बुधवार, फाल्गुन २२, २०७५
लगानी बोर्डले नेपाल विदेशी लगानीकर्ताका लागि उत्कृष्ट गन्तव्य भएको उल्लेख गर्दै यसको सदुपयोग गर्न आह्वान गरेको छ ।
आगामी चैत १५ र १६ गते काठमाडौंमा आयोजना हुने लगानी सम्मेलनको पूर्वसन्ध्यामा तयार पारेको सामग्रीमा लगानीका लागि अवसर नै अवसर भएको उल्लेख गर्दै यसको सदुपयोगका लागि आह्वान गरेको हो । सरकारमा रहेका र विपक्षीमा रहेका पार्टीले वैदेशिक लगानीप्रति पूर्णप्रतिबद्धता जनाएको उल्लेख गर्दै सामग्रीमा विदेशी लगानीलाई शतप्रतिशत स्वामित्व र शतप्रतिशत फिर्ता लान सक्नुका साथै विशेष क्षेत्रमा पूर्ण कर छुट रहेको उल्लेख छ । नेपाल र चीनबीचको नेपालमा भारतसँग भन्सार छुटका साथै खुला सिमाना र चीनसँग ८ हजार वस्तुमा भन्सार छुट रहेको उल्लेख छ । त्यसैगरी ५७ प्रतिशत जनसंख्या कार्य गर्नसक्ने उमेर रहेको नेपालमा तुलनात्मक रूपमा श्रमिकको मूल्य न्यून रहेको सामग्रीमा उल्लेख छ ।
लगानी बोर्डका अनुसार १० वर्षभित्र १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने, ५० लाख पर्यटक भित्र्याउने, ५ वटा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने, २ हजार किलोमिटर आधुनिक राजमार्ग र २ हजार रेलमार्ग बनाउने लक्ष्य राखिएको उल्लेख गरेको छ । यी पूर्वाधारसहित सरकारले दिगो विकास लक्ष्य (एसडीजी) हासिल गर्नका लागि प्रत्येक वर्ष १७ खर्ब ७० अर्ब रुपैयाँ आवश्यक रहेको देखाएको छ । सन् २०२२ भित्र विकासोन्मुख र सन् २०३० भित्र मध्य आयस्तर भएको मुलुक बनाउनका लागि ठूलो लगानी रकम आवश्यक भएको बताउँदै एक करोड रुपैयाँसम्म लगानी गर्ने विदेशी लगानीकर्तालाई आवासीय भिसा दिने व्यवस्था छ । आगामी चैत १५ र १६ गते काठमाडौंमा आयोजना हुने लगानी सम्मेलनको पूर्वसन्ध्यामा तयार पारेको सामग्रीमा लगानीका लागि अवसर नै अवसर भएको उल्लेख गर्दै यसको सदुपयोगका लागि आह्वान गरेको हो । सरकारमा रहेका र विपक्षीमा रहेका पार्टीले वैदेशिक लगानीप्रति पूर्णप्रतिबद्धता जनाएको उल्लेख गर्दै सामग्रीमा विदेशी लगानीलाई शतप्रतिशत स्वामित्व र शतप्रतिशत फिर्ता लान सक्नुका साथै विशेष क्षेत्रमा पूर्ण कर छुट रहेको उल्लेख छ । नेपाल र चीनबीचको नेपालमा भारतसँग भन्सार छुटका साथै खुला सिमाना र चीनसँग ८ हजार वस्तुमा भन्सार छुट रहेको उल्लेख छ । त्यसैगरी ५७ प्रतिशत जनसंख्या कार्य गर्नसक्ने उमेर रहेको नेपालमा तुलनात्मक रूपमा श्रमिकको मूल्य न्यून रहेको सामग्रीमा उल्लेख छ ।
लगानी सम्मेलनकै लागि लगानी बोर्डले सम्भाव्यता अध्ययन सम्पन्न भएका परियोजनाको सूची तयारीको अन्तिम चरणमा पु¥याएको छ । सम्मेलनमा कृषि, ऊर्जा, पर्यटन, भौतिक पूर्वाधार, औद्योगिक लगायतका पाँच विषयलाई मुख्य प्राथमिकता दिएर सम्भाव्यता अध्ययन भएका परियोजना सम्मेलनमा प्रस्तुत गर्न लागेको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी परियोजनाको छनोट अन्तिम चरणमा पुगेको बताउँछन् । “एक साताभित्र सम्भाव्यता अध्ययन आयोजनाको सूची बनाउँदैछौं, ती आयोजना विदेशी लगानीकर्ताका लागि सम्मेलनमा प्रस्तुतीकरण गरिनेछ,” उनले भने ।
४० देशका झण्डै ५ सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने सम्मेलनमा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण, सेफगार्ड्स, एन्टी–काउन्टर भेलिङसम्बन्धी, विशेष आर्थिक क्षेत्र ऐन, २०७३ संशोधन, सार्वजनिक–निजी साझेदारी तथा लगानी बोर्ड विधेयक, विदेशी विनिमय ऐन, २०२०, बौद्धिक सम्पत्ति संरक्षण (पेटेन्ट, ट्रेडमार्क र डिजाइन) ऐन, खानी तथा खनिज पदार्थ ऐन, २०४२, सार्वजनिक खरिद ऐन, २०७३, औद्योगिक व्यवसाय ऐन, २०७३ लगायत संशोधनको प्रक्रिया अघि बढाएको छ ।
सम्मेलनमा विश्व बंैक, एसियाली विकास बैंक, एसियन बैंकलगायत दातृ निकायका साथै भारत, चीन, अमेरिका, जापान, बेलायतलगायतका विदेशी लगानीकर्ता आउन थालेका छन् । दुई वर्षअघि सरकारले गरेको पहिलो लगानी सम्मेलनमा १४ खर्ब रुपैयाँ वैदेशिक लगानीको प्रतिबद्धता आएकोमा करिब ४ खर्ब बराबरका विभिन्न परियोजनाका लागि लगानीको प्रतिबद्धता आएर प्रक्रिया अघि बढेको लगानी बोर्डले जनाएको छ ।
No comments:
Post a Comment