न सक्छ । त्यसबाट सरकारले करीब २५ लाख राजस्व पाउँछ । योभन्दा पनि महत्वपूर्ण, त्यति नै मूल्य बराबरको भारतबाट आयात हुने विद्युत् घटाउँछ । विद्युत् प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७४-७५ मा १९ अर्ब ३७ करोडको विद्युत् आयात भएको थियो । यस वर्ष त्यो २२ अर्ब पुग्ने प्रक्षेपण छ । 
राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा.गोविन्द नेपाल भन्छन्, “बिजुली आयात गरेरै धानिएकाले समयमै हाम्रा आयोजना बन्न नसके आयात बढ्दै जान्छ, त्यसबाट व्यापार घाटा बढ्छ र राष्ट्रिय अर्थतन्त्रमै असर पर्छ ।” आर्थिक समृद्धिको मुख्य पूर्वाधार ऊर्जा नै भएकाले स्थानीय सरकारहरूले जलविद्युत् आयोजनाबाट कानून बमोजिमको शुल्क लिई उनीहरूलाई खुला मनले स्वागत गर्नुपर्ने उनको भनाइ छ । 
२५ वर्षभित्र प्रतिव्यक्ति आय १२ हजार ५०० अमेरिकी डलर पु-याउने लक्ष्य सहित राष्ट्रिय योजना आयोगले पन्ध्रौं योजना तयार पारेको छ, जसमा यो लक्ष्य प्राप्तिका लागि ऊर्जाको महत्वपूर्ण भूमिका हुने उल्लेख छ । तर, त्यही ऊर्जा उत्पादनमा स्थानीय सरकारहरू बाधक बन्न थालेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष शैलेन्द्र गुरागाइँ जलविद्युत् लगायतका आयोजनामा कुनै पनि बहानामा चन्दा माग्न नपाइने भए पनि निजी क्षेत्र त्यसकै शिकार बनेको बताउँछन् । 
“राज्यले बनाएको नीति अनुसार हामीले राजस्व तिरिरहेकै छौं, कानून बनाएर तोकिने जुनसुकै शुल्क तिर्न पनि तयार नै छौं” गुरागाइँ भन्छन्, “अहिले अवरोध गरेरै पैसा माग्न थालियो । स्थानीय सरकारहरू औपचारिक रूपमा त पैसा माग्दैनन, तर अनौपचारिक रूपमा पैसा नखुवाई काम हुँदैन । सरोकार समितिदेखि विभिन्न कार्यक्रमको बहानामा समेत पैसा मागिन्छ ।” 
१०० मेगावाटसम्मका जलविद्युत् आयोजनाले कुल लागतको ०.७५ प्रतिशत र त्यसभन्दा ठूला आयोजनाले ०.५ प्रतिशत स्थानीय सहयोग कार्यक्रमका लागि छुट्याउनुपर्ने कानूनी व्यवस्था छ । यसको पालना गरे पनि झन्झटिलो प्रक्रियाका कारण काम अघि बढाउन महाभारत व्यहोरिरहेका आयोजनाहरू स्थानीय सरकारले समेत दुहुनो गाई बनाएपछि थप मारमा छन् । जलविद्युत् लगानीकर्ता प्रकाश दुलाल भन्छन्, “आर्थिक समृद्धिका मुख्य आधार बन्ने जलविद्युत् आयोजनालाई सबैले दुहुनो गाई बनाए, केन्द्रदेखि स्थानीय तहसम्मका सरकारी निकायले समयमै प्रक्रिया अगाडि नबढाइदिने हुँदा अनुमतिपत्रको म्याद थप्न पनि टेबलमुनिको सहारा लिनुको विकल्प छैन ।” 
संविधानले जलविद्युत् विकासलाई संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारको सूचीमा राखे पनि त्यसलाई कार्यान्वयन गर्ने थप कानून र कार्यविधि नबन्नु तथा संघ (केन्द्र) ले स्थानीय तहसँग समन्वय गर्न नसक्नु अहिले देखिइरहेको अराजकताको मुख्य जड हो । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेश घिमिरे भने संघीयताको अभ्यासका क्रममा यस्ता समस्या देखिनु स्वाभाविक भएको तर्क गर्छन् । “स्थानीय सरकारका केही समस्या देखिएका छन्, संघले स्थानीय सरकारसँग समन्वय गरेर सहज वातावरण बनाउँछ” घिमिरे भन्छन्, “खास समस्याको पहिचान र समाधानका लागि ऊर्जा मन्त्रालय र संघीय मामिला मन्त्रालयले गृहकार्य गरिरहेका छन् ।”
अवस्था चाहिं कस्तो छ भने संविधान बनेको साढे तीन वर्ष र संघीयताको अभ्यास शुरू भएको एक वर्ष बितेपछि मात्र संविधानमै व्यवस्था गरिएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा पदाधिकारी नियुक्त गरिएको छ । आयोगका सचिव डा.वैकुण्ठ अर्याल प्राकृतिक स्रोतको उपयोग र बाँडफाँडलाई व्यवस्थित बनाउन संविधानको धारा ५९ (४) अनुसार कानून निर्माण गरिरहेको बताउँछन् । संविधानको धारा ५९ (४) मा ‘संघ, प्रदेश र स्थानीय तहले प्राकृतिक स्रोतको प्रयोग वा विकासबाट प्राप्त लाभको समन्यायिक वितरणको व्यवस्था गर्नुपर्ने, त्यस्तो लाभको निश्चित अंश रोयल्टी, सेवा वा वस्तुको रूपमा परियोजना प्रभावित क्षेत्र र स्थानीय समुदायलाई कानून बमोजिम वितरण गर्नुपर्ने’ उल्लेख छ । अर्याल भन्छन्, “करका बारेमा कानून प्रष्ट नै छ, प्राकृतिक स्रोतको विकास र उपयोगबाट प्राप्त हुने लाभलाई प्रभावित समूह, व्यक्ति आदिसम्म वितरण गर्नेबारे पनि कानून बनाउँदैछौं ।” 
स्थानीय सरकारहरूको यो भूमिकाप्रति स्वयं स्थानीय सरकारकै अभियन्ताहरू पनि सन्तुष्ट छैनन् । स्थानीय सरकार र संघीयता विज्ञ, जिल्ला विकास समिति महासंघका पूर्वअध्यक्ष कृष्णप्रसाद सापकोटा भन्छन्, “सबैले आफ्नो क्षेत्राधिकारको ख्याल गर्नुप-यो । क्षेत्राधिकार नभएकै काममा रुचि देखाएर सार्वजनिक सुनुवाइ रोक्ने, नागरिकलाई सूचना दिने कार्य नै रोक्ने काम गर्नु भएन ।”
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले स्थानीय सरकारको अधिकार र कार्यक्षेत्र सम्बन्धी सम्पूर्ण प्रावधान मन्त्रालयले स्थानीय तहमा पठाएको, स्थानीय तहले बनाउने जलस्रोत सम्बन्धी कार्यविधिको नमूना कार्यविधि समेत पठाइसकेको बताउँछन् । उनी भन्छन्, “जलविद्युत् आयोजनालाई स्थानीय सरकारले सिफारिश दिनुपर्छ ।”